नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित तथा इटहरी उपमहानगरपलिका र इटहरी म्याट्रिक्स सांस्कृतिक केन्द्रको सहकार्यमा फाल्गुन २९ गते उद्घाटन गरी सम्पन्न भएको बृहत प्रादेशिक कला प्रदर्शनीको चैत्र ५ गते समापन भयो ।
उद्घाटनसत्रमा प्रदेश सरकारको मुख्य मन्त्रीलगायत प्रदेशका सांसदहरुको उपस्थिति रहेको थियो भने पूर्वका मुर्धन्य स्रष्टाहरुलाई सम्मान गरिएको थियो । समापन कार्यक्रम प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री माननीय राजेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । समापन कार्यक्रममा प्रा.डा. बद्री विशाल पोख्रेल, पूर्वका चरा कलाकार जीवनाथ पोख्रेल, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद सदस्य सञ्जय वान्तवा, म्याट्रिक्स इटहरीका अध्यक्ष एवं कलाकार विक्रमश्री लगायत कोशी प्रदेशका सम्पूर्ण कलाकारहरुको उपस्थिति थियो ।
यस्तो प्रादेशिक कला प्रदर्शनीको कला प्रदर्शनी कोशीलगायत सातैवटा प्रदेशमा भइरहेको छ । प्रायःजसो अन्य प्रदेशहरुमा प्रादेशिक कला प्रदर्शनीको लगभग समापन भइसकेको छ ।
प्रादेशिक कला प्रदर्शनी ललितकला प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभाले ल्याएको नवनीति अन्तर्गतको कार्यक्रम हो । २०६२—६३ पछिको बिहानीले बनाएको तीन अलग अलग प्रज्ञाप्रतिष्ठान बनेपछि प्रादेशिक कला प्रदर्शनीको थालनी भएको पहिलो हो । यद्यपि छुट्टै प्रज्ञाप्रतिष्ठान बन्नुअघि नेपालमा स्थापित भएको कला संस्था नेपाल एसोसिएसन अफ फाइन आर्टले २०२४ सालमा नै पूर्वको विराटनगरमा राष्ट्रिय कला प्रदर्शनी गरेको थियो । विराटनगरमा र पोखरामा त्यो संस्थाले शाखा विस्तार पनि गरेको थियो । यी त भए हिजोका कुरा तर पछिल्ला चरणका कला विकाशको सन्दर्भमा गरिएको प्रादेशिक कला प्रदर्शनी उपलब्धिमूलक र उत्साहप्रद भएको छ भन्दा उचित मूल्यांकन हुन्छ ।
अब कोशीमा भएको प्रादेशिक कला प्रदर्शनीको समापनतर्फ फर्केर हेरौं । प्रादेशिक कला प्रदर्शनीमा पूर्वका प्रायः सबै जिल्लाबाट १६३ कलाकारहरुको २०० भन्दा धेरै कलाकृतिहरु समावेश गरिएका थिए । समापनमा समीक्षात्मक कार्यक्रम पनि राखिएको थियो । समीक्षात्मक विवरण कलाकार तथा कला समीक्षक तीर्थ निरौलाबाट गरिएको थियो भने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद सदस्य सञ्जय वान्तवाले प्रादेशिक कला प्रदर्शनी गर्नुको औचित्य र आवश्यकतालाई प्रष्ट्याउनु भएको थियो । कलाकार, नाटक निर्देशक एवं इटहरीस्थित म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले प्रदेशमा पहिलेदेखि नै बन्न आरम्भ भएको प्रदेशको ललितकला प्रज्ञाप्रतिष्ठानको ऐनको पाटो अमिल्दो र असहज भएको कुरालाई उजागर गर्नु भएको थियो ।
कार्यक्रममा मन्त्रीले आगामी दिनमा प्रदेशमा बन्न खोजेको एकेडेमीको कानुन र यसको सन्दर्भमा भए गरेका सन्दर्भहरु सच्याउँदै, सल्लाह गरेर अघि बढ्ने बाचा गर्नुभएको थियो । प्रा.डा. बद्री विशाल पोख्रेलले पनि आफ्नो राय राख्नु भएको थियो ।
प्रदर्शनीमा कोशी प्रदेशका कलाकारहरुका विभिन्न किसिमका कलाकृतिहरु राखिएका थिए । चित्रकला, मूर्तिकला, परम्पराकला, शिल्पकला, थारुकला, मिथिलाकला, प्रतिस्थापन कला, फोटोग्राफी लगायतका कलाहरु आकर्षणको केन्द्र रहेको थियो । साहित्य, कला, संगीत, संस्कृति, शिक्षा, स्वास्थ्य, धार्मिक र पर्यटनको मामला उचाई छुँदै आएको कोशी प्रदेश सबै दृष्टिकोणबाट शुरुवाती कालदेखि नै उन्नत प्रदेश हो । हिमालदेखि तराईसम्मको भूभागसम्मको भूभाग ओगटेको यो प्रदेशमा कला र साहित्यको सुगन्ध मगमगाउ“छ । विविध जातजातिको मिश्रित रहेको यो भूभागमा विविध प्रकारका कला संस्कृतिको दर्शन गर्न सकिन्छ । प्रदर्शनीमा हिमाली भेगका कलाकारका संस्कार, संस्कृति झल्कनेदेखि जनजाति, किरातीहरुको प्रायोगिक भएका सांस्कारिक विषयविम्वहरु, संरचनाहरु, मिथिला, थारुको जातीय मान्यता, संस्कार, मिथकता, ऐतिहासिक उक्ति, जनजीवन र कथाहरुमा आधारित रहेका कलाहरु उजेलिएको देख्न सकिन्थ्यो । सरसरती कलाहरु हेर्दा सबै विधाका कलाकृतिभित्र अटाएका विचार, प्रतीक र भावनाहरु उल्लेख योग्य देखिन्थे । पूर्वमा कतिपय कलाकारहरु स्वतस्फुर्त तवरले स्वअध्ययनबाट कलाकार बनेका छन् भने कतिपयहरु यसैविषयमा विश्वविद्यालयमा अध्ययन गरेर कलाकार बनेका छन् । धेरैजसो यहा“का कलाकारहरु आफ्नै गा“उघर, पहाडमा बसेर कलाको बारेमा जति जानेबुझेका छन् त्यतिमै सन्तुष्ट भएर निरन्तर कलाकर्ममा लागि रहेका छन् । वास्तवमा विकटतामा बस्ने कलाकारहरु ओझेलमा पर्नुको कारण पनि सीमितता नै हो । यस्ता प्रतिभाहरुका लागि यस्तो प्रादेशिक कला प्रदर्शनी एउटा राम्रो प्लेटफर्म बन्न सक्यो ।
अर्को तर्फबाट हेर्ने हो भने संघर्षबाट आएका कलाकारहरुलाई उनीहरुको कलाको स्तर र उत्कृष्टताको चस्माले हेर्नुभन्दा पनि उनीहरुबाट निरन्तर कलाकृतिहरु जन्मिरहन सक्ने अवसर र वातावरणको सिर्जना गर्न सक्नु पर्दछ । त्यसैले उनीहरुको कलामा कसैले निर्मम भएर समीक्षा गर्नुभन्दा प्रोत्साहन र हौसलाका दुईचार फूलका गुच्छाहरु बाँड्ने माहोल यो प्रादेशिक कला प्रदर्शनीले गरेको छ । प्रदर्शनीमा मैले सबै कलाकारका कलाहरु घोत्लिएर हेर । अधिकांस चित्रहरु राम्रा थिए । उल्लेख योग्य थिए । सबैभन्दा ठूलोकुराचाहि“ प्रदर्शनी कला कार्यक्रममा मलाई कोशी प्रदेशका कलाकारहरुमा छाएको कलाहुटहुटीले ज्यादै नै प्रभावित पा¥यो । यस्तो कलाहुटहुटी सदा रहिरहोस् भन्ने मेरो कामना छ ।
प्रदर्शनी हलभित्र पस्ने बित्तिकै मेरा आ“खा पहिलो चित्रमाथि पर्न गयो । जुन चित्रको विषयवस्तु संरचना र दक्षताले मलाई ज्यादै नै आकर्षित पा¥यो । क्यानभासमा कुम्भकर्ण सुतेका क्यारेक्टर थियो । क्यानभासको एक कुनापट्टी विभिन्न जातजातिको पहिरनमा सजिएका नेपालीहरुले सनै, पञ्चेबाजा, ढ्याङग्रो ठटाउ“दै कुम्भकर्णलाई उठाउन खोजिरहेको जस्तो देखिन्थ्यो । तराजु बोकेर उभिरहेकी एक महिला र उनको आ“खामा पट्टी बा“धिएको दृष्य थियो । त्यो चित्र अभिव्यञ्जनावादी शैलीमा बनेको चित्र हो । राजनैतिक र कानुनी व्यंग्यजस्तो झल्कने चित्रको विषय संरचना, रङ प्रयोग र विचारले मलाई राम्ररी छुयो । भित्ताको अर्को कुना पट्टी झुण्ड्याएको नरबहादुरको परम्परागत भनिने एक चित्र मेरो विचारमा परम्परागत कलाको मान्यताभित्र परेनन् । यद्यपि चित्र राम्रो थियो । यसलाई परम्परागत कला नभनेर आधुनिक कला भनियो भने उपयुक्त हुन्छ होला । कलाकार तीलचन अर्थात् गोपाल निरौलाको रियालिस्टिक फममा बनाइएको शिव पार्वती चित्र शिल्पको उत्कृष्ठ नमूना भएको कला हो । त्यसलाई चित्रमा भन्दा पनि पोष्टरकलाको क्याटोगरीमा राख्दा सही मूल्यांकन हुन्छ होला ? यस्तै अर्का कलाकार युवराज रिजालको कलामा रियास्टिक गुण र सिद्धहस्तताको गुण रहेको भेटियो । तैलचित्रको माध्यमलाई आत्मसात गरेर बनाइएको त्यो दृश्यचित्रमा प्रकाश, छाया र दुरान्तरभेदको राम्रो प्रयोग र अध्ययन भएको अनुभव हुन्छ ।
यस्तै कलाकार मुकुन्द सुवेदीको छिन्ताङ प्रतिविम्वित चित्र विषय र विचारको हिसाबले राम्रो छ । चित्रमा रङको प्रयोग सफा भएर पोखिएको छ । चित्र साहित्यमय देखिन्छ । सरोजा खड्कीको भावप्रधानरुपमा प्रस्तुत भएको नारीको मुखाकृति चित्र आनन्ददायक देखिन्थ्यो । अर्की कलाकार अनुराधा कोइराला एक सिद्ध र जमेकी नारी कलाकार हुन् । उनी भारतको बनारस विश्वविद्यालयबाट कलामा स्नातक गरेर आएकी हुन् । त्यसैले उनका कलाहरुमा भारतीय कलाप्रभाव पर्ने गरेको मैले पाएँ । प्रदर्शनीमा राखिएको उनको कलाको विषय महादेव पार्वतीमा केन्द्रित थियो । जुन कलाले मलाई मुगलकलाको झल्को दियो । र काँचो रङको प्रयोग सपाट रुपमा प्रयोग भएको पाइयो । कलाकार हरिलालको नेवारी संस्कारका र यशोदाकुमारी सिंहको तराईको कथा, क्यारेक्टर र भूदृष्य अंकित चित्र पनि उल्लेख योग्य थिए । विगेन राई, अग्रीम राई, श्याम ठकुरी, दीपक मेहता, प्रनोद दत्त, मन्दिल घले, शैलेश राजवंशी, कुमार सानुलगायत थुप्रै कलाकारहरुका चित्र पनि लोभलाग्दा र राम्रा थिए । मूर्तिकलातर्फ मेघनाथको यलम्बर शीर्षक मूर्ति, टीकाराम पौड्यालको मेटलको मूर्ति, रिसिता खत्रीको च्यात्तिएको जुत्ताहरु, हिम्मतबहादुर नेम्वाङ, प्रदीपकुमार, हेम्मत नेङ्वाङ, विक्रमश्रीका मूर्तिहरु कलात्मक दृष्टिले प्रभावशाली र आकर्षक थिए । यस्तै शिल्प र वास्तुकलातर्फ पनि थुप्रै सिर्जना राम्रा देखिए । अन्त्यमा अभ्यासको निरन्तरताले कलाकार र उनको कलालाई गम्भीर र पोख्त बनाउ“छ । निरन्तरता सफलताको आधार हो । त्यसैले कलाकारहरु काममा इमान्दार हुनैपर्छ र यस्ता कला कार्यक्रमहरु बारबार भइरहनु पर्छ ।