साहित्यपाेस्ट
साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना मात्र प्रकाशित गर्दैन, नवप्रतिभाहरूलाई फल्ने फूल्ने वातावरण पनि तयार पार्दछ ।
यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटो डटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको तेह्रौँ संस्करणका लागि कविता आह्वान गरिएको छ। यसअघि यस प्रतियोगिताका १२ ओटा संस्करणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ । दशौँ संस्करणबाट थप गरिएको नियमानुसार एकपटक पुरस्कृत भइसकेका कविलाई पुनः प्रतियोगितामा समावेश गराइने छैन ।
अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाईनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका १२ ओटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।तेह्रौँ संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ ।
एकै कविलाई एकपटक भन्दा धेरै पुरस्कृत गर्नुपर्ने अवस्था आउन सक्ने हुँदा एकपटक उत्कृष्ट तीनमा पर्न सफल कविलाई पुनः प्रतियोगितामा समावेश नगर्ने निर्णय गरिएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालले बताएका छन् । यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्।
प्राप्त कविताहरूमध्येबाट तीनवटा उत्कृष्ट रचनाहरू प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितासंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ ।
यस प्रतियोगिताका लागि कविता पठाउने मिति आउँदो आइतबार अर्थात् २८ गते राति १२ बजेसम्म रहेको छ । प्राप्त कविताहरूबाट विज्ञ एवं स्वतन्त्र कवि तथा समीक्षकहरूको रहोबरमा भोलिपल्ट भदौ २९ गते कविताको नजिता प्रकाशन गरिनेछ ।
यसपटकको फोटो र कविताको विषय रहेको छः “धर्म” वा “सम्प्रदाय” वा “संस्कार”
यी तीन विषयमध्ये तल दिइएको तस्बिरमा रहेर एक, जुन कुराले कविको मनलाई उद्देलित बनाउछ, त्यही विषयमा आफ्ना रचना पोस्ट गर्नुपर्नेछ ।
हेर्नुहोस् तस्बिर र तल कमेन्ट बक्समा कविता पोस्ट गर्नुहोस्ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।