भिक्टर ह्युगोको लेस मिजेरेबल्स

दुःखबाट पीडितहरू (Les Miserables) भिक्टर ह्युगो (२६ फेब्रुअरी १८०२- २२ मई १८८५) को विश्वप्रसिद्ध उपन्यास हो । ह्यूगोको जन्म फ्रान्सको बेसन्कोनमा भएको थियो । उनका पिता जोसेफ ह्यूगो नेपोलियनको सेनामा जनरल थिए । ह्यूगोले पेरिसमा कला एवम् साहित्यमा शिक्षा हासिल गरे । उनले किशोरावस्थादेखि नै कविता लेख्न शुरु गरेका थिए । सन् १८४८ को क्रान्तिपछि उनी फ्रान्सको नेशनल एसेम्बलीको संसद् सदस्य बने । उनले नेपोलियन तृतीयको तानाशाही शासनको विरोध गरे । त्यसकारण उनलाई १९ वर्षसम्म (१८५५-१८७०) जर्सी र ग्वेर्नसे द्वीपमा निर्वासित गरियो । भिक्टर ह्यूगोको मृत्युमा उनको शवयात्रामा करीव तीस लाख मानिस सहभागी भएको बताइन्छ । उन्नाइसौं शताब्दीमा कसैको शवयात्रामा विश्वभरमा कतै कुनै व्यक्तिका लागि यति ठूलो भीड जम्मा भएको थिएन । उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरियो र पेरिसको पेन्थियोनमा राखियो । ह्यूगोलाई फ्रान्समा राष्ट्रिय नायक मानिन्छ । उनको सम्मानमा पेरिसका सडक, पार्क र विश्वविद्यालयको नामकरण भएको छ ।

ह्यूगो उन्नाइसौं शताब्दीका स्वच्छन्दतावादी युगका सबभन्दा प्रभावशाली लेखक, कवि, नाटककार र राजनीतिक चिन्तक थिए । उनलाई फ्रान्सेली साहित्यमा मात्र होइन, विश्व साहित्यमा नै एक स्तम्भको रूपमा लिने गरिन्छ । उनमा सामाजिक न्यायप्रति गहन प्रतिबद्धता थियो । उनलाई स्वच्छन्दतावादी साहित्यका प्रमुख प्रवर्तक मानिन्छ । उनी राजनीतिक रूपमा गणतन्त्रवादी थिए र मानवअधिकारका पक्षधर थिए । उनका रचनाहरूमा मानवीय पीडा, प्रेम, त्याग र नैतिक संघर्षको विषय गहिराई हुन्थ्यो ।

‘लेस मिजरेबल्स’ का अतिरिक्त ह्यूगोले ऐतिहासिक उपन्यास ‘द हन्चब्याक अफ नोट्रेडम’ (१८३१), हेरनानी नाटक (१८३०), लेस कोन्टेम्प्लेशन्स कविता (१८५६) र राजनीतिक लेखनको रूपमा नेपोलियन द लिटिल (१८५२) जस्ता महत्त्वपूर्ण कृति दिएका छन् । ‘द हन्चब्याक अफ नोट्रेडम’ मा क्वासिमोडो र एस्मेराल्डामार्फत् मध्ययुगीन पेरिसको त्रासदी देखाइएको छ । हेरनानी फ्रान्सेली स्वच्छन्दतावादी थिएटरको शास्त्रीय नाटक हो । ह्यूगोको कविता संग्रहमा प्रेम, मृत्यु र प्रकृतिमाथि गहन चिन्तन देखिन्छ । उनको राजनीतिक लेखनमा नेपोलियन तृतीयको तीव्र आलोचना गरिएको देखिन्छ । ‘द मेन हु लाफ्स’ (१८५९) ह्यूगोको एक सामाजिक-राजनीतिक उपन्यास हो । यसमा एउटा युवक ग्विनप्लेकको कथा छ, जसको अनुहार बालककालदेखि नै सधैं हाँस्नको लागि विकृत बनाइएको थियो र उसले अन्यायपूर्ण समाजमा पहिचान, करुणा र न्यायको खोजी गर्दछ । सन् १८६६ मा प्रकाशित ह्यूगोको अर्को स्वच्छन्दतावादी र प्रतीकात्मक उपन्यास ‘टोइलर्स अफ द सी’ हो । यसमा समुद्रबाट संघर्ष गरिरहेको एक नायक गिलियटको वीरता, बलिदान र असफल प्रेमकथा छ । यसमा मानव सहास र प्रकृतिका शक्तिहरूको बीचमा टकरावको चित्रण गरिएको छ ।

ह्यूगोका साहित्यिक विशेषतामा भावुकता, प्रकृति-प्रेम र विद्रोही स्वर झल्किन्छन्, जसले स्वच्छन्दतावादको प्रतिनिधित्व गर्छन् । उनले आफ्ना कृतिहरूमा समाजका उपेक्षित वर्गहरूको मार्मिक चित्र दिन्छन्, जसलाई सामाजिक यथार्थवाद भनिन्छ । उनले प्रतीकात्मक रूपमा पात्रहरूको माध्यमबाट नैतिक र दार्शनिक सन्देश पनि दिन्छन् ।

भिक्टर ह्युगो

‘लेस मिजरेबल्स’ उपन्यासमा फ्रान्सेली क्रान्ति ताकाको फ्रान्सको रहस्य लुकेको छ । यसमा जीन भाल्जीन (नयाँ चीज आरम्भ गर्न चाहने पूर्व अपराधी), फेन्टिन (आफ्नी छोरीको लागि बलिदान गर्ने एक गरीव महिला), इन्सपेक्टर जाभेर्ट (कठोर र अडिग कानून अधिकारी), कोसेट (जीन भाल्जीनले पालेको फेन्टिनकी छोरी), मारियस (कोसेटसँग प्रेम गर्ने एक क्रान्तिकारी युवक) आदि पात्रहरूमार्फत् सामाजिक अन्याय, पुनर्जीवन, अपराध, दण्ड, वर्गसंघर्ष, गरीवी, प्रेम, मुक्ति र मानवतालाई दर्शाइएको छ । ह्यूगोले यो उपन्यास लेख्न करीव १७ वर्ष (सन् १८४५ देखि १८६२ सम्म) लगाएका थिए । यो कृति त्यतिखेरदेखि अहिलेसम्म आउँदा प्रचलित सबै भाषाहरूमा अनुवाद भइसकेको पाइन्छ । यसमा आधारित रहेर धेरै चलचित्रहरू पनि निर्माण भए । ‘दुःखबाट पीडितहरू’ उपन्यास सन् १८६२ मा पहिलो पटक प्रकाशित भएको थियो; पहिलो दिनमै यसको ४८ हजार प्रति बिक्री भएको थियो भनिन्छ ।

यो उपन्यासलाई सामाजिक न्यायको महाकाव्य भनिएको छ । उन्नाइसौं शताब्दीमा सम्पूर्ण युरोपमा यो पुस्तकले हलचल मच्चाइदिएको थियो । अमेरिकामा गृहयुद्ध चलिरहेको बेलामा यो पुस्तक पुगेको थियो । त्यहाँ यो पुस्तक यति प्रसिद्ध भयो कि सैनिकहरूले युद्धका बेला समेत पढिरहेका देखिन्थे । खाली समयमा एउटा सैनिकले आफ्नो समूहलाई पुस्तक पढेर सुनाउँथ्यो । यसले सेनामा उच्च मनोबलको विकास गराउँथ्यो । यसपछि अमेरिकी सैनिकहरूले पनि आफूलाई एक-अर्कालाई दुःखबाट पीडित मानिस भन्थे ।

भिक्टर ह्यूगोले यो उपन्यास खास व्यक्तिभन्दा पनि सर्वसाधारणका लागि लेखेको भनेका थिए । त्यसैले उनले यो उपन्यास सबैले पढ्न सकून् भनी प्रकाशकलाई सस्तो मूल्यमा निकाल्न सुझाएका थिए । यो उपन्यास यति प्रसिद्ध भयो कि त्यहाँको संसद्मा यसमाथि बहससमेत भयो । उपन्यास छाप्ने छापाखानामा क्याथोलिकहरूले सयौंपटक आक्रमण गरे । फ्रान्समा त वर्षौंसम्म यो उपन्यासमाथि प्रतिबन्धसमेत लगाइयो । तत्कालीन मिडियाहरूले यसलाई धेरै महत्त्व दिएर समाचार बनाएका थिए ।

ह्यूगोका अनुसार क्राइस्टको जन्मपछि अहिलेसम्म पृथ्वीमा मानवजातिले जति संघर्ष गरेका छन्, तिनीहरूमध्ये सबभन्दा महत्त्वपूर्ण काम फ्रान्सेली क्रान्ति थियो, यो क्रान्ति अपूर्ण रहे पनि उच्च थियो । यसले मानवतालाई महत्त्व प्रदान दियो । जन्जिरले बाँधिएका मानिसहरूलाई राहत दियो, सबै सामाजिक मूल्यहरूलाई मुक्ति प्रदान गर्‍यो । मानिसहरूलाई शान्त, प्रबुद्ध बनायो र पृथ्वीमा एउटा सभ्यता अवतरणको लहर पैदा गरिदियो । यो फ्रान्सेली क्रान्तिको देन हो । यसले पुरानो हावालाई सफा गरिदियो र नयाँ हावाको लागि ठाउँ बनायो । अधिकार, मूल्य-मान्यतालाई परिभाषित गरेर त्यसमा सास भरिदियो । त्यसकारण फ्रान्सेली क्रान्ति बहुमूल्य र कालजयी छ ।

‘दुःखबाट पीडितहरू’ उपन्यासको कथाअनुसार सन् १८१५ मा जीन भाल्जीनलाई एक भोको परिवारको लागि रोटी चोर्ने जस्तो सामान्य चोरी मुद्दामा उन्नाइस वर्षको सजाय प्राप्त दिइन्छ । जेलबाट छुटेपछि ऊ समाजबाट तिरस्कृत हुन्छ । त्यसपछि एक धर्माधिकारी विशप मेरियलले उसलाई क्षमा गरी पुनर्जीवनको मार्ग देखाउँछ । भाल्जीनले आफ्नो पहिचान लुकाएर मेयर मेडलिन बन्छ र एक नयाँ जीवन शुरु गर्दछ । यसपछि ऊ एउटा सानो शहरको उद्धारकर्ता बन्छ । तर कानूनको कठोर प्रतिनिधि जाभेर्टले उसलाई पछ्याइरहन्छ । यस क्रममा एक गरीव मजदूर महिला फेन्टिन आफ्नी छोरी कोसेटको पालनपोषणको लागि आफ्नो कपाल बेच्छे र पछि यौनकर्मी बन्न बाध्य हुन्छे । भाल्जीनले उसलाई प्रेम गर्छ तर फेन्टिनको देहान्त हुन्छ । भाल्जीनले फेन्टिनकी छोरी कोसेटलाई धर्मपुत्री बनाउँछ । कोसेटलाई दुष्ट थेनार्डियरकोमा पालनपोषणको लागि छोडिएको हुन्छ तर उनीहरूले कोसेटलाई दासी बनाएर राख्छन् । यसपछि भाल्जीन र कोसेटको कथा फ्रान्सेली क्रान्तिको उथलपुथलको बीचबाट अगाडि बढ्छ । भाल्जीनले कोसेटलाई थेनार्डियरबाट छुटाएर पेरिस लैजान्छ । कानूनको अन्धरक्षक इन्सपेक्टर जाभेर्टले भाल्जीनको वास्तविक पहिचान थाहा पाएर उसलाई पक्रिने प्रयास गरिरहन्छ । भाल्जीन भागेपछि जाभेर्टमा कानून र नैतिकताको द्वन्द्व तीव्र हुन्छ । कोसेट र क्रान्तिकारी युवक मारियसले प्रेम गर्न लाग्छन् । मारिसयले जून विद्रोह (१८३२) मा भाग लिन्छ । भाल्जीनले उसलाई बचाउँछ । यही क्रममा आफ्नो सिद्धान्त र नैतिकताको बीचमा फसेर जाभेर्टले आत्महत्या गर्छ । कोसेट र मेरियसको विवाह हुन्छ । अन्त्यमा भाल्जीनले आफ्नो वास्तविक इतिहास बताएर मर्दछ र उसले शान्ति तथा मुक्ति प्राप्त गर्छ ।

उपन्यासमा धर्म र क्षमा, न्याय र करुणा, वर्गसंघर्ष र सामाजिक असमानता तथा अन्ततः मुक्तिलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । भाल्जीनको परिवर्तनको शुरुवात विशपको करुणाबाट हुन्छ । यसले करूणा र प्रेम सजाय र घृणाभन्दा धेरै प्रभावकारी हुन्छ भन्ने कुरा देखाउँछ । उपन्यासमा जाभेर्टलाई कानूनको प्रतीकको रूपमा देखाएको छ । भाल्जीनलाई नैतिकता र करुणाको प्रतीकको रूपमा दर्शाइएको छ । यसमा कठोर न्यायले सामाजिक न्याय दिन सक्दैन भन्ने सन्देश दिइएको छ । यो उपन्यासले गरीवहरूको अवस्था अमानवीय हुन्छ भन्ने संसारलाई चित्रित गरेको छ । यसले गरीवी र शोषणलाई समाजको जिम्मेवारी मानेको छ । उपन्यासका हरेक पात्र कुनै न कुनै रूपमा मुक्तिको यात्रामा हुन्छन् । भाल्जीन अपराधीबाट सन्त बन्छ; फेन्टिनले दुःखबाट मुक्ति पाउँछिन्; जाभेर्टले अन्ततः आफैँबाट हार खान्छ र मृत्यु रोज्छ ।

यसकारण दुःखबाट पीडितहरू अर्थात् ‘लेस मिजरेबल्स’ उपन्यासलाई विश्व साहित्यका महान् कृतिहरूमध्ये एक मानिन्छ । यो उपन्यास एक साहित्यिक रचना मात्र नभएर एक नैतिक घोषणापत्र पनि हो । यसलाई फ्रान्सेली क्रान्तिपछि समाजको दर्पणको रूपमा लिएको देखिन्छ । यसमा गरीवी, न्याय र नैतिकतामाथि गहन विमर्श गरिएको छ । यो उपन्यास जिन्दगीको थेगरबाट निस्किएको करुणा, प्रेम र सौन्दर्यको एक महान् कथा हो, जसले संसारका विचारक, क्रान्तिकारी र स्वप्नद्रष्टाहरूलाई गहन रूपमा उद्वेलित एवम् प्रेरित गरिरह्यो ।

उपन्यासको सम्पूर्ण कथा संक्षिप्तमा

भाग एक

उपन्यासको शुरुवात डिग्नेको मोनसेग्नूर चार्ल्स-फ्रेन्कोइस-बिएनभेनु मेरियलको विवरणबाट हुन्छ । ऊ शक्ति र विशेषाधिकारमा डुबेको एक कुलीन डे रोभ (फ्रान्सेली अभिजात वर्गको हिस्सा) को पुत्रको रूपमा जन्मिएको थियो । ऊ एक सुन्दर र लोकप्रिय व्यक्ति थियो । उसले कम उमेरमा नै विवाह गर्‍यो र आफ्नो पिताको पद उत्तराधिकारमा प्राप्त गर्ने आशा गरिरहेको थियो । तर त्रासदीले उसकहाँ अड्डा जमायो । फ्रान्सेली क्रान्तिले उसको परिवारको प्रतिष्ठा र शक्तिलाई नष्ट बनाइदियो । यसकारण उनीहरूले आफ्नो घर छोड्न बाध्य हुनुपर्‍यो । निर्वासनको क्रममा उसकी पत्नीको मृत्यु भयो । यसबाट ऊ निःसन्तान र एक्लो हुनपुग्यो । यस घटनाले उसलाई यति झंकृत गर्यो कि ऊ पुजारी बन्यो । पुजारी अर्थात् डिग्ने क्षेत्रको प्रतिष्ठित विशप बनेपछि ऊ आफ्नी बहिनी मेडेमोसेले ब्यापटिस्टाइनसँग डिग्ने पुग्यो । मेडेमोसे अग्ली, पातली र उज्याली थिइन् । उनी असल मनकी पनि थिइन् । उनीहरूसँग परिचारिका म्याडम म्याग्लियोर पनि छिन् । म्याग्लियोर व्यवहारिक वृद्ध महिला हुन् ।

डिग्नेमा विशपको शानदार महल छ । त्यहाँ विशाल बगैंचा, शानदार भोजन कक्ष र भव्य सुत्ने कोठाहरू छन् । यो अस्पतालको नजिकै छ । महामारी र संकटका अन्य समयमा अस्पतालको व्यस्तता, पीडा र दौडधूप देखेपछि विशप मेरियलले अस्पताललाई स्थानान्तरित गर्यो । विशप मेरियल आफ्नो भत्ताको अधिकांश हिस्सा अस्पतालका रोगी, प्रसूति समिति र अनाथालयमा भोजन जस्ता सामाजिक कार्यमा खर्च गर्दथ्यो । बहिनी र आफ्नो निजी खर्चका लागि थोरै अंश मात्र राख्थ्यो । यात्राका लागि कुनै गाडीको सुविधा पाउनेबित्तिकै दान गरिदिन्थ्यो । ऊ गधामा चढेर नजिकैको शहरमा यात्रा गर्थ्यो, जुन उसको उच्च पदको लागि अनुपयुक्त वाहन हो । उसले आफ्नो क्षेत्रका धनी मानिसहरूलाई आफ्नो सम्पत्तिको धेरै हिस्सा गरीवहरूलाई दिनको लागि राजी गराउँछ । तर त्यो क्षेत्रमा गरीवी र आवश्यकता यति धेरै छ कि यो दान खोज्नु एक निरन्तर परियोजना बन्न पुग्छ । उसले आफ्नो कार्यक्षेत्रका जिल्लामा समस्या समाधान गर्न रचनात्मक र प्रभावकारी कामहरू गर्छ । उसले ठूलासाना सबैलाई समान ठान्छ । ऊ हिंस्रक मानिसहरूबाट पनि डराउँदैन । ऊ निन्दित, क्रोधित, दुःखले भरिएका र अपराध स्वीकार नगर्ने हत्याराको कोठामा पनि जान्छ । मेरियल रातभरि नै त्यस्ता व्यक्तिसँग बस्छ र पिता वा दाजु जसरी कोमलतापूर्वक कुरा गर्छ । उसको कोमल व्यवहारका कारण अपराधीले पनि शान्तिपूर्वक बस्न र मृत्युको सामना गर्न सहयोग पाउँछ । एउटा अपराधीलाई गिलोटिनबाट व्यक्तिलाई फाँसी दिँदा मेरियललाई भने धेरै दुःख लाग्छ । उसलाई मृत्युदण्डको कानूनलाई नै घृणा गर्छ ।

विशप एक विद्वान र शिक्षित व्यक्ति भएकाले ऊ बेलामौकामा सर्वसाधारणलाई विभिन्न भाषा सिकाउँथ्यो । उसले घर सफासुग्घर राख्दथ्यो र चाँदीबाट बनेका केही वस्तुहरूलाई सम्हालेर राख्दथ्यो, जसमा चक्कु, काँटा र दुई सुन्दर मैनबत्ती थिए । यी उसले आफ्नो जिजुआमाबाट उपहार पाएको थियो । यी बहुमूल्य खजाना हुँदा पनि मेरियलले राति कहिल्यै आफ्नो ढोका बन्द गर्दैनथ्यो । रातिहुँदी विपत परेकाहरूलाई उसको आवश्यकता पर्छ भन्दै ऊ ढोका खुल्लै राख्थ्यो ।

एक दिन विशप मेरियलले धर्म प्रचार गर्न एउटा टाढाको गाउँमा जान्छ । त्यो क्षेत्र दुर्भाग्यले डाकूहरूको एउटा समूहबाट त्रस्त छ । ती डाकूले भर्खरै एउटा गिरजाघरमाथि लूटपाट मच्चाएका थिए । विशप आफ्नो सुरक्षाको कुनै पर्वाह नगरी खतरनाक यात्रामा निस्कन्छ । तर ती खतरनाक भनिएका डाकूहरूले उसलाई कुनै नोक्सान पुर्‍याउँदैनन् । बरू उल्टै गिरजाघरबाट चोरेका वस्तुहरू ती डाकूले फिर्ता गर्छन् । यस्ता असल कार्यको बावजूद मेरियलमा पनि कमजोरी छन् । ऊ अनिच्छापूर्वक नै फ्रान्सेली क्रान्तिको उथलपुथलमा भाग लिएको एक वृद्ध क्रान्तिकारी मृत्युशय्या छेउ जान्छ । मर्नुअघि बूढो क्रान्तिकारीले भन्छ- फ्रान्समा क्रान्ति हुनु धेरै लामो समयदेखि उत्पीडित जनताका लागि आवश्यक थियो ।

तर मेरियल क्रान्तिकारी तर्कलाई कहिल्यै पूर्ण रूपले स्वीकार गर्न सक्दैन तर ऊ गरीवहरूप्रति आफ्नो गहिरो प्रतिबद्धतालाई अझ कसिलो बनाउँछ । मेरियल एक गहन र सरल व्यक्ति भएकाले उसमा अन्य विशपहरूका जस्ता महत्त्वाकाङ्क्षा छैन । उसलाई त आफ्ना वरिपरिका मानिसहरूको सुखदुःखको मात्र चिन्ता छ ।

यसै क्रममा डिग्ने शहरमा फाटेको कपडा लगाएको एउटा अपरिचत देखिन्छ । ऊ आश्रयस्थल खोजिरहेको छ, भोकका बेलामा खाने ठाउँ सोधिरहेको छ । तर त्यो बेला त्यस्तो अञ्जान व्यक्तिलाई कसले गाँस र बास देला र ? पूर्वअपराधी त्यो व्यक्तिको नाम, जीन भाल्जीन हो । कसैले पनि उसलाई अपराधी करार गरिएको भाल्जीनलाई खाने र बस्ने स्थान दिन मान्दैनन् । यसपछि उसका बारेमा त्यो सानो शहरमा छिट्टै हल्ला फैलिन्छ । हताश भएर ऊ राति बस्ने ठाउँ माग्न जेलको ढोका खट्खटाउँछ । जेलले पनि उसलाई भन्छ, भित्र आउने भए गिरफ्तार हुने गरी अपराध गर्नू । त्यसपछि ऊ एउटा घरमा पानी खान माग्छ तर त्यो घरमालिकले धम्क्याएर भगाउँछ । भाल्जीनले कहीँकतै आश्रय नपाएपछि पार्कको एउटा बेन्चमा सुत्छ । यसैबीच एक दयालु महिलाले उसलाई केही सिक्का दिन्छिन् र विशप मेरियलको घर जान सुझाव दिन्छिन् । त्यसपछि ऊ विशपकहाँ पुग्छ । त्यतिबेला विशप, उसकी बहिनी र कामदार महिला खाना खाने तयारीमा हुन्छन् । मेडम म्याग्लीयोर भने अस्तव्यस्त नयाँ अपरिचित अचानक आएपछि डराउँछिन् । पहिल्यै शहरमा अस्तव्यस्त भट्किएको व्यक्तिका बारेमा अनेक अफवाह सुनेका कारण उले लुट्न सक्ने कुराले डराउँछिन् । जीन भाल्जीनले भने आफ्नो स्थितिबारे बताउँदै कसैले सहयोगका लागि यहाँ जानू भनेको सुनाउँछ । मेरियलले यो सुनेपछि खाना खान बोलाउँछ । जीन भाल्जीन विशपको दयालु व्यवहारबाट छक्क पर्छ ।

भाल्जीनले भर्खरै जेलमा १९ वर्षे सजाय पूरा गरेको छ । उसले आफ्ना भोका भतिजा-भतिजीहरूलाई खाना खुवाउन रोटी चोरेकोमा पाँच वर्ष र भाग्ने प्रयास गरेकोमा चौध वर्ष सजाय पाएको थियो । जेलमा उसमाथि भएको दुर्व्यवहारका कारण उसलाई समाजको असमानताप्रति घृणा छ । उसलाई अधिकांश मानिसप्रति गहिरो अरुचि पनि छ । ऊ जेलबाट रिहा त भयो तर यसबाट कोही पनि खुशी छैनन् । अझ जेल सजाय काटेको थाहा पाएपछि त कसैले पनि उसलाई काममा राख्न चाहँदैनन् ।

विशप मेरियल भने अपवाद भएर निस्कियो । उसले भाल्जीनलाई आफ्नै घरमा बस्ने अनुमति दियो । घर नजिकै आरामदायी सुत्ने ठाउँ पनि दियो । भाल्जीन वर्षौंको दुःखबाट यति पीडित छ कि उसले विशपको आतिथ्य बिर्सियो, प्रलोभन जाग्यो र सबै जना सुतिसकेपछि चाँदीको सामान पोको पारी चुपचाप घरबाट निस्किन्छ । भोलिपल्ट भाल्जीन बेपत्ता भएको थाहा पाउँदा र आफ्नो प्रिय वस्तु चोरी भएको देख्दा पनि मेरियललाई फरक परेन । ऊ भन्छ, चाँदी कुनै प्रयोजनका लागि गएको छ ।

पछि भाल्जीनलाई पुलिसले घिसार्दै मेरियलको घर लैजान्छ । मेरियल भने उल्टै प्रहरीलाई उल्याउँछ । आफ्नो सामान चोरी भएको होइन, बरू आफूले उपहार दिएको भन्छ । उसले चाँदीका दुई मैमबत्ती भाल्जीनलाई दिँदै आफूले दिएका यी मैनबत्ती किन लैजान बिर्सेको भन्दै गाली गर्छ । अब पुलिस विलखबन्दमा पर्छन् र भाल्जीनलाई छोडिदिन्छन् । मेरियलले भाल्जीनलाई भन्छ, ‘यो धनलाई तिमीले आफूलाई इमान्दार बन्न प्रयोग गर । भाल्जीनको आत्मालाई बेइमानीबाट किनेर इमान्दारितालाई सुम्पिएको छु ।’

पछि भाल्जीनको भेट सिक्का फ्याँकिरहेको एउटा सानो केटासँग हुन्छ । उसले केही नसोची उसको सिक्का चोर्छ । तर चोरिसकेपछि भने अपराधबोध महसुस गर्छ र अब अपराधको जीवन बाँच्न सक्दिनँ भन्ने सोच्छ ।

यसपछि उपन्यासमा सन् १८१७ का विभिन्न सांस्कृतिक, सामाजिक र बौद्धिक घटनाहरूका दृश्य देखिन्छन् । अब कथा फेन्टिन नामकी युवती महिलातिर मोडिन्छ । फेन्टिन गरीवीमा हुर्केकी थिइन् । उनी सुनौलो कपाल र सेता दाँत भएकी एक अत्यन्तै सुन्दर महिला हुन् । उनी फेलिक्स थोलोमीस नामक युवकसँग सम्बन्ध बनाउँछिन् र उनका साथीहरू डाहलिया, फेभरेट र जेफिनसँगै डेटिङमा जान्छन् । थोलोमीस पेरिसको विद्यार्थी हो र ऊ आफ्नो असभ्य हाँसो र विलासी जीवनप्रति समर्पित छ । डेटिङका लागि ती चार युवकले आफ्ना युवतीहरूलाई ग्रामीण इलाकामा खाना खान बाहिर लिएर जान्छन् । रामरमाइलोका क्रममा फेन्टिन गर्भवती हुन्छिन् र उनले थोलोमीसको सन्तान जन्माउन पुग्छिन् । थोलोमीसले फेन्टिनलाई छोडेर गएपछि उनी दुर्दशामा पर्छिन् । पेरिसमा उनलाई सघाउने कोही नभएकाले दिनदिनै ऋण बढ्दै जान थाल्छ । ऋण तिर्न उनले आफ्ना बहुमूल्य सामान बेच्न बाध्य भइरहेकी छिन् । अति भएपछि उनी पेरिस छोडेर गाउँ फर्किने निर्णय गर्छिन् । उनले आफ्नी छोरीलाई सँगै लिएर जान भने सक्दिनथिन् । गाउँमा उनको अवैधानिक छोरी छ भन्ने हल्ला फैलियो भने राम्रो काम पाउने संभावना हुँदैनथ्यो । यस्तै बेला उनकी छोरी अन्य दुई साना केटीहरूसँग खेल्न जान्छिन् । तिनीहरूलाई सँगै देखेर फेन्टिनले हिच्किचाउँदै महिलालाई केही समयको लागि आफ्नो छोरीको हेरविचार गर्ने तयारी गरिदिनु भन्छिन् । फेन्टिनलाई आफ्नी छोरीलाई पनि खुशीयालीपूर्वक सफासुग्घर रूपमा रहेका केटीहरूकै जस्तै व्यवहार गरिनेछ भन्ने आशा हुन्छ । यसका लागि उनी ती महिलालाई हरेक महिना केही शुल्क दिने प्रस्ताव गर्छिन् । मेडम थेनार्डियर भनिने ती महिलाले आफ्नो पतिसँग सल्लाह लिन्छिन् र तिनीहरूले फेन्टिनसँग धेरै राशि माग्छन्, जसलाई उनले हताशपूर्वक स्वीकार गर्छिन् । फेन्टिन बिदा हुँदा थेनार्डियर दम्पतिले चतुर जाल बिच्छ्याएकोमा आफैँलाई बधाई दिन्छन् । थेनार्डियर दम्पति लालची र स्वार्थी मानिस हुन्, पूर्ण रूपमा अपराधी नभए पनि उनीहरू मानिसहरूलाई धोका दिन हिच्किचाउँदैनन् । यद्यपि उनीहरू आफ्ना छोरी एपोनिन र एजेल्मालाई भने धेरै माया गर्छन् । कोसेटलाई उनीहरूले केवल आयस्रोत र एक नोकरको रूपमा मात्र महत्त्व दिन्छन् । पाँच वर्ष पनि नपुगेकी कोसेटले थेनार्डियरको घरको सारा काम गर्नुपर्छ । गाउँका मानिस कोसेटलाई सबेरै घरमा कुचो लगाइरहेको देख्छन् । कोसेट अवैधानिक सन्तान हुन् भन्ने थाहा पाएपछि त अझ बढी पैसा असुल्न थाल्छन् । त्यसकारण कोसेट प्रेमबाट वञ्चित भएर नै ठूली हुन्छिन् । उनलाई केवल आफ्नो जीवन चलाउने खाना र कपडा मात्र दिइएको हुन्छ ।

यसबीच एक रहस्यमय अपरिचित व्यक्ति मोन्ट्रियल-सर-मर शहरमा आउँछ । थोरै पूँजी र उत्पादनमा केही परिवर्तनसँगै उसले काँचको मोती बनाउने स्थानीय उद्योगमा क्रान्ति ल्याउँछ र धेरै धन कमाउँछ । उसले अधिकांश पैसा दानमा दिन्छ, अस्पताल र स्कूल स्थापना गर्छ । गाउँमा आफ्नो पहिलो रात ऊ दुई बच्चाहरूलाई बचाउन एउटा जलिरहेको भवनमा दौडियो । तिनीहरू प्रहरी प्रमुखका छोरा थिए । ऊ आफूलाई पेरे मेडेलिन भन्छ, तर उसलाई पहिले जीन भाल्जीनको नामबाट चिनिन्थ्यो । अब उसले आफूलाई दान र न्यायको लागि समर्पित गर्दछ । गरीवहरूलाई जागिर दिन्छ र जिल्लाभरि नै आवश्यक पर्नेहरूलाई धन दान दिन्छ । उसलाई उसको महान् सम्पत्ति र सेवाका कारण मेयर बन्न प्रस्ताव गरिन्छ । एक वयस्क स्त्रीले यो पदसँगै के-के राम्रो काम गर्न सकिन्छ भन्ने कुराको स्मरण गराएपछि उसले यसलाई स्वीकार गर्दछ तर सबैले उसलाई स्वीकार गर्दैनन् । ऊ जाभेर्ट नामको पुलिस अधिकारीबाट हैरान छ । उसले भाल्जीनलाई यो मानिस देखिएको जस्तो छैन भन्ने सोचिरहेको हुन्छ । जेलमा पैदा भएको जाभेर्ट न्यायमा कठोर भावना राख्छ । उसको सोच छ, मान्छे कहिल्यै सुध्रदैन । झन् अपराधी त कहिल्यै सुध्रदैन । भाल्जीनले पूर्व अपराधीको आफ्नो पहिचान लुकाएर कानूनलाई चक्मा दिएको कुरा उसले निश्चित रूपमा बुझ्न सकेको छैन तर उसले भाल्जीनलाई नियालिरहेको छ । एक दिन फाउचेलेभेन्ट नामक एउटा बुजुर्ग व्यक्ति फस्छ, जबकि उसको घोडा गाडी पल्टिन्छ र मोन्शियर मेडेलिन (भाल्जीन) उसलाई बचाउन दौडिन्छ । प्रहरी अधिकारी जाभेर्ट वक्र टिप्पणी गर्दै भन्छ, ‘जीवनमा मैले एउटै व्यक्ति देखेको छु जो गाडी उठाउन सक्थ्यो र त्यो व्यक्ति टूलोनको जेलमा अपराधीका रूपमा सजाय काटिरहेको थियो ।’

यो सुनेर मेडेलिन पहेँलो हुन्छ तर पनि दौडेर जान्छ र बचाउँछ । जाभेर्ट धनी मेयरको वास्तविक पहिचानको बारेमा बढी निश्चित हुन्छ ।
यही बीचमा फेन्टिन यही शहरमा आइपुग्छिन् । उनले मोन्शियर मेडेलिनको कारखानामा काम पाउँछिन् । त्यसपछि आफ्नो तलबको अधिकांश हिस्सा कोसेटको हेरचाहका लागि थेनार्डियर दम्पतिलाई पठाउँछिन् । आफूले कमाएको पैसा फेन्टिनले कहाँ पठाउँछे भनी एक दुष्ट वृद्ध महिलाले खोजी गर्छे र वास्तविकता पत्ता लगाइछाड्छे ।

अवैध छोरीको कुरा थाहा पाएपछि फेन्टिनलाई कारखानाबाट निकालिन्छ । फेन्टिन शर्ट सिलाउँथिन् । यो कामबाट साह्रै कम पैसा पाउँथिन् । छोरीका लागि उनले सम्पूर्ण फर्निचर बेच्न बाध्य हुन्छिन् । कमाएमध्येको थोरै वचतले उनलाई मुश्किलले खान पुग्छ । थेनार्डियर दम्पतिले कोसेट बिरामी भएको र उसका लागि औषधि किन्न पैसा माग्छन् । फेन्टिनले त्यो माग पूरा गर्न आफ्नो लामो सुनौलो कपाल बेच्छिन् । त्यो पैसा उनीहरूले अन्य चीजमै खर्च गर्दछन् । थेनार्डियस दम्पतिको बढ्दो मागलाई पूरा गर्न फेन्टिनले आफ्ना केही दाँत पनि बेचिदिन्छिन् । यसपछि पनि उनीहरूले थप पैसा मागेपछि फेन्टिनले वेश्यावृत्तिको गर्नुपर्ने अवस्था आइलाग्छ । एक दिन एउटा असभ्य युवकले उनको ‘लो कट ड्रेस’ मा बरफ हालिदिन्छ । फेन्टिन उसमाथि झम्टिन्छिन्, उसको अनुहार कोपर्छिन् र चिच्याउँछिन् । यही बेला जाभेर्ट आइपुग्छ र एउटा वेश्याले एक नागरिकमाथि आक्रमण गरेको आरोपमा उनलाई घिसारेर पुलिस स्टेशन लैजान्छ । आफ्नो अवस्था र आफ्नी छोरीका लागि दया गर्न आग्रह गर्छिन् । जाभेर्टलाई भने त्यसले कुनै फरक पार्दैन र छ महिनाको जेल सजाय सुनाउँछ । फेन्टिन निराश भएर रोइरहन्छिन् ।

यहीबेला मोन्शियर मेडेलिन त्यहाँ आइपुग्छ । फेन्टिनले सम्पूर्ण निराशा र उल्झनमा आफ्नो दुर्दशाको दोष मेडेलिनलाई दिन्छिन् र थुक्छिन् । फेन्टिनको थुक मेडेलिनले पुच्छ र जाभेर्टलाई रिहा गर्न आग्रह गर्छ । जाभेर्टले फेन्टिनलाई रिहा गर्न मान्दैन । मेडलिनले मेयरका रूपमा आफ्नो शक्ति प्रयोग गरेर फेन्टिनलाई रिहा गराउँछ । फेन्टिनले यसपछि आफ्नो सम्पूर्ण कथा सुनाउँछिन् । मेडेलिन यसपछि उसले उनलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने र उसकी छोरीसँग पुनः भेट गराउने कुरा भन्छ । अभिभूत फेन्टिन अचानक बेहोस हुन्छिन् । त्यसपछि फेन्टिनलाई अस्पताल लगिन्छ, स्नोबल घटनापछि उनलाई भयङ्कर खोकी लागेको छ र तीव्र रूपमा ज्वरो आइरहेको छ । सिस्टर सिम्पलिसले प्रेमपूर्वक उनको हेरविचार गर्छिन् र मोन्शियर मेडेलिनले नियमित रूपमा उनको परीक्षण गर्छ । उसले थेनार्डिर्यसलाई धेरै पैसा पठाउँछ र कोसेटलाई उनकी आमाकोमा ल्याउन यसको प्रयोग गर्न भन्छ । उनीहरूले पैसा गोजीमा राख्छन्, तर बच्चा छोड्न अनिच्छुक हुन्छन् । उनीहरू यही बच्चाबाट नै आफूले यति धेरै पैसा कमाइरहेको ठान्छन् ।

यसबीच कानूनको कठोर अधिकारी जाभेर्टले मोन्शियर मेडलिन नै छद्म रूपमा पूर्वअपराधी जीन भाल्जीन हो भन्ने कुरा आफ्ना अधिकारीहरूलाई सूचित गर्छ । जसमा चेम्पम्याथ्यू नामको एउटा व्यक्तिलाई स्याउ चोरेको आरोपमा गिरफ्तार गरिएको थियो । यो एउटा सामान्य अपराध हो । यद्यपि चेम्पम्याथ्यूको शारीरिक बनावट भाल्जीनसँग धेरै मिल्दोजुल्दो छ । तिनीहरू एकै उमेरका छन् र एकै गृहनगरका हुन् । उनीहरूको नाम पनि मिल्दोजुल्दो छ । किनकि भाल्जीनकी आमाको पहिलो नाम पनि म्याथ्यू नै थियो । अर्को एउटा पुलिस अधिकारीले चेम्पम्याथ्यू वास्तवमा भाल्जीन नै हो भनी साक्षी बकेको जानकारी मोन्शियर मेडेलिनलाई जानकारी दिएपछि जाभेर्ट बाहिर निक्लिन्छ ।

मेडेलिन उर्फ भाल्जीन अब एक भयानक रहस्यमा फसेको महसूस गर्छ । यदि चेम्पम्याथ्यू एक पूर्वअपराधी हो भने उसले आफ्नो चोरीका लागि अझ कडा सजाय पाउने छ । यसपछि भाल्जीन अधिकारीहरूबाट रहस्यमय तरीकाले बेपत्ता हुन्छ । एकातिर, उसले आफ्नो जीवनलाई सुधारेको छ, समाजको एक सम्मानित सदस्य पनि बनेको छ र सबै आपराधिक क्रियाकलापलाई त्यागिदिएको छ । अर्कोतिर, चेम्पम्याथ्यूले स्याउ चोर्ने अपराध गरेको थियो । यद्यपि, यदि भाल्जीन चुपचाप बस्यो भने आफूले गरेको अपराधमा अर्को एक निर्दोष व्यक्तिले कारावासको सजाय दिइनेछ । भाल्जीन कारावासको दुःस्वप्नमा फर्किन चाहँदैन, तर ऊ आफ्नो ठाउँमा कसैले पीडा बेहोर्नु परोस् भन्ने पनि चाहँदैन । उसलाई थाहा छ, आत्मसमर्पण गर्‍यो भने यो क्षेत्रमा कमाएको दान-पुण्य र समृद्धि सबै सकिनेछ । दुःखी फेन्टिनले कहिल्यै आफ्नी छोरीलाई भेट्टाउने छैन ।

भाल्जीनको रूपमा आफ्नो वास्तविक पहिचान लुकाउन ब्याकुल उसले विशप मेरियलका ममबत्तीहरूलाई आगोमा फ्याँकिदिन्छ तर एक रहस्यमय आवाजले उसलाई त्यही रोकिन प्रेरित गर्छ, जुन सही छ भन्ने उसले थाहा पाउँछ ।

बेचैन सपनाबाट ग्रस्त एक छोटो निद्रापछि भाल्जीन एउटा गाडीमा चढ्छ । त्यसपछि ऊ अरास र चेम्पम्याथ्यूको मुद्दातिर अगाडि बढ्छ । गाडीको एउटा पाङ्ग्रा भाँचिएपछि भाल्जीनले राहत महसुस गर्छ, शायद यो स्वतन्त्र रहने एक संकेत हुनसक्छ । तर एउटा सानो केटाले गाडी उपलब्ध भएको कुरा बताएपछि यो आशा पनि भङ्ग हुन्छ । यता मोन्ट्रेइलमा पुनः फेन्टिनको ज्वरो बिग्रिन्छ र उनले मोन्शियर मेडेलिन र आफ्नी बच्चीलाई बोलाउँछिन् । सिस्टर सिम्पलिसले मेडेलिन शहर बाहिर गएको कुरा बताउँछिन् । ऊ आफ्नी छोरी खोज्न गएको छ भन्ने ठानेर फेन्टिन शान्त हुन्छिन् । मेडलिन अरास शहरमा धेरै ढिलो पुग्छ । चेम्पम्याथ्यूको मुद्दामा चुकेको छ भन्ने आफ्नो आशाको बाबजुद ऊ अदालतमा पुग्छ र यो अझै चलिरहेको पाउँछ । मोन्शियर मेडेलिन वास्तिक दृश्यबाट चकित हुन्छ – चेम्मम्याथ्यू बिल्कुल ऊजस्तै देखिन्छ र अदालतको दृश्य भाल्जीनको सामु धेरै वर्ष पहिले आएको दृश्यको एकदम सही प्रतिबिम्व हुन्छ । चेम्पम्याथ्यू आफ्नो निर्दोषिताको तर्क दिने व्यर्थ प्रयास गर्छ, तर उसको कठोर भाषा र भ्रमले उसलाई अदालतको सहानुभूति प्राप्त हुँदैन । साक्षी ल्याइन्छ, उनीहरूले यो वास्तवमा एक खतर्नाक अपराधी जीन भाल्जीन नै हो भन्ने साँची बक्छन् । न्यायाधीशले सजाय सुनाउनै लागेको बेलामा मेडेलिन उभिन्छ र आफ्नो वास्तविक पहिचान बताउँछ – म नै वास्तविक जीन भाल्जीन हुँ । न्यायाधीशले तुरुन्त भन्छ – के सम्माननीय मेयरलाई घर लैजानको लागि कोही डाक्टर छ, किनकि उहाँ अस्वस्थ हुनुहुन्छ जस्तो लागिरहेको छ ? तर भाल्जीनले आफ्नो स्थितिलाई बलियोसँग पेश गर्छ, आफ्ना साथी कैदी संकेत र टाटूको बारेमा स्पष्ट रूपमा जानकारी दिन्छ । अदालत पूर्ण रूपमा स्तब्ध हुन्छ र भाल्जीनलाई अदालतबाट बाहिर निक्लिएको बेलामा कसैले रोक्दैन । चेम्पम्याथ्यूलाई निर्दोष करार गरिन्छ र रिहाई गरिन्छ ।

मोन्ट्रेयल फर्किएपछि जीन भाल्जीन फेन्टिनलाई भेट्न अस्पताल जान्छ । त्यहाँ पुग्दा उसले फेन्टिनको कपाल सेतो देख्छ । पहिलेको जस्तो सुन्दर कपाल उसले पाउँदैन । उनी धेरै बिरामी देखिन्छिन् र आफ्नी छोरी हेर्न पाउने प्रत्याशामा जीवित छिन् । अशक्त अवस्थामै फेन्टिनले छोरी बारे सोध्छिन् । जवाफमा भाल्जीनले झूटो बोल्छ, भन्छ, ‘ कोसेट यहीँ छिन् । उनलाई हेर्न तिमी स्वस्थ हुनुपर्छ ।’

फेन्टिन आफ्नी छोरीसँग पुनर्मिलन खुशी देखेर भाल्जीन द्रवित हुन्छ । यही बेला जाभेर्ट त्यहाँ आइपुग्छ । जाभेर्टलाई मोन्शियर मेडेलिनलाई हिरासतमा ल्याउन आदेश दिइएको छ । जाभेर्टलाई लाग्छ, उसलाई दोषमुक्त गराइएको हो र अपराध अन्त्य गरी ऊ एक इमान्दार काम गरिरहेको छ । जीन भाल्जीनले जाभेर्टसँग फेन्टिनको बच्चा फिर्ता ल्याउन तीन दिनको समय माग्छ । तर जाभेर्टले अस्वीकार गर्छ । यो सुनेपछि चिच्याउन थाल्छिन् । जाभेर्टले उनलाई हप्काउँदै मेडलिन अपराधी भएको बताउँछ । यो रहस्योद्घाटनको आघातले फेन्टिनको मृत्यु हुन्छ ।

जाभेर्टले भाल्जीनलाई स्थानीय जेलमा लैजान्छ । तर ऊ जेलबाट भाग्छ र पुरानो घरमा पुग्छ । भाल्जीनले आफू जेलबाट भागेको सिस्टर सिम्पलिसलाई बोलाउन नोकरलाई अह्राउँछ । भाल्जीनले उसलाई एउटा नोट दिन्छ । त्यसमा फेन्टिनको अन्तेष्टिको लागि पैसा अलग्गै राखिएको कुरा उल्लेख गरिएको हुन्छ । जाभेर्ट यहाँ आइपुग्छ र भाल्जीनको पुरानो कोठा उज्यालै देखेर आश्चर्यमा पर्छ । जाभेर्ट आएको थाहा पाएपछि भाल्जीन लुक्छ । यसबीच सिस्टर सिम्पलिस पुलिस अधिकारी जाभेर्टका अघि पुग्छिन् । जाभेर्टले उनलाई सोध्छ- के तिमीले भागेको कैदी जीन भाल्जीनलाई देख्यौ ?

जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै झूटो नबोल्ने सिस्टर सिम्पलिस भन्छिन्- म कोठामा एक्लै छु । मैले भाल्जीनलाई देखिनँ ।

यसपछि भाल्जीन भागेर जंगलतर्फ लाग्छ ।

भाग दुई
यसपछि यो उपन्यासको कथा एक यात्रीको दृष्टिकोणबाट शुरु हुन्छ । कथा नामविहीन कथाकारको व्यक्तित्त्वको दुर्लभ सन्दर्भबाट शुरू हुन्छ । यो यात्रीले आफूलाई सन् १८१५ को वाटरलूको युद्ध भएको स्थानमा पाउँछ । यात्री यो क्षेत्रमा घुम्छ । त्यहाँ खण्डहर छ र केही जनावरहरूले धूलो खाइरहेका छन् । यो स्थान फ्रान्सेली र अंग्रेजहरूको बीचमा भएको भीषण युद्धस्थल थियो । यात्रीले कसरी यहाँ दुवै पक्षले युद्धको क्रममा परिदृश्यका विचित्रताहरूको उपयोग गरे भन्ने कुरालाई विस्तारपूर्वक वर्णन गर्छ । यात्रीले नेपोलियनलाई एक दुर्लभ र प्रतिभाशाली राजनीतिक नेता मान्छ, जो सीजर वा अलेक्जेण्डर बराबर छ । ऊ यहाँ केवल दुर्भाग्यको कारणले पछारिएको हो । ब्रिटिशहरूले जितेको वाटरलूको युद्धका परिणामले नेपोलियनको वीरतापूर्ण अन्तिम अडानका बारेमा यहाँ वर्णन गरिएको छ ।

वाटरलूको युद्ध, युद्ध मात्र नभएर संसारको दिशा परिवर्तन गर्ने घटनामा परिणत हुन पुग्यो । वाटरलूले पुरानो राजा र दैवी अधिकारको व्यवस्थालाई नयाँ व्यवस्थाको सामुन्ने आत्मसमर्पण गर्न बाध्य बनायो । वाटरलूको युद्ध हारेपछि नेपोलियनको साम्राज्य पतन भयो । यसले फ्रान्समा व्यापक सामाजिक अशान्ति पैदा गर्‍यो तर इतिहासको यो महान् ज्वारभाटा यहाँको एकमात्र केन्द्र होइन । एउटा मानिस युद्धको मैदानमा घुम्छ । ऊ लडेका सैनिकहरूको लाशलाई लुट्ने शिविरका अनुयायीहरूमध्ये एक हो । लाशहरूको थुप्रोमा आधा दबिएको एउटा मानिसको बर्दीमा एउटा विशेष रूपले मूल्यवान् रत्न देखेर रातको शिकारीले त्यो लाश थुप्रोबाट तान्छ । सैनिक अझै जीवित छ र आफ्नो ज्यान बचाएको बदलामा उसले आफ्नो मूल्यवान् सामान शिकारीलाई दिन तयार छ । सैनिकले उसको नाम सोध्दा शिकारीले आफूलाई थेनार्डियर बताउँछ ।

अब कथा दुई समाचारपत्रका लेखहरूबाट शुरु हुन्छ, जसमा भगौडा जीन भाल्जीन गिरफ्तार भएको वर्णन छ । ऊ एकपटक पुनः कैदी बन्छ र उसलाई श्रम गर्ने सजाय सुनाइएको छ । मोन्शियर मेडेलिनको यो नोक्सानपछि मोन्ट्रेयल-सरमर शहर एकपटक फेरि गरीवीमा डुब्छ; तर उसको अपार सम्पत्तिको एउटा ठूलो हिस्सा अझै पनि गायब छ । यसका अतिरिक्त मोन्टफर्मेयल गाउँ नजिक एउटा रहस्यमय व्यक्तिले जङ्गलमा केही गाडेको खबर पनि छ । भाल्जिनलाई एउटा जहाजमा काम गर्न नियुक्त गरिन्छ । एक दिन, नाविकहरूमध्ये एउटा व्यक्ति मस्तूलमा चढेको बेलामा चिप्लिन्छ र असहाय भएर धेरै उचाईबाट झुण्डिन्छ । सेतो कपाल भएको धेरै बलियो एउटा व्यक्तिले त्यो मानिसलाई बचाउन डोरीसँगै अगाडि बढ्छ । त्यो व्यक्ति जीन भाल्जिन हो, जो आफ्नो कारावासको बावजुद अझै पनि आफ्नो असल कामको आदर्शको लागि प्रतिबद्ध छ । उसले त्यो मानिसलाई बचाउँछ र सुरक्षित स्थानमा लिएर आउँछ । यसपछि तल जम्मा भएका भीडले तालीको गडगडाहटसहित यसलाई स्वागत गर्छन् तर भाल्जीन जहाजको डोरीबाट चिप्लिन्छ र समुद्रमा बजारिन्छ । धेरै खोजबिनपछि पनि उसको लाश भेटिंदैन र जीन भाल्जीनलाई मृत घोषित गरिन्छ ।

भर्खर आठ वर्ष पुगेकी कोसेट थेनार्डियर्ससँगै आफ्नो दुःखद र कठिन जीवन बाँचिरहेकी हुन्छिन् । थेर्नार्डियरकी पत्नीले कोसेटलाई धेरै दुःख दिन्छे । तापनि कोसेट धैर्यपूर्वक सहन गर्छिन् । उनलाई सबभन्दा ठूलो डर घोर अँध्यारोमा कुवाबाट पानी ल्याउनुपर्ने बाध्यताबाट लाग्छ । एक दिन राति मदिरा पसलमा पानी सकिन्छ र मेडम थेनार्डियरले कोसेटलाई अँध्यारोमा कुवाबाट पानी ल्याउन बाध्य बनाउँछे । आफूले पहिले नै पाहुना र घोडालाई पानी दिइसकेको भनेर कोसेट झुट बोल्ने प्रयास गर्छिन्, तर मेडम थेनार्डियरले उनलाई आफ्नो मुठ्ठीले बाहिर धकेलिदिन्छिन् । कोसेट राति आफ्नो शरीर जत्रै बाल्टिन लिएर अँध्यारोमा पानी लिन जान्छिन् । उनले बाल्टी भर्छिन् र अँध्यारोमा तान्न शुरु गर्छिन् । उनी गह्रौं बाल्टीलाई उठाउने कोशिश गर्छिन्, चीसो र एक्लोपनको कारणले काम्छिन्, मद्दतको लागि चिच्याउँछिन् ।

अचानक एउटा हात तल आउँछ र बाल्टी उठाउँछ । पहेँलो कोट लाएको एउटा मानिस उनको छेउमा छ । यो पहेँलो कोट लाएको मानिस कत्ति पनि पैसा नभएको तर पैसाको लागि चिन्तित देखिन्छ । उसले पेरिसका सडकहरूमा घुम्दै मोन्टफर्मेयल नजिकको जंगलमा एक विशेष भूखण्डको निरीक्षण गर्दै गरेको देखिन्छ । जंगलबाट निक्लिंदै गर्दा उसले कोसेटलाई देख्यो र तुरुन्त उसको मद्दतको लागि झुक्यो । उसले कोसेटको नाम र उनले काम गर्ने परिवारको नाम थाहा पाएपछि दङ्ग पर्छ र उनीसँग थेनार्डियर्सकोमा जान्छ । थेनार्डिर्यसले भाल्जीनको स्वागत शान्त भावले गर्छन् । उनीहरूले ऊ एक कङ्गाल छ र आफ्नो खाना तथा कोठाको खर्च उठाउन सक्दैन भन्ने कुरा स्वीकारेर स्वागत गरेका हुन्छन् । तर कोसेटप्रति भाल्जीनको आत्मियता खुल्दै जाँदा उनीहरूले बास दिएबापत बढीभन्दा बढी रकम असुल्नेबारे सोच्न थाल्छन् ।

भाल्जिन सुत्न जाँदा उसको दृष्टि दुई छोरीहरू एजेल्मा र एपोनिनको आलीशान ओच्छ्यान देख्छ । उता कोसेट नाङ्गो गुन्द्रीमा सुतिरहेको पाउँछ । क्रिसमसको पूर्वसन्ध्यामा एजेल्मा र एपोनिनले आफ्नो जुत्ता चिम्नी नजिक राखेको देखिन्छ । उनीहरूलाई आशा छ, सन्तले उनीहरूको जुत्तामा पैसा हालिदिनेछन् । भाल्जीनले कोसेटको जुत्तामा एउटा सुनको सिक्का राखिदिन्छ । बिहान भाल्जिनले कुनै प्रश्नबिना नै थेनार्डियरको मागबमोजिम पैसा तिर्छ र उसले कोसेटलाई लैजाने बारेमा सोध्छ । मेडम थेनार्डियर बच्चाबाट छुटकारा पाउनको लागि उत्सुक छिन् । थेनार्डियर्सले अपरिचितबाट जतिसक्दो धेरै पैसा असूल गर्न चाहन्छन् र उनीहरूले भाल्जीनसँग पन्ध्र सय फ्र्यान्क माग्छन् । उनीहरू कोसेटको बस्ने-खाने पैसा यति लाग्यो भन्ने दाबी गर्छन् । भाल्जीनले कुनै हिच्किचाहटबिना यो पैसा दिन्छ र कोसेटलाई सँगै लिएर जान्छ । पछि फेरि थेनार्डियरको लोग्नेले अझ बढी पैसा माग्न अपरिचितको पछाडि दौडिन्छ । सडकको एक सुनसान स्थानमा भाल्जीन र कोसेटलाई उसले रोक्छ । थेनार्डियरले कोसेटलाई धेरै माया गर्ने नाटक गर्छ, तर ऊ कति धेरै क्रूर छ । शान्तिपूर्वक भाल्जीनले उसलाई उनकी आमा फेन्टिनको एक पत्र दिन्छ, जसमा कोसेट पत्रवाहकलाई सुम्पिने कुरा लेखिएको छ । हताश भएर थेनार्डियर कोसेटको मूल्यको लागि अझै केही दिनुपर्ने कुरा गर्छ । निडर भएर भाल्जीनले भन्छ, जति दिनुपर्ने दिइसकिएको छ । थेनार्डियर क्रोधित हुन्छ र भाल्जीनमाथि आक्रमण गर्ने कुरा सोच्छ । तर भाल्जीनको शक्तिशाली शरीरले उसलाई रोक्छ । भाल्जीन कोसेटलाई लिएर जान्छ । उसले फेन्टिनसँग गरेको वाचा अन्ततः पूरा हुन्छ ।

जेल अधिकारीले मृत ठानेको भाल्जीन नयाँ जिन्दगी बाँच्न थाल्छ । उसले कोसेटलाई गोर्ब्यू टेनमेन्ट नामक पेरिसको एउटा सानो एपार्टमेन्टमा लैजान्छ । त्यहाँ उसले पढ्न सिकाउँछ र उनलाई मातापिताको प्रेम दिन्छ । दुवै बीच एक बलियो नाता-सम्बन्ध बन्छ । कोसेटले आफ्नो धेरैजसो जीवन एक्लोपनमा बिताएकी छिन् । अब मातापिताको प्रेम दुवै एक व्यक्तिबाट पाएकामा ऊ खुशी छे । भाल्जीन स्वयंले पनि आफ्नो कारावास र सफलताको क्रममा एकसमान रूपले एकाङ्की जीवन व्यतीत गरेको छ र एउटी छोरीको प्रेमले मानवताप्रति उसको विश्वास पुनः जागृत गरेको छ । उसले आफ्नो दोस्रो कारावासको क्रममा त्यो मानवता गुमाएको थियो । यद्यपि भाल्जीनले सावधान रहनुपर्छ । कतै अधिकारीहरूले देख्छन् कि भनेर ऊ दिउँसो एपार्टमेन्टबाट बाहिर निक्लिंदैन । उसको घर मालिकले उसको कपडामा धेरै पैसा सिलाइएको थाहा पाएपछि उसलाई शंका हुन्छ । यो पैसा उसले आफ्नो उद्यमी मोन्शियर मेडेलिनको रूपमा भएको बेला बचाएर राखेको हो । ऊ प्रायः भिखारीहरूलाई भीख दिन्छ । तर एक दिन उसको दृष्टि एउटा डरलाग्दो परिचित अनुहारमा पर्छ । ऊ जाभेर्ट हुन्छ र ऊ भिखारीको नाटक गरिरहेको हुन्छ । भाल्जीन र जाभेर्टले एक-अर्कोलाई देख्छन् र भाल्जीन भाग्छ । त्यही रात भाल्जीनको आफ्नो एपार्टमेन्ट बाहिर आवाज सुनिन्छ र ढोकाको प्वालबाट उसले जाभेर्टको अनुहार देख्छ । उसले आफ्नो पैसाले भरिएको ज्याकेट पक्रिन्छ र सुतिरहेको कोसेटलाई उठाउँछ र राति नै भाग्छ ।

कोसेटको हात अँठ्याएर भाल्जीन पेरिसका घुमाउरा गल्लीहरूबाट भाग्छ । उसलाई चार जनाले पीछा गरिरहेका छन् । भाल्जिन र कोसेटले स्वयंलाई एक साँघुरो गल्लीमा पाउँछन्, जसको टाढाको किनारामा एउटा सेन्ट्रीले पहरा दिइरहेको छ । जाभेर्टको आवाज सुन्छ र अब उसको पछाडि एक सैन्य गार्ड छ भनेर भाल्जीन एउटा पर्खालमा चढ्छ र एउटा डोरीको प्रयोग गरेर कोसेटलाई आफूतिर तान्छ । कोसेट र भाल्जिन अब एक सुनसान तथा खाली बगैंचामा हुन्छन्, जाभेर्ट र उसको गस्ती दल आउनुभन्दा पहिले उनीहरूले एक टहरोमा शरण लिन्छन् । गस्ती दल टाढा जान्छ र दुवै भगौडाले एक अलौलिक गीत सुन्छन्, तर स्रोत पहिचान गर्न सक्दैनन् । भाल्जीनले एउटा मानिसले घण्टी लगाएको नदेखुन्जेलसम्म उनीहरू चीसो टहरोमा झुक्छन् । ऊ कोसेटलाई भित्र लैजान ब्याकुल हुन्छ । उनी चीसोले मर्लिन् भन्ने डर छ । यो डर ऊ पक्राउ खाने डरभन्दा ठूलो सावित हुन्छ । उसले घण्टी लगाएको मानिससँग सहयोग माग्छ । विस्तराको लागि उसले सय फ्र्याङ्क दिनुपर्ने प्रस्ताव गर्छ । तर त्यो मानिसले अचम्मित भएर उसलाई चिन्छ र मोन्शियर मेडेलिनलाई नमस्कार गर्छ । यो व्यक्ति फाउचेलेभेन्ट थियो, जसलाई भाल्जीनले पल्टिएको घोडागाडीबाट बचाएको थियो । उसले घण्टी लगाउँछ, किनकि ऊ एक मठमा काम गर्छ । ऊ एक पुरुष हो, उसलाई यहाँ रहने महिलाहरूसँग भेट गर्ने अनुमति छैन । आफ्नो ज्यान बचाएकोमा र कन्भेन्ट (मठ) को मालीको रूपमा लाभदायक रोजगारी दिलाएकोमा ऊ भाल्जीनप्रति आभारी छ । अब उसले कोसेटलाई आश्रय प्रदान गर्छ । भाल्जीनले फाउचेलेभेन्टलाई आफ्नाबारे कसैलाई नबताउने र उसका अनुभवहरूको बारेमा केही नसोध्ने कसम खुवाउँछ । फाउचेलेभेन्टले चुपचाप रहने वाचा गर्छ । उनीहरू फाउचेलेभेन्टको सानो झुपडीतिर अगाडि बढ्छन् ।

जाभेर्ट भाल्जीनको बारेमा पत्ता नलागेकोले निराश हुन्छ । उसलाई पहिलो पटक भाल्जीन वास्तवमा मरेको छ कि छैन भन्ने कुरामा शंका हुन्छ । उसले कोसेट नामक एक बच्चाको अपहरणको बारेमा सुन्यो, जसकी आमा फेन्टिन थिइन् । जाभेर्टले स्मरण गर्छ, भाल्जीनले यही बच्चालाई बचाउनको लागि समय मागेको थियो । त्यसपछि जाभेर्टले थेनार्डिर्यससँग साक्षात्कार गर्‍यो । उनीहरूले उसलाई अस्पष्ट जानकारी दिए । जाभेर्ट स्वयंले यो मानिसलाई देख्नको लागि एक भिखारीको रूपमा प्रस्तुत हुने निर्णय गर्‍यो र तुरुन्त भाल्जीनलाई पहिचान गर्‍यो । उसले केही समयपछि नै उसलाई गिरफ्तार गर्ने निर्णय गर्‍यो, तर भाल्जीन भाग्यो । जाभेर्टका मानिस डेरा पुग्दै गर्दा भाल्जीन पर्खाल पार गरेर भाग्यो । उसलाई पक्राउ गर्न जाभेर्ट असफल भयो । यसपछि लज्जित भएर जाभेर्ट पुलिस मुख्यालमा फर्कियो ।

मार्टिन भर्गाले मठ बनार्डिनको स्थापना गरिएको थियो । यसमा विद्यमान आदेशसँग सम्बन्ध, पहिरनको तरीका, शाश्वत आराधनाको अभ्यास र पवित्र पाहुनामाथि ध्यान दिइन्छ । यहाँका भिक्षुणीहरू कडा नियमको पालना गर्छन् । उनीहरू बिहानै उठ्छन् र मोटा तथा भारी कपडा लगाउँछन् । त्यसपछि कठोर शारीरिक तपस्या गर्छन् । मठमा देखिने एक मात्र व्यक्ति आर्कविशप हो । केटीहरूको बोर्डिङ स्कूल मठको एक हिस्सा हो । बच्चाहरूले भिक्षुणीका धार्मिक अनुष्ठानमा भाग लिन्छन्, तर आफ्नो चन्चलताको माध्यमबाट उनीहरूको जीवनमा प्रकाश पार्दछन् । अर्को हिस्साले फ्रान्सेली क्रान्तिद्वारा विस्थापित गरिएका वृद्धाहरूलाई आश्रय दिन्छ । आम जनतालाई मठको केवल एउटा हिस्सामा मात्र सेवाको लागि अनुमति दिइएको छ, तर त्यहाँ धेरै घर पाहुनाको लागि बनाइएको छ । मठको अस्तित्व थोरै समयको लागि नै कायम रहनेछ । फ्रान्समा हरेक अन्य संस्थान जस्तै, खासगरी धार्मिक संस्थान जसरी, लोकतन्त्रको बढ्दो ज्वारको कारण यसलाई पनि बदलिंदै छ ।

जीन भाल्जीनले स्वयंलाई यो अनौठो संस्थामा पायो । यो उसको लागि एक अप्रत्याशित सुरक्षित आश्रय हुन्छ किनकि यहाँ कुनै पनि व्यक्तिलाई प्रवेश गर्ने अनुमति छैन र कसैले पनि यहाँ उसलाई खोज्ने आशा गर्नेछैन । उसलाई यहाँ बस्ने अनुमति दिइयो भने ? फाउचेलेभेन्टले मोन्शियर मेडेलिनको नामले जानिने व्यक्ति किन मठमा लुक्न चाहन्छ भन्ने कुरा बुझ्न सक्दैन । तर ऊ त्यो व्यक्तिको आफ्नो ऋणलाई स्मरण गर्छ र उसलाई कुनै पनि तरीकाले मद्दत गर्ने सङ्कल्प लिन्छ । तर पाहुनाहरू मठको सामुन्ने ढोकामा आउने संभावना छ, त्यसकारण तिनीहरूले भाल्जीनलाई चुपचाप बाहिर निकाल्ने तरीका खोज्नु आवश्यक हुन्छ । हरेक ठाउँमा मठ स्कूलका बच्चासँगै यो कुनै सजिलो काम होइन ।

भर्खरै एक बुजुर्ग भिक्षुणीको मृत्यु भयो र मठाध्यक्षद्वारा फाउचेलेभेन्टलाई एक विशेष उपकारको लागि भनिन्छ । उसले यी बुजुर्ग भिक्षुणीलाई वेदीमुनि दबाउनेछ, ताकि उनी अझै पनि पवित्र भूमिमै रहन सकून् । उनीहरूले यो कुरा अधिकारीहरूबाट लुकाउनुपर्छ, जसले भिक्षुणीको खाली कफनलाई चिहानमा लिएर जानेछन् । यो उपकारको फाइदा उठाउँदै फाउचेलेभेन्टले मठाध्यक्षलाई भन्छ, म आफ्नो काम गर्नको लागि धेरै बूढो भएको छु र भाइ मेरो सहायताको लागि आउनुपर्छ । उसको भाई उर्फ भाल्जीनकी एउटी सानी नातिनी छिन्, जसलाई मठमा पठाउन सकिन्छ । मठाध्यक्षले यो कुरा स्वीकार गर्छ । भाल्जीनसँग अब बस्न र काम गर्न ठाउँ भयो । मठाध्यक्षले भाल्जीनलाई उपकार गरेको फाउचेलेभेन्टबाट सुनेपछि उसको मनमा एउटा विचार आउँछ । फाउचेलेभेन्टले भाल्जीनलाई कफनमा हाल्नेछ, जसले भिक्षुणीको शरीरको अनुपस्थितिलाई लुकाइदिनेछ र भाल्जीनलाई मठबाट बाहिर निकालिदिनेछ । साँझ तिनीहरू चिहानमा हुँदा फाउचेलेभेन्टले कफन तोड्नेछ र बाहिर निक्लिनेछ । फाउचेलेभेन्ट डराउँछ, तर भाल्जीनले यो एकमात्र तरीका हो भनेर जोड दिन्छ । चिहान खन्नेहरूलाई मदिरा घुस दिएर कोसेटलाई फलफूलको टोकरीमा मठबाट चुपचाप बाहिर निकाल्न निकाल्ने योजना बनाउँछ ।

चिहान पुग्दासम्म सबै कुरा योजना अनुसार नै हुन्छ । चिहान खन्न सिपालु फाउचेलेभेन्टको साथी मदिरामा शौखिन थियो, तर उसको ठाउँ ग्रिबियर नामक एउटा जिद्दी मानिस आइपुग्छ । ऊ मदिरा पिउन अस्वीकार गर्छ । फाउचेलेभेन्टको डरले ग्रिबियरले कफन गाड्न शुरु गर्छ त कफनभित्र भाल्जीन जिउँदै छ ।कफनबाट भाल्जीनलाई ननिकाले उसको मृत्यु निश्चित भएकाले फाउचेलेभेन्टले ग्रिबियरको गोजीबाट चुपचाप परिचय पत्र निकाल्छ । उसले ग्रिबियरलाई तेरो परिचयपत्र कहाँ छ भनेर सोध्छ । तर कागजात हराएको थाहा पाएर उसलाई झट्का लाग्छ । फाउचेलेभेन्टले उसलाई अँध्यारोपछि परिचयपत्र बिना उसलाई पक्राउ गरियो भने पन्ध्र फ्र्याङ्क जरिवाना तिर्नुपर्छ । ग्रिबियर अत्तालिन्छ र आफ्नो परिचयपत्र खोज्न घरतिर दौडन्छ । त्यसपछि फाउचेलेभेन्टले भाल्जीनलाई चिहानबाट निकाल्छ र उसलाई कफनबाट मुक्त गरिदिन्छ । उनीहरूले कोसेटलाई लुकाएको ठाउँबाट ल्याउँछन् । यसपछि भाल्जीन र कोसेटले खुशीपूर्वक मठको जीवनमा स्वयंलाई स्थापित गर्छन् । कोसेट मठको स्कूलकी विद्यार्थी हुन्छिन् र भाल्जीन माली बन्छ । भाल्जीनको लागि मठ शान्ति र पुलिसबाट सुरक्षाको एक उद्यान हुन्छ । यो उसको नैतिक विकासलाई प्रोत्साहित गर्ने एक स्थान पनि हुन्छ । उसको दोस्रो कैदपछि डगमगाएको मानवतामाथिको उसको विश्वास पुनः बहाल हुन्छ । यो खुशीयाली स्थानमा कोसेट एक युवा महिलाको रूपमा विकसित हुन्छिन् ।

भाग तीन
पेरिसको सडक किनारामा बस्ने केटाले ध्यान गरिरहेको छ । ऊ शहरको लागि अनौठो व्यक्ति हो । सडकमा रहने केटो एक सानो र फोहोरी बच्चा हो । उसले शहरका मानिसहरूको काम गरी थोरै पैसा कमाउँछ । उसले नराम्रा कपडा लाउँछ, तर प्रायः नाट्य प्रदर्शनमा भाग लिन्छ । यी बच्चा चरित्रहीन र दुष्ट हुन्छन् तर निष्कलङ्क पनि हुन्छन् । तिनीहरू फ्रान्सका प्रतीक हुन् । कोसेट र भाल्जीन मठमा बसेको करीव आठ वर्षपछि यी साना सडकमा बस्ने केटाहरूमध्ये गेभरोचे नामले जानिने लगभग एघार वर्षको एउटा केटो पेरिसका सडकहरूमा घुम्छ । ऊ होशियार, चन्चल र उद्दण्ड छ, उसले नराम्रा लुगा लाएको छ । उसका मातापिता अझै जीवित छन् तर उनीहरूले उसलाई उपेक्षा गर्छन् । तर पनि ऊ एक दिन तिनीहरूको जर्जर एपार्टमेन्टमा भेट्ने निर्णय गर्छ । त्यहाँ उनीहरू उसका दुई दिदीबीनीहरूसँगै बस्थे । उसको पिताको नाम जोन्ड्रेट थियो तर उसको यो वास्तविक नाम भने होइन । यो दयनीय परिवार मारियस नामको एउटा युवकको छेउमा बस्छ ।

मोन्शियर गिलेनोर्मेन्ड नामको एक सनकी वृद्ध व्यक्ति आफ्नो परिवारको सम्पत्तिको त्यो अंशमा जीवनयापन गर्दछ, जुन क्रान्ति र उसकी पत्नीको खराब व्यवस्थापनपछि बाँकी रहेको छ । ऊ एक विचित्र व्यक्ति हो, रङ्गमन्च र विलासिताको शौखिन छ र ठूला-ठूला बयान दिने गर्छ । उसका केही विचित्र बानी छन्, ऊ आफ्ना नोकरहरूको नाम तिनीहरूको मूल स्थानको आधारमा बदल्छ र प्रतिदिन दारी बनाउनको लागि एउटा नाईलाई पैसा दिन्छ । ऊ एक राजाहरूको दैवीय अधिकारको समर्थन गर्ने राजतन्त्रवादी व्यक्ति हो, तर यो विचार गणतान्त्रिक युगमा पुरानो भइसकेको हुन्छ । उसले महिलाहरूलाई विशेष रूपमा प्रेम गर्छ । उसको वृद्धावस्थामा ला-म्यागनन नामकी एक पूर्व नोकर्नीले एउटा टोकरीमा एक बच्चालाई उसको ढोकामा पुर्‍याइन र ऊ उसको पिता हो भन्ने दावी गरिन् । गिलेनोर्मेन्ड यो कुराले हाँस्यो र यसलाई आफ्नो पुरुसत्वको रूपमा हेर्‍यो, तर अर्को छोरो आउँदा भने ऊ खुशी भएन । अन्ततः उसले दुवै केटालाई भरणपोषणको लागि ला-म्यागननलाई असी फ्र्याङ्क मासिक दिनको लागि सहमतय भयो, तर उसलाई एक्लै छोड्नुपर्ने र हरेक छ महिनामा एक पटक आफ्ना छोराहरूसँग भेट्ने अनुमति दिनुपर्ने थियो । मोन्शियर गिलेनोर्मेन्डका दुई पत्नी थिए तर उनीहरूको मृत्यु भइसकेको थियो । उनीहरूबाट दुई छोरी भए । ठूली छोरी एक व्यावहारिक सोच भएकी महिला हुन् । उनले कहिल्यै विवाह गरिनन् । उनलाई मेडमोसेले गिलेनोर्मेन्डको नामले चिनिन्थ्यो । उनी आफ्ना पितासँगै बस्थिन् र उनीहरूको बीचमा जटिल तर प्रेमपूर्ण सम्बन्ध थियो । सानी छोरी प्यारी र स्वच्छन्द केटी थिइन्, तर उनी कम उमेरमा मरिन् । उनले एक पुत्रलाई जन्म दिएकी थिइन्, जसको नाम मारियस थियो । मोन्शियर गिलेनोर्मेन्डले त्यो युवकलाई केही रूखो व्यवहार गर्दछ तर उसलाई प्रेम गर्छ ।

मोन्शियर गिलेनोर्मेन्ड आफ्नो अधिकांश समय एक समर्थक र बफादार सैलूनमा बिताउँछ, जहाँ उसले दुःखी युवा क्रान्तिकारीहरूको चर्चा गर्छ र अठारौं शताब्दीको लागि गौरबको स्मरण गर्छ । उसले आफ्नो अनुपस्थित ज्वाइँ (मारियसको पिता) लाई लोयरको डाकू भन्छ । वास्तवमा जर्जियस नामको यो डाकू नेपोलियनको सेनाको सदस्य थियो र उसले धेरै लडाइँहरूको अनुभव लिएको थियो । स्वयम् नेपोलियनले उसलाई बेरन र कर्नेलको नाम दिएका थिए । यो युद्धनायकले आफ्नो जीवन भर्नोनको शान्त शहरमा बिताउँछ । त्यहाँ ऊ केही सैन्य भत्तामा गुजारा गर्छ र आफ्नो अधिकांश समय आफ्नै बगैंचाको हेरविचारमा बिताउँछ । मोन्शियर गिलेनोर्मेन्डले उसलाई उसको राजनीतिक मान्यताको कारण मन पराउँदैन र उसलाई आफ्नो छोरो मारियसलाई निष्कासन गर्ने धम्की दिएर कस्टडी छोड्नको लागि राजी गर्छ । जर्जियस आफ्नो छोरो गरीबीमा हुर्कियोस् भन्ने चाहँदैनथ्यो, त्यसकारण उसले गिलेनोर्मेन्डको कडा शर्त मान्यो – ऊ कहिल्यै आफ्नो छोरासँग भेट गर्न जाँदैनथ्यो र मुख्य बिदामा उसलाई पत्र लेख्थ्यो । आफ्नो छोरालाई हेर्नको लागि ब्याकुल जर्जियस त्यो सानो चर्चमा जान्छ, जहाँ मारियस आफ्नी ठूलीआमासँग बस्छ । उसले एउटा खम्बा पछाडिबाट छोरालाई देख्छ । यसपछि जर्जियसले आँसु बगाउँदै आफ्नो स्थिति बताउँछ । दुवै जना घनिष्ठ मित्र बन्छन् ।

जर्जियस मृत्युशैय्यमा भएको बेला उसले आफ्नो छोरो मारियसलाई भेट गर्न बोलाउँछ । मारियस धेरै टाढाबाट आउँछ, तर उसको पिताको भर्खरै मृत्यु भएको छ । जर्जियसले आफ्नो छोरालाई एउटा पत्र लेखेर छोडेको हुन्छ । त्यसमा बताइएको थियो, ऊ नेपोलियनले वाटरलूमा दिएको बेरनको उपाधि आफ्नो छोरालाई दिन चाहन्थ्यो । जर्जियसले आफ्नो छोरालाई वाटरलूमा आफ्नो ज्यान बचाउने व्यक्ति खोज्नु पनि भनेको थियो; त्यो थेनार्डियर नामको व्यक्ति थियो र मोन्टफर्मेयलमै कतै बस्थ्यो । मारियसले आफ्ना पिताको इच्छाको बारेमा त्यति धेरै ध्यान नदिइकन घर फर्किन्छ । मारियस सधैं जस्तै सन्त-सल्पिसको चर्चमा जान्छ । ऊ मासको एक खम्बापछाडि बस्छ, तर एउटा चर्चवार्डेनले उसलाई अवरोध गर्छ, उसका अनुसार यो उसको मनपर्ने सिट हो । मोन्शियर माबेफ नामको त्यो चर्चावर्डेनले भन्छ – यो सिट मलाई किन मन पर्छ भने यहीँ एउटा पिताले आफ्नो प्यारो छोराको झलक हेर्थ्यो, जसलाई परिवारले कहिल्यै हेर्न दिएनन् । माबेभले त्यो व्यक्तिको नाम पोन्टमर्सी थियो भनेर टिप्पणी गर्‍यो । मारियसले यो उसकै पिता थियो भन्ने महसुस गर्दै पहेलो भयो । मारियस सधैं उसको पिताले आफूलाई निर्दयीतापूर्वक त्यागेको हो भन्ने सोचिरहन्थ्यो, तर अब उसलाई के थाहा भयो भने पिताले छोराको एक झलक पाउनको लागि मात्र पनि आफ्नो सबै कुरा दाउमा लगाएको थियो ।

अब आफ्नो पिताप्रति प्रेमले भरिएको मारियस जर्जियसद्वारा लडिएका लडाइँहरूको बारेमा हरसंभव किताब पढ्छ र आफ्ना पिताका साथीहरूसँग संभव भएसम्म भेट गर्छ । उसले थेनार्डियरलाई खोज्ने पनि कोशिस गर्छ, तर उनीहरू अन्तै कतै गइसकेका हुन्छन् । मारियस यो कार्यमा धेरै समय बिताउँछ । उसको हजुरबा गिलेनोर्मेन्ड मारियसले कुनै महिलासँग भेट गरिहेको होला भन्ने सोच्छ । मारियस राजनीतिक दर्शन पनि पढ्न शुरु गर्छ र अन्ततः गणतन्त्रप्रति बढी अनुकूल र आफ्ना हजुरबाको प्रिय राजसी विश्वासप्रति उपहासपूर्ण दृष्टिकोण अपनाउन शुरु गर्छ । नेपोलियनको नयाँ लोकतान्त्रिक व्यस्थामा आफ्नो विश्वास राख्दै मारियसले ‘ले बेरन मारियस पोन्टमर्सी’ लेखिकएको व्यवसाय कार्ड बनाउँछ । आफ्नो युवा नातेदारको पागलपनको बारेमा जान्नको लागि उत्सुक मेडेमोसेलेले आफ्नो सुन्दर भतिजो थियोडुलेलाई मारियसको रहस्यमय भ्रमणको क्रममा उसको पीछा गर्ने काम सुपिन्छिन् । मारियस आफ्ना पिताको चिहानमा फूल चढाउनको लागि गएको कुरा थियोडूलेले थाहा पाउँछ । थियोडुले यो खोजबाट यति स्तब्ध हुन्छ कि उसले मेडमोसेले गिलेनोर्मेन्डलाई यसको सूचना नै दिंदैन। मारियसको रहस्य त्यतिखेर थाहा हुन्छ, जतिखेर उसको हजुरबाले जर्जियस पोन्टमर्सीद्वारा आफ्नो छोरालाई लेखेको अन्तिम पत्र प्राप्त हुन्छ । यसको साथै मारियसको व्यवसाय कार्ड पनि प्राप्त हुन्छ, जसमा उसलाई बेरन हुने कुराको घोषणा गरिएको छ । मोन्शियर गिलेनोर्मेन्ड आफ्नो नातिको भ्रष्ट नयाँ राजनीतिक व्यवस्थामा सहभागितालाई देखेर क्रोधित हुन्छ, तर मारिसयले भने आफू र आफ्ना पिताको बचाउ गर्छ । अन्तमा मारियस अति क्रोधित भएर चिच्याउँछ, ‘बुर्बोन्स वंश (फ्रान्सको त्यतिखेरको शासक) र उसको मोटो सुँगुर लुई अठारौंको सर्वनाश होस् ! ‘ यसपछि मोन्शियर गिलेनोर्मेन्डले आफ्नो नातिलाई घरबाट बाहिर निकालिदिन्छ । मारियस आफ्नो गोजीमा केवल केही फ्र्याङ्क लिएर ल्याटिन क्वार्टरतिर निक्लिन्छ ।

राजनीतिक उथलपुथलको यो अवधिमा कयौं अर्ध-भूमिगत राजनीतिक संगठन उत्पन्न भए, जहाँ युवाहरू दिनका घटनाहरूमाथि छलफल गर्न र शायद क्रान्तिको योजना बनाउनको लागि जम्मा हुन्छन् । यिनीहरूमध्ये एउटा एबीसी समाज थियो । यसको सार्वजनिक उद्देश्य बच्चाहरूलाई शिक्षा दिलाउनु थियो, तर यो वास्तवमा लोकतान्त्रिक झुकावयुक्त युवा विद्यार्थीहरूको एक समूह थियो । यो समूहको नाम फ्रान्सेली शब्द अबाइसे, अन्डरडगमा आधारित थियो, जसको अर्थ जनता हुन्थ्यो । एन्जोलरास यो समूहको नेता हो । ऊ क्रान्तिको कट्टर समर्थक हो र केही अर्थमा ऊ कट्टरपन्थी पनि छ । कोम्बेफेरे त्यसको दोस्रो स्तरको नेता हो । उसले समूहलाई दार्शनिक झुकाव प्रदान गर्छ । जीन प्रोभेरे एक समर्पित विद्वान हो । फ्यूली एक प्रशंसक-निर्माता हो, जसले स्वयंलाई पढ्न सिकाएको छ र ऊ जनतासँग सबभन्दा बढी सम्पर्कमा हुन्छ । कोर्टफेर्याक एक धनी युवक हो । उसले राजनीतिमा रुचिको विकास गरेको छ । बहोरेल हिंसक क्रान्तिकारी प्रथामा लिप्त युवक हो । ऊ प्रायः सत्ताको मजाक उडाउँछ । लेगल नामले समेत जानिने बोसुएटले लगातार खराब भाग्यको सामना गरिरहनुपर्छ, तर उसले यसलाई हाँसोसँगै सम्हाल्छ । जोली अतिचिन्ताबाट ग्रसित छ र डाक्टर बन्नको लागि अध्ययन गरिरहेको छ । ग्रान्टेयर एक संशयवादी व्यक्ति हो, ऊ हरेक चीजमा शंका गर्छ र ऊ समूहको वास्तविक सदस्य हो, तर ऊ एन्जोलरासप्रति आफ्नो गहिरो प्रशंसाको कारण ऊसँगै घुमिरहन्छ ।

मारियस दिउँसो हजुरबाको घरबाट निक्लिएपछि उसको लेगलसँग जम्काभेट हुन्छ । उसको नाम थाहा पाएपछि लेगलले भन्छ – उसले एक पटक विश्वविद्यालयमा रोलकलको क्रममा मारियसको ठाउँ लिने प्रयास गरेको थियो । प्रोफेसरले कक्षामा हरेक विद्यार्थीको नाम भने, अनुपस्थित हुनुको अर्थ कसैको नाम बाँकी सेमेस्टरको लागि कक्षाको सूचीबाट हटाइदिनु थियो । सहयोग गर्ने प्रयास गर्दै लेगलले भन्यो, ऊ मारियस पोन्टमर्सी हो । यसले मारियसलाई बचायो, तर उसको आफ्नो नाम आएपछि लेगलमाथि समस्या आइपर्‍यो । उसलाई कक्षाबाट बाहिर निकालियो । मारियस आभारी छ तर भयभीत छ । अब लेगल र मारियस असल मित्र बन्छन् र मारियसलाई एबीसी समाजको एक सभामा आमन्त्रित गरिन्छ ।

मारियस कहिल्यै पनि राजनीति, धर्म, समाज र जीवनको हरेक पक्षमा सामान्यतः छलफल गर्नसकिने यस्तो शानदार उदार वातावरणमा रहेको थिएन । उसले आफ्ना नयाँ साथीहरूबाट धेरै कुरा सिक्छ । यद्यपि ऊ आफ्ना नयाँ साथीहरूको लागि अपर्याप्त रूपले उदार सावित हुन्छ । नेपोलियनको बारेमा उनीहरूको आलोचनाबाट निराश भएर मारियस राजनेताको लम्बेचौडे बचाउ शुरु गर्छ । उसले भन्छ, यस्तो मानिसभन्दा महान अरु को हुनसक्छ ? र, कोम्बेफोरेले जवाफ दिन्छ, ‘स्वतन्त्र होऊ ।’ आफ्नो स्वागतबाट निराश भएको महसुस गर्दै मारियस जान्छ । ऊ एबीसी समाजको बैठकमा फेरि आउँदैन, तर ऊ कोर्टफेयरेकसँग आफ्नो मित्रता कायम राख्छ, जसले उसको समर्थन गर्नमा मद्दत गर्छ । मारियस धेरै गरीबीमा हुन्छ, तर अझै पनि एउटा विश्वविद्यालयको विद्यार्थी हो र अब ऊसँग आफ्नो हजुरबाको सम्पत्ति छैन । उसले आफ्ना धेरै कपडा बेचिदिन्छ र दिउँसो केवल एउटा रोटीको टुक्रामा गुजारा गर्छ । उसकी ठूलीआमाले उसलाई पैसा पठाउँछिन्, तर मारियसले उनलाई यसको आवश्यकता छैन भन्दै फर्काइदिन्छ । मारियसले केही वर्ष आफ्नो जीवन भयङ्कर गरीबीमा बिताउँछ, तर यसबाट उसको करुणा, न्याय र भलाईको स्वाभाविक भावना अझ धेरै वृद्धि हुन्छ । विश्वविद्यालयबाट पढाई पूरा गरेपछि कोर्टफेयरेक उसलाई लेखहरूको अनुवाद गर्ने काम दिलाउनमा मद्दत गर्छ । यसबाट उसलाई थोरै भएपनि उपयुक्त तलब प्राप्त हुन्छ । गरीबीको क्रममा मितव्ययी बनेपछि मारियसले यो नोकरी गर्छ, किनकि यसबाट उसलाई शहरमा घुम्न र चीजहरूमाथि विचार गर्ने समय प्राप्त हुन्छ ।

मोन्शियर गिलेनोर्मेन्ड आफ्नो नाति गएपछि धेरै दुःखी भएको थियो र उसलाई धेरै याद गर्दथ्यो । यद्यपि ऊ कहिल्यै कसैको अगाडि यो कुरा स्वीकार गर्दैनथ्यो, यसको सट्टा ऊ आफ्नी छोरीलाई कहिल्यै पनि त्यो युवकको कुरा गर्न मनाही गर्दथ्यो । ऊ मारियससँग सल्लाह गर्न चाहन्छ, तर यसो गर्नको लागि ऊ आफ्नो अभिमानमाथि नियन्त्रण गर्न सक्दैन । यही बीचमा मारियसलाई आफूले बनाएको सामान्य जीवनमा गर्व छ । अब ऊसँग आफ्नै सानो बस्ने ठाउँ तथा उसका साथी कोर्टफेयरेक र मोन्शियर माबेफ छन् । माबेफ स्वयं राजनीतिमा रुचि राख्दैन, तर ऊ किताबहरु धेरै मन पराउँछ । फ्रान्सका बोटविरुवामाथि एक पाण्डुलिपि प्रकाशनबाट उसलाई सामान्य आय प्राप्त भएको छ, जसको प्रयोग ऊ सामान्यतः आफ्नो लागि र धेरै पुस्तक किन्नको लागि गर्छ । ऊसँग पुस्तकहरूको अविश्वसनीय संग्रह छ । उसको दोस्रो प्रेम बोटविरुवासँग हुन्छ, जसले मारियसका पितासँग उसको मित्रताको आधार बनाउनमा सहायता गरेको थियो । यद्यपि राजनीतिक अस्थिरताको कारण हुने वित्तीय मन्दीको परिणामस्वरूप माबेफका पुस्तकहरूको बिक्री बन्द हुन्छ । ऊसँग अचानक पैसा हुँदैन । अब उसले आफ्नो घर छोड्न बाध्य हुनुपर्छ र ऊ अस्टरलिट्जको एउटा सानो ठाउँमा जान्छ । मारियसले गोरब्यूमा एउटा कोठा भाडामा लिन्छ र गरीब जोन्ड्रेट परिवारलाई घरवारबिहीन भएको देखेर चुपचाप दुई महिनाको भाडा भुक्तान गर्छ । ऊ एक चिन्तनशील र दयालु युवक बनेको छ र राजनीतिमा उसको रुचि कम भएको छ । मेडेमोसेले गिलेनोर्मेन्डले उनले मनपराएको थियोडुलेले मोन्शियर गिलेनोर्मेन्डको स्थानमा मारियसको ठाउँ लिनुपर्छ भन्ने निर्णय गरिन् । उनले थियोडुलेलाई उसले गिलेनोर्मेन्डको हरेक कुरामा सहमत हुनुपर्छ भन्ने सल्लाह दिन्छिन् । गिलेनोर्मेन्डले राजशाहीको लामो प्रशंसा गर्‍यो र युवा क्रान्तिकारीहरूको आलोचना गर्‍यो । थियोडुले अब उसका हरेक कुरामा सहमत छ, तर अन्तमा मोन्शियर गिलेनोर्मेन्डले उसलाई मूर्ख भन्दछ ।

आफू राम्रो हुनुको बाबजुद मारियस केटीहरूको सामु धेरै लजाउँछ र उसका कोही पनि प्रेमिका छैनन् । ऊ खासगरी लक्जेम्बर्ग बगैंचाको वरिपरि कहिले एक्लै र कहिले कोर्टफेयरेकसँगै टहलिन मन पराउँछ । यो यात्रामा ऊ प्रायः सेतो कपाल भएको एक बुजुर्ग मानिस र कालो कपाल भएकी एक युवतीलाई देख्छ । मारियस र कोर्टफेयरेकले मजाक गर्दै दुवैलाई मोन्शियर लेब्लाङ्क र मेडमोसेले लेनोइरको नाम दिन्छन् । मारियस लक्जेम्बर्ग बगैंचाबाट केही समय टाढा रहन्छ । पछि फर्केर आउँदा उसले युवती एक सुन्दर केटीमा बदलिएको देख्छ । उनले उसलाई हेर्छिन् र तिनीहरूको आँखा मिल्छ । मारियस जीवनमा पहिलो पटक आफ्ना फाटेका कपडामा लजाउँछ र ऊ लक्जेम्बर्ग बगैंचामा जाँदा लाउनको लागि एउटा नयाँ सुट किन्छ । यद्यपि, ऊ ती केटीसँग एक शब्द पनि बोल्दैन, तर विस्तारै-विस्तारै उसले उनलाई प्रेम गर्न लाग्छ । उसले कल्पना गर्छ, उनले पनि यस्तै महसुस गर्छिन् होला । ऊ उनको निकटबाट जाँदा प्रायः उनका आँखातिर हेर्छ । उनले आफ्नो पितासँग कुरा गरिरहेको बेला पनि उनको दृष्टि ऊमाथि नै हुन्छ । अब उसले उनको नजिक जाने र पिछा गर्ने कोशिस गर्छ, तर उनका अविभावक मोन्शियर लेबलाङ्कलाई शंका हुन्छ र उसले उनलाई टाढा लैजान्छ । मारियसले बेन्चमा एउटा रुमाल भेट्टाउँछ, जहाँ उनी बसेकी थिइन् । त्यसमा ‘यूएफ’ को शुरुवाती अक्षर उत्कीर्ण गरिएको हुन्छ । अब ऊ कल्पना गर्छ, उसकी प्रेमिकाको नाम उर्सुला हो र उनको लागि एक पुरानो कथाको रचना गर्छ । एकदिन मारियस साहसपूर्वक ती महिला र उनको पिताको पिछा गर्दै तिनीहरूको एपार्टमेन्टमा जान्छ । उनको पिताले उसलाई शंकास्पद दृष्टिले हेर्छ, त्यसपछि ढोका बन्द गरिदिन्छ । भोलिपल्ट मारियस युवतीको नाम सोध्नको लागि एपार्टमेन्टमा फर्किन्छ, तर उसलाई उनी र उनका पिता हिजै बाहिर गएको बताइन्छ ।

मानव समाजमा पनि एउटा मन्चमुनिको स्थान छ, पेरिसको जस्तै यसको पनि चिहान छ । माथिल्लो स्तर दार्शनिक र विचारकको हो, जसले समाजलाई आकार दिन्छन्, तर यसमुनि एउटा खाडल छ । यो खाडल गरीबीबाट बनेको छ र यसले विकृत र अस्तव्यस्त मानिसहरूलाई जन्म दिन्छ । यी अवगुणी मानिसहरूमा पेट्रोन-मिनेट गिरोह सबभन्दा खराब छ । यो चारजना पुरुषहरु मिलेर बनेको छ । ब्याबेट पहिले दाँत तान्ने गर्दथ्यो, ऊ पातलो, लचिलो र बिल्कुलै नैतिकताहीन छ । क्लेक्वेसस नकाव पछाडि विभिन्न प्रकारका आवाज निकाल्ने व्यक्ति हो । मोन्टपर्नासे युवा, सुन्दर र निर्दयी छ । यो गिरोह पेरिसको माफियामा शासन गर्छ र हरेक प्रकारको आपराधिक क्रियाकलापमा संलग्न छ ।

मारियसकी प्रेमिका र उनका पिता महिनौंदेखि लक्जेम्बर्गको बगैंचामा देखिएका छैनन् । मारियस उनलाई अब कहिल्यै देख्न पाइँदैन भनेर निराश छ । एकपटक उसले मोन्शियर लेब्लाङ्कलाई श्रमिकको कपडामा देखेको जस्तो लाग्छ, तर मारियसले उसको पहिचानको पुष्टि गर्नुभन्दा पहिले नै त्यो मानिस बेपत्ता हुन्छ । मध्य चीसोमा मारियसले दुई जना युवतीलाई फाटेका पुराना कपडामा सँगसँगै हिड्दै गरेको देख्छ । उनीहरू पुलिसबाट भर्खरै आफू भागेको बारेमा कुरा गरिरहेका छन् । उनीहरूले कागजको एउटा मुठो झार्छन्, जसलाई मारियसले उठाउँछ । ऊ उनीहरूको ठेगाना वा नाम खोज्नको लागि यो मुठो हेर्छ, तर यसको साटो उसले भीखपत्रको एउटा सेट पाउँछ, जसमा धनी दाताहरूसँग धनको लागि अनुरोध गरिएको छ । पत्र चार अलग-अलग नामबाट छ र तिनीहरूले चार अलग-अलग परिस्थितिको वर्णन गर्दछन्, तर तिनीहरू सबै एकै लेखावटमा र एकै कागजमा लेखिएका छन् ।

अर्को दिन मारियसको एपार्टमेन्टको ढोकामा खटखट आवाज आउँछ । एउटा फाटेका-पुराना कपडा लाएकी युवती प्रवेश गर्छिन् । उनी मारियसको छेउमा बस्ने जोन्ड्रेट परिवारकी ठूली छोरी हुन् । उनी दुब्ली, पातली र कमजोर छिन्, तर उनका केही दाँत छैनन्, उनले फाटेका पुराना कपडा लाएकी छिन् । मारियसले ती कागजको मुठो झार्ने केटी हुन् भन्ने थाहा पाउँछ । उनले उसका चीजहरू खासगरी ऐनाको प्रशंसा गर्छिन् र त्यो कति सुन्दर छ भन्छिन् । देखावटीको लागि उत्सुक उनी आफ्नो लेख्ने क्षमता प्रदर्शन गर्छिन् । उनले कागजको एउटा सानो टुक्रामा ‘पुलिस यहाँ छ’ लेख्छिन् । आफूलाई प्रभावित गर्ने उनका प्रयासहरूलाई बेवास्ता गर्दै मारियसले उनलाई खसाएका पत्रहरूको मुठो थमाइदिन्छ र उनलाई रातिको खानाको लागि थोरै पैसा पनि दिन्छ । उनले उसलाई धन्यवाद दिन्छिन् र त्यहाँबाट जान्छिन् । मारियसले दुःख र पतनको त्यो गहिराईमाथि विचार गर्छ, जसमा मानिस डुब्न सक्छ । घृणित जोन्ड्रेट परिवारको बारेमा उत्सुक, मारियस आफ्नो र उनीहरूको कोठालाई छुट्टयाउने पर्खालमा एउटा प्वाल खन्छ र त्यसबाट हेर्छ । उसले एउटा सानो फोहोरी एपार्टमेन्ट देख्छ । एउटा पहेलो अनुहार भएको लालची देखिने मानिस टेबुलमा बसेर चित्र लेखिरहेको छ । ऊ आफ्नी मोटी पत्नीसँग धनीहरूको कन्जुस्याईंको बारेमा गुनासो छ । उनी आफ्नी बिरामी देखिने छोरीसँगै बसेकी छिन् । ती छोरी ओच्छ्यानमा निश्चल अवस्थामा छन् । अचानक मारियसको एपार्टमेन्टमा देखिएकी ठूली छोरी आफ्ना पुराना फाटेका जुत्ताबाट बरफ झार्दै आउँछिन् । उनले उसलाई परोपकारी व्यक्ति छिट्टै उनीहरूको घरमा आउने कुरा बताउँछिन् । त्यो मानिसलाई यहाँ आउन मनाएकोले उनको पिताले उनलाई बधाई दिन्छ, त्यसपछि आफ्नी कान्छी छोरीलाई आगो निभाउन र उनीहरूको घरमा गरीबीको झलक देखाउनको लागि झ्याल तोड्ने आदेश दिन्छ ।

परोपकारी व्यक्ति र उसकी छोरी आउँछन् । मारियस दङ्ग पर्दछ – उनीहरू उसकी प्रेमिका र उनका पिता मोन्शियर लेबलाङ्क हुन्छन् ! जोन्ड्रेट एक अभागी अभिनेता भएको देखावटी गर्छ र परोपकारी व्यक्तिसँग कपडा, खाना, औषधि र भाडा भुक्तान गर्नको लागि पैसाको भीख माग्छ । अझै ऊ मोन्शियर लेबलाङ्कलाई संदिग्ध दृष्टिले हेर्छ, मानौं उसलाई कतै अन्तैबाट चिनेको होस् । मोन्शियर लेबलाङ्कले पाँच फ्र्याङ्क मेचमा राखिदिन्छ र धेरै फ्र्याङ्कसहित केही बेरमा फर्किने बाचा गर्छ । मारियस मोन्शियर लेब्लाङ्क र उसकी छोरीको पछाडि सिडीबाट तल दौडिन्छ । ऊ युवतीको नाम थाहा पाउन ब्याकुल छ । उनीहरू आफ्नो ट्याक्सीमा निक्लिन्छन् । मारियससँग आफ्नो ट्याक्सी भाडामा लिनको लागि पैसा हुँदैन, त्यसकारण निराश भएर आफ्नो एपार्टमेन्टमा फर्किन्छ । फर्किंदा उसले जोन्ड्रेट परिवारकी ठूली छोरीलाई देखेर चकित हुन्छ । मारियसले उनलाई भर्खरै मोन्शियर लेब्लाङ्कसँग गएको ती युवतीको बारेमा पत्ता लगाउन भन्छ । यसो भन्दा उसले उनको अनुहारमा निराशाको भाव देख्दैन । तर पनि उनी उसको लागि यो जानकारी पत्ता लगाउन निस्किन्छन् । पातलो पर्खालको माध्यमबाट मारियसले जोन्ड्रेट र उसकी पत्नीलाई परोपकारी व्यक्तिको बारेमा छलफल गर्दै गरेको सुन्न सक्छ । जोन्ड्रेटले मोन्शियर लेबलाङ्कलाई चिन्छ भन्ने कुरा स्पष्ट छ, र ऊबाट धेरै रकम असूल्ने योजना बनाउँछ । ऊ पेट्रोन-मिनेट गिरोहका आफ्ना साथीहरूसँग अन्तर्घात गर्ने योजना बनाउँछ र यो षड्यन्त्रको लागि अगाडिको तयारीमा निस्किन्छ । आफ्नी प्रेमिकाको पिताको रक्षाको लागि ब्याकुल मारियश पुलिस स्टेशन जान्छ र पुलिस अधिकारीको मद्दत लिन्छ । मारियसले सहयोगको लागि भन्छ, पुलिस अधिकारीले उसलाई घर फर्किन र डकैती हुँदा हावामा सिग्नल-पेस्तोल चलाउन भन्छ । पछि अधिकारीले मारियसलाई आफ्नो नाम जाभेर्ट हो भन्छ ।

मारियस आफ्नो एपार्टमेन्टमा फर्किन्छ । प्यासेजमा उसले एउटा खाली कोठामा चार जनाको छायाँ देख्छ – संभवतः ती गरीब महाशय लेब्लाङ्कको प्रतीक्षा गरिरहेका गिरोह हुन् । जोन्ड्रेटले दुई कुर्सी र एउटा मेच ल्याउँछ र प्रतीक्षा गर्छ । छ बजे मोन्शियर लेब्लाङ्क बाचा गरिएको पैसासहित आउँछ । जोन्ड्रेटले उसलाई धेरै धन्यवाद दिन्छ, तर लेब्लाङ्कको ध्यान भड्किएपछि जोन्ड्रेटकी पत्नीले उसको ट्याक्सीलाई पठाउँछिन् । जोन्ड्रेटले हानिरहित बकबकको माध्यमबाट मोन्शियर लेब्लाङ्कको ध्यान भड्काइरहेको बेला एउटा कालो अनुहार भएको शर्टबिनाको ठूलो शरीरयुक्त मानिस कोठामा प्रवेश गर्छ र बस्छ । मोन्शियर लेब्लाङ्कको छटपटी देखेर जोन्ड्रेटले उसलाई ऊ भेट्न आएको छिमेकीकै एक सदस्य हो भनेर आश्वस्त बनाउँछ । मोन्शियर लेब्लाङ्क यो स्पष्टीकरणलाई स्वीकार्छ, तर जोन्ड्रेटले तीन अरु खतर्नाक आकृतिहरूको बारेमा पनि त्यही स्पष्टीकरण दिएपछि भने ऊ अझ बढी संदिग्ध हुन्छ । अचानक जोन्ड्रेट चिच्याउँछ, के तपाईंसँग आफ्नो पर्स छ ? म एक हजार क्राउनबाट सन्तुष्ट छु । मोन्शियर लेबलाङ्क झस्किन्छ, तर जोन्ड्रेटले उसलाई कम्तीमा तीन हतियारबद्ध मानिस कोठामा नआउन्जेल शान्त बनाउँछ । आफ्नो सम्पूर्ण गिरोहको उपस्थितिमा जोन्ड्रेटले आफ्नो वास्तविक पहिचान बताउँछ; ऊ न त जोन्ड्रेट हो र न कुनै असफल अभिनेता नै । थेर्नाडियर हो, जसलाई जीन भाल्जीन (मोन्शियर लेब्लाङ्कको वास्तविक पहिचान) ले एक पटक धोका दिएको थियो । मारियस स्तब्ध हुन्छ । उसले थेनार्डियरको खोजी गरिरहेको थियो । उसका पिताको अन्तिम इच्छामध्ये एक थेनार्डियरलाई यो वीरतापूर्ण कार्यको लागि पुरस्कृत गर्नु थियो । मारियसले आफ्नी प्रेमिकालाई यी अपराधीहरूद्वारा प्रताडित भइरहेको हेर्न चाहँदैनथ्यो, तर ऊ आफ्ना पिताको उद्दारकर्ताको गिरफ्तारीको कारण पनि बन्न चाहँदैनथ्यो । यद्यपि उसले आफ्नो पेस्तोलको एक गोलीले मात्र पुलिसलाई संकेत दिन सक्थ्यो, तर ऊ स्वयं ट्रिगर दबाउन सक्दैनथ्यो ।

मोन्शियर लेब्लाङ्क निस्फिक्री रहेको छ । थेनार्डियरले उसको आलोचना गर्छ र उसको मजाक उडाउँछ, तर लेब्लाङ्कले जवाफ दिन्छ, म कुनै धनी मानिस होइन र तिमीहरूले व्यर्थै पक्रिएका छौं । यद्यपि थेनार्डियरको ध्यान भड्किएको बेलामा ऊ झ्यालबाट भाग्ने प्रयास गर्छ, उसलाई पुनः तान्नको लागि तीन बलिया मानिसको आवश्यकता पर्छ । उनीहरूले उसलाई बिस्तरामा बाँधिदिन्छन् । थेनार्डियरले यो घटनाबाट एउटा चतुर निष्कर्ष निकाल्छ; आफ्नो भयानक दुर्दशाको बाबजुद ऊ पुलिसलाई बोलाउँदैन । जसको अर्थ के हुन्छ भने ऊसँग कानूनबाट लुकाउनको लागि रहस्य छ । यसले उसलाई थेनार्डियर र पेट्रन-मिनेटको लागि एक सहज लक्ष्य बनाइदिनेछ । थेनार्डियरले अब लेब्लाङ्कलाई सेतो र तातो चक्कुले धम्क्याउँछ र २००,००० क्राउनको माग गर्छ । उसले लेब्लाङ्कलाई भन्यो – आफ्नो छोरीलाई थेनार्डियरको घर आउनको लागि पत्र लेख, उनले त्यतिखेरसम्म बन्धकको रूपमा काम गर्नेछिन्, जबसम्म उनको पिताले आवश्यक धनराशि दिंदैन । लेब्लाङ्कले अनिच्छापूर्वक ठेगाना दियो र आफ्नी छोरीलाई आउनको लागि एउटा नोट लेख्यो । मेडम थेनार्डियरले पत्र लिन्छिन् र केटीलाई लिन जान्छिन् । यद्यपि उनी केही समयपछि खाली हातै फर्किन्छिन्, किनकि ठेगाना नक्कली थियो ।

लेबलाङ्क आफ्ना खुट्टाले छलाङ मार्छ । उसले समय खरिद गर्नको लागि यो विकर्षणको प्रयोग गर्‍यो; उसले आफूलाई बाँध्ने डोरी काट्नको लागि एउटा आधा धार भएको सिक्काको उपयोग गर्‍यो । निडरतापूर्वक उसले आफ्नो हातमा सेतो र तातो चक्कु राख्छ । धेरै हैरान भएको थेनार्डियरले आफ्नो शक्ति र धैर्यको प्रदर्शन गर्छ । गिरोहले लेब्लाङ्कमाथि आक्रमण गर्छन्, र थेनार्डियले एउटा ठूलो चक्कु पक्रिन्छ । मारियसलाई अब उसले अरु ढिलाई गर्न सक्दैन भन्ने महसुस हुन्छ । उसको दृष्टि कागजको त्यो सानो टुक्रामाथि पर्छ, जसमा थेनार्डियरकी छोरीले त्यो दिउँसो पुलिस आइरहेका छन् भनेर लेखेकी थिइन् । त्यसपछि उसले यसलाई पर्खालको छिद्रको माध्यमबाट धकेलिदिन्छ । अपराधी रोकिन्छन् र कागजको यो टुक्रा खोस्छन् । यसपछि मेडम थेनार्डियर आफ्नी छोरीको लेखावट थाहा पाएर चिच्याउँछिन् । अपराधी गिरोह सडकमा भाग्छ; अब केवल जाभेर्टलाई प्रतीक्षा गरिरहेको पाउँछ । उसले उनीहरूमध्ये धेरैलाई गिरफ्तार गर्छ, जसमा थेनार्डियर परिवारकी फाटेका कपडा लगाएकी ठूली छोरी पनि सामेल छिन्, जसले मारियसलाई धेरै मन पराउँछिन् । पुलिसलाई अपराधको शिकार मोन्शियर लेबालाङ्कको कुनै संकेत प्राप्त हुँदैन, जुन अचम्मको कुरा हो । जाभेर्टले फैसला गर्छ, यदि आफूले यी सबै अन्य आपराधिक तत्त्वहरूलाई एकसाथ ल्याएको खण्डमा ऊ सबभन्दा खास शिकार हुन्छ । भोलिपल्ट छट्टु सानो गल्लीको केटो गेभरोचे आफ्ना मातापितालाई भेट्नको लागि एपार्टमेन्टमा रोकिन्छ । उसले सधैं जस्तै घर मालिकलाई चिढ्याउँछ । उसले आफ्नी आमा, बाबु र दिदीबहीनी कहाँ छन् भनेर सोध्छ । उनले ती सबै जेलमा छन् भन्छिन् । उसले यो खबरको स्वागत शान्तिपूर्वक गर्छ र आफ्नो रोमान्चकतालाई जारी राख्नको लागि बरफिलो सडकमा फर्किन्छ ।

भाग चार

सन् १७८९ मा शुरु भएको फ्रान्सेली क्रान्तिले एक शक्ति शून्यताको सिर्जना गरेको थियो, जसलाई अन्ततः नेपालियनले पूरा गरे । उनले फ्रान्सेली साम्राज्यको स्थापना गरे । वाटरलूमा नेपोलियनको पतनपछि फ्रान्सेली राज परिवारको एउटा सानो शाखा बुर्बोन वंशमा दुई राजाहरूले फ्रान्समाथि नियन्त्रण कायम गरे र १८१४ देखि १८३० सम्म शासन गरे । यसबेला राजा लुई अठारौं र चार्ल्स दसौंले फ्रान्समा शान्तिको एक दुर्लभ समयको नेतृत्व गरे । यद्यपि, तिनीहरू फ्रान्सेली क्रान्तिको क्रममा धेरै मुश्किलले हासिल गरिएको सामाजिक स्वतन्त्रता दिनमा धेरै कमजोर भएका थिए र फ्रान्सेली राष्ट्रले विद्रोह गरिदिए । त्यसपछि राजालाई पदच्यूत गरियो । यो जनताको एक विजय थियो । तर यो दोस्रो क्रान्तिलाई राजतन्त्रवादीहरूले असफल बनाइदिए । उनीहरू शान्तिको एकमात्र मौका राजतन्त्रको बहालीमा निहित छ भन्ने मान्थे । फ्रान्सेली शाही परिवारको एउटा सानो शाखा ओर्लियन्स वंशबाट लुई फिलिपलाई सिंहासनमा बसाइयो । लुई फिलिपलाई युगको भावनाको प्रतीक मानियो; आफ्नो शाही रगतको बावजुद उनी उदार विचार र लोकतन्त्रप्रति सहानुभूति राख्थे । उनी संयमपूर्वक काम लिन्थे र मानिसहरूको बीचमा स्वयंलाई लोकप्रिय बनाउनको लागि राजनीतिक कैदीहरूलाई माफी दिने आदि जस्ता काम गर्थे । यद्यपि, लुई फिलिप आफू फ्रान्सेली क्रान्तिभन्दा पहिले आफ्ना अधिकारहरूको बहाली गर्न चाहने कन्जर्भेटिभको लागि धेरै उदार भएको र राजतन्त्रको विचारलाई घृणा गर्ने रिपब्लिकनको लागि अप्रिय भएको ठान्थे । एउटा तेस्रो पार्टी विस्तारै उदाइरहेको थियो । समाजवादी विचारक र लोकतन्त्रवादी राजतन्त्र, असमानता तथा धनी वर्गहरूको शासनको अवधारणाको विरोध गर्दै शक्तिशाली हुँदै गइरहेका थिए । यस्तै आफ्ना विचारधारामा धेरथोर फरक भएका धेरै समूह थिए तर तिनीहरू सबै जनताको शक्तिमा विश्वास गर्थे । सन् १८३२ को वशन्तमा पेरिसको एक मजदूर वर्गको हिस्सा सेन्ट एन्टोनी जिल्लामा हिंसक क्रान्तिकारी विचार सल्किरहेको थियो; बच्चा गोलीका खोलहरू खेलाइरहेका थिए र हिंसक विद्रोहको बारेमा कुराकानी सुन्न सकिन्थ्यो ।

अझै एन्जोलरासले नेतृत्व गरिरहेको एबीसी समाज यो आउने विद्रोहका खेलाडीहरूमध्ये एक थियो । एन्जोलरास र उसका क्रान्तिकारी साथीहरूले विद्यार्थी र श्रमिमका अन्य समूहसँग तीव्र रूपमा सम्पर्क स्थापित गर्दछन् । यहाँसम्म कि शंका गर्ने र आलोचक ग्रान्टेयर पनि उत्तेजनामा फस्छ । उसले एन्जोलरासलाई आफूले कुनै पनि क्रान्तिकारी प्रकारको भाषण दिन सक्ने कुरा गर्छ र श्रमिकहरूको एउटा समूलाई संगठित गर्नको लागि जाने वातावरण बनाउँछ । दुर्भाग्य, ग्रान्टेयर यी श्रमिकहरूलाई क्रान्तिको प्रेरित गर्नुको सट्टा उनीहरू पासा खेल्छ र यो कुरा एन्जोलरासले थाहा पाउँछ ।

थेनार्डियर परिवारसँग भएको घटनापछि मारियस गोरब्यू हाउसबाट बाहिर जान्छ; ऊ अब यस्तो घिनलाग्दो ठाउँमा बस्न चाहँदैन तर ऊ थेनार्डियरको विरुद्धमा साक्षी बक्न पनि चाहँदैन । आक्रमणको बेलामा सहयोगको लागि आवाज नउठाउने आफ्नी प्रेमिकाको पिताको विचित्र व्यवहारमा हैरान हुनुको बावजुद ऊ घटनाको बारेमा धेरै सोच्दैन । मारियस अब आफ्नी हराएकी प्रेमिकाको लागि तड्पिन्छ । ऊसँग काम गर्ने कुनै ऊर्जा पनि छैन; ऊ केवल प्रेमपत्र र कविताहरू लेख्छ । ऊ पेरिसका सडकहरूमा ती गोरी केटीको खोजीमा भड्किरहन्छ, जससँग उसको प्रेम भएको थियो तर उसले उनलाई कतै पनि भेट्दैन । यही बीचमा पेट्रोन-मिनेट गिरोहले आफ्नो आपराधिक क्रियाकलाप जारी राख्छ । गिरफ्तारीको राति मोन्टपर्नासे र क्लाक्वेसस पुलिसबाट बचेर निक्लिए । आफ्नो कम उमेर भएको कारण जेलबाट रिहा भएका ब्रुजोन र बेबेट एपोनिनले मद्दतबाट जेलका पर्खालभित्रबाट आपराधिक क्रियाकलापलाई निर्देशित गर्ने पत्र लेख्छन् । यिनीहरूमध्ये एउटा संदेशको क्रममा एपोनिनले कोसेटको ठेगाना पत्ता लगाउँछिन् ।

एउटा अर्को व्यक्ति पुरानो चर्चवार्डेन मोन्शियर माबेफ धेरै जटिल समयबाट गुज्रिरहेको छ । ऊ प्रायः दिउँसो एउटा अण्डा मात्र खान्छ र उसले आफ्ना धेरै मूल्यवान किताबहरू बेच्न बाध्य हुनुपर्छ । एक दिन ऊ आफ्ना फूलहरूमा पानी हाल्न उठ्ने प्रयास गर्छ । तर ऊ भोकले यति कमजोर हुन्छ कि यो काम पूरा गर्न सक्दैन । अब उसले एउटा विचित्र प्रेतलाई देख्छ; उनी एउटी फाटेका पुराना कपडा लगाएकी केटी थिइन् र लगातार कुरा गर्दै उसको बगैंचामा पानी हाल्छिन् । उनी एपोनिन हुन् । फर्किंदा उनले केवल मारियसको ठेगाना सोध्छिन् । केही दिनपछि मारियसले आफ्नो हराएकी प्रेमिका कोसेटको सपना देख्दै शहरमा भड्किरहेको बेला एपोनिन प्रकट हुन्छिन् र प्रशन्नतापूर्वक उसको स्वागत गर्छिन् । उनले उसलाई धेरै प्रेम गर्छिन्, तर मारियसले उनीप्रति रुचि राख्दैन । यो देखेपछि उसको खुशीको कामना गर्दै अन्ततः एपोनिनले कोसेटको ठेगाना बताउँछिन् । प्रसन्न भएर मारियसले आफ्नो गोजीमा राखिएको सबै पैसा एपोनिनलाई दिन्छ । उनले उसको पैसा चाहिँदैन भन्दै आफ्नो हातबाट फ्याँकिदिन्छन् ।

भाल्जीनले सेन्ट जर्मेनको उपनगरमा एउटा सानो घर भाडामा लिएको छ । त्यो आफ्नी मालिक्नीसँग भेट गर्न चाहने एक न्यायाधीशद्वारा निर्मित गुप्त निकाश थियो । उनीनीहरूले पेटिट-पिकपस मठको सुरक्षित आश्रय किन छोडे ? जीन भाल्जीन कोसेटले मठका नियमयहरूबाट विवश जीवनभन्दा एक सामान्य जीवन जिऊन् भन्ने चाहन्थ्यो । फाउचेलेभेन्टको मृत्युपछि भाल्जीनले भिक्षुणीहरूलाई भन्यो, मलाई आफ्नो भाइबाट केही धनराशि उत्तराधिकारीमा प्राप्त भएको छ । त्यसपछि उसले कोसेटलाई लिएर मठ छोडिदियो । वास्तवमा भाल्जीनले सावधानीपूर्वक पेरिसमा दुई एपार्टमेन्ट भाडामा लिएको छ; कोसेट र टुसेन्ट नामकी एक परिचारिका रुए प्लुमेटमध्ये एकमा बस्छन् । दुवै जना सादगीपूर्वक तर खुशीसाथ रहन्छन् । घरमा एउटा सानो बगैंचा छ । त्यहाँ कोसेटले आफ्नो धेरैजसो समय बिताउँछिन् । भाल्जीनले गरीबहरूलाई भिक्षा दिन गएको बेला प्रायः उनी पनि सँगै जान्छिन् । यद्यपि कोसेटको उम्लिरहेको किशोरावस्थाले यो शान्त जीवनलाई खतरामा पार्छ । उनी सुन्दरी भएकी छिन् र आफ्नो शरीरलाई आकर्षक बनाउनको लागि कपडा लाउँछिन् । भाल्जीनलाई थाहा छ, उनले समय आएपछि उसलाई छोडेर विवाह गर्नेछिन् । कोसेट एकमात्र यस्ती व्यक्ति हुन्, जसलाई उसले सदैव प्रेम गर्ने अनुमति दिएको छ, र उनलाई गुमाउने विचार मात्रले उसको हृदयलाई भङ्ग गरिदिन्छ ।
आफ्नो डरको कारण, कोसेटले लक्जेम्बर्गको बगैंचामा मारियसलाई हेर्दा भाल्जीनलाई तुरुन्त शङ्का हुन्छ । कोसेट तुरुन्तै मारियसको प्रेममा पर्छिन् र उनी चुपचाप ऊतिर हेर्छिन् । भाल्जीनलाई तुरुन्तै अपरिचित व्यक्तिमाथि भरोसा हुँदैन र उसले उनलाई बगैंचामा जान रोक लगाउँछ । मारियसबाट अलग भएपछि कोसेट गहिरो अवसादमा पुगेकी छिन्, जसबाट भाल्जीन अझ बढी चिन्तित हुन्छ । मठमा हुर्किएकी कोसेटसँग आफ्ना भावनालाई व्यक्त गर्नको लागि कुनै भाषा छैन । एक दिन दुवै जना टहलिरहेको बेलामा उनीहरूले कैदीहरूको एउटा समूहलाई नाउमा लैजादै गरेको देख्छन् । ती मानिसहरूले फाटेका पुराना कपडा लगाएका थिए र उनीहरूले यो दुःखमा हेर्ने सबै मानिसलाई अश्लिल गाली गर्थे । भाल्जीनले यो दृश्यलाई देखेर आफ्नो अतीतबाट भयभीत हुन्छ र संवेदनशील कोसेट पनि धेरै प्रभावित हुन्छिन् ।

अपराधीलाई लिएर गएको भयावह दृश्यको केही समयपछि नै भाल्जीनको थेनार्डियर्ससँग महत्त्वपूर्ण भेट हुन्छ । उसले कोसेटलाई यो घटनाको बारेमा केही बताउँदैन तर उनी उसको हातमा भयानक जलन देखेर डराउँछिन् । उनको चिन्ता त्यतिबेला बढ्छ, जतिबेला यो घाउँ संक्रमित हुन्छ र ज्वरोको कारण बन्छ । जसको कारणले गर्दा भाल्जीन एक महिनासम्म ओच्छ्यान पर्छ । कोसेटले उसलाई दिव्य भक्तिका साथ पालनपोषण गर्छिन् । भाल्जीन आफ्नी धर्मपुत्रीसँग उसको निकटताबाट उत्साहित हुन्छ । कोसेटले विस्तारै मारियससँगको प्रेम भुल्दै जान्छिन् र आफ्ना धर्मपितासँग आफ्नो घनिष्ठ नाता-सम्बन्धलाई पुनः शुरु गर्छिन् ।

गेभरोचे एउटा सानो गल्लीको बच्चा हो । ऊ थेनार्डिर्सको परित्यक्त बच्चा पनि हो । दुई दिनसम्म केही खान नपाएको कारणले ऊ धेरै भोको छ र स्याउको खोजीमा माबेफको बगैंचामा जान्छ । उसले त्यहाँ माबेफ र उसका नोकरहरूको बहस सुन्छ; उनीहरू अब के गर्ने भन्ने बारेमा छलफल गरिरहेका हुन्छन्, किनकि उनीहरूलाई बेकरी पसले र किराना पशलेले पनि अब उधारो खानेकुरा दिन बन्द गरेका छन् । गेभरोचे यो गरीबीमाथि विचार गर्छ, जुन ऊ स्वयंको खराबीभन्दा पनि खराब छ । उसको कल्पना सडकमा एक हङ्गामाबाट समाप्त हुन्छ । उसले पेट्रोन-मिनेटको सदस्य मोन्टपर्नासे एउटा बुजुर्ग व्यक्तिको पीछा गरिरहेको देख्छ । मोन्टपर्नासेले बूढो मान्छेलाई आक्रमण गर्छ । तर गेभरोचे छक्क पर्छ, किनकि मोन्टपर्नासेलाई नै जमिनमा लडाइएको छ र उसलाई एक बलिष्ठ पक्कडमा राखिएको छ । त्यसपछि बूढो मान्छेले मोन्टपर्नासेलाई एक अपारधीको भयानक जीवनमाथि लेक्चर दिन्छ; ऊ कुनै पनि कार्यकर्ताभन्दा बढी मेहनत गर्नेछ र उसको एकमात्र इनाम सामाजिक बहिष्कार र कारावास हुनेछ । बूढो मान्छेले मोन्टपर्नासेलाई आफ्नो आपराधिक जीवन त्याग्नको लागि मनाउने प्रयास गर्छ र उसलाई दान गरिएको पैसाबाट यो नयाँ जीवन सुसज्जित गर्न भनेर समाप्त गर्छ । बूढो मान्छेले आफ्नो पर्स मोन्टपर्नासेलाई दिन्छ र त्यहाँबाट जान्छ । मोन्टपर्नासे यो विचित्र स्थितिबाट ब्यूँतिरहेको बेला गेभरोचेले आफ्नो गोजीबाट पर्स निकाल्छ र त्यसलाई मोन्शियर माबेफको बगैंचामा फ्याँकिदिन्छ । माबेफ आकाशबाट झरेको यो धनबाट स्तब्ध हुन्छ ।

एक साँझ कोसेट आफ्नो घर नजिकै बगैंचामा टहलिरहेको बेलामा उनले पैताला बजेको आवाज सुन्छिन् र उनले एउटा मानिसको छायाँ देख्छिन्; तर छायाँ बेपत्ता हुन्छ । भाल्जीन फर्किएपछि उसले चिम्नीको छायाँ देख्छ, जसलाई शायद कसैले बुझ्न सक्छ । दुवैमध्ये कोही पनि चिम्नी पदचिन्हहरूको आवाज कसरी निक्लिन सक्छ वा अचानक बेपत्ता हुनसक्छ भन्ने कुराले आश्चर्यचकित हुँदैनन् । केही दिनपछि कोसेटले बेन्चको छेउमा एउटा ढुङ्गा देख्छिन्, जहाँ उनी प्रायः आफ्नो बगैंचामा बस्छिन् । उनलाई थाहा छ, यो ढुङ्गा केही समय पहिले पनि त्यहाँ थिएन, र उनी अत्तालिएर घरभित्र भाग्छिन् । तर पनि कोसेटको व्यक्तित्वमा साहसको एक प्रबल तत्त्व छ । भोलिपल्ट उनी जिज्ञासाले अभिभूत हुन्छिन् र चट्टानमुनि हेर्छिन् । उनले त्यहाँ प्रेममाथि सुन्दर चिन्तन र एक प्रियप्रति भक्तिका घोषणाहरूले भरिएको एक नोटबुक प्राप्त गर्छिन्, जसलाई कोसेटले स्वयंको रूपमा पहिचान गर्छिन् । यद्यपि उनले मारियसलाई भुलिसकेकी थिइन्, तर कोसेटले उसलाई पुनः प्रेम गर्छिन् । उनले आफ्नो बगैंचा हुँदै अगाडि बढ्ने क्रममा घमण्डी सैनिक थियोडुलेलाई देखेर उनमा त्यो मानिसप्रति घृणा भरिन्छ । अर्को साँझ बगैंचामा टहलिंदै गर्दा उनले स्वयं मारियसलाई देख्छिन् । दुवैले एक-अर्कोको लागि आफ्नो प्रेम प्रकट गर्छन् र जोशमा चुम्बन गर्छन् । उनीहरूले रातभरी आफ्ना अनुभव, विचार र जीवनको बारेमा कुरा गर्छन्, मानौं अब उनीहरूको आत्मा एक भएको छ । अन्तमा, उनीहरूले एक-अर्कोको नाम सोध्छन् ।

विश्रामालयको पछाडि रूदै-कराउँदै हिड्नै अवान्छित केटो गेभरोचेको जन्मपछि थेनार्डियरका दुई अरु छोरा थिए । यसरी तिनका जम्मा पाँच बच्चा थिए, तर मेडम थेनार्डियर केवल आफ्ना छोरी एपोनिन र एलेजमालाई मात्र माया गर्थिन् । यही बेला मोन्शियर गिलेनोर्मेन्डले आफ्ना अवैधानिक बच्चाहरूको भरणपोषणको लागि हरेक महिना असी फ्र्याङ्क भुक्तान गर्ने ला-मेग्नन नामकी महिलाले आफ्ना दुई छोराहरूको मृत्युको सामना गर्नुपर्छ । उनी यसबाट दुःखी हुन्छिन्, किनभने अब उनलाई मोन्शियर गिलेनोर्मेन्डबाट भुक्तान प्राप्त हुँदैन । थेनार्डियर्स दुई छोराबाट छुटकारा पाउन चाहन्छन् र ला-मेग्नन दुई छोरा चाहन्छिन् । त्यसकारण थेनार्डिर्यसले दुई बच्चा उनलाई दिन्छन् । उनले तिनीहरूलाई धेरै प्रेपूर्वक हेरविचार गर्छिन्, खासगरी उनीहरूले दर्शाएको पैसाको कारणले गर्दा । ला-मेग्नन धेरै आपराधिक तत्त्वहरूमा सामेल छिन् र थेनार्डियर मामिलापछि उनलाई गिरफ्तार गरिन्छ । दुवै केटा पछाडिबाट खेलेर घर आउँछन् र उनीहरू घर बन्द भएको देख्छन् । एउटा दयालु व्यक्तिले उनीहरूलाई गिलेनोर्मेन्डको एकाउन्टेन्टको ठेगाना दिन्छन्, ठूलोचाहिँ केटाले यो ठेगाना खसाल्छ र त्यो हावामा उड्छ । पुल्पुलिएर पालिएका दुई बच्चा अब पेरिसका सडकमा घुम्छन् । गेभरोचेले दोकानबाट केक चोर्न प्रतीक्षा गरिरहेको नाईलाई चुपचाप हेर्दै गर्दा ती दुई दयनीय बच्चाहरूलाई देख्छ । त्यसपछि उसले तिनीहरूलाई आफ्नो संरक्षणमा लिन्छ तर उसलाई तिनीहरू आफ्नै भाइ हुन् भन्ने कुरा थाहा छैन । र, एउटा सिक्का लिएर ती सबैको लागि थोरै रोटी किन्छ । बाटामा उसले फाटेका पुराना कपडा लाएकी एउटा सानी केटीलाई देख्छ र उनलाई आफ्नो सल दिन्छ । रात परिरहेको थियो । गेभरोचेले केटाहरूलाई आफ्नो अनौठो घरमा ल्याउँछ । बस्तीलको छेउँमा एउटा हात्तीको विशाल मूर्ति छ । हात्ती भित्रबाट खोक्रो छ र गेभरोचेले एउटा सिंडी देखाउछ, जसबाट उनीहरू भित्र जान सक्छन् । यो विचित्र छ, तर यो चीसो र वर्षाबाट बच्नको लागि आरामदायक आश्रयस्थल हो । यो स्मारकको उद्देश्य नयाँ फ्रान्सको लागि एक भव्य तमाशा बनाउनु थियो तर यसको सट्टा यो एक बच्चाको लागि एक आश्रम बनेको थियो ।

गेभरोचेले सामान्य तरीकाले दुवै केटाहरूसँग कुरा गर्छ, जसमा ऊ बहादुरी र प्रेमपूर्वक प्रस्तुत हुन्छ । दुई जना हराएका बच्चाहरूको आतङ्कलाई देखेर उसले उनीहरूलाई सडकमा बस्ने बच्चाहरूको जिन्दगीका कथाहरू सुनाउँछ; जसमा ओपेरा हेर्ने, गर्मीमा पौडी खेल्ने, धोबिनीहरूलाई जिस्क्याउने आदि पर्छन् । उसले दुवै केटालाई आफ्नो झुल र चिकेन वायरको छतमुनि बनाएको ओच्छ्यानमा सुताउँछ । यो अनौठो चीजको कारण छिट्टै थाहा हुन्छ; ममबत्ति निभाएपछि हात्तीमा शरण लिने मुसाका समूह मानिसको मासुको गन्धबाट उत्तेजित भएर बाहिर आउँछन् । तिनीहरूले तार हल्लाउँछन् । केटाहरूमध्ये एउटाले गेभरोचेलाई सोध्छ, मुसाबाट बच्न विरालो किन नल्याएको ? गेभरोचेले भन्छ, कोशिस गर्छु तर मुसाले त्यसलाई खाइदिन्छन् । जेहोस् , दुवै केटा र गेभरोचे थाकेर सुत्छन् । गेभरोचे एउटा अनौठो चित्कारको कारणले जाग्छ र हात्तीबाट बाहिर निक्लिएर आफ्नो अपराधी मित्र मोन्टपर्नासेलाई खोज्छ, जसले जेलबाट भाग्नमा उसको मद्दत लिन्छ । पुनः जेलबाट ब्रुजन तथा ग्लूमर एउटा नेल र डोरीको मद्दतले भाग्छन् र तिनीहरूले मोन्टपर्नासे तथा बाबेटलाई भेट्छन् । थेनार्डियरले गार्डलाई नशालु मदिरा पिलाउँछ र ऊ बेहोस भएपछि भाग्छ । ऊ जेलबाट बाहिर निक्लिन्छ र जेलको छतमाथि दौडिन्छ, तर डोरी धेरै छोटो भएको पाउँछ । थेनार्डियर जमिनमा तीन तलामाथि एउटा छतमा बसेको छ, अब उज्यालो हुनै लागेको छ । उसले आफ्ना साथीहरूलाई पेट्रोन-मिनेट गिरोहको बारेमा चर्चा गर्दै सुनाउँछ र उनीहरूको ध्यानाकर्षित गर्नको लागि आफ्नो बेकार डोरी फ्याँक्छ । मोन्टपर्नासले थेनार्डियरको लागि एउटा लामो डोरी ल्याउनको लागि गेभरोचेलाई सङ्केत गर्छ । त्यो बच्चा निर्भयतापूर्वक जर्जर पाइप र नलीहरूमाथि चढ्छ र लामो डोरी थेनार्डियरलाई थमाइदिन्छ । त्यसपछि ऊ तल झरेर स्वतन्त्रतातिर अगाडि बढ्छ । अब अपराधी आफ्नो अर्को लक्ष्य रुए प्लूमेटको एक निश्चित घरमाथि छलफल गर्न शुरु गर्छन् । बाबेटले थेनार्डियरलाई भन्छ, उसकै छोराले डोरी ल्याएको हुनसक्छ, तर थेनार्डियर आफ्ना बच्चाप्रति पूर्ण रूपमा उदासीन छ ।

कोसेट तथा मारियस एक-अर्कोप्रति अत्यन्तै प्रेम गर्छन् र मारियस हरेक साँझ उनको बगैंचामा उनलाई भेट्न जान्छ । उनीहरूको बीचको प्रेमले पूर्ण रूपमा हृदयलाई छुनलागेको छ, तर यो यौन-प्रेम होइन; दुवैले एक-अर्कोलाई चुम्बनसम्म गर्दैनन्, केवल हात पक्रिएर कुरा गरिरहन्छन् । उनीहरू आफ्नो जीवनको बारेमा कुरा गर्छन्, उनीहरूले विगत, प्रकृतिदेखि लिएर साना-साना कुरामा पनि छलफल गर्छन् । भाल्जीन उनीहरूको मिलनको बारेमा पूर्ण रूपले अनजान रहन्छ । यद्यपि अब दुःख क्षितिमा मडारिन लाग्छ । मारियसले एपोनिनलाई भेट्छ; उनले उसलाई केही महत्त्वपूर्ण कुरा बताउने कोशिस गर्छिन् तर ऊ जानुभन्दा पहिले केवल केही गुनगुनाउँछ । उसले कोसेटलाई भेट्नुभन्दा पहिले साँझ उनलाई फेरि भेट्छ र उनीबाट बच्नको लागि एउटा गल्लीतिर मोडिन्छ । उनले उसको पीछा गर्छिन् र गेटबाहिर छायाँमा लुक्छिन् ।

एपोनिनको उपस्थितिको कारण छिट्टै स्पष्ट हुन्छ । छ जना मानिस छायाँमा देखिन्छन् । यो थेनार्डियरको गिरोह हो । उनीहरूले रुए प्लूमेटमा यो दुई महिलाहरूको घर भन्ने सुनेका छन् र उनीहरूले यो लुट्न सजिलो हुन्छ भन्ने ठानेका छन् । एपोनिनले आफ्ना पितालाई बडो भावुकतापूर्वक बधाई दिन्छिन् । उनी उसलाई देखेर धेरै खुशी भएको घोषणा गर्छिन् र आफ्नो पुनर्मिलनको घोषणा गर्न कतै जाने सुझाव दिन्छिन् । उसले यो सबै कुरालाई बेवास्ता गरेर कठोरतापूर्वक जान भनेपछि उनले यो भावनात्मक कार्य छोड्छिन् । उनी भन्छिन्, यो घरमा कुनै मूल्यवान वस्तु छैन र यसलाई छोडिदिनुपर्छ । उनले यदि उनीहरू गएनन् भने पूरै चिच्याएर छिमेकीहरूलाई दौडाउने कुरा गर्छिन् । गिरोहले उनलाई धम्क्याउँछ तर एपोनिन केवल हास्छिन्; उनी गर्मी मौसममा भोकै बस्न र सर्दी मौसममा ठण्डीमा बस्न बानी परेकी छिन् । त्यसकारण उनीहरूले उनलाई केहीगरी पनि डर देखाउन सक्दैनन् । गिरोहले उनलाई मार्ने वा हानि पुर्‍याउने विचार गर्छन्, तर अन्ततः उनीहरू जान्छन् ।

यही बीचमा बगैंचाको बाहिर भइरहेको नाटकबाट पूर्ण रूपले अनजान कोसेटले मारियसलाई एक भयानक खबर दिन्छिन् : भाल्जेनले उनलाई इङ्ल्याण्ड लैजाने कुरा सोचिरहेको छ । यो मारियसको लागि मृत्युदण्डको सजाय जस्तै हुन्छ, ऊ आफ्नी प्रेमिकासँग इङ्ल्याण्ड जान सक्दैन, किनकि ऊ धेरै गरीब छ । मारियस हताशामा अकल्पनीय प्रयास गर्नको लागि प्रेरित हुन्छ । ऊ मद्दत माग्नको लागि आफूबाट अलग भएका हजुरबा गिलेनोर्मेन्डकोमा जान्छ । मारियससँग झगडा भएको वर्षौंपछि गिलेनोर्मेन्ड धेरै नरम भएको छ । उसको कट्टरता र रिसको ठाउँ दुःखले लिनलागेको छ, र ऊ प्रायः मारियसको बारेमा प्रेमपूर्वक सोच्छ । मारियसको अचानक उपस्थितिले बूढो मान्छेलाई झस्काइदिन्छ । ऊ आफ्नो अभिमानले प्रेरित भएर मारियससँग कडाईपूर्वक प्रस्तुत हुन्छ । मारियसले यो अशिष्ट व्यवहारबाट चिढिएर प्रतिक्रिया दिन्छ । तर पनि दुवै जना सम्बन्धलाई सुधार्ने कोशिस गर्छन् । मारियसले गिलेनोर्मेन्डलाई कोसेटप्रति आफ्नो प्रेमको बारेमा बताउँछ । गिलेनोर्मेन्डले कुरा ध्यानपूर्वक सुन्नुभन्दा पहिले नै यो युवास्थावको प्रेम प्रसङ्ग हो, त्यसैले उसले कोसेटलाई आफ्नो रखैल बनाउनुपर्छ भन्ने सुझाब दिन्छ । यो भद्दा टिप्पणीबाट मारियसले धेरै अपमानित महसुस गर्छ र रिसाउँदै बाहिर निक्लिन्छ । आफ्नो नातिको हृदयमा चोट लागेकोले आफ्नो गल्तीबाट बच्ने कोशिस गरिरहेको गिलेनोर्मेन्ड धकी-धकी रुन लाग्छ ।

भाल्जीनले आफ्नो सुरक्षा र अर्को कदमको बारेमा सोच्छ । उसले थेनार्डियरलाई छिमेकी क्षेत्रमा घुम्दै गरेको देख्छ । बिडम्बनाको कुरा, भाल्जीनलाई अपराधीहरूभन्दा बढी कानूनबाट खतरा छ; राजनीतिक अशान्तिको कारणले पुलिसको उपस्थितिलाई बढाइदिएको छ र भाल्जीनलाई उसको पहिचान हुनसक्छ भन्ने डर । उसले आफ्नो बगैंचाको पर्खालमा एउटा कोडभाषामा लेखिएको रहस्मय नोट पनि देख्यो । यो केवल कोसेटलाई खोज्नको लागि लेखिएको मारियसको ठेगाना हो । तर भाल्जीन यसलाई एक खतर्नाक रहस्य ठान्छ । भाल्जीनले बसेर यी घटनाहरूको बारेमा सोचिरहेको बेलामा एपोनिनको एउटा नोट उसको काखमा झर्छ । ‘गइहाल’, त्यसमा यही लेखिएको थियो । नराम्रोसँग काप्दै भाल्जीनले यही गर्ने निर्णय गर्छ । यता मारियस आफ्ना हजुरबाको घरबाट निक्लिएपछि निराश भएर सडकमा भड्किन्छ । उसले आफ्ना सम्पूर्ण संभावनाहरू समाप्त गरेको छ । ऊ आफ्नो जीवनको प्रेमलाई गुमाउन गइरहेको छ; कोसेट इङ्ल्याण्ड जानेछिन् र उसले उनलाई फेरि कहिल्यै देख्न पाउनेछैन । केही सोचविचार नगरी उसले थेनार्डियर मामिलामा पुलिस अधिकारी जाभेर्टले दिएको पेस्तोल आफूसँगै लिन्छ । उसको चारैतिर एक महान विद्रोहको गडगडाहट शुरु भइरहेको छ; मानिस यताउता भागिररहेका छन्, ब्यारिकेड बन्दै गएका छन्, नारा लगाइरहिएका छन् । मारियसलाई यी सबै कुराको अलिअलि महसुस मात्र छ ।

मारियस कोसेटलाई बिदाई गर्न उनको बगैंचामा पुग्छ तर घर पहिलेदेखि नै खाली छ । मारियस स्तब्ध हुन्छ र मृत्युको झट्का लागे जसरी बेन्चमा थचारिन्छ । त्यसपछि एक मन्द आकृतिले कानेखुशी गर्छ, ‘मारियस, तिम्रा साथी रुए डे ला चेनभरेरी ब्यारिकेडमा तिम्रो प्रतीक्षा गरिरहेका छन् ।’ बाँच्नका लागि अरु केही नभएकोले मारियसले यो सन्देश सुन्ने निर्णय गर्छ । अर्कोतिर, माबेफ पनि निराशामा छ । ऊसँग खानको लागि केही छैन, बाँच्नको लागि कसैले उधारो दिंदैनन् । उसले चिन्ता र भलाईको लागि गेभरोचेको पर्स पुलिसबाट लिएको छ । ऊ नीलका नयाँ नस्ल पैदा गर्ने आफ्ना प्रयाहरूमा असफल भएको छ । उसले विस्तारै-विस्तारै प्रिय पुस्तकहरू बेचिरहेको छ । अन्तमा आफ्नो प्रिय सहयोगी बिरामी भएपछि उसको लागि औषधि किन्न आफ्नो सबभन्दा दुर्लभ र मूल्यवान किताब डायोजेनेस लेर्टियसको खण्ड बेच्नुपर्ने हुन्छ । विद्रोहको दिन गोलीहरूको आवाज सुनेपछि ऊ सोचविचार नगरी आफ्नो टोपी पक्रिन्छ र उनीहरूतिर अगाडि बढ्छ ।
आगो जसरी विद्रोह चारैतिर फैलिएको छ । यो पूँजीपति वर्गको विरुद्धमा विद्यार्थी, श्रमिक र शक्तिहीनहरूको विद्रोह थियो । यो विद्रोह प्रगतिको लागि गरिएको थियो । १८३२ को विद्रोह नेपोलियनका जनरलहरूमध्ये एक र फ्रान्सका एक प्रिय नायक लामार्कको अन्तिम संस्कारबाट शुरु भएको थियो । उनको अन्तिम संस्कारको जुलुसमा ठूलो भीड मडारियो, जसले पेरिसका सबै परस्पर विरोधी तत्त्वहरूलाई एक ठाउँमा ल्याइदियो । क्रान्तिकारीहरूले पुलिस अधिकारीहरूसँग संघर्ष गरिरहेको देखिन्छ । यति नै बेला अचानक एउटा युवक घोडामा चढेर क्रान्तिको प्रतीक रातो झण्डा लहराउँदै अन्तिम संस्कारको जुलुसको सामुन्ने आउँछ, र जनताको रिस भड्किन्छ । पुरुषहरूको एउटा समूहले लामार्कको कफन खोस्ने प्रयास गर्छन्, कानूनको बल उनीहरूलाई रोक्न अगाडि बढ्छन्, भीडबाट उनीहरूले ठूलो प्रतिरोधको सामना गर्छन् । कसैले – ऊ कुन थियो भन्ने कुरा कुनै निश्चित छैन – तीन गोली चलाउँछ, जसमध्ये एउटा गोलीले स्क्वार्ड्र कमाण्डरलाई मारिदिन्छ । अब विद्रोह शुरु भएको छ । विद्रोहीले पुलिस र नेशनल गार्डबाट स्वयंलाई बचाउन ब्यारिकेड्स बनाउँछन् । सैन्य नेता आक्रमण गर्न हिच्किचाउँछन् र विद्रोही आफ्नो ब्यारिकेट पछाडि युद्धको तयारी गर्छन् । सेन्ट-मेरीका घण्टी एक यस्तो शहरमा बज्छन्, जुन सबभन्दा खराब स्थितिको लागि तयार छन् ।

गेभरोचेले युद्धको तयारी गर्छ । ऊ सडकमा नाच्दै घुम्छ र एउटा दोकानको झ्यालबाट बन्दुक चोरेर लिन्छ । उसले पहिले सँगै लिएका दुई केटाहरूको बारेमा पत्ता लाउन सक्दैन, उनीहरूलाई कुनै सर्कसले अपहरण गरेको हुनसक्छ, पुलिसले उठाएको हुनसक्छ वा उनीहरू अझै पनि सडकमै भड्किएका पनि हुन सक्छन् । गेभरोचे प्रायः उनीहरूको बारेमा चिन्ता गर्छ तर उनीहरूलाई भेट्टाउँदैन । गेभरोचे क्रान्तिकारी जोशमा डुबेको छ । ऊ एक नयाँ विश्व-व्यवस्थाको सपना देखिरहेको छ । उसले तीन महिलाहरूसँग अपमान आदान-प्रदान गर्छ, शुरुमा उसलाई र पछि दुईटा हराएका केटाहरूलाई दुःख दिने नाईको झ्यालमा ईंटा फ्याँक्छ । गेभरोचेले ब्यारिकेड लगाउने र विद्रोहमा मन्च बनाउने ठाउँ खोजिरहेका एन्जोलरास र एबीसी समाजका बाँकी सदस्यहरूलाई भेटेपछि मन्त्रमुग्ध हुन्छ । अब गेभरोचे खुशीपूर्वक उनीहरूसँग जोडिन्छ । कलाकार, विद्यार्थी, कर्मचारी र सामाजिक रूपले बहिष्कृत मानिसहरू एबीसी समाजमा सामेल हुन्छन् र उनीहरूको संख्या बढ्दै जान्छ । मोन्शियर माबेफको उपस्थितिले विद्रोहीहरूको बीचमा धेरै अनुमानहरूलाई जन्म दिन्छ । कोर्टफेयरेक केही पैसा र वस्तु हत्याउनको लागि उसको घरमा रोकिन्छ, उसको भेट एक युवा महिला जस्तै दुब्लोपातलो र कमजोर एक रहस्यमय युवकसँग हुन्छ । युवकले कोर्टफेयरेकलाई मारियस कहाँ छ भनेर सोध्छ, तर कोर्टफेयरकलाई थाहा हुँदैन । अब युवक एबीसी समाजमा सामेल हुन्छ ।

रुए डे ला चेनभरेरीमा एउटा रेजिन डे कोरिन्थ नामको सानो रेस्टुरेन्ट छ, जसलाई प्रायः कोरिन्थकै नामले चिनिन्छ । यो प्रतिष्ठान विशेष रूपले सानो र घुमाउरा गल्लीयुक्त इलाकाको बीचमा रहेको छ । कोरिन्थ उच्च घरहरूको एक पङ्क्तिबाट अबरुद्ध क्षेत्रमा रहेको छ । रुए मोन्डेटोर भनिने एउटा सानो गल्ली भएर मात्र त्यहाँबाट बाहिन निक्लिन सकिन्छ । यो धेरै जर्जर प्रतिष्ठान एबीसी समाजका केही सदस्यहरूको बीचमा लोकप्रिय भएको छ र विद्रोहको विहान जोली, लेगल र ग्रान्टेयर यहाँ खाजा खाइरहेका छन् । विहानको समय हुनुको बाबजुद तीनै जनाले धेरै मदिरापान गरे । ग्रान्टेयर विशेगरी नसामा छ, ऊ महिलाहरूको चन्चलता, ईश्वरको असफलता र कुनै पनि सच्चा परिवर्तनको असंभवताको बारेमा एक जोडदार भाषण शुरु गर्दछ ।

अचानक एउटा सडकमा रहने युवाले एन्जोलरासको एउटा सानो सन्देश लिएर आउँछ । जोली, लेगलले यसलाई हतियारको लागि एक आव्हानको रूपमा बुझ्छन्; विद्रोह शुरु भइसकेको छ, र उनीहरूले अब साथीहरूसँग सहभागी हुनुपर्छ । ग्रान्टेयर मदिरा पिएपछि ब्रान्डी, स्टाउट र एब्सिन्थको शक्तिशाली मिश्रण पिउन लाग्छ । झ्यालबाट लेगल र जोलीले एनजोलरासलाई देखे र उनीहरूले यो सडकमा ब्यारिकेड बनाउने सुझाब दिए : यो साँघुरो छ र सजिलैसँग बचाउ गर्न सकिन्छ । यसले मधुशाला र त्यसको सम्पूर्ण मदिरासम्म सहज पहुँच पनि प्रदान गर्छ । अब विद्रोहीले कारतुस बाँड्दै, पट्टी तयार गर्दै र यस्तै गरी छिट्टै युद्धको तयारी गर्छन् । ग्रान्टेयर मदिरा पिउन र लामा-लामा शून्यवादी व्याख्यान दिने काम जारी राख्छ । शुद्धतावादी एन्जोलरास क्रान्तिप्रति ग्रान्टेयरको अनादरबाट निराश छ र उसलाई यहाँबाट जान तथा नशाबाट मुक्त हुनको लागि सुत्न भन्छ । ग्रान्टेयर यो कठोर गालीबाट स्तब्ध हुन्छ; उसले एन्जोलरास समक्ष ब्यारिकेडमै सुत्न र आवश्यक परेको खण्डमा मर्न पाउँ भनेर अनुरोध गर्छ । एन्जोलरास तिरस्कारपूर्ण उत्तर दिन्छ, जसबाट ग्रान्टेयर विश्वास गर्न, सोच्न वा यहाँसम्म कि बाँच्न वा मर्न पनि असमर्थ छ । आफ्ना मित्रहरूको क्रूर शब्दबाट दुःखी र गहिरो नशामा ग्रान्टेयर बेहोस हुन्छ ।

पचासभन्दा बढी मानिसले ब्यारिकेडलाई नियन्त्रण गर्छन्, जसलाई धरातलका ढुङ्गा, कब्जा भएको गाडी र अन्य कुडाकर्कटद्वारा बलियो बनाइएको छ । गेभरोचे यताउता दौडिन्छ, गाउँछ र आफ्नो चन्चल अन्दाजमा रक्षकहरूलाई उक्साउँछ । अचानक, उसले समूह पछाडि लुकेको एउटा मानिसलाई समाउँछ । ऊ तुरुन्त एनजोलरासकोमा जान्छ र उसलाई भन्छ, यो मानिस जासूस हो । गेभरोचेले उसलाई चिन्छ, किनकि ऊ प्रायः पेरिसका सडका बच्चाहरूलाई गिरफ्तार गर्छ । क्रोधित भएर एनजोलरासले त्यो मानिससँग सोधपुछ गर्छ । उसका पुलिस कागजात छिट्टै भेटिन्छन् र एनजोलरासले उसलाई खम्बामा बाँधिदिन्छ । पछि एनजोलरासले जासुसलाई उसको नाम सोध्छ । जासूसले आफ्नो नाम जाभेर्ट बताउँछ ।

विद्रोहीहरू सम्मान संहिताबिना अगाडि बढेका छैनन्, न उनीहरू सबै असल नियतका नै छन् । क्रान्तिकारीहरुमध्ये एउटा ले-केबुकले एक उच्च भवन स्नाइपर्सको लागि एक स्पष्टसँग हेर्ने ठाउँ हुनुपर्छ भन्ने कुरा तय गर्छ; यद्यपि भवनको मालिकले उसलाई भित्र जान दिंदैन । ले-केबुकले ढोका फोरिदिन्छ र बुढो मानिसलाई मारिदिन्छ । रिसमा एन्जोलरासले ले-केबुकलाई आफ्ना घुँडा टेकेर उभिन लायो र उसको टाउकाका बन्दुक तेर्स्यायो । एन्जोलरासले बतायो, हामी एक उत्कृष्ट र धेरै न्यायपूर्ण संसारको लडिरहेका छौं, हामीले जे गरिरहेका छौं, त्यसमा पछुतो छ तर यो आवश्यक छ । त्यसपछि उसले ले-केबुकलाई गोली हान्यो । बिद्रोही स्तब्ध हुन्छन् र घटनाहरूको यो मोडबाट निस्किन्छन् । ठीक त्यही बेला कोर्टफेयरेकले रहस्यमय युवक फर्किएको कुरा सूचित गर्छ, जसले त्यो बिहान मारियसको बारेमा सोधेको थियो ।

मारियस खतराको परवाह नगरीकन पूरै शहरभरी घुम्छ र आफ्नो अर्को कदमको बारेमा सोच्छ । ऊ अब जिउन चाहँदैन; उसलाई लाग्छ, बगैंचामा उसले सुनेको आवाज एक दिव्य आवाज थियो, जसले उसलाई रुए डे ला चेनभरेरी मा आफ्ना साथीहरूसँग सहभागी हुनका लागि भनिरहेको थियो । यद्यपि क्रान्तिमा सहभागी हुनु सही काम हो वा होइन भन्ने कुरा उसलाई थाहा छैन । ऊ फ्रान्सको रक्षाको लागि युद्ध लडेका आफ्ना पिताको बारेमा सोच्छ । त्यससपछि उसले सोच्छ, आफ्ना पिताले मारियस फ्रान्सेली गृहयुद्धमा सहभागी भइरहेको छ भन्ने थाहा पाए भने के ठान्छन् होला । तर मारियसलाई विद्रोहको हिस्सा बन्नु नयाँ युगको शुरुवात गर्ने एकमात्र तरीका हो भन्ने कुरा पनि थाहा छ; यस कार्यमा उसको पितालाई गर्व हुनेछ । अब मारियसले स्वयंलाई ब्यारिकेडको धेरै नजिक पाउँछ, जहाँ उसका साथीहरू लडिरहेका छन् । ऊ बस्छ र सोच्न थाल्छ । अचानक मारियसलाई के महसुस हुन्छ भने हरेक युद्ध गृहयुद्ध नै हो, किनकि सबै मानिस दाजुभाइ हुन् । युद्ध सदैव क्रूर र भयानक हुन्छ तर यसको औचित्य आदर्शहरूलाई बचाउनु हो । मारियसलाई आफूले लड्नैपर्छ भन्ने महसुस हुन्छ, किनकि यो युद्ध स्वतन्त्रता र समानताको आदर्शबारेमा हुन्छ । यस बीचमा पेरिश शहरमा गरीबहरू उठेका छन् र लडिरहेका छन् । विद्रोह फैलिइरहेको छ । विद्रोही ब्यारिकेडको छायाँमा बेचैनीपूर्वक बसेका छन्, प्रतीक्षा गरिरहेका छन् । गेभरोचेको चन्चल आवाज एउटा सानो गीत गाउँदै र उनीहरूको उत्साहलाई हल्का बनाउँदै हावामा उठ्छ । सानो बच्चा खुशी छ, किनकि अब ऊसँग आफ्नो दुःखको बन्दुक छ । अचानक, उसको आवाज गम्भीर हुन्छ र उसले रक्षकहरूलाई चेतावनी दिन्छ, नेशनल गार्ड र सेना ब्यारिकेटमा विद्रोहीहरूको सामना गर्नको लागि आइरहेका छन् । विद्रोहीले ब्यारिकेडमा आफ्नो स्थिति सम्हाल्छन् । छिट्टै बुटको आवाज सुनिन्छ र एउटा आवाज भन्छ, त्यहाँ को छ ? एन्जोलरासले जवाफ दिन्छ – फ्रान्सेली क्रान्ति ।

सेनाले ब्यारिकेडमा गोली चलाउँछन्; यो तोपखानाको भारी गोलाबारीबाट डग्मगाउँछ । धूलो सफा भएर घाइतेहरूलाई लगिसकेपछि ब्यारिकेडमाथिको क्रान्तिको प्रतीक लाल झण्डा ढालिएको कुरा विद्रोहीहरूलाई थाहा हुन्छ । उनीहरू प्रतीकात्मकताबाट निराश हुन्छन् । एन्जोलरासले स्वयंसेवकहरूलाई झण्डा पुनः ब्यारिकेडको शीर्ष स्थानमा लगाउन बोलाउँछ, यो एक आत्मघाती मिशन हो । तर कोही पनि अगाडि आउँदैनन् । अचानक एउटा मान्छेको आवाज सुनिन्छ – यो मोन्शियर माबेफको आवाज हो र ऊ झण्डा पुनः लगाउनको लागि स्वेच्छापूर्वक अगाडि बढ्छ । विद्रोहीहरूको समूहले माबेफलाई बाटो छोड्छन्, उनीहरू उसको सहासबाट दङ्ग हुन्छन् । भयभीत शान्त वातावरणमा माबेफ ब्यारिकेडमा चढ्छ; बुजुर्ग तर उग्र ऊ फ्रान्सेली क्रान्तिको अवतार जस्तै लाग्छ । उसले झण्डालाई पुनः ब्यारिकेडमा राख्छ र गोलीको वर्षा हुनुभन्दा पहिले चिच्याउँछ, गणतन्त्र अमर रहोस् ! विद्रोहीले माबेफको शवलाई मशुशालामा लैजान्छन् र उसलाई शहीदको मान्यता दिन्छन् । यता सेना यो क्षणिक व्याकुलताको फाइदा उठाएर ब्यारिकेडमाथि चढ्छन् र विद्रोहीहरूमाथि आक्रमण गर्दछन् । गेभरोचे र कोर्टफेयरेक दुश्मन सैनिकहरूबाट घेरिन्छन् र उनीहरू यो स्थितिबाट जीवित बच्नु असंभव छ । अचानक, गेभरोचेलाई आक्रमणकारीको गोली लाग्छ र कोर्टफेयरेकको छातीमा पनि गोली लाग्छ । अब मारियस आफ्ना साथीहरूसँग उनीहरूको अन्तिम संघर्षमा सहभागी हुन आएको छ ।

मारियस आफ्नो सुरक्षाप्रति लापरवाही गरिरहेको छ र एउटा सैनिकले उसको पिठ्यूमा निशाना साध्छ । यद्यपि कसैले बन्दुको मुखमा हात राख्छ, जसको कारणले गर्दा गोलीको दिशा बदलिन्छ तर त्यो मरणासन्न रूपमा घाइते हुन्छ । मारियसले रिसमा एउटा बारुदको थुप्रोमा मशाल राख्छ र सम्पूर्ण ब्यारिकेडलाई उडाइदिने धम्की दिन्छ । झस्किएका र डराएका सेना हतारिएर पछाडि हट्छन् । विद्रोहीहरूले मारियसको सहासको उत्सव मनाउँछन् । एक भयानक ध्वनीबाट खुशी शान्त हुन्छ । विद्रोहीहरूले एबीसी समाजको सदस्य कवि जीन प्रोभेयर बेपत्ता भएको र उसलाई सेनाले पक्रिएको थाहा पाउँछन् । अध्यारामा उनीहरूले उसलाई गोली हानेर सधैंको लागि शान्त बनाउनुभन्दा पहिले चिच्याउँदै गरेको सुन्छन् – फ्रान्स जिन्दावाद ! भविष्य जिन्दावाद !!

एक पलको दुःखपछि मारियसले रुए मोन्डेटोरसँगै ब्यारिकेडको निरीक्षण गर्ने निर्णय गर्‍यो । उसलाई यसको प्रयोग कुनै आश्चर्यजनक आक्रमणमा गर्न सकिन्छ भन्ने डर थियो । एउटा सानो आवाजले उसलाई पुकार्दछ – यो त्यही युवक हो, जसले कोर्टफेयरकलाई त्यो विहान मारियस कहाँ छ भनेर सोधेको थियो । यो भेषमा एपोनिन छिन् र उनी मरिरहेकी छिन् । उनैले मारियसको ज्यान बचाउनको लागि सैनिकको बन्दुको सामुन्ने आफ्नो हात राखेकी थिइन् । गोलीले उनको हातलाई मात्र ध्वस्त बनाएन, उनको पेटमा पनि गोली लाग्यो । मारियसले उनको टाउको आफ्नो काखमा लिन्छ । अब उनले भन्छिन्, बगैंचामा बोलाउने र ब्यारिकेडमा बाहिर निकाल्ने म नै थिएँ । फेरि उनले भन्छिन्, म गेभरोचेकी बहिनी हुँ र मसँग मारियसको लागि कोसेटको एउटा पत्र छ । आफ्नो अन्तिम साससँगै उनी मुस्कुराउँछिन् र चन्चलतापूर्वक मारियसलाई भन्छिन्, म तिमीलाई थोरै प्रेम गर्छु । मारियसले उनलाई आराम गर्नको लागि सुताउँछ । उसले मधुशालाबाट फर्किंदा उनले उसलाई दिएको पत्र पढ्छ । यो कोसेटको एक नोट हो, जसले उसलाई रुए प्लूमेटको आसन्न प्रस्थानको सूचना दिन्छ । मारियस अझै पनि उनले प्रेम गरेकोमा खुशी छ तर उनलाई कहिल्यै देख्न नपाउने कुराले ऊ निराश छ ।

जीन भाल्जीन डेल होम आर्मीको अर्को एपार्टमेन्टमा सरेको छ । त्यो एक महत्त्वहीन र अलगथलग छिमेक भएको ठाउँ हो । निराशाले ग्रस्त कोसेट दुःखी भएर यसलाई स्वीकार गर्छिन्, यद्यपि उनले केही पनि खान मान्दिनन् र आफ्नो कोठामै बसिरहन्छिन् । भाल्जीन कोसेटको असामान्य व्यवहारबाट हैरान हुन्छ । ऊ इङ्ल्याण्डमा उनको कदमको बारेमा आशावादी छ । अन्ततः ऊ फ्रान्सेली अधिकारीहरूको पहुँचबाट बाहिर हुनेछ र एक पूर्व अपराधीको रूपमा उसको अतीतले अब अर्थ राख्दैन । यद्यपि संयोगवश उसले कोसेटको एक कागज दर्पणमा देख्छ, जुन उनको लेखनको हिस्सा हो । कागजको रेकर्ड दर्पणमा प्रतिबम्बित भएपछि सामान्य तरीकाले पढ्न सकिन्छ । भयभीत भाल्जीन मारियस र कोसेटको अमर प्रेमको घोषणालाई पढ्छ । पहिले त भाल्जीनले देखिरहेको कुरालाई अस्वीकार गर्छ तर उसले वास्तविकता थाहा पाउँछ । भाल्जीनले आफ्नो जीवनमा कयौं पीडा झेलेको छ तर कसैको प्रिय गुमाउनु सबभन्दा ठूलो पीडा हो । प्रेम धेरै मानिसको बीचमा बाँडिएपछि यो धेरै जटिल हुन्छ तर आफ्नो सम्पूर्ण जीवनमा भाल्जीनसँग केवल कोसेट मात्र थिइन्, जसलाई उसले अपार स्नेह गर्थ्यो, उसको सम्पूर्ण स्नेह उनैमाथि केन्द्रित थियो । कुनै अपरिचितद्वारा उनको प्रेममाथि कब्जा गरेर उनलाई खोस्ने संभावनाले भाल्जीनलाई निराशा र ईर्ष्याले पागल बनाइदिन्छ । स्तब्ध भएर ऊ यो अपुरणीय क्षतिमाथि विचार गर्नको लागि आफ्नो ढोकाको सँघारमा बस्छ । यहाँ उसले गेभरोचेलाई भेट्छ । भाल्जिनलाई तुरुन्तै त्यो सानो केटो मन पर्छ । गेभरोचेले आफूसँग कोसेटको लागि एक पत्र भएको कुरा गर्छ र भाल्जीनले त्यो कोसेटलाई पुर्‍याइदिने कुरा गर्छ । छिट्टै ब्यारिकेडमा फर्किन उत्सुक सानो केटाले भाल्जीनलाई पत्र दिन्छ । अब भाल्जीनले मारियसद्वारा कोसेटलाई लेखिएको पत्र पढ्छ । त्यसमा लेखिएको छ – ‘म मरिरहेको छु; तिमीले यो पत्र पढेपछि मेरो आत्मा तिमीसँगै हुनेछ ।’ भाल्जीन परस्परविरोधी भावनाको चक्रमा फस्दछ । पहिलो भावना खुशीको एक कुरूप भावना हो, अपरिचितले कोसेटलाई खोस्नुको सट्टा मर्नेछ भन्ने उल्लास । यद्यपि भाल्जीन आफ्नो जिन्दगीको यात्रामा यति टाढा आइसकेको छ कि यस्तो दुष्ट भावनाको अगाडि झुक्नु उसको लागि संभव छैन । एक घण्टापछि ऊ आफ्नो नेसनल गार्डको युनिफर्म लाएर एपार्टमेन्ट बाहिर निक्लिन्छ ।

भाग पाँच

ब्यारिकेडमा आक्रमणको पहिलो लहर पछाडि हट्छ र रक्षकले संरचनालाई बलियो बनाउँछन् । उनीहरूको खाना सकिइसकेको छ र एन्जोलरास उनीहरूलाई मदिरा पिउन निषेध गर्दछ, ताकि उनीहरू नशामा नहोऊन् । बिहान हुँदै गएपछि क्रान्तिकारीहरू जीवन, प्रेम र राजनीतिको बारेमा एकसाथ कुरा गर्छन् । यद्यपि एन्जोलरासले नराम्रो खबर ल्याउँछ र जसले यो शान्तिलाई भङ्ग गरिदिन्छ – एउटा विशाल बल ब्यारिकेडलाई दबाउनको लागि आइरहेको छ । मामिलालाई खराब बनाउनको लागि केही छिटपुट घटनापछि जनता विद्रोहमा सामेल भएनन्, बरु क्रान्तिकारीहरूको विरुद्धमा आफ्नो ढोका बन्द गरे । ब्यारिकेडका रक्षक मर्नको लागि तयार छन् तर उनीहरु निराश छैनन् । एन्जोलरासले ब्यारिकेडलाई छोडेर आफ्नो परिवारमा फर्किन चाहने कुनै पनि व्यक्तिलाई मौका दिन्छ । कोही पनि पछाडि हट्दैनन् । यसपछि एन्जोलसारले मृत अधिकारीबाट कब्जा गरिएको चार नेसनल गार्डका बर्दी निकाल्छ । विद्रोहीहरूले यी बर्दी लाउन सक्छन् र कसैलाई थाहै नदिई ब्यारिकेडबाट भाग्न सक्छन् । साहसपूर्वक सबै रक्षक ब्यारिकेड छोड्नलाई अस्वीकार गरिरहन्छन् । कोम्बेफेयरले ती पुरुषहरूको स्वार्थतिर संकेत गर्दछ, जसको परिवारले आफ्ना पत्नी र बच्चाहरूलाई स्वयंको लागि छोडिदिन्छन् – विधुवा पत्नी र छोरीहरू वेश्यवृत्ति, आत्महत्या गर्ने पेशाको साहरा लिन्छन्, र बच्चा भयानक भोकले पीडित हुन्छन् । उसले अन्ततः आश्रितहरूसँग पाँच पुरुषहरूलाई अलग गर्छ । अफसोस, केवल चार बर्दी मात्र छन् । के गर्ने भन्ने कुरामा बहस चलिरहेको बेलामा पाँचौं बर्दी थुप्रोमा खस्छ । जीन भाल्जीन आएको छ र उसले आफ्नो नेसनल गार्डको बर्दी पेश गर्छ । परिवारका मानिसले सफलतापूर्वक ब्यारिकेड छोडिदिन्छन् र भाल्जीनलाई रक्षकहरूको पङ्क्तिमा स्वागत गरिन्छ । मारियस थकावट र चिन्ताले धेरै विचलित भएको छ । ऊ कोसेटको पिताको आगमनलाई जटिल रूपमा सूचित गर्छ । एन्जोलरासले आफ्ना मानिसहरूलाई भविष्यको बारेमा एक उत्साहजनक भाषणसहित प्रेरित गर्दछ, जसको विशेषता स्वतन्त्रता, न्याय र समानता हुनेछ । ब्यारिकेडका रक्षकहरूको मृत्युले यो शानदार भविष्य आउने कुरालाई तीव्र बनाइदिनेछ । अचानक, एन्जोलरासलाई खम्बामा बाँधेको जाभेर्टको स्मरण हुन्छ । उसले जाभेर्टलाई थोरै पानी दिन्छ; पुलिस अधिकारी आफ्नो खतर्नाक स्थिति र आसन्न मृत्युबाट विचलित हुँदैन । उसको धैर्य त्यतिखेर भङ्ग हुन्छ, जतिखेर उसले कोठामा भाल्जीनलाई देख्छ, जसलाई उसले चिन्दछ ।

बिहानीले एक भयानक युद्धको शुरुवातलाई चित्रित गर्दछ । रक्षकहरूको संख्या नयाँ सेनाभन्दा अति धेरै छ । उनीहरू ब्यारिकेडलाई तोड्नको लागि तोप लिएर आएका छन् । गेभरोचे क्रान्तिकारीहरूको खुशी र मारियसको निराशाको लागि फर्किएर आउँछ । उसले उसको ज्यान बचाएको आशा गरेको थियो । युद्ध नाटकीय र भयङ्कर छ । कट्टरपन्थी एन्जोलरासमा पनि एउटा युवा बन्दुकधारीलाई गोली हान्नुपरेपछि शंकाको एक क्षण आउँछ; त्यो व्यक्ति फ्रान्समा रहने उसको धर्मभाइ हुन्छ । तर पनि एन्जोलरास क्रान्तिको लागि आफ्नो कर्तव्य निभाउँछ र त्यो व्यक्तिलाई मारिदिन्छ । यही बीचमा भाल्जीन क्रान्तिकारीहरूको लागि अझ प्रिय हुन्छ, किनकि उसले तोपको आगोको विरुद्धमा ब्यारिकेडलाई बलियो बनाउनको लागि एउटा गद्दा फिर्ता ल्याउन गोलीको वर्षाको सामना गर्छ । तिनीहरूले भाल्जीनको यति सम्मान गर्छन् कि उनीहरूले सैनिकहरूको हेलमेटमा गोली हान्ने उसको विचित्र आदतलाई सहन गर्छन्, ताकि यसले उनीहरूलाई मार्न नसकोस्, बरु तिनीहरूलाई युद्धको मैदान बाहिर गरिदियोस् ।

पेरिसको दोस्रो शान्तिको हिस्सामा कोसेट मारिसयको बारेमा देखेको एक सपनामा जाग्छिन् । उनलाई मारियस भेट्न आउँछ भन्ने आशा छ तर उसको कुनै ठेगान छैन । उनलाई उसले पठाएको एउटा पत्र पनि भाल्जीनले लियो । उनी निराश भएर रुन्छिन् । टाढाबाट तोपहरूको आवाज आउँछ, जुन उनको झ्याल नजिक गुँड बनाउने पक्षीको मधुर ध्वनिसँग आएर मिसिन्छ । यही बीचमा ब्यारिकेडमा स्थिति भयावह हुन्छ । क्रान्तिकारीहरूसँग धेरै कम गोली बचेका छन् र सेनाले अगाडि बढ्ने काम जारी राखेको छ । गेभरोचे ब्यारिकेड र सेनाको बीचको क्षेत्रमा फ्याँकिएका गोलीहरू जम्मा गरेर स्थितिलाई सुधार्ने निर्णय गर्छ । सैनिकहरूले ऊमाथि गोली चलाउँछन् तर उसले एक सानो भँगेरो जसरी गोलीहरूलाई चक्मा दिन्छ, र सबै समय एउटा सानो गीत गाइरहन्छ । यद्यपि, गोलीले अन्ततः आफ्नो लक्ष्य पाउँछ र गेभरोचेको मृत्यु हुन्छ । गेभरोचेको वीरतापूर्ण मृत्यु भएको बेला उसले बचाएका उसका दुई भाइ भोकै र दरिद्र अवस्थामा लक्जेम्बर्गको बगैंचामा भट्किरहेका थिए । एउटा पूँजीपति व्यक्ति तथा उसको छोरो पनि बगैंचामा टहलिरहेका थिए र फाटेका लुगा लाएका बच्चाहरूलाई तिरस्कारको दृष्टिले हेरिरहेका थिए । पूँजीपतिको छोरोले आफ्नो पेस्ट्री नखाने निर्णय गर्छ, त्यसकारण उसको पिताले उसलाई त्यो हाँसलाई खुवाउने सल्लाह दिन्छ र भन्छ – जनावरप्रति दया देखाउनु राम्रो हुन्छ । ती दुवैजना हिडेपछि साना केटाहरूमध्ये एउटाले तलाउबाट भिजेको पेस्ट्री निकाल्छ र आफ्नो भाइसँगै बाँडेर खान्छ ।

आक्रमण शुरु हुनुभन्दा पहिले रक्षकहरूसँग तयारीको लागि धेरै कम समय हुन्छ । एन्जोलरास जासूस जाभेर्टलाई मार्ने समय आएको कुरा तय गर्छ । भाल्जीनले यो कार्य सम्पन्न गर्ने उत्तरदायित्व लिन्छ । उसले जाभेर्टलाई मधुशाला बाहिर र अर्को रक्षकबाट टाढा लैजान्छ तर उसलाई गोली हान्नुको सट्टा उसले चक्कुले जाभेर्टको बन्धन काटिदिन्छ र उसलाई स्वतन्त्र छोडिदिन्छ । यति मात्र होइन भाल्जीनले वर्षौंदेखि आफूलाई खोजिरहेको जाभेर्टलाई आफ्नो नाम र ठेगाना पनि दिन्छ । जाभेर्ट पूर्ण रूपले स्तब्ध हुन्छ र अध्यारोमा भाग्छ । भाल्जीनले एबीसी समाजका बाँकी सदस्यहरूबाट आफ्नो दयाको कृत्य लुकाउनको लागि हावामा पेस्तोल चलाउँछ ।
सेनाले ब्यारिकेडमा एउटा ठूलो आक्रमण गर्छन्, त्यसकारण क्रान्तिकारीहरूले आफ्नो बहादुरीको बाबजुद कोरिन्थ मधुशालामा शरण लिन बाध्य हुनुपर्छ । एबीसी समाजका कयौं सदस्यहरूसहित धेरै मानिस मारिन्छन् । मारियस धेरै घाउसहित ढल्छ, तर एउटा शक्तिशाली हातले उसलाई उठाउँछ । एन्जोलरास मदिरा दोकानको कुनामा अन्तिम पटक उभिन्छ । उसका हतियार छैनन्, उसले आफ्ना पाखुरा मोड्यो र आक्रमणकारीहरूको शान्तिपूर्वक सामना गर्‍यो । आक्रमणकारी उसको काल्पनिक रूपलाई देखेर आश्चर्यचकित हुन्छन् । यो अप्रत्याशित मौनताको असर ग्रान्टेयरलाई जगाउने कार्यमा पर्छ, ऊ अझै पनि एउटा कुनामा मदिराको नशामा चूर छ । ग्रान्टेयरले सम्पूर्ण स्थितिलाई बुझ्छ, त्यसपछि एन्जोलरासको निकट जान्छ । दुवैले हात मिलाउँछन् । ‘गणतन्त्र जिन्दावाद ! एकै पत्थरले दुई पक्षीलाई मारौं ।’ ग्रान्टेयरले सैनिकहरूलाई चुनौतीपूर्ण स्वरमा भन्यो । दुवै साथीले एकसाथ फाइरिङ स्क्वायडको सामना गर्छन् र बहादुरीपूर्वक मर्छन् । सेनाले बाँकी विद्रोहीहरूलाई लखेट्छन् र युद्ध समाप्त हुन्छ ।

दुई जना बचेका हुन्छन् । भाल्जीनले मारियसलाई घाउसहित लडेको देख्छ, त्यसपछि उसले मारियसलाई उठाउँछ । भाल्जीन मदिरा दोकानबाट भाग्छ तर उसले स्वयंलाई फसेको अवस्थामा पाउँछ, पछि मृतअन्त र सामुन्ने सेना हुन्छ । छिट्टै सोच्ने क्रममा, उसले ढल प्रवेशद्वारलाई ढाक्ने एउटा फलामको जालीलाई देख्छ । त्यसपछि आफ्नो प्रबल शक्तिसहित उसले यो जाली उठाउँछ र मारियससँगै ढलमा शरण लिन्छ । जीन भाल्जीनले मारियसलाई आफ्नो पिठ्यूमा लिइरहेको छ, ऊसँग यस्ता चीजहरूको बारेमा विचार गर्ने धेरै कम समय छ । घोर अन्धकारसँगै ऊ माथिको दङ्गाबाट टाढा लैजाने एक निकाशको खोजीमा विस्तारै अगाडि बढ्छ । यद्यपि ऊ भोक र प्यासले पीडित छ, यो दुर्गन्धित अन्धकारमय आतङ्कको त उल्लेख गर्नै सकिंदैन तर ऊ अगाडि बढिरहन्छ । अचानक भाल्जिनले यो घोर अन्धकारमा उभन्दा धेरै टाढा हल्का प्रकाश देख्छ । यो पुलिस गस्ती दलको लालटिन हो, जसले भागेका विद्रोहीहरूलाई ढलमा खोजिरहेको छ । अब भाल्जीनले स्वयंलाई एउटा पखार्लमा टाँसिदिन्छ, उसलाई पक्राउ हुने वा नहुने कुराको कुनै निश्चितता छैन । प्रकाश फिका हुँदै जान्छ । पुलिस अन्य ठाउँमा पनि स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रतिबद्ध हुन्छन् । सीन नदीको किनारामा एउटा पुलिस नदी किनाराको झाडीको थुप्रोमा अपराधी बेपत्ता नहुन्जेलसम्म एउटा चोरको पीछा गर्दछ । चोर ढलको जालीमा बेपत्ता हुन्छ र एक धैर्यवान शिकारी कुकुर जसरी पुलिस प्रतीक्षा गर्नलाई बस्छ ।

भाल्जीन खतरामुक्त छैन । ऊ ढल हुँदै अगाडि बढ्छ, दुर्गन्धको बाक्लो तहले उसका खुट्टा चुस्छन् र उसलाई तलतर तान्छन् । घण्टौं बित्छ । मारियसको शरीर एक जटिल बोझ बन्छ तर भाल्जीन स्वयं भने यो युवकलाई छोड्न सक्दैन, जसलाई कोसेटले प्रेम गर्छिन् । भाल्जीनले युवकको गोजीमा मारियसको हजुरबाको लागि एउटा नोट पनि प्राप्त गर्छ, जसमा पत्र पढ्ने व्यक्तिले उसको शरीरलाई हजुरबा गिलेर्नोमन्डकोमा लगिदिनु भनिएको छ । भाल्जीन ढलबाट अगाडि बढ्दै जान्छ । उसलाई लाग्छ, भयानक रूपमा उसको खुट्टा मुनिबाट बेपत्ता भएको छ र ऊ गर्दनसम्म फोहोरमा धसिएको छ । उसले मारियसलाई आफ्नो टाउकोमाथि उठाउन बाध्य हुनुपर्छ । अब भाल्जीनलाई आफू मर्दैछु भन्ने स्पष्ट भएको छ र उसले आफ्ना विचारलाई अदृश्य शक्तितिर मोडिदिन्छ, त्यसपछि उसले आफ्नो खुट्टा ठोस जमिनमा पाउँछ । थोरै टाढा अगाडि भाल्जीनले प्रकाशको एउटा झ्याल देख्छ । यो ढलको एक जाली हुन्छ । त्यो दङ्गाको उथलपुथलबाट टाढा छ । जाली बन्द भएको थाहा पाएपछि भाल्जीनको खुशी तुरुन्तै डरमा परिणत हुन्छ । निराश र हताशापूर्वक भाल्जिन के महसुस गर्छ भने उसले यो लामो र जटिल यात्रा केवल अध्यारामा एक्लै मर्नका लागि तय गरेको हो । यही बेला भाल्जीनले आफ्नो काँधमा हातले समाएको जस्तो महसुस हुन्छ । यो एक चोर हो, जसलाई ऊ थेनार्डियरको रूपमा चिन्छ । ‘बाँडौं र समान रूपमा साझा गरौं ।’ अपराधीले भन्छ । उसले एउटा मास्टर साँचो देखाउँछ, जसले पेरिसका सबै ढलको जाली खोल्न सक्छ । उसले भाल्जीन एक हत्यारा हो र मारियस उसको शिकार हो भन्ने ठान्छ । थेनार्डियरले त्यो मानिससँग पैसाको आधा हिस्सा माग्छ । भाल्जीनले उसलाई आफ्नो गोजीमा राखेको तीस फ्र्यान्क दिन्छ र थेनार्डियरले केही निराशासहित यसलाई स्वीकार्छ । तर थेनार्डियरले भाल्जीनको क्षणिक ध्यान भङ्गको फाइदा उठाउँदै उसको कपडाको एउटा टुक्रा च्यातिदिन्छ । ऊ सोच्छ – यसबाट पछि त्यो व्यक्तिलाई चिन्नमा सहयोग मिल्छ ।

ढल खुल्छ र भाल्जीन मुक्त हुन्छ । थेनार्डियर अध्यारोमा बेपत्ता हुन्छ तर भाल्जीन एक क्षण किनारामा पल्टिन्छ । उसको छेउमा मारियसको लङ्गगो रूप हुन्छ, जसले गहिरो खुशीको अनुभव गर्छ । अचानक उसले नजिकै एक रूप देख्छ । यो जाभेर्ट हो, जसले उसको पीछा गरिरहेको छ । जाभेर्टको ध्यान भङ्ग गर्न र स्वतन्त्रतापूर्वक भाग्नको लागि थेनार्डियरले भाल्जीनलाई ढलबाट बाहिर निकालिदिन्छ । भाल्जीनले गिरफ्तारीको विरोध गर्दैन, बरु केवल मारियसलाई उसको हजुरबाकोमा पुर्‍याउनको लागि अनुमति दिइयोस् भन्ने माग गर्छ । ब्यारिकेडमा भाल्जीनद्वारा उसप्रति देखाइएको दयाको स्मरण गर्दै जाभेर्ट सहमत हुन्छ, यहाँसम्म कि उसलाई त्यहाँसम्म पुर्‍याउनको लागि गाडीको भाडा पनि दिन्छ । उनीहरू साँझको बेला गिलेनोर्मेन्डको निवासमा पुग्छन् र भाल्जीनले मारियसलाई माथि ल्याउँछ । सबै सुतिरहेका छन् तर नोकरहरू जाग्छन् र एक भयानक दृश्य देख्छन् – मारियसको रगतले लत्पतिएको गतिहीन शरीर । नोकरहरूले एक क्याम्प बेड तयार गरे र डाक्टरलाई बोलाए । डाक्टर मारियसको बच्ने संभावनाको बारेमा आशावादी थिएनन् । गिलेनोर्मेन्ड अब हल्लाखल्लाबाट जाग्यो र मारियसलाई देखेर दुःख एवम् निराशाले भरियो । ऊ आफ्नो नातिको मृत्युबाट ब्याकुल छ र यो घटना हुँदा उनीहरू अलग भएकोमा दुःखी छ । ऊ एक बच्चाको रूपमा मारियसलाई सम्झिन्छ र मारियसलाई ऊभन्दा पहिले नै अन्तेष्टि गरिनेछ भनेर विलाप गर्छ । यही बेलामा अचानक मारिसयले आफ्ना आँखा खोल्यो र गिलेनोर्मेन्ड बेहोस भयो ।

भाल्जीन चुपचाप जाभेर्टसँगै गयो । भाल्जीनले सुस्तरी एउटा अर्को अनुग्रह गर्दछ – ऊ रुए डेल होम आर्मीमा रोकिएर कोसेटसँग बिदाई माग्न चाहन्छ । जाभेर्टले उसको इच्छा पूरा गरिदिन्छ । भाल्जीनलाई आश्चर्य लाग्छ, किनकि जाभेर्टले उसलाई घर जाने र कोसेटलाई एक्लै हेर्ने अनुमति दिन्छ । भाल्जीन एक क्षण सिडीमा रोकिन्छ, कोसेटलाई अन्तिम पटक देख्ने दुःखले पहिले नै भरिन्छ । ऊ झ्यालबाट बाहिर हेर्छ र केवल एक सुनसान सडक मात्र देख्छ । जाभेर्ट गएको छ । जाभेर्ट आफ्नो जीवनमा पहिलो पटक अनिर्णय र सन्देहको चक्रमा फसेको छ । ऊ सीन नदीको किनारामा एक रेलिङमा भौतारिन्छ । उसको दिमाग घुमिरहेको छ । आफ्नो जीवनमा पहिलो पटक उसले भाल्जीनलाई जान दिएर एक पुलिस अधिकारीको रूपमा आफ्नो कर्तव्यमाथि विश्वासघात गरेको छ । यद्यपि भाल्जीनले ब्यारिकेडमा उसको ज्यान उपहार दियो र यो दयापूर्ण कार्यको बदला चुकाउनै पर्छ । जाभेर्टले आफ्नो सम्पूर्ण जीवन सख्त नियम अन्तर्गत गुजारेको थियो तर अब उसको मानसिक कवचमा दरार देखा पर्न लागेका थिए । एउटा अपराधीले सही काम गरेको छ । एउटा पुलिस अधिकारीले एउटा भगौडाको मद्दत गरेर र उसलाई बढाव दिएर कानून भङ्ग गरेको छ । शायद न्यायिक कानून देशको सर्वोच्च कानून होइन । जाभेर्टले यी सबै भयानक विरोधाभासहरूलाई हल गर्न सक्दैन । स्तब्ध जाभेर्ट अन्ततः के गर्ने भन्ने कुरा बुझ्छ । ऊ सीनको पुलिस स्टेशन फर्किन्छ र कैदीहरूको जीवन तथा पुलिस प्रशासनका नियमहरूलाई उत्कृष्ट बनाउको लागि केही सुझाब दिन्छ; जस्तो कि मुद्दाको प्रतीक्षा गरिरहेका कैदीहरूलाई नाङ्गा खुट्टामा जमिनमा बस्नको लागि बाध्य गरिन्छ, जाभेर्टले उनीहरूलाई आफ्नो जुत्ता राख्ने अनुमति दिनुपर्छ भन्ने सुझाब दिन्छ । जाभेर्ट फेरि सीन नदीको रेलिङमा फर्किन्छ । पानी अन्धकारमा घुम्छ र रात त्यतिखेरसम्म शान्त रहन्छ, जबसम्म यसको छप्ल्याङ्ग आवाजले भङ्ग हुँदैन । त्यसपछि जार्भेटले स्वयंलाई मारिदिन्छ ।

मारियस आफ्ना हजुरबाको घरमा ज्वरोले ग्रस्त भएर लडिरहेको छ, आफ्नो उन्मादमा कोसेटको नाम गुनगुनाइरहेको छ र मोन्शियर गिलेनोर्मेन्ड उसको ओच्छ्यान नजिकै भयानक चिन्ता र प्रेमपूर्ण स्थितिमा छ । घरमा सेतो कपाल भएको र राम्रा कपडा लाएको एउटा आगन्तुक छ, जसले पट्टीको लागि रूई ल्याउँछ । तीन महिनापछि डाक्टरले मारियस खतराभन्दा बाहिर रहेको र बाँच्नसक्ने घोषणा गरे । मारियसको लामो बिमारीले दुई ठूला परिवर्तन भए – मारियसले कुनै पनि राजनीतिक आकाङ्क्षालाई त्यागिदिएको छ र यो कठिन परीक्षाले मारियस तथा उसको हजुबाको बीचमा लामो समयदेखि चल्दै आएको दूरीको अन्त्य गरिएको छ ।
कोसेटको लागि मारियसको प्रेम बदलिएको छैन । आफ्ना हजुरबासँग उसको पुनर्मिलन बूढो मान्छेद्वारा उसलाई कोसेटसँग विवाह गर्नुभन्दा पहिले मनाही गर्नुको कारणले अवरोध भएको थियो । मारियस अब अन्ततः यो बारेमा बूढो मान्छेसँग कुरा गर्छ, विवाह गर्ने आफ्नो योजना घोषणा गर्छ । गिलेनोर्मेन्ड यो जोडीको लागि सहमत हुँदा मारियस झस्किन्छ । यसबाट भावनात्मक हृदयसँग हृदयको कुरा हुन्छ र मारियसले अन्ततः गिलेनोर्मेन्डलाई पिता भन्छ । गिलेनोर्मेन्डले कोसेटसँग भेटघाटको प्रबन्ध गर्छ, कोसेट मारिसलाई देखेर अत्यत्नै खुशी हुन्छिन् । भाल्जीन उनको छेउमा छ, उसको अनुहारमा एक तिक्त तर मिठासपूर्ण मुस्कान छ । दुवै प्रेमी-प्रेमिकाको खुशीपूर्वक पुनर्मिलन हुन्छ । कोसेटले मारियसलाई आफ्नो प्रेमको बारेमा गीतात्मक कुरा गर्छिन् । यहाँसम्म कि गिलेनोर्मेन्ड पनि सुन्दर केटीबाट मोहित हुन्छ । कुनै समारोहबिना नै भाल्जीनले ६००,००० फ्र्याङ्क टेबुलमा राखिदिन्छ र भन्छ – कोसेट धनी छिन्, उनीसँग मारियसको परिवारमा विवाह गर्नको लागि पैसा छ ।

दुई जना बूढा मानिस कोसेट र मारियसको विवाहको योजना बनाउन लाग्छन् । गिलेननोर्मेन्ड विलासिता प्रदान गर्छ । भाल्जीनले धेरै व्यवहारिक चिन्तातिर ध्यान दिन्छ । भाल्जीनले एक काँडाले भरिएको समस्याको सामना गर्छ, त्यो समस्या कोसेटको पितृत्वको हुन्छ । अवैधानिक सम्बन्धको दागले विवाह रोकिन सक्छ । चुपचाप भाल्जीनले कागजी कार्वाही पूरा गर्छ, जसले एउटा अर्को फाउचेलेभेन्ट कोसेटको पिता हो भन्ने दर्शाउँछ । कुनै अर्को समयमा कोसेटलाई भाल्जीन उसको वास्तविक पिता होइन भन्ने कुरा थाहा हुँदा धेरै दुःख हुन्छ । तर वर्तमानमा उनी आफ्नो हुनेवाला विवाहको बारेमा यति धेरै सोचिरहेकी हुन्छिन् कि यो रहस्योदघाटनले उनलाई हैरान बनाउँदैन । विवाहभन्दा पहिलेका दिनहरूमा कोसेट भाल्जीनसँगै मारियसलाई भेट्न दैनिक जान्छिन् । कोसेटका जीवनका दुई मुख्य व्यक्ति एक-अर्कोप्रति उदासीन छन् । भाल्जीन अझै पनि मारियसप्रति केही बेखुशी छ, किनकी उसले कोसेटलाई भाल्जीनबाट खोसेको थियो । मारियसलाई त्यो चीसोपनको स्मरण छ, जससँगै भाल्जीनले ब्यारिकेडमा पुलिसलाई गोली हानेको थियो । यद्यपि भाल्जीनले मारियसलाई स्वतन्त्र गरेको थियो भन्ने कुरा मारियसलाई थाहा छैन ।
मारियस आफ्ना नैतिक कर्तव्यहरूमा व्यस्त हुन्छ । ऊ अझै पनि आफ्ना पितालाई बचाउने थेनार्डियरलाई भुक्तान गर्न चाहन्छ । त्यो व्यक्तिलाई पुरस्कार पनि दिन चाहन्छ, जसले ब्यारिकेडमा उसको ज्यान बचाएको थियो । मारियसले भाल्जीनलाई ब्यारिकेडमा बचाउने व्यक्तिको रूपमा चिन्न सक्दैन । अन्धकार र जमेको माटोको कारण भाल्जीनलाई कसैले पनि चिन्न सकेनन्, यहाँसम्म कि गिलेनोर्मेन्डले पनि चिनेन । भाल्जीनले आफ्नो तर्फबाट ब्यारिकेड ढलेको रातको आफ्नो साहसिक कार्यको बारेमा केही पनि भन्दैन । विवाहको दिन स्पष्ट र नीलो हुन्छ । अफसोस, भाल्जीनले एक दुर्घटनाको दावी गर्छ र भन्छ – म विवाहको कुनै दस्तावेजमा हस्ताक्षर गर्न सक्दिनँ । यो एक चाल हुन्छ, किनकि यदि उसले यी दस्तावेजमा हस्ताक्षर गर्‍यो भने उसले एक अपराध गर्नेछ । विवाह र स्वागत एक खुशीको अवसर हो । फूल र संगीतले घरलाई भरिदिन्छन् । गिलेनोर्मेन्डले विवाहको चमत्कारको बारेमा गीतात्मक रूपले बताउँछ । भाल्जीन कोठाबाट बाहिर निक्लिंदा कसैले पनि संकेत गर्दैन । आफ्नो खाली एपार्टमेन्टमा फर्किएर ऊ एउटा कोठाबाट अर्को कोठामा भड्किइरहन्छ । उसले कालो बच्चाको कपडा निकाल्छ, जुन उसले कोसेटलाई थेनार्डिर्यसबाट बचाउन किनेको थियो । र, त्यसमा आफ्नो अनुहार छोपेर रुन्छ ।

भाल्जीनले कोसेटलाई एक पतिको लागि छोडिदिएको छ, जुन दर्दनाक क्षति हो । योभन्दा पनि धेरै दर्दनाक के छ भने भाल्जीनले उनीहरूको जीवनबाट बेपत्ता हुनुपर्छ, ताकि उनीहरूले आफ्नो खुशीको आनन्द लिन सकून् । उनीहरूको जीवनमा रहिरहनु खुशीयाली युवा जोडीको सामु एक पूर्व अपराधीको रूपमा आफ्नो पहिचान प्रकट गर्नु हुनेछ । यसो नगरीकन उनीहरूसँग आफ्नो सम्बन्ध जारी राख्ने कुरा मुश्किल हुनेछ । यो रहस्यलाई उजागर गर्नबाट कोसेट सधैंको लागि टाढा हुने कुरा पनि संभव छ । भाल्जीनले धेरै कुरा गुमाएको छ र धेरै अवरोधहरूलाई पार गरेको छ । ऊ सोच्छ – एउटा मानिसले कतिसम्म त्याग गर्न सक्छ ?

विवाहको पछिल्लो दिन भाल्जीन मारियस र कोसेटको घरमा जान्छ । मारियसले उसलाई हार्दिकतापूर्वक स्वागत गर्छ तर भाल्जीन गम्भीर बनिरहन्छ । मारियसले भाल्जीनलाई कोसेटसँग आफू धेरै खुशी भएको बारेमा बताउँछ र अर्को मानिसलाई ऊसँग रहनलाई आमन्त्रित गर्छ । भाल्जीनलाई के गर्ने भन्ने कुरा थाहा छ । ऊ एक पूर्व अपराधीको रूपमा आफ्नो स्थितिलाई बुझ्छ । प्रमाणको रूपमा आफ्नो चोटबिनाको दाहिने हात देखाउँछ । उसलाई कहिल्यै चोट लागेन, ऊ केवल दस्तावेजलाई जाली बनाएर कानून भङ्ग गर्ने जोखिम उठाउन सक्दैनथ्यो । ऊ बताउँछ, म कोसेटको पिता होइन, न उनीसँग सम्बन्धित नै छु । मेरो नाम फाउचेलेभेन्ट होइन, बरु जीन भाल्जीन हो । मैले कोसेटलाई उनी अनाथ हुन् भन्ने थाहा पाएपछि धर्मपुत्री बनाएको हो । अझै पनि भाल्जीनले कोसेटको खुशी खतरामा पर्ने कुरा केही गर्दैन । ऊ भन्छ, ६ लाख फ्र्याङ्क कोसेटको लागि एक ट्रस्ट हो, त्यो कसरी आयो भन्ने कुरा महत्त्वहीन हुन्छ ।

मारियस स्तब्ध हुन्छ; भाल्जीनले स्वयंलाई किन यसरी प्रकट गरेको छ ? भाल्जीनले यो इमान्दारिताको मामिला हो भन्ने जवाफ दिन्छ । ऊ कोसेट र मारियससँगै रहन चाहन्छ तर अचानक ऊ विस्फोट हुन्छ, ऊ कहिल्यै यस्तो जीवन जिउन चाहँदैन, ऊ सधैंको लागि सबै मानवजातिबाट अलग भएको छ । भाल्जीन लगातार बरबराइरहन्छ, झुट बोल्नु कति सजिलो हुन्छ, म कति खुशी हुन सक्थे तर म जीवनबाट बहिष्कृत भएको छु । भाल्जीनको कुरा सकिएपछि मारियसले ऊसँग हात मिलाउँछ र आफ्ना हजुरबाको सम्पर्कको प्रयोग गरेर भाल्जीनलाई राहत दिलाउने कुरा गर्छ । कोसेटले ती दुवैको बीचको कुराकानी रोक्छिन् र मजाकपूर्ण ढंगले कुन गम्भीर विषयमा छलफल गरिरहनुभएको छ भन्छिन् । कोसेटको उपस्थितिले भाल्जीनलाई उनीहरू अलग हुने आसन्न संभावनाबाट भयभीत बनाइदिन्छ र ऊ रुन लाग्छ । मारियसले कोसेटलाई कोठा बाहिर लैजान्छ । भाल्जीन यो संभावनाबाट ब्याकुल हुन्छ र ऊसँग कोसेटलाई यो रहस्य नबताउने बाचा गर्छ । यो दयालु कार्यबाट मारियसको दृढ अनुहार कमजोर हुन्छ, यद्यपि ऊ पैसाको लागि भाल्जीनलाई धन्यवाद दिन्छ । भाल्जीनले विनम्रतापूर्वक पुनः कोसेटसँग भेट्ने अनुमति माग्छ । मारियसले शान्त भावले यसो नगर्दा नै उचित हुन्छ भन्ने कुरा गर्छ । भयानक हताशामा भाल्जिनले भन्छ, नौ वर्षसम्म कोसेट धेरै निकट थिइन्, र उनीसँग कहिल्यै भेट्न नआउँदा उनले कति अचम्म मान्छिन् । अन्ततः मारियसले बूढो मान्छेलाई हरेक साँझ कोसेटलाई भेट्ने अनुमति दिन्छ ।

भाल्जीन गएपछि मारियस आफ्ना भावनाहरूको चक्रमा विचार गर्छ । ऊ आफ्नो ससुरालाई सम्मान गर्छ तर मारियस एक पूर्व अपराधीमाथि पूर्ण रूपमा भरोसा गर्न सक्दैन, खासगरी उसलाई भाल्जीनद्वारा ब्यारिकेडमा जाभेर्टको निदर्यतापूर्वक हत्या गरेको कुरा स्मरण हुन्छ । ऊ कोसेट खराब कार्यको बीचमा हुर्किएको कुराले हैरान हुन्छ । यसको अतिरिक्त मारियसलाई त्यो ठूलो रकममा पनि शङ्का हुन्छ, जुन भाल्जीनले उसलाई र कोसेटलाई दिएको छ । मारियस के विश्वास गर्छ भने भाल्जीनले यो रकम प्राप्त गर्नको लागि मोन्शियर मेडेलिन नामक एक व्यवसायीको हत्या गरिदिएको छ । अब उसले भाल्जीनलाई पूर्ण रूपले घृणा गर्ने कुरा महसुस गर्छ । भाल्जीन एक साँझ कोसेटलाई भेट्न आएको बेला तिनीहरू भुईंतलाको एउटा सानो कोठामा दुई जर्जर कुर्सीमा बस्छन्, ताकि भाल्जीनलाई यात्रीहरूको दृष्टिबाट लुकाउन सकियोस् । कोसेट भाल्जीनले धेरै औपचारिक व्यवहार गरेकोले हैरान हुन्छिन् । उसले अभिवादनमा उनलाई चुम्बन गर्दैन र उसले उनलाई नामको सट्टा मेडम भन्छ । उनी उसलाई आफ्नो पुरानो अन्तरङ्ग व्यवहार फिर्ता ल्याउन बिन्ती गर्छिन् तर भाल्जीनले यो अस्वीकार गर्छ । विस्तारै धेरै साँझ बित्दै गएपछि उनी यो अस्वाभाविक परिवर्तनको लागि तयार हुन्छिन् । आफ्नो विवाहित जीवनमा उनीद्वारा बनाइएको नयाँ सामाजिक सम्बन्धले उनलाई पालन गर्ने पिताको लागि पहिले महसुस गरिएको स्नेहलाई टाढा बनाइदिएको छ ।

भाल्जीनप्रति घृणाले भरिएको मारियस यात्रालाई कम गर्न र भाल्जीन धेरै अप्रिय छ भन्ने कुरा देखाउन धेरै काम गर्छ । सबभन्दा पहिले ऊ भाल्जीनको यात्राको अवधिलाई एक घण्टा कम गरिदिन्छ । कोसेट र मारियस यात्रामा निस्किएको बेला कोसेटले एकपटक भेट गर्नबाट चुक्छिन् । त्यसपछि एक चीसो दिनमा आगोलाई नबालीकन छोडिन्छ । आखिरी त्यान्द्रो चीसो र फोहरी कोठाबाट कुर्सी हटाएपछि हुन्छ । भाल्जीन अझै पनि कोसेटको लागि प्रेमले तड्पिन्छ तर उसले बरफिलो स्वागतलाई सहन सक्दैन् । अब उसले युवा जोडीसँग भेट्न आउने काम बन्द गरिदिन्छ । कोसेटले उसको बारेमा सोध्छिन् तर मारियस उनीसँग झुटो बोल्छ र भाल्जीन यात्रा गरिरहेको छ भन्छ । भाल्जीन कुनै दिशा वा प्रेमबिना निश्तेज हुन्छ । ऊ एक्लै यात्रामा निस्किन्छ र उसको लम्बाई पनि कम हुँदै जान्छ । छिट्टै ऊ खाना खान छोड्छ र आफ्नो कोठाबाट बाहिर निक्लिंदैन । उसको नाडी कमजोर हुँदै जान्छ । एक रात उसले के थाहा पाउँछ भने अब ऊसँग जिउनको लागि धेरै समय छैन । उसले बिशप मेरियलको ममबत्ती बाल्छ र कोसेटको कपडालाई ओच्छ्यानमा फिजाउँछ । कमजोर हातले कोसेटलाई एउटा पत्र लेख्छ, जसमा उसले आफ्नो भाग्यको स्रोत बताउँछ । अचानक उसले ढोकामा ढकढक आवाज सुन्छ ।

साँझ मारियसले एउटा पत्र पाउँछ । यसमा थेनार्डियरको स्मरण गराउने धुवाजस्तै गन्ध थियो र मारियसको परिवारका सदस्यहरूमध्ये एउटाको बारेमा रहस्योदघाटनको बाचा गरिएको थियो । आफ्ना पिताको ज्यान बचाउने व्यक्तिलाई अन्ततः पुरस्कृत गर्ने संभावनाबाट खुशी भएर उसले थेनार्डियरलाई आफ्नो घरमा आमन्त्रित गर्‍यो । सधैं चतुर्‍याईपूर्वक काम गर्ने थेनार्डियरले आफू अमेरिकामा सेवानिवृत्त हुनचाहेको र यसको लागि पैसाको आवश्यकता परेको कुरा गर्‍यो । बदलामा उसले मारियसलाई एक दुर्गन्धित रहस्य बताउँछ – उसको ससुरो एक चोर, हत्यारा र पूर्व अपराधी हो, जसको नाम जीन भाल्जीन हो । यहाँसम्म आउँदा निराश भएको मारियसले लालची थेनार्डियरसँग आफूलाई पहिलेदेखि नै यो बारेमा जानकारी छ भन्यो । मारियसले भन्यो, मलाई के लाग्छ भने उसले मोन्शियर मेडेलिन नामक एक व्यवसायीको हत्या गर्‍यो र उसको भाग्य खोस्यो, र पछि जाभेर्टलाई पनि निर्दयतापूर्वक मार्‍यो । यसपछि थेनार्डियरले आत्म-सन्तुष्टिपूर्वक मोन्शियर मेडेलिन र भाल्जीन एकै व्यक्ति हुन् भन्ने कुरा बुझायो, प्रमाणको रूपमा उसले चेम्पम्याथ्यू मामिलाको समाचार पेश गर्‍यो ।

अब मारियसलाई उसले दोहोरो गल्ती गरिहरेको मसहुस हुनलाग्छ । उसले प्रशंसा गर्ने थेनार्डियर कुनै नायक हैन; उसले घृणा गर्ने भाल्जीन एक न्यायिक र परोपकारी व्यक्ति हो । स्वयंलाई खुशी बनाउनको लागि उत्सुक थेनार्डियरले मारियसलाई भाल्जीन हत्यारा हो भन्ने कुरा बताउँछ; उसले भाल्जीनलाई ब्यारिकेट ढलेपछि राति ढलमा देखेको थियो, उसले आफैले हत्या गरेको एक युवकको शव लिएर गइरहेको थियो । थेनार्डियर हत्याको शिकारको कपडाको एउटा टुक्रा आफूसँग भएको घोषाण गर्छ । मारियस यो उसले त्यो रात पहिचान गरेको कोटकै एक टुक्रा भएको थाहा पाएर दङ्ग हुन्छ । उसले आफूलाई बचाउने र हजुरबाको घरसम्म ल्याउने व्यक्ति भाल्जीन नै भएको कुरा थाहा पाउँछ । थेनार्डियरको चापलुसीबाट पूर्ण रूपमा निराश भएर मारियसले उसलाई यहाँबाट जाने र कहिल्यै फर्केर नआउने भए ठूलो रकम दिने कुरा गर्छ । यसलाई थेनार्डियरले खुशीपूर्वक स्वीकार गर्छ । पछि थेनार्डियर अमेरिकामा एक दास व्यापारी बन्छ ।

मारियस आफ्नो ससुरालाई क्षतिपूर्ति भुक्तान गर्न बडो आतुर छ । ऊ एक इमान्दार व्यक्ति मात्र नभएर मारियसको निजी उद्दारकर्ता पनि थियो । त्यसपछि मारियस र कोसेट जीन भाल्जीनको घरमा शीघ्रतापूर्वक जान्छन् । त्यहाँ उनीहरूले एक वृद्ध व्यक्ति मृत्युशैय्यामा सुतिरहेको पाउँछन् । कोसेटले उसलाई अङ्गालो हाल्छिन् र मारियसले उसलाई पिता भन्छ । कोसेट र भाल्जीनले एक-अर्कोप्रति प्रेम प्रकट गर्दछन् । भाल्जीनले कोसेटलाई आफू मरिरहेको कुरा बताउँछ । यसपछि कोसेट र मारियस स्तब्ध हुन्छन् । शक्तिपूर्वक भाल्जीनले अन्तिम कुरा उठाउँछ र पर्खालमा क्रसमुनि उत्रिन्छ । भाल्जिनले मारियसलाई उसको भाग्य दुषित छैन भन्ने आश्वासन दिन्छ । भाल्जीन र कोसेटले सँगै बिताएका अद्भूत वर्षहरूको बारेमा सोच्दै उसले कोसेटको बालककालको स्मरण ताजा गराइदिन्छ । अन्तमा प्रेमले घेरिएर उसको मृत्यु हुन्छ । अझै पनि पेरे-लाचाइजको शब-स्थलमा एउटा सानो र गुमनाम चिहान-घर पाइन्छ । भाल्जीनको बिनम्रता र अज्ञात इच्छाहरूको सम्मान गर्दै मारियसले यो चिहान-घरको निर्माण गराएको हो ।

सन्दर्भ स्रोतहरू

1. https://giove.isti.cnr.it/demo/eread/Libri/sad/LesMiserables.pdf https://www.britannica.com/biography/Victor-Hugo
2. Victor Hugo’s “Les Misérables” – Stanford Encyclopedia of Philosophy
3. https://plato.stanford.edu/entries/hugo/ (fiction and ethics section)
4. https://www.studypool.com/studyGuides/
5. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.
6. विपदा के मारे, भाग १ और २, विक्तोर ह्यूगो, हिन्दी संस्करण, अनुवाद – गोपीकृष्ण गोपेश, लाल बहादुर वर्मा, संवाद प्रकाशन ।