यदि अनन्तमा झाडी हुन्थ्यो भने
बाख्राहरू अनन्तमा पनि पुग्थे
भर पेट पातहरू खाएर त्यहाँबाट
फेरि धरतीको कुनै परिचित ओसारामा
फर्कन्थे
जब म पहिलो चोटी पहाडमा गएँ
पहाडको तिखो चढाईमा पनि
बाख्राहरूसँग भेट भयो
ती पर्याप्त तलको गाउँबाट
चढ्दै चढ्दै माथि आउँथे
जसै-जसै हरियाली तलबाट
उजाडिँदै जान्थ्यो गर्मीमा
तर गोठालाहरू कतै देखिएनन्
सुतिरहेका होलान्
कुनै पीपलको छायाँमा
यो सुख उनीहरूलाई मात्र भाग्यले दिएको छ ।
आलोक धन्वा (२०२२). दुनिया रोज बनती है (तेस्रो संस्करण). राजकमल पेपरब्याक्स.
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
जेष्ठ २१, सोमबार १५:३४