न यो मष्तिस्क, न यो मन स्थिरमा छ
सुख ! न कुनै काम, न त जागिरमा छ!
कोही कसैलाई दोष, दिनु छैन यहाँ
लेखेको जे छ, आफ्नै तकदीरमा छ
न त कुनै कसूर छ, न कुनै सजाय छ
हरपल ज़िन्दगी, किन जन्जीरमा छ ?
को ठूलो को सानो, कुनै पछुतो छैन
प्रत्येक मान्छे, आ-आफ्नो पीरमा छ
निमोठेर अरू, किन लाग्नु छ र उँभो !
सबैथोक छोडेर, जानु आखिरमा छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० पुष २०८२, बुधबार 









