अध्याय चौंतीसः आमाको गर्भ

 

मिर्दाद: यो  रातको मौनतामा  मिर्दाद तिमीलाई आमाको गर्भमा  ध्यान  एकाग्र गर्न  चाहन्छन् ।

 

अन्तरिक्ष र यसमा भएका सबै वस्तु  एउटा गर्भ हो । जसको खोल समय हो ।  त्यो आमाको गर्भ हो ।

 

जसरी पृथ्वी वायुले ढाकेको छ, त्यसरी नै यो गर्भ  विकसित परमात्माले ढाकिएको छ । सूक्ष्म ईश्वरिय जीवन, जो अमूर्त, असीम र अपरिवर्तनीय छ ।

 

प्रचलित मानवीय मापदण्ड अनुसार आमाको गर्भ अमर भएता पनि यसको सीमितता छ । यद्यपि यो आफैँ अनन्त छैन । तर पनि यसको सीमा हरेक पक्षमा अनन्तता छ ।

 

ब्रह्माण्डमा रहेका सबै पदार्थ र जीवहरू एउटै सूक्ष्म ईश्वरको वरिपरि बेरिएका समय र स्थानका कणहरूबाहेक अरू केही होइनन् ।  तर ती सबैमा सूक्ष्म ईश्वर विस्तारको विभिन्न चरणहरूमा छन् । जनावर भित्रको सूक्ष्म ईश्वर भन्दा मानिस भित्रको सूक्ष्म ईश्वर समय र स्थानमा धेरै फैलिएका छन् । बिरुवा भित्रको सूक्ष्म ईश्वर भन्दा  जनावर भित्रको सूक्ष्म ईश्वर  समय र स्थानमा धेरै फैलिएका छन् । यो ब्रह्माण्डको तल्लो भन्दा तल्लो वर्गहरूमा समान छ ।

 

सबै वस्तु र प्राणीहरूलाई प्रतिनिधित्व गर्ने अनगिन्ती गर्भहरू आमाको गर्भ (दृष्य र अदृष्य) भित्र यसरी समावेश भएका छन् कि, विस्तारमा  ठूलो डिम्बभित्र यसको नजिकको सानो डिम्ब हुन्छ ।  त्यही क्रम सबैभन्दा सानो डिम्बसम्म जारी रहन्छ । डिम्बको बीचमा खाली ठाउँ हुन्छ । जुन अन्तरिक्ष र अनन्त समयमा घेरिएको  केन्द्रीय न्यूक्लियस हो ।

 

मेरा साथीहरू हो !  डिम्बभित्र एक डिम्ब । एक  डिम्बभित्र  मानव संख्याको अवहेलना सबै ईश्वरद्वारा निशेचित  ब्रह्माण्ड हो ।

 

तैपनि मलाई लाग्छ कि मेरा शब्दहरू तिमीहरूका लागि चिप्लो  छन् । तिनीहरूले तिम्रो बुद्धिलाई समात्न सक्दैनन् ।  यदि  शब्दहरूलाई पूर्ण ज्ञानको सिँढी बनाइ सुरक्षित र स्थिर बनाइयो भने, मेरो शब्दहरू सुरक्षित र स्थिर हुनेछन् । शब्दहरूको जालबाट बचेर  ज्ञानको उचाइ, गहिराइ र चौडाइमा पुग्न चाहुन्छौ भने आऊ । मिर्दाद तिम्रो लागि मार्गनिर्देशक बन्न तयार छ ।

 

शब्दहरू सबै भन्दा सुन्दर क्षितिज झल्काउने बिजुलीका चिम मात्र  हुन् । यी ती क्षितिजहरूमा पुग्ने बाटो होइनन् । पक्कै पनि क्षितिज आफैँ भने मार्ग  होइन । त्यसैले जब म तिमीसँग आमाको गर्भ  र अण्डाकोषको बारेमा कुरा गर्छु ।  महान ईश्वर र सूक्ष्म ईश्वरको बारेमा कुरा गर्छु । मेरो कुरामा टाँसिएर नबस । तर प्रकाशको दिशामा हिँड । तब तिमीले देख्छौ कि मेरा शब्दहरू तिम्रो कमजोर हृदयको लागि बलियो पखेटा हुन् ।

 

आफ्नो वरपरको प्रकृतिमा ध्यान देऊ । के तिमीले यो डिम्ब सिद्धान्तमा सृजना भएको पाउँदैनौ । डिम्बमा सम्पूर्ण सृष्टिको चाबी पाउनेछौ ।

 

तिम्रो शिर, तिम्रो हृदय र तिम्रो आँखा डिम्ब हुन् । हरेक फूल र यसको हरेक बीउ डिम्ब हो । डिम्ब पानीको एक थोपा र हरेक जीवित प्राणीको शुक्राणु हो । अनगिन्ती ताराहरू गर्भ जस्तै अनन्त आकाशमा आफ्नो रहस्यमय मार्गहरूमा चलिरहेका छैनन् ?  जसमा जीवनको सार छैन ?  सूक्ष्म ईश्वर विस्तारको विभिन्न चरणहरूमा पुगेका छन् ? के सबै  जीवन निरन्तर डिम्बबाट बाहिर निस्केर फेरि डिम्बमै फर्कदैनन् ?

 

निस्सन्देह ! सृष्टिको प्रक्रिया चमत्कारी र निरन्तर छ । जीवनको प्रवाह मातृ-डिम्बको सतहबाट यसको केन्द्रमा, र केन्द्रबाट सतहमा  बिना अवरोध जारी रहिरहन्छ । केन्द्रमा अवस्थित सूक्ष्म ईश्वर समय र स्थानमा विस्तार हुँदै  एक डिम्बबाट अर्को डिम्बमा र जीवनको सबैभन्दा तल्लो वर्गबाट जीवनको उच्चतम वर्गमा प्रवेश गर्दछ । सबैभन्दा तल्लो वर्ग समय र स्थानमा सबैभन्दा थोरै  फैलिएको छ । उच्चतम वर्ग सबैभन्दा धेरै फैलिएको छ । एक डिम्बबाट अर्को डिम्बमा सर्दा लाग्ने समय पनि  फरक-फरक हुन्छ ।  यसरी नै सृष्टिको प्रक्रिया जारी रहिरहन्छ । जबसम्म आमाको डिम्बको खोल फुट्दैन, सूक्ष्म ईश्वर महान् ईश्वरको रूपमा परिणत हुन सक्दैन  ।

 

यसरी जीवन एक विस्तार, वृद्धि र प्रगति हो । तर त्यो अर्थमा होइन कि जसमा मानिसहरूले प्रायः वृद्धि र प्रगतिलाई जनाउँछन् । किनभने तिनीहरूका लागि वृद्धि भनेको आकारमा वृद्धि हुनु र प्रगतिको अर्थ अगाडि बढ्नु हो । जबकि वास्तविकतामा वृद्धि भनेको समय र स्थानमा जताततै फैलनु हो । प्रगति भनेको सबै दिशामा समान रूपमा फैलनु  हो । अघि  पछि, तल माथि र दायाँ बायाँ । तसर्थ, परम वृद्धि भनेको अन्तरिक्षभन्दा बाहिर विस्तार हुनु हो । अन्तिम प्रगति भनेको समयको सीमाभन्दा बाहिर जानु हो । यसरी अनन्त ईश्वरमा विलीन भइ समय र स्थानको बन्धनबाट मुक्त भएर ईश्वरको स्वतन्त्रतामा पुग्नु हो । जुन  गर्व गर्नलायक  स्वतन्त्रता हो । यो मानिसको लागि निर्धारित गरिएको भाग्य हो ।

 

भिक्षुहरू हो ! यी शब्दहरूमा ध्यान देऊ । यदि तिम्रो रगतले  तिनीहरूलाई खुसीसाथ स्वीकार गर्न सक्दैन भने, यो सम्भव छ कि, आफैँ या अरूलाई मुक्त गर्ने तिम्रो प्रयासले तिम्रो बन्धन  तिनीहरूलाई थप  बन्धन बन्न सक्छ । मिर्दाद बुझाउन चाहन्छन् कि, तिमीले यी इच्छुकहरूलाई बुझाउन  मद्दत गर्न सक्छौ । मिर्दाद तिमीलाई स्वतन्त्र बनेको हेर्न चाहन्छन् । ताकि तिमीले ती सबै मानिसहरूलाई स्वतन्त्रता दिन सक, जो आत्मविजयी र स्वतन्त्र हुन चाहन्छन् । त्यसैले मिर्दाद डिम्बको यो नियमलाई अझ स्पष्ट रूपमा व्याख्या गर्न चाहन्छन् । विशेष गरी यो मानवसँग सम्बन्धित छ ।

 

मानिसभन्दा तल रहेका जीवका सबै वर्गहरू सामूहिक डिम्बमा बन्द छन् । यसरी, बिरुवाहरूका लागि जति धेरै प्रकारका बिरुवाहरू छन्, त्यति नै  धेरै विकसितभित्र कम विकसित छन् । कीरा, माछा र स्तनपायीहरू पनि त्यस्तै छन् । जहिले पनि जीवनको अधिक विकसित वर्गभित्र कम विकसित  वर्गहरू थप विकसित र संलग्न हुदै जान्छन् ।

 

जसरी साधारण अण्डाको पहेँलो र सेतो भागले भ्रूणमा रहेकालाई पोषण र विकास गर्छ, त्यसै नै कुनै डिम्बमा राखिएका सबै अण्डाले आफ्नो सूक्ष्म ईश्वरको पोषण र विकास गर्छ ।

 

सूक्ष्म ईश्वरले प्रत्येक डिम्बमा पाउने समय-स्थानको अंश अघिल्लो डिम्बमा प्राप्त गरेको अंशभन्दा अलि फरक हुन्छ । त्यसैले समय र स्थानमा सूक्ष्म परमात्माको फैलावटमा भिन्नता छ । ग्यासमा यो छरिएको र आकारहीन हुन्छ । तर तरलमा यो झन् बाक्लो भएर आकार धारण गर्न सक्षम हुन्छ । खनिजमा यसले निश्चित आकार र स्थिरता धारण गर्दछ, जबकि उच्च रूपहरूमा प्रकट भएको जीवनको गुणहरूबाट रहित रहन्छ । वनस्पतिमा यसले एउटा रूप लिन्छ । जसमा बढ्ने, प्रचार गर्ने र महसुस गर्ने क्षमता हुन्छ । जनावरहरूमा उसले महसुस गर्छ, चल्छ  र जन्माउछ । यसमा स्मरण शक्ति छ र सोच्ने आधारभूत कुराहरू पनि छन् । तर मानिसमा यी सबै गुणहरू बाहेक, उसले व्यक्तित्व,  सोच्ने शैली, व्यक्त गर्ने र सिर्जना गर्ने क्षमता पनि प्राप्त गर्दछ ।  ईश्वरको सृष्टिको तुलनामा, मानिसको सृष्टि  एउटा ठूलो मन्दिर वा महान वास्तुकारले बनाएको सुन्दर किल्लाको तुलनामा बच्चाले बनाएको ताशको घर जस्तै हो । तर यो पनि सिर्जना नै हो ।

 

प्रत्येक मानिस छुट्टै डिम्ब बन्छ । डिम्ब जति विकसित हुन्छ उति कम विकसित पनि हुन्छ र सबै प्राणी, वनस्पति र तल्लो तहका डिम्बहरू  केन्द्रीय डिम्बमा संलग्न हुन्छन् । जबकि सबैभन्दा विकसित मानवको सबै डिम्ब र तल्लो तहका सबै डिम्बहरू पनि बन्द हुन्छन् ।

 

डिम्बको विस्तार, जसले मानिसलाई आफैँमा बाँध्छ ।  यो  मानिसको समय स्थान र  क्षितिजको विस्तारबाट मापन गरिन्छ । जहाँ  मानिसको  चेतनाले उसको बाल्यकालदेखि वर्तमान क्षणसम्मको छोटो अवधि बाहेक अरू केही समेट्न सकेको हुदैन । अन्तरिक्षको क्षितिजले उसको दृष्टिको पहुँचभन्दा बाहिरको कुनै पनि कुरालाई समेट्दैन । अर्कोको  क्षितिजले आफैँमा सम्झन नसकिने विगतलाई समेट्छ । टाढाको भविष्य, र अन्तरिक्षको विशाल दूरी, जसमा आजसम्म कसैको आँखा परेको छैन । वंशवृद्धिको लागि सबै मानिसले समान भोजन पाउँछन् तर खाने र पचाउने क्षमता बराबर हुँदैन । किनभने तिनीहरू एउटै डिम्बबाट एकै समय र एकै ठाउँमा फैलावट हुँदैनन् । त्यसैले समय र स्थानमा तिनीहरूको फैलावटमा भिन्नता छ । यसैले कुनै पनि दुई मानवहरू भेटिन सक्दैनन्, जो ठ्याक्कै समान छन् ।

 

एकजना सुनको शुद्धता र सौन्दर्य देखेर रमाउछ र सबै जनताका अगाडि सुन खाएर तृप्त हुन्छ । अर्को चाहिँले सुनको मालिक बनेर सधैँ भोकै रहन्छ । एउटा सुन्दर हरिण देखेर त्यसलाई मारेर खान उत्प्रेरित हुन्छ । कविले पखेटामा उडिरहने एउटै मृगलाई देखेर शिकारीले सपनामा पनि नदेखेको समय र स्थानमा पुग्छ । शमदामसँग एउटै डुङ्गामा बसेका मिकायन समय र स्थानको सीमाबाट परम स्वतन्त्रता र पूर्ण स्वतन्त्रताको सपनाहरू देख्छन् । शमदाम चाहिँ समय र स्थानको लामो र बलियो डोरीले आफूलाई बाँध्न व्यस्त छ । वास्तवमा मिकायन र शमदाम एकअर्काको नजिक बसेपनि एकअर्काबाट टाढा छ । मिकायन भित्र शमदाम छ । तर शमदाम भित्र मिकायन छैन । त्यसैले मिकायनले शमदामलाई बुझ्न सक्छ । तर शमदामले मिकायनलाई बुझ्न सक्दैन ।

 

एक आत्माविजेताको जीवनले हरेक व्यक्तिको जीवनलाई हरेक पक्षबाट छुन्छ । किनभने सबै व्यक्तिको जीवन उनमा समावेश हुन्छ । तर आत्मविजेताको जीवनलाई कुनै पनि व्यक्तिको जीवनले सबै पक्षबाट छुँदैन । आत्मविजेता  सरल व्यक्तिको लागि धेरै सरल देखिन्छ । उच्च विकसित व्यक्तिको लागि अत्यन्त विकसित देखिन्छ । तर त्यहाँ  आत्मविजेताका केही पक्षहरू छन्, जुन आत्मविजेता बाहेक कसैले बुझ्न वा महसुस गर्न सक्दैन । सबैको बीचमा भएपनि एक्लै हुनुको कारण यही हो । उनी संसारमा छन् । संसारको होइन ।

 

सूक्ष्म ईश्वर बन्दी रहन चाहँदैनन् । मानव हृदय भन्दा धेरै उच्च हृदयको प्रयोग गर्दै, उनी सधैँ समय र स्थानको कारागारबाट आफूलाई मुक्त गर्न काम गरिरहेका छन् । तल्लो स्तरका प्राणीहरूमा मानिसहरू उसलाई वृत्ति भन्दछन् । साधारण मानिसहरूले यसलाई तर्क भन्छन् । र  उच्च श्रेणीका मानिसहरू यसलाई दिव्य मन भन्दछन् । यो सबै हो र त्यो भन्दा धेरै । यो त्यो अनाम शक्ति हो । जसलाई कतिपयले पवित्र शक्ति भनेका छन् । जसलाई मिर्दादले ईश्वरीय ज्ञान भनेका छन् ।

 

मानसको पहिलो पुत्र । जसले समयको खोल च्यातेर अन्तरिक्षको सीमा पार गर्यो त्यसलाई ईश्वरको पुत्र भनिन्छ । उनको दिव्यताको ज्ञानलाई पवित्र शक्ति भनिन्छ । तर विश्वास गर कि तिमी पनि ईश्वरको पुत्र हौ । त्यसैले त्यो पवित्र शक्तिले तिमीभित्र पनि काम गरिरहेको छ । यसको विरुद्धमा होइन, यसको साथमा काम गर ।

 

जबसम्म तिमी समयको खोल च्यात्दैनौ र समयको सीमा पार गर्दैनौ, कसैले पनि “म ईश्वर हुँ” भन्नु हुँदैन । बरु सबैले भनून्, “म ईश्वर हुँ ।” यसलाई ध्यानपूर्वक मनमा राख । नत्र घमण्ड र खाली कल्पनाहरूले तिम्रो हृदयलाई भ्रष्ट बनाउँछ । तिमी भित्रको पवित्र शक्तिको विरोध गर्दछ । धेरैजसो मानिसहरूले आत्माको विरुद्धमा काम गर्छन् । यसरी नै तिनीहरूले अन्तिम मुक्ति स्थगित गर्छन् ।

 

समयलाई जित्नको लागि समयसँग लड्नु आवश्यक छ । ठाउँलाई हराउनको लागि, तिमीले ठाउँलाई ठाउँको खाना बन्न दिनु आवश्यक छ । ती मध्ये कुनै एकलाई स्नेहपूर्वक स्वागत गर्नु भनेको दुवैको कैदी बन्नु हो । असल र खराबको अनन्त प्रयासमा बन्धक बन्नु हो ।

 

जसले आफ्नो भाग्यलाई चिनेका र त्यसमा पुग्ने चाहना राखेका छन् । उनीहरू न समयको लाडमा समय खेर फाल्छन् । न कुठाउँमा भौंतारिएर आफ्नो पाइला खेर फाल्छन् । यो सम्भव छ कि एकल र छोटो जीवनकालमा तिनीहरूले युगहरू ढाक्न सक्छन् । अपार दूरीहरू मेटाउन सक्छन् । यस डिम्बबाट अर्कोमा लैजानको लागि तिनीहरू मृत्युको प्रतीक्षा गर्दैनन् । तिनीहरू जीवनमा विश्वास गर्छन् कि उनीहरूलाई एकैचोटि धेरै अण्डाहरूको खोल तोड्ने मद्दतको लागि जीवनमा भरोसा गर्दछन् ।

 

यसका लागि तिमीले सबै कुराको आसक्ति त्याग्नुपर्छ । ताकि समय र स्थान तिम्रो हृदयमा पकड नहोस् । तिम्रो लगाव जति ठूलो हुन्छ, बन्धन पनि त्यति नै ठूलो हुन्छ । जति कम आसक्ति हुन्छ, त्यति नै कम बन्धन हुन्छ ।

 

हो, तिम्रो विश्वास, तिम्रो प्रेम र ईश्वरीय ज्ञानद्वारा मुक्तिको लागि तिम्रो इच्छा बाहेक सबै कुराप्रति आफ्नो लालसा त्याग ।

 

 अध्याय पैंतीसः ईश्वरको मार्गमा प्रकाशका कणहरू

 

मिर्दाद: यो रातको मौनतामा मीरदाद ईश्वरकहाँ जाँदैछन् । तिम्रो बाटोमा उज्यालोका किरणहरू छर्न चाहन्छन् ।

द्वन्द्वबाट बच । सत्य स्वयं स्पष्ट छ । उसलाई कुनै प्रमाण चाहिँदैन । जुन कुरालाई तर्क र प्रमाणको समर्थन चाहिन्छ, ढिलो होस् वा चाँडो, त्यसमा  तर्क र प्रमाण नै ल्याइन्छ ।

 

कुनै कुरालाई प्रमाणित गर्नु भनेको यसको विपरित खण्डन गर्नु हो । यसको उल्टो प्रमाणित गर्नु यसको खण्डन गर्नु हो । ईश्वरको विरोधी कोही छैन । त्यसोभए कसरी प्रमाणित  वा खण्डन गर्ने  ?

 

यदि जिब्रोलाई सत्यको वाहक बनाउनु छ भने त्यसलाई कहिल्यै मुसल, विषालु दाँत, हावाको सूचक, वा क्लिनर बनाउनु हुँदैन ।

 

आवाजविहीनलाई राहत प्रदान गर्न बोल । आफैँलाई राहत दिन चुप बस ।

 

शब्दहरू जहाजहरू हुन् । जसले अन्तरिक्षको महासागरहरू पार गर्दछन् र धेरै बन्दरगाहहरू छुन्छन् । तिमीले तिनीहरूमा के भर्छौ ? होशियार हुनु ।  यात्रा पूरा भएपछि तिनीहरूले तिम्रो ढोकामा आफ्नो ट्रक रोक्नेछन् ।

 

आत्मपरीक्षण हृदयको लागि त्यति नै महत्त्वपूर्ण छ, जति घरको लागि झाडु लगाउन आवश्यक छ । आफ्नो हृदयलाई सफा गर । सफा हृदय एक अजेय किल्ला हो ।

 

जसरी तिमी मानिस लगायत अन्य वस्तुहरूलाई आफ्नो खाना बनाउछौ, त्यसरी नै तिनीहरूले तिमीलाई आफ्नो खाना बनाउँछन् । यदि तिमी विषाक्त हुन चाहँदैनौ भने, अरूको लागि स्वस्थ खाना बन ।

 

जब तिमी अर्को चरणको बारेमा शंका गर्छौ, तुरुन्तै स्थिर रहनु ।

 

जसलाई तिमीले मन पराउदैनौ, उसले पनि तिमीलाई मन पराउदैन । यसलाई मनन् गर ।  यसलाई यस्तै छोड । यसरी तिमीले आफ्नो बाटोबाट बाधा हटाउनेछौ ।

 

सबैभन्दा असहनीय समस्या भनेको कुनै कुरालाई समस्याको रूपमा लिनु हो । आफ्नो छनोट लिनु । सबै कुराको मालिक हुनु, वा कसैको नहुनु । बीचको बाटो सम्भव छैन ।

 

बाटोका हरेक बाधा एक चेतावनी हुन् । सावधानीपूर्वक चेतावनी पढ । बिस्तारै ती बाधा एउटा ज्योतिमा परिणत हुनेछ ।

 

सीधा भनेको कुटिलको भाइ हो । एउटा छोटो बाटो हो भने अर्को घुमाउरो । कुटिलसँग धैर्य हुनु ।

 

विश्वासयोग्य धैर्य स्वास्थ्य हो । विश्वास बिनाको धैर्य आधा जीवन हो ।

 

हुनु, महसुस गर्नु, सोच्नु, कल्पना गर्नु, जान्नु मानव जीवन चक्रका मुख्य चरणहरू हुन् ।

 

प्रशंसा दिनु तर प्राप्त नगर्नु ।  प्रशंसा पूर्ण रूपमा निष्कपट र उपयुक्त हुँदा पनि नलिनु । जहाँसम्म चापलुसीको सवाल छ तहाँसम्म यसका छलपूर्ण शपथहरूका लागि लाटो र बहिरो बन ।

 

दिने भावनामा जे पनि दिनु भनेको ऋण थुपार्नु  हो ।

 

वास्तवमा तिमीले केही पनि दिन सक्दैनौ । जुन तिमी हौ । तिमीले मानिसहरूलाई तिनीहरूको भरोसामा भएको चीज मात्र दिन्छौ । जसमा तिमी आफ्नो भरोसा राख्न सक्छौ । जुन तिम्रो हो । त्यो मात्र तिम्रो हो । त्यो तिमीले चाहेर पनि अरूलाईँ दिन सक्दैनौ ।

 

आफ्नो सन्तुलन कायम राख । तिमी सबै मानिस लगायत आफैँलाई  तौलने मापदण्ड बन्नेछौ ।

 

गरीबी वा धनसम्पत्ति भन्ने केही छैन । यी चीज प्रयोग गर्ने तरिका मात्रै फरक हो ।

 

वास्तवमा गरीब त्यो हो, जसले आफूसँग भएका चीजहरूको दुरुपयोग गर्छ । धनी त्यो हो, जसले आफ्नो सामानको सही उपयोग गर्छ ।

 

बासी रोटीको सुक्खा भाग पनि नाप्न नसकिने धन हुन सक्छ । सुनले भरिएको भण्डार पनि यस्तो गरीबी हुन सक्छ । जसबाट मुक्त हुन सक्दैन ।

 

जहाँ एकै केन्द्रमा धेरै बाटोहरू भेटिन्छन्, त्यहाँ कुन बाटो लिने भन्ने बारे अनिर्णय नगर । ईश्वरको खोजी गर्ने हृदयको लागि सबै मार्गहरू ईश्वरसम्म पुग्छन् ।

 

जीवनका सबै रूपहरूलाई सम्मान गर । सबैभन्दा मामूली वस्तुमा सबैभन्दा महत्त्वपूर्ण वस्तु लुकेको हुन्छ ।

 

जीवनका सबै रचनाहरू महत्त्वपूर्ण छन् । अद्भुत, महान र अद्वितीय । जीवन अर्थहीन र  तुच्छ कार्यहरूमा संलग्न हुन चाहँदैन ।

 

प्रकृतिको कार्यकक्षबाट जारी हुनको लागि  प्रकृतिको प्रेमिल हेरचाह र मेहनती सीप पाएपछि मात्रै हरेक वस्तु बन्ने गर्छ । त्यो साँच्चै नै सम्मानयोग्य हुन्छ ।  त्यसोभए के ऊ तिम्रो सम्मानको हकदार हुनुहुदैन ?

 

यदि भुसुना  र कमिलाहरू सम्मानको योग्य छन् भने, तिम्रा साथीहरू कत्तिको सम्माननिय र योग्य छन्  ?

 

कुनै मानिसलाई घृणा नगर । एउटा मानिसलाई घृणा गर्नु भन्दा हरेक मानिबाट घृणित हुनु राम्रो हो ।

 

मानवलाई घृणा गर्नु भनेको ऊ  भित्र रहेको सूक्ष्म ईश्वरलाई घृणा गर्नु हो ।  सूक्ष्म ईश्वरलाई घृणा गर्नु भनेको ब्राह्माण्डलाई घृणा गर्नु हो । आफ्नो एकमात्र पाइलाको अनादर गर्ने मानिस कसरी स्वर्ग  पुग्छ ?

 

तल के छ जान्नको लागि माथि हेर । माथि के छ जान्नको लागि तल हेर । जति चढ्नुहुन्छ, त्यति नै तल झर । अन्यथा तिमीले आफ्नो सन्तुलन गुमाउनेछौ ।

 

आज तिमी शिष्य छौ । भोलि गुरु बन्छौ । असल गुरु बन्नको लागि असल शिष्य बन्न जरुरी छ ।

 

संसारबाट झार उखेल्ने प्रयास नगर । घाँस र झार पनि राम्रो मल बन्छ ।

 

उत्साहको अनुचित प्रयोगले अक्सर उत्साहलाई नै मार्छ ।

 

जङ्गल अग्लो र भव्य रूखहरूले मात्र बनेको हुँदैन । झाडी र टाँसिने त्रिन पनि आवश्यक छ ।

 

कपट ढाक्न सकिन्छ, तर केही समयको लागि मात्र । यसलाई सदाको लागि लुकाउन सकिँदैन । न त यसलाई हटाउन वा नष्ट गर्न सकिन्छ ।

 

अशुद्ध इच्छाहरू अन्धकारमा जन्मिन्छन् र त्यही हुर्कन्छन् । यदि तिमी  तिनीहरूलाई नियन्त्रणमा राख्न चाहन्छौ भने, तिनीहरूलाई प्रकाशमा आउने स्वतन्त्रता दिनु ।

 

हजारौं पाखण्डीहरू मध्ये कुनै एकलाई  सरल इमानदारीको बाटोमा ल्याउन सफल भयौ भने, तिम्रो सफलता साँच्चै ठूलो छ ।

 

टर्चलाई उच्च स्थानमा राख । मानिसहरूलाई यसलाई हेर्नको लागि बोलाउन वरपर नजानु । उज्यालो चाहिनेलाई निमन्त्रणा चाहिँदैन ।

 

आधा बुद्धि भएकाहरूको लागि बुद्धि बोझ हो, जसरी मूर्खता मूर्खको लागि बोझ हुन्छ । मूर्खलाई एक्लै छोड । आधा बुद्धि भएकोलाई मद्दत गर । अधुरो बुद्धि भएको मान्छेले मुर्खले भन्दा धेरै सिकाउन सक्छ ।

 

धेरै पटक तिमीले आफ्नो बाटो दुर्गम, अँध्यारो र एक्लो पाउनेछौ । आफ्नो संकल्प दृढ राख ।  साहसका साथ अगाडि बढ । तिमीले हरेक मोडमा नयाँ साथी पाउनेछौ ।

 

बाटोविहीन ठाउँमा त्यस्तो बाटो छैन, जहाँ अहिलेसम्म कोही हिँडेको छैन । जुन बाटोमा पाइलाका छापहरू थोरै छन् र बाटो टाढा छ, त्यो बाटो सीधा र सुरक्षित छ । चाहे त्यो कच्चा र सुनसान किन नहोस् ।

 

मार्गनिर्देशन चाहनेहरूलाई मार्गनिर्देशन देखाउन सकिन्छ, तर त्यसलाई पछ्याउन बाध्य पार्न सकिँदैन । आफ्नो गाइडमा निर्भर रहनु ।

 

राम्रो गाइड बन्नको लागि तिमी आफैले राम्रो मार्गदर्शन पाएको हुनुपर्दछ । आफ्नो गाइडमा विश्वास गर ।

 

धेरै मानिसहरूले तिमीलाई भन्नेछन्, “हामीलाई बाटो देखाऊ ।” तर थोरैले भन्नेछन्, “हामीलाई बाटोमा मार्गनिर्देशन गरिदिनु ।”

 

आत्मविजयको बाटोमा थोरै मानिसहरू धेरै भन्दा महत्त्वपूर्ण हुन्छन् ।

 

जहाँ तिमी हिँड्न सक्दैनौ, आराम गर । जहाँ तिमी दौड्न सक्दैनौ, हिँड । जहाँ तिमी उड्न सक्दैनौ, दौड । उड, जहाँ सारा संसारलाई आफूभित्र कैद गर्न सक्छौ ।

 

एक पटक, न दुई पटक, न त सय पटक ।  नेतृत्वलाई पछ्याउने प्रयास गर्दा ठेस खाने व्यक्तिलाई तिमीले  उठाउनुपर्छ । ठक्कर नखाउन्जेल उसलाई हुर्काइरहनु । सम्झ कि तिमी पनि एक पटक बालक थियौ ।

 

आफ्नो हृदय र दिमागलाई क्षमाले शुद्ध गर । ताकि तिमीलाई जे जति सपनाहरू आउँछन्, ती सबै शुद्ध होस् ।

 

जीवन एउटा समस्या हो । जुन हरेक व्यक्तिको झुकाव अनुसार विभिन्न प्रकार र फरक मात्रामा हुन्छ । यसमा मानिस सधैँ प्रलापको स्थितिमा रहन्छ । भाग्यमानी हुन् ती मानिसहरू, जो ईश्वरीय ज्ञानबाट प्राप्त पवित्र स्वतन्त्रताको नशामा रहन्छन् ।

 

मानव समस्या परिमार्जन गर्न सकिन्छ । युद्धको समस्यालाई शान्तिको समस्यामा । धनको समस्यालाई प्रेमको समस्यामा परिवर्तन गर्न सकिन्छ । यो दिव्य ज्ञानको रसायन हो । जसलाई तिमीले प्रयोग गर्नुपर्छ र गर्न सिकाउनुपर्छ ।

 

मरिरहेकाहरूलाई जीवनको प्रचार गर । बाँचिरहेकाहरूलाई मृत्युको प्रचार गर । तर आत्म-विजयको लालसा गर्नेहरूलाई दुवैबाट स्वतन्त्रताको प्रचार गर । नियन्त्रण या अनियन्त्रण राख्नुमा ठूलो भिन्नता छ । तिमीले प्रेम गर्नेलाई मात्र नियन्त्रण गर्छौ । तिमी जसलाई घृणा गर्छौ त्यसको नियन्त्रणमा हुन्छौ । नियन्त्रण हुनबाट जोगिनू ।

 

समय र स्थानको विस्तारमा एकभन्दा बढी पृथ्वी शून्यतामा  परिक्रमा गरिरहेका छन् । तिम्रो पृथ्वी यस परिवारमा सबैभन्दा कान्छी हुन् । उनी एकदमै स्वस्थ युवती हुन् ।

 

एक स्थिर गति – कस्तो विरोधाभास ! तर परमात्मामा संसारको चलखेल यस्तै छ ।

 

असमान चीजहरू कसरी बराबर हुन सक्छन् भनेर जान्न चाहन्छौ भने, आफ्नो हातका औंलाहरू हेर ।

 

संयोग बुद्धिमानको खेलौना हो ।  मूर्खहरू संयोगको खेलौना ।

 

कुनै कुरामा कहिल्यै गुनासो नगर । कुनै कुराको बारेमा गुनासो गर्नु भनेको यसलाई आफ्नो लागि अभिशाप बनाउनु हो । उसलाई सहनु भनेको उचित सजाय भोग्नु  हो । तर यसलाई बुझ्नु भनेको सच्चा सेवक बन्नु हो ।

 

यो अक्सर हुन्छ कि शिकारीले चरामा लक्ष्य राख्छ, तर लक्ष्य छुटेर खरायोलाई मार्छ । यस्तो अवस्थामा एक बुद्धिमान शिकारीले भन्नेछ, “मैले वास्तवमा न चरालाई लक्षित गरेको थिएँ, न त खरायोलाई । र त मैले मेरो शिकार पाएँ ।”

 

आफ्नो लक्ष्यहरू राम्रोसँग पछ्याउनु । नतिजा जे भए पनि राम्रो हुनेछ । जे आउँछ तिम्रै हुन्छ । जसले आउन ढिलाइ गर्छ त्यसलाई पर्खनु  योग्य छ । पर्ख उसलाई प्रतीक्षा गर्न दिनू ।

 

तिम्रो लक्ष्यले तिमीलाई लक्षित गर्छ भने, तिमीले लक्ष्य कहिल्यै गुमाउनेछैनौ । छुटेको लक्ष्य सफल लक्ष्य हो । निराशाको आक्रमण विरुद्ध आफ्नो हृदय अभेद्य बनाउनू ।

 

निराशा त्यो चील हो । जसलाई कमजोर हृदयले जन्म दिन्छ र सडेको मासुले पाल्छ ।

 

पूरा भएको आशाले धेरै मृत आशाहरूलाई जन्म दिन्छ । यदि तिमी मनलाई चिहान बनाउन चाहँदैनौ भने, आशासँगको विवाहबाट  सावधान रहनू ।

 

माछाले पारेका सयवटा अण्डामध्ये एउटा मात्रै खेर  जान  सक्छ । तैपनि बाँकी रहेका ९९ खेर जाँदैनन् । प्रकृति धेरै उदार छ । र त यसको तर्कहीनतामा विशाल हुदय  छ । तिमी पनि उत्तिकै उदार र विवेकशील भएर मानिसको हृदयमा आफ्नो ह्रदय रोप्ने काम गर ।

 

कुनै पनि परिश्रमको लागि इनाम माग नगर । जसले आफ्नो मेहनतलाई माया गर्छ, उसको मेहनत नै पर्याप्त इनाम हो ।

 

सृष्टिकर्ता र सिद्ध सन्तुलन शब्द सम्झ । दिव्य ज्ञानद्वारा यो सन्तुलन प्राप्त गरेपछि मात्र तिमी आत्मा-विजेता बन्नेछौ । तब मात्र तिम्रो हातले ईश्वरको हातमा एकरूप भएर काम गर्नेछ ।

 

यस रातको मौन र शान्ति तिमी भित्र तबसम्म कम्पन जारी रहोस् । जब सम्म तिमी ईश्वरीय ज्ञानको मौन र शान्तिमा डुब्दैनौ ।

 

त्यसैले मैले नोआलाई सिकाएँ ।

त्यसैले म तिमीलाई सिकाउँछु ।