चीनमा जन्मेर अमेरिकामा क्रिप्टोकरेन्सीको व्यापार गरिरहेका जस्टिन सनले हालै हङकङको द पेनिसुला होटलमा एउटा लाइभ स्ट्रिमिङ गर्दै ६२ लाख डलरमा किनेको केरा खाइदिएका छन् । न्यूयोर्कस्थित सोथबे अक्सन हाउसमा राखिएको डाक बढाबढमा उनले सो केरा किनेका थिए ।
यो चित्रकलालाई इटालीका कलाकार मोरिजियो क्याटेलनले सन् २०१९ मा सिर्जना गरेका थिए । यसको शीर्षक कमेडियन राखेका थिए ।
जस्टिनले लाखौँ मूल्यको यो केराको स्वाद अन्यभन्दा अझ बढी स्वादिलो रहेको दाबी गरेका थिए । उनको लाइभ स्ट्रिमिङमा केही क्यामेराम्यान र होटलका केही कर्मचारी उपस्थित थिए । उनको सो भिडियोलाई जस्टिनको कम्पनी ट्रोनबाट प्रत्यक्ष प्रसारण गरेका थिए ।
अन्य किसिमका आर्ट वर्कमा कर तिर्नुपर्छ, त्यसको इन्स्योरेन्स र सुरक्षाको ठूलो चिन्ता हुन्छ तर यस्तो कन्सेप्चुअल कलालाई जहाँ जसरी पनि लैजान सकिने र कुनै पनि किसिमको सुरक्षा खतरा नहुने उनले बताए ।
कुनै एउटा भित्तोमा केरा टाँस्नेबित्तिकै त्यो कलासँग कलाकारको नाम मात्र होइन, त्यसलाई ठूलो मूल्य हालेर किन्ने जस्टिनको नामसमेत जोडिने भएकाले उनले यति ठूलो रकम हालेको बताइन्छ ।
हङकङस्थित होटलमा उनले प्रत्यक्ष प्रसारण गर्दै टेपसँगैको केराका बोक्रा उधारे र आधाभन्दा बढी भाग कपाकप खाएका थिए । यसपछि सो कार्यक्रममा उपस्थित रहेका पत्रकार तथा अन्यका लागि केराको आकारको केक पस्किइएको थियो ।
आफूले यो केरा कला किनेपछि संसारभर चर्चा भएकामा खुशी व्यक्त गरेका थिए । उनले भने, ‘कलाकार क्याटेलन निकै बुद्धिमानी रहेछन् । उनले यस्तो कलाका लागि केरा नै छनोट गरे । यो फलको राजा पनि हो । सबैले चिन्ने फल भएकाले पनि संसारभर रमाइलो मान्नेको संख्या बढी पाएँ ।’
केहीले त च्याटजिपिटीलाई कमेडियन कलाका बारेमा सोध्न पनि भ्याए । च्याटजिपिटीले यसलाई २१ औँ शताब्दीको महत्त्वपूर्ण कलाका रूपमा व्याख्या गर्दै दुई हजार शब्दको विश्लेषण पनि पेश गरेको थियो ।
सोथवेको डाक बढाबढका दिन उनीसहित अन्य सात जना यो केरा किन्न पुगेका थिए । यसको शुरूवाती मूल्य ८ लाख डलर थियो । उनले डाक बढ्दै जाँदा बढीमा ५० लाख डलर तिर्ने मन बनाएका थिए । उनले यो कलालाई कति पैसा हाल्दा ठीक होला भनी उनको कला सल्लाहकारलाई सोधेका पनि थिए तर कला सल्लाहकारले भनेकी थिइन्, ‘यो अमूर्त कला भएकाले यसको मूल्य जति पनि हुनसक्छ । तिम्रो पैसा, तिमी जान ।’
कर सहित यो कलाको मूल्य उनले ६० लाख डलर तिरे । यो पैसा उनले रकम तिरेनन् । उनले क्रिप्टोकरेन्सीमा तिरे । ट्रम्प अमेरिकी राष्ट्रपति चुनिएपछि क्रिप्टोकरेन्सीको मूल्य अचाक्ली बढेको छ । यस्तोमा उनले हालेको रकम उति धेरै महँगो पनि परेन ।
उता कला बजारका विश्लेषक तथा वाल पावर न्युजलेटरका प्रभावशाली लेखक मारिअन मनेकरले यसलाई क्रिप्टोबजारको नाटक नामकरण गरेका छन् । यसलाई गम्भीर कला संकलनका रूपमा मान्न तयार छैनन् ।
चीनको चिङकाईस्थित सिनिङ शहरमा जन्मिएका ३४ वर्षका उनले यसअघि पनि तीन वटा चर्चित कलाहरू किनेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।