महाभारतको समयको कुरा हो । निषद भन्ने देशमा बीरसेनका छोरा, नल भन्ने राजा राज्य गर्दथे । उनी अत्यन्त सुन्दर, लोकप्रिय र तेजस्वी राजा थिए । उनको बारेमा पृथ्वी र स्वर्गमा चर्चा थियो ।
उता विदर्भ भन्ने देशमा भीमदत्त भन्ने राजा राज्य गर्थे । उनकी विश्वसुन्दरी छोरी दमयन्ती थिइन् । उनले नल राजाको सौन्दर्यको बारेमा सुनेकी थिइन्, र नललाई भेट्न पाए हुन्थ्यो भन्ने चिन्तामा डुबेकी थिइन् । दमयन्तीको सौन्दर्यका बारेमा पनि खूब सुनेका राजा नल उनकै चिन्तामा डुबिरहन थाले ।
एक दिन निकै उदास भएर नल राजा बगैँचामा बसिरहेका थिए । यत्तिकैमा एक हूल सारसहरू उनको नजिक आएर उड्न थाले । भावनाले विरक्तिएका नल राजाले एउटा सारसलाई च्याप्प समाए । सारसले निकै चिन्तित हुँदै भन्यो— “तीन लोकमा ख्याति पाएका महाराज । तपाइँजस्तो तेजस्वी राजाले मलाई मार्न सुहाउँदैन । मलाई छोडिदिनुहोस् । बरू म तपाईंको मनको चिन्ता हरण गरिदिनेछु । म विदर्भ देश गएर दमयन्ती मैयालाई तपाईंको बारेमा भनिदिनेछु । मेरा कुरा सुनेपछि उहाँ हजुरको मायामा मोहित हुनुहुनेछ ।”
हुन पनि त्यस्तै भयो । सारसले सबै कुरा सुनाएपछि दमयन्ती मोहित भइन् । यसरी नल र दमयन्ती एकअर्कालाई नदेखिकनै असाध्यै माया गर्न थाले ।
यत्तिकैमा राजा भीमदत्तले दमयन्तीको स्वयंवर गर्ने निर्णय गरे, र योग्य केटाका लागि स्वर्ग र पृथ्वीका सबै अविवाहित राजा वा राजकुमारहरूलाई खबर पठाए । स्वर्गका देउतालाई थाह थियो, दमयन्तीले नल राजालाई मनपराउँछिन् र उनैलाई वरमाला पहि¥याउनेछिन् । त्यसैले, दमयन्तीलाई झुक्याउने उद्देश्यले उनीहरू सबैले नल राजाकै भेष धारण गरे र स्वयंभरमा आए । उनीहरू नल राजासँगै गएर बसे ।
स्वयंवरमा सबैलाई नल राजाकै भेषमा देखेर दमयन्ती छक्क परिन् । कुनचाहिँ साँच्चिकैका नल हुन् भनेर ठम्याउन गाह्रो भयो उनलाई । अन्ततः हार खाएर उनले भगवान्सँग प्रार्थना गरिन् । उनको अन्तरआत्मले भन्यो— उनको प्रेम साँचो भएको हुँदा उनले असली नल राजालाई चिन्नेछिन् । “उनीहरूका चाल–ढाल हेर,” उक्त आवाजले भन्यो ।
भोलिपल्ट डोले, सुसारे, र बाजा–गाजा बजाउनेहरूसहित नल राजा दमयन्तीलाई लिएर निषद फर्किए ।
दमयन्तीले त्यसै गरिन् । देवताहरू आँखा झिम्क्याइरहेका थिएनन् । मान्छेलाई त त्यो सम्भव हुँदैन । फेरि, उनीहरूका गोडाले जमिन छोएका थिएनन् । तर एकजनाका गोडाले भने जमिन छोएका थिए । दमयन्तीले आफ्नो वर ठम्याइन् र वरमाला लगाइन् । देउताहरू लज्जित भएर स्वर्गतिर लागे ।
तामझामका साथ दमयन्तीको बिहे नल राजासँग भयो । भोलिपल्ट डोले, सुसारे, र बाजा–गाजा बजाउनेहरूसहित नल राजा दमयन्तीलाई लिएर निषद फर्किए ।
उता निषदमा नलका भाइ पुष्करले नयाँ जाल रचिसकेका थिए । उनले छली पासाको तर्जुमा गरेर दाजुलाई जुवाको निम्तो दिए । नलले पनि जुवा त हो नि, दाउ हेरिहालौँ भनेर स्वीकारे । तर जाली पासा भएको हुँदा उनी एकपछि एक दाउ हार्दैगए । अन्त्यमा राज्य र श्रीपेच पनि हारे ।
मौका छोपेर पुष्करले भन्यो— “अब तिमी भाउजूलाई लिएर वनवास जाऊ । तीन वर्ष वनवास र एक वर्ष गुप्तबासमा बस । गुप्तबासमा कसैले तिमीलाई चिन्यो भने दण्ड दोब्बर गरिनेछ ।”
सबै कुरा हारेको हुँदा राजा अन्ततः दमयन्तीलाई लिएर वनवासै गए । अनेक दुःख, कष्ठ, भोक र तिर्खा सहँदै उनीहरू दिन बिताउन थाले ।
एक दिन, भोकले आकुल भएका उनीहरूले नजिकै चराको एउटा हूल खेलिरहेको देखे । राजाले एउटा चरो समाउने चेष्टाले आफ्नै धोतीको जाल हाने । तर त्यो चरो धोती नै लिएर उड्यो र राजा नाङ्गा भए । दमयन्तीले आफ्नो गुन्यूँ आधा च्यातेर राजालाई दिइन् र उनको आङ् ढाकियो ।
पीडापछि पीडा थपिएपछि नलले दमयन्तीलाई भने— “प्रिये, वनवास पाएको मैले हो, तिमीले होइन । तिमी बेकारमा किन यत्तिको कष्ट उठाउँछ्यौ ? जाऊ, म नफर्कुञ्जेल तिमी फुपूका घर बस । म आएपछि निषद जाऔँला ।”
तर दमयन्तीले पटक्कै मानिनन् । चिन्तित राजाले त्यसै दिन मध्य रातमा रानी मस्त निदाएको बेला उनलाई छोडे, र बेपत्ता भए । बाध्य भएर दमयन्ती फुपूका घर जान भनेर अगाडि बढिन् ।
दमयन्तीले केही पाइला अगाडि चलाउनासाथ उनका खुट्टामा केही लर्बर्रिएजस्तो लाग्यो । उनले यसो मुण्टो उँधो गरेर हेर्दा त एउटा अजङ्गको सर्पले उनका गोडा बेरिसकेको थियो । नजिकै घुमिरहेको एउटा सिकारीले दमयन्ती आत्तिएर कराएको कुरा सुन्यो, र आएर उक्त सर्प धपाई दमयन्तीलाई बचायो । दमयन्तीले भनिन्— “म रानी दमयन्तीकी दासी हुँ । जङ्गलमा हराएकी छु । रानी दमयन्तीकी फुपूको घर नजिकै छ रे, मलाई बाटो देखाइदिनुस् न । ”
सिकारी र अन्य बटुवाले उनलाई बाटो देखाइदिए र दमयन्ती फुपूका घर पुगिन् । त्यहाँ पुग्नासाथ उनकी फुपूले दमयन्तीलाई चिनिहालिन् । दमयन्तीले उनलाई सबै कुरा सुनाइन् । केही दिनपछि फुपूले दमयन्तीलाई माइत अर्थात राजा भीमदत्तका दरबारमा पु¥याइदिइन् ।
उता नल राजा घनघोर वनमा अझै भित्रभित्रतिर जान थाले । पीडाले आक्रान्त राजालाई रानीको पनि धेरै सम्झना आयो र धेरैबेर रोए । फेरि, कमसेकम दमयन्ती आफ्नी फुपूका घर पुगेकी हुनसक्ने र यत्तिका दःखबाट केही हदसम्म भए पनि बचेकी हुनसक्ने कुराले उनलाई केही सन्तोष भने दियो । यसै गरी उनले तीन वर्ष जङ्गलमै बिताए ।
जाँदा जाँदा एकदिन नल राजा जङ्गलमा भीषण आगो लागेको ठाउँमा पुगे । त्यहाँ, डेडेलोमा पल्सिएर रुँदैगरेको एउटा अजङ्गको सर्पको आवाज सुनेर उनी रोक्किए । सर्प आधा डडिसकेको थियो । उनलाई देख्नासाथ सर्पले भन्यो— “मलाई बचाइदिनुहोस् । मलाई बचाइदिनुहोस् । ”
राजाले सर्पलाई धन्यवाद दिए र अयोध्यातिर लागे । नभन्दै उनले भान्से र सारथिको जागिर पाए । त्यहाँ उनले आफ्नो नाम बाहुक भएको बताए ।
दयालु राजाले अग्नि देवताको प्रार्थना गरे र सर्पलाई अगोबाट बाहिर निकाले । तर उनलाई धन्यवाद दिनुको सट्टा सर्पले उनलाई निधारमा ठुँगिदियो । रिसले आक्रान्त राजा सर्पलाई अर्काको गुन नदेख्ने कृतघ्न भएको भन्दै गाली गलौज गर्न थाले । यत्तिकैमा सर्पले भन्यो— “पीर नगर्नुहोस्, राजा । म नागहरूको राजा हुँ । मैले तपाईँलाई चिनेँ । तपाईँको शिरमा कलि बसेको थियो । त्यसैले, तपाई थरिथरिका दुःख झेल्दै हुनुहुन्छ । कलिले तपाईँलाई उल्टो–उल्टो निर्णय लिन लगाइरहेको थियो । मैले टोकेपछि तपाईंको शिरबाट कलि उत्रिएको छ । अब तपाईंका सुखका दिन आउँछन् । मैले टोकेकै कारण अब तपाईंलाई, गुप्तवासको समयभरि कसैले चिन्दैन । त्यसैले, तपाईंका भाइले तिम्रो सजाय थप्न सक्दैनन् ।”
राजाले बल्ल कुरा बुझे । उनले सर्पलाई धन्यवाद पनि दिए ।
“तर म तपाईंलाई एउटा सल्लाह दिन्छु । तपाईँको तीन वर्षको वनवास सकिएको छ । अब एकवर्ष गुप्तवास बाँकी छ । तपाईं अयोध्या जानुहोस् । त्यहाँका राजा रिुपुपर्णलाई भान्से र सारथि चाहिएको छ । तपाईंले मेरो वरदानले दुवै काम गर्न सक्नुहुन्छ । त्यहाँ तपाईले जुवा खेल्ने नयाँ काइदा पनि सिक्नुहुनेछ, जसका कारण आफ्नो हारेको राज्य पुनः जित्नुहुनेछ । लिनुहोस्, यो औँठी । तपार्इंको गुप्तबास सकिएपछि यो औँठी लगाउनू । तपाई पुनः पुरानो नल राजाको भेषमा फर्कनुहुनेछ ।”
राजाले सर्पलाई धन्यवाद दिए र अयोध्यातिर लागे । नभन्दै उनले भान्से र सारथिको जागिर पाए । त्यहाँ उनले आफ्नो नाम बाहुक भएको बताए ।
उनी दुवै काममा सारै सिपालु निस्किए । एकपल्ट राजा भीमदत्तका एक जना मन्त्री अयोध्या आएका थिए । विदर्भ फर्केपछि उनले नलको रथ हाँक्ने तरिकको प्रशंसा गर्दै राजा भीमदत्तलाई भने— “मलाई त त्यो मान्छेको सीप देखेर ज्वाइँराजा नलको पो सम्झना आयो । तर अनुहारचाहिँ कतै मिल्दैन ।”
यो कुरा दमयन्तीले पनि सुनिन् । यो मान्छे पक्कै नल हुनुपर्छ भन्ने उनलाई लाग्यो र परीक्षा लिने सुर कसिन् । बाबासँग सल्लाह गरेर उनको दोस्रो स्वयंवरको हल्ला फिँजाइयो । पहिलो दुलहाले जङ्गलमा छोडेर भागेको चारवर्ष सम्म फर्केर नआएकोले दोस्रो स्वयंवर गर्नुपरेको समाचार सबैले पत्याए ।
अयोध्याका राजा रिपुवर्णलाई पनि अनिवार्य रूपमा, तर बिहानको घाम झुल्कनुभन्दा अगावै आउन निम्ता पठाइयो । अयोध्या निकै टाढा भएको हुँदा त्यति छिटो आइपुग्न कठिन थियो । तर सल्लाह गर्दा बाहुकले भने— “म पु¥याउन सक्छु ।”
तबेलामा भएका सबैभन्दा बलिया घोडा रथमा बाँधेर बाहुकले रथ हाँके । बाटोमा एक ठाउँ राजाले सोधे— “बाहुक, मेरो एउटा जुत्ता खस्यो । रथ रोक त ।”
“महाराज, हजुरको जुत्ता खसेको ठाउँबाट त हामी चार कोश टाढा आइसक्यौँ ।”
ओहो! एक सेकेण्डमा चार कोश? राजा त छक्कै परे । “यस्तो कुशतलाका साथ रथ हाँक्ने काइदा मलाई पनि सिकाइदेऊ न,” उनले भने ।
“हुन्छ महाराज । बाटोमा हामी केहीबेर थकाइ मार्नेछौँ । त्यो बेला म सबै काइदा सिकाउनेछु । हजुरले पनि मलाई जुवामा सफल हुने काइदा सिकाइबक्सनुपर्छ ।”
र यस्तै भयो । बाटोमा उनीहरूले एकअर्कालाई आफूले जानेका सीप सिकए । त्यसपछि वायुवेगले रथ हाँकेर बाहुकले राजा रिपुवर्णलाई उज्यालो नहुँदै भीमदत्तको दरवारमा पु¥याए । वास्तवमा यो असम्भव काम थियो ।
तर त्यहाँ स्वयंवरको कुनै पनि तयारी थिएन । रिपुवर्णलाई आफू अपमानित भएको लाग्यो । तर भीमदत्तले उनलाई सबैकुरा व्याख्या गरे ।
उता दमयन्तीले बाहुकसामु गएर उनलाई नढाँटी आफ्नो असली परिचय दिन भनिन् । आफ्नी सुन्दर श्रीमती देख्दा मायाले भक्कानो भुटेर आएका राजाले आफूलाई थाम्नै सकेनन् । उनले तुरन्त सर्पले दिएको औँठी लगाए, र नल राजा बनेर दमयन्तीका अगाडि खडा भए ।
सबैतिर खुसीको लहर छायो । भीमदत्तले पनि सबै परिस्थिति बुझेका हुँदा नललाई छोरी जङ्गलमा छोडेकोमा गाली गरेनन् । रिपूवर्णले पनि आफ्नो सारथि त निषदका तेजस्वी राजा नल पो रहेछन् भन्ने कुरा थाह पाएर निकै लज्जित पनि भए र माफी मागेर, अन्य सारथि बोलाएर अयोध्या फर्किए ।
केही दिन उतै बसेर नल र दमयन्ती निषद फर्किए । रिपुवर्णले सिकाएका जुक्तिको प्रयोगले नलले आफ्ना भाइबाट हारेको राज्य पुनः जिते र निषदमा राज गर्न थाले । निषदवासी पनि खुसीले गदगद भए ।
सर्पले उनलाई सम्पूर्ण कष्टबाट मुक्त गरेको हुँदा नल राजा राज्य सञ्चालनमा जति व्यस्त भए पनि सर्पको पूजा गर्न भने कहिल्यै छोडेनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।