पोस्टरकविताले छोटो कविता छाप्नेछ !

पोस्टर कविताले थोरै समयमा पाठकहरूबाट राम्रो प्रतिक्रियाहरू पाइराखेको छ । नयाँ समयले नयाँ अनतर्वस्तु र सँधै नयाँ शैलीको माग गर्छ । साहित्यमा पनि यस्ता नयाँ प्रयोग र सोचले पुरानो बाटोलाई नै आधार बनाएर नयाँ बाटो बनाउँछ । वरिष्ठ साहित्यकार कृष्ण धाराबासीले एउटा लेखमा भनेका छन् – “ प्रयोग भनेका बालुवामा टेकेका पाइलाका छापहरू जस्तै हो कुनै लामो समयसम्म रहला त कुनै तत्कालै मेटिएला । सर्जकले हरबखत आफ्नो सृजना मार्फत पाठकसम्म आफ्नो अभिव्यक्ति सम्प्रेषण गर्न चाहेको हुन्छ । पाठकले दिक्क नमानी आफ्ना रचनाहरू पढुन् । भन्ने चाह पनि लेखकले राखेको हुन्छ । ”
कविता विदामा कलम चलाउनेहरू धेरै छन् तर सबैको कविता पाठकले पढदैनन् कवितालाई चाहिने बिम्ब प्रतिकको प्रयोगमा विचार र कलात्मक सन्तुलन बनाएर लेखिएका लामा छोटा कविताहरूले पाठकलाई आकार्षित गरी रहेको छ र रूचाएर पाठकले पढिरहेका छन् ।
कविता विधामा यसरी कवितालाई मुक्तक, हाइकु गजल रूबाई शेर बिम्ब कविता, पिरामिड जस्ता नौलो प्रयोगमा पनि लेखिँदै आइराखेको छ । केही नियमभित्र रहेर लेखिँदा यी कविताहरूको सौन्दर्यले धेरै पाठकहरूको मन जितेको छ ।

यस्ता अनेकेन छोटा कविताहरूलाई पोस्टरकवितामा हामीले छाप्दै आएका छौँ ।

साहित्य भनेपछि नाक खुम्च्याउने कविता कहिले नपढ़ने असाधरण पाठकहरूले समेत यस्ता कविताहरू पढ़ेपछि चासो देखाइरहेका छन् । आफु बोल्ने भाषा कला संस्कृतिप्रति आफ्नो चासो राखुन भन्ने उद्देश्यमा पोस्टरकविता अभियान थालिएको हो । कविलाई छोटो कविता लेख्नलाई प्रेरित पनि गर्न चाहेको हो ।

यहाँहरूको माया सुझाव प्रतिक्रियाको अपेक्षासहित।
रवि रोदन

 

प्रस्तुत छ पोस्टर कविताः

 

कविता पठाउनको लागि

कविहरूले आफ्ना छोटा कविता युनिकोड फन्टको प्रयोग गरेर , आफ्नो फोटो र संक्षिप्त परिचय ravirodan88@gmail.com मा पठाइदिनुहुन विनम्र निवेदन गर्दछौँ ।