सन् २०२४ मा राम्रा पुस्तकहरू के कस्ता निस्किए ? कहाँका किताब राम्रा रहेछन् ? बेलायती कि ? अमेरिकी कि ? भारतीय कि ? वा अन्य देशका किताब राम्रा थिए ?

यो ज्यादै अप्ठेरो प्रश्न हो । मानौँ, तपाईं अंग्रेजीभाषामा निस्केका साहित्यको पारखी हो भने संसारभर अंग्रेजी भाषामा किताब निस्कन्छन् तर तीमध्ये केही नाम चलेका किताबका बारेमा मात्र हामीले थाहा पाउँछौँ । ज्यादै नराम्रा किताबहरूका बारेमा भने अमेरिका र बेलायतमा छापिए पनि थाहा पाइन्छ किनभने सूचना सञ्चारमा अमेरिकी मिडिया अगाडि छन् र तिनका प्रमुख प्रकाशकका दह्रा पीआरका कारण तिनले आफ्ना सूचना संसारभर फैलाउन सक्छन् ।

सन् २०२३ मा गरिएको एउटा सर्भेअनुसार संसारभर २० लाखभन्दा बढी पुस्तक प्रकाशन भएको थियो । पक्कै पनि २०२४ मा केही थप संख्यामा पुस्तक छापिएको हुनसक्छ । एक अनुमानअनुसार २०२४ मा संसारभर २१ देखि २२ लाख पुस्तक प्रकाशन भएका छन् ।

अमेरिकामा वार्षिक तीन लाख नयाँ किताब छापिन्छन् । स्वप्रकाशनको फेशन बढ्दै जाँदा यो संख्या १० लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै बेलायतमा सन् २०२४ मा १ लाख ८५ हजार हाराहारी नयाँ पुस्तक प्रकाशन भएको तथ्याङ्क छ । तर चीन नयाँ पुस्तक प्रकाशनमा अगाडि छ । उसले ५ लाख हाराहारीको संख्यामा नयाँ पुस्तक प्रकाशन गरेको छ ।

भारतमा भने ९० हजार हाराहारी नयाँ पुस्तक प्रकाशन गरेको तथ्याङ्क छ ।

यी सारा तथ्याङ्कसँगै हामीले थाहा पाउने भनेको ज्यादै सीमित पुस्तकहरूका बारेमा हो । ती सीमित पुस्तकलाई चर्चित अखबारहरूले समीक्षा गर्ने गर्छन् । ती समीक्षाबाट हामीले तुलनात्मक रूपमा राम्रा पुस्तकका बारेमा जानकारी हासिल गर्छौं ।

अमेरिकामा चार ठूला प्रकाशकहरूले निकाल्ने पुस्तकहरू नै प्रायः चर्चित अखबार तथा म्यागेजिनले छाप्ने हुनाले ती पुस्तकका बारेमा मात्र हामीले थाहा पाउने गर्छौं ।

हरेक अखबारले प्रायः वर्षका पढ्नै पर्ने पुस्तक सूची जारी गर्ने गर्छ । टाइम म्यागेजिनले वर्षका सय पढ्नै पर्ने पुस्तकहरूमा जुन पुस्तक पर्छन्, पब्लिसर्स विक्लीमा तिनै पुस्तक पर्ने सम्भावना कम हुन्छ किनभने ती दुवैको प्राथमिकता फरक हुन्छ । त्यस्तै प्रख्यात साप्ताहिक पत्रिका इकोनमिस्टले प्रायः गैरआख्यान पुस्तकलाई मात्र महत्त्व दिन्छ । उता न्यूयोर्क टाइम्स दैनिक पत्रिकाले आख्यानलाई बढी जोड दिन्छ र खासगरी लिटररी फिक्सनलाई महत्त्व दिने गर्छ ।

वर्षका राम्रा पुस्तक सूची अखबार वा म्यागेजिनले मात्र नभएर हरेक अनलाइनले पनि प्रकाशन गर्ने गर्छन् । लिटररी हबदेखि, ओप्रा विन्फ्रेको वेबसाइटसम्मले आफूलाई मन परेको पुस्तक सूची प्रकाशन गर्ने गर्छन् ।

आउनोस्, विभिन्न विदेशी अखबार, म्यागेजिन र अनलाइनले छनोट गरेका सन् २०२४ मा प्रकाशन भएका पुस्तकहरूमध्ये पढ्नै पर्ने पुस्तकहरूको सूची हेरौँ । यो सूची मूलतः अमेरिकी र बेलायती अखबार तथा अनलाइनमा आधारित छ ।

Percival Everett, James

Kaveh Akbar, Martyr!
Miranda July, All Fours

Sally Rooney, Intermezzo

Hanif Abdurraqib, There’s Always This Year

Rachel Kushner, Creation Lake
Liz Moore, The God of the Woods

Sloane Crosley, Grief is for People
Salman Rushdie, Knife: Meditations After an Attempted Murder
Danzy Senna, Colored Television

Kaliane Bradley, The Ministry of Time
Rita Bullwinkel, Headshot
Colm Tóibín, Long Island
Tony Tulathimutte, Rejection

Taffy Brodesser-Akner, Long Island Compromise
Alan Hollinghurst, Our Evenings
Tommy Orange, Wandering Stars
Zoë Schlanger, The Light Eaters
Yael Van Der Wouden, The Safekeep

Garth Greenwell, Small Rain

Jonathan Blitzer, Everyone Who is Gone is Here
Louise Erdrich, The Mighty Red
Adam Higginbotham, Challenger
Richard Powers, Playground
Hampton Sides, The Wide Wide Sea
Wright Thompson, The Barn
Yasmin Zaher, The Coin

Vinson Cunningham, Great Expectations
Álvaro Enrigue, You Dreamed of Empires
Jonathan Haidt, The Anxious Generation
Hisham Matar, My Friends
Alexei Navalny, Patriot
Ayşegül Savaş, The Anthropologists

Steve Coll, The Achilles Trap
Carys Davies, Clear
Lev Grossman, The Bright Sword
Emily Henry, Funny Story
Kelly Link, The Book of Love
Claire Messud, This Strange Eventful History
Lucy Sante, I Heard Her Call My Name
Danez Smith, Bluff
Olga Tokarczuk, tr. Antonia Lloyd-Jones, The Empusium

‘Pemi Aguda, Ghostroots
Rumaan Alam, Entitlement
Lili Anolik, Didion and Babitz
Leigh Bardugo, The Familiar
Colin Barrett, Wild Houses
Marie-Helene Bertino, Beautyland
Max Boot, Reagan
Bianca Bosker, Get the Picture
Craig Brown, Q: A Voyage Around the Queen
Mariana Enriquez, A Sunny Place for Shady People
Alison Espach, The Wedding People
Alexandra Fuller, Fi
Holly Gramazio, The Husbands
Alexis Pauline Gumbs, Survival is a Promise
Ferdia Lennon, Glorious Exploits
Dinaw Mengestu, Someone Like Us
Emily Nussbaum, Cue the Sun!
Deborah Jackson Taffa, Whiskey Tender
Morgan Talty, Fire Exit
Chris Whitaker, All the Colors of the Dark

Dolly Alderton, Good Material
Connie Chung, Connie
Ta-Nehisi Coates, The Message
Jennifer Croft, The Extinction of Irena Rey
Jason De León, Soldiers and Kings
Emil Ferris, My Favorite Thing is Monsters (Book 2)
John Ganz, When the Clock Broke
Ina Garten, Be Ready When the Luck Happens
Xochitl Gonzalez, Anita de Monte Laughs Last
Jo Hamya, The Hypocrite
Kristin Hannah, The Women
Tessa Hulls, Feeding Ghosts
Rachel Khong, Real Americans
Jean Hanff Korelitz, The Sequel
Yulin Kuang, How to End a Love Story
Catherine Newman, Sandwich
Yoko Ogawa, tr. Stephen Snyder, Mina’s Matchbox
Diane Oliver, Neighbors and Other Stories
Richard Osman, We Solve Murders
Sarah Perry, Enlightenment
Kiley Reid, Come and Get It
Rebecca K. Reilly, Greta & Valdin
Aaron Robertson, The Black Utopians
Cat Sebastian, You Should Be So Lucky
Francis Spufford, Cahokia Jazz
Rufi Thorpe, Margo’s Got Money Troubles
Mosab Abu Toha, Forest of Noise