
नीलिमा ठकुरिया हक
जङ्गलको विलापमा
लमतन्न तेर्सिरहेकाछन् शवहरू
घाम र वर्षाले कठोर मृत शरीरमा
च्याउले विश्राम लिन्छन्, साँपले काँचुली फेर्छन्
एउटा एउटा चिहानका ढिस्काहरू…..रुखका मुढाहरू
हरियाली अतित
केही दिनपछि
शवहरू जानेछन् काठ मिलमा
यातनाहरू चेप्टा र चिल्ला हुनेछन्
अनि सुकेका काठका मासुले निर्माण गरेका
झ्याल बन्द गरी, बार्दलीमा
गम्लाको बोन्साई अरण्यमा
डुब्नेछौँ हामी
हाम्रा कलेजाका रङ महोगनी ।
————————
मूल असमिया पर्या कविता: नीलिमा ठकुरिया हक
अनुवादक: डा. देवेन सापकोटा
(स्रोत= पारिपार्श्विक कविता, सम्पादन: प्रकल्प रञ्जन भागवती)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ माघ २०८२, शनिबार 




