भारतले हालसालै चर्चित लेखक,अभियन्ता नर्मदा बचाउ अभियानकर्मी अरुन्धती रायलाई गैरकानुनी गतिविधि रोकथाम अधिनियमअन्तर्गत मुद्दा दर्ता गरेको छ । यो खबरले लेखक अरुन्धती रायका पाठकहरूलाई अचम्मित पनि बनाएको छ । उनलाई सन् २०१० सालमा “कश्मीर”लाई लिएर दिएको बयानसँग सम्बन्धित गरेर मुद्दा दर्ता गरिएको हो ।

यस्तै खबरका बीच अर्को खबर पनि हामी पढिरहेका छौं । लेखक अरुन्धती रायलाई सन् २०२४को पेन पिन्टर अवार्ड प्राप्त भएको छ,लेखक अरुन्धती रायले १४ वर्ष पहिले कश्मीरको विषयमा गरेको टिप्पणीलाई लिएर मुद्दा चलाउने धम्कीको सामना गरिरहेकी छन् । सन् २००९मा च्यारिटी इङ्ग्लिस पेनद्वारा स्थापित यो पुरस्कार नोबेल पुरस्कार विजेता नाटककार हेराल्ड पिन्टरको सम्झनामा साहित्यको उत्सव मनाइने गरि स्थापना गरिएको हो ।

अरून्धती रोय

अरुन्धती आफूले पेन पिन्टर पुरस्कार स्वीकार गरेर खुसी ब्यक्त गरिन्। उनले भनिन्, मलाई लाग्छ कि हेरोल्ड पिन्टर आज हामीबीच हुन्थे भने दुनियाको विषयमा वास्तविकतालाई बुझेर लेख्थे होलान् तर यिनी हामीमाझ छैनन् । त्यसैले हामीले पिन्टर जस्ता व्यक्तिको स्थान लिने कोशिश गर्नुपर्दछ ।

अरुन्धती रायलाई १० अक्टोबरमा ब्रिटिश लाइब्रेरीद्वारा सहआयोजित एक समारोहमा पुरस्कार प्रदान गरिनेछ । जहाँ अरुन्धती रायले आफ्नो मन्तव्य पनि व्यक्त गर्नेछिन् ।

२१ अक्टुबर २०१० मा दिल्लीको एलटिजी अडिटोरियममा “आजादी द वन्ली वे” प्रेस कन्फरेन्समा अरुन्धतीले “कश्मीर भारतको अभिन्न हिस्सा थिएन । यसमाथि सशस्त्र बलले जबर्जस्ती कब्जा गरेको हो भन्ने विचार नै उनलाई मुद्दा दर्ता गराउने कारण बनेको थियो ।

अरुन्धती राय तथा कश्मीर केन्द्रीय विश्व विद्यालयका पूर्व प्रोफेसर शेख शौकत हुसैनलाई पनि मुद्दा दर्ता गरिएको थियो । घृणा फैलाउने उपर चालिने मुद्धा अन्तर्गत यो कदम चालिएको बताईदैछ । यो केश २९ नोभेम्बर २०१० मा नै एफ आई आर दर्ता भईसकेको थियो । सैयद अली शाह गिलानी,एसएआर गिलानी तथा माओवादी समर्थक बरबर राव उक्त कार्यक्रममा सम्मिलित थिए । आरोपी कश्मिरी अलगाववादी नेता सैयद अली शाह गिलानी तथा दिल्ली विश्वविद्यालयका लेक्चरर सैयद अब्दुल रहमान गिलानी दुबैजनाको कार्यवाहीको दौरान मृत्यु भईसकेको छ ।
अरुन्धतीको विचारको विरोध गर्ने मध्ये दिल्लीका एक पेन्टरले अरुन्धतीलाई माओ,ओसामा विन साथै राखेर उनको न्युड फोटो पनि बनाएको चर्चा चलेको थियो २०११÷१२ तिर । ती कलाकारको मान्यता थियो कि अरुन्धतीको विचार ती माओ र ओसामाको जस्तै नै छ । उनको अनुसार अरुन्धती रायद्धारा नक्सली आन्दोलन र कश्मिरी अलगाववादीलाई समर्थन गरेको आधारमा यस प्रकारले विरोध गरेका हुन् । एक कलाकारले अर्को सृजनाकर्मीलाई विरोध गर्ने शैली पनि अचम्मको हुने रहेछ ।
को हुन अरुन्धती राय ?

अरुन्धती रायको जन्म २४ नोभेम्बर १९६१ मा भारतको मेघालय, सिलोङ्गमा भएको थियो । यिनकी आमा सिरियन क्रिश्चियन परिवार केरलकी थिईन भने बाबु हिन्दु बंगाली थिए । यिनको क्रिश्चियन नाम सुजाना अरुन्धति राय थियो भने पछि गएर उनले यो नाम त्यगिदिईन् । अरुन्धतीकी आमा एक सामाजिक अभियन्ता थिईन् । अरुन्धती २ वर्षको हुँदा यिनको आमा बाबु अलग भएका थिए । त्यसपछि अरुन्धती केरलमा आएर त्यही आफ्नो बाल्यकाल विताईन् । केरलमा उनले “कार्पस क्रिस्टी” स्कूलबाट विद्यालय शिक्षा पूरा गरेर दिल्लीबाट आर्किटेक्टको पढाई पूरा गरिन् । अरुन्धती रायले १६ वर्षको उमेरमा आफ्नो घर छोडेकी थिईन् । उनले खाली बोतल बेचेर आफ्नो विद्यालयको खर्च उठाएकी थिईन् ।
अरुन्धती रायका अंग्रेजी भाषाका कृतिहरु प्रसिद्ध भएका छन् । उनका लेखन तथा सामाजिक कार्यको लागि कतिपय ठूला पुरस्कारहरु पनि जितेकी छन् ।
करियरको शुरुआती दिनमा अरुन्धतीले अभिनय पनि गरिन् । “मैसी साहव” नामक फिल्ममा उनलाई आदिवासी युवतीको भूमिका दिर्ईएको थियो । यो फिल्मले विभिन्न पुरस्कारहरु पनि प्राप्त गर्यो । अरुन्धतीले कयौं फिल्मको लागि पटकथा पनि लेखिन् । अरुन्धतीको लेखनमा परिवार,माता,पिताको गहिरो असर देख्न सकिन्छ । उनको पुस्तकमा उनको बाल्यकालका घटनाको पनि उल्लेख गरिएको पाईन्छ । टेलिभिजन सिरियल “द बनियान ट्रि” तथा डकुमेन्ट्री “डयाम÷ एज” अ फिल्म विथ अरुन्धती राय सन् २००२ मा प्रसारित भएका थिए ।
“द गड अफ स्मल थिङ्गस”कृतिको लागि बुकर पुरस्कार प्राप्त अरुन्धती राय लेखनका अलावा “नर्मदा बचाओ” आन्दोलन समेत भारतका अन्य आन्दोलनमा पनि सरिक छन् । “न्यायका गणित” “द डक्टर एण्ड द सेन्ट” जस्ता पुस्तक चर्चित छन् । “गड अफ स्मल थिङ्गस”को लागि उनलाई बुकर पुरस्कार प्राप्त गरेकी थिईन् । “द मिनिस्ट्रिी अफ अटमोस्ट हयापिनेस” आदिवासी समुदाय,विश्वको मानव संस्कृति, विविधता र उनीहरुको अस्तित्वका चुनौतीको विषयमा लेखिएको थियो । यो पुस्तकको रोयल्टी आदिवासी अधिकारमा कार्यरत संस्थालाई हस्तान्तरण गर्ने निर्णय गरिएको थियो ।
अरुन्धतीले समसामयिक राजनीति र संस्कृतिको विषयमा सयौं निबन्धहरु लेखेकी छन्। उनको कृति “आजादी”को फ्रेन्च अनुवादले ४५औं युरोपियन निवन्ध अन्तर्गत लाईफटाईम अचिभमेन्ट पुरस्कार पाएको थियो ।

अरुन्धती रायको आवाज
अमेरिकी साम्राज्यवाद देखि लिएर परमाणु हतियारको होड,नर्मदा बाँध निर्माण लगायतका स्थानीय अन्तरर्राष्ट्रिय मुद्धाको विरुद्ध आवाज बुलन्द गर्दै आईरहेकी छिन् । अब उनले प्रस्तुत गरेको बिचारमा भारतमा हिंसारहित तथा नागरिक अवज्ञा आन्दोलनले केही पनि काम बनिरहेको छैन् । अरुन्धती स्वीकार गर्छिन कि उनी गान्धीको अन्धभक्त होइनन् । उनकै अनुसार आखिर गान्धी एक सुपरस्टार थिए । जब उनी भोक हड्ताल गर्थे तब उनी भोक हड्तालमा बसेका सुपरस्टार थिए । तर म सुपरस्टार राजनीतिमा विश्वास गर्दिन् । यदि कोही झोपडीको जनता भोक हड्ताल गर्छन भने कसैले पनि उसको पर्वाह गर्दैनन् ।
अरुन्धतीलाई लाग्छ कि बजारवादको प्रवाहमा हिडिरहेको भारतमा विरोधका स्वरहरुलाई अनसुना गरिईराखिएको छ । उनी भन्छिन म बुझ्छु कि हाम्रो लागि यो विचार गर्नु महत्वपूर्ण छ कि हामी कहाँ सही छौं र कहाँ गलत । न्यायपालिकाको अवहेलना गरेको आरोपमा छोटो कैद पनि काटिसकेकी अरुन्धती रायको स्पष्ट भनाई छ उनी हतियार उठाउने व्यक्तिको निन्दा गर्दिनन् । उनले “रायटर्स”लाई दिएको अन्तरवार्तामा भनेकी छन “प्रत्येकले विरोध स्वरुप हतियार नै उठाउनुपर्छ भनेर म भन्दिन किनकि म आफैं हतियार उठाउन तयार छैन् । तर साथसाथै म ती व्यक्तिहरुको निन्दा पनि गर्दिन जसले प्रभावित भएको कारण दोश्रो तरिका अप्नाइरहेका छन् ।”
आफ्नो विचारलाई लिएर “गार्डियन”लाई दिएको अन्तरवार्तामा अझ प्रष्ट गरेकी छन् । “मेरो लागि कसैलाई हिंसालाई लिएर उपदेश दिनु अनैतिक हुन सक्छ । जब म घिनलाग्दो हिंसाबाट सुरक्षित छु ।”म निष्चय पनि ईराकी, काश्मिरी, या प्यालेष्टिनीलाई यो भन्न सक्दिन कि उनीहरुले सामूहिक भोक हड्ताल गरे भने उनीहरुमाथिको शैन्य कब्जाबाट मुक्ति मिल्नेछ भनेर । मैले यस्ता खालका नागरिक अवज्ञा आन्दोलन सफल भईरहेको देखिरहेको छैन् । अरुन्धतीलाई सत्ताले अहिंस्रक आन्दोलनप्रति गरेको नजर अन्दाजको छनक या अनुभव नर्मदा बचाउ आन्दोलनसंग जोडिएपछि भयो । उनको मान्यता छ कि नर्मदा आन्दोलन एक गान्धीवादी आन्दोलन हो जसले वर्षौसम्म हर लोकतान्त्रिक संस्थानमा आवाज उठायो । यससंग जोडिएका कार्यकर्ताहरुलाई हमेसा अपमानित हुनुपर्यो । कुनै पनि बाँधलाई रोकिएन उल्टै बाँध निर्माण क्षेत्रमा तिब्रता आयो ।
आदिवासी जनजाती, प्राकृतिक श्रोत,तथा विभिन्न सिमान्तीकृत समुदायको मुद्धामा आफ्नो उनीहरूप्रतिको समर्थन र आवाज लेखनमार्फत गर्दै आएकी लेखक अरुन्धती रायको आगामी विचार र पुस्तक पढ्न पाईयोस् । आफ्नो विचार प्रवाह गरेकै आधारमा उनले भारत जस्तो लोकतान्त्रिक मानिएको देशमा कुनै समस्याहरु झेल्न नपरोस । यही अपेक्षा छ ।

स्रोतः विभिन्न अनलाइन पत्रिकाहरू