पोस्टरकविता एक अभियान !

 

म सोच्दछु र त म छु

प्राचिन युगतिर फर्केर हेर्दा थाहा लाग्छ कि मानिस जातिले आफ्नो सोचबाट आफुलाई जगतको सर्वश्रेष्ट प्राणीको रूपमा चिनाउँदै आएका छन् । मान्छेले आफ्नो अस्तित्वबारे विचारेर स्वतन्त्र भएर बाँच्ने चाहना बोके । मान्छेमा सृजनात्मक सम्भावनाहरू ढुङ्गे युगबाट नै आएको हो ।

“म सोच्दछु र त म छु ।” कविता बिम्ब, प्रतिकहरूकै प्रयोगमा मात्र लेखनुलाई कविता मान्न सकिन्न । समय सापेक्ष जीवन जगत र समाजिक परिवेशका कुरा वा विचारहरू छैनन् भने त्यो सृजना मरेतुल्य हुन्छ । साहित्यिक सृजनामा लाग्नु सजिलो पटक्कै छैन । तपाईँले गर्ने सृजनाले तपाईँको सारा जीवन माग्छ । साधना माग्छ । धैर्यता माग्छ । सृजनाका नयाँ आयमहरू बाटाहरू देखिनु साँच्चै सुखद हो ।

पोस्टरकविताले थोरै समयमा धेरै पाठक र सर्जकहरूको माया पाएको छ। पोस्टरकविताको छुट्टै उद्देश्य हो त्यो असाधरण पाठकहरूलाई छोटा छोटा कविताहरूबाट समाजिक कुराहरूसित जोड़नु , जीवन र जगतलाई कलाको माध्यमबाट बताउनु हो । साहित्य र कलाबोध गराउनु हो । पोस्टर वा कविताबाट पाठकको ध्यानाकर्षण गराउनु हो ।

केही हदसम्म यो भएको आभाष पनि हामीले गरिरहेका छौं । अहिले हामीसित विदेशतिर बस्ने नेपाली सर्जकहरू जोडिन्दैछन् । साहित्यको कुनै सिमाना हुँदैन र यसले सृजनालाई छेक्दैन भन्ने कुरा प्रमाण भएको छ ।

यी सब पाठकहरूको रूची, सहयोग, सरसल्लाहरूबाट सम्भव भएको हो साहित्य पोस्टको प्रत्येक दिनको  खुराक लिन साथै पोस्टरकविता अभियानलाई सफल पार्न यहाँहरूको सुझाव र प्रतिक्रिया पनि चाहान्छौ ।

सम्पादक
रवि रोदन
साहित्यपाेस्ट पाेस्टर कविता

प्रस्तुत छ पोस्टर कविताः  

कविता पठाउनको लागि

कविहरूले आफ्ना छोटा कविता युनिकोड फन्टको प्रयोग गरेर , आफ्नो फोटो र संक्षिप्त परिचय ravirodan88@gmail.com मा पठाइदिनुहुन विनम्र निवेदन गर्दछौँ ।