काडमाडौँ डल्लुका विजय बलामीले चित्रकलाको व्यवसाय गर्दै आइरहेका छन् ।

काठमाडौँको वसन्तपुरमा सरनराइज आर्ट ग्यालरी चलाइरहेका बलामी चार कक्षा पढ्दादेखि नै चित्र बनाउँथे । आफ्ना मामा श्याम बलामीसँग चित्र बनाउन सिकेका उनले चित्र बेचेर नै राम्रो आम्दानी गरिरहेका छन् ।

ललितकलामा दुई वर्ष अध्ययन गरेका उनले धेरैजस्तो मुहारचित्रहरु कोर्ने गर्दछन् । ‘बनाउन त म अरु धेरै विषयहरुमा पनि चित्र बनाइरहेको हुन्छु, फेसमा अलि बढी मेरो ध्यान जान्छ,’ उनले भने ।

विजय बलामी

दुई वर्षे ललितकलाको अध्ययनपछि उनी साउदी अरबमा डेकुरेसन कम्पनीमा वाल पेन्टिङको कामका लागि गए । तीन वर्ष साउदीमा बिताएर उनी नेपाल पर्किए । केही समय उनले अरुको ग्यालरीबाट अर्डर आएका विषयवस्तुहरुमा चित्र कोर्ने काम गरे ।

अहिले भने उनी आफ्नै आर्ट ग्यालरी चलाइरहेका छन् । उनी भन्छन्, ‘कुनै पनि काम लगनशील र इमान्दारीका साथ गर्न सकियो भने नहुने केही छैन । चित्रकारिताबाट पनि जीविकोपार्जन गर्न सकिन्छ । राम्रो आम्दानी गर्न सकिन्छ ।’

उनले अहिलेसम्म प्रदर्शनी भने गरेका छैनन् ।

उनी आफ्ना चित्रहरुमा वाटर कलर, आयल कलर, एक्रेलिक कलर र चार्कोल कलरको प्रयोग गर्ने गर्दछन् । चित्रकारितालाई नै मुख्य आम्दानीको स्रोत बनाएका उनले आफ्ना चित्रहरु तीन हजारदेखि एक लाख रुपैयाँसम्म बेच्ने गरेका छन् । चित्र मात्र होइन, गीत गाउन समेत उनी उत्तिकै सिपालु छन् ।

यहाँ भने उनका उम्दा सिर्जनाहरू प्रस्तुत छन्ः