यसैबेला खोलापट्टीबाट “घराङ् घराङ्” आवाज आयो । सबैको मुखमा लगेको हात बीचैमा अडियो । कवे कामीले अलि नीलो मुख लगाएर भन्यो, “हैन घ्याचोकेको पाताल मै जाँदा कराएजस्तो आवाज पो छ । त्यही किरिया त होइन कक्रती बा” हो लौ त्यस्तै छ त यहाँ त सस्तै हुन्छन् नि किरिया । तिमारुले सुनेनौँ । गैह्री गाउँमा सिरेङ्गे ज्येठाको, बान्धे साहिँलाको, मुखिया माहिलाको गरी पाँचवटा बस्तु सखाप पारिसक्यो । निगाले नि होइन ठूलोपाटे नै छ । धराप त थापेको दुई साता भइसक्यो । रातभर सिकारिहरू मचानमा नि बस्छन् । क्यै लाग्या छैन भन्थे गुरुङहरू । त्यही किरिया त होइन ? हो भने अलि चनाखो हुनुपर्छ है ठिटा हो ।
मक्राती बूढाका कुराका प्रत्येक शब्दले ठिटाहरूको कान ठाडाठाडा पार्यो । रतेल कान्छाले ठिटाहरूको मुखतिर हेर्दै खुर्सानी टोक्दैभन्यो “ हेर ! मोराहरू नीलाकाला भाका । ए बयलकोटी साहिँला ! तैँले त सासै फेर्न बिर्सिस् जस्तो छ नि ! छिः मोरा आजकालका बैँसे ठिटा त कस्ता लाछी !”, नाउँ सुन्दैमा नीला काला भैसक्ने । आइहाले के गर्ने होलान् यी मोराहरूले । भन्दिनोस् न मक्राती बा ! हाम्रा बा र तपैँ घ्याचोकेको पातलाँ जाँदा कसरी जम्काभेट भाको नि आ–आफ्ना खुकुरीका बीँड समातेर ठिङ्ग उभिँदा उभिँदा राँडा छोरो किरिया आफैँ डराएर बाटो छोडेर भाग्या कथा । लौ लौ ….. हाहा यो कवे डाङ्ग्रो त मैसँग टाँसिन लाग्यो नि । थुक्क मोरा यस्ताले जारीखत लिन जार आउँदा कसरी देखा पर्ला त छातीमा राँ उम्य्राजस्तो भएर । यस्ता डर छेरुवाले किन ल्याउनु अर्काकी स्वास्नी त्यसकी आमा जारी गरेर ।
“भैगो भैगो कान्छा गफ– ठट्टा ऐले गरौँला । आवाज त चर्कै पो आ छ । आलाकाँचा ठिटा छन् । यसैले विचार त पैल्यै पुर्याउनुपर्छ । ए ठिटा हो ! ओडारको मुखको रिङ्गै छेउमा सिठो थुप्र्याएर आगो लाइथ्यौँ लौ । अनि मात्न ढुक्कसँग खाउँला फेरि । आ– आफ्ना खुकुरी पनि झिकिराख नि ।” मक्राती बूढाले अलि गम्भीर भएर भन्यो ।
छोरीकै मीत दाजु पर्छ क्यारे ! कताट बूढासँग जाँदा नि एसो र त्उसो हुने नि भनिन् र बाले छाडेका”सानी गाउँले नेप्टे घर्तीले भन्यो ।
बूढाको बोली खस्न बेर न नीलाकाला मुख लगाएका तीनोटै ठिटाहरू जूठै हातले निगालाका सिठा ओडारको मुखमै रिङ्गै घेरो लगाउन बेर । आगो लगाउने लगाउने भने काममा भने रतेल कान्छाले पनि मद्दत गर्यो । अनि निगालाका सिठा पटपट गर्दै वरपरको धेरै वनभूमिलाई उज्यालो पारेर दन्कियो । बल्ल लामो सास फेरेर ती तीनोटा ठिटाहरूले आ– आफ्ना बाँकी भाग खान लागे ।
आगाका रापले पिठ्यूँ पोलेको रंतेल कान्छाले अलि पर सर्लै भन्यो, “हैन मक्राती बा ! यो मोरो पाटे किरियालाईभ्याउन उधुम सिठा त बालियो । यो आगो देखेर भोलि ब्यान सखारै यी गुरुङे गोठाला हाम्रा चोया खोस्न त आउने होइनन् कतै ?”
“ चोया मात्रै खोसे त हुन्थ्यो काट्ने भाँडो नि खोसेर लान्छन् पञ्चाइसकाँ । अनि त चँैटा खान गकी बूढी झेलमा डुबेर मरी” कवे कामीले खाइसकेको जूठो पात आगोमा हाल्दै भन्यो ।
“ मेरा त यो एक बिर्सौलीको खुर्पा लगेँ भनेँ त घरै फर्कन पदैन । बाले नजा अर्का लेकाँ, चोरी छिपी गयो। काट्ने भाँडो खोसेर दण्ड गरे भनेँ बिनसित्ती नोक्सान भोग्नुपर्छ भनेर आउनै द्या थिएनन् । आमाले मक्राती बा गाको ठाउँमा नि केको डर । बूढाकमा सेरोफेराँ काँ छैनन् इष्ट ? अझ गैह्री गाउँले चारथरे परधान त छोरीकै मीत दाजु पर्छ क्यारे ! कताट बूढासँग जाँदा नि एसो र त्उसो हुने नि भनिन् र बाले छाडेका”सानी गाउँले नेप्टे घर्तीले भन्यो ।
“ धन्नै हो । यो घर्ती ठूलेको आमा यौटी बुद्धिमन्तै स्वास्नी मानिु छन् । हाम्रा सेराफेराँ क्या रंतेल कान्छा । ती माइलीले नजान्याँ कुरा भन्याँ क्यै छैन । गरिबै भए नि मन नि त्यत्तिकै ठूलो छ है । क्यै मीठो चोखो पाके नि मलाई बोलाई नपठाई उनको मनले धेरै दिँदैन । भाग्येमानी हौ तिमारु त्यस्तो आमा पाउने । होइन त रंतेल कान्छा ?” मक्रती बूढाले भन्यो ।
“ बाले ठम्याएर भन्नुभो । पाइसक्ने आमा होइनन् माइली भाउजू ” सबैले एकै स्वरमा जवाफ दिए । आमाको प्रंशंसाले नेप्टेको मुख उज्यालो भयो ।
३
पुसको रात । बाहिर मुटु छेड्ने सिरेटो छ । कुखुरो पनि बास्यो । ताप्केको ढिँडो जस्ताको तस्तै अँगेनुको डिलमा छ । रातभर निन्द्रा लागेन रंतेल्नी कान्छीलाई । मनमा पीर पनि कसै एकै पटक खानु परेको । अँधिया बाख्रो हराएको पीरमा पिरस्ँिदा पिरल्सिँदै दिन बित्यो । त्यति हतार हतार गरी आगो बाली । माङजुङ गरेर ल्याएको सिन्की र आलुको ट्वाक्क हुने तिहुन पकाई । थाकेर आएको बाख्राको कुरा सुनाउने योजना तयार गरी । तर सबै विफल भयो । आधा रातसम्म त आइपुग्ने आशाले दैलो खोले राखी । छिनछिनमा मक्राती ठूलेकहाँ सर सल्लाह गर्न पनि पुगी । त्यसपछि त केही लागेन । दैलो बन्द गरेर आफू पनि त्यसै पल्टी ।
बाख्रो हराएको पीरले आधा जीउ भएकोमा फेरि केही नखाई सुत्ता कसरी निन्द्रा लाग्ने ? छटपटी भयो । पुसमासको घैँटोको हिँउँजस्तो पानी एक लोटा खाई । एक मनले पकाएको ढिँडो र आलु सिन्कीको तिउन खाउँ खाउँ लाग्यो । तर रंतेल कान्छालाई केही भयो कि भन्ने ताना उठनासाथ भोक हरायो । सीमलफेदको वायु रिसाएका छन् रे । रंतेलहरूको भनी जेठी रंतेल्नीले एकसाता अघि भनेको सम्झी । ज्येठी रंतेल्नीको छोरी चनमनी माइत आउँदा रगतको तालमा परेकी पनि त्यही वायु रिसाएर रे । खिम्पुका झाक्रीँ साहिँलाले धामी बस्ता पनि त्यही भनेका रे । खरीबोटका जैसी महिलासँग देखाउँदा पनि त्यही भनेका रे ।
रंतेल्नी जेठी त हुने खाने थिइन्, चार चारवटा कुखुरा काटिन्, चार चार पुङ् रक्सी चढाइन् । तर आफ्नो त केही छैन । बाख्रो हराएको पनि वायु रिसाएर होला । अब झन् रंतेल कान्छालाई केके हुने हो । यो सम्झँदा मुटु फुट्ला जस्तो भयो । जुरुक्क उठेर ओथारा बसेको पोथीको खोरमा हात हाली । पोथी क्केँ क्केँ करायो । फुल छुन दिएन । ठुङ्न थाल्यो । अनि माउलाई नै छोई । दुइटा भाले त कसो ननिस्कलान् । निस्केमा दुईटै देउतालाई चढाउने गरी भाकी । अलि दिल ठण्डा भयो । अनि फेरि पल्टी छिनभरमै जुरुक्क उठी । दैलो उघारी । पुसको रात कतै कोही उठेकै छैन ।
हिमालतिरबाट आएको सिरेटो उस्तै छ । बादलले आकाश पनि ढाकेजस्तो लाग्यो । तारासम्म पनि देखिन् । फेरि सिमल रूखतिर फर्केर वायु देउतालाई जम्ल्याहात गरेर पुकारी । दिल अरु बढ्ता ठण्डा भइजस्तो लाग्यो । अनि दैलो बन्द गरेर ओछ्यानमा पल्टी ।
क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।