
बेलायती अखबारले आइतबार ५० वर्ष यताका एक सय बेस्ट सेलर पुस्तकहरूको सूची जारी गरेको छ । ५० वर्षअघि सन्डे टाइम्सले यस्तो सूची जारी गर्दा साहित्यका समालोचक र समीक्षकहरूले अखबारसँग झूर किताबलाई महत्त्व दिएर बेस्टसेलर सूचीमा राखेकोमा आलोचना गरेका थिए । तर सर्वसाधारणको रुचि नै त्यस्ता सस्ता साहित्यमा भएपछि सन्डे टाइम्सले पनि के गरोस् ?
समीक्षक र समालोचक मात्र होइन, प्रकाशकहरू पनि सन्डे टाइम्ससँग खुशी थिएनन् । उनीहरूले सूचीमा साह्रै ‘अनइंगलिश’ किताबहरु सूचीमा पारेको भन्दै गुनासो गरेका थिए ।

बेस्टसेलर
अहिले भने सन्डे टाइम्सको बेस्टसेलर सूची व्यावसायिक पुस्तक प्रकाशनमा व्यावसायिक सफलताको एउटा मानक बन्न पुगेको छ । कुनै पनि आइतबार कुनै पुस्तकले बढी व्यापार गरेर एक नम्बर सूचीमा पर्नु भनेको ओलम्पिक दौडमा भाग लिएर मेडल हासिल गर्नु बराबर बन्न पुगेको छ । बेलायतको सबैभन्दा ठूलो प्रकाशन संस्था पेन्गुइन रेन्डम हाउस बेलायतका प्रमुख कार्यकारी टम वेल्डन भन्छन्, ‘अहिले प्रकाशन उद्योगमा रहेका हरकोही एक नम्बरमा कसरी पर्ने भन्ने अनेक तानाबानामा हुन्छन् ।’
यति मात्र होइन, बेस्टसेलरले अहिलेको समयमा राष्ट्रको पाठकीय स्वाद कस्तो छ भन्ने बुझ्न सघाउँछ । बेलायतमा किताब कहाँ, कसरी, कसको बिक्री भइरहेको छ भन्ने जाँच्ने काम नेल्सन बुक स्क्यानले गर्छ । यो संस्थाले विगत ५० वर्षयता किताबको बिक्री जाँच गरिरहेको छ । सोही संस्थाले सन्डे टाइम्ससँग मिलेर ५० वर्षयताका नं. १ बेस्टसेलरको सूची निकालेको हो ।
थ्रिलर उपन्यासका लेखक रिचर्ड ओस्मान भन्छन्, ‘सूची निस्कँदाका बखत धेरैलाई फलानो सूचीमा पर्नुपर्ने थियो तर परेन भन्ने दुःख लाग्दो होला तर ५० वर्ष बितिसकेपछि जब मानिसले पुराना बेस्टसेलरको सूची हेरेपछि थाहा हुन्छ, त्यो मिहिनेत वास्तवमा गतिलो थियो । बेस्टसेलरले हामीलाई एउटा कथा भन्छ, मानिसहरूको स्वादको कथा ।’
अहिलेको तथ्यांकीय युगमा कसको किताब कहाँ कति बिक्री भयो भन्ने निकाल्न विकसित मुलुकमा सजिलो होला तर ५० वर्षअघि सन् १९७० को दशकमा साह्रै निर्गतिलो र थकाउने काम थियो ।
बेलायतभरिका २०० वटा पुस्तक पसलमा फोन गरेर तिनले कति प्रति पुस्तक बिक्री गरे भन्ने पत्ता लगाउनु कम गाह्रो थिएन । यसका लागि सन्डे टाइम्सकी पत्रकार प्याट हार्टिजले कम दुःख गरिनन् । (गत जुन महिनामा ८९ वर्षको उमेरमा उनको निधन भयो ।) प्याटलाई उनका पति र दुई छोराले समेत सघाउँथे । अहिले भने निल्सन बुक स्क्यानले डिजिटल्ली डाटा तान्ने, पुस्तक पसल र अनलाइन स्टोरहरूका तथ्यांक खँगाल्ने काम गर्छ ।
सन्डे टाइम्स लेख्छ, ‘हामीले बनाएको सूचीमा सबैभन्दा आश्चर्य स्टेफन हकिङको अ ब्रिफ हिस्ट्री अफ टाइम थियो । किताब यति धेरै बिक्री भयो कि सबैले आश्चर्यले जिब्रो नै टोके तर त्यो किताबले धेरै पढिएको कीर्तिमान भने विरलै बनायो ।’
पढ्नभन्दा आफ्नो आल्मारीमा सजाउन किनिएको सो पुस्तकले मान्छेको बौद्धिकताको प्रदर्शनी गर्छ भन्ने सोचमा बढी बिक्री भएको सन्डे टाइम्सको धारणा छ ।
यस्तै आश्चर्यमा पार्नेगरी बेस्ट सेलर हुने आख्यानहरूमा एड्रियन मोल, ब्रिजेट जोन्स, एलियनोर ओलिफन्ट र ह्यारी पोटरका पुस्तक पनि हुन् ।
सूचीमा परेका १०० पुस्तकका नाम यस प्रकारका छन्ः
१००ः लाइफ अफ पाई (यान मार्टेल) यो पुस्तक २००२ मा प्रकाशित भएयता ६९ सातासम्म सूचीमा रह्यो ।
९९. द म्यान हु डाइड ट्वाइस (रिचर्ड ओसम्यान) सन् २०२१ मा प्रकाशित यो पुस्तक ६९ सातासम्म सूचीमा रह्यो ।
९८. द बुक यु विस यो प्यारेन्ट्स ह्याड रिड (फिलिप्पा पेरी) यो पुस्तक २०१९ मा प्रकाशित भएयता ७० सातासम्म सूचीमा रहिरह्यो ।
९७. एन्ड अवे… (बब मोर्टिमर) २०२१ मा प्रकाशित यो पुस्तक ७० हप्तासम्म सूचीमा रह्यो ।
९६. द पावर अफ ज्योग्राफी (टिम मार्शल) २०२१ मा प्रकाशित यो पुस्तक ७० हप्तासम्म बेस्टसेलर सूचीमा रह्यो ।
९५. प्याडी क्लार्क हा हा हा (रोडी डोयल) १९९३ मा प्रकाशित यो पुस्तक ७० हप्ता सूचीमा रह्यो ।
९४. रोजमेरी कोन्लीज् इन्च लस प्लान (रोजमेरी कोन्ली (१९९० मा प्रकाशित, ७० हप्ता)
९३. स्कट्स ओरिजनल मिसलेनी (बेन स्कट), सन् २००२, ७० हप्ता
९२. द सेक्रेट ब्यारिस्टर २०१८ (द सेक्रेट ब्यारिस्टर) २०१८ मा प्रकाशित, ७१ हप्ता
९१. द मिडनाइट लाइब्रेरी २०२० (म्याट हेग) २०२० मा प्रकाशित – ७१ हप्ता
९०. थिंकिङ फास्ट एन्ड स्लो (ड्यानियल कानेमन) २०११, ७७ हप्ता
८९. क्रोनिकल अफ द ट्वेन्टीथ सेन्चुरी (डेरेक मर्सर) १९८८, ७१ हप्ता
८८. द गड अफ स्मल थिङ्स (अरुन्धती रोय) १९९७, ७२ हप्ता
८७. द गर्ल हु प्लेड द फायर (स्टिग लार्सन) २००९, ७३ हप्ता
८६. द गर्ल विद द ड्रागन ट्याटु (स्टिग लार्सन) २००८, ७३ हप्ता
८५. फस्र्ट म्यान इन (एन्ट मिडलटन) २०१८, ७३ हप्ता
८४. इट्स, शूट्स् एन्ड लिभ्स् (लिन ट्रस) २००३, ७३ हप्ता
८३. म्याकार्थिज् बार (पिट म्याकार्थी) १९९८, ७४ हप्ता
८२. हाई फिडेलिटी (निक हार्नबाई) १९९५, ७४ हप्ता
८१. डाउन अन्डर (बिल ब्राइसन) २०००, ७४ हप्ता
८०. द डकन डाइट (पिएरे डकन) २०१०, ७५ हप्ता
७९. अ म्यान नेम्ड डेभ (डेभ पेल्जर) २०००, ७५ हप्ता
७८. ब्रिजेट जोन्सः द एज अफ रिजन (हेलेन फिल्डिङ) १९९९, ७५ हप्ता
७७. लाइफ अन अर्थ (डेभिड एटेनबोरो) १९७९, ७५ हप्ता
७६. १२ रुल्स फर लाइफ (जोर्डन बी. पिटरसन) २०१८, ७६ हप्ता
७५. इलेनर ओलिफन्ट इज कम्प्लिट फाइन (गेल हनीम्यान) २०१७, ७६ हप्ता
७४. पिन्च अफ नमः एभ्रीडे लाइट (केट एलिसन र के फिदरस्टोन) २०१९, ७६ हप्ता
७३. द सेक्रेट (रान्डा बर्न) २००६, ७७ हप्ता
७२. ह्वेयर द क्रडड्स सिङ (डेलिया ओवेन्स) २०१९, ७८ हप्ता
७१. द हर्स ह्विस्परर (निकोलस इभान्स) १९९५, ७८ (यो पुस्तकका लागि अभिनेता रोबर्ट रेडफोर्डले सिनेमा बनाउन ३० लाख डलर तिरेका थिए ।)
७०. द वल्र्ड एकोर्डिङ टु क्लाकसन (जेरेमी क्लार्कसन) २००४, ७८ हप्ता
६९. सोफीज् वल्र्ड (जस्टिन गार्डर) १९९५, ७९ हप्ता
६८. राइटिङ होम (एलन बेनेट) १९९४, ७९ हप्ता
६७. द कम्प्लिट यस मिनिस्टर (जोनाथन लिन र एन्टोनी जे) १९८९, ८० हप्ता
६६. रोजमेरी कोन्लीज् हिप एन्ड थाई डाइट (रोजमेरी कोन्ली) १९८८, ८१ हप्ता
६५. द ग्रोइङ पेन्स अफ एड्रियन मोल (सु टाउन्सइन्ड) १९८४, ८३ हप्ता
६४. ब्रेकिङ डाउन (स्टठेफनी मेयर) २००८, ८४ हप्ता
६३. सम अदर रेन्बोज् (जोन म्याकार्थी र जील मोरेल) १९९३, पत्रकार जोन म्याकार्थीलाई लेबनानमा अपहरण गरी राखिएको अवस्थामा उनकी पत्नीले फिर्ता ल्याउन गरेको संघर्षको कथा हो । यो ८४ हप्तासम्म बेस्टसेलर रह्यो ।
६२. द लस्ट कन्टिनेन्ट (बिल ब्राइसन) १९८९, ८५ हप्ता
६१. डायनाः हर ट्रु स्टोरी (एन्ड्रु मोर्टन), १९९२, ८५ हप्ता
६०. क्याप्टेन कोरेलीज् म्यान्डोलिन (लुइस डी बर्निएर्स) १९९४, ८६ हप्ता
५९. एक्लिप्स (स्टेफनी मेयर) २००८, ८६ हप्ता
५८. न्यू मून (स्टेफनी मेयर), २००७, ८६ हप्ता
५७. नाइदर हेयर नर देयर (बिल ब्राइसन) १९९२, ८७ हप्ता
५६. एन्जेल्स एन्ड डेमन्स (डान ब्राउन) २०००, ८७ हप्ता
५५. एन इभिल क्रेडलिङ (ब्रायन कीनान) १९९२, ८७ हप्ता
५४. वाटरसीप डाउन (रिचर्ड एडम्स), १९७४, ८७ हप्ता
५३. लेसन्स इन केमेस्ट्री (बोनी गर्मुस), २०२२, ८९ हप्ता
५२. द लस्ट बोय (डेभ पेल्जर) २०००, ८९ हप्ता
५१. सराउन्डेड बाई इडियट्स (थोमस एरिक्सन) २०१९, ९१ हप्ता
५०. लेट स्लीपिङ भेट्स लाई (जेम्स हेरिअट), १९७३, ९१ हप्ता
४९. ह्वाई ह्याज नो बडी टोल्ड मी दीस बिफोर ? (जुली स्मिथ), २०२२, ९१ हप्ता
४८. फिभर पिन्च (निक होर्नबाई), १९९२, ९३ हप्ता
४७. जेम्स हेरिअट्स योर्कशायर (जेम्स हेरियट र डेरी ब्राब्स), १९७९, ९३ हप्ता
४६. ब्रिजेट जोन्स डायरी (हेलेन फिल्डिङ), १९९६, ९३ हप्ता
४५. रेक दिस जर्नल (केरी स्मिथ) २०१३, ९५ हप्ता
४४. होमो डिअस (युवल ओह हरारी), २०१६, ९५ हप्ता
४२. ट्वीलाइट (स्टिफनी मेयर), २००५, ९५ हप्ता
४१. फुड कम्बाइनिङ फर हेल्थ (डोरिस ग्रान्ट), १९८६, ९८ हप्ता
४०. द ट्याटुइस्ट अफ असवीज (हिथर मोरिस) २०१८, ९८ हप्ता
३९. स्टुपिड ह्वाइट मेन (माइकल मूर), २००२, ९९ हप्ता
३८. टोजुर्स प्रोभिन्स (पिटर मेल), १९९१, ९९ हप्ता
३७. द साल्ट पाथ (रेनर विन) २०१८, १०२ हप्ता
३६. अलिस्टेयर कुकीज् अमेरिका (अलिस्टेयर कुकी) १९७४, १०२ हप्ता
३५. द सेक्रेट क्याट नेम्ड बब (जेम्स बोवेन) २०१२, १०४ हप्ता
३४. इट् इड्स विद अस (कोलीन हूभर) २०१६, १०५ हप्ता
३३. सिजन्स अफ माई लाइफ (हाना हक्सवेल), १९८९, १०६ हप्ता
३२. अ सर्ट हिस्ट्री अफ नियरली एभ्रीथिङ (बिल ब्राइसन) २००३, १०६ हप्ता
३१. अराउन्ड द वल्र्ड इन् ८० डेज् (माइकल पालिन), १९८९, १०९ हप्ता
३०. आरएसएस गार्डेनर्स इन्साइक्लोपेडिया अफ प्लान्ट्स एन्ड फ्लावर्स (क्रिस्टोफर ब्रिकेल), १९८९, १०९ हप्ता
२९. कम्प्लिट थ्योरी टेस्ट फर कार्स एन्ड मोटरसाइकल्स (डिएसए), १९९६, १०९ हप्ता
२८. द लिटल बुक अफ काम (पाउल विल्सन) १९९६, ११० हप्ता
२७. लंगिच्युड (डाभा सोबेल) १९९५, ११२ हप्ता
२६. द एसेन्ट अफ म्यान (ज्याकब ब्रोनोवस्की), १९७३, ११३ हप्ता
२५. ब्राभो टु जिरो (एन्डी म्याक्नाब), १९९३, ११६ हप्ता
२४. द गर्ल अन द ट्रेन (पाउला हकिन्स) २०१५, ११६ हप्ता
२३. ह्यारी पोटर एन्ड द फिलोसफर्स स्टोन (जेके रोलिङ), १९९७, ११७ हप्ता
२२. पिन्च अफ नम (केट एलिसन र के फिदरस्टोन), २०१९, ११९ हप्ता
२१. द दा भिन्सी कोड (डान ब्राउन), २००३, १२२
२०. अ चाइल्ड कल्ड इट (डेभ पेल्जर) २०००, १२५ हप्ता
१९. द थस्र्डे मर्डर क्लब (रिचर्ड ओस्मान), २०२०, १२५ हप्ता
१८. गुड भाइब्स, गुड लाइफ (भेक्स किङ) २०१८, १३२ हप्ता
१७. द सेक्रेट डायरी अफ एड्रियन मोल, एज्ड १३ एन्ड हाफ (सु टाउन्सइन्ड), १९८२, १३२ हप्ता
१६. एटोमिक ह्याबिट (जेम्स क्लियर), २०१८, १३४ हप्ता
१५. डेलिया स्मिथ्स् कम्प्लिट इलुस्ट्रेटेड कुकेरी कोर्स (डेलिया स्मिथ), १९८९, १४८ हप्ता
१४. दिस इज गोइङ टु हर्ट (एडम के), २०१७, १५३ हप्ता
१३. अ इयर इन् प्रोभेन्स (पिटर मेल), १९८९, १५७ हप्ता
१२. द कन्ट्री डायरी अफ एन एडवार्डियन लेडी (एडिथ होल्डेन), १९७७, १६० हप्ता
११. प्रिजनर्स अफ ज्योग्राफी (टिम मार्शल), २०१५, १६५ हप्ता
१०. सेपियन्स (युभल नोह हरारी), २०१४, १७४ हप्ता
९. रोजमेरी कोन्लीज् कम्प्लिट हिप एन्ड थाई डाइट (रोजमेरी कोन्ली), १९८९, १७५ हप्ता
८. वाइल्ड स्वान्स (जङ चाङ), १९९१, १७७ हप्ता
७. डेलिया स्मिथ्स समर कलेक्सन (डेलिया स्मिथ), १९९३, १८३ हप्ता
६. द ब्वाई, द मोल, द फक्स एन्ड द हर्स (चार्ली म्याकेसी) २०१९, १९४ हप्ता
५. एन्जेलाज् एसेस (फ्रान्क म्याकोर्ट), १९९६, १९४ हप्ता
४. नोट्स फ्रम अ स्मल आइल्यान्ड (बिल ब्राइसन), १९९५, २१५ हप्ता
३. डेलिया स्मिथ्स कम्प्लिट कुकेरी कोर्स (डेलिया स्मिथ) १९८२, २२५ हप्ता
२. मेन आर फ्रम मार्स, विमेन आर फ्रम भेनस (जोन ग्रे), १९९२, २३६ हप्ता
१. द ब्रिफ हिस्ट्री अफ टाइम (स्टिफन हकिङ), १९८८, २६४ हप्ता



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
