काला जातिलाई देख्नै नहुने, पक्राउ गर्ने, यातना दिने र ज्यानै लिनेसम्मका घटना पछिल्लो समय बढ्दा त्यसको फाइदा केही लेखकहरूलाई हुन थालेको छ ।
त्यसको उदाहरण बनेकी छन्, ब्रिट बेनेट । ३० वर्षीया बेनेटले गएको जुनको २ तारिखमा दोस्रो उपन्यास हार्ड कभरमा निकालेकी थिइन्, द भेनेसिङ हाफ । यतिबेला उनको ३५२ पृष्ठको पुस्तक बिक्रीले १ लाख ६४ हजार ७ सय नाघेको छ । यो त उनको हार्डकभरको मात्र बिक्री हो, इबुक र अडियोसमेत गरेर यसले चार लाख भन्दा बढीको बिक्री कीर्तिमान बनाइसकेको छ ।
काला जातिका बारेमा श्वेतहरूले कम जानकारी राख्ने गरेको र त्यसका कारण उनीहरूमा कालाप्रति करूणा कम हुने गरेको निष्कर्ष निस्किरहेका बेला कालाप्रतिको बुझाई बढाउन यस्ता किताब किन्नेको संख्या बढेको नेल्सन बुक स्क्यानले जनाएको छ ।
५० को दशकको लुजियानामा जन्मिएका दुई जुम्ल्याहामा आधारित यो उपन्यासको कथानक फिल्मी भएका कारण यसलाई टेलिभिजन सिरिजमा बनाउन पनि केही निर्माता उत्सुक भएका थिए ।
हलिउडमा पुस्तकको टेलिभिजन अधिकार बेच्नका लागि राखिएको डाक बढाबढमा १७ निर्माताले भाग लिएका थिए । जसमा एचबिओ टेलिभिजनले सात अंकको पैसा तिरेर टेलिभिजन अधिकार किनेको बताइन्छ ।
‘यत्तिको धेरै मायाको त मैले कल्पनासमेत गरेकी थिइनँ, लेखिका ब्रिट भन्छिन्, ‘जतिबेला ब्ल्याक लाइभ्स म्याटरको आन्दोलन चर्कियो, ठीक त्यही बेला किताब पनि निस्कियो र त्यसले किताब बिक्रीमा ठूलो भूमिका खेल्यो ।’
एनपिडी बुकस्क्यान संस्थाको आँकलन अनुसार कोरोना महामारीका कारण अमेरिकामा अघिल्लो वर्षको तुलनामा फिक्सनको बिक्री ७ प्रतिशतले बढेको छ । द भेनेसिङ हाफ पुस्तकका सबै फर्म्याट (अडियो, इबुक, हार्डकभर) अहिलेसम्म चार लाख प्रति बिक्री भइसकेको छ ।
२०१६ मा उनको ‘द मदर्स’ उपन्यास बजारमा आएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।