एक साँझ म लक्ष्मी खतिवडासँग छु ।

उनकै घरमाथि एकान्तमा उनी र ममात्रै छौँ । २०४४ सालदेखिका साथी ।

एकातिर उनी छिन् । एकातिर म छु । बिचमा रेकर्डर छ ।

उनीसँग भेट नभएको, यसरी छेउमै नबसेको लामो समय भइसकेको थियो ।

आज संयोग जुरेको छ ।

माया लाग्छ मलाई लक्ष्मीको । उनका धेरै कुराहरू मन पर्छन् । केही कुराहरूमा आलोचनात्मक समर्थन छ । केही कुराहरू पटक्कै मन पर्दैनन् ।

बीचमा मसँग अनन्त जिज्ञासाहरू छन् ।

 

‘पहिलो कुरा म राजनीति गरिरहेकी छु भन्ने कुरा नै मान्न तयार छैन,’ उनले भनिन्, ‘मैले गरेको चिज आजसम्म राजनीति भइसकेको छैन ।’

सुरुमा कवि हुन मन बनाएकी एउटी केटी आज त्यो भावनाबाट कोसौँ टाढा पुगिसकेको देख्छु ।

‘तिमी त हिजोआज राजनीति गर्छु भन्दै हिँडिरहेको सुन्छु ।  कस्तो खालको राजनीति गर्दैछौ तिमी ?’

सुरुमा मैले यस्तै सोधेँ ।

जबाफमा मतिर हेरेर मुसुक्क हाँसिन् ।

‘पहिलो कुरा म राजनीति गरिरहेकी छु भन्ने कुरा नै मान्न तयार छैन,’ उनले भनिन्, ‘मैले गरेको चिज आजसम्म राजनीति भइसकेको छैन ।’

जबाफ मैले आधा बुझेँ, आधा बुझिनँ ।

त्यसपछि सुरु भयो आधा औपचारिक, आधा अनौपचारिक कुराकानीको सिलसिला ।

उनी भन्दै गइन् । म सुन्दै गएँ ।

‘राजनीतिको कुरा गर्ने हो भने बिपीले गर्नुभयो राजनीति । किसुनजीले गर्नुभयो । गणेशमानजीले गर्नुभयो । अलिअलि गिरिजाबाबुले पनि गर्नुभयो होला । बाँकी बचेखुचेको सुशील दाइले गर्नुभयो । आजको पार्टी नेतृत्व त राजनीति गर्दै छैन । म एउटा बबुरो, एउटा सामान्य कार्यकर्ता नाथुले राजनीति गर्छु भन्नु मेरो आफ्नो भाषामा भन्दा समसामयिक हो, उपयुक्त हो जस्तो लाग्दैन ।’

सायद यही कुरा नबुझ्नाले देश सङ्क्रमणकालबाट गुज्रिरहेको छ ?

‘यो सङ्क्रमणकालमा तपाई देशप्रति, आफ्नो समुदायप्रति, आफ्नो समाजप्रति तपाई जिम्मेबार नहुने, म नहुने, अर्को नहुने हुँदै गर्दा सिङ्गो जमाज, सिङ्गो राष्ट्र गैरजिम्मेबारीको बाटोमा उन्मुख भएको मेरो अनुभूति छ । र, मैले सबै थोक म थेग्न सक्छु, मैले गर्न सक्छु भन्ने मेरो धारणा रहेन । म जत्तिको चेतना भाको, लड्न–भिड्न सक्ने क्षमता भाको मान्छे पनि चुप लागेर बस्यो भने अथवा पलायन भयो भने अथवा अवसरको मात्र खोजीमा गयो भने के हुन्छ तपाईलाई थाहा छ । देशको अवस्थाको बारेमा राति बिछ्यौनमा निदाउनुअगाडिको स्वैर–कल्पनामा चाहिँ देशलाई उन्नत बनाउँछु, देशलाई एउटा दिशा दिन्छु, देशलाई विकासको अग्रगमनमा लैजान्छु अथवा देशलाई सम्पन्नताको यात्रामा लिएर जान्छु भन्ने कुरा गर्नेबाहेक अरू विकल्प मसँग बाँकी रहँदैन ।

तसर्थ पनि म जे गर्दै छु, जहाँबाट गर्दै छु, जसरी गर्दै छु, केही न केही गर्दै छु । त्यो केही न केही गर्दै छु भनेको चाहिँ मेरो समाजप्रति, मेरो राष्ट्रप्रति, मेरो समुदायप्रति, मेरो देशप्रति कहीँ न कहीँ जिम्मेबारीका कारण मैले काम गरिरहेको हो । आफूले सके जति र आफ्नो ठाउँबाट इमानदार प्रयत्नहरू गरौँ सुधारका निमित्त भन्ने कुरामा म लागेकी छु ।’

‘समाज पनि दोहोरो चरित्रको छ ।

समाज घुस नखाऊ भन्छ तर चिरञ्जीवी वाग्लेलाई बहिस्कार गर्दैन । एकातिर लक्ष्मी खतिवडाले कमाइन भनेर दबाब दिन्छ । अर्कोतिर घुस नखाऊ भन्छ । कमाउनु त प¥यो तर के गरेर कमाउने ? उद्योग छैन, व्यापार छैन, व्यवसाय छैन । घुस नखाए के गरेर कमाउने ? म त कम्तीमा एडभोकेट हुँ, लयर हुँ, अलिकति पढेकी छु, केही गरेर दालरोटीको जोहो गरौँला । राजनीति गर्ने एउटा सामान्य मान्छेले कमाउने के गरेर ? घुसै खानुपयो । घुस नखाऊ भन्छ । इमानदारिता अपेक्षा गर्छ । तर सँगसँगै सामाजिक, पारिवारिक प्रेसर जसरी भए पनि कमाऊ भन्नेमा रहन्छ । समाजै दोहोरो मापदण्डमा छ । समाजले कि चिरञ्जीवी वाग्लेहरूलाई बहिस्कार गर्न सक्नुप¥यो, नीति–नियम, कानुन, आदर्श मान्ने हो भने ।’

‘यो ढोँगी समाजबाट तपाई अपेक्षा के गर्नुहुन्छ ?’

‘आज म एउटा कुरा फ्रयाङ्कली भन्छु । तपाई कति कोट गर्नु होला, कति नगर्नु होला । मैले फ्रयाङ्कली कुरा गरिरहेकी छु ।

यो देशको एउटा विचित्र कुरा भनुँ । हाम्रा नेताले, हाम्रा मान्छेले, हाम्रो देशले ऋषि धमलालाई पत्रकार बनाउँछ क्या । सुविद गुरागाईहरू कहाँ हुन्छन्, अत्तोपत्तो छैन । कहाँ छन् यार ? कसले चिन्छ सुविद गुरागाईहरूलाई ? कसले सुन्छ सुविद गुरागाईहरूलाई ?

तपाईलाई एउटा पिस भन्दिऊँ ।

किशोर नेपाल चिन्नुभा छ नि ! वरिष्ठ पत्रकार । किशोर नेपालले एउटा टिभी कार्यक्रम चलाउँथे । गाउँ–गाउँ जान्थे, मान्छेहरू भेला पारेर इन्टरभ्यु लिन्थे ।

त्यो कार्यक्रम चलाउने सिलसिलामा एकपटक उनी गरा’न्, बर्दिया ।

सुन्नुस् कुरा ।

बर्दियामा त्यो कार्यक्रम–सार्यक्रम सकियो । सकिएपछि एउटाले आएर सोधेछ । सुरुमा किशोर नेपाललाई लक्षित गरेर त्यो सामान्य किसानले गाउँकै मान्छेलाई सोधेका रहेछन्, को हुन् यी ?

यी पत्रकार हुन्, काठमाडौँबाट आएका, ठुला पत्रकार हुन् भनेर अर्कोले भनिदिएको रहेछ ।

त्यसपछि ती किसान किशोर नेपालको छेउमा गएर सोधेछन्, ‘तपाई कहाँबाट आउनु’भा रे ?’

‘म काठमाडौँबाट आएको,’ नेपालले भनेछन् ।

‘अनि तपाई ऋषि धमलालाई चिन्नुहुन्छ ?’ भनेर त्यो मान्छेले सोधेछन् ।

सामान्य अवस्था भएको भए त्यो फटिचर, त्यो बेकार भन्थे होलान्, तर वातावरण त्यस्तो थियो कि नेपालले त्यसो भनेनन् ।

भाइ हुन्, चिन्छु, राम्रो छ आदि–इत्यादि भनेछन् ।

तर चार पाइलाअगाडि के हिँडेका थिए, ती किसानले बोलेको किशोर नेपालको कानमा परेछ ।

‘कस्तो हावा कुरा गर्ने मान्छे रै’छ । कहिले टिभीमा देखिँदैन । ऋषि धमलालाई चिन्छु भन्छ । चिन्छ जस्तै लागेन ।’

 

सायद यही कुरा नबुझ्नाले देश सङ्क्रमणकालबाट गुज्रिरहेको छ ?

‘मैले तपाईलाई जोड्न चाहेको के हो भने समग्र राज्यको पुनःसंरचना, राज्यको संरचना, राज्यको रूपान्तरभित्र सिन्डिकेट छ ।

दलित भनिएकाहरूबाट कसलाई नेता बनाउने त्यो सिन्डिकेट छ ।

महिलाहरूबाट कसलाई बनाउने त्यो सिन्डिकेट छ ।

कुन एनजिओलाई फन्डिङ गर्ने सिन्डिकेट छ । कुन एनजिओको मालिक–मालिक्नीलाई स्कार्पियो चढाउने सिन्डिकेट छ ।

को मजदुरलाई नेता बनाउने, को थर्ड जेन्डरको मान्छेलाई नेता बनाउने त्यो पनि सिन्डिकेट छ ।

लेट मी क्लियर अल दि थिङस् ।

र, अर्को कुरा तपाईलाई जोडेँ मैले ।

योभन्दा नि ठुलो ब्युरोक्रेसीको सिन्डिकेट छ ।

पलिटिसियन त्यति करप्ट छैनन् । मैले आफूलाई जोगाउन खोजिनँ । तपाईलाई क्लियर गरेँ मैले । ब्यरोक्रेसी भनेको त स्थायी सरकार हो नि । तपाई–हामीलाई थाहा छ, ब्युरोक्रेसीले इमानदारीसाथ चाहने हो भने केही न केही परिवर्तन सम्भव छ ।

ल, पलिटिसियन त छ–छ महिनामा चेन्ज होला रे, नौ महिनामा मन्त्री चेन्ज होला रे ! तर पोलिसी लेभलका कुराहरू सबै मन्त्रीले मात्रै गर्ने होइन । त्यसलाई ड्राइभ गर्ने भनेको ब्युरोक्रेसीले हो । तर ब्युरोक्रेसी जिम्मेबार छैन । ब्युरोक्रेसी शुद्ध छैन । त्यो पनि एउटा प्रमुख कारण हो, देश रूपान्तरणको मार्गमा जान पाइरहेको छैन ।’

‘तपाईलाई मैले ठ्याक्कै यहाँ थप जोड्न चाहेँ ।

माओवादी अन्तद्र्वन्द्वमा देश फसेको कारण १७ हजार नागरिकले यो वा त्यो बहानामा ज्यान गुमाए । म मान्दिनँ, प्रचण्डले, बाबुरामले अथवा मोहन वैद्यले, अथवा बादलले अथवा अर्को कल्ले कुर्सी मात्रै पाउनलाई सत्र हजार मान्छे मारे भन्ने कुरा म मान्दिनँ । म काङ्ग्रेस हुँ । तर म मान्दिनँ ।

कुनै न कुनै परिवर्तनको खाका त थियो होला नि उनीहरूको दिमागमा । आमूल परिवर्तनका लागि लडेको भनेर हिँड्थे । त्यो सशस्त्र क्रान्ति, त्यो सङ्घर्ष गएर कहाँ टुङ्गियो ? १२ बुँदेमा गएर । १२ बुँदे कहाँ पुग्यो ? १२ बुँदे त टायँ–टायँ फिस भयो ।

ठुलोभन्दा ठुलो परिवर्तनको अभीष्ट राखेर भएका जति पनि युद्ध छन्, जति पनि आन्दोलन छन्, ती समग्र परिवर्तनलाई व्यवस्थित नगरिकन, समग्र परिवर्तनलाई लक्ष्य बिन्दुमा नपु¥याएकन तुहिएका अनेक उदाहरण छन् ।’

‘अब हामीलाई चाहिएको परिवर्तन के हो ?’

‘अबको परिवर्तन नेपाललाई साँच्चिकै समुन्नतिको मार्गमा लैजाने, अत्यन्तै घरेलु स्वरोजगार उन्मुख क्षेत्रमा युवालाई जोड्ने र वैचारिक रूपमा सशक्त, दुई छाकको ठाउँमा एक छाक खान्छु तर राष्ट्रका लागि केही गर्छु भन्ने भावनासहितको जेनेरेसन पैदा गर्न सक्यौँ र त्यो दिशाको आन्दोलन हामीले लिएर जान सक्यौँ भने नेपाल जोगिन्छ । अन्यथा म त देशकै भविष्य अन्धकार देख्दै छु ।’

‘प्रश्न हाम्रो नियतमा छ ।’

 

राज्यले नियमन गर्न नसकेको यही कुरामा छ ।

‘थोरै राजनीतिसँग जोडिएको अर्को विषय आरक्षणको कुरा गरौँ । आरक्षणको प्रक्रियामा देश गएको धेरै समय भएको छैन । आरक्षणको कन्सेप्ट कहीँबाट निर्देशित हो भन्ने कुरामा सन्देह छैन । तर आरक्षण र समावेशीता भनेको आफैँमा नराम्रो कुरा होइन ।

ंहामी त्यसको अभ्यास जसरी गरिरहेका छौँ, त्यसमा समस्या छ । भाइसन बर्देवा, मानबहादुर दियालीहरूको छोरो अथवा छोरीले आरक्षण पाउने तर नुन बोक्ने भरिया कोही देवकोटाको छोराछोरीले आरक्षण नपाउने ?

राज्यले नियमन गर्न नसकेको यही कुरामा छ ।

तपाईलाई म एउटा फोटो देखाउँछु । कर्णालीको चारवटा जिल्ला गएर आएँ म । त्यहाँका क्षेत्री–ब्राम्हणको हालत भनेको हाम्रोतिरका दलित भनिएकाहरूको हालत त्यति खराब देखेको छैन मैले, त्यस्तो अवस्था छ ।

महोत्तरीमा एउटा बाहुनको छोरो दलित भनिएको कोही व्यक्तिले लग्यो, घरमा काम गराउन । बाहुन चुप लागेर बस्यो । दलित भनिएको व्यक्ति अकुत सम्पत्तिको मालिक थियो, बाहुन गरिब थियो । जातीय कुरोमात्रै पनि छैन क्या विभेदमा, पहिला त पहुँचकै कुरा छ । बुझ्नुभएन के ! त्यसले गर्दा म चाहिँ एज–ए–होल आरक्षणको विरोध गर्दिनँ । आरक्षणलाई व्यवस्थित गर्नलाई जुन संयन्त्र बन्नुपथ्र्यो अथवा आरक्षणलाई लक्षित समुदाय, वर्गकै घरमा पु¥याउने जुन वातावरण बन्नुपथ्र्यो, ती खालका संरचनाहरू विकसित नगरिकन कोरा परिकल्पनामा आरक्षण दिँदा केही समस्याहरू दे्खिएका छन् ।’

‘तपाई–हामी हिजोका दिनमा फर्केर हेरौँ । हिजो–अस्तिसम्म हामी कि खोलामा कि कुनै पानीको खाल्डो छेउछाउ गएर, त्यो पनि भएन भने लोटामा पानी बोकेर घारीतिर वा गन्हाउने साधारण चर्पीमा गएर दिशा–पिसाब गथ्यौँ । आज सामान्य आर्थिकस्तरको मान्छेको पनि सोच र व्यवहारमा धेरै परिवर्तन आएको छ । यो परिवर्तनका लागि कतै न कतै हाम्रो पनि हात छ । त्यसैले नेपाली काङ्ग्रेसले लिएका खुला नीतिहरूले देश बिगा¥यो भन्ने कुरा म मान्न तयार छैन ।

वैदेशिक रोजगारीका हजार नराम्रा पाटा होलान् । तर यो अवधिमा हाम्रा धेरै युवाले विदेश देखे । त्यहाँका मान्छेले काम गरेको देखे । देश बनाएको देखे । त्यो अनुभव पक्कै पनि हाम्रो समाज रूपान्तरणका लागि काम लाग्नेछ । लागिरहेकै छ ।

त्यस्तै जनयुद्ध भनिएको माओवादी सशस्त्र द्वन्द्वको हजारवटा नराम्रा पाटा होलान् तर त्यसले दिएको चेतनालाई त हामीले नजर–अन्दाज गर्न मिल्दैन ।

त्यसैगरी वैदेशिक रोजगारीले पनि युवाहरूमा केही चेतना त दिएकै छ । निम्न मध्यम वर्गीय र उच्च मध्यम वर्गीय परिवारका छोरीले केही काम गर्लान्, छोराले ढलेको लोटा उठाउँदैनन्, तपाईलाई थाहा छ । यहाँ निहुरेर, लोटा उठाएर चुठ्न तयार नभएको केटो, एउटा नागरिक, हाम्रो देशको एउटा युवा, तरुण, यहाँ हुँदा आमाले कट्टु धोइदिनुपर्छ उसको, त्यो मान्छे गएर विदेशीको गुहु सोहोर्छ ।

काम गर्ने भावना त विकसित भयो नि ! पैसा आउँछ भनेपछि काम गर्ने । यहाँ घरको ट्वाइलेट सफा नगर्ने । हो कि होइन भन्नु न ?’