आधा रातको यात्रा
अवश्य जोखिमकै हुन्छ
तर उज्यालो भेटने विश्वासमा हुन्छ
र त्यस्तो यात्रीलाई – अवश्यमेव
सधैं उज्यालोले पर्खिरहेको हुन्छ

त्यसो रात –
चोरहरूको अवसर हो
दुष्टहरूको प्रहार हो
तर जूनलाई थाहा छ
रात त्यो मात्र हैन
त्यो भन्दा बढी – सिर्जना हो
रातकै शीतमा फक्रिने
फूलको सुन्दर मुस्कान र सुगन्ध हो

भुल्नु हुँदैन – कुनै बेला
रातले कृष्णको यात्रा पर्खिरहेको थियो ।

चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ