नयाँ पत्रिकाका पाठकका लागि रवि मिश्र एक दोहोरीरहने नाम हो । वर्तमान पुस्ताका डाइनामिक कार्टुनिष्ट रवि मिश्रका कार्टुनहरु धेरै पाठकको लागि दैनिक हाँस्ने वहाना बनेको छ ।
सामाजिक, आर्थिक र राजनीतिक विषयलाई टपक्क टिपेर कार्टुन बनाउने उनी नेपाली मौलिक भाषा मात्रै होइन्, युवाहरुले बढीजसो प्रयोग गर्ने शब्दलाई कार्टुनको शीर्षक दिने गर्दछन् । उनको कार्टुन कोलमको शिर्षकै छ ,‘कर्नर किक’ ।
फुटबल खेलमा प्रयोग हुने शब्द ‘कर्नर किक’ मार्फत मुलुकका विकृती विसंगती विरुद्ध गोल गर्न उनी दिनहुँ भिडिरहन्छन् । यसक्रममा उनले रोचक घोचक कार्टुन बनाएर धेरैलाई हँसाउन अनि गहिरो भाव दिन सफल छन् ।
उनले यस्ता सयौँ कार्टुन बनाएका छन् । जसले अहिलेको समय, समाज र राजनीतिको खास प्रतिनिधित्व गर्छ । कार्टुनमार्फत उनले देश, काल, परिस्थितिलाई बुझ्न सजिलो पारेका छन् ।
जनआन्दोलनपछिको कार्टुन यात्रा
चित्र र कार्टुन उनी सानैदेखी बनाउथे । कार्टुनिष्ट नै बन्ने सपना लिएर कार्टुन बनाउन थालेको २०६३ सालदेखि हो । जतिबेला नेपालमा दोस्रो जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापित भएको थियो । त्यसबेलादेखि उनी कार्टुन बनाउँदै आएका छन् ।
कार्टुन सिर्जनामा लाग्ने प्रेरणा को बाट मिल्यो ? मिश्र भन्छन, ‘मेरो प्रेरणा म आफैँ हुँ । आफ्नै मनले कार्टुन बनाउन थाल रवि ! मजा आउँछ’ भन्दियो । बनाउन थालियो ।’
‘र त्यो मुडसम्म आइपुग्न त्यतिबेला मैले हेर्ने कार्टुनहरु र कार्टुनकला प्रतिको अभिरुची पनि मेरो प्रेरणा हो’, उनी थप्छन् ।
त्यो कुन कार्टुन होला जो उनको लागि टर्निङ पोइन्ट बन्यो ? भनी सोध्दा मिश्र बताउँछन् , ‘सिर्जनाको यात्रा सननन्न हुँइकिने राजमार्गको हुन्न । हुन्छ भने नि मेरो थिएन । त्यसैले हुँइकिदा हुँइकिँदै फ्याट्ट एउटा मोड आउने पार गर्दा पुरै दृश्य बदलिने भएन । यसको लागि निरन्तर प्रयत्न गरेको गरेको छु । एउटा सानो टर्न लिन थुप्रै मेहनत गरेको छु । त्यस्तो खास कुनै कार्टुन छैन । जस्ले मेरो जिन्दगीकै टर्निङ पोइन्ट बन्यो’
उनले व्यंग्य मिसाउदै कार्टुन यात्राबारे स्पष्ट पारे ।
उनका कार्टुन धेरैलाई मन पर्छन् । उनैलाई मन पर्ने कला, कार्टुन कुन हो ? उनि भन्छन्, ‘मेरोको कि अरुको ? मेरो त म हेर्दै हेर्दिन । बनाउदै गर्दा देखिने मात्रै हो ।
मन पर्ने कलाकारहरु धेरै छन । उहाँहरुका कलाकृति धेरै छन् । सबैभन्दा मन पर्ने चै ठ्याक्कै यहि भन्न सक्दिन । म चित्र हेर्छु र बस् त्यसको आनन्द लिन्छु । मुल्यांकन गर्दिन ।’
उनी हेर्छन् । चित्र पढेका छन् । चित्रै कोरेका छन् । चित्र कोर्दाकोर्दै उनले आफ्नो कार्टुन यात्रा तय गरेका छन् । केही चित्रकार र कार्टुनिस्टहरु उनलाई औधी मन पर्छ । जसका कलाकृती, कार्टुन हेर्न हत्तपत्त छुटाउदैनन् । ‘कार्टुन त कुनै यस्ता हुन्छन् , जो मनमा पछिसम्म पनि रहिरहन्छन’, उनी बताउँछन् ।
‘म आफ्नो सिर्जनाहरु चर्चाको तुलोमा जोख्दिन । केही कार्टुनहरु पाठकले रुचाएका छन् । केहिले आफुलाइ सन्तुष्टि दिएको छ’, आफ्ना कार्टुनबारे उनी भन्छन ।
च्वास्स बिझ्ने कार्टुन कसरी बन्छ ?
दैनिक घटनाक्रमबारे अपडेट हुने उनी सामान्य तरिकाले असामान्य कार्टुन बनाउँछन् । मनमा चसक्क बिझ्ने उनका कार्टुनको संख्या धेरै छ । प्रायको मन जित्ने उनका कार्टुन बनाउने सोच र शैली चाँही कहाँबाट आउँछ ? कत्तिको मेहनत गर्छन् ? कसरी स्केच तयार पार्छन् । स्केच बन्नु अघि के गर्दछन ?
हाँस्दै सजिलो जवाफ फर्काउँछन् , स्केच बनाउनु अघि पेन्सिल मज्जाले तिखार्छु । पेपरको खस्रो सतह पटि चैँ फर्काएर टेबल वा इजेलमा राख्छु । कम्प्युटर, आइप्याड मा बनाउदा त त्यो पनि परेन । कहिलेकाही गित पनि बजाउछु । सुन्दै बनाउँछु ।
खास मनमा कन्सेप्टमा क्लियर भएसी मात्रै मात्रै चित्र कोर्न थाल्नेहुँदा त्यसअघि गर्ने कुरा केही हुन्न । त्यो भन्दा अघि हो भने कार्टुन वा कुनै पनि चित्र बनाउन कन्सेप्ट डेभ्लोपमा समय खर्चिन्छु’, यसको खास विधि छैन । उनले भने ।
विषयवस्तुको छनोट
कार्टुनको विषयको छनौट दैनिक घटनाक्रममा आधारित हुन्छ । समाचारहरु हेरेर त्यसबाट बिषयको छनौट गरिन्छ । छनौट पछि नि आफ्नो सिर्जनाशिलताले जे टिप्न खोज्छ । त्यसैलाई कार्टुन बनाउने गर्छन् ।
चासो र प्रभावका हिसाबले बिषयहरु कुनै घनघोर हुन्छन् । कुनै साधारण हुन्छन् । जुन विषयले उनको मन छोयो । त्यही कुरामै कार्टुन उनी कार्टुन बनाउछन् ।
कार्टुन कतिबेला फुर्छ ?
हरेक सिर्जनका पछाडी समयको पनि त्यत्तिकै महत्व हुन्छ । वा खास समयमा बनाइएका सिर्जना वा कार्टुन खास बन्छन् । तर उनको दैनिकी नै कार्टुन बनाएर बित्छ । यसर्थ उनी कार्टुन बनाउनै भनेर खास समय छनौट गर्दैनन्।
कहिले फुर्सदमा बनाउने कार्टुन कहिले हतारमा पनि बनाउने गर्छन् । उनका लागि कार्टुन बनाउने यहि नै समय भन्ने छैन । डेडलाइन पछ्याउदाँ धेरैजसो साँझमा बनाउने गर्दछन । ‘कार्टुन समयमा भन्दा मुडमा ज्यादा बनाइन्छ’, उनी भन्छन् ।
मान्छेपिच्छे सोचाई र दृष्टिकोणहरु फरक हुन्छन् । सामान्य कुरामा सामान्य सोचाइहरु उस्तै नै हुन् । भन्ने मिश्र कार्टुनिष्टहरु अरुभन्दा उल्का फरक सोचका हुन्नन् भन्दछन् । ‘यति हो कार्टुनिष्टले आफ्ना अनुभुतीहरुलाइ कृयटिभ लयमा ढाल्न सक्छ्न् । हास्य व्यंग्यसहित ।’
उनका अनुसार कुनै घटना दिमागले क्लिक गर्ने कुरा त्यो विषयले कत्तिको छुन्छ भन्नेमा निर्भर हुन्छ । यो मुडमा नि निर्भर हुन्छ । अनि त्यसरी नै कार्टुन बन्छ । कार्टुन बन्ने ठूलो कारण चाहिदैन् । तर मनमा उथलपुथल ल्याउने विषयले भने कार्टुन बनाउन उत्प्रेरणा दिने गर्छ ।जुन पाठकका मनमा समेत बस्छन् । दिमागमा हुन्छन् । अनि झ्याप्पै, कर्नर किक शीर्षकमा पाठक हसाईरहने कार्टुन तयार हुन्छन् । जुन उनको शैली हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।