एउटा सामान्य दुई तले घर । अगाडिपटि हरियो रङमा सजिएको बार्दली । लहरै गमलामा सजिएका पूmलका लाइनहरू । त्यसको पछाडिपटि कोठाको एउटा झ्याल । हरेक दिन बिहानीको मिर्मिरेले जब मेरो निन्द्रा भङ्ग हुन्थ्यो, म सुस्तरी मेरो कोठाको झ्याल खोल्थेँ । मेरा नजर त्यही घर, त्यही बार्दली हुँदै त्यही झ्यालमा ठोकिन पुग्थे ।
जुन झ्यालबाट एउटा नारी अनुहार मेरो घरतिर नजर लगाएर एककोहोरो टोलाइरहन्थ्यो । जसरी लाटोकोसेरो रुखको हाँगामा बसेर टोलाइरन्छ । बजारको बस्ती, घरहरूको भीड पनि त्यतिकै । अनि दूरीका हिसाबले त्यो घर अलि टाढै भएर होला म त्यो अपरिचित अनुहारलाई त्यति धेरै ठम्याउन त सक्तिनथेँ । चिउडोमा हत्केला राखेर पाखुरालाई झ्यालको सँघारमा अड्याउँदै टोलाइरहने त्यो अनुहार सायद मौन छ, अनि मलिन छ । म यति चाहिँ महुसस गर्न सक्थेँ । घरीघरी हत्केलाले आँखा मिचे जस्तो, घरीघरी अनुहार पुछे जस्तो क्रियाकलाप देखिन्थ्यो । लाग्थ्यो ऊ कतै सुँक्सुँकाइरहेको पो हो कि ? जबसम्म म मेरो कोठाको झ्यालबाट दूर हुन्नथेँ तबसम्म ऊ मतिरै हेरेर टोलाइरहन्थी । मानौँ ऊ पहाड हो जसमा अतृप्त प्यास छ । अनि म गहिरो नदी ।
‘बाबु खाना खान आऊ । कलेज जान ढिला हुन्छ’ ममीको आवाज सँगसँगै त्यो अनुहार मबाट टाढा हुन्थ्यो । म सधैँ दिउँसो कलेज जान्थेँ । तर दिनदिनै पढ्ने मन मबाट टाढा हुँदै थियो । नजिक बन्थ्यो त केवल त्यही अपरिचित अनुहारको प्रतिबिम्ब । दिनभरि कलेजको थकानसँगै म घर फर्कन्थेँ । ममीले राखिदिएको खाजा हतारहतार खाएर म आफ्नै कोठाको बिछ्यौनामा पल्टिँदै त्यो झ्यालबाट बाहिर नियाल्थेँ । जतिबेला त्यो अपरिचित अनुहार त्यही झ्यालबाट मतिरै हेरेर टोलाइरहेको पाउँथेँ धेरैबेरसम्म । जबसम्म साँझको झिसमिसेले उज्यालोलाई बिदाई गर्दैन तबसम्म । हर बिहान अनि हर बेलुकी टोलाइरहने त्यो अनुहारले मलाई सोच्न बाध्य बनाइसकेको थियो । मनमा प्रनको तुफान उठ्न थाल्यो । “एउटी अपरिचित केटी, एककोहोरो बनेर सधैँसधैँ म तिरै टोलाइरहन्छे । त्यसरी ऊ टोलाउनुको कारण के छ ? आखिर ऊ को हो ?”
मेरा मनका कौतूहलताहरू एकाएक मेरो बाबा समक्ष पोखिन पुगे । त्यो घर, त्यो परिवार अनि त्यो केटीको बारेमा । तर बाबाले मेरा प्रश्नको बेवास्ता गर्दै भन्नुभयो, “बाबु तिमी हाम्रो घरको एउटा छोरो । तिमीलाई नपुग के पो छ र ? यसरी दुनियाँको वास्ता गर्नुपर्ने काम के ? त्यो एउटा गरिब मागिखाने हर्के भन्नेको घर हो अनि त्यो केटी उसकै छोरी सरिते होली ।” निःशब्द थिएँ म बाबाको जवाफ अगाडि । तैपनि मन शान्त भएन । बिछ्यौनामा पल्टिएँ अनि सोच्न थालेँ, “मेरा लागि अपरिचित त्यो अनुहार किन मतिर एककोहोरो बनेर टोलाइरहन्छ ?” मेरा किताबका पानाहरूमा म अक्षरहरू पढ्न छोडेर त्यो अनुहार पढिरहेको हुन्थेँ । उसको त्यो निराश हेराइले मेरो भोक प्यास अनि निद्रा हराउँदै गएको थियो । मनभरि थियो त मात्रै कौतूहलता । जसले मलाई स्थिर बसिराख्न दिएन ।
एउटी अपरिचित केटीलाई उसकै कोठामा भेट्न जानु सामान्य कुरा पनि थिएन । भेटेपछि के भन्ने ? शब्द पनि मसँग थिएन । मानौं म निर्जीव शरीर बोकेर ठिङ्ग उभिएको थिएँ उनको कोठाको बन्द ढोकाअगाडि ।
एकदिन उसले मप्रति देखाएको अनौठो व्यवहारको वास्तविकता चिर्न बाबा ममीलाई थाहै नदिई त्यो घर जाने निर्णय गरेँ मैले । एकातिर मलाई डर थियो कतै मेरा बाबा ममीले त्यो घरतिर गएको थाहा पो पाउनुहुन्छ कि भन्ने । अर्कोतिर मलाई हतारो थियो उसको अनौठो हेराइ र टोलाइको वास्तविकता बुझ्ने । म सुटुक्क त्यो घरतिर लागेँ । हेर्दा नजिकै जस्तो देखिए पनि बजारको बस्ती, घरहरू घुमेर जानुपर्दा निकै समय लाग्यो । बुढ्यौली उमेरका एकजना मान्छे आफ्नै धुनमा घरअगाडि काम गरिरहनुभएको थियो ।
अलि अप्ठ्यारो मान्दै मैले उहाँको छेउ गएर सोधेँ, “अंकल सरिताको घर यही हो ?”
मतिर पुलुक्क हेर्दै भन्नुभयो, “हो बाबु । तर मैले बाबुलाई चिनिनँ नि ?”
“म सरिताको साथी हुँ अंकल । सरितालाई भेट्नु थियो त्यही भएर आएको थिएँ ।”
सकेसम्म विश्वास दिलाउने हाउभाउका साथ जवाफ दिने कोसिस गरेँ मैले । चाहुरेका गालामा थोरै मुस्कान भरेर अंकलले भन्नुभयो, “सरिता मेरै छोरी हो बाबु । ऊ माथि कोठैमा छे । साथी हुनुहुँदोरहेछ जानू नि माथि भर्याङ्ग चढेर ।”
म त्यहाँबाट अगाडि बढेँ । बिस्तारै भर्याङ्ग चढ्न थालेँ । मन स्थिर थिएन त्यतिबेला । मुटु वेगले धड्किरहेको थियो । हातहरू असामान्य काँपिरहेका थिए । एउटी अपरिचित केटीलाई उसकै कोठामा भेट्न जानु सामान्य कुरा पनि थिएन । भेटेपछि के भन्ने ? शब्द पनि मसँग थिएन । मानौं म निर्जीव शरीर बोकेर ठिङ्ग उभिएको थिएँ उनको कोठाको बन्द ढोकाअगाडि ।
निकैबेरको स्थिर शरीरलाई अस्थिर बनाउने कोसिस गरेँ मैले । आँट बटुलेर काँपिरहेको हातले ढोकामा ढक्ढक्याउन थालेँ छिनमै ढोका बिस्तारै उघ्रिन थाल्यो । यसो हेरेँ त्यही मलिन अनुहार । ढोका पूरा नउघ्रिँदै उनले मलाई पुलुक्क हेरिन् र आश्चर्य हाउभाउका साथ भन्न थालिन्, “अरे, तपाईं ! यहाँ ? तपाईं यहाँ किन आउनुभएको ?”
एक्कासि उनले जीउमा ओढिरहेको बर्कोले आफ्नो अनुहार छोपिन र भन्न थालिन्, “तपाईं यहाँ किन आउनुभएको ? तपाईंलाई थाहा थिएन यहाँ आउनु हुन्न भनेर ? तपाईंका बाबु आमाले हामीजस्ता दुःखी र अभागीको घरमा जानु हुन्न भनेर सिकाउनु भएन ? तपाईं त भाग्यमानी हो ।”
“ बाबु त्यो टेबलमा एउटा पत्र छ । खै कसले पो हो, मैले चिनिनँ, अघि छाडेर गएको । तिमीलाई दिनु है भन्दैथे ।”
उनी जोडले चिच्याउन थालिने, “केही दिन त बाँचौँला भन्थेँ । मलाई अब झन् कमजोर नबनाउनुस् । तपाईं यहाँबाट गइहाल्नूस् । बिन्ती, तपाईं यहाँबाट गइहाल्नूस ।” ढोका ड्याम्म बन्द गरिन् ।
हात फैलाएर ढोका बन्द नगर न एकछिन भन्न त खोजेँ । तर, मुखबाट शब्द निस्किएन । र त्यो सम्भव पनि थिएन उनले फेरि ढोका खोल्ने । सोच्न थालेँ – मेरो जिन्दगी सासले होइन रहेछ अनौठो भ्रमले भरिएर बनेको रहेछ । मनभरि खुसी भरेर फर्कौँला भन्थेँ झनै रितिएर घर फर्किएँ । मनमा कुराहरू झनै खेल्न थाले । कसैको अनुहारमा हेर्नै नमिल्ने मेरो जिन्दगी अनि म कसरी भाग्यमानी ? उनका बाबा पनि त्यति इमानदार र मेहनती देखिन्थे कसरी उनीहरू अप्रतिष्ठित र अभागी ? हाम्रो बाबा ममी मात्रै कसरी महान् र प्रतिष्ठित ? धन सम्पति अनि माथिल्लो जाति र वर्ग भनेर जुन भ्रम र घमण्ड पाल्नुभएको छ मेरो बाबा, ममी र मेरो समाजले, के त्योभन्दा ठूलो त मान्छेको इमानदारिता, मेहनत अनि नैतिकता होइन र ? धेरै प्रश्नहरू मनमै उठे अनि मनमै फुटे पानीको फोकासरि । बाबा ममीसँग मैले सोध्ने आँट गरिनँ ।
दिनहरू सामान्य बित्दै गए । त्यो अपरिचित अनुहारले त्यसपछिका दिनमा झ्यालबाट बाहिर हेरेको कहिल्यै देखिनँ मैले । अपरिचित अनुहारप्रतिका उत्सुकताहरू पनि मबाट बिस्तारै घट्दै जान थाले । पढाइमा अलि बढी ध्यान दिन थालेँ । कलेज, साथीभाइ, यस्तै यस्तै कुरालाई नै मन भुलाउने फुलबारी बनाउन थालेँ ।
एकदिन कलेजबाट घर मात्रै के आइपुगेको थिएँ ममीले भन्नुभयो, “ बाबु त्यो टेबलमा एउटा पत्र छ । खै कसले पो हो, मैले चिनिनँ, अघि छाडेर गएको । तिमीलाई दिनु है भन्दैथे ।”
म पत्र बोकेर कोठामा पुगेँ अनि खाम ओल्टाइपल्टाइ हेरेँ । बाहिर मेरो नाम थियो अरू केही लेखिएको थिएन । कसले पठायो होला यो पत्र ? मनले सोच्दा नसोच्दै हतारिएका हातले पत्र खोल्न पुगेँ । पत्र अत्ति छोटो, दुई लाइनमा यस्तो लेखिएको थियो –
अपरिचित हजुर नमस्कार ।
यही आउँदो वैशाख १५ गते मेरो जन्मदिन परेको हुँदा उक्त दिन मेरो घरमा उपस्थित भई शुभकामना दिनु हुनको लागि हजुरलाई निमन्त्रणा गर्दछु ।
उही
सरिता ।
“अरे यो कस्तो अनौठो भोग्दैछु म । जसले मेरो अनुहार नै हेर्न नमिल्ने जस्तो गरेर बर्कोले छोपेकी थिइन्, उनैबाट फेरि मलाई पत्र ? बिना चिनजानको कस्तो सम्बन्ध हो यो ? जुन दिन मलाई एक शब्दसम्म बोल्ने अनुमति भएन फेरि उनैबाट जन्मदिनको निमन्त्रणा ? सम्बन्धको कस्तो खेल हो यो ? के स्वार्थ छ उनमा ? आखिर ऊ को हुन् ? फेरि अर्को कस्तो अचम्म अनि कस्तो संयोग ? १५ गते जुन दिन उनले मलाई जन्मदिनको निमन्त्रणा गरेकी छन्, त्यो दिन मेरो पनि जन्मदिन हो । मैले पनि जन्मदिन मनाउनु पर्छ । जिन्दगीका हिसाबहरू जटिल लाग्न थाले मलाई । सुरुमा त केही सोच्नै सकिनँ । मन दोधार भयो । एउटी अञ्जान केटीले जन्मदिनको निमन्त्रणा गर्छे त्यो पनि मेरो आफ्नो जन्मदिनको समय पारेर । के गर्ने के नगर्ने । तर मेरो मनको दोधारलाई मैले तोड्ने निर्णय गरेँ । सोचेँ कसैको निमन्त्रणालाई मैले ससम्मान स्वीकार्नुपर्छ र उसको वास्तविकता बुझ्न पनि म फेरि एकपटक त्यहाँ जानुपर्छ । त्यो दिन नजिकिँदै गयो । मैले योजना बनाएँ सुरुमा चाँडै गरेर आफ्नो जन्मदिनमा बाबा ममीबाट आशीर्वाद लिने र त्यसपछि उनको घरमा जाने ।
जिन्दगीमा बाबा ममीको एउटा सन्तानको रुपमा यो धर्तीमा पाइला टेकेको दिन । साँच्चै मेरो जन्मदिनमा धेरै खुसी थिएँ म । सधँैभन्दा अझै बढी खुसी थिएँ यसपटक सायद म आफ्नो जन्मदिन मात्र मनाउन गइरहेको थिइन मेरो ह्रदयमा उत्सुकताले भरिएकी सरिताको जन्मदिनमा पनि सहभागी हुन गइरहेको थिएँ । बिहान सबेरै उठेँ, नुवाइधुवाइ गरेँ । आपैmँले पूजाको सामान ठीक पारेँ । त्यसपछि पूजा कोठामा गएर भगवान्को पूजा गरेँ । अनि बाबा ममीबाट टीका आशीर्वाद ग्रहण गरेँ । सम्झेँ म संसारकै भाग्यमानी छोरो । उता ममीले खानेकुरा तयार गरिसक्नुभएको थियो हामी सबैजना रमाउँदै खायौँ ।
“ममी म एकछिन बाहिर साथीसँग भेटेर आउँछु है, आज जन्मदिन पनि ।” खाना खाइसकेपछि मैले ममीसँग अनुरोध गरेँ । “हुन्छ जाऊ न । तर अलि चाँडै आउनू है बाबाले कराउनु हुन्छ नत्र ।” “ ममीले अनुमति दिदै भन्नुभयो ।
हवस् ममी भन्दै म कोठामा निस्किएँ । म हतारमा थिएँ । सरिताको जन्मदिनलाई भनेर ल्याएको उपहार फूलको गुच्छा हातमा बोकेर उत्साहित हुँदै लागेँ उनको घरतिर । मन फुरुङ्ग थियो सरितालाई भेटेर शुभकामना दिन पाइने खुसीले । सोचेँ कति खुसी हुन्छिन् होला सरिता उनको जन्मदिनमा मेरो आगमन देखेर । लाग्थ्यो जीवनमा पहिलोचोटि सबैभन्दा खुसीको क्षण हुनेछ सरितालाई भेटेर जन्मदिनको शुभकामना दिँदा । बाटो अलिकति घुमाउरो भए पनि उत्साहित मन बोकेका पाइलाहरूले पत्तै पाएनछन् बाटो काटेको । म त सरिताको घरछेउ पुगिसकेको थिएँ । परैबाट मान्छेहरूको भीड र आवतजावत धेरै देखिन्थ्यो । लाग्थ्यो जन्मोत्सव भव्य हुँदै छ । अनि सोचेँ – “सरिता यति धेरै मान्छेको भीडमा कति राम्री भएर सजिएर बसेकी होलिन् । कति धेरै शुभकामना र उपहार ग्रहण गर्दै रमाइरहेकी होलिन् । तैपनि मेरो अभाव महसुस गरिरहेकी होलिन् । अनि कति खुसी हुन्छिन् होला मेरो उपस्थिति देखेर ।”
उनको आँगनको भीडबाट अगाडि मात्र के बढ्दै थिएँ एक्कासि रोकिए मेरा पाइलाहरू । आँखाहरू धर्मराए । म छाँगाबाट खसेजस्तो भएँ । मेरा ओठ मुख सुके । हातमा बोकेको फुलको बुके एकाएक भुइँमा खस्यो । मैले टेकेको धर्ती भासिएको थियो । आकाश खसेको थियो मेरो छातीमाथि । के सोचेर आएको थिएँ के देख्नुपर्यो । आफ्नै आखाँमा विश्वास थिएन मेरो । सरिताको मृत लास भीडको बीचमा लडिरहेको थियो । म त्यहीँ थचक्क बसेँ अनि चिच्याउन मलाई कुनै अप्ठ्यारो लागेन । मैले भनेको थिएँ, “सरिता, आँखा खोल त म आएको छु । त्यही अपरिचित अनुहारको मान्छे, जसलाई तिमीले मेरो अनुहार हेर्न चाहेकी थिइनौँ त्यो दिन । तर पनि जन्मदिनमा बोलाएर मृत अनुहार हेर्न किन बाध्य पार्यौ ?”
तर त्यतिबेला दैब बहिरा बनेका थिए, सुन्दैनथे मेरो आवाज । सबैतिर चीत्कार मात्रै सुनिन्थियो । लासलाई पोस्टमार्टमको लागि जिल्ला हस्पिटल हुँदै आर्यघाट लैजान भन्दै उठाइयो । भावविह्वल सरिताका बाबाले मलाई एउटा चिठी थमाएर त्यही लासको भीडतिर लाग्नु भयो । चिठीमा लेखिएको थियो –
प्यारो दादा
जीवनभर आफ्नो परिचय दिन नपाई यो संसारबाट बिदा लिन लागेकी सरिताको तर्फबाट अन्तिम नमस्कार ।
धेरै लेख्न सक्ने अवस्थामा छैनँ म । जाने बेलामा हजुरको मनमा सधैँ रहेको आखिर म को हुँ भन्ने कौतूहलतालाई खोलिदिन मात्र म यी दुई शब्द कोर्ने प्रयास गर्दैछु । समाजका प्रतिष्ठित भनौदाहरूका लागि गरिब र घृणित उपामाले चिनिनु भएका मेरो बाबा जसलाई समाजले हर्के भनेर चिन्छ । उहाँले मलाई सानैदेखि आफूले खाएर या नखाएर खुसी र मायाले हुर्काउनु भएको थियो । बाबाको भन्नु म एउटी छोरी अनि मेरो भन्नु उही बाबा हुनुहुन्थ्यो । तर एकाएक हाम्रो खुसीमा दैवका आँखा लागे । एकवर्षअगाडि म धेरै बिरामी भएँ । बाबाले मलाई हस्पिटल लग्नुभयो । धेरै उपचार गर्दा पनि निको भएन । अन्त्यमा थाहा भयो मलाई ब्लड क्यान्सर भएको रहेछ । हस्पिटलमा सधैँ उपचार गरेर बस्ने अवस्था थिएन हाम्रो । बाबाले मलाई घरै ल्याउनुभयो । मैले घरैमा बसेर डाक्टरले दिएको औषधि खान थालेँ तैपनि म दिनदिनै कमजोर बन्दै गइरहेको थिएँ । बाबा मेरो छेउ आएर आफ्नो भाग्यलाई धिकार्दै भक्कानिँदै रुनुहुन्थ्यो ।
एकदिन सायद अब म धेरै बाँच्दिनँ भन्ने सोचेर होला बाबाले मेरो जीवनबाट सधैँ लुकाएर राखेको एउटा रहस्य खोलिदिनुभयो । दादा, आज तपाईँ जसलाई आफ्नो महान् बाबाममी भन्दै आउनुभएको छ हो उहाँहरू मेरो पनि जन्मदिने बाबाआमा हुनुहुँदोरहेछ । हामी एउटै कोखबाट जन्मेका जुम्ल्याहा दाजु बहिनी रहेछौँ । तर अन्धविश्वासी अनि रुढिवादी यो समाजमा कथित भाग्य हेर्ने मान्छेले हामी सँगै हुर्कँदा छोरीको कारणले छोराको मृत्यु हुन्छ भनिदिएछ । म छोरी, तपाईं छोरो । मेरा कारणले तपाईंको मृत्यु हुन्छ भन्ने कुरा बाबा ममीले सुन्नुभयो । हजुरको जीवनरक्षाको लागि हजुरको बाबा ममीले मलाई त्याग्न तयार हुनुभयो । समाजमा गरिब र हेलित जसको कोही नभएको मेरो बाबालाई बोलाएर यो रहस्य कहिल्यै नखोल्ने र हामीबीच कहिल्यै नभेटाउने सर्तमा दिनुभएको रहेछ । तर मेरो निर्दोष बाबाले त्यो झुट लुकाएर राखिराख्न सक्नुभएन अनि मलाई सबै वास्तविकता सुनाउनुभयो । त्यसदिनदेखि म मेरो ओछ्यानको झ्यालबाट हजुरलाई देखेर टोलाइरहन्थेँ । गल्ती न त हजुरको थियो न त मेरो नै । हाम्रो सम्बन्धबीचको बाधक त अन्धविश्वासी समाज अनि हजुर जसलाई महान बाबाममी भन्नुहुन्छ नि उहाँहरूको सोचमा थियो । थाहा थियो म चाँंडै मर्दै थिएँ, रोगले मलाई दिनदिनै गलाइरहेको थियो । मेरो एउटै चाहना थियो मेरो कर्मदिने बाबाको मुहारमा खुसी भर्ने तर त्यो चाहना पूरा गर्न सकिनँ मैले । मैले सोचेँ आखिर यो समाज, मेरा जन्मदिने बाबाआमा अनि मेरो भाग्य नै आफ्नो भएनन् भने यो पीडा सहेर किन लम्व्याउने मैले यो जीवन । त्यसैले मेरो यो कालो जन्मदिनलाई मृत्युदिनको रूपमा मनाउने निर्णय गरेँ । हो दादा मेरो यो पीडालाई थप पीडा नदिन अलिकति बिषको सहायताले यो संसारबाट बिदा लिने निर्णय गरेँ ।
यो जुनीमा हजुरको हुन नसकेकी अभागी बहिनी
सरिता ।
बहिनीका कारणले दाजुको मृत्यु हुन्छ भन्ने पण्डितलाई मैले जिउँदो राखिनँ । सोचेँ, एउटा कालो संस्कार फैल्याउने महामारीलाई जरैबाट उखेलिदिएँ । तर, पनि म कानुनको नजरमा हत्यारा त थिएँ नै । त्यसपछि मेरो यात्रा जेलसम्म पुग्यो । यो बीचमा बाबा र ममी दुबै जनालाई गुमाएँ मैले । गुमाउनु र पाउनुको सिलसिला मेरा लागि नयाँ पनि रहेन र पुरानो पनि । जेलमा रहँदा सबैभन्दा बढी सरिताका बाबालाई सम्झिन्थेँ । जेलबाट छुटेर घर आएपछि सरिताको घर हेर्न गएँ । घर थिएन त्यहाँ । भत्काएर कसैले कुखुरा फारम खोलेछ ।
मैले त्यहाँका मान्छेलाई सोधेँ, “यो घरका अंकल खै त ?”
“छोरी मरेपछि पागल भए । पछि कसले हो मारेर फलिदिएछ ।”
मैले मेरी बहिनीका बाबा पनि गुमाएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।