सुन्दर पर्यटकीय स्थल पोखरा बौद्धमार्गका युवा चित्रकार मनोज तामाङ चित्रकलामा लागेको २० वर्ष भयो । आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने तामाङलाई दृश्यचित्र (ल्यान्डस्केप)मा काम गर्न धेरै मन पर्छ ।
सानैदेखि चित्र बनाउने मनोज चित्रकलालाई थप निखार्न आफ्नो दाजुबाट प्रेरण मिलेको बताउँछन् । उनी भन्छन्, ‘सानो हुँदा दाजुले चित्र बनाएको नजिकै बसेर निकै नियाल्ने गर्थें, त्यही हेरेर म पनि चित्र बनाउँदै गएँ र यहाँसम्म आइपुगेँ ।’
उनलाई पर्यटकीय स्थलका चित्रहरु बनाउनर विशेष मन पर्छ । उनी प्रकृतिसँग सम्बन्धित चित्रहरु बढी कोर्ने गर्छन् । उनले पोखरामा एकल चित्रकला प्रदर्शनी र काठमाडौँ, पोखरा, बाङ्गलादेश, भारतजस्ता थुप्रै ठाउँहरुमा सामूहिक प्रदर्शनी पनि गरिसकेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट थुप्रै अवार्ड तथा पुरस्कारहरु पनि हात पारिसकेका छन् ।
उनी आफ्ना चित्रहरुमा वाटरकलर र एप्रेलिक कलर बढी प्रयोग गर्छन् ।
उनी हाल पोखरामै बसेर अध्यापन पनि गराउँछन् । उनले आफ्ना चित्रहरु १० हजारदेखि १ लाखसम्ममा बिक्री गरिरहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।