अध्याय छत्तीस

डुङ्गा दिवस र यसको धार्मिक अनुष्ठानमा

जीवित बत्तीको बारेमा बेथरका राजकुमारको सन्देश

नरोन्दा: गुरु बेथरबाट फर्किएदेखि नै शमदाम उदास र एक्लो रहे । जब डुङ्गाको दिन नजिक आयो, उनी खुशी र उत्साहले भरिए । सबै जटिल तयारीहरूदेखि सानो विवरणसम्म सबै आफैले नियन्त्रणमा लिए ।

दाखको दिन जस्तै, डुङ्गा दिवस पनि एक दिनबाट सुरु भएर एक हप्तासम्म विस्तार भएको थियो । त्यस बेलासम्म सबै प्रकारका सामान तिब्र रूपमा व्यापार भैसकेका थिए ।

यस दिनका धेरै विशेष धार्मिक अनुष्ठानहरूमध्ये, सबैभन्दा महत्त्वपूर्ण काम भनेको गोरूको वध गर्ने, बलिको वेदिमा दिप प्रज्वलन गर्ने, पुरानो वेदिको ठाउँमा नयाँ वेदि स्थापना गर्ने र नयाँ वेदी बनाएर दिप प्रज्वलन गर्ने जस्ता थिए । प्रमुख आफैले यो सम्पूर्ण काम औपचारिकताका साथ गर्दछन् । भीडले उनलाई मद्दत गर्दछ । अन्तमा प्रत्येक व्यक्तिले नयाँ बत्तीबाट मैनबत्ती बाल्छन् । यी मैनबत्तीहरू पछि निभाइन्छ । जसलाई सावधानीपूर्वक दुष्ट आत्मा विरुद्ध भण्डारण गरिन्छ । समारोहको अन्त्यमा प्रमुखले भाषण दिने चलन छ ।

मदिरा दिवसमा आउने यात्रुहरू झैं, डुङ्गा दिवसका यात्रुहरू पनि विरलै बिना उपहार वा प्रस्ताव बिना आउँछन् । धेरैजसो यात्रुहरूले गोरु, भेडा र बोकाहरू बलिको लागि ल्याउँछन् । वास्तवमा डुङ्गाको पशुधनमा थप्नको लागि, मार्न होइन ।

नयाँ बत्ती सामान्यतया मिल्की वेका नयाँ राजा वा धनी व्यक्तिद्वारा प्रस्तुत गरिन्छ । यो उपहार दिनु ठूलो सम्मान र सौभाग्यको कुरा मानिएको छ । यसका लागि दावी गर्नेहरू धेरै भएकाले प्रत्येक वर्षको अन्त्यमा चिट्ठा हालेर उपहार दिने व्यक्ति छनोट गर्ने चलन बसेको थियो । राजा तथा शासकहरू उत्साह र श्रद्धाको साथ प्रतिस्पर्धामा लाग्छन् । मूल्य, कला र कारीगरीको सौन्दर्यको हिसाबले सबैले आफ्नो बत्तीलाई अघिल्ला प्रतिस्पर्धिको भन्दा उत्कृष्ट बनाउन खोज्छन् ।

यस वर्ष बेथरका राजकुमारलाई बत्ती उपहार दिन छनोट गरिएको थियो । सबैजना नयाँ र महंगो बत्ती हेर्नको लागि पर्खिरहेका थिए । किनकि राजकुमार आफ्नो सम्पत्ति खुल्ला रूपमा बाँड्न र कैयौँ तीर्थयात्रीहरूका लागि प्रसिद्ध कहलिएका थिए ।

पर्वको एक दिन अगाडि शमदामले हामी र गुरुलाई आफ्नो कोठामा बोलाए । हामीभन्दा बढी गुरुलाई सम्बोधन गर्दै यी शब्दहरू भने:

शमदाम: भोलि पवित्र दिन हो । यसलाई पवित्र राख्नु हामी सबैको दायित्व हो ।

हाम्रा विगतका झगडाहरू जे भएपनि, तिनीहरूलाई अहिले नै यही सम्मिलित गराैँ । डुङ्गाको प्रगति सुस्त होस् । तर ईश्वरद्वारा यो रोकिनुपर्छ ।

म यो डुङ्गाको कप्तान हुँ । यसलाई सञ्चालन गर्ने कठिन जिम्मेवारी मलाई आइलाग्यो । यी कर्तव्य र अधिकारहरू मैले विरासतमा पाएको छु । मेरो मृत्युपछि पनि पक्कै तिमी मध्ये एकले यसको जिम्मेवारी लिनुपर्नेछ । जसरी मैले समय दिएँ । त्यसरी नै तिमीले पनि यसलाई समय दिनुपर्नेछ ।

यदि मैले मिर्दादलाई अन्याय गरेको छु भने, कृपया मेरो अन्याय माफ गर ।

मिर्दाद: तिमीले मिर्दादलाई कुनै अन्याय गरेका छैनौ । तर शमदाममाथि घोर अन्याय गरेका छौ ।

शमदाम: के शमदामलाई अन्याय गर्ने स्वतन्त्रता छैन ?

मिर्दाद : अन्याय गर्ने स्वतन्त्रता ? यी शब्दहरू कति बेमेल छन् ! किनकि आफूमाथि अन्याय गर्नुको अर्थ आफ्नो अन्यायको दास बन्नु हो । जबकि अरूमाथि अन्याय गर्नु भनेको दासको पनि दास बन्नु हो । ओहो ! अन्यायको बोझ कति भारी छ ।

शमदाम: यदि म आफ्नो अन्यायको बोझ बोक्न तयार छु भने, त्यसले तिमीलाई के हानि गर्छ ?

मिर्दाद: के कुनै बिरामी दाँतले तिमीलाई भन्छ ? म मेरो पीडा सहन तयार छु । त्यसो हो भने तिमीलाई के हानि छ ?

शमदाम: हो, मलाई यस्तो हुन दिनू । मलाई यस्तै हुनू छ । आफ्नो भारी हात मबाट टाढा लैजानू । आफ्नो चलाखी जिब्रोले मलाई कोर्रा नलगाउनू । मलाई मेरो बाँकी दिन जसरी बाँचेको छु, त्यसरी नै बाँकी जीवन बाँच्न दिनू । जाऊ, आफ्नो डुङ्गा अरू कतै बनाऊ । तर यो डुङ्गामा हस्तक्षेप नगर । संसार तिमी र मेरो डुङ्गाको लागि पर्याप्त छ । भोलि मेरो दिन हो । तिमीहरू सबै मबाट अलग बस । मलाई मेरो काम गर्न देऊ । म तिमीहरूमध्ये कसैको हस्तक्षेप सहने छैन ।

ख्याल गर । शमदामको बदला ईश्वरको जस्तै भयानक छ । ख्याल गर !

नरोन्दा: जब हामी शमदामको कोठाबाट बाहिर निस्क्यौँ, तब गुरुले बिस्तारै टाउको हल्लाए र भने,

मिर्दाद: शमदामको हृदय अझै पनि शमदामकै हृदय हो ।

नरोन्दा: भोलिपल्ट बिहान सबै धार्मिक अनुष्ठानहरू पूर्ण औपचारिकताका साथ बिना कुनै बाधा अवरोध पूरा हुँदा शमदाम धेरै खुशी भए । एकैछिनपछि नयाँ बत्ती प्रस्तुत गरेर प्रज्वलन गर्ने क्षण आयो ।

त्यसैबेला सेतो पहिरन लगाएको एउटा अग्लो र आकर्षक मानिस देखा पर्‍यो । जो वेदीतिर कठिनाइका साथ आफ्नो पाइला लम्काउँदै थियो । तुरुन्तै शान्त स्वरमा खबर फैलियो कि त्यो बेथरको राजकुमारको व्यक्तिगत दूत हो । जसले नयाँ बत्ती ल्याएको थियो । सबैजना त्यो बहुमूल्य खजानाको झलक पाउन उत्सुक भए ।

नयाँ वर्षको लागि बहुमूल्य उपहार ल्याएको भनी, अरूले झैँ शमदामले पनि निहुरिएर दूतलाई प्रणाम गरे । तर त्यो मानिसले शमदामलाई शान्त स्वरमा केही भन्दै आफ्नो खल्तीबाट एउटा चर्मपत्र निकाल्यो । त्यसमा बेथरका राजकुमारको सन्देश छ भन्ने प्रष्ट पारेपछि उसलाई जनतामाझ पुर्‍याउन आदेश दिइएको थियो । उसले बिस्तारै चिठी पढ्न थाल्यो ।

“बेथरका पूर्व राजकुमारको तर्फबाट आज डुङ्गामा भेला भएका मेरा सबै दूधे हिमालका सहयात्रीहरूलाई शान्ति, शुभकामना र माया ।

“डुङ्गा प्रति मेरो गहिरो भक्तिमा तिमीहरू सबै जीवित साक्षी छौ । यस वर्षको दिप प्रज्वलन गर्ने सम्मान मैले पाएको थिएँ । त्यसैले मैले मेरो उपहारलाई डुङ्गाको योग्य बनाउन हृदय र सम्पति प्रयोग गर्न हिचकिचाएको छैन । मेरो प्रयास पूर्ण रूपमा सफल भयो । किनभने मेरो महिमा र शिल्पकारहरूको सीपले उत्पादन गरेको बत्ती वास्तवमै हेर्नको लागि चमत्कारिक थियो ।

“तर ईश्वर सहनसिल र दयालु थिए । उनले मेरो गरीबीको रहस्य खोल्न चाहेनन् । उनले मलाई एउटा दियोमा डोर्याए । जसको ज्योति चम्किलो र अभेध्य छ । जुन कहिल्यै निभाउन सकिँदैन । जसको सुन्दरता अद्वितीय र निष्कलंक छ । त्यो दियो देखेर म लज्जित भएँ । त्यो बत्तीको कुनै मुल्य छ भन्ने मलाई लागेको थिएन । मैले लाजलाई फोहोरको थुप्रोमा फालेँ ।

“यो कसैको हातले नबनाएको जीवित दियो हो । यसको दृष्‍टिले आफ्नो आँखालाई तृप्त गर । मैनबत्ती बालेर त्‍यसको उज्यालो भर । हेर, यो तिम्रो हातमा छ । त्यसको नाम मिर्दाद हो ।

“तिमी उनको ज्योतिको योग्य हुनेछौ ।”

दूतले भर्खरै अन्तिम शब्दहरू पढेका थिए । जब उनको नजिकै उभिरहेको शमदाम अचानक भूतजस्तै हराए, त्यो विशाल भीडमा गुरुको नाम कुमारी वनबाट गुज्रिरहेको हावाको विशाल झोक्काझैँ चारैतिर फैलियो । बेथरका राजकुमारले आफ्नो सन्देशमा यत्तिको लोभलाग्दो गरी उल्लेख गरेको जीवित बत्ती हेर्न सबै उत्सुक भए ।

चाँडै गुरु वेदीको सिँढी चढेर भीडको अगाडि देखा परे । त्यही क्षणमा लहरिरहेको भीड मौन भयो । तत्काल त्यो स्वर्गदूत एकाग्र, उत्सुक र सतर्क भयो । त्यसपछि गुरुले मौनता तोडे । यी शब्दहरू भने:

अध्याय सैंतीस

गुरुले आगो र रगतको बाढीबाट मानिसहरूलाई चेतावनी दिन्छन्, भाग्ने बाटो देखाउँछन्, र आफ्नो डुङ्गा अवतरण गर्छन्

मिर्दाद: मिर्दादबाट के चाहन्छौ ? वेदी सजाउनको लागि सुन र रत्नले भरिएको बत्ती ? तर मिर्दाद न त सुनार हो ? यद्यपि उनी प्रकाश र आश्रयको स्तम्भ हुन् ।

उनी आफूलाई न त दुष्ट नजरबाट जोगाउन चाहन्छन् ! हो, मिर्दादसँग धेरै उपलब्धिहरू छन्, तर फरक प्रकारको ।

वा तिमी आफ्नो पूर्व-निर्धारित बाटोमा सुरक्षित रूपमा हिँड्न सकियोस् भनेर प्रकाश चाहन्छौ ? कस्तो अनौठो कुरा ! सूर्य, चन्द्रमा, तारा जताततै फैलिएका छन् । तैपनि ठेस लाग्ने डर लाग्छ ? त्यसोभए तिम्रो आँखा तिम्रो मार्गदर्शक हुन योग्य छैनन् ? वा तिम्रो आँखाको लागि प्रकाश धेरै कम छ । अनि तिमीहरूमध्ये उनको आँखा बिना कसैले केही गर्न सक्छ ? सूर्यलाई निर्दयीको दोष कसले दिन सक्छ ?

खुट्टालाई ठेस लाग्नबाट जोगाउने, तर बाटो खोज्ने व्यर्थ प्रयास गर्दा हृदयलाई ठेस लागाएर रगत बगाउने आँखाको के काम ?

के काम त्यो उज्यालो ? जसले आँखालाई अत्याधिक धुलोले भरिदिन्छ । तर आत्मालाई खाली र अन्धकारमा छोड्छ ?

मिर्दादबाट के चाहन्छौ ? तिमीलाई हेर्न सक्ने हृदय र उज्यालोमा नुहाउने आत्मा चाहियो ? तिनीहरूको चिन्ता छ भने तिम्रो चिन्ता व्यर्थ हुँदैन । किनभने म मानिसको आत्मा र हृदयसँग सम्बन्धित छु ।

यस गौरवशाली आत्म-विजयको दिनमा तिमीले उपहारको रूपमा के ल्याएका छौ ? बाख्रा, भेडा र गोरु ? स्वतन्त्रताको लागि तिमी किन यति थोरै मूल्य तिर्न तयार हुन्छौ ? तिमीले किन्न चाहेको स्वतन्त्रता कति सस्तो ?

बाख्रालाई जित्नु मानवको लागि गर्वको कुरा होइन । आफ्नो ज्यान बचाउनको लागि दुःखी बाख्राको बलि दिनु मानवको लागि साँच्चिकै लज्जास्पद कुरा हो ।

यस दिनको भावना बाँड्न तिमीले के गर्यौ ? जुन विश्वास र प्रेमको ध्वजा फहराइएको सर्वोच्च न्यायको दिन हो ।

हो, निश्चित हुनको लागि तिमीले विभिन्न संस्कारहरू गर्यौ । धेरै प्रार्थनाहरू दोहोर्यायौ । तर तिम्रो हरेक कार्यमा शङ्काले साथ दिएको थियो । अन्ततः घृणाले तिम्रो हरेक प्रार्थनामा सहमति जनाएको छ ।

बाढीमाथिको विजयको उत्सव मनाउन आएको होइन ? तर जितमा तिमी हारेका थियौ । त्यो जित तिमी किन मनाउदैनौ ? किनकि नोआले आफ्नो गहिराइलाई वशमा पारे, तिम्रो गहिराइलाई वशमा पारेनन् । उनले तिमीहरूलाई बाटो मात्र देखाए । हेर त ! तिम्रो गहिराइ रिस र अहंमले भरिएका छन् । जसले तिम्रो जहाज डुबाउने धम्की दिइरहेका छन् । जबसम्म तिमी आफ्नो आँधीलाई जित्दैनौ, यस पवित्र दिनको योग्य हुँदैनौ ।

तिमीहरू प्रत्येक बाढी, डुङ्गा र चालक हौ । त्यो दिन नआउञ्जेल कुमारी पृथ्वीलाई नुहाएर सफाचट्ट पार । आफ्नो विजयी उत्सव मनाउन हतार नगर । तिमी जान्न चाहान्छौ कि मानिस कसरी आफ्नै लागि बाढी भयो ?

जब ईश्वरको पवित्र इच्छाले आदम दुई भागमा विभजन हुन्छ, उसलाई आफैलाई चिन्ने र आफ्नो एकताको अनुभव गर्ने अवसर जुरोस् । ऊ एक पुरुष र एक नारी बन्यो । त्यसपछि द्वैतबाट उत्पन्न हुने इच्छाहरूको बाढीमा डुब्यो । इच्छाहरू यति धेरै, यति रंगीन, यति विशाल, यति प्रदूषित र यति प्रजनन् छन् कि, आजसम्म मानिस तिनीहरूका छालहरूमा लाचार भएर तैरिरहेको छ । कहिले छालहरूले यसलाई उचाइमा पुर्‍याउँछन् । कहिले गहिराइमा तान्छन् । जसरी उनी जोडिएका छन्, त्यसरी नै उनको इच्छा पनि जोडिएको छ । यद्यपि यी दुई विरोधाभासी चीजहरू वास्तवमा एकअर्काका पूरक हुन् । तर पनि अज्ञानी मानिसहरूलाई तिनीहरू आपसमा लडिरहेका देख्न्छन् । र त क्षणिक युद्धविराम घोषणा गर्न तयार छैनन् ।

यो त्यो बाढी हो, जसको विरुद्ध मानिसले आफ्नो लामो, कठिन र दोहोरो जीवनमा हरेक पल, हरेक दिन लड्नुपर्छ ।

यो त्यो बाढी हो, जसको शक्तिशाली झरना हृदयबाट बग्छन् । तिमीलाई तिनीहरूकै रफ्तारमा बगाउँछन् ।

यो त्यो बाढी हो, जसको इन्द्रेणीले तिम्रो आकाशलाई तबसम्म ग्रहण गर्दैन । जबसम्म तिम्रो आकाश तिम्रो धर्तीसँग मिल्दैन । र दुबै एक हुँदैनन् ।

आदमले आफूलाई हव्बामा रोपेदेखि मानिस आँधीबेहरीको बीचमा बाँचिरहेको छ । अनि हामी बाढीको बाली काटिरहेका छौँ । जब एक प्रकारको भावना उग्र हुन्छ, तब मानव जीवनको सन्तुलन बिग्रन्छ । त्यसपछि मानिसहरू एकपछि अर्को बाढीमा डुब्दै आएका छन् । जबसम्म यो सन्तुलन स्थापित हुँदैन, मानिसहरू आफ्ना इच्छाहरूलाई प्रेमको कचौरामा घोट्न र तिनीहरूबाट दिव्य ज्ञानको रोटी पकाउन सिक्दैनन् ।

नोआको समयमा पृथ्वीलाई ढाकेको जलप्रलय न त पहिलो मानिसलाई थाहा थियो न त अन्तिम मानिसलाई । विनाशकारी बाढीको लामो श्रृंखलामा यो केवल एक उच्च बिन्दु थियो । पृथ्वीमा आउन लागेको आगो र रगतको बाढीले त्यो छाप पक्कै छोड्नेछ । अब तिमी तैरन तयार कि डुब्न ?

अफसोस ! तिमी बोझ बोक्न व्यस्त हुन्छौ । रगतमा दु:खले भरिएको सुखको नशा मिसाउन व्यस्त रहनू । कतै नपुग्ने सडकका चित्रहरू चित्रण गर्न व्यस्त हुनू । भित्र नहेरी जीवनको गोदाम पछाडिको आँगनबाट बीउ टिप्न किन यति व्यस्त ? मेरा प्यारा छोराछोरी हो ! तिमीहरू किन आफैभित्र डुब्दैनौ ?

तिमी माथि उड्न, असीम आकाशमा घुम्न । पखेटाले सिङ्गो ब्रह्माण्ड अँगाल्न जन्मिएका हौ । तर तिमी, पखेटा च्याप्ने, दृष्टिलाई सुस्त पार्ने र स्नायुलाई निर्जीव बनाउने ती परम्परा र विश्वासको पिञ्जरामा थुनिएका छौ । आउँदै गरेको बाढीलाई कसरी जित्छौ ? मेरा प्यारा बालकहरू !

तिमी ईश्वरको मूर्त र प्रतिरूप थियौ । तर तिमीले त्यो प्रतिरूपलाई लगभग नष्ट गरिदिएका छौ । तिमीले आफ्नो परमात्माको रूपलाई यसरी बन्दी बनाएका छौ कि, तिमी आफैँलाई चिन्न सक्दैनौ । तिमीले आफ्नो दिव्य अनुहारमा हिलो पोतेका छौ । धेरै भन्दा धेरै जोकरको मुखौटा लगाएका छौ ।

तिमी आफैले खोलेको बाढीको सामना कसरी गर्ने ? मेरा प्यारा बालकहरू !

यदि तिमीले मिर्दादको भनाइलाई ध्यान दिएनौ भने, तिम्रो लागि पृथ्वी चिहान बाहेक अर्थोक हुनेछैन । न त आकाश कफन भन्दा बढी हुनेछ । जहाँ एउटालाई तिम्रो पालन र अर्कोलाई सिंहासन हुनको लागि सृष्टि गरिएको थियो ।

म तिमीलाई फेरि भन्छु कि तिमी बाढी, डुङ्गा र सेनापति पनि हौ । तिमीसँग भावनाको बाढी छ । तिम्रो शरीर एउटा डुंगा हो । तिम्रो विश्वास सेनापति हो । तिम्रो इच्छाशक्ति सबैमा छ । तिम्रो दिव्य ज्ञानको छायाँ उनीहरुमाथि छ ।

सुनिश्चित गर कि तिम्रो डुङ्गा पानी चुहिने छैन । समुद्रमाथि हिँड्न योग्य छ । तर यसमा मात्र आफ्नो जीवन बर्बाद नगर । नत्र यात्रा सुरु गर्ने समय कहिल्यै आउँदैन । अन्तमा तिमी त्यही डुङ्गासँगै समुद्रभित्र डुबेर सड्नेछौ । यो पनि सुनिश्चित गर कि तिम्रो सेनापति सक्षम र धैर्यवान छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तिमीले बाढीका स्रोतहरू पत्ता लगाउन सिक । तिनीहरूलाई एक-एक गरी सुकाउन आफ्नो इच्छाशक्ति जम्मा गर । त्यसपछि पक्कै पनि बाढी रोकिनेछ । अन्ततः आफैँ समाप्त हुनेछ ।

पहिला जोशलाई जलाऊ । नत्र जोशले तिमीलाई जलाउनेछ ।

कुनै पनि जोशको मुखमा नहेर । के थाहा ? उसको दाँतमा विष भरिएको छ कि मह ! फूलको अमृत जम्मा गर्ने मौरीले विष पनि त जम्मा गर्छ ।

कुनै जोशको अनुहार सुन्दर छ कि कुरूप ? थाहा पाउन अनुसन्धान गर । हव्वाले ईश्वरको अनुहारभन्दा सर्पको अनुहार सुन्दर देखेको थियो ।

कुनै भावनाको वजन सही रूपमा पत्ता लगाउन त्यसको मापनमा राख । कसले मुकुटलाई पहाडसँग तुलना गर्छ । वास्तवमा मुकुट पहाड भन्दा धेरै भारी हुन्छ ।

अनि दिनमा दैवी गीत गाउने यस्ता गायकहरू पनि छन् । तर तिनीहरू अँध्यारो पर्दामा रिसले दाँत किट्छन् र एक अर्कालाई टोक्छन् । त्यहाँ खुशीका भावनाहरू पनि छन् । तर यसको बोझमा दबिएका पनि छन् । उनीहरू छिट्टै शोकको कंकालमा परिणत हुन्छन् । नरम आँखा र विनम्र आचरण भएका व्यक्तिहरू पनि छन् । जो ब्वाँसाभन्दा ज्यादा भोकाएका हुन्छन् । हाइनाभन्दा बढी धूर्त हुन्छन् । त्यस्ता मनोरञ्जनहरू पनि छन्, जसले विचलित नभएसम्म गुलाबभन्दा बढी सुगन्ध दिन्छ । तर छोएपछि सडेको मासु र खरानीभन्दा पनि घिनलाग्दो गन्ध निस्कन थाल्छ ।

आफ्नो भावनालाई असल र खराबमा विभाजन नगर । यो एक व्यर्थ प्रयास हुनेछ । खराबी बिना असल बाँच्न सक्दैन । अनि खराबीले असल भित्र जरा गाड्न सक्छ ।

असल र खराबको एउटा मात्र रुख छ । यसको नतिजा पनि उस्तै छ । खराबको स्वाद नलिएसम्म असलको स्वाद लिन सकिँदैन ।

जुन स्तनबाट जीवनको दूध पिउछौ, त्यही स्तनले मृत्युको दूध पनि उत्पादन गर्छ । जुन हातले तिमीलाई पालनपोषण गर्छ, त्यही हातले तिम्रो चिहान खन्न सक्छ ।

मेरा प्यारा बालकहरू हो ! यो द्वैतको प्रकृति हो । जिद्दी र घमण्डी होऊ । तिमी यसलाई परिवर्तन गर्न प्रयास गर । तिमी यति मूर्ख हुनुपर्छ कि यसलाई दुई भागमा विभाजन गर्ने प्रयास गर । ताकि तिमी आफ्नो मनपर्ने आधा राख्न सक्छौ । अर्को आधा फ्याँक्न सक्छौ ।

के तिमी द्वैतको मालिक बन्न चाहन्छौ ? त्यसैले यसलाई असल र खराब मान ।

के तिम्रो मुखमा जीवन र मृत्युको दूध अमिलो भएको छैन ? के तिमीलाई केही अँगाल्ने समय आएको छैन ? जुन असल र खराब छैन । किनकि यो दुबै भन्दा राम्रो छ ? असल र खराबको रूखमा नफलेको न मीठो न तीतो ? फलको इच्छा गर्ने समय आएको छैन ?

के तिमी द्वैतको चंगुलबाट मुक्त हुन चाहन्छौ ? त्यसैले असल र खराब रूख भन्ने मानसिकतालाई आफ्नो हृदयबाट उखेल । यसको जरा र हाँगाहरू निकाल, ताकि दिव्य जीवनको बीउ र पवित्र ज्ञानको बीउ जुन सबै असल र खराब भन्दा पर छ । यो आफ्नै स्थानमा अंकुरण भएर फस्टाउन सक्छ ।

तिमी भन्छौ, मिर्दादको सन्देश निरानन्द हो । यसले हामीलाई भोलिको प्रतीक्षाको आनन्दबाट वञ्चित गर्छ । यसले हामीलाई जीवनमा मूर्ख र उदासीन दर्शक बनाउँछ । हामी भावुक प्रतिस्पर्धी बन्न चाहन्छौँ । किनकी प्रतिस्पर्धामा ठूलो मिठास हुन्छ । चाहे जस्तोसुकै खतरामा किन नपरोस् ! मीठो शिकार जोखिम हो । भलै शिकार पनि एक भ्रम भन्दा बढी छैन ।

जब तिमी यस्तो सोच्छौ, तिमीले बिर्सन्छौ कि तिम्रो मन तिम्रो हैन । जबसम्म यसको लगाम असल र खराब भावनाहरूको हातमा हुन्छ ।

आफ्नो मनको मालिक बन्नको लागि असल र खराबलाई प्रेमको एउटै भाँडामा मुछ । ताकि तिमीले तिनीहरूलाई दिव्य ज्ञानको चुलोमा पकाउन सक्छौ । द्वैत ईश्वरमा विलीन भएपछि मात्रै एक हुन्छ ।

संसारलाई धेरै दु:ख दिन छोड । जो पहिलेदेखि नै धेरै दुःखी छ । सबै किसिमको हिलो र फोहोर जम्मा हुने इनारबाट सफा पानी निस्केको आशा कसरी गर्ने ? सबै किसिमका फोहोर र हिलोलाई बारम्बार फाल्छौ ? इनारको पानी सफा कसरी रहन्छ ? जानी जानी पल पल त्यसमा फोहोर फाल्छौ भने ?

दु:खमा डुबेको दुनियाँसँग शान्ति नमाग । नत्र तिम्रो भुक्तानी दु:खको बाहेक केही हुन्न ।

घृणामा डुबेको संसारसँग प्रेम नमाग । नत्र घृणाले तिमीसँग बदला लिनेछ ।

मृत दुनियाँबाट जीवनको मुल्य नमाग । नत्र तिम्रो ज्याला मृत्युकै रुपमा मिल्छ । संसारले तिमीलाई दुई मुखे सिक्काबाहेक अरू कुनै सिक्का दिन सक्दैन ।

जे चाहाछौ, आफ्नो असीम ईश्वरसँग माग । जो शान्तिमय ज्ञानले धेरै धनी छन् ।

संसारसँग कुनै माग नगर । जुन तिमी आफैँबाट पूरा हुँदैन । न त कुनै पनि मानिसको कुनै माग गर, जुन तिमीले चाहन्नौ कि, उसले तिमीबाट पूरा गरोस् ।

र त्यो के हो ? यदि तिमीलाई सारा संसारले दियो भने, तिमीलाई आफ्नै बाढीलाई जित्न मद्दत गर्न सक्छ । दुःख र मृत्युसँगको सम्बन्ध तोडेर आकाशमा जोडिएको छ । स्थायी प्रेम पाएको छ । ज्ञानको शान्ति छ । के त्यो धन, शक्ति र प्रसिद्धि हो ? के प्रतिष्ठा र सम्मान सत्य हो ? के यसले एक महत्वाकांक्षा पूरा गर्यो ? एउटा आशा पूरा भयो ? तर यी प्रत्येक पानीको स्रोत मात्र हुन् । जसले तिम्रो बाढीलाई पोषण गर्दछ । मेरा प्रिय बालकहरू, तिनीहरूलाई आजै टाढा लैजाऊ ।

शान्त रह । तिमी जालबाट मुक्त रहन सक्छौ । भ्रमबाट मुक्त रह । तिमी संसारलाई स्पष्ट रूपमा देख्न सक्छौ ।

जब तिमीले संसारको रूपलाई स्पष्ट देख्छौ, त्यसबाट चाहेको स्वतन्त्रता, शान्ति र जीवन दिन कति असहाय र असक्षम छ भन्ने महसुस हुनेछ ।

संसारले तिमीलाई एउटै शरीर दिन सक्छ । द्वैत जीवनको सागरमा यात्रा गर्नको लागि डुङ्गा । यो शरीर तिमीले संसारमा कुनै व्यक्तिबाट पाएको छैनौ । तिमीलाई शरीर दिएर जीवित राख्नु ब्रह्माण्डको कर्तव्य हो । नोआको जहाज जत्तिकै बलियो र सुरक्षित, आँधीबेहरीको सामना गर्ने, छालहरूको प्रहारलाई सामना गर्न सक्षम बनाएर राम्रो अवस्थामा राख्न जसरी नोआले आफ्नो जहाजमा जनावरहरूलाई बाँधेर पूर्ण नियन्त्रणमा राखेका थिए, त्यसरी नै आफ्नो पशुवादी प्रवृत्तिहरूलाई बाँध्नू । नियन्त्रणमा राख्नू । यो तिम्रो कर्तव्य हो । केवल तिम्रो ।

भरोसा र विश्वासले पूर्ण सजग होऊ । यी दुई चीज साथमा हुँदा तिमी आफैँमा रमाउन सक्छौ । ईश्वरको इच्छामा अटल विश्वास हुनु भनेको तिमीले आफैलाई आनन्द नै आनन्दको बगैँचामा डोऱ्याउनु हो । यो पनि तिम्रो काम हो । मात्र तिम्रो ।

निर्भय संकल्प राख । आत्मलाई जित्ने संकल्प गर । दैवी ज्ञानले भरिएको वृक्षको फलको स्वाद लेऊ । यो पनि तिम्रो काम हो । मात्र तिम्रो ।

मानिसको गन्तव्य ईश्वरसम्म हो । त्यसबाहेक अरू कुनै गन्तव्यले कष्ट भोग्नुपर्दैन । यदि सडक लामो आँधीबेहरी र अराजकताले भरिएको छ भने के हुन्छ ? के शुद्ध हृदय र गहन विश्वासले यी आँधी तथा विपत्तिहरूलाई पार लाउदैन र ?

हतार गर । समय बिताउनु भनेको पीडामा पिल्सिनु हो । मानिसहरू ! सबैभन्दा व्यस्त मानिसहरू पनि, साँच्चैका आवारा हुन् ।

तिमीहरू सबै निर्माता हौ । डुङ्गा चालक हौ । यो अनादिकालदेखि नै तिमीहरूलाई सुम्पिएको कार्य हो । ताकि तिमी आफैँ असीम सागरमा यात्रा गर्न सक्छौ । जसमा ईश्वर नामको मौन संगीत पत्ता लगाउन सक्छौ ।

सबै चीजहरूको केन्द्र हुनुपर्छ । जहाँबाट तिनीहरू फैलन सक्छन् । जसको वरिपरि तिनीहरू घुम्न सक्छन् ।

मानिसको जीवन चक्र हो । ईश्वरको खोजी यसको केन्द्र हो । तिम्रो सबै कर्म त्यो केन्द्रमा केन्द्रित हुनुपर्छ । नत्र जति नै पसिनाले भिजेको भएपनि तिम्रो सबै काम बेकार हुनेछ ।

तर मान्छेलाई गन्तव्यमा पुर्याउने काम मिर्दादको व्यवसाय हो । मिर्दादले तिम्रा लागि एउटा अलौकिक डुङ्गा तयार गरेको छ । जुन राम्रोसँग निर्माण गरिएको र धेरै कुशलतापूर्वक सञ्चालन गरिएको छ । यो गोबर र काठले नबनेको र माटोले लिपिएको हैन । न त काग, छेपारो र हाइनाका लागि बनाइएको हो । यो ईश्वरीय ज्ञानले बनेको छ । जुन आत्मविजयी चाहनेहरूका लागि प्रकाशको ज्योति हुनेछ । यो रक्सीको भाँडो र क्रसरले नभरिएर हरेक वस्तु र प्राणीको लागि प्रेमले भरिएको हृदय हुनेछ । न त यसमा चल अचल सम्पत्ति, चाँदी राखिएका छन् । बरु तिनीहरूको छायाबाट मुक्त दिव्य ज्ञानको प्रकाश र स्वतन्त्रताले सजिएका आत्माहरू हुनेछन् ।

जो धर्तीसँगको सम्बन्ध तोड्न चाहन्छन् । जो एकता प्राप्त गर्न चाहन्छन् । जो आत्म-विजयको लालसामा छन् । उनीहरू आएर सजिलै डुङ्गामा चढ्न सक्छन् । उनीहरूलाई डुङ्गामा आउन देऊ ।

डुङ्गा तयार छ

वायु अनुकूल छ

महासागर शान्त छ

त्यसैले मैले नोआलाई सिकाएँ

त्यसैले म तिमिलाई सिकाउँछु ।

 

नरोन्दा: गुरु शान्त हुनुभएपछि अहिलेसम्म चुपचाप बसेका मानिसहरू अचानक झस्किए ।

वेदीको सिँढी ओर्लनु अघि गुरुले सात साथीहरूलाई बोलाए । विणा मागे । उनीहरूसँग नयाँ डुङ्गाको गीत गाउन थाले । भीडले पनि त्यही लय समात्यो । अन्ततः ठूलो छालझैं उनको मीठो शब्दहरूले आकाश छोयो ।

पौड मेरो डुङ्गा पौड ।

ईश्वर तिम्रो कप्तान हुन् ।

 

समाप्त