दिलको बोझ अलि हल्काभएकाले आँखा लागेछ । कतिबेर सम्म सुती, अझ कति सुत्तथी ऊ नै भन सक्तिनथी । बाहिर दैलोबाट मक्राती बूढीले “कान्छा कान्छी” भनी चिच्याएको आवाजले पो झल्यास्स भई । मनन झस्याङ्ग भयो, नराम्रो कुराको सम्झनाले । “ज्यू ज्यू आएँ आएँ ” भन्दै दैलो उघारी । बूढीमाउ फुत्त भित्र पसेर उसको हातै समात्दै अगेनुतिर लगेर एक सासमा भन्दै गई,“अब त बाँच्न नसकिने भयो कान्छा यो वरपर । उँधो राजेमै ओर्लनपर्छ कि क्या हो । बालाको बर्धि यहीँ भैयो । के जाने तातो पान्ी खान चित्तौन भनेको । खै यहाँ त बाँकी दिन काट्नु नि सकिन्न क्या रे । था पायौ ? किन हिजो बेलुका नआकारचन् हाम्रा बूढा तिम्रा कान्छाहरू ? – तोर्मेहरूले अर्को पञ्चाइस्भित्र आएर चोया काट्ने भनेर सपैलाई पक्डेर पञ्चाइस्कहाँ लगेर थुनेछन् । पैले त एक एक बीस दण्ड गरी नछाड्ने भन्थे रे । त्यही हाम्री छोरीको मीतदाजु भनाउँदोले – भो भो वल्लोपल्लो गाउँको कुराकी मीत बा नै आउनु भा रैच वहाँ बाहेक अरुलाई दुई दुई रुपियाँ दण्ड गरेर छाड्दिने भा छ रे । कसैसँग त्यति पैसा नभाको । फेरि हाम्रा बूढाले कवें कामीलाई तिमी जाऊ नआत्तिनू भात पकाइराख्नू भन म हीँ जोहमेसो गरेर तिरेर सबैलाई फुत्काएर ल्याउँछु – भनेर कामीलाईदंगुराएर पठाएछन् । कामी आइपुगेर कुरा भन्न् बेर न म तिमीकहाँ आउन बेर । हरिहर ! कान्छी ! तिमारू कसरी दिन काटछौ खै । हामीलाई नै काटन् गाह्रो परिसक्यो ।”

रंतेल्नी कान्छीलाई आफ्ना कानले बूढीका कुरा सासै नफरेर पिएजस्तो लाग्यो । “ सय वर्षको आयु होस् बज्यैको । भला दुईवटा रुपैयाँ तिरेर छुट्ने भएछन् । जीउमा त क्यै भाको रैनछ । म त बज्यैहरूकाँट फर्केछि नि मनाँ कुरा खेलेर सुत्दै सकिन । कुखुरो बासेपछि पो यसो आँखा लागेचन् । हरिराम ! इसोर ! कसरी बाँच्न सकिने यस्तो भएपछि । अस्ति खरीबोटे माहिला सापकोटाकी बुहारी जेठी भन्छिन् –“भञ्ज्याङी दश भाइ कान्छा आफ्नै नन्दका देवरले उनको नाम्लो काटी घाँस खोसी त्यसै पठाइदिएच । खरीबोटे ठिटाहरूले यौटे पञ्चाइसमा नि के गर्या हामी जोरीपारी हैनौ । ज्वाइँ, साला, ससुरा, भिना नै त छौ नि सपै भन्दा झन् चर्को स्वरले नाता त नातैसँग । अहिले यौटै पञ्चाइस् भो भनेर हुन्छ । पैलेदेखि नै एघार गाउँलेको यौटो मुखिया हाम्रा छुट्टै मुखिया । एघार गाउँले र हाम्रो बतखर्क छुट्टाछुट्टै । अहिले पनि हाम्रो सदसे अर्कै तिमारुको सदसे अर्कैँ । हामी त खोस्छौ खोस्छौँ, भनेर चिच्याएछन् । बिचरी रुँदै रुँदै घर फर्कन लाकी मैले बाटाँ भेटेकी ।

विनोदप्रसाद धिताल

“ हैन सुख हुन्छ भन्थे त पञ्चाइसले त । एक साताअघि अपुजे माइलाको बाख्राले घले काइँलाको राया सागको एक पात खाएछ । भाइ–भाइको बीचमा आगो सल्क्याथ्यो यै मौका हो भनी घले काइँलाकी जहानले बाख्रो समाएर पञ्चाइस्मा पुर्याइदिचन् । पञ्चाइस्ले एक बीस पाँच रुपियाँ डाँडेर पाँच रुपियाँ घले काइँलाई दिएच । अरु आफैँहरूमा बाँडेजस्तो छ रे ।”

“ अनि त्यस्ता दण्ड –कुण्डले त विकाश गर्ने भन्थे त क्या हो ।”,“विकस सिकस क्या हो । खाने बाटो हाला नि मोराहरूको ।”, मक्राती बूढी फतफताउँदै दैलोबाहिशर निस्की र रंतेल्नी कान्छी पनि दैलोबाहिर निस्की र सीमलथाने वायु देउतालाई दुई रुपियाँ मात्र तिरेर आफ्नो लागे – उम्केकोमा पछि हुने दुइटा भालेमा एक पुङ एक रक्सी थप्ने कबुल गरी जुम्ल्याहा हात गरे ।

 

दुई दुई रुपियाँ दण्ड नि गरे । मक्राती बा भएर ज्यान बचाउनसम्म पाइयो । आफ्नो लेकाँ ठूटोसम्म पनि राख्दैनन् । वल्लापल्ला छिमेकी यौटे पानी पनेरो जस्तो त हो नि भनेर गयो, यस्तो उछितो पार्छन् ।

“ निकै लामो भकारीको पो तान लगाएछौ त कान्छा दाइ, आफ्नो निम्ती त होइन होला कसको निम्ती”, खरीबोटे साहूकान्छा सापकोटाले रंतेल कान्छालाई सोध्यो । “जदौ, मुखिया, हैन घामको झुल्को काँट हो ? यो भकारी भज्याङी दशभाइ माइलाको हो । दशैँ मान्न नपाएर बिचल्ली भो र भकारी धुँला भनेर पाँच धान ल्याएर दशैँ टारेँ । लाग्दो पुसैदेखि तारमतार गरेका बल्लबल्ल मङ्गलबार चारथरेको लेकाँ गाथ्यौँ मक्राती बा समेत । जाँडहरूले चोया, खुकुरी, खुर्पा सपै खोसेर पञ्चाइस् भनौदाकाँ लगे । कति दुःख गरेर काडेका आधै चोया लिए । दुई दुई रुपियाँ दण्ड नि गरे । मक्राती बा भएर ज्यान बचाउनसम्म पाइयो । आफ्नो लेकाँ ठूटोसम्म पनि राख्दैनन् । वल्लापल्ला छिमेकी यौटे पानी पनेरो जस्तो त हो नि भनेर गयो, यस्तो उछितो पार्छन् । अब त यहाँ त दिन काट्न पनि सकिन्न क्यारे मुखिया ? पञ्चाइस् आएपछि सुख हुन्छ भन्या त झन् वल्लोपल्लो गाउँको सारतार पनि हराउँदो रहेछ । हैन अस्ति न हुँदो भज्याङी दशभाइ कान्छाले माइला सापकोटाकी बुहारी घाँस खोसेर पठाइदिए रे नि । यस्तो र्भपछि मुखियाहरूको त बिचल्ली नै पर्ने भयो नि । भज्याङी समेत बार गाउँको यौटे पञ्चाइस् हैन त? हजुर त खरीबोटका सदसे । हैन भज्याङीका बनाँ खरीबोटेले काट्न नपाए केको यौटे पञ्चाइस् त ? रंतेल कान्छाले एक सासमा भन्दै गयो ।

“ म नि यै कुरालाई परधानकाँ पुगेर आको । गाउँलेले लौ सदसे तै होस् यौटे पत्याइस्भित्र यस्तो भएपछि कसरी बस्न सक्ने ? सानीखोला तरी भीरको घाँस काट्यो सानीखोले खोस्ने । कोठेपानी नाघ्यो भञ्ज्याङी खोस्ने । भन्दा यौटे पञ्चाइस् सबैको यौटे मतो रे । काम त रोजीपारीका जस्ता पो गर्छन् । लौ लौ हामी काँ जाने लौ देखाइदे भनी गाउँका स्वास्नी मान्छे लाग्नेमान्छे सपै कुरा बिसाउन आएको । आजैदेखि गाउाम गुरुङेहरुको अर्घु रच । परधानलाई नि म्तिो रच । राम्रो बेलीबिस्तार लाउन नि पाइएन ।”
“हैन अपुन पुगेर फर्कुनभाको मुखिया बाबै कति चाँडै !”
“तिमारूको छापस्वाराँ पो भरखर घाम झुल्केर चाँडैजस्तो लाग्या । दिन दोपहर भैसक्या छ । ”
“आ खरीबोटाँ नि कति चाँडो पो घाम लाग्ने हुन् र मुखिया”

सपै खरीबोटका कुरा गर्या हुँ र कान्छादाइ । हाम्रो नयाँ घडेरी त भन्ज्याङकै पुछार भने नि हुन्छ । भज्याङमा झुल्के कि हाम्रा पिडीमा नि झुल्किहाल्छन् ।”

उज्यालो हुनुअघि

“ हजुरका नयाँ घडेरीमा त हो । हैन सदसे मुखिया ! कता हो यो पञ्चाइस्ले त गरीपको नि सबै तिरिदिन्छ रे । राजाले संवत् फिराउने रे नि । जग्गा जनि नहुने पनि जग्गाजमिन पाउने रे । जजसले मागी जाँगी घरबास गर्या छ त्यो नि त्यसैको हुने रे । सत्तेजुग आउने रे नि । हिउँदका दिन वल्लोपल्लो गाउँका सुकुम्बासी पनि आउँछन् । अचेल त यस्तो हुने रे उस्तो हुने रे भाँती भाँतीका कुरा गर्छन् थरी थरीका ठिटा आएर । मक्राती बाँका यस्तै कुराका पञ्चाइस् हुन्छ । लौ छापस्वारेँका त भाग्ये नै जाग्यो । सपै जमीन आफ्नै हुने भए । हामी पो बग्रबाँस पर्यौँ भनेर भन्दारान् डाँडापारीका पौनीजातहरू । हैन ! यी कुरा कसो हुन् । राम्ररी भन्दिनोस् न हजुर । जान्या सुन्या क्यै छैन । तै पनि हजुरहरूले पत्याएकाले आफ्ना जातवर्गी मैजस्ता काँ नि सोध्न आएर हैरान पार्छन । आफैँलाई कुरा था छैन । थाहा छैन भन्यो भने गम्केर नभनेको भन्ठान्छन् । ”