भिन्दाभिन्दै पुस्ताका मानिसहरु काम गर्ने अफिसमा कुनै बैठक डाकियो भने प्रायः ती बैठक अनुत्पादक हुने एउटा अध्ययनले देखाएको छ । खासगरी पुराना पुस्तासँग जेन जेड, मिलेनियल, जेन एक्स र बेबी बुमरबीच भएका बैठकमा यस्तो समस्या देखिएको छ । कहिलेकाहीँ त बैठक नै तनावयुक्त बन्न पुग्छ ।

लन्डन स्कूल अफ इकोनमिक्सले ३४ सय कामदारहरुबीच गरेको बैठक अनुभवसम्बन्धी सर्भेमा यस्तो समस्या देखिएको हो । खासगरी ३५ प्रतिशत बैठकहरु त अनुत्पादक त हुन्छ नै नियमित रुपमा उनीहरुसँग तनावग्रस्त सम्बन्ध बन्न पुग्छ ।

प्रायः बैठकमा पुरानो पुस्ता ठूलो स्वरमा कुरा गर्ने गरेको र नयाँ पुस्तालाई त्यो नपर्ने बताएका छन् । जेन एक्स (४०–५० वर्ष उमेर समूहका) बढी बोल्छन् । कार्यस्थलका सबैभन्दा युवा (जेन जी) खासगरी २० को दशकमा हिँडिरहेका कामदारहरु सबैभन्दा कम बोल्छन् । यस्ता बैठकमा जेन जीका कुनै पनि धारणा नसमेटिने हुँदा उनीहरु कम बोल्ने देखिएको हो । बूढा पुस्ताले नयाँ पुस्ताका कामलाई तिनको क्षमताअनुसार प्रशंसा र श्रेय नदिने पनि अध्ययनमा देखिएको हो ।

कार्यालयमा यस किसिमको अन्तरपुस्ता तनाव समस्यापूर्ण हुने विज्ञ बताउँछन् । यस्तोमा नयाँ पुस्ताले आफ्नो कुनै मूल्य नरहेको ठान्दै आफ्ना धारणा राख्न छाड्छन् । यस किसिमको मौनता र अनुत्पादक बैठकको मूल्य क्षेत्रअनुसार फरक भए पनि अमेरिकामा वार्षिक २५९ बिलियन डलर बराबरको क्षति पुग्ने गर्छ । कुनै २५ सय कर्मचारी हुकार्इरहेको कार्यालयले वार्षिक ९६ लाख अमेरिकी डलर बराबरको क्षति बेहोरिरहेको हुन्छ । यसको अर्थ, नयाँ पुस्ताबाट आउने नयाँ र राम्रा सोच तथा ताजा दृष्टिकोणहरु आउन बन्द हुन थाल्छ । यस्तो क्षति रोक्न बरु त्यस्ता बैठक नै नडाक्न विज्ञहरु सुझाव दिन्छन् ।

यस्तो क्षति रोक्नका लागि विज्ञहरुले सामावेशी बैठक डाक्न सुझाउँछन् । सबैको योगदान महत्वको हुन्छ भनी बुझाउनु पर्छ । आएका सुझाव र दृष्टिकोणप्रति सकारात्मक दृष्टिकोण अपनाउनु पर्ने लेखिका ग्रेस लोर्डन उनको पुस्तक ‘थिंक बिग’मा बताउँछिन् ।