रामबहादुर ठाडा ललितकला क्षेत्रमा परिचित नाम हो । रूपन्देही, सैनामैना वडा नं ६ का स्थायी बासिन्दा ठाडा विगत डेढ दशकदेखि राजधानी काठमाडौंलाई कार्यथलो बनाई कला सिर्जनामा समर्पित हुँदै आइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट कलामा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनी हाल व्यावसायिक कलामा रमिरहेका छन् ।
राम्रो काम गर्नेहरूलाई कलाक्षेत्रमा नाम र दाम दुवै रहेको उनको बुझाई छ । ठाडा व्यावसायिक कलामा हिमाली दृष्य, गाउँले परिवेश, संस्कृति सम्पदा तथा जनजीवनका विषयवस्तुलाई यथार्थ रूपमा चित्रण गर्न माहिर कलाकार हुन् ।
शुरूवाती दिनहरूमा जलरङ र तैलरङ माध्यममा कलासिर्जना गरेता पनि हाल एक्रेलिक माध्यममा बढी सिर्जना गर्ने गरेका उनी बताउँछन्। कलायात्राका क्रममा हालसम्म उनले थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। आज हामी युवा पुस्ताका उनै चर्चित कलाकार रामबहादुर ठाडाका केही कलाहरू अवलोकन गर्नेछौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।