सुसी डेन्ट
अचेल जहाँसुकै पनि जसले पनि मुख छाडिरहेको हुन्छ । मुख छाड्नुको अर्थ, प्याच्च छाडा शब्द पनि छुटिहाल्नु हो । प्रायः एउटा सभ्य मानिसबाट जहाँ पायो त्यहीँ छाडा बोल्नु उचित मानिदैन ।
एउटा अध्ययनअनुसार, पहिलेको तुलनामा अहिले संसारभर मुख छाड्ने चलन बढेको छ ।
बेलायतको एउटा कार्यालयमा एक जना कर्मचारीले बोलीपिच्छे छाडा बोलेको भन्दै कामबाट निकालिएको थियो । त्यसका विरुद्ध ती कामदारले अदालतमा मुद्दा हालेका थिए । छाडा बोलेकै कारणले जागीरबाट निकाल्न नपाइने ती कामदारको तर्क थियो ।
कामका बेलामा कसैले छाडा बोल्नु कामकै एक अंश भएको उनको तर्क थियो । यो हरेक ठाउँमा भइरहेकै हुन्छ । खासगरी उत्तरी बेलायतमा त यसलाई निकै सहज रुपमा लिइन्छ । त्यसैले यसलाई जागीरबाट निकाल्ने कारण बनाइनु हुन्न भन्ने ती जागीरेको तर्क थियो ।
यसमा अदालतले पनि नियतवश कसैलाई हानि नगर्ने गरी छाडा बोल्न फरक नपर्ने भन्दै सोको सदर गरेको थियो ।
यस निर्णयको केही दिनपछि फर्मूला वन कार रेसमा ग्रान्ड प्रिक्सका सञ्चालक अध्यक्ष मोहम्मद बेन सुलेयेमले खेलाडीहरुले खेल अवधिमा ज्यादै छाडा बोलेको भन्दै असन्तुष्टि पोखेका थिए । त्यसका विरुद्धमा अधिकांश खेलाडीहरुले उनलाई ‘आफ्नो काममा ध्यान दिन र गालीमा ध्यान नदिन’ सचेत गराएका थिए ।
उनीहरुले भनेका थिए, ‘हामी न त ¥यापर हौँ न त केटाकेटी नै ! हामीलाई छाडा बोल्न पूरापूर अधिकार छ ।’
अचेल त गाली यस्तो आम बोलीचालीको भाषा भइसकेको छ कि यसले गालीको स्वरुप नै बदलिसकेको छ ।
इतिहास पल्टाउँदा के देखिन्छ भने रोमनहरुले नग्न पुरुषहरुको मूर्ति बनाउँदा बरु उति अश्लील मान्दैनथे तर जनेन्द्रियका शब्दहरु बोलीचालीमा आउनेबित्तिकै रिसाउँथे ।
भिक्टोरियाकालमा ‘फक’ शब्द यति सामान्य मानिन्थ्यो कि त्यसलाई कुनै व्यक्तिले प्रयोग गर्नु भनेको अड्किएको शब्दमा रिक्त स्थान पूरा गरेको मानिन्थ्यो ।
यी सारा कुराभन्दा हामीलाई यस्ता शब्द तनावमुक्त हुन प्रयोग गर्नुपर्ने बाध्यता नै हुने गरेको छ । यस्ता शब्द प्रयोग गर्नु एक किसिमले मानसिक थेरापीको कामसमेत हुने केही बताउँछन् । यसले शारीरिक पीडा कम गराउने अश्लील शब्दावलीका ज्ञाता जोनाथन ग्रिनको भनाइ छ ।
ग्रिनको भनाइमा अचेल यस्ता अश्लील शब्दको प्रयोगलाई सामान्य रुपमा लिन थालिएको छ । पहिले त ती शब्द सुन्नेबित्तिकै मानिसहरुले बम पड्किएजस्तै तर्सने गर्थे । जति बढी प्रयोग भयो, उति यसले आफ्नो शक्ति गुमाएको छ र अचेल त यसको खासै अर्थ हुन छाडेको छ ।
केहीले भने यसको अर्थ गुम्न थालेको नभई प्रयोग गर्ने शैली फरक भएको मान्छन् । रिसाएको बेला अश्लील शब्द प्रयोग गरे, त्यसले भयानक स्वरुप ग्रहण गर्ने र त्यसले कुटपिट नै पनि बढाउने केहीको धारणा छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।