अध्याय तीस

गुरुले मिकायनको सपना सुनाउँछन्

नरोन्दा: बेसरबाट गुरु फर्किनु अघि र पछि लामो समयसम्म हामीले मिकायनलाई समस्यामा परेको मानिसले झैँ व्यवहार गरेको देख्यौँ । धेरैजसो समय उनी एक्लै बस्थे । बोल्ने तथा खानपिन केही गर्दैनथे । आफ्नो कोठाबाट कुनै बेला मात्र बाहिर निस्कन्थे । मलाई पनि आफ्नो गोप्य कुरा बताएनन् । पछि हामी सबै छक्क पर्यौँ । गुरुले उनलाई अति धेरै माया गर्थे । तैपनि उनले उनको पीडा कम गर्न न त केही भनेका थिए, न त केही गरे ।

एक दिन मिकायन र उनका अन्य साथीहरू आगो ताप्दै गर्दा गुरुले आफ्नो घरमा महावीरको बारेमा प्रचार गर्न थाले ।

मिर्दाद: एक पटक कसैले सपना देख्यो । त्यो सपना यस्तो थियो, उसले आफूलाई फराकिलो, गहिरो र मौन नदीको हरियो किनारमा उभिरहेको देख्यो । किनारा सबै उमेरका पुरुष, नारी र केटाकेटीहरूको ठूलो समूहले भरिएको थियो । त्यहाँ अनेकौँ भाषा बोल्नेहरू थिए । सबैसँग विभिन्न आकार र रङ्गका पाङ्ग्राहरू थिए । जसलाई तिनीहरू समुद्र तटमा यता उता धकेल्दै थिए । त्यो समूह रङ्गिन लुगा लगाएर रमाइलो गर्न र खानपान गर्न भनी बाहिर निस्किएको थियो । वातावरण कोलाहलले गुन्जिरहेको थियो । सागरका छालहरूझैँ तिनीहरू तल माथि र अगाडि पछाडि सर्दै थिए ।

उनी एक मात्र व्यक्ति थिए । जसले भोजको लागि कुनै लुगा लगाएका थिएनन् । खासमा उनलाई कुनै पर्वको जानकारी थिएन । उनीसँग धकेल्ने पाङ्ग्रा पनि थिएन । उनले ती बहुभाषीहरूको आवाज खुब ध्यान दिएर सुन्ने कोसिस गरे । तैपनि त्यो बहुभाषिक भीडबाट एक शब्द पनि सुन्न सकेनन् । जुन उनले आफ्नै शब्दबाट प्राप्त गर्न सक्छन् । उनले सक्दो ध्यान दिएर हेर्ने कोसिस गरे, तर उनको आँखाले कुनै चिनेको अनुहार भेटेन । यसबाहेक वरिपरि जम्मा भएको भीडले उनलाई अर्थपूर्ण रूपमा हेरिरहेको थियो । मानौँ, “यो अनौठो मानिस को हो ?” त्यसपछि अचानक महसुस गरे कि यो भोज उनको लागि होइन । उनी पूर्ण अपरिचित थिए । अन्ततः उनको मनमा एक प्रकारको पीडा जन्मियो ।

चाँडै नै भीडको माथिल्लो छेउबाट एउटा ठूलो गर्जना सुने । उनले देखे कि अनगिन्ती मानिसहरू दुई लाइनमा विभाजित थिए । उनीहरू घुँडा टेकेर आँखा बन्द गरी शिर भूइँमा झुकाएका थिए । समुद्री तटको सम्पूर्ण लम्बाइमा खाली, सीधा र साँघुरो बाटो थियो । उनी त्यही एक्लो बाटोको बीचमा उभिएका थिए । त्यहाँबाट अब कता के मोडिने ? के गर्ने ? केही बुझ्न सकेनन् ।

गर्जनको आवाज आउँदै गरेको दिशातिर हेरेपछि, मुखबाट आगोको ज्वाला र नाकबाट धुवाँको बादल निकालिरहेको एउटा ठूलो साँढे देखे । ऊ बिजुली गतिमा दौडिरहेको थियो । त्यहाँ उपस्थित सबैजना डराउदै उक्त साँढेलाई हेरिरहेका थिए । उनले पनि त्यो क्रोधित साँढेलाई हेरे र दायाँ वा बायाँ गरेर भाग्न खोजे । तर भाग्ने कुनै बाटो देखिएन । अन्ततः उनलाई आफू भुइँमा गाडिएको र मृत्यु निश्चित भएको आभास भयो ।

साँढे आफ्नो नजिक आइपुगेपछि कसैले उनलाई माथि आकाशतिर उचाल्यो । तल उभिरहेको साँढेले आगो र धुवाँ झन माथि माथि फ्याँकिरहेको थियो । उनी पनि झन् माथि माथि बढ्दै गए । तर केही समयपछि महसुस गर्न थाले कि आगो र धुवाँको मुस्लो फालिरहेको साँढेले केही गर्न सक्दैन । त्यसपछि आरामले खोला तरे ।

उनले हरियो किनार हेरे । भीड अझै पहिले झैं घुँडा टेकिरहेको थियो । साँढेले आगो र धुवाँको सट्टा बाण प्रहार गरिरहेको थियो । आफू मुनिबाट बगिरहेको बाणको आवाज सुनिरहेका थिए । तिनीहरूमध्ये केही उनको लुगामा अड्किए । तैपनि उनको शरीर छुन कुनैले सकेन । अन्ततः साँढे भीड र नदीको नजरबाट गायब भयो । उनी चाहिँ उडिरहे ।

उड्दै गर्दा उजाड र घामले जलेको जमिनबाट पार भए । जहाँ जीवनको कुनै संकेत थिएन । अन्ततः एउटा अग्लो, असभ्य र उजाड पहाडको फेदमा पुगे । जहाँ घाँसको एक टुक्रा पनि थिएन । छेपारो वा कमिला पनि थिएनन् । पहाड पार गर्नु बाहेक अरु कुनै बिकल्प नभएको उनलाई महसुस भयो ।

लामो समयसम्म, माथि चढ्नको लागि सुरक्षित बाटो खोजे । तर एउटा मात्रै बाटो भेटे । जहाँ मुस्किलले टेक्न सकिन्थ्यो । जहाँ बाख्राहरू मात्र हिँड्न सक्थे । त्यही बाटो हिँड्ने निर्णय गरे ।

सय मिटर जति उकालो चढेपछि आफ्नो बायाँ तर्फ फराकिलो र समतल बाटो देखे । रोकिएर आफ्नो गोरेटो छोड्नै लागेका थिए । तर केही क्षणमै गोरेटो मानव खोला बन्यो । जसमध्ये आधा समूह परिश्रमपूर्वक माथि चढिरहेका थिए । अर्को आधा समूह अधो गतिमा ओर्लिरहेका थिए । अनगिन्ती स्त्री पुरूष माथि चढ्न संघर्ष गरिरहेका थिए । तर धेरैजसो तल झरे । जब तिनीहरू तल झर्थे, यसरी चिच्याउँथे कि ! जुन आवाजले हृदय छियाछिया पार्थ्यो ।

केही बेर त्यो अचम्मको दृश्य हेरिरहे । पछि उनको मनमा यो विचार आयो, “पहाडको शिरमा कतै एउटा ठूलो पागलखाना छ । त्यहाँ लडिरहने केही पागलहरू छन् । कहिले लडेर त कहिले अडिग भएर आफ्नो गोल घेरामाबाट अघि बढिरहन्छन् । गोल घेराबाटै माथि उकालो लागिरहन्छन् ।”

केही उचाइमा पुगेपछि मानव कोलाहल शान्त भयो । कोलाहलको एक अंश पनि बाँकी थिएन । उनी अन्ततः एक्लो पहाडमा एक्लै छोडिए । त्यहाँ बाटो देखाउने कुनै हातहरू थिएनन् । भत्किरहेको उनको साहस र द्रुत गतिमा घट्दै गरेको शक्तिलाई समर्थन गर्ने कुनै आवाज त्यहाँ थिएन । उनलाई केवल एउटा अस्पष्ट चीजको विश्वास थियो । बाटो अब गन्तव्यमा पुग्यो ।

भारी खुट्टा घिसार्दै र रगतको छाप छोड्दै उनी अघि बढे । धेरै मिहिनेतपछि नरम माटो भएको ठाउँमा पुगे । चारैतिर फैलिएको घाँसका कोमल पात देखेर उनमा खुसीको सीमा रहेन । घाँस यति नरम, माटो यस्तो मखमली, साथै वायु यति सुगन्धित र शान्त थियो कि, उनले आफ्नो शक्तिको अन्तिम भाग गुमे झैं महसुस गरे । त्यसैले हात खुट्टा खुल्ला छोडेर सुते ।

हातको स्पर्श र आवाजले उनलाई जगायो । “उठ ! शिखरहरू अगाडि छन् । शिखरको वसन्त तिमीलाई पर्खिरहेको छ ।”

त्यो हात र आवाज स्वर्गको परी झैं सुन्दर युवतीको थियो । जसले निकै चम्किलो र सेतो लुगा लगाएकी थिई ।

युवतीले बिस्तारै उनको हात आफ्नो हातमा लिई । उनी पनि नयाँ उर्जा र उत्साहका साथ उठे । उनले वास्तविक शिखर देखे । साँच्चै वसन्तको गन्धले छोयो । तर पहिलो पाइला चाल्ने बित्तिकै उनी ब्यूँझिए । उनको सपना टुट्यो ।

मिकायन यस्तो सपनाबाट ब्यूँझन्छन् । चार साधारण पर्खालले घेरिएको साधारण ओछ्यानमा सुतेको देख्छन् । तर उनको आँखाको नानीमा त्यो युवतीको तस्बिर चम्किरहेको छ । त्यो चुचुरोको सुगन्धित वायु अझै हृदयमा बगिरहेको छ । अब मिकायन के गर्लान ?

मिकायन : (अकस्मात गहिरो चोट लाग्यो) तर त्यो सपना देख्ने मै हुँ । त्यो सपना मेरो मात्र हो । मैले त्यो युवती र शिखरको एक झलक मात्र देखेको छु । त्यो सपनाले मलाई बेलाबेला सताइरहेको छ । अलिकति पनि शान्ति दिएको छैन । जसले मलाई आफैँसँग अपरिचित बनायो । जस कारण मिकायनले अब मिकायनलाई चिन्दैन ।

तिमीलाई बेथरमा लगिएको केही समयपछि यो सपना देखेको थिएँ । यसको यति विस्तृत विवरण कसरी दिएका छौ ? तिमी कस्तो मान्छे हँ ? मान्छेका सपना पनि तिम्रा लागि खुला किताब हो ?

आहा ! त्यो शिखरको स्वतन्त्रता ! त्यो युवतीको सुन्दरता ! तिनीहरूको तुलनामा अरू सबै कति नगण्य छन् । मलाई मेरो आफ्नै आत्माले तिनीहरूको खातिर छोडेको थियो । जुन दिन तिमीलाई बेथरबाट आउँदै गरेको देखेँ, त्यही दिन मेरो आत्मा फर्कियो । मैले आफूलाई शान्त र ऊर्जावान पाएँ । तैपनि यो अनुभूतिले अब मलाई त्यागेको छ । नदेखिने धागोहरूले फेरि एक पटक टाढा तानिरहेका छन् ।

ओ मोरो महान गुरु ! मलाई बचाऊ । यस्तो अद्भूत दृश्यको एक झलकको लागि फेरि मर्छु ।

मिर्दाद: तिमीलाई थाहा छैन कि, तिमी के सोध्दै छौ ? मिकायन ! के तिमीले आफ्नो मुक्तिदाताबाट मुक्ति पाउँछौ ?

मिकायन: आफूमा अतुलनिय खुसी छु । तर संसारमा चाहिँ घरबारविहीन हुनुको यो असहनीय यातनाबाट मुक्त हुन चाहन्छु । त्यो युवतीलाई त्यही शिखरमा भेट्न चाहन्छु ।

मिर्दाद: खुसी होऊ । तिम्रो हृदयलाई अतितले समातेको छ । अटल आश्वासन यो हो कि तिमीले आफ्नो देश र घर अवश्य पाउनेछौ । युवतीलाई त्यो शिखरमा अवश्य भेट्नेछौ ।

अविमार: कृपया हामीलाई यो ‘अतित’ बारे थप बताऊ । कुन संकेतहरूद्वारा हामी यसलाई चिन्न सक्छौँ ?

 

अध्याय ३१: महा वियोग

मिर्दाद: घरको लागि महान वियोग कुहिरो जस्तै हो । जसरी समुद्र र पृथ्वीबाट उठेको कुहिरोले समुद्र र जमिनलाई कसैले देख्न नसक्ने गरी ढाकेको हुन्छ, त्यसैगरी हृदयबाट उठेको ठूलो वियोगले हृदयलाई यसरी ढाकेको हुन्छ कि, अरू कुनै भावना भित्र पस्न सक्दैन ।

जसरी कुहिरोले प्रष्ट देखिने यथार्थलाई आँखाबाट लुकाएर एकमात्र यथार्थ बनाउछ, त्यसरी नै मनका अन्य भावनाहरूलाई दबाएर यो वियोग आफैँ प्रबल भावना बन्न पुग्छ । वियोग कुहिरोजस्तै निराकार, लक्ष्यहीन र अन्धो देखिने भएतापनि कुहिरो जस्तै यो अनन्त अज्ञात आकारहरूले भरिएको छ । यसको दृष्टि स्पष्ट छ । यसको लक्ष्य निश्चित छ ।

यो महा वियोग ज्वरो जस्तै हो । जसरी शरीरमा लागेको ज्वरोले शरीरको विष सेवन गरी जीवन शक्तिलाई क्रमशः कमजोर बनाइदिन्छ, त्यसैगरी भित्री लालसाबाट उत्पन्न भएको यो वियोगले मनको मलिनता र मनमा जम्मा भएको हरेक अनावश्यक विचारलाई नष्ट गरिदिन्छ ।

यो विभाजित चोर जस्तै हो । जसरी चोरले लुकेर आफ्नो पिडितको बोझ हलुका तर धेरै दुःखी बनाइदिन्छ, त्यसैगरी यो वियोगले मनको सबै बोझ लुकाएर लैजान्छ । तर यसो गर्दा उसलाई धेरै दुःखी बनाउँछ । अभावको बोझले दबाउँछ ।

बोझ फराकिलो र हरियाली किनार हो । जहाँ पुरुष र नारीहरू नाच्दै, गाउँदै, परिश्रम गर्दै र रुँदै आफ्नो क्षणभरका दिनहरू बिताउँछन् । तर डरलाग्दो त यो छ कि, आगो र धुवाँ फुक्ने साँढे, जसले तिनीहरूको खुट्टा बाँध्छ । तिनीहरूलाई घुँडा टेकाउछ । तिनीहरूका गीत तिनीहरूकै घाँटीमा अड्कार्काइदिन्छ । तिनीहरूको सुन्निएको आँखाका नानीहरू आफ्नै आँसुले टाँसिदिन्छ ।

बोझ चौडा र गहिरो नदी हो । जसले तिनीहरूलाई अर्को किनारबाट अलग गर्दछ । अनि तिनीहरूले पौडी खेलेर डुङ्गालाई डुङ्गा वा पालहरू चढाएर नदी पार गर्न सक्दैनन् । तिनीहरूमध्ये धेरै कम मानिसहरूले यसको बारेमा सोच्ने साहस गर्छन् । तर सबैजना, लगभग सबैजना, आफ्नो पीडाको कुनामा टाँसिएर रहन्छन् । जहाँ सबैले आफ्नो समयको सुन्दर चक्रलाई धकेलिरहेका हुन्छन् ।

महा वियोगीसँग धकेल्न मनपर्ने पाङ्ग्रा छैन । तनावपूर्ण व्यस्तता र समयको अभावले सताएको यो संसारमा उसको काम वा व्यवसाय छैन । उसलाई कुनै हतार छैन । पहिरन, बोली र आचरणमा यति सभ्य मानव जातिको बीचमा उसले आफूलाई वस्त्रहीन, अडिग र अनादी पाउँछ । न त हाँस्नेहरूसँग हाँस्न सक्छ । न त रुनेहरूसँग रुन सक्छ । उसले भोजनको मजा त लिन्छ । तर स्वाद अनुसारको भोजन लिँदैन । जे पिउछ त्यो नै उसको लागि उत्तम हुन्छ ।

अरूहरू मिलनसार छन्, वा जीवनसाथी खोज्न व्यस्त छन् । तर ऊ एक्लै हिँड्छ । एक्लै सुत्छ । एक्लै सपना देख्छ । मानिसहरू सांसारिक ज्ञान र समझको हिसाबले धेरै धनी छन् । ऊ उस्तै धुर्त र मुर्ख मान्छे हो । अरूसँग रमाइलो ठाउँहरू छन् जसलाई तिनीहरू घर भन्छन् । ऊ घरबारविहीन छ । अरूसँग केही विशेष भूमि छ जसलाई तिनीहरूले आफ्नो देश भन्छन् र ठूलो स्वरमा भूमिको महिमा गाउछन् । ऊ मात्र एक्लो छ । जससँग कुनै देश छैन । जसको उसले न महिमा गाउन सक्छ न त जसलाई उसले आफ्नो देश भन्न सक्छ । किनभने उसको अन्तरदृष्टि अर्को किनारतिर छ ।

महा वियोगी त्यो हो । जो पूर्ण चेतना देखिने यस संसारमा सुत्छ । ऊ एउटा सपनाद्वारा जुन ऊ वरपरका मानिसहरूले देख्न वा महसुस गर्न सक्दैनन् । त्यसैले तिनीहरूले उसको अनादर गर्छन् र चुपचाप उसको खिल्ली उडाउँछन् । तर जब डरको देवता आगो र धुवाँ डकार्ने साँढे घटनास्थलमा देखा पर्दछ, तब तिनीहरूलाई धूलो निल्न लगाइन्छ । जबकि जसलाई तिनीहरूले तुच्छ भनी गिल्ला गरे, तिनीहरूलाई घुँडा टेकाएर काँध थाप्न लगाइन्छ । उनीहरूको काँधमाथि आगो र धुवाँ ओकल्ने साँढे चढ्छ । साँढे विश्वासको पखेटामा ती हेपिएकाहरूलाई लिएर धेरै टाढा, अर्को किनारतिर लाग्छ । एउटा असह्य पहाडको फेदभन्दा निकै टाढा ।

उजाड र निराधार त्यो भूमि हो, जसमाथि निन्द्रा उड्छ । तर विश्वासको पखेटामा जसको बल हुन्छ । त्यहाँ मान्छे उडिरहन्छ ।

उदास, वनस्पतिविहीन र अत्यन्त डरलाग्दो छ त्यो पहाड । जसको खुट्टामा ऊ ओर्लन्छ । तर विश्वासको हृदय अजेय हुन्छ । त्यो व्यक्तिको हृदय साहसपूर्वक धड्कन जारी छ ।

पहाडमा जाने बाटो चिप्लो र हिँड्न गाह्रो छ । तर विश्वासका हातहरू रेशमजस्तै नरम हुन्छन् । खुट्टा स्थिर हुन्छन् । आँखा तीखा हुन्छन् । र त मानिस आफ्नो गन्तव्यमा चढिरहन्छ ।

बाटोमा उनी समतल, फराकिलो बाटो भएर पहाड चढ्ने पुरुष र महिला भेट्छन् । तिनीहरू अदूरदर्शी पुरुष र महिलाहरू हुन् । जो शीर्षमा पुग्ने तीव्र इच्छा राख्छन्, तर लङ्गडा र अन्धा मार्गदर्शकको साथ । किनकि आँखाले देख्न सक्ने, कानले सुन्न सक्ने, हातले छुन सक्ने, नाक र जिब्रोले सुँघ्न र स्वाद लिन सक्ने कुराहरूमा विश्वास गर्नु नै तिनीहरूको मार्गदर्शन हो । तिनीहरूमध्ये केही पहाडको खुट्टा माथि चढ्न सक्दैनन् । कोही उसको घुँडामा पुग्छन् । कोही कम्मर सम्म । कम्मर सम्म पनि धेरै थोरै । तर त्यो सुन्दर चुचुरोको एक झलक पनि नदेखेर तिनीहरू सबै आफ्नो मार्गदर्शकसँगै पहाडमा ओर्लिए ।

के आँखाले हेर्न लायक सबै देख्न सक्छ ? र कानले सुन्न लायकको सबै कुरा सुन्न सक्छ ? के हातले छुन सक्ने सबै छुन सक्छ ? नाकले सुगन्धित सबै गन्ध लिन सक्छ ? के जिब्रोले चाख्न लायकको सबै स्वाद लिन सक्छ ? दैवी कल्पनाबाट उत्पन्न भएको आस्था उनीहरूलाई मद्दत गर्न अगाडि आउँदा मात्र इन्द्रियहरूले वास्तवमा अनुभव गर्नेछन् । र अन्ततः यसरी शिखरमा पुग्ने पाइलाहरू बन्नेछन् ।

विश्वास बिनाको इन्द्रियहरू अत्यन्त अविश्वसनीय मार्गदर्शक हुन् । तिनीहरूको बाटो सादा र फराकिलो जस्तो लागे पनि, त्यहाँ अनगिन्ती लुकेका पासो र अज्ञात खतराहरू छन् । स्वतन्त्रताको शिखरमा पुग्नको लागि यो बाटो लिनेहरू या त बाटोमै मर्छन्, वा चिप्लिएर जहाँबाट शुरू गरेका थिए त्यहीँ फर्किन्छन् । त्यहाँ तिनीहरूले आफ्नो भाँचिएको हड्डी मर्मत गर्छन् । आफ्नो खुला घाउ सिल्याउँछन् ।

अल्प वियोगी ती हुन्, जसले आफ्नो इन्द्रियले संसार सृजना गर्छन् । तर चाँडै यसलाई सानो र निसास्सिदो देख्छन् । त्यसैले तिनीहरू ठूलो र अधिक हावायुक्त घरको लागि कामना गर्न थाल्छन् । तर नयाँ निर्माण सामाग्री र नयाँ दक्ष मिस्त्री खोज्नुको सट्टा पुरानो निर्माण सामाग्री सङ्कलन गरी ठुलो घर बनाउनको लागि सोही राजमित्रलाई सुम्पन्छन् । नयाँ घर पनि बन्नेबित्तिकै पुरानो घरजस्तै सानो र निसास्सिदो देखिन थाल्छ । यसरी उनीहरू भत्काउन र निर्माण गर्नमा व्यस्त रहन्छन् । जुन घरमा सुख र स्वतन्त्रताको चाहना राख्छन्, त्यो घर कहिल्यै बनाउन सक्दैनन् । किनभने धोकाबाट बच्न उनीहरू जसबाट धोका पाएका छन् त्यसैको सहारा लिन्छन् । जसरी माछा भाँडोबाट हाम फालेर भट्टीमा खस्छ, त्यसैगरी सानो मृगजलाबाट भाग्दा ठूलो मृगतृष्णाले उनीहरूलाई आफूतिर आकर्षित गर्छ ।

महा वियोगी र अल्प वियोगी जनताका बीचमा वियोगको अनुभूति नगर्ने ठूलो समूह छ । खरायो जस्तै, तिनीहरू पनि आफ्नै लागि खाल्डो खनेर त्यहाँ बस्न, बच्चा जन्माउन र मर्न सन्तुष्ट हुन्छन् । तिनीहरूले आफ्नो द्वारहरू धेरै सुन्दर, फराकिलो र आरामदायक पाउँछन् । जुन उनीहरू शाही दरबारीय शोभाको लागि पनि साट्न तयार छैनन् । तिनीहरू सुत्नेहरूको मजाक गर्छन् । विशेष गरी तिनीहरू जो पृथक बाटोमा हिंड्छन्, जहाँ खुट्टाको छापहरू दुर्लभ हुन्छन् र छुट्याउन गाह्रो हुन्छ ।

आफ्ना सहमानवहरूमा महा वियोगी कुखुराले पालेको गरुडजस्तै छन् । जो आफ्नो चल्लासहित आफ्नो पिंजडामा थुनिएका छन् । तिनका भाइ, चल्ला र आमा कुखुराहरू उस्तै स्वभाव र बानी भएकाहरू झैं बाँच्न चाहन्छन् । ऊ चाहान्छ कि चल्लाहरू ऊ जस्तै होस् । अझ खुला हावा र अनन्त आकाशको सपना देख्नेहरूलाई पनि आफू जस्तै होस् भन्ने चाहन्छ । तर उसले चाँडै आफूलाई तिनीहरूका बीचमा अपरिचित र अछूत भेट्टाउँछ । तिनीहरू सबैले उसलाई र उसको आमालाई समेत प्रहार गर्छन् । तैपनि उसले आफ्नो रगतमा चुचुराहरूको पुकार धेरै चर्को स्वरमा सुन्छ । घेराको दुर्गन्धले उसको नाकलाई नराम्ररी डसाउँछ । तैपनि उसले आफ्ना पखेटाहरू पूर्ण रूपमा नफर्केसम्म चुपचाप सबै कुरा सहेर बस्छ । त्यसपछि बिस्तारै हावालाई निमन्त्रणा दिन्छ । आफ्ना पुराना साथीभाइ तथा आमालाई प्रेमील बिछोडको नजरले हेर्छ । जो अन्न र कीराहरूका लागि माटो खन्याउँदा खुसीसाथ गनगन गर्छन् ।

खुशी मनाऊ मिकायन ! तिम्रो सपना गुरुको सपना हो । महा वीरहीले तिम्रो संसारलाई सानो बनाएका छन् । त्यस संसारलाई अपरिचित बनाएका छन् । उनले तिम्रो कल्पनालाई अनियन्त्रित इन्द्रियहरूको पकडबाट मुक्त गरेका छन् । स्वतन्त्र कल्पनाले तिमीमा आत्मविश्वास जगाएको छ ।

र विश्वासले तिमीलाई दुर्गन्धित र निसास्सिदो संसारबाट माथि उचाल्नेछ । उजाड खाडलहरू पार गरी सुगन्धित पहाडमा लैजान्छ । जहाँको शुद्ध र विजयी विश्वासले तिमीलाई सधैं हरियो शिखरको सीमानामा लैजान्छ । दिव्य ज्ञानको हातमा राख्छ । आफ्नो काम पूरा गरिसकेपछि विश्वास पछि हट्नेछ । ईश्वरीय ज्ञानले तिम्रा पाइलाहरूलाई अव्यक्त स्वतन्त्रताको शिखरमा डोर्‍याउनेछ । जुन ईश्वर र आत्म-विजय गर्ने मानिसको साँचो र असीमित निवास हो ।

सही जवाफ मिकायन ! तिमीहरू सबै अग्लो चुचुरोमा उभिनू । मेरा साथीहरू हो ! त्यो चुचुरोमा एक क्षण सम्म उभिने सुअवसर पाउनको लागि जतिसुकै पीडा भोग्नुपर्छ । त्यो खासै भयानक हुँदैन । तर त्यो शिखरमा स्थायी बसोबास गर्न अनन्त समय लागे पनि कम हुन्छ ।

हिम्बल: क्षणिक भए पनि, एक झलक मात्रै भए पनि, अहिले हामीलाई आफ्नो शिखरमा लैजान मिल्दैन ?

मिर्दाद: हतार नगर हिम्बल ! आफ्नो समय पर्ख । जहाँ म सजिलै सास फेर्छु, त्यहाँ तिमी निसास्सिन सक्छौ । जहाँ म आनन्दले हिँड्छु, त्यहाँ तिमीलाई ठेस लाग्न सक्छ । विश्वासको डोरी समात । विश्वासले महान् र अचम्मको काम गर्नेछ ।

यो नोआको लागि मेरो उपदेश थियो ।

यो तिमीलाई मेरो शिक्षा हो ।