‘हेल्लो ! के छ सुविद ? आरामै छौ ?’
‘ठिकै छ । राम्रै छु ।’
‘हाम्रा बारेमा लेख लेख्दै छौ रे हो ?’
‘हो त ।’
‘ठिक छ, लेख लेख ।’

‘कसैले पनि तपाईको इच्छा नभइकन तपाईलाई हीनताबोध गराउन सक्तैन,’ एलिनोर रुजबेल्टको यो भनाइ म बेला–बेलामा सम्झिरहेको हुन्छु । तपाई पनि सोच यस्तो राख्नुहोस्, जुन थाहा पाएर दुनियाँले गर्व गरोस् । र, भनोस् – हो, यस्तो राम्रो सोच भएको मान्छेलाई म चिन्छु । मलाई उसका बारेमा थाहा छ । जिन्दगीमा तपाई व्यवहार यस्तो गर्नुहोस् कि दुनियाँले भनोस्, आहा ! कस्तो राम्रो व्यवहार भएको मान्छे !

मार्टिन लुथर किङ जुनियरका अनुसार मान्छेले सडक सफा गर्दा यसरी गर्नुपर्छ, जसरी माइकल एन्जेलोले चित्र बनाउँछन्, बेथोविनले सङ्गीत रचना गर्छन् र शेक्सपियरले कविता लेख्छन्, ताकि मान्छेले भनुन्् हो यहाँ सडक सफा गर्न जान्ने मान्छे बस्छ ।
अभिनेत्री रेखालाई एकपटक पत्रकारले सोधे – ‘रेखाजी ! तपाई यदि अभिनयको क्षेत्रमा नआएर कुनै अर्को क्षेत्रमा जानुभएको भए, तपाईलाई लाग्छ, तपाईसँग अहिले भए जत्तिकै नाम र दाम हुने थियो ?’

रेखाले भनिन्, ‘पत्रकारजी, यदि म यो अभिनयको क्षेत्रमा नआएको भए र मानौँ म कुनै रेल्वे प्लेटफर्ममा चिया पसल चलाउने महिला भएको भए पनि कम से कम म यति चाहिँ बनाउँथे कि वल्लै स्टेसनमा चिया खान मन लागेको मान्छेलाई, त्यहाँ पल्लो स्टेसनमा रेखाको पसल छ, चिया खान त त्यहीँ जानुपर्छ भन्ने बनाउँथेँ । रेखाको यो जवाफको अन्तर्यमा के छ ? दिल ।

यदि तपाई आफ्नो काममा दिल पनि मिसाउनुहुन्छ भने त्यो पक्कै पनि अरूलाई मन पर्नेछ । लेख्न त सबैले लेख्छन् । तर, तपाईले लेखाइमा अलिकति दिल पनि मिसाउनुभयो भने त्यसले मान्छेलाई छोइहाल्छ । गमलामा फूल धेरैले रोप्छन् । तर, तपाईले गमलालाई अलिकति सजाउनु भएको छ भने मान्छेले तपाईको प्रशंसा गरिहाल्छन् । हाम्रासामु हजारौँ त्यस्ता अवसरहरू छन्, जसमा हामी आफ्ना तर्फबाट थोरै भए पनि योगदान मिसाउन सक्छौँ ।

बजारमा हजार भन्ने उखान छ ।

चिया बनाउने, मम बनाउने, समोसा बेच्ने धेरै पसलहरू हुन्छन् तर तपाईलाई कुनै निश्चित पसलमा मात्र फेरि–फेरि जान मन लाग्छ । किन ? यसको अन्तर्यमा अरू कुनै कुरा छैन । गुणस्तर र मोलको पनि कुरा होइन । तपाई त्यो पसलमा यसकारण पटक–पटक जानुहुन्छ कि तपाईले त्यहाँ आफूले चाहे जस्तो वातावरण पाउनुहुन्छ । तपाई कोही व्यक्तिसँग यसकारण ट्युसन पढ्नुहुन्छ, तालिम लिनुहुन्छ कि तपाईको हृदयले त्यो व्यक्ति तपाईलाई तालिम दिन, सिकाउन योग्य छ भन्ने ठान्छ । त्यसका लागि तपाईको इच्छा हुन्छ । अरूले कसरी सोच्छन् मलाई थाहा छैन । तर, तपाईका लागि सूर्य किन उदाउँछ भने त्यो सूर्य उदाओस् भन्ने तपाईले चाहनुभएको छ । म यतिबेला यी कुराहरू किन भनिरहेको छु भने कसैले यी कुराहरू भनुन् भन्ने यतिबेला तपाई चाहिरहनुभएको छ ।

 

 

यो सानो जानकारीपछि म कुरा गर्न चाहन्छु, सोचको ।

यस्ता एक से एक उदाहरणहरू म भन्दै जान्छु । तपाई सुन्दै जानुहोला । यी कुराहरू मैले आफ्नो ब्लगमा पनि राखेको हुन्छु । त्यहाँ तपाईले पढ्न सक्नुहुन्छ । इटहरीबाट प्रकासित हुने ‘पूर्वी बजार’ दैनिकमा पनि ‘फन्टुस फिक्सन’ स्तम्भका रूपमा छापिँदै हुन्छन् । मेरो ब्लगमा जानुभयो भने मेरा लेखहरू जति मन लाग्छ, त्यति पढ्न सक्नुहुन्छ । गुगल सर्चमा गएर अङ्ग्रेजीमा फन्टुस फिक्सन टाइप गर्नुहोस् । महाप्रभा एमए एचए पिआरए भिए डट ब्लगस्पोट डट कममा लग इन गर्नुसक्नुहुन्छ । कृपया मलाई फलो गर्दै गर्नुहोला ।

यो सानो जानकारीपछि म कुरा गर्न चाहन्छु, सोचको ।

तपाईले चाहनुभयो कसैले तपाईको अपमान नगरोस् । तपाईलाई कसैले अपमान गर्नसक्दैन । तपाईले चाहनुभयो तपाईलाई कसैले गाली नगरोस् । तपाईलाई कसैले गाली गर्न सक्दैन । तपाईले चिताउनुभयो भने त्यो पुग्छ । तँ चिता म पु¥याउँछु भन्छ रे ईश्वरले पनि । मानौँ तपाईले चाहनुभयो मैले कसैलाई बचाउनु छ । तपाई कसैगरी भए पनि त्यसलाई बचाउनुुहन्छ । अनि तपाईले चिताउनुभयो मैले कसैलाई मार्नु छ । त्यो मर्छ । कसैले त्यसलाई बचाउन सक्तैन । यही सोचको परिणाम हो गान्धी । त्यत्रा गोराहरूले मार्न नसकेका मोहनदास करमचन्दलाई गोड्सेले मारिदियो । गान्धी बनाइदियो । त्यही सोचको परिणाम हो जिसस । त्यही सोचको परिणाम हो विन लादेन । अल्लाहको जे मर्जी हुन्छ, त्यही हुन्छ । यदि अल्लाहले चाहिरहेको छ, तपाईलाई कसैले ज्ञानका कुरा सिकाओस् । उसले सिकाउँछ । त्यस्तो बेलामा तपाईले सोच्नुपर्ने हुन्छ, धर्म र इमानको पालनामा कतै तपाईबाट कुनै भूल भयो कि ! यदि अल्लाहलाई त्यस्तो लागिरहेको छ भने उसले तपाईलाई कुनै न कुनै माध्यमबाट आफ्नो सन्देश तपाईसम्म पु¥याउँछ । हिन्दू धर्ममा पनि यस्तै मान्यता रहेको छ ।

आज हाम्रो माटोमा जे भइरहेको छ, यो पृथ्वीमा जे भइरहेको छ, त्यो सबै शिवको लीला हो । निर्देशक हो शिव । मन लागे नचाउँछ, मन लागे हँसाउँछ । मन लागे बचाउँछ । मन लागे संहार गर्छ । के मन लाग्छ त्यही गर्छ । हामी त निमित्त नायक मात्रै हौँ, अरूले चाहे अनुसारको भूमिका गर्ने । बुझ्नु न कठपुतली जस्तो । धागो अर्कैको हातमा छ, यता हामी नाचिरहेका छौँ । बजारमा रामलीला, अल्लाह रुदलको नाच चलिरहेको छ । हामी हेरिरहेका छौँ ।

हुन त दुनियाँमा असम्भव केही छैन । हामीले कसैलाई मार्न जति सम्भव छ, उसैगरी कसैले आफूलाई बचाउनु पनि उत्तिकै सम्भव छ । गान्धीलाई लाग्यो अब मैले जति गर्नु थियो गरिसकेँ । अब म हुनु नहुनुले मान्छेलाई केही फरक पर्दैन । त्यसपछि गान्धीले आफूलाई यस्तो ठाउँमा लगे, जहाँ उनको भेट उनका हत्यारासँग सजिलै हुनसक्थ्यो । गान्धीको मृत्यु इच्छित थियो । यही सेरोफेरोमा विकसित भएको थियो । समयसापेक्ष थियो ।

तपाईको रूपान्तर पनि सम्भव छ । मेरो रूपान्तर पनि अपेक्षित छ ।

यही प्रसङ्गमा आज म तपाईलाई बङ्गालको धुनियाँको एउटा सानो कथा सुनाउँछु । धुनियाँलाई तपाईले देख्नु भएको होला । धुनियाँका बारेमा सुन्नु भएको होला । यो प्रसङ्ग हो, कोलकाताको । मध्य सहरको एउटा गल्लीमा एक दिन एउटा धुनियाँ घुम्दै थियो । ए, सिरक बनाउने, डस्ना बनाउने ! भन्दै, जाँदै गर्दा कसैले उसलाई पसलतिरबाट बोलायो, ‘ए, सिरकवाला भाइ, यता सुन ।’
‘हजुर मालिक !’
‘यतापछाडि आँगनतिर जाऊ, एउटा सिरक बनाउनु छ । मुनिमजीलाई भेट ।’
‘हजुर, हस् मालिक !’

त्यसपछि धुनियाँ पसलछेउको गेटबाट छिरेर आँगनतिर गयो र मुनिमजी कता होलान् भनेर यताउता हेर्न थाल्यो । मुनिमजीले उसलाई देख्नेबित्तिकै कसलाई खोजेको, के हेरेको भने । उसले आफूलाई मालिकले भित्र पठाएको, सिरक बनाउन आदेश पाएको र त्यसका लागि रुवा चाहिएको कुरा बतायो । मुनिमजीले उसलाई आँगनभन्दा उत्तर गोदाम भएको क्षेत्रतिर लगे । धेरै वटा गोदाममध्ये रुवाको गोदामको सटर उघारे । जब गोदामको सटर उघारियो, तब त्यहाँ भित्रको दृश्य देखेर धुनियाँ ट्वाल्ल प¥यो । त्यहाँ गोदामको आधाभन्दा बढी भागमा रुवाको बोरा चाङ मिलाएर राखिएको थियो । धुनियाँ टोलाएर हेरिरहेको देखेर मुनिमले ‘के हेरिरहेको ?’ भनेर सोधे । धुनियाँले ‘केही होइन’ भन्यो ।

त्यसपछि मुनिमले एउटा मुख खोलिएको एउटा बोराबाट चाहिए जति रुवा निकाल्न भने । धुनियाँले त्यसै ग¥यो । र, बाहिर रुखको छाहारीमा बसेर रुवा चुट्न थाल्यो । अरू दिन भए त्यो धुनियाँले एउटा सिरक तयार गर्न चाहिने रुवा चुट्न आधा घण्टाभन्दा बढी समय लगाउँदैनथ्यो । तर, त्यो उसले मरेर दुई घण्टामा रुवा तयार ग¥यो । रुवा पल्लामा हालेर सिउने बेलामा पनि सियोले तीन–चार पटक हात घोच्यो । यस्तो कहिले भएको थिएन । खासमा उसको मन सिरक बनाउने काममा लागिरहेको थिएन । जसोतसो सिरक बनायो । बुझायो । मुनिमले कति पैसा भनेर सोधे । उसले जति मन लाग्छ, मिलाएर दिनु भन्यो । अरू दिन ज्याला पनि तोकेरै माग्थ्यो ।
मुनिमले पैसा दिए, उसले थपक्क राख्यो ।

घर गयो, सीधै ओछ्यानमा गएर डङ्ग्रङ्ग लड्यो । स्वास्नी छक्क परी । सधैँ कामबाट फर्केपछि पहिले धारामा गएर खुट्टा धोएर मात्रै कोठामा पस्थ्यो ।

‘होइन, के भयो तपाईलाई ? सञ्चो छैन कि क्या हो ?’ स्वास्नीले सोधी ।
‘होइन, केही भएको छैन,’ उसले यति मात्रै बोल्यो र कोल्टे फर्कियो ।
‘अनि आज त जुत्ता पनि नखोली ओछ्यानमा सुत्नु भा’छ त ?’
‘ए !’ भन्यो र धुनियाँले जुत्ता फुकालेर ढोकाबाहिर राख्यो । फेरि ओछ्यानमा आएर डङ्ग्रङ्ग लड्यो । साँझ खाना खान बोलाउँदा पनि ‘तिमीहरू खाओ, म अलिपछि खान्छु’ भन्यो । जति बोलाउँदा पनि खान नआएपछि स्वास्नीले कोठामै खाना लगिदिई । उसले केही खायो, केही जुठो पारेर छोडिदियो ।

हुँदा–हुँदै ऊ बिरामी प¥यो । आफन्तहरू भेला भए । उपचारको सिलसिला सुरु भयो । कहिले यो अस्पताल, कहिले त्यो अस्पताल । कहिले यो झाँक्री, कहिले त्यो झाँक्री । कहिले यो औषधि, कहिले त्यो औषधि । अनेक खालका प्रयोग र प्रयास हुन थाले । त्यस्तैमा एक दिन कसैले उसलाई मनोचिकित्सक कहाँ लैजाने सल्लाह दिए । धुनियाँलाई मनोचिकित्सक कहाँ लगियो । मनोचिकित्सकले कहिलेदेखि यस्तो भएको हो भन्ने तिथिमिति बुझे । उनी त्यो कुन एरियामा काम गर्न गएका थिए भनेर साथी–सङ्गतिहरूलाई सोधे ।
उपचार चलिरहेको थियो । त्यस्तैमा एकदिन बिहान रनिङका क्रममा डाक्टरले त्यहाँको लोकप्रिय पत्रिका ‘अमर–उजाला’ पनि सँगै ल्याए । अनि उसको रिपोर्ट हेरे जस्तो गरेर नर्सलाई सोधे –
‘नर्स तिमीले आजको अमर–उजाला पत्रिका पढ्यौ ?’
‘अहँ ! पढेकी छुइनँ । किन डाक्टर साब ?’
‘खास केही होइन । तिमीले त्यो चम्पालाल मारवाडीको समाचार सुन्यौ कि भनेर ।’

जब डाक्टरले चम्पालाल मारवाडीको नाम लिए, धुनियाँले कान ठाडा–ठाडा पा¥यो । धुनियाँमा डाक्टरका कुराको प्रभाव प¥यो । तर, डाक्टरले केही थाहा नपाए जस्तो गरी पूर्ववतः नर्ससँगको कुराकानी जारी राखे –
‘त्यो मारवाडीको दस वटा रुवाका गोदाम थिए नि त्यो थाहा छ तिमीलाई ?’
‘थाहा छ डाक्टर सा’ब ! तर के भयो ? किन सोध्नु भा’को ?’
‘आज राति ती गोदामहरूमा आगो लागेछ । दमकलहरूले पनि निभाउन सकेनछन् !’

जब रुवाका गोदामहरूमा आगो लागेको कुरा कानमा प¥यो, लमतन्न परेर बेडमा सुतिरहेको धुनियाँ टुक्रुक्क परेर बस्यो ।
‘किन के भयो तपाईलाई ?’ डाक्टरले सोधे – ‘किन उठेर बस्नुभएको ?’
‘त्यो चम्पालाल मारवाडीको गोदाममा आगो लागेको कुरा साँचो हो डाक्टर सा’ब ?’
‘हो त । आजको अमर–उजालाको फस्ट पेजमै त्यो खबर छापिएको छ,’ डाक्टरले भने ।
रुवा गोदाममा आगो लागेको निश्चित भएपछि धुनियाँको मुहारमा खुसीको छाया देखियो ।

‘साह्रै राम्रो भयो,’ धुनियाँले मनको कुरा भन्यो, ‘म सोचिरहेको थिएँ, त्यहाँ भएका सबै बोराका रुवाको सिरक बनाउन मलाई कति वर्ष लाग्छ होला । मेरा साथी–भाइ सबै मिले भने पनि सकिँदैन होला । मेरा छोरा–नातिको पालामा पनि त्यो सकिँदैन होला । फेरि अचेल हाम्रा छोराछोरी हामीले गरे जस्तो काम गर्न उति मन गर्दैनन् ! ती गोदामका रुवा कहिले सकिन्छ होला ?’

त्यसपछि धुनियाँ ठिक भयो । कहिलेकाहीँ सोच्छु, मेरो नियति पनि त्यही धुनियाँको जस्तो छ । यता जान्छु यतै नमिलेको देख्छु । उता जान्छु उतै नमिलेको देख्छु । यसका कुरा सुन्यो, यसले नै कुरा नबुझेको जस्तो लाग्छ । उसका कुरा सुन्यो, उसले पनि कुरा नबुझेको जस्तो लाग्छ ।

यस्तो बेलामा म इनरुवा पुनरागमनको गर्भ–पीडा भोगिरहेको छु । छट्पटी बेहोरिरहेको छु ।

इनरुवामा कुनै पनि प्रश्न बाँकी हुनुहुँदैन । कुनै पनि प्रश्न सधैँ जवाफविहीन रहिरहन पाउँदैन ।

 

मलाई इनरुवामा पत्रकारिता गर्ने शैलीमा थोरै परिवर्तन गर्नु छ । किनकि यो मेरो ठाउँ हो । यहाँ पत्रकारिताको माध्यमबाट सकारात्मकताको मात्रा बढाउनु छ । नगरवासीको सोच्ने तरिकालाई परिवर्तन गर्नु छ । मेरो माटोमा भइरहेका गलत अभ्यासहरूलाई रोक्नु छ । पत्रकार मात्र होइन, सरोकारवाला सबैलाई जनताप्रति जवाफदेही बनाउनु छ । जनताका मनमा के–कस्ता प्रश्न छन्, ती सबैको सार्वजनिक रूपमा जवाफ माग्न–दिनसक्ने हैसियत उमार्नु छ ।

इनरुवामा कुनै पनि प्रश्न बाँकी हुनुहुँदैन । कुनै पनि प्रश्न सधैँ जवाफविहीन रहिरहन पाउँदैन ।

यसमा म आफ्ना तर्फबाट जति सक्छु, योगदान मिसाउँछु । किनकि यहाँको सोच्ने तरिका बदल्नु छ । कुनै पनि कुरालाई म कसरी लिन्छु र अरू कसरी लिन्छन् ? दुनियाँलाई बताउनु छ ।

अब अलिकति माथिको संवाद–सन्दर्भको कुरा गरौँ ।

केही दिनअघि मलाई एउटा खास नम्बरबाट फोन आएको थियो । फोन गर्नेको आवाज ठ्याक्कै मेरो साथी किरण पोखरेलको जस्तो थियो । तर, किरण पोखरेलको नम्बर मेरो मोबाइलमा सेभ छ । म छक्क परेँ ।

किरण पोखरेलको आवाज नक्कल गरेर मलाई फोन गर्ने को हो त्यो ? म पत्ता लगाउन खोजिरहेको छु त्यो कलाकार जो दुरुस्त किरण पोखरेलको जस्तो आवाज बनाएर मान्छेहरूलाई फोन गर्दो रहेको छ । यो विषयमा एउटा घच्चीको खोजी रिपोर्टिङ तयार गर्नु छ ।