मूल कथाकारः पंकज कुरूलकर
अनुवादकः शीतल गिरी

म नास्तिक ! यहाँ मुंबईमा मेरो राष्ट्रीय स्तरमा मंदिरहरूको व्यापार छ । तपाईं भन्नु हुनेछ यो कस्तो गोरखधंधा हो ? हो पनि, मानिसको जीवनमा धेरैजसो विसंगतिहरू हुने गर्छ । त्यसैगरी यो पनि एउटा हो, यो कुरा तपाईं किन मान्नु हुन्न ? कुनै कलाकृति पढ्दा, हेर्दा हामी त्यसमा सुसंगतिहरू खोज्ने गर्छौं, केही कुरो यदी प्रतिकुल लाग्छ भने त त्यो तर्कभन्दा बाहिरको हो यस्तो भन्छौं, कलाकृतिलाई नराम्रो भनेर छाडीदिन्छौं । मलाई लाग्दछ ! यसमा हाम्रो मानवको बारेमा, जीवनको बारेमा हेर्ने हाम्रो दृष्टिकोणमा नै घटियापन छ । अलीक राम्ररी सोच बिचार गर्नुस् त हाम्रो जीवनका के हामीले राम्रोसँग सुसंगत व्यवहार गरिरहेका छौं ? आफैँलाई तटस्थतापूर्वक हेरौं । तपाईंले थाहा पाउनु नै हुनेछ, तपाईंले विसंगत व्यवहार गर्दै आउनुभएको छ । अनि मेरो विसंगत जीवनको कुरालाई विरूप तपाईं किन भन्दै हुनुहुन्छ ?
तपाईं सोध्नु हुनेछ ? आफू आफैलाई नास्तिक भन्नुहुन्छ र फेरि भगवानको नै व्यापार किन गर्नु हुन्छ ? अरू कुनै पनि काम गर्न सक्नुहुन्थ्यो । तपाईंले भन्नु भएको एकदम सत्य हो । हो पनि, यति सजिलो प्रतिष्ठित जीवन मजस्तो साधारण मानिसको लागि सम्भव छ के ? हो हजुर, कसैले ठूलो उद्योगपतिको छोरा सम्झेर इन्जिनियरिङको शिक्षा लिन्छ । अनि अमेरिकाको विश्वविद्यालयमा पोस्ट ग्रेज्युएशन अथवा म्यानेजमेन्ट गर्दछ अनि भारतमा फर्किएर पिताको बिजनेश सम्हाल्ने गर्छ । यस बीचमा उसले आफ्नो जीवनको कठोर अनुशासनबाट योजना बनाउँछ र सफल पनि हुन्छ । अब मेरो जन्म भयो औरंगाबाद जस्तो एउटा शहरमा, गरीब ब्राह्मणको घरमा । यो मेरो पाप या पुण्य ? पुनर्जन्म जस्तो कुरा त कोरा कल्पना हो, यसमा मेरो दृढ विश्वास छ । यानी यस्तो भन्न सकिन्न यो पूर्व जन्मको पाप हो । हामी कसरी निर्णय गर्न सक्छौं कि कहाँ जन्मिनेछु ? मैले चाहे हजार पटक सोचेँ, मलाई इंग्ल्यान्डको राजाको घरमा जन्म लिनु पर्ने थियो अथवा इंग्ल्यान्डका राजाको घरमा जन्मनेले मैलेभन्दा धेरै पुण्य कमाएका थिए । तर यसबाट यो त हुँदैन कि यस जन्ममा पनि पुण्यवान् बनोस् । थोरैमा हामी कहाँ जन्मछौं यो हाम्रो हातमा छैन तर यो सत्य हो यसबाट हाम्रो अगाडिको जीवन भने बन्दै जान्छ ।
अब ब्राह्मण परिवारको साटो यदि म आरक्षणप्राप्त परिवारमा जनमेको भए त बाह्र पास गरेपछि म इन्जिनियरिङमा एडमिशन पाउँथे र म आज जुन धन्धा गरिरहेको छु, त्यो गर्ने थिइनँ । म कदापि यस कुरोलाई मान्दिनँ— जीवनको बाटो पहिल्याउन पूर्ण रूपमा हाम्रो हातमा हुनेगर्छ । जब हामी सफल हुन्छौं, तब त कठोर परिश्रम, उचित शिक्षा, परिस्थिति अनुकूल अनुशासन आदि कुरोलाई हामी श्रेय दिन्छौँ । प्रायः भारतीय ईश्वरको कृपाले यस्तो भन्ने गर्छन् । कसलाई थाहा छ कि यो उसको विनयशीलता हो अथवा वास्तवमै उसलाई यस्तो लाग्दछ । ईश्वरको कृपा विशिष्ट व्यक्तिहरूलाई नै किन आरक्षित हुने गर्छ ? अरूको के अपराध छ ? संसारको बारेमा म बोल्न सक्दिनँ तर भारतीयहरूका बारेमा मेरो आफ्नो केही तर्क छन् । यहाँका आधा जनता गरीवीमा बाँचेका छन् । पच्चीस प्रतिशत जनताको भाग्यमा बिहान बेलुकाको रोटी पनि हुन्न । के भगवान् उनीहरूसँग रिसाएका छन् ? के यो उनीहरूका पहिलेको जन्मको पाप हो ? अनि, सफलताको लागि अथवा कमभन्दा कम राम्रो सुखमय जीवनको लागि माथि दिइएका गुणहरू अपनाउँदै गरेका कतिपयलाई मैले देखेको छु । अनि उनीहरूमध्ये सबै किन सफल भएनन् ? अर्थात् मेरो नै उदाहरण लिनुहोस् न ! बाह्र पास गरेपछि मेरो ओपन कोटामा इन्जिनियरिङ ऐडमिशन अलिकताले हुन सकेन । मलाई धेरै दुःख लाग्यो । पिताले मलाई बी.एस्सी. कोर्समा राखे । म आरक्षण प्राप्त कोटाको थिइनँ । यसकारण मेरो ऐडमिशन हुन सकिरहेको थिएन । मेरो पितासँग पैसा थिएन यसकारण प्राइभेट इन्जिनियरिङ कलेजमा एडमिशन लिनु सम्भव थिएन । अर्थात् मैले दुवैतिरबाट असफल हुन बाध्य भएँ । अनि पिताको कुरा सुन्नुबाहेक मसँग कुनै उपाय नै थिएन । औरंगावादमा मेरा अंबेडकरवादी धेरै नै साथी थिए । उनीहरूमध्ये धेरैले उनीहरूका काटोमा राम्रो विषयको लागि, इन्जिनियरिङका लागि एडमिशन पाए । जोसंग पैसा थियो तिनीहरू पनि केमिकल–संगणक जस्तो बिषयहरूमा इंजिनियरिंग गर्न थाले । म बी.एसी. गरिरहेको थिए । यो गर्नमा मलाई रतीभर पनि रुची थिएन । आस्था थिएन तब राम्रो माक्र्स कहाँबाट पाइन्थ्यो ? म बल्लतल्ल उतीर्ण भइरहेको थिए । पिता मसंग रिसाएका थिए, तर मलाई पढ्नमा मन लागि रहेको थिएन । साथमा पैसा नहुनु पनि एउटा अपराध हो, यही विचार दृढतापुर्वक मनमा बस्दै थियो । पिताको आदर्श अध्यापक हुनको लागि प्रोत्साहीत गथ्र्यो । मानिस उनलाई आदरको दृष्टिले हेर्थे । पिता गर्वको साथमा भन्थे, उनका स्कूलका पुराना छात्र ठूल ठूला पदमा पुगेका थिए । तर के उनी स्वयं व्यावहारिक दृष्टिले ठूला बनेका थिए ? उनको छत्रछायामा म पनि ठुलो हुन सक्दिन थिए । उनले बी.एसी. पूरा गरेपछि बैकिंकको परीक्षा दिनको लागि भने । मलाईं बैंकको कलर्क बन्नु थिएन । कलर्क बन्नु यो मेरो जीवनको चाहना हो यस्तो मलाई कहिल्यै लागेको थिएन । तर समय यस्तै आएको थियो । अनी पिता पनि निवृत्त भएका थिए । दुई दिदीहरूका विवाह पनि भरखरै भएको थियो । पिताले जम्मा गर्नु भएको सम्पूर्ण रकम त्यसमा सकिएको थियो । टाउँको ऋणको भारीले थिचेको थियो । उनीसँग स्वयंको आमदानीको स्रोत बचेको थिएन । मलाई नजिक बोलाएर भने— “छोरा, तिम्रो लागि मैले जे जती गर्न सक्ने थिए त्यो सबै गरे । अब अगाडि केही गर्न सक्छु जस्तो लाग्दैन । जति राम्रो संस्कार दिन सक्थे, ति सबै दिए । अबको जीवन तिमी र तिम्रो भाग्य ।”
मैले बी.एसी. इलेक्ट्राँनिक्समा गरेको थिए, तर त्यस समय औरंगाबादमा इलेक्ट्राँनिक्सको कुनै कारखान अथवा कंपनी थिएन । यानी औरंगाबादमा इलेक्ट्राँनिक्सको व्यवहारिक उपयोग हुने अलिकता पनि संभावना थिएन । मेरा बी.एसी. गरेका साथी बैकिंकको परीक्षा दिएर बैंकमा जागिर खाने कोशिस गरिरहेका थिए । तब तिनीहरूका लागि इलेक्ट्राँनिक्स पढ्ने के आवश्यकता थियो ? यस प्रश्नले उनीहरूलाई तर्साइरहेको थियो । जसको क्षमता थियो, चलाख थिए तीनिहरू एम.एसी. पढ्न एडमिशन लिइरहेका थिए । त्यो गरेपछि पनि अगाडी के ? यो प्रश्न देखिएकै थियो । व्यवहारमा शिक्षाको कुनै उपयोग छैन, यो हाम्रो शिक्षाप्रणाली शोकांतिका नै हो तर सबै यसैगरी बाँचीरहेका छन् । यसमा परिवर्तन ल्याउनको लागि कसैले आन्दोलन गर्दैन ।
मैले एकदम सानो आन्दोलन गर्ने वीचार बनाए । पितालाई जानकारी गराए, म भाग्य परिक्षण गर्नको लागि मुंबई जादैछु । भाग्य परिक्षण गर्नको लागि मुंबई जस्तो अर्को शहर छैन । पिताजी अतालिनु भयो । आमा रुन थाल्नु भयो । आमाले मलाई धेरै माया गर्थिन् । म पनि उनको धेरै नै ख्याल राख्थे । यी वृद्धहरूलाई एक्लै छाडेर मुंबई जान मन मानिरहेको थिएन । तर यी दुबैलाई मेरो साथमा मुबंई लैजान पनि सम्भव थिएन । मेरो स्वयंको नै बाच्ने तरिकाको कुनै भरोसा थिएन तब उनीहरूलाई त्यहाँ लगेर अप्ठेरोमा कसरी पार्थे ? मलाई निर्मम बन्नू अनिवार्य थियो । किनभने यो आखिरमा मेरो जीवनको प्रश्न थियो ।
मुंबई आए पनि निस्सासिए । व्हीटी स्टेशनमा त्यो भीड, मानिसको झुड देखेर लाग्यो, जीवन यही नै समाप्त हुनेछ । तर फेरि ख्याल आयो, अरू पनि यतिका मानिस यस भीडमा नै बाँचीरहेका छन्, अनि म पनि बाँच्न सक्छु । एउटा कुरो राम्रो छ, मैले सधै आफूमा विश्वास गर्ने गरेको छु, यानी म स्वयंलाई अरूभन्दा कमजोर अथवा मूर्ख ठान्दिन । अर्थात् मौका पाए भने म अरूहरूले जस्तै केही राम्रो गर्न सक्छु यो विश्वास सधै ममा छ । फेरि म स्वतन्त्र बुद्धिले स्वच्न सक्छु यस कुरोमा मलाई गर्व थियो ।
मुंबईमा कहाँ बस्ने यो मलाई थाहा थिएन । मुंबईमा नोकरी कहाँ खोज्ने, यो पनि थाहा थिएन । मुंबईमा पैसा कमाएर कसरी बाँच्ने यो थाहा थिएन । अथाह आकाशमुनि असंख्य भीडमा म पूर्ण रूपले एक्लै थिए । यसो त मुंवईमा केही नातेदार थिए । कहीले आवश्यकता पर्ला यही सोचेर उनीहरूका ठेगाना र टेलिफोन नम्बर लिएको थिए । म कमाई रहेको थिइन र यस्तो स्थितिमा घरबाट पैसा मगाउने कुनै उपाय नै थिएन । तब औरंगाबादको साथीसँग र दिदीसँग केही पैसा उधारो लिएको थिए । त्यसले कहिलेसम्म गुजार गर्न सक्थे ? मनमाडबाट म गाडी परिवर्तन गरेर व्हीटी स्टेशनमा ओर्लिएको थिए । त्यस समयमा मुंबई–औरंगाबाद सोझै रेल थिएन । मनमाडमा गाडी परिवर्तन गर्नु पथ्र्यो ।
व्हीटी स्टेशनमा ओर्लिएपछि केही खाए । रेस्टरूम गएर आए । एउटा कपडाको बैंग साथमा ल्याएको थिए । रेस्टरूम बाहिर बैग राख्न डर लाग्यो । यस्तो लाग्यो मानौं सबैले मलाई नै हेर्दै छन् । अनि म नडराईकन बैग रेस्टरूमभीत्र लगे र पछि बाहिर आए । कसैले यसकोलागि मलाई केही भनेन । एक दुई जनाले एक नजर लगाएका थिए । अनी मेरो मनमा एउटा कुरा आयो, यहाँ कसैले कसैतिर हेर्दैन । कसैलाई पनि आफूभन्दा अन्यत्र हेर्नको लागि समय हुन्न । अनि म पनि अब कुनै लाज डर नमानी ! मुंबईमा बस्न आएका हु बाँच्नेछु । अब यो बैग लिएर कहाँ जाने ? नोकरीको खोजी कसरी गर्ने ? कसैको सहायता लिनु आवश्यक थियो । अनि मैले मामालाई फोन गरे, उहाँ मलाडमा रहनु हुन्थ्यो । मामा त नोकरी गर्नु हुनेहुँदा घरबाट निस्की सक्नु भएको थियो । माइजुलाई मैले भने— म मुंबई आएको छु र उहाँको घरमा आउन चाहन्छु, तब उनले फोनमा बडो मायाको साथमा स्वागत गरीन् । म खुशी भए । उनले आफ्नो घरसम्मको बाटो बताइन् । उनको घरमा पहिले पनि एक–दुइ पटक गएको थिए । मुंबई पहिले पाँच–छ पटक कुनै न कुनै कामले आएको थिए, तर तब पिताको हात समातेर आएको थिए । एक्लै कहिल्यै गएको थिइन ।
माइजू समक्ष मालडामा गए । उनको सानो दुई कोटा र किचेन भएको घर थियो । मामाको दुइटी छोरी, एउटा छोरा । एउटी छोरीको विवाह भएको थियो । छोरा दस, छोरी बाह्र कक्षामा । दुबैको लागि यो वर्ष महत्त्वपूर्ण । मेरो हातमा बैग देखेर माइजूको अनुहारको रंग बदलियो । उनले तत्काल मलाई चिया नास्ता दिइन र मानौं औपचारीकतावश सोधिन्, “ओहो मुंबईमा बस्न आएका हौ ?” अनि मैले यथार्थ कुरा बताउँनै प¥यो । सम्पूर्ण कुरो बताएपछि मैले उनलाई प्रष्टसंग भने, “मलाईं चार दिन बस्नको लागि ठाउँ दिनुभयो भने म उपर कृपा हुनेछ । यती समयमा म मुंबईमा नोकरी खोजी हाल्छु, यदी नोकरी पाइन भनेपनि तपाईं कहाँ रहन्न ।”
“अनि कहाँ रहन्छौं ?” उनको अनुहारमा चिन्ताको सामान्य आभास भने थियो ।
“मलाई पनि थाहा छैन । तर तपाईंलाई दुःख भने दिन्न ।”
“यदी नोकरी पायौं भने कहाँ रहन्छौं ?”
“त्यो पनि मलाई थाहा छैन ।”
“मैले भनेको मान, औरंगाबाद फर्केर जाऊ । यो मुंबई शहर बडो डरमर्दो छ । यहाँ रहनु कुनै ऐरे गैरेको बसको कुरा छैन । म त तिम्रो भलो नै चाहन्छु ।”
“यहाँ लाखौं मानिस बसेका छन्, तब के म बस्न सक्दिन ? शुरुमा केही असहज हुन्छ । त्यो त प्रत्येक मानिसले सहनुनै पर्छ । तर त्यसैबाट जीवनको बारेमा एउटा उत्साह जगाउँछ ।” अनी माइजू चुप भइन ।
“राती मामा आउनु हुन्छ । उहाँसंग सोध्नु नोकरी कहाँ पाइन्छ । अब केहीबेर आराम गर । यात्रामा सुतेका छैनौ होला । अनी साथ साथै भान्सा गर्नेछौं ।”
मैले तत्काल आज्ञा माने । यात्रामा एक मिनेट पनि सुतेको थिन । भीडले गर्दा बस्नसम्मको ठाउँ थिएन । टाँयलेट नजिक कतै बैगमा हात राखेर गुजारा गरेर आएको थिए ।
शाझ पख घुम्नको लागि बाहिर निस्किए । घर आए तबसम्म मामा आइसक्नु भएको थियो । दुबैको मुखको रंग उडेको थियो ।
“मुंबईमा नोकरी पाउनु यती सजिलो छैन । यहाँ पहिले नै असंख्य बेरोजगार रहेका छन् । बेरोजगारी बढ्नाले गुण्डागर्दी पनि बढेको छ । प्रत्येक चोकमा बेरोजगारहरूका झुण्ड हुन्छन् । तिमी पनि त्यसैमा शामिल हुन चाहन्छौं के ?”
“यस्तो कदापी हुँदैन । कतै न कतै मैले अवश्य नोकरी पाउनेछु । म नोकरीको खोजी कहाँ गरू यस कुरोको मार्गदर्शन गरेर मलाई सहयोग गर्नुस् ।”
“तिमी इलेक्टाँनिक्स पढेका छौ । म भए बांबे पोर्ट टे«स्टको सामान्य क्लर्क । म कसरी तिम्रो लागि नोकरी खोज्न सक्छु ? आफ्ना अफिसकासँग सोधेर हेर्छु ।”
मैले थाहा पाए, उनको सम्मुखमा बडो अप्ठेरो परिस्थिति मैले उत्पन्न गराईदिएको थिए । तर म पनि के गर्न सक्थे ? यती ठूलो मुंबईमा आखिर म कोसंग सहयोग माग्न सक्थे ? मामामा मेरो केही त हक थियो, यसकारण उनीसँग सहयोग मागे । समय बित्दै गएपछि ध्यानमा आयो आफ्ना कसैमा हक हुने गर्दैन । मामाले जानकारी गराउँनुभयो उनले आफ्ना अफिसकाहरूसँग मेरो नोकरीको कुरा गरेका थिए । तर तिनीहरूले पनि चार दिनमा कहाँबाट मलाई नोकरी दिलाउँन सक्थे ? मलाई यो पनि थाहा भयो कसैको पनि हातमा जादुको छडी हुँदैन । मामाको घरमा चार दिनको बसाइ सकिने दिन आयो । म अखबारहरूमा नोकरीको विज्ञापन हेर्थे । ति दिनहरू इलेक्ट्राँनिक्स भारत विकसित हुने क्षेत्रमा थियो । तर एउटा बी.एसी. इलेक्ट्राँनिक्स युवक, त्यो पनि मराठवाडा विश्वविद्यालयको, त्यसमाथी कुनै पनि एक्स्पीरियन्स नभएको, उसको मूल्य के ? अनि म इलेक्ट्राँनिक्स इंजिनिअर पनि थिइन । मध्यमस्तरको नै केही क्वालिफिकेशन ।
म टेलिफोन डायरेक्टरी लिएर यसमा इलेक्ट्राँनिक कम्पनिहरूको खोजी गर्न थाले । अनि कसैले भन्यो, “जाउ, गएर साकीनाको इंडस्ट्रियल इस्टेटमा चक्कर लगाउ । त्यहाँ इलेक्ट्राँनिक्सका थुप्रै कम्पनिहरू छन् ।”
यो थाहा पाउदासम्म मामा घरको बाँस सकिनै थालेको थियो । उहाँको घरबाट बाहिर निकालि दिने समयसम्म त्यहाँ रहनुको कुनै अर्थ नै थिएन । अनि एउटा पुरानो चिनजानको साथी खोज्न सके । ऊ अन्य तीन जना साथीहरूको साथमा एउटा सानो फ्लैटमा रहिरहेको थियो । उसले भन्यो, “म तिमीलाई चार दिनसम्म आफ्नो फ्लैटमा राख्न सक्छु । त्यहाँ जेन तेन गुजारा चलाउनु पर्छ । तिमीलाई सधैको लागि ठाउँ दिन सक्दिन । किनभने अरू साथीहरूले अनुमती दिने छैन । यस फ्लेटमा चारजना मात्र बस्ने अनुमती छ । घरवेटीलाई थाहा भयो भने हामी सबैलाई बाहिर निकालिदिन्छ । चार दिनमा नोकरीको केही बन्दोबस्त गर । अनि हामी जस्ता मुंबईभन्दा बाहिरबाट आएका यस्ता साथी खोज्नु पर्ने हुन्छ जसलाई फ्लेटको आवश्यकता छ । अनि थोर बहुत पैसा साथमा भएका भाडाको फ्लैट खोज्न खासै असजिलो छैन । साथमा पैसा छ भने त यो मुंबईमा सबै कुरो पाउन सकिन्छ ।”
मैले उसको आदेशलाई सहर्स स्वीकार गरे । ती चार दिनमा मैले साकीनाकाको लगभग सम्पूर्ण इंडस्ट्रियल इस्टेटको कुना कुनामा पुगे । मेरो बायोडाटाको सय प्रति फोटोकपी निकालेर प्रत्येक इलेक्ट्राँनिक्स कम्पनीमा एक प्रतिको दरले बाँडदै गए । धेरैजसो कंपनिहरूले मलाई बाहिरबाट नै धपाई दियो । यसमा रिसेप्शनिष्ट बडो चतुर हुन्छन् । केही मानिसले बायोडाटा राखे मात्रै, सम्बन्धित व्यक्तिसँग भने भेट्न दिएनन् , दुइ तिन ठाउँमा मलाई दुई तीन घंटा ईन्टरव्यूको लागि बसाइयो तर एउटा त मेरो अंग्रेजीको समस्या थियो । हिंदी–मराठी म सजिलै बोल्न सक्थे । तर सम्मुखको यदि अंग्रेजीमा बोल्दै गर्दा, तब म मराठी–हिन्दीमा कसरी बोल्न सक्थे ? मलाई ती कंपनीमा लिइएन । अनि इलेक्ट्रोनिक्समा मेरो ठुलो आस्था पनि थिएन । समयको साथमा हिड्न सक्नको लागि यसको पढाइ गरेको थिए । न त मैले इलेक्ट्राानिक्सको मैगजीन पढेको थिए, न त त्यस किसिमको प्रोजेक्ट नै गरेको थिए । साथीबाट पनि अलबिदा हुने समय आयो । केही थोरै पैसा अवश्य बचेको थियो । फेरि मुंबईका नातेदारको सूची निकाले ।
मेरो काकाको छोरा दाई मुलुर्डमा रहन्थ्यो । एअर इंडियामा नोकरी गर्ने गथ्र्यो । उसको राम्रो बन्दोवस्त थियो, यो मलाई थाहा थियो । उसको घर ठुलो थियो र घरमा दुई जनामात्र थिए । यानी कि म त्यहाँ बस्दा उनीहरूलाई कुनै अप्ठेरो पर्नेवाला थिएन । मलाई रातीको वासमात्रै चाहिएको थियो र हुन सकेमा रातीको भोजन पनि । अर्थात् विहानको स्नान, नाश्ता पाइएमा केही फरक पर्थेन लाइक इट ! यतीका बर्ष मैले मुंबईमा बिताए । यतीका वर्षसम्म धारावीमा रहे यसकारण भन्न सक्छु— हाम्रा मराठीहरू बडो सानो चित्तका हुन्छन् । तिनीहरू एकले अर्कालाई अगाडी बढ्नको लागि सहायता गर्दैनन् बरू उल्टै सहायता गर्नमा पनि हिचकिचाउँछन् । मैले मलयालम, तमिल र भैयाहरूलाई देखेको छु । तिनीहरू यस्तो कोशिश गर्दछन् कि आफ्नो गाउँको धेरै भन्दा धेरै मानिस यहाँ आउँन् ।
म काकाको छोरा दाईको घरमा धेरै दिनसम्म बसे, विस्तारै बिस्तारै म बेशरम बन्दै गएको थिए । मलाई पनि बाँच्नु थियो । अस्तित्वको संघर्षमा सजीव प्राणी के के गर्न सक्छ यस कुराको मलाई गहिरो ज्ञान हुँदै जादैथ्यो । काकाको छोरा दाईले मलाई कुनै चार दिनको समय दिएनन् । तर मेरो स्वागत पनि अन्तर हृदयदेखि पनि गरेनन् । मेरो सम्मुखमा ती दुईको कुराकानीमा एउटा चिसोपन रहन्थ्यो । अनी मेरो मन मरेर आउँथ्यो, तर म पनि बाध्यतामा थिए । म दिनभरी नोकरीको लागि यता उता भौतारीइ रहन्थे । समय लम्वीदै गर्दा निराशाले मलाई छोप्न थालेको थियो । यसको अंत के हुनेछ बुझ्न सकिरहेको थिन । मैले नोकरी पाउँछु नै, यो दृढ विश्वास अब डगमगाउँन थालेको थियो । साथमा भएको पैसा पनि सकिन थालेको थियो । यहाँ मुंबईमा कसैसंग पैसा माग्नु त सम्भव थिएन । यस्तो लाग्दै थियो औरंगाबादमा आमा बुवा समक्ष जाऊँ । प्रत्येक दिन सुत्ने बेलामा आमाको याद आउँथ्यो । आमाले आफ्नो अपठेरो दिनहरूमा कसरी मलाई पाल्नु भएको थियो होला, यस कुराको संझना गरेर उनीप्रती कृतज्ञताले मन भरिएर आउँथ्यो । एक्लै डाको छाडेर रुने मन गथ्र्यो, तर फेरि वरपरका मानिस हाँस्ने थिए । संघर्ष गर्न चाहेको म मजाक बन्न पुगेको थिए । जीवनलाई एकदम नजिकबाट चिन्न थालेको थिए । यस्तो समयमा भगवानलाई कसैले पनि आफ्नो बेलिबिस्तार सुनाउँछन, तर म ठहरे नास्तिक ! म कसरी नास्तिक बने यो मलाई राम्ररी संझना छैन ।
बाल्यकालदेखि मेरो पुस्तक पढ्ने बानी थियो । लत नै भन्नुस् । पिताजीले उहाँको स्कूलबाट चाहेको पुस्तकहरू मलाई पढ्नको लागि ल्याएर दिनुहन्थ्यो, त्यसमा कुनै एउटा लेखक हुन्थेन । जे पनि पढ र त्यसबारे एक्लै सोची राख । मराठीमा मैले जी.ए.. तेंडुलकर, खानोलकर, मडगुलकर जस्ता मात्रै लेखक पढिन बरू माक्र्सको बारेमा पनि धेरै कुरो पढे । आंबेडकर, बुद्धको बारेमा पढे । म पढ्ने मात्रै गर्थिन वरपर पनि उत्सुकताको साथमा हेर्ने गर्थे । यदि भगवान छन् त संसारमा यतिको अन्याय किन ? बिषमता किन ? मेरो पिताजी जस्ता स्वच्छ चरित्रका असल मानिसलाई यती समस्या कीन झेल्नु प¥यो ? वरपर चोर बदमास जस्तासँग डराउँदै बाँचेका मानिस देख्छु, चोर बदमासहरूको केही नराम्रो भएको देखिएन । अनि यस्तो समयमा भगवानले के गर्ने गर्छ ? मान्दछु प्रकृति सर्वश्रेष्ठ हो, तर निसर्ग देव कसरी बन्छ ? प्रकृतिको पूजा मंदिरमा गएर कसरि गर्छन् ? यदि भगवान सर्वसमर्थ छन् भने त उनी मंदिरमा मात्रै कीन पाइन्छन् ? उ त कतै पनि कही पनि भेटीनु पर्ने हो । हामी सबै प्रकृतिको नै अंश हो । मानिस, प्राणी, पंछी, रुख सम्पूर्ण अचेतन बस्तुहरू । यी सबैसंग माया गर्नु नै स्वतः प्रकृतिको पूजा हुनेछ । म हिन्दू हुँ यसको यथार्थ अर्थ के हो ? के धर्मले बाच्ने बाटो पहिल्याउन लगाउँछ ? अहिलेसम्मको धर्मको इतिहासबाट थाहापाइएको छ, यसको कारण झै झगडा भएको छ, रगत बगेको छ, युद्ध लडिएको छ । के धर्म बिना मानिसको भलो हुन सक्दैन ? आज हामीलाई भोकभोकै मर्ने अवस्था आउँदा, अनि धर्मले हामीलाई कस्ताृ मार्गदर्शन गराउँन सक्छ ? भगवान, जात–पाात, धर्म यसभन्दा टाढा मानवता छ, दया छ र यस प्रकारका पुस्तकहरू मैले पढ्दै आए र त्यसबाट सिक्दै आए ।
घरमा म एक्लै नास्तिक थिए । आमा त बडो श्रद्धालु थिइन् । हाम्रो घरमा सधै पूजा हुन्थ्यो । आमा अथवा पिताजीले पूजा गर्थे । गणेशको, गौरीको प्रतिष्ठापना हुन्थ्यो । वर्षमा एक दुई पटक सत्य–नारायणको पूजा हुन्थ्यो । तीहारमा लक्ष्मी पूजा बडो धूमधामको साथमा हुन्थ्यो । यो अर्कै कुरा हो, यती हुँदा हुँदै पनि लक्ष्मीको कृपा पाइएन । आमासँग अनेकन स्तोत्र पाठ गर्ने पुस्तक, पुराण थिए । समय पाउँदा उनी पढथिन् । समग्रमा बडो आध्यात्मिक वातावरण थियो । बुझ्न थाले पछि म यी कुराहरूको खील्ली उडाउँन थाले । दोषारोपण गर्न थाले । सबैले मलाई हप्की दप्की लाउँथे । पिताजीले विरोध गर्नु हुन्थेन । तर समर्थन पनि दिनु हुन्थेन । उहाँ धेरै विचारशील हुनुहुन्थ्यो । उहाँले बुझ्न सक्नु हुन्थ्यो, उहाँको छोरा केही फरक तरिकाबाट सोच्ने गर्छ । शायद उहाँ त्यससँग सहमत हुनुहुन्थ्यो तर उहाँको आफ्नो संस्कारहरूका कारण यी विचारहरू स्वीकार गर्न सक्नु हुन्थेन । चाहे जे भए पनि होस्, विचारको बारेमा म घरमा एक्लै थिए । ठूल दिदीले धेरै पढ्न पाउँनु भएन । उनको मनपर्ने क्षेत्र थियो भान्साघर । उनी आमा जस्तै थिइन् । संतोषी माँको कठोर व्रत उनी लिन्थीन् । मेरो बाल्यकालमा संतोषी माँको कथाको व्यापकता थियो । दिदीले त्यो सिनेमा हेर्ने बडो जिद्दी गरेकी थिइन । यसकारण म गए । सिनेमाघरले मंदिरको रूप लिएको थियो । आइमाईहरू सिनेमामा आरती गर्न थाले । मानिस पर्दामा पैसा फली रहेका थिए । गीतको समयमा मानीस उभिन्थे र ताली बजाउँथे । यस्ता कुराले म भयभीत जस्तै भएको थिए । यदि म एक्लै स्थितप्रज्ञ जस्तै वसिरहेको हुन्थे भने मूर्ख बन्थे यसकारण उभिने गर्थे, बस्थे । पछि संझना भयो, त्यो मास (समूह) हिस्टेरियाको एउटा प्रकार थियो । के यो समीकरण सत्य थियो कि म एक्लै जान्ने बुझ्ने थिए र बाँकी सम्पूर्ण मुर्ख । यस विषयमा पछि मैले धेरै सोचे अनी मानीसहरू उपर मलाई धेरै क्रोध आयो । म सोच्न थाले यस देशको कहिल्यै भलो हुनेछैन । म मानिसहरू माझ अलग्गै एक्लै बन्दै गए । मसँग धेरै मानिस छैन यसको महसूस हुन थाल्यो र यसबाट म बेचैन बन्दै गए । मानीसहरूका साथमा रहँदा सुरक्षित लाग्छ, तर मलाई एक्लै रहदा नै राम्रो लाग्न थाल्यो । म अझ निडर, कर्मठ वृत्तिको बन्दै गए । म सबैसँग झर्किन्थे । यस्तो लाग्थ्यो मैले मानिसहरूलाई सुधार्नु छ र सबै ठाउँमा म बहस गर्न बस्थे । म आफ्नो भनाई बडो जोशको साथमा सुनाउँथे । प्रत्येक व्यक्तिले आफू आफै वुझ्नु पर्ने हुन्छ । गांधी ‘अन्तर हृदय’को आवाजको बारेमा भन्थे, त्यही सत्य थियो । मेरो शिक्षा पूरा हुँदासम्म म संतप्त युवक थिए । यहां मुंबईमा आएपछि जीवनको बारेमा मेरो पहिचान बढ्दै गयो ।
भनिन्छ, ठक्कर खाएपछि मानीस आस्तिक बन्छ । म त अब पाइला पाइलामा ठक्कर खाइरहेको थिए, अनी म आस्तिक किन बनीन ? ममा ईश्वरको प्रार्थना गर्ने किन हुन सकिन ? “जसको कोही हुँदैन, उसको सहारा भगवान हुन्छ” यो लोककथन मलाई किन मनपरेन ? म कठोर यथार्थवादी हूँ । बुद्धिवादी हूँ । कुनै कुरोलाई पनि निरीह भावनाले हेर्नु मलाई आउँदैनथ्यो । म सोच्न थाले मेरो अवस्था अब निकै खराब छ, तर यसको लागि जिम्मेवार को छ ? स्वयं भोक भोकै बस्ने यो अवस्था कसले बनायो ? मैले नै त हो । यदि औरैगावादमा रहदो हुँ त यो अवस्था आउन्थेन । विहान बेलुकाको रोटी त अवश्य पाइन्थ्यो । बैंकमा नोकरी पनि पाइहालिन्थ्यो । त्यसमा खराबी नै के थियो ? तब आफ्नो यस अवस्थाको बारेमा कुनै अर्कालाई दोषारोपण गर्ने किन ? अनी भगवानले मलाई यस अवस्थामा कसरी सहयोग गर्छ ? के उसले मेरो सम्मुखमा बिहान बिलुका भोजनले भरिएको थाल ल्याएर राख्नेछ ? अनी मैलेनै स्वयं आफ्नो भाग्यसँग जुध्नु छ । यानी यदि कसैले मलाई नोकरी दियो भने त उ भगवान कसरी बन्नेछ ? कसै न कसैलाई त नोकरी दिनै पर्ने हुन्थ्यो, तब मलाई दियो, यसभन्दा अरू के नै अर्थ राख्छ र ? अब नोकरी मलाई नै किन, यो प्रश्न उठेमा त्यो समय र परिस्थिति त्यस्तै थियो । यसकारण म भन्छु, हामी बाँचेको कुनै ठुलो संगति राख्दैन । अर्थात् कुनै नोकरी जब हामीले पाउँछौ तब त्यस पदको लागि मभन्दा धेरै लायक संसारमा थुप्रै होलान । तर त्यस समय इंटरव्यूको लागि म नै गएको थिए होला, पदको लागि विज्ञापन नदिएर नै चिनजानको भरमा मेरो चयन गरिएको होला, किनभने कंपनीले विज्ञापनमा लाग्ने खर्च बचाएको होला । शायद कंपनी धेरै चलाख मानिस चाहन्थेन होला । यस किसिमका सम्पूर्ण कुराको पछाडी क्लिष्ट कार्यकारण भाव रहने गर्छ । यसको लागि बीचमा भगवानको अस्तित्वमा नै नभएको संकल्पनालाई ल्याउने आवश्यकता छैन ।
भगवानको संकल्पना मानिसले नै बनायो, यसको बारेमा मेरो मनमा कुनै संका छैन । यो संकल्पना बनाउने मानिसको त्यस बेलाको आवश्यकतालाई अब म बुझ्न सक्दछु । जब म युवा थिए तब म त्यो मान्दिन थे । हो पनि, बर्षा हुनु के मानिसको हातमा छ ? बर्षा हुदैन, तब मानिसको के हुन्छ ? जन्म–मृत्यु के मानिसको हातमा छ ? भूकम्प, ज्वालामुखी, बाढी कहिले आउँछ यो मानिसले कहाँ तिथीमिती तोक्न सक्छ ? मानिसको आफ्नै मर्यादाहरू नै छन् । हिजो आज विज्ञान धेरै अगाडि बढी सकेको छ । जब प्रकृतिको कुनै कार्यकारण भाव मानिसलाई थाहा थिएन तब उ के गर्ने गथ्र्यो होला ? उसले यही सम्झन्थ्यो कि यी सबै कुनै अज्ञात शक्तिको हातमा छ र अनी उसले त्यस अज्ञात शक्तिको सम्मुख शीर निहुराएर विनम्र हुनु बाहेक अर्को कुनै उपाय थिएन होला । आज पनि मानिस कतिपय कुरोमा लाचार नै छ । त्यसको बारेमा विस्तारै विस्तारै भन्नै पर्ने भयो ।
तब यस्तो अवस्थामा मैले भगवानको अस्तित्व अस्वीकार गरे, अवस्थासंग सामना गर्ने दृढ विश्वास लिए र एक दिन चमत्कार भयो । मैले नोकरी पाए । एउटा इलेक्ट्राँनिक्स कंपनीमा सोल्डरिंग आँपरेटरको नोकरी पाए । नोकरी धेरै राम्रो थियो यस्तो भन्न सक्दिन । कंपनी धेरै ठुलो थिएन । तलब धेरै राम्रो थिएन । तर रोजी–रोटीको प्रश्न त समाधान भएको थियो । म राती खुशीले फर्किए अनी यो समाचार मेरो दाजुलाई दिन चाहेको थिए कि उसको अनुहार गंभीर बनेको थियो र उसले भन्यो ‘लाग्दछ तिमीले अब घर छाडनु पर्ने छ किनभने मेरो सासु र ससुरा केही दिनको लागि यहाँ बस्न आउँदै हुनुहुन्छ । शायद सालो पनि आउनेछ, तब यो घर सानो हुनेछ ।’ उसको कुरामा पनि कुनै अर्थ नै थिएन । मेरो एक्लो शरीर कुनै पनि कुनामा सुत्न सक्थे । तर यस कुरामा पनि कुनै अर्थ थिएन किनभने घर उस्को थियो र म जबरजस्ती झै कम्तीमा पनि एक महिनादेखि त्यहाँ बसिरहेको थिए । त्यस महिनाको वासको लागि मैले उसको आभार मान्नै पर्ने थियो । तर त्यस समय मलाई उसमाथी धेरै रिस उठ्यो । तब पनि मैले त्यसलाई प्रकट हुन दिइन । भोलीदेखि मेरो नोकरी आरम्भ हुन थालेको थियो र त्यही समय म वेघर बनेको थिए । मेरो अपाँइंटमेंट पत्रमा काकाको छोरा दाईको यो घरको ठेगाना थियो र भोलीदेखि ठेगाना के हुनेछ यस कुराको मलाई थाहा थिएन । यानी की मैले कसैको घरमा निशुल्क रहनु पर्ने थियो किनभने भाडा दिनको लागि मसँग पैसा बचेकै थिएन ? त्यसको लागि पुनः कुनै नातेदार, साथी खोज्नु आवश्यक थियो । यसरी कतिदिन चल्न सक्थ्यो र ? आजको मृत्यु भोलीको लागि भनेर पन्छाई दिने यो प्रयास थियो । तर त्यसको लागि कुनै उपाय थिएन । त्यसरात पिताजीको फोन आयो । महीना दिनमा मैले आमाको तीनवटा पत्र पाएको थिए र पिताको फोन पनि । उहाँलाई म आफ्नो अवस्था बताई दिन्थे । तर त्यसमा जुन असहज थियो त्यो बताउादिन थे । सब ठीक छ । ठीक हुनेछ, यस्तै बताई रहेको थिए । ती दुइलाई असहज वर्तमान बताउनाले कुनै फाइदा थिएन । उहाँलाई मैले इलेक्ट्राँनिक्स कंपनीमा नोकरी पाएको बारेमा भने । तर सोल्डरिंग आँपरेटरको नोकरी हो यो बताइन । यो पोस्ट निम्नस्तरको थियो । यो मैले काकाको छोरा दाईलाई पनि बताईन । मैले उसलाई बताए, अर्को ठाउँमा खोजीरहेको छु र चिंता नलिनको लागि भने । भन्न सक्दिन, यो मैले के को भरमा भने ।
नोकरीको पहिलो दिन म बेचौन नै थिए । राती कहाँ बस्ने यो निश्चय गरेको थिन । बैग काकाको छोरा दाजु कहाँ राखेको थिए । मुुलुंडदेखि साकीनाकामा नोकरी । पहिलो दिन बैग कंपनीमा कसरी लिएर आउथे ? पूर्ण रूपमा अपरिचित वातावरण । काम कसरी गर्ने यो थाहा थिएन । सोल्डरिंग आँपरेटर कामको लागि त्यहाँ धेरैजसो विवाहीता र कुमारी महिलाहरू थिए । उनीहरूका बीचमा मलाई राखियो । सोल्डरिंग गर्ने ढंग पनि मलाई राम्ररी थाहा थिएन । काँलेजमा सामान्य कुरा सिकेको थिए । प्रोडक्शन इन्चार्जको नजरमा मेरो अवस्था लुक्न सकेको थिएन । सविता यस्तै तीस वर्षकी होलिन् । मैले तत्काल बुझिहाले कि उस्को त्यहाँ धाक थियो । मेरो पहिलो दिन काम सिक्नमा नै बित्यो । काम सकिएपछि सविताले सोधिन्, “कहाँ रहन्छौं तिमी ?” म चुप रहे । झूठो बोल्न सक्छु यस्तो लागेन । बास्तवमा भन्ने हो भने त त्यो एक रात यदि म दाई कहाँ रहन्थे भने उसले मलाई धकलेर बाहिर निकाली दिन्थ्यो, यस्तो कुरा पनि थिएन । तर अब त्यहाँ बस्न मनले चाही रहेको थिएन । एकाएक यस्तो लाग्यो कि म सुक्क सुक्क गर्नथाले— जीवन दुःख, पिडा, अप्ठेरोसंग अहिले पनि आदत बस्न सकेको छैन ।
“बिहानसम्म त मुलुंडमा रहन्थे । आज राती कहाँ बस्छु यो मलाई थाहा छैन ।”
“यानी ?” उ छक्क परिन् ।
अनि मैले संक्षेपमा सम्पूर्ण अवस्था बताए । उसले मलाई टाउकोदेखि पाइतालासम्म हेरि । अनी मलाई भनी, “केही समय यही बस” र भीत्र गएर केही समयपछि आइन् तब साथमा प्रोडक्शन इन्चार्ज करुणाकरनलाई लिएर । उसले पनि मलाई हेर्न थाल्यो । सबिताले उसलाई सबैकुरो भनेको होला ।
“कता जान्छौं तिमी आज ?”
“थाहा छैन ।” मैले टाउँको निहुराएर भने ।
“तिमी त राम्रो घर परिवारको जस्तो लाग्दछौं । धारावमिा बस्छौं ?” उसले अचानक सोध्यो । मलाई यति मात्रै थाहा थियो कि धारावी यो एशिया महाद्वीपको सबभन्दा ठूलो झोपडपट्टी हो । म हुन्छ या हुन्न भन्न सक्ने स्थितिमा कहाँ थिए ? म चुप नै रहे ।
“हाम्रो धारावीमा बाहिरका सबै मानिसलाई स्वागत हुने गर्छ । उसले सबैलाई संभालेको छ ।” मेरो लागि यो नयाँ कुरो थियो । यस कंपनीको प्रोडक्शन इनचार्ज धारावीमा रहन्छ । मेरो अनुमानमा थियो धारावीमा गरीब, मजदूर र गुंडाहरू मात्रै रहने गर्छन् । करुणाकरन जस्ता मानिस त्यही बस्छन् यस कुराले म आश्चर्यमा परे । अहीले पनि धेरैजसो मध्यमवर्गीय मानिसहरूको धारावीको बारेमा यस्तै कल्पना छ । मध्यमवर्गीय व्यक्ति मूलतः स्वानंदमा हराई रहेका हुन्छन् । उनीहरूको धनी र गरिब मानिसका बारेमा गलत कल्पना हुनेगर्छ । धनी लुटेरा हुन्छन्, गरिबलाई लुटेर, टैक्स छलेर यीनीहरू धनी बन्छन्, यस्ता कल्पना उनीहरूलाई धेरै आउँछ । मध्यमवर्गियको कारण देश अगाडी बढ्छ र उनीहरूका प्रत्येकको एउटा अथवा दुइटा बच्चा हुन्छन् । गरीबहरूका छाप्रोमा बच्चाको लाइन लागेको हुन्छ यस्तो “वपुछाप” कल्पनाहरू । यसकारण यस्ता कुरा लेख्ने वपु जस्ता लेखक एकदम लोकप्रिय हुने गरेकाछन् । गरीबहरूका बारेमा एक प्रकारको तुच्छता उनीहरूका मनमा हुन्छ । म यस विचारधाराबाट बाहिर निस्कदै गए यो खुशीको कुरा हो ।
“मैले बैग ल्याएको छैन । म त कही पनि बस्नको लागि तैयार छु ।” मैले करुणाकरनलाई उत्तर दिए ।
“अहिले कहाँ रहेका थियौं ?”
“मुलुंड ।”
“आजदेखि नै धारावीमा रहन्छौं ?”
“हुन्छ ।”
“तब बैग लिएर आउ । म त अफिसमा आठ–साढे आठ बजेसम्म रहनेगर्छु । छिटो निस्कने मेरो बानी छैन । यहाँबाट हामी दुबै धाराबी जानेछौं ।”
म विलखबन्दमा परे ।
“अब के भयो ?”
“तर मसंग डिपोजित, भाडा आदिको लागि पैसा छैन ।” मैले फेरि टाउको निहुराएर भने । क्षणभर उ पनि रोकियो ।
“पछि दिन्छौं नी ?”
“दिन्छु ।”
“मैले तिमी उपर विश्वास गरेको छु, त्यो कायम राख्नु ।”
मैले हुन्छ भने र हिड्न थाले थाहा छैन जिन्दगीले कहाँ लिएर जान्छ । म काकाको छोरा दाजु कहाँ कसरी पुगे थाहा भएन । उ अहिलेसम्म पनि आएको थिएन तर भाउजु थिइन् । उनले मसँग सोधीन्, “अबको बसाईं कहाँ हो ?” म उनलाई कस्तो जवाफ दिनेवाला थिए ? मलाई स्वयं नै थाहा थिएन मेरो अबको ठेगाना के हुनेछ ? मैले भने, “पछि भन्नेछु ।” उनलाई केही डरजस्तो लाग्यो । दाजु आउँदासम्म बस्न भनेर भनीरहेकी थिइन् । तर म झमेला बढाउँन चाहदिन थिए । मेरो भाग्यले मलाई अर्कै बाटोतर्फ संकेत गरिरहेको थियो ।
मानिसको भाग्य यो एउटा भगवान जस्तै नै मजेदार संकल्पना हो । कसैले पनि राम्ररी भन्न सक्दैन कि भाग्य के हुन्छ । तर आफ्नो राम्रो खराब यावत कुरा भाग्यमा छाड्नु हामीलाई राम्रो लाग्छ । विशेषगरेर खराव कुरा । किनभने यथार्थतः हामीलाई सत्य थाहा पाउन राम्रो लाग्दैन । आफ्नो गल्तीलाई स्वीकार गर्नु राम्रो लाग्दैन । जे जती पनि खराब हुन्छ त्यो भाग्यको कारणले हुने गर्छ, आफ्नो पुर्पुरोमा नै लेखेको छैन, यही हामी भन्ने गर्छौ । अब म जे गर्न जादे थिए त्यसलाई भाग्यको भर परेर कसरी जानसक्थे ? मेरो जे जति राम्रो नराम्रो हुनेछ त्यो मेरो कर्मको कारणले हो । यो मलाई विश्वास थियो र यो थाहा पाउन लायकको बालिगपन ममा थियो । म फेरी कंपनीमा आए । करुणाकरनको काम सकिनै लागेको थियो । मैले यी मद्रासी, मलयालमका मानिसहरूमा एउटा कुरा पाएको छु, तिनीहरू पशुले झैं मेहनत गर्छन् । कुनै पनि कंपनीका मानीस उनीहरूलाई चाहन्छन् । एक जना आएपछि उसको पछाडी अरू गाउँलेहरू आउँछन् । पहिले आएकाले पछि आउनेलाई सहारा दिन्छन् । आफ्नो सबैकुरो छाडेर पराई शहरमा आउँछन् र आफू आफैलाई सिद्ध गर्छन् । हामी मराठीहरूमा यो कला छैन । हामीहरूलाई झगडागर्न राम्रो लाग्छ । आफ्नो अधिकारको बारेमा हामीहरू आवश्यकताभन्दा धेरै सतर्क रहन्छौं । थोरै शब्दमा भन्ने हो भने कुनै पनि मालिकले हामीहरूलाई हृदयदेखि चाहन्न ।
करुणकरनको साथमा मेरो पहिलो दर्शन धारावीमा भयो । धारावीको बारेमा लेख्न बसेको भए अवश्य एउटा उपन्यास लेखी सक्ने थिए । यस प्रदेशले मलाई वास्तविक रूपमा बाच्न सिकायो । म आजसम्म सुकिलोमुकिलो, निम्नमध्यमवर्गमा सुसंस्कृत तरीकाले व्यवहार गर्दै आएको थिए । बाँच्नको बारेमा मेरो जुन कल्पना थियो ती सबै यहाँ भताभुङ्ग भयो, सकियो । मानिस यसरी पनि बाँच्छन् यो थाहा पाएर रिगटा लाग्न थाल्यो । मानिसको जीवनको पछाडी सबभन्दा ठूलो “महत्त्व” के हो यस प्रश्नको उत्तर मेरो मनमा बस्यो— त्यो थियो बाँची रहनु । हामी यस संसारमा आएका छौं त बाँच्नको लागि यो निश्चय लिएर यहाँ मानिस बाँच्छन् । यहाँ देशभरीबाट आएका मानिस थिए । तिनमा माछामार्ने थिए, छालाको कामगर्ने मजदूर थिए, त्यस्तै नै रद्दी या कबाडको ठूलो व्यवसाय गर्ने थिए । गुंडा थिए र समाजको सेवागर्ने मानिस पनि थिए । धारावी हेर्नको लागि आउने पर्यटकहरू पनि ठूलो संख्यामा हुन्थ्यो । यहाँ आएर सामान्य कुरा गरेर यहाँका मानिसहरूका दुःखपीडा थाहापाउने ढोंग गरेर बाहिर गएर त्यसबारेमा लेख्ने, डाँक्युमेंटरी बनाउनेहरू धेरै थिए । एउटाले त धारावीको बारेमा फिल्म नै बनायो । यहाँ जब पनि आउँथ्यो तब नाकमा रुमाल राखेर हिड्थ्यो ।
करुणाकरनले मलाई उस्को घर देखायो । प्रोडक्शन इन्चार्जको घर यस्तो हुन सक्छ यस कुरोमा म विश्वास गर्न सक्दिन थिए ।
“यहाँ नडराउँनु । मेरो जस्तो कैयौ मानिस यहाँ रहन्छन् । गांउबाट आउँदा तिम्रो हातमा भएको जस्तो बैग पनि थिएन । तब यस धारावीले मलाई सहारा दियो । अब यहाँ बस्ने आदत बनि सकेको छ ।”
उसको घर छाप्रो जस्तो थिएन । यसो त त्यो ईटाले बनेको थियो । भित्र टी.बी., फ्रिज, सबैकुरो देखिदैथ्यो ।
“आज तिमीले खाना यही खानु । बाहिर सुत्नु । भोली बिहान तिम्रो ठाउँ देखाईदिन्छु । भोजनको व्यवस्था लक्ष्मीले गर्नेछिन् । उसलाई तलब पाउनासाथ पैसा दिहाल्नु । जसै पैसा जम्मा हुन्छ, ठाउँको डिपोजित पैसा दिहाल्नु । पैसा खर्च नगर्नु । दारु, चुरोट पीउने गरेका छौ ?”
“छैन ।”
“तब राम्रो छ । पछि पनि कहिल्यै नपिउनु । नत्रभने त्यसैमा सम्पूर्ण पैसा खर्च भैहाल्नेछ ।”
मैले टाउको हल्लाए । करुणाकरनले मेरो लागि यति सबै कुरा किन ग¥यो, यो मैले अहिलेसम्म बुझ्न सकेको छैन । यस्ता मानीसका कारण बाँच्नु पर्छ भन्ने विश्वास हुने गर्छ ।
अर्को दिन विहान उसले मलाई मेरो ठाउँ देखायो । पक्की ईटको खपडाले छाएको त्यो घर ठीक ठाक थियो । करुणाकरनले त्यो इन्वेस्टमेंटको रूपमा किनेको थियो । करुणाकरन करीब पैंतीस वर्षको होला । उसको संतान थिएन ।
हामी सुकिलामुकिला मानिस स–सानो दुःखलाई पनि कत्रो बवंडर बनाउने गर्छौ । यो विस्तारै मैले बुझ्न थालेको थिए । यानी सुकिलोमुकिलो हुनु कुनै अपराध हो यस्तो म ठान्दिन थे । कसको भाग्यमा कुन किसीमको जीवन लेखेको हुन्छ कसैले भन्न सक्दैन । यसको कुनै तर्क छैन तर हामीले सजगता पूर्वक संसार अध्ययन गरेर सिक्नु पर्छ । हाम्रो संसारभन्दा बाहिर धेरै ठुलो संसार छ र त्यो उसको दृष्टिमा सत्य पनि हुने गर्छ । यहाँ धारावीमा रहनु यो बडो दुःखको कुरा हो । को यस बस्तिमा सुखको साथमा रहन सक्छ ? फ्लैटमा, बंगलामा रहन कसलाई मन पर्दैन ? मेरो धारावीमा जीवन शुरु भयो । प्रत्येक दिन धेरै काम गर्थे । बास्तवमा पहिले सिक्दै थिए । करुणाकरनको साथमा नै घरबाट बाहिर निस्कन्थे र फर्कन्थे । सोल्डरिंग आँपरेटर बन्नु यो मेरो जीवनको लक्ष्य कहिल्यै थिएन । तर अर्को कुनै उपाय पनि थिएन । बाँच्नको लागि घर चाहिन्छ, विहान बेलुका भोजन चाहिन्छ र शरीर ढाक्नको लागि कपडा चाहिन्छ । हुन सक्यो भने त सुत्नको लागि तल ओछ्यान चाहिन्छ, माथी ओढ्नको लागि च्यादर चाहिन्छ । यसको लागि पैसा कमाउँनु आवश्यक थियो र पैसा कमाउँनको लागि यस्तो नोकरी गर्नु आवश्यक थियो ।
म विस्तारै–विस्तारै धारावी र नोकरीमा अभ्यस्त हुँदै थिए । यानी यी दुबै कुरालाई मैले हृदयदेखि अस्वीकार गरिन । तर यस समयमा त यस बाहेक अर्को उपाय पनि थिएन । यस बारेमा घरका मानिसलाई के भन्ने, यो प्रश्न थियो । आमा–बुवाको म एक्लो छोरा थिए । आमा र बुवा मसंग मुंबईमा आएर भेट्न चाहन्थे । म कहाँ रहन्थे, कसरी बाँचीरहेको थिए यो हेर्न चाहन्थे । उहाँहरूलाई मेरो ठूलो चिन्ता रहन्थ्यो र यो स्वाभाविक नै थियो । मैंले धारावीमा रहन थालेपछि उहाँहरूलाई ठेगाना बताए र तत्काल पत्र आयो । आमा र बुवा दुबैले लेख्नु भएको थियो । ठेगानामा धारावी देखेर दुबै तर्सिएका थिए । धारावीको बारेमा उहाँहरूले सुन्नुमात्रै भएको थियो । हेर्नु भएको भए हार्टअटैक हुनेथियो । उहाँहरूलाई यहाँ बोलाउनु पनि सम्भव थिएन । र औरंगाबादमा गएर भेट्न मन गरिरहेको थियो । तर हप्तामा एक दिन मात्र बिदा पाइथ्यो तब कपडा धुनुदेखि लिएर अरु पनि कतिपय काम गर्नु पर्ने हुन्थ्यो । अनि थकान पनि हुन्थ्यो । साथै औरंगाबाद जानको लागि पैसा पनि त चाहिन्थ्यो । छोरा मुंबईबाट आएको छ तब आमा बुवालाई केही त दिनु पनि पथ्र्यो । तर त्यती पैसा बाँकी रहदैनथ्यो । करुणाकरनको डिपाँजितको लागि पैसा जम्मा गराइरहेको थिए । म चारैतिरबाट घेरिएको थिए र बाहिर निस्कने बाटो मैले पहिल्याउन सकिरहेको थिइन । दिन यसैगरी बित्दै जादैथ्यो । मैले आमा–बुवालाई मुंबई बोलाउन चलाखीसाथ टार्दै थिए । मेरा दुई दिदीका पत्र आउँदै थिए । उनीहरूलाई मेरो चिन्ताले सताएको थियो । मेरो ठुलो भीनाजुले जानकारी गराउँनु भएको थियो कि मैले लातूरमा नोकरी पाउन सक्नेछु । मुंबईभन्दा केही थोरै पैसा त्यहाँ पाइन्थ्यो भने पनि राम्रै हुन्थ्यो किनभने त्यहाँ खर्च पनि थोरै हुन्थ्यो । उहाँले मलाई उहाँको घरमा बस्न भनेका थिए । अनि त्यो खर्च पनि त बच्न सक्थ्यो । लातूरमा उहाँको ठूलो बंगला थियो । म यी मध्ये कसैको पनि सुन्ने अवस्थामा थिइन । किनभने यसमा मेरो अभिमानमा ठेस लाग्ने थियो । मैले आफैले मुंबईमा नै बस्नसक्ने प्रमाणीत गराउँनु थियो । अब यसमा सम्झौता हुन गाह्रो थियो ।
करुणाकरनसँग मेरो मित्रता राम्रो कायम भयो । लक्ष्मीसँग पनि मेरो स्नेहको नाता कायम भएको थियो । ती दुबै बडो असल स्वभावका थिए । लक्ष्मी भीत्रबाट सधै दुःखी छिन् यस्तो मलाई लाग्थ्यो । धेरै बोल्ने उनको बानी थिएन । उनी धेरै सहनशील लाग्थीन् । उनले मसँग खाएको पैसा लिन्थिन्, घरको पैसा लिन्थिन् तर उनमा रुखो व्यवहार हुन्थेन, एक किसिमको ममता हुन्थ्यो ।
एकदिन बडो विचित्र घटनाको सामना गर्नु प¥यो । प्रत्येक दिन कंपनिमा जाने बेलामा म करुणाकरनको घर जान्थे र दुबै साथसाथै बस चढेर अफिस जान्थ्यौं । कहिले काही उसलाई छिटो जानु पथ्र्यो । फर्कदा भने प्रायजसो उ मभन्दा अबेर आउथ्यो । हुन पनि उसमा ठुलो जिम्मेवारी थियो । म त्यहाँ आँपरेटर थिए । म प्रत्येक दिनको जस्तै विहान उसको घर गएर बाहिर नै रुके । भीत्र दुबै आपसमा आफ्नो भाषामा झगडा गरिरहेका थिए । के कुरालाई लिएर झगडा गरिरहेका थिए मैले थाहा पाउन सकिन । तर आवाजबाट लाग्दथ्यो कि त्यो झगडा नै थियो । मलाई देखेर दुबैजना चुपलागे । दुबैले टाउको निहुराए र मलाई बस्नको लागि भने । आज करुणाकरन अहिलेसम्म तैयार भएको थिएनन् । पहिले यस्तो कहिल्यै भएको थिएन । यानीकी यिनीहरूका झगडा धेरै बेरदेखि भैरहेको थियो होला । मैले सोधे, “म अहिले जाउँ कि ?” तब उसले भन्यो “बस” ।
अनि केही समय पछि तैयार भयो र हामी निस्कियौं । बस स्टाँपसम्म हामी आपसमा केही पनि बोलेनौं । के भयो मैले बुझ्न सकिरहेको थिइन । उ पनि शांत थियो । बसमा सधैको झै भीड थियो । उसले पहिले बस्न ठाँउ पायो । केही समयपछि उसको छेउमा सीट खाली भएपछि उसले मलाई बोलायो । म बसे । केही समय उ झ्यालबाट बाहिर हेरिरहेको थियो । अनी वीस्तारै भन्यो, “समस्या भएको छ ।” म चुप नै रहे ।
“हाम्रो सन्तान जन्मनेवाला छ ।”
मैले आश्चर्यको साथमा उसलाई हेरे । सन्तान हुन लागेको यो समाचार उसले यस्तो अनुहारले भन्दै थियो जस्तो टाउकोमा आकास खसेको होस् । अनि विहान उ पत्नीसँग यती झगडा किन गरिरहेको थियो ?
“यो त राम्रो समाचार हो नी ? दुःखी किन हुदै छौ ?”
“यही त दुःख हो । लक्ष्मीलाई छोरा–छोरी केही चाहिन्न ।”
“किन ?”
“यानी चाहिन्छ तर उ सन्तानलाई धारावीमा जन्माउँन चाहदिनन् । यस्तो वातावरणमा उनी आफ्नो सन्तानलाई हुर्काउन चाहदिनन् । यसको लागि हामीले निकै वर्ष रोकेका थियौं । तर एँक्सिडेंट हुन गयो । उ अब बालक खसाल्न चाहन्छिन्, नत्र भने केरला फर्केर जाऔं भन्छिन् । हाम्रो त्यहाँ खेती छ, घर छ । हामी त्यहाँ आराम पूर्वक रहन सक्छौं ।”
“तब फेरि यहाँ किन आयौं ?”
“सबै भाग्यको खेल हो । केरलामा कोही पनि रहदैन । कि त मिडल ईस्टमा लाग्छन्, नत्र भने मुंबई–बैंगलोर जान्छन् । मलाई खेती गर्नु थिएन, पितासँग झगडा गरेर म यहाँ आए, तिम्ले जस्तै नै । लक्ष्मीलाई विवाह गरेर यहाँ ल्याए, तब उ धाराबीमा बस्न तैयार थिइनन् । अब यतीका बर्षपछि थोर बहुत पैसा जम्मा भएको छ । सोच्दछु, फ्लैट किनु । तब धेरै टाढा बस्न जानु पर्ने हुन्छ । ट्रेनको बानी छैन र यहाँका मानीस खराब छैनन् । बस्ती राम्रो छैन यसको अर्थ मानिस खराब हुन्छन् के ?”
“तब उनले भनेको मानी हाल, घर खोजी हाल ।”
“म त्यसको लागि तैयार छु, तर लोन लिदा–लिदा, घर खोज्दा खोज्दा त्यती समय त लाग्छ नै ? उनी भन्छिन्, पहिले घर पछि सन्तान, अब यसको के गर्ने ? यतिका बर्षपछि हाम्रो जीवनमा केही राम्रो हुन जादैछ र यसलाई सखाली दिने ?”
म चुप नै रहे । पति–पत्नीको सम्बन्धको बारेमा बोल्न लायकको जानकार तब म थिन । अनी उ चुप रह्यो । मलाई लाग्यो उसको आँखामा आँसू रसाउदै छ ।
बसबाट ओर्लिएपछि उसले भन्यो, “यि सब कुरा आँफिसमा नभन्नु, सबैको गफको केन्द्रबिन्दु म बन्नेछु ।”
अनी तीन–चार महीनामा करुणाकरनले विरारमा फ्लैट लियो । फ्लैट लिएपछि मलाई देखाउँनको लागि त्यहाँ लिएर गयो । साथमा लक्ष्मी पनि थिइन् । उनको पेट अब धेरै ठुलो देखिदैथ्यो । उनले तीस बर्षको उमेर काटी सकेकी थिइन्, यसकारण डाक्टरले उनको राम्रो हेरवीचार गर्न भनेका थिए । विरारमा यती टाढा फ्लैट लिएको हुँदा लक्ष्मी रीसाएकी छन् यो कुरा पछि करुणाकरनले मलाई भन्यो ।
उसले भन्यो, “मसँग जति पैसा थियो र ऋण जति पाए त्यसबाट लिए ।”
म चुप रहे । पैसाको व्यवहार अहिले राम्रोसँग मैले बुझ्न सकेको थिइन ।
बीचमा एउटा घटना घट्यो । एक दिन बिहान म कंपनीमा जान भनेर तैयार हुँदै थिए, तब अचानक आमा–बुवा घरमा आए । म उहाँहरूलाई डेढ वर्षपछि भेट्दै थिए । दुबै दुब्लो देखिइरहनु भएको थियो । उहाँहरू मेरो कारण नै चिंतित थिए होलान् । घरमा आउनासाथ आमा रुन थाल्नु भयो । मेरो वस्तीको, घरको अवस्था उहाँले हेर्न सक्नु भएन होला । उहाँले मलाई अँगालो हाल्नु भयो । डाको छाडेर रुन थाल्नु भयो । बुवा शान्त रहने प्रयत्न गरिरहनु भएको थियो ।
“छोरा, हामीले तिम्रो के बिगारी दिएका थियौं, अनी आज किन यस्तो दिन देखाइरहेका छौं ? औरंगाबादमा के हामीले तिमीलाई सताई रहेका थियौं ? यस्तो ठाउँमा बस्ने अवस्था कसरी आयो ? यस बस्तीलाई देख्नासाथ मेरो मुटु थररर काँप्यो । एक घंटादेखि हामी तिम्रो ठेगाना खोजीरहेका थियौं ।” बुवाले भन्न थाले ।
“बुवा, म मुंबई यसकारण आएको त होइन कि तपाईं खराब हुनुहुन्छ, तपाईंसँग मेरो झगडा भएको छ । मेरो यहाँ राम्रो चलिरहेको छ । मलाई यहाँ स्वयं प्रमाणित गर्नु छ ।”
“के प्रमाणित ग¥यौं यो डेढ बर्षमा, जो यस्तो ठाउँमा बस्न आउनु प¥यो । लाज लाग्दैन, यसकारण हामीलाई आफ्नो मुख देखाउँन औरंगाबाद आउँदैनौं ?” आमा एकदम उफ्रीनु भयो ।
“मेरो जीवन समाप्त कहाँ भएको छ ? यो त आरम्भ हो । प्रत्येकले अप्ठेरोसँग सामना गर्नु पर्ने हुन्छ । नत्रभने कोही पनि ठूलो बन्न सक्दैन । एकदिन तपाईंले देख्नु हुनेछ म धेरै ठूलो बन्नेछु । मसँग सम्पत्ती हुनेछ ।”
“त्यो जब हुन्छ तब हुनेछ । हामी तिमीलाई लिन आएका हौ ।” बुवा पनि अब रिसाउनु भयो ।
“अब त्यो सम्भव छैन । त्यो बाटो मेरो लागि सधैको लागि बंद भैसकेको छ ।” अनि निकै धेरै नै बहस शुरु भयो । मेरो समस्या फरक थियो । आमा–बुवालाई टाँयलेटको लागि कहाँ जानको लागि भनूँ, यही कुरा म सोचीरहेको थिए । यहाँ पब्लिक टाँयलेट धेरै छ तर त्यहाँ लामो क्यू हुनेगर्छ । कतीपय ठाउँको अवस्था त निकै खराब छ । त्याँहा नाक थुनेर आँखा कुनै पनि तरिकाले खुला राखेर बस्नु पर्छ । यसको लागि म प्रत्येक दिन एकदम बिहानै उठछु । कुनै दिन छिटो निद्रा खुलेन भने या अबेर हुन गयो भने रेल्वे लाइनमा बस्नु पर्छ । म पहिलो पटक रेल्बे लाइनमा बस्न गएको थिए तब लाजले भुतुक्कै भएको थिए । तर म जस्ता अरू पनि मानिस बसेका थिए । यतिकैमा अगाडीबाट लोकल ट्रेन आयो । यस्तो लाग्यो मानौं सबैले मलाई नै हेर्दै हासीरहेका थिए । मलाई लाग्यो जमीन भासीयोस् र म भीत्र गाडिऊँ । तर टाँयलेट जानु नै थियो । लोकल ट्रेनका यात्रु भन्ने गर्छन्, “यिनीहरूले मुंबईंलाई शौचालय बनाइ दिएका छन् ।” यदी मैले यो जीवन नदेखेको हुँदो हुँ त म पनि शायद यस्तै नै भन्नेथिए । जति हुन सक्थ्यो म रेल्वे लाइनमा जानबाट बच्ने प्रयत्न गर्थे । तर कहिले काहि जानै पथ्र्यो । अब आमा बुवालाई यसबारेमा भन्नु बडो अप्ठेरो थियो । अनि उहाँहरूलाई चिया–कफीको लागि बाहिर गएर दूध ल्याए । मसँग सानो ग्यास थियो । आमा–बुवालाई करुणाकरनसँग भेट गराए ।
त्यसदिन म कंपनी गइन । आमा बुवालाई समझाउँदै बसे । मेरो कुनै पनि कुरा उहाँहरूलाई मन परेको थिएन । अनि शाझ उहाँहरू फर्कदै हुनुहुन्थ्यो । मसँग धेरै रिसाउनु भयो । तर एक किसिमबाट मेरो मनमा सन्तोष छायो । किनभने उहाँहरू कहाँ सुत्नु हुन्थ्यो यो टड्कारो प्रश्न थियो । मसँग एउटा मात्रै ओछ्यान थियो । एउटै ओछ्यानमा उहाँ दुबैजना कसरी सुत्नु हुन्थ्यो ? म कतै पनि पल्टिदिन्थे । मलाई अहिलेसम्म कंगाल जीवनको बानी परि सकेको थियो ।
करुणाकरन र उसको माध्यमबाट मेरो पनि जीवनमा पीडादायीक्षण आयो त्यो पनि लक्ष्मीको कारण । यसो त मेरो जीवन पनि कुनै राम्रो तरिकाबाट चलिरहेको भने थिएन । तर अबको बाटो भने अझ असहज बन्न गयो । म अर्को नोकरीको लागि प्रयत्न गरिरहेको थिए । अर्को ठाउँमा मलाई सोल्डरिंग आँपरेटरको रूपमा जानु थिएन । त्यस प्रकारको एक दुइटा अफरहरू मैले पाए । एउटा “सीप्ज” जस्तो नाम चलेको ठुलो कम्पनीको थियो । तलब यहाँभन्दा धेरै थियो । तर पैसाको लागि नोकरी छाड्नु ताडबाट खसेर खजूरमा अडकिनु जस्तै हुन्छ । मलाई यहाँ हेरबीचार गर्नको लागि करुणाकरन त थियो । त्यहाँ कोही पनि थिएन । फेरी त्यहाँ पालीमा नोकरी गर्नु थियो । यो ठूलो कुरो थिएन । तर मलाई राम्रो काम गर्नु पर्ने नोकरी चाहिएको थियो । अर्थात् दुई वर्षको एक्स्पीरियन्स बाहिर धेरै महत्त्व राख्दैनथ्यो । भारतमा तब पर्सनल कंप्यूटरको समय आएको थियो । एउटा कंपनीले मलाई तीन महीनासम्म वीना तलब कामगर्नको लागि भन्यो । त्यसपछि मेरो काम अनुसारको मलाई अपाँइंटमेंट दिने थियो । तर तीन महिनासम्म मलाई कसले पाल्ने थियो ? कसैसँग पैसा माग्ने प्रश्न नै उठदैनथ्यो । मसंग बचत गरेको पैसा थियो, त्यसबाट तीन महिनासम्म कमाई नगरेर चलाउँनु असम्भव थियो । धेरै सोचेर मैले अस्वीकार गरे ।
लक्ष्मीको प्रसूतिको समय नजिक आएको थियो । करुणाकरन उसको ख्याल धेरै राख्थ्यो । साच्चै भन्ने हो भने लक्ष्मी आफ्नो गाउँमा प्रसूतिको लागि जानू थियो तर करुणाकरनले उसको आमालाई नै बोलाएको थियो । यसै बीचमा उसले घरको ताला चाबी पनि पाएको थियो र फर्नीचरहरू, रंगाउँने काम चलिरहेको थियो । करुणाकरनले उसको धारावीको घर बेची दियो । प्रसूति पछि तत्काल उ विरारमा बस्न जाने थियो ।
लक्ष्मीको नाम सायनको एउटा नर्सिंंग होममा दर्ता गरिएको थियो । मेरो र उनको पनि बडो राम्रो सम्बन्ध बनेको थियो । उनलाई म भाउँजु भन्थे, उनले मलाई सानो भाई मान्थीन् ।
लक्ष्मीलाई प्रसवपीडा हुन थाल्यो तब मैले छुट्टी लिएको थिए । करुणाकरनलाई आँफिस जानु आवश्यक थियो । केही आवश्यक काम थियो । म लक्ष्मीको आमाको साथमा गए । मध्यान्हमा उनलाई भर्ति गरे । उनलाई धेरै नै पीडा भइरहेको थियो । उनलाई केही समय पछि लेबर रूममा लिएर गयो । त्यहाँ के भयो मलाई थाहा छैन । पहिले त्यहाँ आया, नर्समात्र थिए । पछि डाँक्टर तिव्रगतीमा भीत्र जादै गरेको देखाप¥यो । म त्यहाँ उभिएको थिए । करुणाकरनको बाटो हेरिरहेको थिए ।
डाँक्टर मनिर आयो र उसले सोध्यो, “तपाईँ लक्ष्मीको को हो ?” म क्षणभर अक्क नबक्क भए । म लक्ष्मीको को थिए ? यसो त कोही पनि थिइन । तर उनी मेरोलागि सबैकुरो थिइन् । बितेको दुइ बर्षदेखि उनले मलाई धेरै ममता दिएकी थिइन् । झट्ट के भनु केही भन्न सकिन । यतीकैमा उसले भन्यो, “लक्ष्मीको बच्चा सीरिअस छ । छोरा भयो, तर त्यो बाच्ने सम्भावना देखिदैन । हामी आमालाई बचाउँने प्रयत्न गरिरहेका छौं । तर शायद उनलाई ठुलो अस्पतालमा एडमिट गराउँनु पर्नेहुन्छ ।”
मलाई लाग्यो मानौ मेरो पाइतालाको जमीन सर्दैछ । यस्तो अवस्थासँग कहिल्यै मेरो सामना भएको थिएन । यसप्रकारको जिम्मेवारी मैले कहिल्यै संभालेको थिइन । म अतालिएर पसिनै पसिनाले नुहाए । तब सम्मुखबाट करुणाकरन आउँदै गरेको देखे अनी मलाई केही हल्का भयो । मैले उसलाई डाँक्टरसँग भेट्नको लागि भने । डाँक्टर पुनः लेबर रूममा गएको थियो । अनी मैले उसलाई वास्तविक कुरा बताए । उसले एकाएक मेरो हात समात्यो । केही समय दह्रो गरेर समात्यो ।
“ओहो, मेरी लक्ष्मीलाई केही पनि हुनु भएन ।”
“धैर्य राख । केही पनि हुँदैन ।” मैले उसलाई सान्तवना दिनको लागि भने । “तिमीलाई के थाहा ? तिमी स्वयंलाई भगवान ठान्छौं के ?”
म चूपचाप नै रहे ।
“हिड बाहिर गएर आऔं ।”
“अब कता ?”
“म सँग हिड ।”
लक्ष्मीलाई छाडेर जान म एकदम चाहिरकेको थिइन । उनलाई यदी ठुलो अस्पतालमा ऐडमिट गराउँनु प¥यो भने ? मानीस कहिल्यै पनि राम्रो व्यवहारबाट, समझदारीपुर्वक व्यवहार गर्दैन र यही उसको दुःखको मूल कारण हुने गर्छ । यो अब मैले मेरो आजसम्मको जीवनबाट थाहा पाउन सकेको हूँ । उ भावनाको शहरमा जान्छ र अनी गलत बाटोमा हिड्छ । त्यस समय यदि करुणाकरन त्यही रहने थियो भने ? कम्तीमा पनि मलाई त्यही रहन दिएको भए ? यस तर–मरमा केही पनि राखेको छैन ।
करुणाकरनले मलाई किंग्ज सर्कलमा उसको कुनै देवी मंदिरमा लिएर गयो । जहिलेदेखि केही थाहा पाउन बुझ्न थालेको थिए तबदेखि आज पहिलो पटक मंदिर जादै थिए । मंदिरमा अगरबती बल्दैथ्यो । पूजारी पूजा गरिरहेका थिए । भक्तगण बडो जोड जोडसंग घंट बजाउँदै थिए । यहाँ आएपछि मानिसले के पाउँछ ? मलाई थाहा छैन । हाम्रो जिम्मेवारी जब हामी अर्काको टाउकोमा थोपर्छौ तब मन हलुङ्गो हुन्छ । हामी एक्लै छौं यस्तो भान हुँदैन । मानीस कहिल्यै पनि जरोसम्म पुगेर कारणहरूका मीमांसा गर्दैन । यस्तो गरेमा हाम्रो र सबैको खोक्रोपन उजागर हुनेछ यो डर उसलाई लाग्छ होला । बाह्य चमक सबैलाई राम्रो लाग्छ । करुणाकरनले पूजारीलाई एकसय एक रुपिया प्रसाद चढाउन भनेर दियो । श्रद्धापूर्वक देवीको प्रार्थना ग¥यो । उसको मलयालम भाषामा प्रार्थना ग¥यो । त्यो पत्नीलाई बचाउनको लागि होला । अनी तीन पटक प्रदक्षिणा ग¥यो । म उसको साथमा थिए । मलाई पनि लागिहेको थियो, कतै म पनि प्रार्थना गरेर लक्ष्मीको प्राण रक्षाको लागि कुनै मनौती मागूँ, तर यसो गर्दा कोही पनि बाँच्दैन मनको धारणा भने यस्तो थियो । उनलाई बचाउँने भनेकै डाँक्टरले नै हो यस कुरामा विश्वास थियो । मंदिरबाट बाहिर आएपछि करुणाकरनले भन्यो,
“हिड, अब सबै राम्रो हुनेछ ।” यो उसले कुन शक्तिको भर गरेर भनेको थियो यो मैले बुझ्न सकिन । हामी नसिंग होममा पुग्यौं तब नर्स हाम्रो बाटो हेरिरहेकी थिइ । उसले हामीलाई देख्ना साथ कराउँन थाली,
“कता गएर बसेका थियौं ? यता तपाईंको पत्नीको अवस्था एकदम सीरियस छ, उनलाई सायन हाँस्पिटलमा लैजानु छ । डाँक्टरले त्यहाँ फोन गरेका छन् र ऐम्बुलेन्सको बन्दोबस्त पनि । तपाईं छिटो गर्नुस् ।”
लक्ष्मीलाई हामीले तत्काल ऐम्बुलेन्समा राख्यौं । उनी रगतमा नुहाएकी लाग्थीन् । रगत धेरै बगेको होला । म त्यो हेर्न नसक्ने थिए । तर धैर्य राख्दै सबै कुरो गर्नै पर्ने थियो । सायन अस्पतालमा उनलाई इमर्जेन्सी वाँर्डमा तत्काल भर्ना गरियो । उनको नाडी छामेर डाँक्टरले हामीलाई भन्यो, “शी इज डेथ” म उसको अनुहार हेर्दै रहे । मेरो संवेदना त्यस क्षण मबाट निस्किेर कतै बाहिर गएको जस्तो भएको थियो । मेरो कानसम्म केही पनि पुगेको थिएन होला ।
डाँक्टरले फेरि भन्यो, “शी इज डेथ । उनलाई ऐडमिट गरीएको थियो यस्तो देखाउँने हो भने उनको पोस्टमार्टेम गराउँनु पर्ने हुन्छ, त्यसमा धेरै समय लाग्न सक्छ र फेरि सहज पनि हुन्न । राम्रो हुनेछ तपाईंले पहिले डाँक्टरबाट डेथ सर्टिफिकेट लिइ हाल्नोस् । म तत्काल डेथ बाँडी तपाईंलाई सुम्पिन तयार छु ।”
मैले टाउको मात्रै हल्लाए । करुणाकरन केही पनि भन्न सक्ने अवस्थामा नै थिएन । मैले नै सबै कुरा छिनोफानो गर्नु थियो । मैले जीवनमा पहिलो पटक मृत्यु हेर्दै थिए । बाल्यकालमा हाम्रो घरमा हजुरबा हजुरआमाको मृत्यु भएको थियो । तर त्यो मलाई संझना छैन । म त्यतीखेर धेरै सानो थिए ।
लक्ष्मीको सम्पूर्ण अंतिम संस्कार मैले नै गरे । करुणाकरन सबै कुरो टोलाएको आँखाले हेरिरहेको थियो । अंतिम संस्कार गरेर हामी घरमा आयौं तब उ डाको छोडेर रुन थाल्यो । मेरो कुममा उसले टाउँको अडाएको थियो । मानौं म उसको दाजु बनेको थिए । हिजो हाम्रो जीवन कस्तो थियो र आज कस्तो छ ? क्षणभरमा मानिस केबाट के हुन्छ । यो क्षणभंगुरता मानव जीवनको शाप हो । अथवा वरदान ? करुणाकरनले प्रसूति पछिको सम्पूर्ण प्लान बनाएर राखेको थियो । उ नयां घरमा बस्न जानेवाला थियो । लक्ष्मीलाई खुशी दिलाउने उसको थुप्रै प्लान थियो । केहि दिन अघि मात्रै उसले मलाई बताएको थियो, “मित्र, हाम्रो नयाँ जीवन शुरु हुने भएको छ । धेरै राम्रो लाग्दैछ । लक्ष्मी यस शहरमा कहिल्यै पनि खुशी थिइनन् । अब उनी खुशी भएको हेर्न चाहन्छु ।”
उसको जीवन नै परिवर्तन भएको थियो । मानिसले प्लान अनुसार जीवनमा के सबै कुरो गर्न सक्छ ? करुणाकरनको सपना धेरै ठुलो थिएन । उ आम मानिस थियो । तब ती सपना पनि पूरा हुन सकेन ।
यस विपतीबाट सम्हालिनु पर्ने थियो । जीवनको प्रवाह त चली नै रहन्छ । यो विपती कम्ताको थियो र, हामी दुबैले एउटा अर्को विपती व्यहोर्नु प¥यो । करुणाकरनले आफ्नो घर बेचेको थियो । एक्लै विरारमा जान उसको मनले मान्दै मानेन । उसले आफ्नो सम्पूर्ण संसार मेरो घरमा यानी उसको अर्को घरमा लिएर आयो । मेरो घर उसको पहिलोघरभन्दा सानो थियो । तर कुनै पनि तरिकाले हामी त्यसमा रहदै आएकाथ्यौं । एक रात हामी जब भोजन गरिरहेका थियौं तब धारावीका केही मानिस करुणाकरनको नजिक आयो । उनीहरूले करुणाकरनलाई बाहिर बोलायो र अनायास जोड–जोडले आवाज आउन थाल्यो । दुई तीन जनाले उसँग जोशको साथमा कुरा गरिरहेका थिए र उ उनीहरूलाई नरम आवाजमा संझाउँदै थियो । मैले भोजन आराम पुर्वक गरे । पछि त म सबै कुरा थाहा पाउने नै थिए । करुणाकरन थाकेको परास्त भएको अनुहार लिएर आयो र बाँकी रहेको भोजन नखाएर नै ओछ्यानमा पल्टियो ।
“के भयो ?” मैले उसलाई बिस्तारै सोधे ।
अनि उ उठेर बस्यो केही समय त्यसैगरी बस्यो अनि भन्न थाल्यो, “मैले तिमीलाई भनेकै छैन । मैले यो घर पनि बेचेको हुँ । मसँग विरारको फ्लैट लिनको लागि पूरा पैसा जम्मा हुन सकेको थिएन तब मैले यो घर पनि बेचिदिएको थिए । लक्ष्मी यसको विरुद्ध थिइन् । उनले धेरै बवाल गरिन् किनभने तिमी कहाँ रहन्थ्यौं ? बडो समस्या भयो । अनि मैले जसलाई घर बेचिदिएको थिए उसलाई भने, केही दिनको लागि बस्न देउ । हामी उसलाई भाडा दिने गर्छौ । उसले केही दिनको लागि मान्यो तर अब त केही महिना भै सक्यो । उ मेरो पछाडी परेको छ । घर दुइ दिन भीत्र खाली गर्न भनेर भनेको छ । हिड, अब हामी विरार जानेछौं, बस्नको लागि ।”
के भनूँ भन्ने कुरा मलाई आइरहेको थिएन । लक्ष्मीले मेरो यतीको ख्याल किन राख्थीन् ? उनी शायद मेरो भगवान थिइन् । म यस समय करुणाकरनलाई कसरी सहायता गर्न सक्थे ? मैले उसलाई के भन्नु पर्ने थियो ?
“तिमी मेरो चिंता नलेउ । अब मुंबई आएको अढाइ वर्ष भै सक्यो । केही त बाटो निस्कन्छ । म मेरो बाटो पहिल्याई हाल्छु ।”
“तिमीले अहिले यो खतरनाक शहरलाई राम्रोसंग हेरेकै छैनौं । जे मनमा आयो त्यही बोल्दैछौं । अब हाम्रो जीवन एउटै छ । तिमी हिड विरारमा बस्नको लागि ।”
अनि मैले केही भनिन । म परनिर्भर भएको थिए । हामीले केही दिनमै विरार जाने तय गरेका मात्र के थियौं हामीलाई एउटा अर्को आफत आइलाग्यो । हामीलाई साढे सातको दसाले समातेको थियो । हामी दुःखको भूँमरीमा फसेका थियौं ।
हाम्रो कम्पनी सानो थियो । यहाँ मजदूरहरूका यूनियन यस्तो केही पनि थिएन । हामी हेरिरहेका थियौं, कम्पनीको व्यापार कम हुँदैथ्यो । तर त्यसको लागि हामी जिम्मेवार थिएनौं । हाम्रो काम कम हुँदेथ्यो । एकदिन काम शुरु भएको थियो र करुणाकरनले मलाई उसको केबिनमा बोलायो । उसको अनुहार गंभीर थियो ।
“के भयो ?” म आतिदै उसँग सोधे ।
“सब कुरो गडबड भयो ।” उसले सम्मुखको गिलासको पानी खायो ।
“एम.डी.ले मलाई भित्र बोलाएको थियो । व्यापारमा दम छैन भनीरहेको थियो । प्रोडक्शन गर्नु भन्दा बाहिरबाट सामान मगाएर बेच्दा धेरै पैसा हुन्छ । भनिरहेको थियो यसमा घाटा भै रहेको छ, हामी पन्द्र बीस जनाको त प्रश्न हो, हामीहरूलाई उ तीन महीनाको तलब दिन तैयार छ । उसले उत्पादन तल्काल रोक्नु छ ।”
“तब हामी कहाँ जानेछौं ?” म एकाएक आतिए । एउटा नोकरी पाउनमा नै मेरो पाइतालामा पसीना आएको थियो । अब फेरि कहाँ गएर नोकरी खोज्ने र कसले मलाई नोकरी दिनेबाला थियो ? वितेको अढाई वर्षमा धेरै कोशिस गरिसकेको थिए ।
“यसकारण उसले तीन महीनाको तलब दिदैछ । हामीले उसले भनेको मान्दैनौ भने पनि उसले हामीले भनेको कहाँ सुन्छ ? राम्रो त यही हुनेछ, हामीले उसले भनेको मानौं ।”
मैले कुनै मेसो पाउन सकिरहेको थिइन । हाम्रो जीवनको धागो हाम्रो हातमा कहाँ छ र ? हाम्रो नोकरी गयो । कंपनीले तीन महिनाको तलब हाम्रो हातमा राखि दियो अनी हाम्रो कंपनीको साथको सम्बन्ध सकियो । एउटा अध्यायको अंत भयो । फेरि नोकरी खोज्नु आवश्यक थियो । विरार जाने दिन पनि नजिक आउँदैथ्यो । करुणाकरनले मालिकलाई त्यस्तै वचन दिएको थियो । करुणाकरण यी दुई दिनमा उदास देखिएको थियो । उ घरदेखि बाहिर निस्किएन । म नै धारावीमा यता उता आउने जाने गर्दै थिए । मानिससँग चिनजान बढाउने प्रयास गरिरहेको थिए । कतै काम पाउन सकिन्छ कि भनेर सोधखोज गरिरहेको थिए ।
राती खाना खादैगर्दा करुणाकरनले भन्यो, “मैले निश्चय गरेको छु अब म केरल फर्केर जान्छु ।” म उसलाई हेर्दैरहे ।
“यानी ?” म अकमक्क भए ।
“हो । म आफ्नो गाउँ फर्केर जान्छु । आमा बुवा खुशी हुनुहुनेछ । उहाँहरूलाई म यहाँ बसेको कहिल्यै मन परेको थिएन । सोचेको थिए, यस शहरमा केही गरेर देखाउँछु । म यस्तो गर्न सकिन । अब त लक्ष्मी गए पछि त्यो हिम्मत पनि रहेन । केही गर्न उत्साह नै आृउन्न । य यस शहरमा थाकीसकेको छु । अब कमसे कम ति दुईलाई माया त गर्न सक्छु ।”
मलाई लाग्यो मेरा आँखामा आँसू आइरहेको थियो । मैले कोशिस गरेर आँशू रोके ।
“मलाई तिम्रो मात्र चिंता छ । मसंग केरला हिड, यस्तो पनि म तिमीलाई भन्न सक्दिन । त्यहाँ तिमीलाई राम्रो लाग्दैन । तिमी पनि मैले जस्तै सपना बोकेर यस शहरमा आएका हौ । तिम्रो सपना शाकार बनाउँने पूर्ण प्रयत्न गर्नु । पूर्ण लगनको साथमा काम गर्नु । विरारको घर म बेच्दै छु । इस्टेट एजेंटलाई भनि दिएको छु । म फर्किएर केराला जादैछु तब केही पैसा त लिएर जानै पर्छ । त्यहाँ उहाँहरूको बोझ बन्न चाहन्न । नयां जीवन शुरु गर्छु । हारेर फर्केर जादैछु । यहाँ यस शहरमा कतिपय मानिस हारेर पनि बाँचरिहेका छन् । बाँच्नु त पर्छ नै ।”
मलाई मेरो भविष्य देखाप¥यो । मैले अढाई वर्षमा स्वयंको लागि एक बीत्ता पनि स्थान बनाउँन सकेको थिइन । केही अलीकता पैसा जम्मा भने गरेको थिए । कम्पनीले तीन महीनाको तलब दिएको थियो । अब के गर्ने, भगवान भरोसा ।
“कहिले निस्कन्छौं जानको लागि ?”
“एक दुइ दिनमा यो घर छाडदै छ । विरारको घरको एउटा कस्टमर आएको छ । उसले टोकन दिन्छ । पछि सम्पुर्ण पैसा दिनेछ तब फर्केर जान्छु । तबसम्म तिम्रो घरमा रहन्छु ।”
मेरो घर कहाँ हुनेछ, यो थाहा थिएन । त्यस रातभरी मलाई नीद्रा लागेन । दुइ दिनपछि करुणाकरन केरल गयो । म उसलाई पुगाउँन व्हीटी स्टेशन गएको थिए । मेरो बस्ने ठाउँको व्यवस्था हुन सकेको थिएन । राती कहाँ सुत्छु यो थाहा थिएन । साथमा सानो संसार थियो । पैसा त बैंकमा राखेको थिए । आवश्यकताको लागि अलिकता पैसा साथमा राखेको थिए ।
“कता रहन्छौं तिमी ?” गाडीमा बसीसकेपछि पनि उसलाई मेरो चिन्ता थियो ।
“तिमी चिन्ता नगर । म लजमा रहनेछु । अनि हेर्छु घर ।”
“मलाई आफ्नो ठेगाना बताउनु । हामी फेरी भेटछौं । मलाई तिमी सफल भएकाृ हेर्नुछ ।” उसले झ्यालबाट मेरो हात आफ्नो हातमा लियो । उसलाई स्पर्शमा विश्वास थियो । भीजेको थियो । विस्तारै विस्तारै करुणाकरन आँखा अगाडीबाट टाढा गयो । सम्मुखको प्लेटफार्ममा मनमाड जाने रेल थियो । त्यहाँबाट रेल परिवर्तन गरेर औरंगाबाद जाउँ । एक क्षणको लागि लाग्यो छाडी दिउ मुंबई । आमाको काखमा पल्टु । करुणाकरनले झै पराजयको घोषणा गरिदिउ । तर कतै अभिमान “स्वत” जागेर आयो । उसले टाउको उठायो । म बाहिर निस्किएर दादरको टिकट लिए । रात्रीपखको लोकल ट्रेनमा झ्याल नजिक बसे । रात निकै घर्किसकेको थियो र गाडी कुर्ला जाने थियो । यसकारण भीड थिएन । मनको बडो अनौठो अवस्था भयो । जीवनको दिशाबारे कुनै अनुमान लगाउँन सकिरहेको थिइन । हावाको झोक्काले विचारका झोक्का उडाउँदै लादैथ्यो । त्यही मानसीकताको साथमा दादरमा ओर्लिए । बाहिर आए । भोकले निकै सताएको थियो । बाहिर ठेलागाडाबाट हरहर बास्ना आउँदैथ्यो । आम्लेट, ब्रेड र डोसा खाए । थाहा थियो यस एरियामा थुप्रै लजहरू छन् । कतिपय मानिस एकदिनको कामको लागि मुंबइ आउछन् । उनीहरूका लागि यो सुविधा हुनेगथ्र्यो । हातमा बेडीङ र एउटा सुटकेश थियो । यस किसीमले लजमा कति दिन रहनेछु ? यता कति करुणाकरन मसँग भेटिनेछन् र मलाई कृपा गर्नेछन् ? म स्वयं आफ्नो गोडामा उभीनु पर्ने छ । लजमा रहन थाले भने पैसा खर्च हुनेछ । के गरू केही मेसो पाउन सकिरहेको थिइन । सम्मुखमा स्वामीनारायणको मन्दिर थियो । एघार बज्न थालेको थियो । मंदिरको गेट बन्द भएको थियो । राती भगवानलाई कीन थुनेर राख्ने गरिन्छ ? उसले आफ्नो शरीरका गहनाको यदि रक्षा गर्न सक्दैन भने अरूको रक्षा कसरी गर्छ ? मंदिरको बरंडामा केही भिखारीहरूले आफ्नो ओछ्यान लगाएका थिए । मैले निश्चय गरे, त्यही सुत्नेछु । खोल्नु र सुत्नु । सुकिलोमुकिलोको लाज त मैले रेल्वे लाइनलाई शौचालय बनाउँदा नै त्यागी दिएको थिए । शायद मेरो बैंग चोरी हुनेछ । त्यसमा मूल्यवान कुरो नै के छ ? मात्र कपडा । डिग्री सर्टिफिकेटको फोटोकापी । त्यो पहिलेको कंपनीबाट मागेर ल्याउन सक्नेछु । एउटा नयां अनुभवको सामना गर्नेछु । म अहीले देखिदैछु राम्रो । यी भीखारी जस्तै देखिएको छैन । पाकेटमा दुइ दिनको लागि खान पुग्ने पैसा थियो । मैले कुनामा बेडिङ खोले, बैगलाई तकिया बनाए र पल्टीए । आंखामा नीद्रा आएन । मनमा निकै कुरा भरिएको थियो । स्वयंलाई नाचीज, वरपरको व्यवस्था, सबै कुराको सोचमा डुबेको थिए । यस्तो लाग्यो, अहिले नै उठू र मंदिरको ढोका फोडेर भगवनसंग प्रश्न गरू । कस्तो पाप मैले गरेको थिए जो यस प्रकारले बाँच्नु परिरहेको छ ? केही बेर पछि नीद्रा लाग्यो । अनी अचानक आँखा खुल्यो तब कसैले मेरो बैग तान्दैथ्यो । सिकारु चोर होला । म चलमलाउनासाथ कुलेलम ठोक्यो । केही समयपछी मेरो आंखा सम्मुखको फुटपाथमा प¥यो । एकजना मानीस बडो लगनपूर्वक रंगले चित्र बनाउँदैथ्यो । घडीमा हेरे, अढाई बजेको थियो । मलाई कौतूहल भयो । त्यस मानिसको ध्यान चित्रमा मात्र थियो । मैले आफूलाई रोक्न सकिन । म उठे । बेडिङ कसे । बैग हातमा लिए र उसको छेउमा गएर उभिएर हेर्नथाले । हनुमानको चित्र पुरा हुन थालेको थियो । चित्र ठ्याक्कै हनुमानको थियो । म हेर्दैमात्र थिए । चित्र पुरा भयो र दाढीपालेको उसले सोध्यो, “कस्तो लाग्यो ?” यानी उसलाई थाहा थियो म त्यहाँ उभिएको छु । म झस्किए ।
“धेरै राम्रो । तपाईं सधै बनाउनु हुन्छ ?”
“जब मन गर्छ तब बनाउँछु । यो त अल्लाहको इच्छामा छ ।” मलाई उसले अल्लाह भनेको विचित्र लाग्यो । तर सोझै भन्नु संभव थिएन ।
“तपाईंको नाम के हो ?” मैले डराउँदै डराउँदै सोधे ।
“तिमी यस एरियामा नयां लाग्दैछौं । तिमीले यहाँ जतिपनि भिखारी सुतीरहेका देख्दैछौं ती सबै मेरो लागि काम गर्दछन् ।”
“यानी ?”
“मेरो यही नै धंधा हो । यो मेरो एरिया हो । किंग्ज सर्कलदेखि परेलसम्म । म रातमा बाहिर निस्कन्छु । सम्पूर्ण भिखारीले मलाई उनीहरूका कमाईको साठी प्रतिशत दिने गर्छन् । पैसा संकलन गरेर म घर जान्छु । अगाडी मेरो गाडी छ ।” उसले संकेत ग¥यो । अगाडी मारुती गाडी थियो ।
“तिमी के गर्छौ ?” उसले सोध्यो ।
“अहिलेसम्म केही गर्दिन । तपाईलाई देखे तब लाग्यो म पनि तपाईले जस्तो चित्र बनाउँन सक्छु । मलाई पनि धेरै राम्रोसंग चित्रकला आउँछ ।”
“धेरै राम्रो । आज मुंबई आएका हौं ?”
“होइन अढाई बर्षदेखि यहाँ छु । धारावीमा रहन्थे । अब घर छैन ।”
“म तिमीलाई काम दिलाउन सक्छु ।”
“के ?”
“यतै । यो मेरो इलाका हो । यस इलाकामा तिमी तिम्रो भगवानको चित्र बनाउँन सक्छौ । पचहत्तर रुपीया तिम्रो ? पच्चीस रुपीया मेरो । बाच्नको लागि पैसा हुन्छ । प्रत्येक दिन पैसा जम्मा गर्नु पर्छ । प्रत्येक तीन दिन पछि नया चित्र बनाउनु पर्छ । स्वीकार ?”
“स्वीकार ।” मैले जीवनमा हुन्न भन्न छाडिदिएको थिए ।
“भोली राती तिमी मलाई फायब्ह गार्डनको बीचको गार्डनमा भेट्नु । रंग म लिएर आउछु । एक बजे भेट्नु । राम्रो घरको जस्तो लाग्दछौं ।”
“हजुर ।”
“काम धंधा पाएनौं ?”
“छुट्यो ।”
“यही त यस देशको रोग हो । मेरो काम भिखारिहरूलाई काममा लगाउँने हो । पाली हिलमा रहन्छु । मेरो नाम अस्लम हो ।”
“अनि यो हनुमान ?”
“छोरा, जीवनलाई तिमीले नजिकबाट देखेका छैनौं । भोकको कुनै धर्म हुँदैन । यो मेरो पुरानो् कारोबार हो । यो छाड्न मन मानिरहेको छैन । भिखारिहरूका कारोबारमा प्रगती भएको छ । यसकारण पुरानो दिन विर्सन चाहन्न ।”
“तपाईंले मसग यतिका कुरा कसरी गर्नु भयो ?”
“थाहा छैन । तिमी मेरो धेरै नजिकका हौ यस्तो लाग्यो । तिमीबाट केही धोखा हुन सक्छ यस्तो लागेन ।” अनी उ उठ्यो र कारतर्फ गयो । एकाएक रोकिएर भन्यो, “तिमी कता रहन्छौं ?”
“केही त बन्दोबस्त भै हाल्छ । तपाईं चिन्ता नलिनुस् ।”
“ठीक छ । राम्ररी हेर्नु । यहाँ कसैले दुःख दियो भने मलाई भन्नु । अस्लमको एरिया हो यो ।”
उ गयो तब मेरो लागि बिहान हुँदैथ्यो । ममा एक किसिमको विश्वास जाग्दै थियो । उत्साह देखापर्न थालेको थियो । बिहान उठेर म फेरि धारावी गए । जे जति पैसा थियो त्यो दिएर एउटा छाप्रो जस्तो घर भाडामा लिए । यो मेरोलागि दुःसाहस थियो तर त्यो मेरो स्वभावमा नै थियो । म बितेको अढाइ बर्षदेखि यसैगरी रहदै आएको थिए । मसंग एक दिनको लागि खान पुग्ने मात्र बचाएर राखेको थिए । घरको लागि पूरा पैसा थिएन । केही दिनमा दिन्छु यस्तो भने । त्यो पनि म कहाँबाट दिने थिए यो थाहा थिएन । घर लिएपछि म सुते । राती उठनु थियो । अस्लम आउनेछ यस कुरामा मानौ मलाई पूर्ण विश्वास थियो । को कहाँको अस्लम, उसको बोलीमा कति सच्चाई थियो, मलाई केही पनि थाहा थिएन । तर म भीत्रको आवाजले भनीरहेको थियो, उ अवश्य आउनेछ ।
मेरो चित्रकलाको बारेमा बताउनै पर्छ । चित्रकलाको क्षमता ममा पहिलेदेखि नै थियो । कलाको स्वभाविक क्षमता हुनु आवश्यक हुने गर्छ । त्यस कलालाई मैले कहिल्यै डेव्हलप गरिन् । न त म नै कहिल्यै चित्रकार बन्न चाहे । अर्थात् बास्तविक कुरा भन्ने हो भने जीवनको कुनै निश्चित दिशा दिने विषयमा कहिल्यै मैले सोचेकै थिइन । प्रवाहको साथमा बग्दै गए । मलाई केही खास बन्नु छ यस्तो कहिल्यै पनि लागेन । यानी साथी जब इंजिनियरिंग पढ्न गए तब मन केही छटपटायो— किनभने मैले पनि त्यहाँ एडमिशन पाउनु पर्ने थियो । तर त्यो हुन नसक्दा टाउको माथी नै आकाश खसेको जस्तो पनि लागेन । चित्रकलाको पनि कुरा त्यही थियो । म स्कूलमा ड्राँइंगमा राम्रो माक्र्स पाउथे, विज्ञानको आकृतिहरू म राम्रोसंग बनाउथे । यती मात्रै होइन, साथीहरूलाई पनि सहयोग गर्थे । अर्थात् आफ्नो चित्रकलाको बारेमा विश्वास थियो । तर त्यसको उपयोग गरेको थिएन । त्यसबाट फाइदा लिने समय आएको थियो । यसो त आफ्नो बारेमा कतिपय कुरामा विश्वास लाग्दथ्यो । तर व्यवहारमा त्यसको कुनै फाइदा भएको थिएन । एउटा सोल्डरिंग आँपरेटर बनेर अढाइ वर्ष मैले काम गरेको थिए ।
म एक बजे फाइव्ह गार्डेन नजिक पुगे । मुंबइको बारेमा थाहा पाउनको लागि राति घुम्नु आवश्यक हुन्छ, यस्तो मैले सुनेको थिए । यसो त केही घुमेको पनि थिए तर अवारापन मेरो स्वभावमा थिएन । रात्रीकालीन जीवनको बानी ममा थिएन । म एक बजेभन्दा पहिले नै त्यहाँ पुगे । रुखको तल उभिएर बाटो हेरीरहेको थिए । तब छेउमा अचानक एउटी केटी आई । मलाई विस्तारै छुदै भनी, “जानु छ के ?”
“कता ?” मैले झट्टै सोधे ।
“तिमी जहाँ भन्छौं त्यही । नत्र भने उता गार्डनको ब्रेन्चमा ।”
तब मात्र मैले ठम्याउँन सके उ को हो ।
“नाई । मलाई यस्तो कुरामा इंटरेस्ट छैन ।”
“किन ? मर्द होइनौ के ?” उसले बेशरमीको साथमा सोध्यो । मलाई लाग्यो उसको गालामा पांच औलाको डाम बसालिदिउ । तर आइमाइको जात वीचार गरेर चुप बसे । तब अस्लम आएर मलाई मुक्ति दिलायो ।
“किन सताउछौं यसलाई ? यो आफ्नो केटा हो । कामको लागि यहाँ आएको हो ।” अस्लम आएपछि ममा हिम्मत आयो । केटी कतै गायब भई । अस्लम रंगको सामान लिएर आएको थियो । मलाई मेरो पहिलेका दिन संझना भयो । आमाको लागि म आँगनमा रंगोली सँजाइ दिन्थे । आमा धेरै खुशी हुन्थीन् । त्यसको उपयोग यस्तो हुनेछ यो विचार कहिल्यै पनि मनमा आएको थिएन ।
“हिड छोरा बनाउ । तिमीलाई जे बनाउँन मन लाग्छ त्यही बनाउँ । म गए फर्केर कहिले आउँ ?”
“भन्न गाह्रो छ । पहिलो पटक यस्तो प्रयत्न गर्दैछु ।”
“ठीक छ छोरा, मेरो सम्पूर्ण काम सकाएर आउछु, तबसम्म तिमी काम समाप्त गर्नू । मलाई तिम्रो काम हेर्नु छ । रंग र चित्रको बरबाद नगर्नु ।”
उसले मेरो पीठ्यू थपथपायो र गाडीमा बसेर गयो । म फुटपाथमा बसे अनि काम शुरु गरे । आँखाको सम्मुखमा शिर्डीको साईबाबा आए । उनी नै किन आए, थाहा छैन । मैले चित्र बनाउँन शुरु गरे र हेर्दा हेर्दै त्यसलाई रंगाउन थाले । मलाई वरपरको संसारबारे थाहै भएन । म र शिर्डीको साइबाबामा पूर्ण रूपमा एकाकार भएका थियौं । ईश्वरले मानिसलाई बनाएको होइन बरू ईश्वर मनुष्य निर्मीत हो यही मेरो दृढ विश्वास छ । ईश्वरलाई कसले देखेको छ ? उ कस्तो छ यसको कल्पना हामीले कसरी ग¥यौ ? कुनै कलाकारको नै त्यो काम होला । हेर्दा हेर्दै चित्र पुरा भयो । म उठे र अनिमिष दृष्टिले चित्रलाई हेर्न थाले । म स्वयं नै खुशी भएको थिए र खुशीले गर्दा चिच्याउँने मन गर्न थाल्यो । तब मेरो पीठ्यूमा धाप प¥यो ।
“वाह ! धेरै राम्रो । तिमी वास्तवमै कलाकार लागिरहेका छौ ।” अस्लम त्यहाँ कहिले आयो यो मलाई थाहा नै थिएन । उसको अनुहारमा खुशी झल्किदै थियो ।
“अब ?” अनजानवश उसलाई सोधे ।
“घर गएर सुत । भोली राती यही आएर भेट्नु । यस चित्रमा भक्तहरूले पैसा चढाएका हुन्छन्, त्यसमध्ये पचहत्तर रुपिया तिम्रो । पच्चीस रुपिया मेरो । तीन दिनमा रंग फिका पर्छ तब अर्को बनाउनु । राम्रो पैसा पाइनेछ ।”
“म तयार छु ।”
“भोलीदेखि अर्को ठाउँ पनि खोजौला । हिड, म तिमीलाई पुगाइ दिन्छु ।”
म त्यहाँबाट अर्को बिहानको चार बज्न आटेको थियो । अकार््े दिन मसंग दुइ रुपिया मात्रै बाकी थियो । त्यसले दुइटा बडापाव खाए । राती अबेरसम्म भोको पेट बस्नु बाहेक अर्को कुनै उपाय थिएन । शरीर कमजोर बन्यो तर मनमा उमंग भरिएको थियो । मैले कति पैसा पाउँनेछु यो थाहा पाउन बडो कौतुहल भयो । मेरो अबको जीवन मानौ यसैमा निर्भर थियो ।
म रातमा ठीक समयमा त्यहाँ पुगे । आज हिजोको केटी भेटिएन । शायद उसले पहिले नै ग्राहक पाएकी होला । मैले पैसा गन्न शुरु गरे । धेरै पैसा जम्मा भएको थियो । केही मानिसले त नोट पनि राखेका थिए । मैले सबै पैसाको गन्ती गरे । नव्वे रूपिया जम्मा भएको थियो । पैसा गनुञ्जेलसम्ममा अस्लम आयो ।
“पहिलो दिनको तिम्रो कमाई राम्रो छ । एउटा चित्र बनाउँनमा तिमीले मोटामोटी तीन घंटा लगायौं । यदी बानी भएको भए राती बाह्र र छको बीचमा तिमीले तीनवटा चित्र बनाउँन सक्छौं । रातमा दुई अढाईसय रुपिया त कम्तिमा पनि पाइनेछ । यो आम्दानी केही नराम्रो होइन ।” अस्लम आकडाको बारेमा चलाख थियो ।
“बनाउँछौं अरू दुइ ठाउँमा चित्र ?”
“हुन्छ हुन्छ” बास्तवमा मलाई भोक लागेको थियो, तर हुन्न भनेको भए पनि भोक मेटिन्थेन ।
“तिमीसँग त कुनै वाहन छैन । राती बस चल्दैन । टैक्सीमा पैसा खर्च ग¥यौं भने त हातमा रहन्छ नै के ?” म चुप रहे ।
“यो काम यही ६ घण्टामा गर्नु पर्ने हुन्छ । साला मुंबई सुत्दा पनि सुत्दैन । ठीक छ । आज त म तिमीलाई ठाउँ देखाइदिन्छु । यस्तो ठाउँ हेर्नु जुन फुटपाथमा धेरै मानिस आउ जाउ गर्छन् ।
म मनमनै गजक्क परेको थिए । सत्तरी रुपीया मैले पाएको थिए । महीनाको हिसाब गर्ने हो भने तलबभन्दा धेरै पैसा पाउनेवाला थिए । यसमा अझ तीन ठाउँमा चित्र बनाउनाले अझ पैसा पाउनेवाला थिए । यसको लागि रातभरी जाग्नु पथ्र्यो, दिनमा सुत्नु । म यसको लागि तैयार थिए । मेरो जीवनले नयाँ बाटो पहिल्याएको थियो । हाम्रो समाजको लागि मलाई खराब लाग्यो । म दिनभरी कामगर्न तैयार थिए तब मानिस मलाई भोको राख्दै थिए । मैले भगवानको चित्र बनाउँन शुरु गरेको थिए त मैले धेरै पैसा पाउन थालेको थिए ।
म अब धेरै पैसा कमाउँन थालेको थिए । मैले पहिलो पटक केही पैसा औरंगाबादमा आमा र बुवालाई पठाए । उहाँहरूले बडो मायाले आस्थाको साथमा पत्र लेख्नुभयो । मैले यसपटक उहाँहरूलाई आत्मविश्वासको साथमा जवाफ लेखे । ्
अस्लमको र मेरो राम्रो परिचय भयो । उ हिजोआज मसँग मराठीमा बोल्न थालेको छ ।
”तपाईं मुस्लिम भएर हिन्दू देवताहरूका चित्र बनाउँन कहाँबाट सिक्नु भो ?“ मैले एक दिन उसंग सोधि हाले ।
म जन्मजात कुन धर्मको हूँ यो म स्वयं जान्दिन । पंढरपूरको अनाथाश्रममा म ठूलो भए । त्यहाँ आमा–बुवालाई नचाहिएका संतान ल्याएर छाडिदिन्छन् । मलाई कसले छाडेको थियो थाहा छैन । तर पछि पालिपोसीकन ठुलो भने एउटा मुस्लिम परिवारले ग¥यो । उसले मलाई अनाथालयबाट बाहिर ल्यायो । मेरो बाल्यकाल पंढरपूरमा बित्यो । अनि सिके सम्पूर्ण हिन्दूहरूका चलन, बानी, देवता, आचार । पछि पिताको मृत्यु भयो र म अनाथ बेसहारा भए । सोलापूर आएर मुंबईको गाडी समाते र यही आएर बसे । आफ्नो एम.एफ. हुसेन पंढपूरको नै हो । त्यहाँको पानी चित्रकलाको नै होला । उहाँ ठूलो चित्रकार बन्नु भयो र म यस्तो यहाँ ।” प्रत्येक मानिसको जीवन एउटा उपन्यास हुने गर्छ ।
केही महीनामा नै यस धंधामा म पारंगत भए । रातमा जागेर दिनमा सुत्नु आदत नै बन्न गयो । किंग्ज सर्कलदेखि परेल यस एरियामा म रातमा पैदल घुमेर चित्र बनाउँथे । केही दिनपछि साइकल किने । स्कूटर आदिमा पैसा खर्च गर्नु अनावश्यक थियो । देवताहरूको बलमा गुजारा चल्न थाल्यो । करुणाकरनलाई पनि मैले पत्र लेखे र मेरो ठेगाना बताए ।
एक दिन चित्र बनाउँदा बनाउँदै मेरो मनमा आयो । चित्र बनाएर पैसा कमाउँनमा मर्यादा छ । वीचार गरौं म कही कदाचीत वीरामी भएभने ? केही दिनको लागि यदि म औरंगाबाद गए भने ? तब मैले पैसा गुमाउनु पर्छ । हुन त यो मेरो रोजगार हो । राम्रो हुनेछ केही गर्नु । देवधर्मको नै कुनै व्यापार गर्नुपर्छ । यसदेशमा यसैको चल्ने गर्छ ।
लीनासँग अहिलेसम्म मेरो राम्रो हेमखेम भइसकेको थियो । उ प्रत्येक दिन एघारबजे रातमा फाईब्ह गार्डनमा उभिएकी हून्थी । यहाँबाट नजिकै उ वडालमा रहन्थी । उसका ग्राहकलाई उ फरक फरक नाम बताएँथी । यस एरियामा धेरै नै कालेज छन् । तिनका होस्टल पनि छन् । उसका ग्राहक ति केटा थिए । हिंदु काँलनीमा यसको छनोटमा पर्न गएको दुई तिन वटा लाँज थियो । त्यहाँ उ ग्राहकलाई लिएर जान्थी र नत्र भने यही फाइब्ह गार्डनमा …… ग्राहक नभए पछि मैले चित्र बनाउँदै गरेको हेरेर बस्थी ।
एकदिन उसले मलाई भनी, “कहिले तिम्रो भगवान मसंग प्रसन्न हुनेछन् ?”
“किन ? के भयो ?”
“म थाकी सकेकी छु । भविष्यको बारेमा सोच्दा सम्मुखमा अँध्यारोमात्रै पाउँछु । घरमा आमा–वुवालाई सम्हाल्नु छ । दाई त एकदम आवारा भयो । प्रत्येक मंंगलवार सिद्धिविनायक जाने गरेकी छु । उसैसंग भाकल गरेकी छु । केही राम्रो होला जस्तो लक्षण देखिएको छैन । म खुशी साथमा यो पेशा गर्दैछु यस्तो लाग्छ ?”
“मैले यस्तो कहिले भने ?”
“म यसबाट मुक्त हुन चाहन्छु । यो एड्स नामको नयाँ रोगको बारेमा सुनेकी छु । यी बचाहरू खुल्ला सबैकुरो गर्ने गर्छन् । उनीहरू कंडम मन पराउँदैनन् । मलाई राम्रो तरिकाले बाँच्नु छ ।”
उ एकदम रुन थाली । म चित्र बनाइरहेको थिए र उ उभीएकी थिई । म चित्र बनाउँन छाडेर एकाएक उभिए । मैले हेर्न सकिन र मैले उसलाई अँगालोमा लिएर केश सुमसुम्याउँन थाले ।
“मलाई धेरै डर लाग्छ । भगवान म उपर कृपा पनि गर्नु हुन्न के ?”
मैले उसलाई के् भन्ने ? ‘भगवान’ हाम्रो सहायता गर्न कहिल्यै आउँदैन । हामीले हाम्रो बाटो खोज्दै जानु पर्ने हुन्छ । म उसलाई के सहायता गर्न सक्थे ? लीना एकाएक मलाई अँगालोमा वेरेर मेरो ओठ चूस्न थाली । मेरो लागि यो अनौठो अनुभव थियो । म आजसम्म कुनै पनि आइमाईको यसरी नजिक भएको थिइन । अनी मैले पनि आफू आफैलाई सँभाल्न सकिन । फाइव्ह गार्डेनमा नै जे नहुनु पर्ने थियो त्यो भइ हाल्यो । आ आफ्ना वस्त्र सम्हालेर हामी दुई उठेउ । चुपचाप म चित्र बनाउँन बसे । उसको सम्मुखमा पैसाको पोको राखे ।
“सबै लिएर जाउ ।” टाउको निहुराएरै मैले भने । मैले आँखा उठाएर हेर्न सकिरहेको थिन ।
“वेश्या हूँ त के भयो ? मैले यो पैसाको लागि गरे यस्तो तिमीलाई लागेको छ के ? राख । मैले पहिलो पटक आफ्नो मर्दको साथमा सुत्न पाए ।”
म एकाएक त्रसिंए । लीनाले मेरो बारेमा बास्तवमा कुन किसीमले सोची रहेकी थीइ ? मेरो हातले कामगर्न सकेन । त्यस दिन मैले बल्ल तल्ल एउटा मात्रै चित्र पूरा गरे र घर गए ।
वीहान अबेला जागे तब दिमागमा कल्पना स्पष्ट भएको थियो । मेरो मनमा उमंग जाग्यो । नयां उत्साह भरिएर आयो । यो शहर धेरै राम्रो छ । यहाँ फेरीलगाउँनेलाई धपाउने गरिन्छ किनभने तिनीहरूले बाटो छेक्छन् । बास्तवमा तिनीहरू इमानको साथमा काम गरिरहेका हुन्छन् । तर बाटोमा परेको मन्दिर हटाउँने कसैको पनि हिम्मत हुन्न । कसैको पनि औकात हुन्न । यहाँ मुंबईमा बाटोमा कतिपय मंदिर, क्राँस छन् । तर तिनलाई कसैले पनि हात हाल्न सक्दैन । धर्मको, भगवानको नाममा यहाँ जे पनि गर्न सकिन्छ । त्यो सबभन्दा राम्रो व्यवसाय हुन सक्छ । मेरो मन अझ धेरै बेचौन भएर आयो । एक त हिजो मैले वेश्याको साथमा संभोग गरेको थिए । त्यो नैतिक थियो या अनैतिक थियो यसको निर्णय गर्न गाह्रो थियो । यस बारेमा मनमा हुरी हुण्डरी उठ्न थाल्यो । नैतिकता, अनैतिकताको प्रश्न जीवन जीउने क्रममा कस्तो अर्थ राख्छ यसको म विचार गर्दै थिए । यो सबै तय गर्छ कसले र कसरी यो प्रश्न मेरो मनमा शूल जसरी गढ्दै थियो । यद्यपी लीनाले जे गरीरहेकी छ त्यो अनैतिक हो भने त उ बाच्छे कसरी ? उसलाई राम्ररी बाँच्नको लागि के हाम्रो धर्म, हाम्रो भगवानले उसलाई केही सहायता गर्न सक्छ ? यदि सहायता गर्दैन भने त लीनाले कसरी बाँच्नु पर्छ र बाँच्नको लागि के गर्नु पर्छ यो तय गर्ने हक के मेरो पनि हो ?
मेरो मन लीनाको बारेमा धेरै नै सोच्न थालेको छ । उ एउटी वेश्या हो । म मंदिर बनाएर त्यसको व्यवसाय गर्ने सोचिरहेको छु यो नैतिकता हो या अनैतिक ? यो एक किसिमले धर्मको प्रसार गर्नु भयो । भगवानको दर्शन गर्नु हाम्रो धर्ममा, देशमा राम्रो मान्ने गरिएको छ । संसारभरी नै मानिन्छ होला । अनि मलाई त्यो गर्नमा आपत्ती नै के छ ? यो त आफू आफैलाई सम्झाउँनु भयो । कुनै पनि भगवानबाट, धर्मबाट मानिसको भलो भएको छैन । भएको छ मात्र युद्ध । भगवान, धर्म, नैतिकता कसरी बाँच्नु पर्छ यो सिकाउँदैन । मात्र ढकोसला चल्छ । पाप गर र गंगामा नुहाउँ, त्यो पखालिन्छ, यो हाम्रो धर्मले बताउँछ । मेरो मनमा यस्तो तुमुल युद्ध चलिरहेको थियो । आखिर असत्य, अनीतिको विजय भयो । मैले शिर्डीको साइबाबाको मंदिर बाटोमा बनाउँने निश्चय गरे । यसको मास्टर प्लान दिमागमा तैयार भयो र त्यस अनुसार तत्काल बनाउँन शुरु गरे ।
हाम्रो धारावीमा धेरै कलाकार छन् । मेरो चैतन्यसंग राम्रो परिचय थियो । उ गणपतिको मूर्तिहरू बनाउने गर्छ । त्यो काम वर्षमा छ महिना हुनेगर्छ । बाकी छ महिना उ सामान्य काम गरिरहन्छ । चैतन्यलाई मैले शिर्डीको साईबाबाको राम्रो मूर्ति बनाउँन भने ।
उसलाई लिएर एक पटक शिर्डी गए । साई बाबाको दर्शन गरे । यसो त म पनि मंदिरमा जान्न । तर एक पटक त्यो हेर्नु व्यवसायको दृष्टिले आवश्यक थियो । यहाँ शिर्डीमा दारूको बार छ, फाइव स्टार होटल छ । यो एउटा रमणिय पिकनिक स्पाँट बनेको छ । मुम्बईबाट धनिका छोरा यहाँ गाडि लिएर आउँछन् र मजा लिएर फर्कन्छन् साईबाबाको दर्शन गरेर पुण्य कमाउने कुरा पनि मनमा राखेका हुन्छन् । मलाई यस्तो मन्दिर बनाउँनु छ । मेरो स्वयंको संस्थान बनाउँन चाहे । मनमा आयो, स्वयंको बारेमा विश्वास अझ जागेर आयो । अनि एउटा राजमिस्त्रीसंग भेटे । “सानो तर राम्रो मन्दिर बनाउँनु छ त्यो पनि रात भरिमै”, उसलाई भने । उसलाई ठाउँ देखाए । पुरा हुन सकेन भने त शायद महानगरपालिकाले त्यसलाई भत्काई दिन्छ । रात भरीमै मन्दिर बनाएर मूर्ति स्थापना गरेपछि भने केही पनि गर्न सक्दैन । अनि त्यो मानिसहरूको श्रद्धाको प्रश्न बन्छ । मानिस त्यसलाई हटाउन दिदैनन् ।
बीचमा एउटा विचित्रको घटना देखे । सधै झै मैले परेल व्रिज तल दुर्गामाताको चित्र बनाएको थिए । अर्को दिन त्यहाँ गए त एक पैसा पनि चित्रमा थिएन । यस्तो पहिलो पटक भएको थियो । मानिस चित्रमा पैसा चढाउँदैनन, यस्तो त हुनै सक्दैन । अनि यो यस्तो कसरि भयो ? कसले मेरो पैसा चो¥यो ? मनमा यस्तो विचार आयो र बडो बेचैन भए । साला, भगवानको पैसा चोरी हुन थाल्छ भने त अनर्थ हुनेछ । अब यसमा रखवारी कसरी गर्ने ? अस्लमलाई यसको बारेमा जानकारी गराए, तब उसले भन्यो, “चोरी गर्ने मानिस बास्तवमै नास्तिक बुझिन्छ । पैसा चोरेपछि पनि भगवान्ले केही सजाय गर्दैन, उसलाई विश्वास छ यस्तो लाग्दछ । त्यसलाई खोजेर म त्यसको हाड भाची दिनेछु । तिमी चिन्ता नलेउ । उसले अल्लाहलाई होइन, अस्लमलाई च्यालेन्ज गरेको हो र यसको सजाय उसले अवश्य पाउँछ ।”
अर्को दिन राती अस्लमले वास्तवमै उसलाई समातेर मेरो अगाडी ल्यायो । उ बिचरा टापटिपे चोर थियो । भोको थियो । दिन भरी खानको लागि केही पाएन र सम्मुखको चित्रमा पैसा देख्यो । उसले त्यो सम्पुर्ण लियो र मस्तीमा पावभाजी खायो र मिल्कशेड पियो । एक मनले भन्दैथ्यो त्यसलाई छाडिदिउ । यस्तो लाग्यो उसको कुनै गल्ती छैन यसमा । तर फैसला गर्नेवाला थियो अस्लम । अपराध उसको राज्यमा भएको थियो । उसले त्यस चोरलाई पशुलाई झै पीट्यो । म त्यो हेर्न सकिरहेको थिन । तर मैले अस्लमलाई रोकिन । मेरो पनि पेटको प्रश्न थियो । यस विषयले केही दिन मन छटपटाई रह्यो ।
मैले आफ्नो मंदिर व्यवसायको प्लान पूर्ण व्यवस्थित रूपमा बनाए । यसपटक मलाई हार मान्नु थिएन । अब ती दिन गईसकेका थिए । अब उत्कर्षका दिन आइसकेका थिए । मैले एउटा पुजारीलाई नोकरीमा राखे । उसले मंदिरमा बिहान बेलुका पूजापाठ गर्नु थियो, आरती उतार्नु थियो । उसले मंदिरको रेखदेख गर्नेछ । मंदिरको मार्केटिंग व्यवस्थित किसिमबाट गर्ने मैले सोच बनाए । उद्घाटनको लागि स्थानिय नगरसेवकलाई बोलाए । नाम पाइ रहेको थियो, उसको मान बढिरहेको थियो । यसकारण उ पनि खुशी खुशी आयो । “भगवानको काम यो राम्रो काम हो”, यस्तै केही बकवास ग¥यो । यस्ता मानिसमा भाषण झार्ने नराम्रो आदत हुन्छ अनि त्यो चाहे मंदिरको उद्घाटन होस् या शोक सभा । स्थानिय नगरसेवक त्यहाँ आएको देखेर उसका पछि पछि उसका चम्चाहरू पनि आए । फोटोग्राफर आए ।
आजको युग विज्ञापनको हो, अनी त्यो मंदिर होस् या मैगी नूडल्स । विज्ञापन बिना केही पनि हुन सक्दैन । मंदिरको राम्रो प्रचार प्रसार भयो । तर यति कुराले मात्रै केही हुनेवाला थिएन । मंदिरमा धेरै भन्दा धेरै डोनेशन, प्रसाद चढेमा मात्रै मेरो फाइदा हुनेवाला थियो । यसको लागि सबैको मनमा यो भगवान प्रसन्न भएर कृपा गर्दछ यो कुरा बसाल्नु थियो । अनि मैले त्यस्ता मानिस तैयार गरे । त्यही एरियामा बस्ने । मानिसको सम्पर्कमा रहने । हाम्रो देशमा एउटा कुरो राम्रो छ । निकै धेरै मानिस थोरै पैसामा पाउन सकिन्छ । उनीहरूले मात्रै साईबाबाको बारेमा उद्धार गरेको कथाहरू फैलाउनु थियो । यानी कसैको बालक धेरै विरामी थियो, सम्पूर्ण डाक्टर कहाँ देखाइ सकिएको थयो, तर पनि विशेक हुन सकिरहेको थिएन । अन्तमा बालकलाई यहाँ ल्याए, भगवानको सम्मुखमा राखे र भने, “तपाईंले मात्रै यसलाई बचाउँन सक्नु हुन्छ ।” र कस्तो चमत्कार भयो भने दुई दिनमा नै बालक एकदम राम्रो भयो ।
अर्को पुष्प ः “त्यो हाम्री कानी थी नी कतिका वर्ष भएको थियो त्यसको विवाहको कुनै टुङ्गो लाग्न सकेको थिएन । जन्मदेखिकै कानी र त्यसमाथी मंगल ग्रहको दोष । कसैले त्यसलाई मन पराउँदैनथे । उ यहाँ शाइबाबाको सम्मुख उभिएकी थिइ । ‘विवाअको टुङ्गो भएमा प्रसाद चढाउँछु ।’ यस्तो भनी । र आश्चर्यको कुरा महिना नबित्दै विवाहको टुङ्गो लाग्यो र भइपनि हाल्यो । उसको पति मिडल ईस्टमा फोरमेनको काम गर्छ । जीवनमा पहिलो पटक केटी हवाईजहाजमा चढी ।” सजिलै पत्याउने यस्ता कथाहरू मन्दिरको बारेमा बन्न थाल्यो । तब मन्दिरको अगाडी लाइन लाग्न थाल्यो । वर्षदिनमा नै मन्दिर प्रगति गर्न थाल्यो । पेटभर्नेगरी प्रसाद जम्मा हुन थाल्यो । तर यस कुराले म खुशी थिइन ।
“सिद्धीविनायकको लाइनमा जया भादुरी लागीन्, पतिको लागि मन लगाएर प्रार्थना गरिन् तब अभिताभ राम्रो भयो ।” यो कथा केही बर्ष पहिले व्यापक भएको थियो । यसबाट नै त्यस मंदिरको प्रगती हुन थाल्यो, यो मेरो विचार थियो । यस्तो केही मेरो मन्दिरको साथमा पनि हुनु पर्ने थियो । अनी म यस पाटोतर्फ प्रयत्न गर्न थाले । अब फेरि अभिताभलाई बीरामी बनाएर जया भादुरीलाई भक्तहरूको लाइनमा उभ्याउनु संभव थिएन । अनी म मराठी नाटक, दूरदर्शनमा देखिने अभिनेता, अभिनेत्रीहरूलाई अनुरोध पुर्वक निम्ता दिइरहेको थिए कि उनीहरू अवश्य आउन्, दर्शन गरून् । उनीहरू आउँदा म ध्यान राख्थे त्यो के भने उनीहरूको शुटिंग होस्, उनीहरूको फोटो निस्कियोस् । सेलिब्रिंटी जब आउथे तब म साडी अथवा सफारी सूटले उनीहरूको सम्मान गर्थे । उनीहरू पनि संतुष्ट हुन्थे । म प्रशिद्धि कमाइरहेको छु र केही उपहारमा पनि पाउँदैछु, यस्तो विचार प्रत्येकलाई सुखदायक लाग्दछ । सेलिब्रिंटी जब आउथे तब बाटोमा भीड हुन्थ्यो । कहीले काही भीड नियन्त्रण गर्न प्रहरीलाई पहिले नै बोलाउँथे । यसले गर्दा बाटोको त्यस मन्दिरको महिमा बढ्न थाल्यो ।
मैले अस्लमलाई मंदिर बनाउँनु भन्दा अघि नै यो कल्पना बताएको थिए । उसको आँखा चम्किएको थियो । “तिमी निकै होशियार भएर निस्कन्छौं । यो मलाई पहिले नै थाहा थियो । तिमी धेरै तरक्की गर्नेछौ । तिमीलाई मेरो जे सहायता चाहिन्छ पाउँछौ, तर यसमा पार्टनरशिप होइन । मात्र दोस्ती ।”
मलाई उसको कुरा सुनेर धेरै राम्रो लागेको थियो । चोरहरूका संसारमा ईमानदारी हुनेगर्छ यो सत्य हो । अस्लम मंदिरमा कहिले काहि आइरहन्थ्यो । मेरो उन्नति देखेर उ खुशी हुने गर्छ ।
शायद मेरो राम्रो दिन आएको थियो । घरमा खीर त बाहिर खीर । काँग्रेसले मुसलमानसँग अनुनय ग¥यो । यस कुराको लाभ धर्मवादीहरूले उठाएका थिए । हिंदुत्ववादीहरूका तागत बढ्दै जादैथ्यो । रथयात्राको कारणलाई लिएर केन्द्रको सरकार ढल्यो । यो कुराले मलाई नै लाभ भयो । हुन पनि हो जीवनमा आम मानीस धर्मको बारेमा आग्रही बनिरहेका थिए । अनि मैले निश्चय गरे, हिदुत्ववादिहरूका संगठनलाई सहयोग गर्ने । एउटा मंदिर दुई बर्षमा प्रशिद्धि पाउन सक्यो । म यतिकैमा वीराम गर्नेवाला थिइन । मैले धेरै मन्दिरहरूको प्लान बनाए । केही बाटोमा । बाटो “आफ्नो बावुको सम्पत्ति” यस्तो मौका यहाँ कसैले पनि गुमाउँन चाहन्न । केही काँलनिहरूमा अर्थात् हाउजिंग काँम्प्लेक्समा यदि मंदिर छैन भने त्यहाँको सेक्रेटरीसंग गएर भेट्थे । मंदिरको लागि ठाउँ दिनको लागि बिन्ती गर्थे । उसलाई संझाउँथे, मंदिर बनाउँनेदेखि त्यसको व्यवस्थापनसम्मको सम्पूर्ण कामको जिम्मेवारी म सम्हाली हाल्छु । आजसम्म दस–बाह्र बर्षको अनुभवमा मंदिरको लागि ठाउँ दिन्न यस्तो भनेको कसैलाई पनि पाइन ।
म धारावी छाडेर अंधेरीमा रहेको पाँश हाउजिंग काँम्प्लेक्समा बस्नको लागि गए । त्यहाँको सेक्रेटरीलाई भने, जिमखाना शुरु गराउँनेछु, लायब्रेरी बनाउनेछु । तब उसले भन्यो, “हुदैन साहेव, पहिले मंदिर बनाउनु पर्छ, मंदिर हाम्रो पहिलो प्राथमिकतामा पर्छ ।” म उसलाई हुन्न भनेर कसरी भन्थे ? हुनपनि मेरो धंधाको, पेटको प्रश्न थियो ।
यसै बीचमा बाबरी मस्जिद भत्कियो । देशमा चारैतिर हुल दंगा जंगलको डढेलो झै फैलियो । यसको पनि निकै धेरै फाइदा धर्मवादिहरूलाई भयो । मेरो सफलताको त सीमा नै थिएन । म एक पछि अर्को मंदिर बनाउँन थाले । धर्मवादी मानिसहरूका सहयोग पाइरहेकै थिए ।
यी सब कुराले मेरो व्यक्तिगत जीवनमा परिवर्तन भयो । पहिलो कुरा त के भने मैले समाजमा, परिवारमा उच्च स्थान पाए । म एकदम आदरणीय व्यक्ति बन्न पुगे । जब मुंबईमा आएको थिए तब म एकदम गएगुज्रेको थिए । कतिपयले त मलाई घरदेखि निकालिदिने कुरा सोचेको थियो होला । अब तिनीहरू नै मेरो आरती उतार्न थालेका छन् । वारम्बार मेरो घरमा आएर भेट गर्न थालेका छन् । आफ्नो घरमा मलाई बोलाउन थालेका छन् । जब म धाराबीमा रहन्थे तब कसैले फोनबाट समेत मेरो हालखबर सोधेका थिएनन् । तब सबैको लागि मानौं म मरिसकेको थिए र अहिले सबैको भलो गर्न सक्ने बनेर बसेको थिए । मानिस मसंग उनिहरूका व्यक्तिगत जीवनको बारेमा सल्लाह लिन थालेका थिए । उनीहरूका घरका समस्या मेरो सम्मुखमा राख्दथे । तिनीहरू मसंग नोकरीको बारेमा सोध्न थाले । मेरो सम्पर्क धेरै मानिससंग हुन थाल्यो । राजकीय नेता, प्रहरी, गुण्डा, चलचित्रका नायक नायीका सबै थरिका मानिस मलाई चिन्न थाले । म पनि कहिले काहि आवश्यकता परेका मानिसहरूका लागि उनीहरूको सहायता माग्दथे तब तिनीहरू अस्वीकार गर्दैनथे ।
मैले धारावीमा पाँच वर्ष विताए । जीवन के हुन्छ यो मैले त्यहाँ सीके । मेरो जीवनको अनुभव, नजिकबाट बुझ्ने मौका मैले त्यहाँ पाए । म रेल्वे लाइनमा दिशा गर्नको लागि बस्थे । यस कुरामा लाज मैले उहिल्यै नै छाडी दिएको थिए । गन्धले नाक थुन्नु पर्ने वातावरणमा म रहन्थे । कूडा कसिंगर, रद्दी, छालाको कामगर्ने कतिपय मानिससंग मेरो परिचय भएको थियो । जुन तरिकाले म बाँचे त्यसको लागि मलाई लाज लाग्दैनथ्यो र त्यसको लागि आँखाभरी आशू ल्याएर प्रदर्शन पनि गरिन् । एउटा कुरा मान्नु पर्छ कहिल्यै पनि म घमण्डी बनिन । घमण्डको स्पर्श ममा कहिल्यै पनि भएन । म जस्तो छु त्यस्तै छु । धारावीमा आमा वुवा म कहाँ एक पटक आउनु भएको थियो । दिदीहरू कहिल्यै पनि आएनन् । ममा पनि उनीहरू आउन भन्ने आकांक्षा थिएन । यसप्रकारको जीवन मैले स्वयं चयन गरेको थिए । कसैले मलाई वाध्यतामा पारेको होइन । अनी जसलाई वाध्यतामा पारिन्छ, उनीहरूको के ? यस प्रश्नको उत्तर अहिलेसम्म कसैले मलाई दिएको छैन । के आदर्श समाज व्यवस्थाको अस्तित्व हुन सक्छ, जसमा सम्पुर्ण मानिस खुशी रहुन् ? म अहिले यस्तो व्यवस्थाको खोजी गरीरहेको छु । मैले संसारका सम्पुर्ण व्यवस्थाको अध्ययन गरे । एउटा पनि मलाई आदर्श जस्तो लागेन । आदर्श व्यवस्था यो भ्रम हो, यस्तो मलाई लाग्दछ ।
पाँच बर्षपछि मैले धारावीबाट अंधेरीमा स्थनान्तर गरे । पहिले सानो फ्लैट लिएको थिए अनि त्यसलाई बेचेर धेरै ठुलो फ्लैट लिए । मानिसहरूको म कहाँ आउने जाने क्रम बढेको छ । आमा बुवालाई मैले सधैको लागि यहाँ बस्न बोलाए । उहाँहरूले यसलाई अस्वीकार गर्नु भयो । औरंगाबाददेखि बाहिर उहाँहरूलाई मन पर्दैन । तर कहिले काही उहाँहरू यहाँ बस्नको लागि आउनु हुन्छ । मेरो वैभव हेर्नु हुन्छ । दिदी र भीनाजुहरू पनि आउछन् । मलाई पनि राम्रो लाग्छ ।
मेरो धंधाको रूप धेरै परिवर्तन भएको छ । ‘देवा लिमिटेड’ नामको मेरो ठूलो कंपनी छ । यस प्रकारको कंपनी भारतमा छैन होला । पहिले यो प्रायबेट लिमिटेड थियो तब त्यसमा म र अस्लम डायरेक्टर थियौं । अस्लमको नाम डायरेक्टरको रूपमा मात्र राखेको थिए । म एक्लै कंपनीको मालिक थिए । तर फेरि पनि मेरो मंदिरको विस्तार हुन थाल्यो । मैले स्वयंलाई मुंवईमा मात्रै सीमित राखिन । देशभरी नै मेरा शाखाहरूको विस्तार गरे । एउटै काम— विभिन्न देवताहरूका मन्दिर बनाउँनु र त्यसको व्यवस्थापन हेर्नु । मेरो कंपनीको पेरोलमा तीन डिजिट संख्यामा पुजारी छन् । यो सबभन्दा ठूलो महत्त्वपूर्ण कुरा हो । हिजोआज ब्राह्मणको पेशा अपनाउँनेको संख्या घटेको छ । म त्यसको लागि गुरुकुल बनाउँने सोची रहेको छु । त्यहाँ व्राह्मणले मात्रै प्रवेश पाउनेछन् । उनीहरूले धर्मको प्रसार गर्ने पुर्ण जिम्मेवरी लिनुपर्नेछ । त्यस किसिमको सम्पुर्ण शिक्षा उनीहरूलाई दिइनेछ । हामीले नै हाम्रो ब्राह्मण बनाउँन सक्यौं भने त राम्रो हो । होइन भने यी पुजारिहरूका बारेमा केही भन्न सकिन्न । ठीक समयमा धोखा दिन्छन् ।
मेरो समस्या अनौठो थियो । मसँग धेरै पैसा नगदको रूपमा आउँछ । यानी हिजोआज दानी व्यक्ति, उद्योगपति मंदिरहरूमा डोनेशन दिन्छन् । तर जति हुनसक्छ नगदमा दिन चाहन्छन् । ब्लैकको पैसा मंदिरमा दान गरेर उनीहरू पुण्य कमाउने गर्छन् । नत्रभने जुन सम्पूर्ण पैसा आउछ त्यो मंदिरमा स्रद्धापूर्वक चढाउँछन् त्यसमध्ये कै हुन्छ । यस्तो संपत्ति प्रसस्त हुनेगर्छ र नगदमा हुनेगर्छ । यसमा घपला हुने संभावना रहन्छ । यसकारण आफ्नो विश्वासिलो मानिसको आवश्यकता पर्छ । तब पनि केही रकम यता उता हुन्छ यो स्वीकार्नै पर्छ । यसकारण प्रत्येक मन्दिरको लागि ‘टार्गेट’ दिइएको हुन्छ । त्यसको लागि मार्केटिंगको लागि मानिस नियुक्त गरिएको छ । तिनीहरूलाई प्रयाप्त कमिशन दिने गरिएको छ । अब यतिको पैसा “व्हाईट” गर्ने हो भने कति इन्कमटैक्स दिनु पर्ने हुन्छ । यस्तो पुण्य त यस देशको कसैले पनि चाहन्न । म यसको अपवाद कसरी बन्न सक्थे ? नगद पैसा लुकाउँदा लुकाउँदा पाइतालाबाट पसिना निस्कन्छ ।
मैले “प्राइवेट लिमिटेड” कंपनी बनाए । किनभने धेरैभन्दा धेरै मन्दिर बनाउँनको लागि पैसा चाहन्थे । शेयर मार्केटमा गएर पब्लिक लिमिटेड गर्थे भने त मेरो त्यसमा रहेको नियन्त्रण हट्न सक्थ्यो । यसकारण छानेको मानिसहरूबाट, संस्थाहरूबाट पैसा जम्मा गरेर लिमिटेड कंपनी बनाए । समाजका इज्जतदार मानिसलाई बोर्ड आँफ डायरेक्टरमा नियुक्त गरे । त्यसमा वैज्ञानिक थिए, उद्योगपति थिए, कुलगुरु थिए । स्वयं वैज्ञानिक हुनु र वैज्ञानिक दृटि राख्नु यी दुई फरक कुरा हुन्, यो मैले अहिलेसम्म बुझीसकेको थिए । यी सम्पूर्ण कारणले मेरो कंपनी एक प्रतिष्ठाप्राप्त बन्न गएको थियो । दादर जस्तो ठाउँमा कंंपनीको ठुलो अफिस थियो । यी सबैको म एक्लो मालिक थिए र सहभागी भएकालाई म सकभर लाभ दिदै थिए । यो सबै पछिल्लो दस–बाह्र बर्षमा भयो । पैतीस बर्षको उमेरमा मैले यो सबै कमाए । यसबाट मान्छे अचम्म हुने गथ्र्यो । काँलेजहरूमा मलाई समारोहहरूमा बोलाउने गरिन्छ, तब म उनीहरूलाई भन्छु, “कठोर परिश्रमको लागि पर्याय हुन्न ।”
पहिलो मंदिर स्थापना गरेपछि नै मैले देवताहरूको चित्र बनाउँन छाडिदिए । रातभरी जागैरहेर बाटोमा बसेर चित्र बनाउनाले कुनै धेरै पैसा आइरहेको थिएन । तर मेरो व्यापारको प्रारम्भ त्यसैबाट भएको थियो । यो सबै अस्लमको कृपा । अस्लमले भिखारिहरूको समूह राम्ररी चलाई रहेको थियो । उ मेरो धेरै नजिक आएको थियो । मैले प्रायवेट लिमिटेड कम्पनीमा उसलाई डायरेक्टर कृतज्ञताको कारणले मात्र बनाएको थिए । उ पनि तब प्रभावित भएको थियो । म यस्तो कुराको पनि कदर दिनेछु यो उसले सपनामा पनि सोचेको थिएन । मैले आफ्नो मानसिक उमेर बढाए । अस्लम त्यहीको त्यही रह्यो । उसको भाषा त्यही रह्यो । व्यवहार पनि त्यही फक्कड र खलासीपन । उसको मन् धेरै संवेदनशील र राम्रो थियो । कतिपय भिखारीहरूलाई राम्ररी सम्हालेर राखेको मैले देखेको थिए । तर मानिसलाई भिखारी बनाउँने कुरामा भने उसमा न त दया थियो न त ममता । मलाई लागिरहेको थियो उसले पनि भिखारिहरूको समूहको कंपनी बनाओस् र त्यसलाई त्यसैगरी चलाओस् । उ आरामपूर्वक बसेर बाच्न सक्थ्यो । यो अस्लमको स्वभावमा थिएन ।
उसको एरियामा अर्को एउटा गुंडा राज गर्ने प्रयत्न गरिरहेको थियो । अनी जे हुनु थियो त्यही भयो । अस्लमलाई प्रहरिले एन्काउंटरमा मारि दियो । अर्थात् अर्को दादाले भनेको हुँदा प्रहरीले अस्लमलाई मार्ने काम गरेको थियो । अस्लमको आफ्नो कोही पनि थिएन । एउटा बारगर्लको साथमा उसको संबन्ध थियो, यो मलाई थाहा थियो । उसको दफनको विधि मैले गराए । एक्लै कबरगाहामा टाढा बसेर धित मरुञ्जेल रोए । मेरो बास्तवमा नै नजिकको साथी गएको थियो । ‘त्यस रात’ स्वामीनारायणको मन्दिर अगाडी उभिएर चिच्याउदै कराउँने मेरो मन गरिरहेको थियो । त्यस्तै अहिले पनि चिच्याउदै कराउँन चाहे । दुइटै समय मैले मेरो आक्रन्दन भीत्र भीत्रै दबाए । अस्लमको बारेमा म सुकिलोमुकिलो समाजमा केही भन्न सक्दिनथे । उनीहरूलाई के थाहा मैले के गुमाएँ । यहाँ म सुकिलामुकिला वर्गको निंदा गर्नु छैन साथै गरीब र गरीबीको पक्षमा भन्न पनि चाहन्न । म बास्तविकता मात्र बताउँदै छु ।
यसै बीचमा लीना एड्सबाट मरी । उसको साथमा कैयौ पटक सहवास गरेको थिए तर सावधानी पूर्वक । हामी धेरै नजिक आएका थियौ । म उसको वडालाको छाप्रोमा कैयौंपटक गएको थिए । उसका आमा बुवालाई ऊ जुन धधा गरिरहेकी छ त्यसको बारेमा राम्ररी थाहा थियो । तर तिनीहरू लाचार थिए । तीनीहरूका व्यवहारमा, बोलीमा त्यो सधै पाइन्थ्यो । जब म अंधेरीमा बस्नको लागि आए तब लीनासँग भने, “तिमी अब धंधा छाडिदेउ । मसंग बस । दुबैले जीवनमा निकै ठोकर खाएका छौं । अब सुख चयनको साथमा रहौं ।”
शुरुमा उसले हुन्छ भनी । केही दिन मेरो साथमा पनि बसी । हामी पती पत्नी जस्तै बस्न थालेका थियौं । लीना राम्रो पत्नी बन्न सक्दथी, तर एक दिन उसको दिमागमा भूत सवार भयो । मलाई छुनसम्म दिइन । भनी, “कसरी भन्न सक्छौं तिमी राम्रो मर्द हौ ? के थाहा तिमीले मलाई निकाली पो दिन्छौं कि ? तिम्रो विश्वासमा मैले यो धंधा छाडिदिए र पछि तिमीले मलाई छाडीदियौं भने त म कहाँ बस्ने ? तिमीले मलाई सबै राम्रो कुराको आदत बसालेपछि ति सबै रोकियो भने त ? मलाई प्रत्येक कुरादेखि डर लाग्दछ । यतीका सुख म सहन सक्दिन । राम्रो हुनेछ म एक्लै रहूँ ।”
मैले उसलाई संझाउने निकै प्रयास गरे । भने, “तिम्रो दिमाग ठाउँमा छैन । हामी सायकिएट्रिस्ट समक्ष गएर राम्रो ट्रीटमेंट लिनेछौ । सबैकुरो ठिक हुनेछ । यी सबै तिम्रो भ्रम हो । चाह्यौं भने हामी विवाह गर्नेछौ ।”
उसले केही पनि मानिन । कराउन थाली । अनि म चुप भए । दुइ दिन पछि उ घरबाट भागेर गई । म उस्को घर गईन बरु फाइब्ह गार्डन नजिक उभिइरहे । उ म समक्ष आई । म उसलाई समात्न खोज्दै थिए कि उ चिच्याउँन थाली । पैदल हिड्दै गरेका दुइ तीन जनाले फर्किएर हेरे । म लज्जित भए । अनि लाचार भएर फर्किए । लीना गए पछि मेरो जीवनमा एउटा रित्तोपन आयो । उ धेरै प्यारी थिई, कत्र्तव्यमा दक्ष थिई, मसंग राम्रो व्यवहार गर्थि । अनि मलाई संझना भयो उसको बाटो त्यही हो । अब उ फर्किन संभव छैन । यही प्रत्येक व्यक्तिको भाग्य हुनृ गर्छ के ? मैले भाग्यमा कहिल्यै विश्वास गरिन । आफ्नो आफ्नो स्वभाव अनुसार प्रत्येक व्यक्तिको शोकांतिका अटल हुनेगर्छ । लीनाले यदी मेरो हात समातेकी भए त्यसको भाग्य बदलिन सक्थ्यो, तर हामी कसैलाई सुधार्न अथवा बिगार्न सक्छौं के ? म यसमा ठूलो विश्वास गर्दिन ।
म कहिले काहि उसको घर जान्थे । उसँग र उसको आमा बुवालाई भेट्थे । आवश्यक हुँदा पैसा दिएर मदत पनि गर्थे । पछि आउन जान कम भयो । मेरो कामको व्यस्तता बढ्दै गयो । एकदिन समय निकालेर गए तब थाहा भयो उ मरि सकेकी रहिछ । उ मरेपछि मैले थाहा पाए उसलाई एड्स भएको रहेछ । क्षण भर अक्क–बक्क भए । अनि आफ्नो बारेमा सोच्न थाले । कतै मलाई एड्स त सरेन । म अर्को दिन राम्रो अस्पतालमा गएर चेकअप गराएर आए । मलाई केही पनि भएको थिएन । मैले संतोषको सास फेरे ।
करुणाकरन पछि पनि म कहाँ आउथ्यो । उ आएपछि भीत्रैदेखि खुशी हुन्थे । लक्ष्मीको मृत्युले उसको जीवन नै बदली दिएको थियो । लक्ष्मी नभए पनि उसको बच्चा त बाँच्नु पर्ने थियो । उ लक्ष्मीभन्दा पहिले नै गएको थियो । उ मेरो धारावीको घरमा आउँथ्यो र अंधेरीमा पनि । मुंबईमा यसो त उसको कुनै काम हुदैनथ्यो । मकहाँ बस्ने गथ्र्यो । एक्लै यता उता भौतारिइ रहन्थ्यो । भीत्रैदेखी उदास देखिन्थ्यो । मन फूकाएर मेरो प्रशंसा गथ्र्यो । “तिमी धेरै ठूलो बनेका छौ” आउनासाथ भन्थ्यो । मलाई हृदयदेखिनै प्रशंसा गर्ने कोही छ यो देखेर म मनमनै निकै प्रसन्न हुन्थे । उ उसको गाउँमा अध्यापकको नोकरी गरीरहेको थियो । बचेको समयमा माछाको व्यवसाय गथ्र्यो । तर हृदयदेखिनै केही गरीरहेको छ यस्तो लाग्दैनथ्यो । उसले मानौ बाच्ने बाटो गुमाएको छ । शुरुदेखि नै उ मेरो जेठो दाजु जस्तो लागेको थियो । उसको बारेमा सम्मान भएको कारण म उसंग बहस गर्दिनथे । मैले उसलाई मेरो कम्पनीमा बोर्ड आँफ डायरेक्टरमा कामगर्न सल्लाह दिएको थिए । मुंबईमा फेरि रहनको लागि भने । नत्र भने, केरलामा मंदिर बनाउने छु त्यसको व्यवस्थापन गर, यस्तो पनि भने । उसले भन्यो, “तिमीले जे गर्दैछौं त्यो राम्रो होइन । मानिसको भावनासंग तिमी खेल्दैछौ ।”
“सबै मानिस यही त गर्दछन् । एक दुइटा सिनेमा के चल्छ ? तिनीहरू मानिसका इमोशन्ससँग खेल्दछन्, नजीम जान्छन् यसै कारणनले त हो ? ति विज्ञापनवाला के गर्दछन् ? तिनीहरू पनि त मानिसलाई सपना देखाउँछन् । म पनि त यही गर्दैछु । मानीसलाई आफूमा विश्वास छैन । उ स्वयं आफ्नो प्रश्नको उत्तर खोज्न सक्दैन । मैले यसलाई आँर्गनायजेशनको रूप दिएको हूँ ।”
मलाई करुणाकरनले भनेको उचित लागेको थियो तर पनि उसंग म विवाद गरिरहेको थिए । म पनि त के गर्थे ? यस बारेमा एउटा ठूलो घटना दुई वर्ष पहिले घट्यो ।
मालाडको एउटा नयां काँम्प्लेक्समा मैले मंदिरको प्लान दिए । काँम्प्लेक्सको सेक्रेटरी संघ पक्षधर थियो । उसले तत्काल त्यो स्वीकार ग¥यो । मंदिरको आवश्यकता नै छ, भन्यो । मैले सबै फायनान्स दिइनै रहेको थिए यो देखेर धेरै नै खुशी भयो । मैले सधै झै नै उत्साहको साथमा काम शुरु गरे । पछि मलाई त्यहाँको रामराव नाम गरेको मान्छेको बारेमा थाहा भयो । काँलनीमा जोडिएको ‘साकी’ नामको बार र रेस्ट्रोरेन्ट शुरु भएको थियो । रामराव यसो त सीधा–सादा मानिस थियो । कसैको झैझमेलामा पर्न नचाहने । बार देखेर उसको मस्तिष्क रिङ्न थाल्यो र एक्लै उसले बार बंद गराउन लडाइ ग¥यो । मलाई उसको बारेमा उत्सुकता जाग्यो । उसको यथार्थ थाहा पाएपछि म स्वयं उसलाई भेट्न गए । कर कार्यालयमा धूस नलिने अफिसर भनेर उ नाम कहलाएको थियो । निवृत्ति हुने उमेर हुन थालेको थियो । काँलनीमा मंदिर बनाउँन थालेको छु यस्तो भने ।
“राम्रो कुरा बनाउँदै छौ ।” उसले भन्यो । मलाई आश्चर्य लाग्यो । मलाई लागेको थियो उनी नास्तिक होलान् । “मंदिर यो राम्रो कुरा कसरी हुन सक्छ ? ठूला उद्योग र व्यवसाय यी राष्ट्रका मंदिर हुन यस्तो नेहरूले भनेका थिए । मन्दिरबाट के राम्रो हुन्छ ?” मैले झर्किदै भने ।
अब आश्चर्यमा पर्ने पालो उसको थियो । “तपाईं नै मंदिर बनाउँदै हुनुहुन्छ नी ? र स्वयं त्यसको विरोधमा बोलीरहनु भएको छ ?”
“मंदिर निर्माण गर्नु यो मेरो व्यवसाय हो । व्यवसायीको नाताले म त्यसैको समर्थक हूँ । मलाई लागि रहेको छ, तपाईं जस्तो व्यक्तिले ‘साकी’को अपवृत्तिसंग लडाई गर्नु भयो । मंदिर पनि अपवृत्ति नै हो, यो ममा रहेको मानवताको नाताले राय हो । म प्रतिक्षा गरिरहेको छु कि कोही त मंदिरको विरुद्ध लडाई गर्नेछ ।” रामरावले मेरो भनाई बुझेको होला ।
“तपाईं भगवान मान्नु हुन्छ ?” उसले सोध्यो ।
“मान्दिन ।”
“म मान्दछु । कुनै अज्ञात शक्ति यस ठाउँमा, सबैमा नियन्त्रण राखिरहेको छ यस्तो मलाई लाग्दछ । त्यस अज्ञात शक्तिको मूर्त स्वरूपको विरोध हामी किन गर्ने ? हो, तपाईं मन्दिरमा समय वर्वाद नगर्नुस्, काम गरि रहनुस्, तर यस संसारको निर्माण कसरी भयो, त्यो कसरी चल्छ, यसको बारेमा ज्ञात के हामीलाई भएको छ ? त्यो हुनेछ तब हुनेछ, तर सबै कुरा हाम्रो हातमा हुँदैन, यो म स्वीकार गर्दछु ।” म पछि चुप भए । अनि हामीले अनेकन विषयमा कुराकानी ग¥यौं । मलाई त्यो मानिस योग्य लाग्यो, तर मन परेन । केही निराश भएर म हिड्न भनेर उठे ।
“माफ गर्नुस्, म यस विषयमा तपाईलाई सहायता गर्न सक्दिन ।” उ ढोकासम्म मलाई छाड्न आयो । मैले यस्तो प्रयत्न पछि कहिल्यै गरिन । मेरो मन्दिरको कसैले विरोध गर्ने छैन, यस कुरामा मलाई विश्वास भयो । भगवान र धर्मको स्थान यस देशमा दृढ छ, त्यसलाई कसैले पनि प्रहार गर्न सक्दैन, यो मैले बुझ्न सके ।
आमा–बुवा पहिलेदेखि नै मेरो विवाहको लागि दवाव दिदै हुनुहुन्थ्यो । मैले कहिल्यै यस विषयमा विचार गरिन । लीनाको बारेमा यस्तो सोचेको थिए । के म उसलाई माया गर्थे ? भन्न सक्दिन । प्रेम के हुन्छ यसलाई मैले वितेको पन्द्र–सत्र बर्षमा ठूलो अनुभव गरिन । म नर–नारी संबन्धको प्रेमको बारेमा भनीरहेको छु । कूल मिलाएर सम्पुर्ण व्यवस्थाहरू भत्कदै छन् । त्यसमा विवाह व्यवस्था पनि छ । यो कुरा वरपर सूक्ष्म रूपमा अध्ययनगर्दा मेरो ध्यानमा आयो । यसकारण विवाहको कुरा मैले गंभीरता पूर्वक प्राथमिकतामा राखेको थिईन । तर आमा मानिनै रहेकी थिइनन्, “जो राम्रो लाग्छ त्यसैसँग गर ।” यस्तो भन्न लागिन् । मैले भने, केटी मुंबईकै नै हुनुपर्छ तब आमा म कहाँ आएर बस्नु भयो । मलाई केटी हेर्ने ठुलो उत्साह साच्चै थिएन । तर आमा मेरो पछाडी लाग्नु भएको थियो ।
अनी मैले एउटी केटीलाई मन पराए । सुशिक्षित थिइ । राम्रो कम्पनीमा नोकरी गरिरहेकी थिइ । हेर्नमा राम्री थिइ । मसंग सबै विषयमा राम्ररी बोलिरहेकी थिइ । उसलाई अस्वीकार गर्नुपर्ने केही कुरा नै थिएन । मैले आमालाई उसलाई “हुन्छ” भन्नको लागि भने । समस्या एउटा मात्रै थियो । उ मभन्दा दस वर्ष सानी थिइ । तर उ तैयार थिइ । केटीहरूको भावना र चाहनालाई ध्यान दिने गरिन्न । अनी आमाले बुवालाई बोलाउनु भयो । वीवाहको कुरा पक्का गर्नको लागि केटीको आमा बुवा कहाँ पनवेल जानु थियो । उनीहरूको मुंबइमा एउटा फ्लैट थियो । त्यहाँ केटी एक्लै रहन्थी । आइतबार शाझ विवाहको कुराकानी गरेर रातीको भोजन गरिवरि फर्कनु थियो । मैले आमा बुवालाई भने, “विवाहको यस्तो कुरा मलाई एकदम स्वीकार छैन । मलाई उनीहरूबाट केही पनि चाहिन्न । म खुसी छु, मसंग सबै कुरा छ ।”
“के भनेको, यो त औपचारिकता मात्र हो । तिमी केही पनि नमाग्नु, तर यस्तो गर्नैपर्छ । तारीख तय गर्नु पर्नेहुन्छ । म उनीहरूसंग कुरा गरेर मुहूर्त भन्छु । तिमी पनि हुनै पर्छ ।”
“ठीक छ । म पनि साथमै हुनेछु ।” मैले अनिच्छापूर्वक हुन्छमा हुन्छ मिलाए । दिउसोसम्म म जाने निश्चित थियो अनी मेरो मार्केटिङ डायरेक्टरको फोन आयो । नया प्रपोजल थियो । ठूलो थियो । बिडला मंदिर देशमा प्रख्यात छ, त्यस्तै किसिमको ठूलो मन्दिर जयपूरमा बनाउँनु थियो । प्रस्ताव लिएर जयपुरबाट ठुला मानिस आएका थिए । उनीहरूका साथमा बसेर राती खाना खानु आवश्यक थियो । मैले घरमा बताए तब दुबैजना झनक्क रिसाए ।
“तपाईं सबै फायनल गर्नुस् । ममाथी केही नथोपर्नुस्, केटीपक्षलाई कुनै दुःख तकलिफ नहोस् ।” मैले उहालाई भने । उहाँहरूलाई मैले गाडी दीए । ड्राइवर दिए । केटीपक्षलाई मैले सही सत्य कुराको सूचना दिए । अनी म मीटिंगमा गए । पार्टीमा व्यस्त रहे । मैले केही धेरै पीएको थिए । डील सफल भएको थियो । त्यहाँ धेरै ठूलो जमीन मंदिरको लागी पाउँनेवाला थियो । खुशी भएको कारणले धेरै पिएको थिए । गाडीमा बास्नासाथ मोबाइल बज्यो । प्रहरी कंट्रोल रूमबाट फोन थियो ।
“सर, तपाईंको कार तलोजा नजिक ऐक्सिडेंट भएको छ । मेजर ऐक्सिडेंट छ । गाडीको पेपर्सबाट थाहा लाग्यो तपाईंको गाडी हो । गाडीमा तीन डेड बाँडीज छ । उनीहरूलाई चिन्न सकिन्न । अगाडीबाट आएको ट्रकले तपाईंको गाडीलाई सोझै ठोकिदिएको छ । सर, तपाईं आउन सक्नु हुन्छ अथवा कसैलाई पठाउँनु हुन्छ ।”
मेरो नशा एक क्षणभरमा तत्काल उत्रीयो । ड्राइवरलाई गाडी तलोजातर्फ लैजानको लागि भने । भयंकर बेचेनी भइरहेको थियो । ए.सी.मा पनि पसीना आइरहेको थियो । स्वयंलाई सँभाल्न प्रयत्न गरिरहेको थिए । डेड बाँडीजलाई मैले तत्काल चिने । मेरो आमा बुवालाई म नचिनू यस्तो त हुन सक्दैनथ्यो । लागीरहेको थियो, म डाको छाडेर क्वा क्वा रोउँ, तर कुरा के थियो रुन सकिरहेकै थिन । उहाँहरूका बारेमा यस्तो के हुन सक्छ ? नियती नामको चीज वास्तवमा हुन्छ के ? भगवान अवश्य होला, नत्रभने म जस्तोलाई बचाएर मेरो सत्तरी वर्ष उमेर पुगेका आमा बुवालाई किन लिएर गए ? म अब बास्तवमा नै अनाथ भएको थिए ।
भरखरै छब्बीस जनवरीमा प्रलयकारी भूकम्प आयो । त्यसको झट्का मुंबईमा पनि भयो । घरको एकातर्फको पाखो खस्नेछ यस्तो लाग्यो । अनि केही सेकेण्डमा सबै शान्त भयो । प्रकृतिले आफ्नो शक्ति देखाएको थियो । सबै कुरा कस्तो क्षणभंगुर छ यसको महसुस भयो । त्यस दिन र पछि देशभरीबाट मलाई जानकारी आयो हाम्रो धंधामा ठुलो प्रगति भएको छ । मलाई त्यो सुखदायक लागेन । भगवान साच्चै छ भने त उसले हाम्रो धारावी हेर्नु पर्ने हो । करुणाकरन, लक्ष्मी, चैतन्य जस्त अनेकौको जीवन हेर्नु पर्ने हो । अस्लम, लीनाको दुःख उसले बुझ्नु पर्ने हो ।
मैले विवाह गरेर नयां जीवन शुरु गरे ।
साभारः कथादेश
अप्रैल २०१८

 

पंकज कुरुलकर
जन्म ः १० सितम्बर १९६२
५०४, ठक्कर पैलेस
जनकल्याण नगर,
मुंबई— ४०००९५
मो. ८६५५५६५७७८

 

शीतल गिरी
गौर ५, रौतहट
९८४३६४२८६८