Chovar Blues Mobile Size

“ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने  बसेकी नारीसित यस्तो भाष र यस्तो प्रश्नको आशा उत्तरमा थिएन । केही पैसा लिएर आफ्नो शरीर व्यापार चलाउने आइमाईले पनि त्यस्तो प्रशन गर्ने कल्पना नै उउसले गरेको थिएन ।

अलिक हच्किँदै युवकले भन्यो,“तपाईँ बिहा गर्नु सट्टा कसरी लाग्नुभयो भन्ने कुरामात्र थाहा पाउन चाहेको हुँ । अरू केही होइन ।”

“ तर त्यो पनि किन थाहा पाउनु ? लाज लागेन ? पैसा लिएर जीउ सुम्पिने आइमाई त आवारा व्यभिचारिणी हुन्छन् नै । यही सामान्य मान्यता लिएर किन बस्न सक्नुभएन ?”

युवकले उत्तर दिन सकेन । एक छिन पर्खेपछि अलिक हाँसेर युवतीले नै पुनः भनी,“ म नै बताउँछु, सुन्नुहोस् । केही रुपि

भवानी भिक्षु

याँको लोभमा सजिलैसित आफ्नो जीउ सुम्पेको हुनाले नै तपाईँलाई यस्तो कुरा सोच्ने साहस भयो होला । यस काठमाडौ सहरमा राम्रा राम्रा लुगा गहना लगाएर मजस्तै अनेकौ केटी घुम्छिन् । मजस्तै तिनीहरू पनि तपाइँको सम्पर्कमा आउन सक्छिन् । । मनमनै त्यस्तो कल्पना र निधो पनि तपाइँको हातमा होला । तर तिनीहरूको सम्पर्क पाउनुभएको छैन् । यसैले तिनीहरूसित सोध्ने साहस हुँदैन । मलाई आफ्नो सम्पर्कमा पाएर, अनि काम तृप्ति गरेपछि हीन मानेर त्यस्तो कुरा सोध्नुभयो । यति नै होइन, मलाई हीन र आफूलाई भलाद्मी साबित पार्ने लोभ पनि तपाइँको यस प्रश्नमा लुकेको छ । वासनापूर्ति पछि तपाइँको आफ्नै हीनताको अनुभूति पनि प्रश्नको अर्को कारण हो । होइन ?”

“ तपाईँ यत्तिको जान्ने र पढेलेखेकी बुद्धिमान हुनुहुन्छ भन्ने कुरा मैले थाहा पाएकी थिइनँ । तपाइँको प्रश्नले अहिले थाहा पाएँ । तर यो झन् ”

 

युवक झन् अप्रतिभ भयो । त्यस केटीको यस्तो प्रश्नको लागि अवश्यै ऊ तयार थिएन । तैपनि, अप्रतिभ हुनुसँगै उसमा केटीप्रति एउटा आदरभावको अनुभूतिसमेत नभई रहेन । उसले फेरि भन्यो , “ तपाईँ यत्तिको जान्ने र पढेलेखेकी बुद्धिमान हुनुहुन्छ भन्ने कुरा मैले थाहा पाएकी थिइनँ । तपाइँको प्रश्नले अहिले थाहा पाएँ । तर यो झन् ”

“ अचम्मको कुरा भयो, होइन ? युवकको अधुरो वाक्या पूरा गर्दै युवतीले भनी, “ सोधाइ सुनेरै मैले सम्झेकी थिएँ, मेरो उत्तर सुनेर तपाईँ अचम्ममा पर्नुहुन्छ भनेर । फेरि यो प्रश्न सुनेर पहिले प्रथम मलाई झर्कोजस्तो लागे पनि अलिक पछि अचम्म लागेको थियो ।”
“अचम्म किन लाग्यो ?”युवकले सङ्कोचसाथ सोध्यो ।

युवतीले भनी, “ साधारण रुपमा कुनै नारीको इज्जत लुटेपछि मानिसहरूले प्रेम प्रदशित गर्न थाल्छन् । खप्पिसउ पापी नै होइन भने, त्यस्ता प्रदर्शन मानवीय र अज्ञात अन्तर पश्तात्ततापको ग्लानि साम्य पार्ने एउटा अनिवार्यता हुन्छ । तपाईँले त्यस आफ्नै ग्लानिको थाहासम्म पाउनुभएन । त्यसको कष्ट पनि खपिसक्नु भएन । अनिवार्यता चाहिँ प्रश्नको रुपमा प्रकट भयो । ”

पुस्तक आवरण

युवतीको कुरा सुनेर युवक आश्वस्तजस्तो हुँदै भन्यो, “ माफ गर्नुहोला । जे भयो, भयो तर रिसाउनु हुन्न भने मभित्रका कुतकुती बढ्दै आएको छ । पुनः त्यही प्रश्न सोध्दैछु, तपाईँजस्ती बुद्धिमतीले पैसाको लागि यस्तो काम गर्नुभएको कुरा मनले खाँदै खान्नँ । मेरो सोधाइको उत्तर दिनुभयो भने आभारी हुनेछु ।

केहीबेर घोरिइबसेपछि युवतीले सजिलो गरी बस्तै भनी, “पैसाको लागि यस्तो काम नगरेको भन्ने मप्रतिको तपाईँको धारणाले एउटा सत्यको सुख पाएँ । यसैले उत्तर दिनेछु । नत्रभने दिइन थिइनँ, तपाईँ गुन्डा हुनुहुन्न । तपाईँको जिज्ञासा भने निश्चल छ । मेरो कुरा सुनी मनमनै अझै मलाई हीन मान्ने र आफ्नो दुष्कर्मलाई परितोष दिन भनी बनावटी चेष्टा गर्ने खालका मानिसहरूमध्ये तपाईँ अवश्यै हुनुहुन्न । यता मलाई पनि निकै दिनदेखि एउटा एउटा आन्तरिक उत्तापले पोलिराख्या छ । कुनै आइमाई साथीलाई आफ्नै मनस्तापको परिचय दिन चाहान्नँ । मजस्तै भए पनि तिनीहरूले मेरो कुरा सुनी आफूलाई देवी दर्शाउने र मलाई हीन मानेर आफ्नो खन्तरको प्रत्यक्ष वा अप्रत्यक्ष कालिमा छोप्ने अवसर पाउने हुन् । मौका परे खुला तवरले मलाई होच्याउने काममा पनि सङ्कोच मान्ने होइनन् । तर अहिले कतै गएर केही खाऔँ र एक कप चिया खाएर मन स्वस्थ्य पारौँ अनि पछि कहीँ बसी कुरा गरौँला ।”

यसैले आज आफ्नो कथा पनि तपाईँलाई सुनाउन मनमा कुनै हच्को छैन ।

 

उत्साहित भएर युवक उठ्यो । नयाँ सडकको एउटा होटेलमा दुवैले चियापान गरे । अनि रत्नपार्कमा पुगी एउटा निर्जन ठाउँको बेन्चमा बसे । त्यहाँ केही बेरसम्म चुप नै रही बसेपछि युवतीले प्रारम्भ गरी, “ पहिले एउटा कुरा थाहा पाउनुस् । कुनै मानिससित शरीर – व्यापार चलाएपछि मैले आफूलाई हीन मान्ने कुरा बिर्सिसकेकी छु । केटीहरू साधारणतः “नराम्रो काम गरेँ” भन्ने अनुभूतिमा खुम्चन्छन् । फल के हुन्छ भने लोग्ने मानिसहरूले आफूलाई विजयी मान्ने अवसर पाउँछन् । अनि आफूलाई पवित्र भनिठान्छन् । यस्तो काममा लागेर केही पछि नै मैले यस कुराको अनुभव गरेँ । विस्तारै आफ्नो स्वभावमा कस्तो बल उब्जाएँ भने,“ मैले पो तिनीहरूको उपयोग गरी होच्याएको छु ।” यसले गर्दा धेरै सन्तापबाट बाँचे । लोग्नेमानिसहरूमाथि मैले आफूलाई विजयी तुल्याएकी छु । यसैले आज आफ्नो कथा पनि तपाईँलाई सुनाउन मनमा कुनै हच्को छैन । मेरो कुरा सुनेर तपाईँले मेरो केही पनि गर्न सक्नु हुन्न त्यति सम्झेर अब मेरो कुरा सुन्नुहोस् ।”

“ प्रारम्भदेखि नै नभने मेरो वर्तमान स्थितिको तारतम्य मिल्ने होइन । सुरुदेखि नै सुन्नुहोस् । मेरो बाबुआमा साधारण श्रेणीका मानिस हुन् र मैले आफ्नै भरमा उच्च् शिक्षालाभ गरेकी छु । मेरो वर्तमान स्तििको लागि कुनै न कुनै रुपमा शिक्षाको मोरे आकाङ्क्षा पनि सहायक भएको कुार मान्नैपर्छ । यसमा तपाईँले अचम्म मान्नुपदैन । कथाको प्रारम्भ अकै छ सुन्नुस् ।”

“ परिवारको जेठो सन्तान हुँ । फलतः म एक्लोको लालनपालन सुखसाखै भयो । पढाइ पनि उत्साहसाथै थालियो । म्याट्रिकसम्म पुगेँ तर त्यतिन्जेलमा मेरो सुख, परिपालन र पठन क्रमशः कटौती हुँदै गयो । मेरा चार जना अरु भाइबहिनी जन्मिसकेका थिए । सबैको लागि खर्च जुटाउनुपर्यो । आम्दानी बढेन र भएजत्तिकै भरमा सारा व्यय पुर्याउनुपर्दा मेरो लगाइखवाइदेखि लिएर पढाइसम्ममा धेरै कटौती अनिवार्य भएको थियो । उता राम्रो लगाउनु, खानु र सम्पन्न रुपमा स्कुलव पुग्नु मेरो अभ्यास भइसकेको थियो । अभाव र कन्जुसीको स्थितिले गर्दा सँधैभर झर्किरहने, अन्यमनस्क रहरने, के के न हराएको मनस्थिति जस्तोमा रहनुपर्ने अर्को बान्ी पनि भएको थियो ।”

“ हुन त साधारण रूपमा आफूलाई सन्तोष दिन भनी कहिलेकाहीँ कुन कुरा सम्झन्छु भने सुख–सुबिस्ताको कमी कटौतीले नै मलाई वर्तमान दिशातिर धकेलेको होला क्यारे । तर आंशिक सत्य भए पनि यही जन्मै कारण होइन । अभावैमा रहनुपरे पनि यतातिर म लाग्ने थिइनँ । वस्तुतः यतातिर उत्प्ररेरित गर्ने मूल कारणको अर्को कथा पनि छ ।”

दसैँ बिदापछि पुरानै सारी – लुगामा कलेज जानुपर्ला, साराका नयाँ, राम्रा लुगा हुनेछन्, लाजै मर्नुपर्ने होला कि भन्ने मेरा हर बखतका चिन्ता थिए ।

 

“ मेरो काकाकी एक जना छोरी छिन् । जेठी भएर मेरी दिदी पर्छिन । काकाको र मेरो परिवार छुट्टिएर बसे पनि दशैँ, तिहार इत्यादिजस्ता समारोहमा हामी उत्साहसाथ सम्मिलित रूपमा भाग लिन्थ्यौ । एक अर्काको आवतजावतमा कुनै बाधा वा मनोमालिन्य थिएन । मेरो काकाका एक जना मभन्दा जेठा छोरा छन् दाज्यू भन्नुपर्ने । सवयमी भएको हुनाले उनीसित मेरो निकै हिमचिम थियो । परस्पर आत्मिय व्यवहार हाम्रो दिनहुँको चलनमा थियो ।”

“ दसैँ चाडमा मेरो दिदीकोि लागि काकाले एउटा सारी ल्याए । त्यसलाई मैले साह्रै मन पराएँ । त्यसप्रति मेरो लोभ प्रबल भयो । त्यसपालि मेरो घरमा ल्याइएका लुगा बहुतै साधारण खालकमा र कम्ती पनि थिए । जम्मै भाइबहिनी र बा आमालाई पनि पुगोस् भनेर भएका थोरै पैसाले भ्याइने खालका मालताल थिए । दसैँ बिदापछि पुरानै सारी – लुगामा कलेज जानुपर्ला, साराका नयाँ, राम्रा लुगा हुनेछन्, लाजै मर्नुपर्ने होला कि भन्ने मेरा हर बखतका चिन्ता थिए । यसै मनस्थितिमा आफ्नी दिदीको सारी सम्झी रहन्थेँ र दुई तीन पटक काकाको घरमा गई दिदीसत जिद्दी गरेर उसलाई त्यही सारी लगाउन लगाएकी थिएँ । कदाचित् त्यही पीरकै अनुभव पाउन भनी दिदीसित त्यो सारी लगाउने कुरामा मेरो जिद्दी बढेको हुन्थ्यो । सम्भव छ मेरो यो कुरा तपाइँलाई बुझ्नै सक्नुहुन्न । तर अगाडिका कुरा सुन्दै गए सबै थोक प्रष्ट हुनेछ ।”

“ मेरो तीन चार वर्षको उमेरमा मेरो एउटा भाइ जन्मेपछि निकै रमाइलो भयो । उसलाई खेलाउँदा आफ्नी आमासित केटाकेटीको भाषामा म सोध्ने गर्थेँ, “ आमा यो कहाँबाट आयो ? अहिलेसम्म कहाँ थियो ?” मेरो हरेक सोधाइहरूमा आमाको उत्तर बेग्लाबेग्लै हुन्थ्यो । कहिले भन्थिन्,“ तेरा बाले यसलाई बाटोमा पाएर मलाई लुकाइराख्न भनी भनी दिनुभयो । मैले पेटमा लुकाइ राखेको थिएँ । अब सबैेल बिर्सेपछि तँलाई खेलाउन दिएक्ी हुँ ।” इत्यादि इत्यादि । त्यसबखत आमाको प्रत्येक उत्तरमा म रमाउँथेँ । तर अहिले सम्झन्छु मेरो तात्कालिक सन्तुष्टि भए पनि मेरो चेतन जिज्ञासाको सन्तसष्टि त्यो हुँदैनथ्यो । बरू भित्रभित्रै पलाइरहन्थ्यो । तैपनि त्यसबखत त्यसले कुनै हानी हुँदैनथ्यो । हानि त त्यहाँदेखि सुरु भयो जब मेरी चौथी बहिनी जन्मी । तबसम्म म चौध वर्षकी भइसकेकी थिएँ । फेरि त्यसपछि पाँचौ भाइ जन्मँदा, बा – आमाको सम्भोगले यो र हामी सबै जन्मेका हाँ भन्ने कुराले मेरो सचेतन भावनामा र मेरो बुद्धि ज्ञानमा ठक्कर लाग्यो । मेरो त्यस उमेरसम्म रति वा सहवास – प्रक्रिया जो अचेत र सुषुप्त थिए ती मानौ बिउँझेर उठे । आज पनि सम्झन्छु – मेरो बाबुआमाको त्यो पाँचौ सन्तान, मेरो भाइ, जन्म्दा म लाजमा चुर्लुम्म् भएकी थिएँ । कुनै अबूझ खालका क्षोभ र झर्को पनि लागेका थिए । बा र आमामा रहेका मेरो श्रद्धामा उसबखत एउटा नफरतजस्तो भाव सम्मिश्रित भएको र ती दुवै स्वार्थीझैँ मेरो भावनामा प्रतिष्ठित हुन आएको सम्झना पनि मेरो मनमा छँदै छ ।”

“ बहिनीले पाएको सारी तिमीले निकै मन पराएकी छै क्यारे, होइन ?”

 

“ चरित्रहीनताको उदयसम्बन्धी यहाँ दुई वटा आन्तरिक कुरा बताउनै परेको छ । साधारण रूपमा मानिसहरूले, केटीहरू तरुनी भएपछि कामोत्तेजित भई व्यभिचारतर्फ लाग्छन् भन्नेकुरा मानेका छन् । कुरा त्यो होइन । केटीहरूको कामवासना सीमा नाँघ्ने हुँद्यैन । सीमा नाघ्नुअघि तिनीहरूलाई अनेकन दैला नाघ्न पर्छ । ती दैलाहरूकाचुकुल हत्पति खुल्दैनन् । वस्तुतः चुकुल फुकाल्ने काम घरैबाट सम्पन्न गरिन्छ । अरु परिवारको आशा पनि कस्तो हुन्छ भने दैलोबाहिर भए पनि मेरी छोरी सुरक्षित रहनेछ । हुन त यो आशा पनि घरवालाहरूमा दृढ रहँदैन । खुकुलै रहन्छ । साँचो कुरा त के हो भने केटीहरूको कोमल र तर्सिने किशोर मनमा प्रकृतिले अग्घोर लज्जा खाँदेको हुन्छ । त्यसबाट तिनीहरू थिचिएका हुन्छन् । कस्तो भने उच्छृङखलताको सीमासम्म तिनीहरू आफैँ पुग्न सक्दैनन् । लाजको बन्धन सजिलैसित चुँडालिने तत्व हुँदै होइन । अनुभवले थाहा पाएक्ी छु– लज्जा चुँडाल्ने, फुकाल्ने काम घरबाटै सुरु हुन्छ र त्रमसितै त्यसलाई शिथिल पारिन्छ । अनि पछि कुनै घट्ना दुर्घटना वा कुपरिस्थिति पनि आइलाग्छ यति पछिमात्र कुनै केटीले खुम्चँदै, तसिँदै पाइला सार्छे । आफ्नै घरबालाबाट छोरीबेटीलाई निर्लज्ज पार्ने काम कसरी हुन्छ होला भन्ने कुरामा तपाइँलाई अचम्म लाग्यो होला । तर अचम्म केही पनि छैन । ब, त्यसमा अनौठो, सजिलोपना हुन्छ । मेरो अगाडिका कुरा सुनेर तपाईँलाई विश्वास लाग्नेछ ।”

युवती चुप लागी । युवकले हेर्यो, त्यसको अनुहार कडाजस्तो हुँदै गएको छ अगाडिका कुरा भन्न सकिने दृढता र बल सँगाल्ने चेष्टा उसको अनुहारमा प्रष्ट हुँदै आयो । केही बेरपछि टाउको अलिक अर्कैतिर तेस्र्याएर उसले फेरि प्रारम्भ गरी,“ मेरो पाँचौ भाइ जन्मेपछि नै स्त्री पुरुषको सम्भोगलाई साधारण कुरो मान्न्े मेरो धारणा भयो । धारणाचाहिँ प्रष्ट नभए पनि मेरो अन्तर्चेतना त्यसबाट प्रभावित भयो नै । कदाचित् यसैले होला, “ पहिलो सन्तान सात आठ वर्षको भएपछि र बच्चा के गरी जन्मिन्छ भन्ने कुरा बुझ्न सकिनेसम्मको ज्ञान उसमा आइसकेपछि बाबुआमाले सन्तानोत्पादन समाप्त गर्नुपर्छ” भन्ने कुरा हिन्दु समाजशास्त्रीहरूले गरेको शास्त्रविधान होला । कुरा भने बहुतै अनुभवको भए पनि आज त्यही उपेइाणीय छ ।”

“ मेरी दिदीले लगाएको सारीप्रतिको मेरो लोभको लख मेरो दाजुले काटिसकेको थियो , मेरो दुर्बलताको एएटा नचाहिनने लाभ उठाउने सङ्कल्प पनि उसले गर्यो । उसले एकदिन मौका पारी भन्यो, “ बहिनीले पाएको सारी तिमीले निकै मन पराएकी छै क्यारे, होइन ?”
उत्तरमा मेरो स्वीकृतिसूचक सङ्केत पाउनबित्तिकै उसले फेरि भन्यो, “ हुन्छ तिम्रो लागि पनि यस्तै सारी ल्याइदिनेछु । त्यसमा पैसा धेरै परेको छ । पैसा जोरेर सारी ल्याउनुपर्छ । ” हुन त उसले चाहेको भए सारी दोस्रो दिन नै ल्याउन सक्थ्यो । तर त्यसो नगरी मलाई लहस्याइराख्ने जुक्तिको रुपमा त्यसले अबेला गर्ने विचार गरेको थियो ।”

“ सारी माग्न सक्दिनथेँ । मागने कुरामा मलाई लाज लाग्दथ्यो । यता लोभ भन्ने थियो नै । फलतः ऊसित बित्न थाल्यो । बीचबीचमा चार छ दिनमा नै सारी ल्याउने कुरा पनि प्रसङ्ग उठाई ऊ भन्दै गथ्र्यो र म आश्वस्त हुँद्यै गएकी थिएँ । तगेदा गर्नै पर्दैन्थ्यो ।”
“ बस्ता उठ्दा बिस्तारै बिस्तारै ऊ मेरो निकटवर्ती हुँदै गयो । नातामा दाजु छँदै थियो । कसैले केही भन्न पाउने कुरै थिएन । बरु धनी भएर पनि उसले बहिनीजस्तै गरी काकाकी छोरीको मान गर्नपर्छ , घमण्ड गर्दै भन्ने प्रशंसा नै ऊ पाउँथ्यो । यस क्रममा कहिलेकाहीँ ऊ मेरो गाला मुसाथ्र्यो त कहिलेकाहीँ पीठ । अझ अन्यमनस्क भावले मुसार्न भनी कहिलेकाहीँ मेरो छातीसम्म पनि उसको हात पुग्न थाल्थ्यो । त्यसो हुँदा म अलि अलि झसक्न्थेँ अवश्यै , तर आफ्नो आङ जीउ बचाउने मेरो कुनै चेष्टा हुन्नथ्यो । मेरो कुनै विरोध हुँदैन्थ्यो ।”

“यहाँ एउटा यस्तो कुरा पनि भन्न चाहेकी छु जसको ज्ञान उसबखत मलाई थिएन । अवशयमेव त्यसको प्रभाव मेरो अन्तश्चेतनामा रहरिहेको कुरा आज मलाई सम्झनै परेको छ । ”

भन्ने कुराको प्रारम्भिक सूत्र पहिल्याउनेजस्तो चेष्टामा उसको अनुहार अझै कडा भयो र कुनै न कुनै अंशमा ऊ अमनाृरमजस्ती देखा पर्न थालेकी थिई । अन्ततः ऊ फेरि भन्न थाली –
“ मेरो बा खामाको चौथो सन्तिान जन्मँदा, बच्च के गरी जन्मन्छ भन्ने कुरा थाहा पाउने जत्तिको उमेर मेरो भइसकेको कुरा भनेकै हुँ । अतएव त्यो जन्मँदा अघिअघिजस्तो आमासित सोध्नै परेन,“ यो कहाँ थियो वा कहाँबाट आयो आमा ?”बरु त्यसको जन्मपछि बाको अगाडि उभिन ममा कुनै अज्ञात लज्जाको अनुभवसमेत हुन थालेको कुरा सम्झन्छु । जुन बोधको एउटा बहुतै अप्रत्यक्ष परिणाम के भयो भने आइमाई र लोग्ने मानिसको सहवासतर्फबाट ममा रहेको जन्मजात सांस्किृतिक अवरोध कुनै न कुनै अंशमा खुकुलो हुन थालेका थियो । त्यस कुराको प्रत्यक्षा अनुभव मलाई उसबखत भयो एकदिन मेरो त्यसै दाजुले अन्यमनस्क भाव देखाएर मुर्सादा मुसार्दै मेरो स्तन हलुङ्गो तवरले थिच्नेजस्तो उपक्रम बन्यो । त्यस चिच्याट्को प्रष्ट अनुभव भनौँ आभास मलाई भए पनि मैले कुनै प्रतिरोध गरिनँ । बरु कुन्नि कस्तो एउटा आनन्दाभूति हुन थाल्यो म झन् ऊसँगै टाँसिएर पहिलोपटक सारी किन ल्याइदिँदैनौ भन्ने तगेदा गर्न पनि सकेकी थिएँ । ”

अनि पछि उसले तानेर मलाई आफ्नै छेवैमा लडायो र मनपरी गर्न थाल्यो ।

 

अनन्तः त्यही भयो जो हुने थियो नै । माथि भनिएको घट्नापछि मेरो तगेदा सुनेर उसले दृढताका साथ बचन दियो ,“ भोलि बेलुकापख उसले सारी ल्याई आफ्नो सन्दुसमा लुकाइराख्नेछ, लिन आउनुपर्छ । तर उसले सारी दिएको कुरा कसैसित भन्नुहँदैन । ”

उत्तरमा मैले पनि उसलाई आश्वस्त पारेँ, “कसैसँग भन्दिनँ कसैले सोध्यो भने, मेरो साथी छात्राले मलाई प्रिजेन्ट गरेको कुरा भन्दिन्छु, इत्यादि ।” अनि आफ्नो घरमा पुगेपछि त्यो दिन साँझ हुने पखाईमा नै मैले बिताएँ । साँझ परेपछि काकाको घरमा गएँ । दाजुलाई सोध्दा, आराम नभएर ऊ आफ्नो कोठामा सुतिरहेको कुरा मैले काकीसित थाहा पाएँ । “ हेर्न जान्छु भन्दा काकी झन् खुसी भइन् । म माथि उक्लेँ । ओछ्यानमा ऊ पल्टिरहेको थियो । खाटनजिकै एउटा मेचमा बसेँ । आज पनि उसले सारी ल्याएको छैन र बहाना गरी बिरामी भएको छ भन्ने मलाई चिन्ता लागेको थियो । उसको नजिक बसेपछि पनि ऊ निन्याउरो अनुहारसाथ मलाई हेर्दै पल्टि नै रह्यो । अनि एक छिनपछि भन्यो, “ मेच तान, पलङ नजिक बसन । ” म उसको सिह्रानतिर सरी बसेँ । अनि ऊ मुसुमुसु हाँस्तै भन्यो, “ सारी ल्याएको छैन होला भन्ठान्यौ होली । होइन ?” म चुप नै रहेँ । अलिक आसजस्तो पनि लाग्यो । मेरो हात समात्दै उसले फेरि भन्यो, “तिमीलाई सारी एकान्तमा दिन भनेरै बिरामी भएको छु । सारी हेर ।” अनि सिह्रानतिरको डसना दिन भनेरै बिरामी भएको छु । सारी हेर ।” अनि सिह्रानतिरको डसना पल्टाएर सारी झिकी मलाई दिँदा खुसीले म एकछिनसम्म् आफूलाई नै बिर्से । सारीको प्याकेट मेरो काखमा नै थियो । म साह्रै प्रसन्न भएकी थिएँ । खुसी र मेरो आत्मशिथिलताको यसै अवस्थामा उसले मलाई तानेर आफ्नो छातीमा लडायो । फेरि मेरा गाला, निधार आँखा र अन्त्यमा ओठमा आवेगसाथ म्वाइँ खान थाल्यो । कुनै प्रतिरोध गर्न सकिनँ । बरु मलाई मेरो खुसीमा झन् आनन्दको वृद्धि भएझैँ लाग्यो । अनि पछि उसले तानेर मलाई आफ्नै छेवैमा लडायो र मनपरी गर्न थाल्यो ।

यति भनेर युवती एकदमसित चुप भएर बसी । घोरिई बसेको युवक पनि चुप नै रह्यो । झन्नै प्रन्ध्र मिनेटसम्म दुवै यसै अवस्थामा बसी रहे । अनि युवती पुजः भन्न थाली, “ कथाको मूल अंश यो होइन, यी त प्रक्रियामात्र हुन् । तिमीले सायद सम्mभन सकेन हौलाऊ – मेरो कथाको पहिलो मूल अंश मेरा आमाबाबुले बच्च जन्माइराख्नुको साधारत्व थियो । त्यसैले मभित्रको मर्यादाबोध नै शिथिल सखाप पारेको थियो । दोस्रो कारण, अभाव र हाम्रो वरिपरिको त्यो सम्पन्न लवाइबसाइ थियो जसले ममा निरन्तर हीनताबोधको पीर भरिरहन्थ्यो । अनुभवले थाहा पाएकी छु । पारिवारिकताचाहिँ मर्यादित रह्यो भने सन्तानचाहिँ मर्यादामहत्वको ग्राही हुन्छ । त्यस्तै मर्यादाहीन परिवार भयो भने सन्तान उच्छृङ्खल हुन्छ । तिमी भन्लाऊ, भन्न सक्लाऊ – यी मेरा कामतुष्णा लुकाउने रहर हुन् । तर त्यास्तो होइन कामतृष्णा भनेको केही हुँद्यै होइन । यो कुरा मैले पछिबाट थाहा पाएँ ।

विस्तृत परिवारको व्यय चलाउनु परेको धन्दामा मबाट हुनैपर्ने आम्दानी पनि आवश्यक भएको छ ।

 

“ मेरो काकाको छोरा, भनौँ दाजुले, मसित शरीर सम्पर्क गरेपछि मौका पाएको जुनसुकै बखत पनि उसले मेरो उपयोग नगरी छाड्दैन थियो । त्यो स्थिति कहाँसम्म पुग्यो भने मेरो कुनै आङ्काक्षा नरहे पनि जुन बखत कुनै काम वा त्यसै मलाई उसकहाँ जानुपथ्र्यो र उसले मसित आफ्नो शारीरिक परितृप्ति त्यो पनि मेरा लागि साधारण गरेजस्तै हुन गयो । न त पश्चाताप हुन्थ्यो न कुनै आग्रह ।”

“ त्यसै स्थितिमा म अगाडि बढ्दै गएँ । मलाई उच्चशिक्षा लिनु थियो, म यसको लागि दृढ थिएँ । तर घरवालामा मेरो शिक्षाप्रति अब उदाशिनता थियो । विवश भएर मैले आफ्नै भरमा कलेज जोइन गरेँ, चाहिने किताब किने, लुगा र सारी पनि किनेँ र यी साराका लागि मेरो शरीर व्यवसाय चालु भयो । मेरो पढाइलेखाइ इत्यादिको खर्च कसरी चलेको छ यस विषयमा मेरा बाबु सन्तुष्टिसाथ उदासीन थिए । पैसा दिनु पर्दैनथ्यो र छोरी पनि पढेकी छे । यी सबै थोक उहाँका लागि सजिलै भएको थियो । अनन्तः मैले बीए उतीर्ण गरेँ र अब बाखामाले मसँग नोकरी खोज्ने कुरा पनि भन्दै गरेका छन् । विस्तृत परिवारको व्यय चलाउनु परेको धन्दामा मबाट हुनैपर्ने आम्दानी पनि आवश्यक भएको छ । कथा यत्तिकै हो ।

युवती शान्त भई, चुपसित बसी । युवकले पनि केही भनेन । निकै पछि मन्द स्वरमा ऊ फेरि भन्न थाली, “धेरै दिनदेखि मनको यो व्यथा पोख्ने लोभ लागेको थियो । कुनै पात्र नपाएर पिल्सिमात्रै रहेकी थिएँ । आज हलुङ्गो भएँ । तपाईँलाई धन्यावद छ । कृपासाथ तपाईँले मलाई र मेरो कथासमेतलाई बिर्सिदिनुस् । नारी, केटी–सम्भोगचाहिँ मेरो यस सहरमा लुगा र फ्याक्सको रुपमा मामुली कुरो भएको छ । वस्तुतः आज सम्भोगचाहिँ जीवनको कुनै आनन्द – क्रिया नै रहन गएको छैन । मेरो यस शरीर –बिक्रीमा कुनै वासना वा कामेच्छाप्रवृति कति रहेको होला भन्ने अनुमान लगाउन खब तपाईँलाई गाह्रो पर्दैन क्यारे ! अहिले त कामवासना ममा सखापै भएको भने पनि हुन्छ । योनि भोग मेरा लागि कुनै यान्त्रिक सञ्चालन मात्रै भएको छ । जससित मेरो शरीरसम्पर्क हुन्छ, ऊसित सकेसम्म छिटै फुर्सद पाउने चेतनामात्रै सहवासकालमा ममा प्रबल रहन्छ । उसको स्खलनमात्रैको मेरो पखाई हुन्छ । रति र विलास, उमङ्ग वा आवेग, साथै मनको त्यस संलग्नता, जसबाट सम्भोग प्रक्रियामा आनन्दजनित विह्वलताको सिर्जना हुन्छ , त्यस्ता चेतना नै ममा सखाप र निर्बोध भएका छन् । यसको लागि म कम्ती दुःखी छैन । मेरो शरीर रचनाको एउटा प्रमुखता नै नास भएको छ । फेरि अब त्यसको कुनै जुक्ति पनि छैन । साँच्चै भनुँ भने अहिले म एउटा “ पाइप” बन्न गएकी छु, जुन पाइपमा मानिसको केवल कुस्ता प्रभावित भइ बगेको छ । यसपछि केही भन्नु छैन । अब म गएँ । ”

जुरुक्क उठेर युवती एकातिर लागी र युवकचाहिँ अपदार्थजस्तै बेञ्चमा बसि नै रह्यो ।

 

(लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्टले प्रत्येक साता नेपाली भाषासाहित्यको एउटा उत्कृष्ट यौनकथा नेपाली पाठकमाझ पुर्याउने प्रस्तावअनुसार यो स्तम्भ सुरु गरिएको छ । यतिखेर म मेरो सम्पादनमा वाणी प्रकाशन, विराटनगरबाट २०५४ सालमा प्रकाशित प्रतिनिधि यौनकथाहरूको सङ्कलन नेपाली यौनकथा पुस्तक सम्झिरहेछु । वाणी प्रकाशनको स्थापनासँगै छापिएका कृतिहरूमध्येकै अत्यन्त महत्वपूर्ण यो पुस्तक मानिसहरू नामकै कारणले ‘थर्ड ग्रेड’ को पुस्तक हो कि भन्ने भ्रममा पनि पर्ने गर्छन् । त्यसो होइन ।

उक्त कृतिमा नेपाली साहित्यका स्वनामधन्य विशिष्ट स्रष्टादेखि प्रतिष्ठित एवम् चर्चित सर्जकका उत्कृष्ट कथाहरू सङ्गृहीत गरिएका थिए । प्रकाशन हुनसाथ यो पुस्तकलाई पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको नेपाली साहित्यमा मनोविज्ञानपरकता, विशेष नेपाली (आठौँ पत्र) को सहायक सामग्रीको रूपमा स्वीकृत गरेको थियो । यस्तो सङ्ग्रह निकाल्ने सोच  वाणी प्रकाशनका प्रथम अध्यक्ष, वरिष्ठ कथाकार परशु प्रधानको थियाे । सङ्ग्रहका लागि कथा चयनदेखि सम्पादनसम्मको सम्पूर्ण जिम्मेवारी मलाई दिइएको थियो । याे कथा पुनः सुरू भएकाे बेला म आदरणीय वरिष्ठ कथाकार एवम् वाणी प्रकाशनका तत्कालीन अध्यक्ष परशु प्रधानप्रति हार्दिक आभार व्यक्त गर्छु । 

सङ्ग्रह लाेकप्रिय भए पनि  नयाँ संस्करण ननिस्किएपछि वाणी प्रकाशनको लिखित स्वीकृति लिएर दोस्रो संस्करण बीएन पुस्तक संसारबाट २०६९ सालमा र तेस्रो संस्करण शिखा बुक्सबाट २०७५ सालमा प्रकाशित भएको छ । साहित्यपाेस्टका अभिभावक  तथा मेरा प्रिय भाइ अश्विनी काेइरालाले यी सबै कुरा याद गरेका रहेछन् । उनकाे अाग्रहमा  सङ्ग्रहमा  रहेका यौनकथाहरू अब साहित्यपोस्टमा प्रकाशित हुनेछन् । सङ्ग्रहबाहेक पनि नेपाली साहित्यमा यस्ता दर्जनाै पठनीय याैनकथा छन्, जसलाइ  क्रमशः प्रकाशित गर्ने याेजना छ ।

प्रमोद प्रधान

यौनकथा सम्पादक

साहित्यपाेस्ट