
बेलायतको सिक्का बनाउने सरकारी कम्पनी द रोयल मिन्टले दुई पाउन्डको सिक्कामा जर्ज अरवेलको नाउँ कुँद्ने भएको छ ।
एनिमल फार्म, नाइन्टिन एटी फोर र कमिङ अप फर एयरजस्ता प्रख्यात उपन्यासका लेखक अरवेलको निधन भएको ७५ वर्ष पुगेको स्मरणमा यो सिक्का बजारमा ल्याउने भएको हो ।
सिक्कामा वृत्ताकारमा बिग ब्रदर इज वाचिङ यू लेखिएको छ । किनारामा देयर वाज ट्रुथ एन्ड देयर वाज अनट्रुथ पनि लेखिएको छ । क्यामेराको लेन्स जनाउने चिह्नसमेत सिक्कामा राखिएको छ ।
रियल मिन्टकी निर्देशक रेबेका मोर्गन भन्छिन्, ‘जर्ज अरवेलको कामले हाम्रो कयौँ पुस्तालाई प्रभाव मात्र पारेन, प्रेरित पनि बनायो । आज पनि उनका सिर्जनाहरू चाखका साथ पढिन्छन् । यो डिजाइनले उनका प्रशंसकहरूलाई खुशी बनाउने छ भन्नेमा म विश्वस्त छु । साथै, यसलाई उहाँहरूले संकलनका लागि राख्नु होला भन्ने पनि ठान्छु । हामीले यो कामबाट २० औं शताब्दीका संसार प्रख्यात लेखकलाई सम्झिरहेका छौँ भन्ने सन्देश दिएका हौँ ।’
यसअघि पनि २ पाउन्डका यस्ता सिक्का जेन अस्टिन, जे आर आर टोकिन, विलियम सेक्सपियरका नाउँमा जारी गरिसकिएको छ । ती सबै संकलनहरू सर्वसाधारणले निकै उत्साहजनक तरिकाले संकलनमा राखेको रोयल मिन्टले जनाएको छ ।
हालसम्म यस्ता ५० जना सर्जकका २ पाउन्डका सिक्काहरू जारी गरिसकिएको छ ।
२ पाउन्डको यस्ता सिक्का सुन र चाँदीको समेत निकालिने बताइएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
