इतिहासलाई फल्याक सम्झेर
किला ठोक्दै
पेच कस्दै
झुन्ड्याउन खोजेर के गर्छौ तिमीले ?
आफूलाई यहाँ …
इतिहास भित्तो होइन
किला ठोकेर झुन्ड्याइराख्ने
तस्वीरजस्तै
जहाँ तिमीले आफूलाई सधैं सधैं
इतिहास त आकाश हो
खुल्ला आकाश
जहाँ तिमीले आफूलाई
बिना किला, बिना पेच झुन्ड्याउन सक्छौ
ठोक्न सक्छौ ऊ बेला
जुन बेला तिमीले आफूलाई त्यहाँ
हावाझैं फैलाउन सक्छौ
घामझैं खुल्न सक्छौ … ।
प्रा. नर्मदेश्वर प्रधान नेपालभाषाका कवि, कथाकार तथा समालोचकको रूपमा चिनिन्छन् । साहित्यिक सिर्जनामा मात्र सीमित नभई उनले साहित्य सिद्धान्त र दर्शनमा पनि उत्तिकै कलम चलाएका छन् । श्रेष्ठ सिरपा पुरस्कार (ने. सं. ११०५), नःलि प्रधान सिरपा (ने. सं. ११२७) र भाषाथुवाः उपाधि (ने. सं. ११२८) बाट विभूषित प्रधानका विभिन्न विधामा नौवटा पुस्तक प्रकाशित छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ चैत्र २०८२, सोमबार 










