प्रख्यात जासूसी उपन्यासकार जोन ले कारको निधन भए पनि उनका उपन्यास र ती उपन्यासका पात्रहरू यति लोकप्रिय छन् कि तिनलाई उपन्यास र फिल्ममा हेर्न दर्शक हत्ते गर्छन् ।

यही कुरा महसूस गर्दै ला केरका दुई छोराले उनका उपन्यासका पात्रहरूमाथि थप शृंखलाबद्ध जासूसी उपन्यास लेखाउन उद्दत छन् । यति मात्र होइन, उनका उपन्यासमाथि फिल्म र टेलिभिजन शृंखलाको बाढी ल्याउन पनि उत्पादन कम्पनी स्थापना गरेका छन् ।

केही समयअघि बेलायतको आर्ट काउन्सिलले ला केरका डायरी र कागजपत्रहरू भेला पारेको थियो । ९ सय १८ वटा बाकसमा अटाएका ती कागजपत्रको भाउ २५ करोड भन्दा बढी रहेको काउन्सिलले जनाएको थियो ।

उनका जासूसी पात्रहरूमध्ये जर्ज स्माइली निकै चर्चित छ ।

ला केरको सन् २०२० मा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

उनको उपन्यास द नाइट म्यानेजर ६ भागमा बनाइएको शृंखलालाई भारतमा निकै रूचाइएको थियो । बीबीसी र अमेजनले समेत उनको सो उपन्यासमाथि शृंखला बनाएका छन् ।

ला केरको पहिलो विवाहबाट जन्मिएका दुई छोराहरू सिमोन र स्टेफन कर्नवेलले ला केरको उपन्यासको व्यापार सम्हाल्ने भएका छन् ।

उनीहरूले नाइट म्यानेजरलाई वृहद् शृंखला बनाउनेतर्फ काम गरिरहेका छन् । ला केरले जीवनभरमा २५ वटा उपन्यास लेखेका थिए ।