भारतीय अभिनेता नसिरूद्दिन शाह र रसिका दुगल अभिनित द ब्रोकन टेबल एउटा रोचक फिल्म हो । यो छोटो फिल्म अस्कर अवार्डका लागि पठाइएको पनि थियो । केहीले यो फिल्मले लामो सूचीमा ठाउँ पाएको दाबी पनि गर्छन् ।

यो एउटा वृद्ध वकिल र उसलाई रेखदेख गर्ने एक जना महिलामाथि बनाइएको छोटो फिल्म हो । यो फिल्म भने अघिल्लो जस्तो सिकारूहरूले बनाएको फिल्मजस्तो पक्कै पनि छैन । यसमा जुन किसिमले कथा अघि बढ्छ, जुन मनोभावलाई पक्डनु पर्ने हो, ठ्याक्कै पक्डन्छ ।

यसको कथा सुनाउनुभन्दा पनि यो हेर्न नै तपाईंलाई मज्जा आउने छ ।