स्विटजरल्याण्डमा, सन् १८६३ मा हेन्री डुरान्ट नाम गरेका एकजना बैङ्कमा काम गर्ने मान्छेले फ्लोरेन्स नाइटिङ्गेलको बारेमा लेखिएको किताब पढेर सके पछि स्कुटारीमा फ्लोरेन्सले ती सपाइहरूको लागि गरेका उपलब्धि देखेर उनी सधैँ यसको बारेमा सोचिरहेका थिए ।
उनले अझै पनि सयौँ, हजारौँको सङ्ख्यामा त्यस्ता सिपाहीहरू छन् होला भन्ने सोचे। जस्तै युद्ध बन्दिहरूँ, दुस्मन पक्षका लगायत । उनीहरूको अवस्था के कस्तो छ भन्ने बारेमा कसैलाई पनि थाहा थिएन ।
यसबाट उनी यति चिन्तित भएकी उनले एउटा किताब लेख्ने र त्यो किताबमा धर्म, जातजाति र राजनीतिक विश्वासको आधारमा कसैलाई भेदभाव नगरीकन एउटा विश्वव्यापी संस्था खोल्ने सुझाव दिने विचार गरे र लेखे । त्यो संस्थाले खानेकुराको अभावमा परेका युद्धबन्दीहरुलाई खानेकुरा पुराउने, उनीहरूको लागि परिवारसित सञ्चार सम्पर्क गराइदिने, र औषधी उपचार र आराम उपलब्ध गराउने कुराहरू गर्नुपर्ने लेखिएको थियो ।
यो किताब संसार भरि बिक्री भयो र फलस्वरुप सन् १८६४मा चौध वटा देशहरूले जेनेभा सन्धिमा हस्ताक्षर गरे । यो सन्धीमा युद्धबन्दीहरुलाई गर्नु पर्ने व्यवहारको बारेमा थियो। यही संस्था रेडक्रस भएको थियो । जो अहिले पनि छ । फ्लोरेन्सले यसको स्थापनामा सक्रिय भूमिका खेलेको नभएपनि यसको स्थापनाको प्रेरणाको स्रोत उनी भएकीले उनलाई बेलायतको शाखाको जिम्मा दिइयो ।
जिल्ला नर्सिङ सेवाको स्थापनाको कारक उनी आफै भएको हुँदा दुई वर्ष पछि विलियम राथबोनले सानातिना गल्तीको कारण मान्छेलाई थुनेर सुधार गर्ने घर (जेल जस्तै तर, सुधार गृह) को डरलाग्दो स्थितिको बारेमा सुने र त्यस्ता सुधार गृहको अवस्थामा सुधार गर्नको लागि यसपालि उनले सिधै सेन्ट थोमस अस्पतालमा आवेदन हाले ।
मेट्रोन आग्नेस जोनको नेतृत्वमा बाह्र जना नर्सहरू लन्डनबाट लिभरपुल तिर लागे । त्यहाँ पुगे पछि त्यो सुधार गृहको स्थिति फ्लोरेन्सले स्कुटारीको ब्यारेक अस्पतालमा देखे भोगेको जस्तै पाए ।
त्यो गृहमा १५,००० जना बिरामीहरू थिए । उनीहरू यति गरिब थिए कि उनीहरूसित केही किन्नलाई एक सुको पनि थिएन । उनीहरू एकापसमा आफै हेर विचार गर्थे। सुपरभाइजरहरूले त्यहाँ छोइन्छ कि भनेर छालाको पन्जा लगाएका हुन्थे । त्यो छोइन्छ कि भन्नेमा त्यहाँका थुनुवाहरू पनि पर्थे । नर्स, डाक्टर घुम्नु पर्नेमा राती वार्डहरूमा पुलिसहरू घुम्थे ।
आग्नेस जोन र उनका नर्सहरूले त्यो ठाउँमा एउटा ठुलो क्रान्ति नै ल्याए र यस्तै खालका आयोजनाहरू लन्डनका सुधारगृह (वास्तवमा बन्दी गृह नै) हरूमा पनि लागु गर्न थालियो। यो हलचलले बेलायतको कमसल खालको ऐन कानुनमा सुधार ल्याउन पनि मद्दत गर्यो ।
अब स्वभावैले फ्लोरेन्सले उनको प्राथमिकताको सूचिमा बन्दिगृहहरु र तिनीहरूसित सम्बन्धित अस्पतालहरू पनि राखिन् ।
त्यसै वर्ष फ्लोरेन्सका बाबाले उनको लागि लन्डनको मेफेएर भन्ने ठाउँमा ठुलो बगैँचा भएको एउटा सुन्दर घर किने। हिलारी बोनहाम कार्टरको क्यान्सरबाट मृत्यु भयो।
हिलारीको मृत्युले फ्लोरेन्सलाई जति दुखित बनायो त्यति नै क्रुद्ध पनि बनायो । हिलारी फ्लोरेन्स परिवारको लागि आफ्नो चित्रकलाको पेसालाई त्यागेर एउटा दासीले जस्तै काम गरेकी थिइन् । त्यो परिवारको लागि उनले आफ्नो सम्पूर्ण जीवन अर्पण गरेकी थिइन् । यदि परमेश्वरले मलाई अनुग्रह नगरेको भए म पनि त्यही अवस्थामा हुन्थे (“There but for the grace of God go I”) उनले सोचिन् । यो त्यति बेलाको अङ्ग्रेजी वाक्य होरे । अलि अनौठो पाराको वाक्य छ ।
अर्को वर्षको अगस्ट मैनामा पार्थेनोपले फ्लोरेन्सलाई आमा धेरै बिरामी हुनुहुन्छ भनेर खबर गरिन् । उनी रेलको डब्बाको सवारी दुर्घटनामा परेकी थिइन् । जसमा उनलाई नराम्ररी चोट लागेको थियो। केही समयसम्म फ्लोरेन्सले आफ्नी आमा दृष्टि विहीन हुन जाँदै छिन् भन्ने सोचेकी थिइन् । तर लामो समय देखि अर्थात् बर्लिङटनबाट फ्यानी आफ्नो घर फर्केदेखि र फ्लोरेन्स त्यहाँबाट मालबर्न गए देखि नै उनीहरू परचक्रि जस्तै भएका थिए । अर्थात् एकापसमा सम्पर्क थिएन । उनी आफ्नी दिदी पार्थेनोपको विवाहमा समेत एम्बली पार्क गएकी थिइनन् । न त उनी उनलाई सबैभन्दा प्यारो लाग्ने ठाउँ (घर) लियाहर्सट गएकी थिइन् । अहिले फ्यानी एम्बलीबाट डर्विशायर २०० माइलको दुरीमा छ त्यो यात्राको लागि धेरै बिरामी भई सकेकी थिइन् । तर आफ्नो कामले गर्दा वेन त्यहाँ जानुपर्ने थियो ।
पार्थेनोपको श्रीमान् सर हेन्री पार्लियामेन्टको सदस्य भएको हुँदा र फ्लोरेन्स एक प्रख्यात सामजिक गृहिणी (समाज सेवी) भएको हुँदा उनीहरू धेरै जसो आफ्नो लन्डनको घरमा बस्थे र यसैले गर्दा फ्लोरेन्स एम्बली पार्क जान सकेकी थिइनन् । वेनले आमा कहाँ जाऊ र उनीसित बस भनेर आफ्नी छोरी फ्लोरेन्सलाई बिन्ती गरे ।
यसैले फ्लोरेन्सले ५० माइल लामो यात्रा गरिन् । उनीसित उनका केही सहयोगी कर्मचारी मात्र गए र उनले आफूले काम गरी राखेका सबै कागजातहरू साथमा लगिन् ।
उनीहरूको नौ वर्ष देखि भेट भएको थिएन । फ्यानी ७८ वर्ष कि भएकी थिइन् र उनमा ठुलो परिवर्तन आएको थियो ।
जब फ्लोरेन्सले आमा फ्यानीको दृष्टि बिग्रिएर राम्ररी देख्न नसकेको पाइन उनीमा एउटा ठुलो पछुताउ आयो। उनीहरूले एकापसमा न्यानो अभिवादन गरे ।
फ्लोरेन्सको लागि एउटा सिङ्गै घर तयार गरिएको थियो । उनले आफूसित लगेका कागजपत्रहरूको चाङ र आफ्ना कर्मचारीहरूसित त्यहीँ ठाउँलाई आफ्नो आवास बनाइन् र कोठाबाट आमासित भेट गराउन कसैले नलगेसम्म बाहिर निस्कदैनथिन् । फ्यानीले आफ्ना दिनहरू बिस्तरामा बिताई रहेकी थिइन् र साँझपख घोडे बग्गी चढेर बाहिर घुम्न निस्कन्थिन् ।
उनको स्वभावमा उल्लेखनीय परिवर्तन आएको थियो । तर फ्यानीका नोकरहरूले फ्लोरेन्समा पनि परिवर्तन देख्न सक्थे। उनीहरूले फ्लोरेन्सलाई करिब एक दशक अघि देखि देखेका थिएनन् । अहिले आमा छोरीको भूमिका उल्टिएको थियो । अर्थात् व्यवहारमा फ्लोरेन्स आमा जस्तो र फ्यानी छोरी जस्तो भएका थिए । फ्लोरेन्स कठिन खालकी र धेरैमाग राख्ने भएकी थिइन् ।
कसैले पनि उनको कुरा अस्वीकार गर्ने साहस गर्दैनथ्यो। वा उनले भनेको कुरामा बेमन्जुर गर्दैनथ्यो। उनको आमा बाहेक उनीसित नजिक हुने नातेदारहरू उनका दिदीबैनी, काकाकाकी, मामामाइजु तिरका छारोछोरीहरु ( Cousins) र तिनीहरूका बच्चाहरू र नाति नातिना थिए । उनीहरू त्यो प्रख्यात घरमा भेट्न आउँथे ।
अक्टोबरमा वेन घर फर्के र फ्लोरेन्स् फेरि लन्डन फर्किन् । अब अर्को प्राजेक्ट थियो स्वास्थ्य सम्बन्धी काम गर्ने मिसनरीहरूलाई बकिङ्ग घामशायरमा तालिम दिने । जुन कुराको सुझाव पार्थेनोपका श्रीमान्बाट आएको थियो । त्यसलाई अहिले बेलायतमा हेल्य भिजिटर भनेर चिनिन्छ ।
यो गरिब वर्गका जवान आमाहरूलाई स्वास्थ्य सम्बन्धी पढाइने तिन वर्षको कोर्स थियो । सन् १८७० को फ्रान्स (जर्मन युद्धमा मेडिकल सम्बन्धी सरसल्लाहको लागि दुवै पक्षबाट फ्लोरेन्ससित सम्पर्क भएको थियो । युद्धपछि फ्रान्सले फ्लोरेन्सलाई एउटा कासको क्रसको पुरस्कारले सम्मानित गरेको थियो । जर्मनीबाट उनले क्रस अफ मेरिट पाएकी थिइन् ।
त्यति बेलासम्म नाइटिड्गेल तालिम प्राप्त नर्सहरूले टाढा टाढा अमेरिका, अस्ट्रेलियासम्म नर्सिङ स्कुलहरू खोलिसकेका थिए र बेलायत भरी खुली रहेका थिए । चौरतिर नाइटिङ्गेल नर्सहरूको आवश्यकता भै रहेको थियो । सन् १८७२ मा सेन्ट थोमस भवनलाई विस्तार गर्न थालियो । जहाँ नर्सिङ स्कुलको विस्तार गर्ने योजना थियो र फेरि त्यहाँ फ्लोरेन्सलाई बोलाइयो । उनी आफू बसेको ठाउँको नजिक जान चाहन्थिन् । तर त्यसै बेला उनकी दिदी पार्थेनोपले आमा-बाबा दुवै बिरामी भएको खबर दिइन् । आमा फ्यानी ८३ वर्ष पुगेकी थिइन् । बाबा वेन ७७ वर्ष पुगेका थिए । पार्थेनोप बाबा-आमा भएको ठाउँमा जान सकिनन् । किनभने उनलाई आर्थराइटिस भन्ने रोग लागेको थियो र उनी मुस्किलले हिँडडुल गर्न सक्थिन् ।
फ्लोरेन्स एम्बली गइन् । उनी त्यहाँ पुगेको केही क्षणमै घरमा काम गर्ने भण्डारे जो बुढा सकेका थिए उनको मृत्यु भयो। अलि जवान नोकरहरूलाई के गर्ने भन्ने राम्रो थाहा थिएन। यसैले फ्लोरेन्सले स्कुटारीमा जत्तिकै खुसी साथ घरको व्यवस्थापन गर्न थालिन् ।
आमा फ्यानीले बच्चाको जस्तो व्यवहार देखाउन थालेकी थिइन् । रुने, झर्कने आदि गर्थिन् उनी। यसैले फ्लोरेन्सले आमासित त्यही बस्ने निर्णय गरिन् । बिस्तारै उनले अब आफू पासोमा परेको महसुस गर्न थालिन् । उनकी आमाले धेरैमागहरु राख्न थालिन् । जस्तै उनीसित धेरै समय बिताउने माग । पार्थेनोप जो सधैँ स्वार्थी स्वभावकी थिइन् उनले लन्डनमा राजकुमारीको जस्तो जीवन बिताइ रहेकी थिइन् ।
आठ मैना पछि उनी सेन्ट चोमस अस्पताल विस्तार गर्ने परियोजनामा सहभागी हुन आफ्नो घर लन्डन फर्किनु पर्ने भयो । उनी आफ्ना वा-आमाको बारेमा चिन्तित थिइन् । यसैले उनले आमालाई आफूसितै लन्डन लैजाने, काकी जुलिया जो फ्यानीकी कान्छी बैनी थिइन् । उनलाई बाबा वेनको रेखदेखको लागि एम्बलीमा पठाउने निर्णय गरिन् ।
थाकेर लखतरान भएर घर पुग्दा युद्ध अफिस, भारत, अस्पतालहरू, अनाथालयहरू, बन्दी गृहहरू तालिम केन्द्रहरू सबै ठाउँहरूबाट उनको सरसल्लाह खोजेको कुरा थाहा पाइन् । उनको जीवनमा यो पहिलो अति (Too much) भएको महसुस गरिन् ।
यो वर्ष म अफिस छोड्छु। उनले घोषणा गरिन् र अब आफू रिटाएर हुन खोजेको कुरा प्रकट गरिन् ।
यो कुरा अचम्म लाग्दो थियो। उनको जीवनभरि साँच्चिकै चाहना गरेको, मनपराएको काम चाहिँ नर्स काम नै थियो । यत्ति धेरै वर्ष भित्रमा उनले साँच्चिकै आफैले गरेको नर्स काम चाहिँ हार्लि गल्ली र स्कुटारीमा सुरुका पहिला हप्ताहरू थिए। अरू समय उनले अस्पतालहरूको सुधार गर्ने भन्ने कुराहरूमा खर्च गरेकी थिइन् ।
उनको गैर नर्सिङ पेसालाई हुन सक्ने व्यङ्गलाई सच्चाउने कोसिस स्वरूप उनले घर छोडेर बाँकी दिनहरू अस्पतालमै बिताउने योजना बनाइन् । यो कुरालाई मध्यनजर राखेर आमा अलि सन्चो भएपछि उनलाई एम्बली मै फर्काएर लगिन् । तर फ्यानी फेरि यति बिरामी भइन् कि फ्लोरेन्स फेरि उनी सीतै बस्नुपर्ने भयो ।
उनलाई डिप्रेसन भयो। अब उनी गरी राखेको कामबाट पछि हटिन र धेरै समय आफ्नो कोठाहरूमा बिताउन थालिन् र यो डिप्रेसनबाट सन्चो हुन उनले भारतको लागि पम्पलेटहरु, धार्मिक निबन्धहरू, दर्शन र बच्चाहरुकोलागि केही बाइबलका कथाहरू लेख्न थालिन् ।
खीष्टमस पछि पार्थेनोपको आर्थराइटिस् अलि सन्चो भएपछि पार्थेनोप र उनका श्रीमान् एम्बलीमा देखा परे । उनीहरूले त्यहाँ केही समय बिताउने मनसाय देखाएका हुनाले फ्लोरेन्सले आफू घर फर्कने मनसाय व्यक्त गरिन् । उनी यस्तो समयमा पुगिन् कि जुन बेला पहिलो चोटि केही वर्ष भित्रैमा नर्सहरूले हलचल मच्चाउँदै छन् भन्ने कुरा उनले सुन्नुपर्यो । यसलाई नर्सहरूको सङ्घर्ष (The battle of the Nurse) भनिएको थियो ।
त्यहाँ दुई गुट बनेको थियो। एउटा गुटले नर्स तालिमको लागि एउटा कोर्सको सेट तयार गर्नुपर्छ, र लिखित परीक्षा हुनुपर्छ र रजिस्टर्ड नर्स हुन पाउनु पर्छ भन्ने कुरामा विश्वास गर्थे। तर फ्लोरेन्स यसको विपक्षमा थिइन् । उनी यो कुरामा विश्वास गर्थिन् कि यसरी रजिस्ट्रेसन गर्दा यो नर्सिङ काम पेसा जस्तो हुन्छ र यो काम गर्नुको कारण ईश्वरको बोलावटले गर्दा हो भन्ने कुरालाई बिगार्छ ।
उनले नर्स विद्यार्थीहरूलाई यो सुझाव दिइन कि नर्सिङ तालिमको उद्देश्य प्रमाणपत्र पाउनु, डिप्लोमा गर्नु हैन । यस्ता कुराहरूको पछि लाग्ने नर्स नर्स नै हैन। मौलिक चासोको विषय त बिरामीहरूको भलो गर्नु र लगातार रूपमा व्यवहारिक रूपमा ज्ञान सीप बढाइरहनु हो ।
उनी घर आएको केही हप्तापछि जनवरी १०, १८७४ का दिन उनको बाबाको वियोगान्त दुर्घटनामा मृत्यु भयो भन्ने खबर पाइन् ।
त्यस बिहान फ्लोरेन्सका बाबाले घडी आफ्नो खल्तीमा राख्न बिर्सेछन् । उनले आफ्नो बिहानको खाना (Breakfast) पर्खिरहेका थिए । उनी आफै त्यो लिन गए । उनी तल्लो तलामा झर्दा केही कुरामा ठेस लाग्यो र गुल्टिएर भुईँमा झरेका थिए र त्यही नै उनको मृत्यु भएको थियो। उनी त्यति बेला ७४ वर्षका थिए र आँखाको दृष्टि पहिले जस्तो राम्रो थिएन ।
जीवन भरी फ्लोरेन्सको बाबासितको सम्बन्ध आमा वा दिदीसितको भन्दा राम्रो थियो । यो बलियो सम्बन्ध एकाएक चकनाचुर भयो र उनी एकदम विचलित भइन् ।
यति लामो समयसम्म समाजबाट एक्लिएर बसेको मूल्य उनले चुकाउनु परिरहेको थियो । धेरै जनाको मृत्यु भइसकेको थियो । कति जना मर्दै थिए वा दिमाग र शरीर कमजोर भइसकेको थियो । उनको जीवनको एउटा सरापित कुरो खिन्नता (Depression) ले उनलाई ढाकेको थियो । उनले यो दुनियाँलाई म आफैले अस्वीकार गरेकी हुँ भनेर मानी लिनुको सट्टा यो दुनियाँ मेरो विरुद्धमा छ भनेर सोच्न थालिन् । अधवैसको उमेर हुने बेलामा उनले कसैको सङ्गतको रहर गर्न थालेकी थिइन् । तर यस्तो देखिन्थ्यो कि अब छिटै त्यहाँ उनीसित सङ्गत गर्ने उनका ती राम्रा बिरालाहरू बाहेक अरू कोहि पनि हुनेछैन ।
फ्लोरेन्सले माईलाई सोधिन् कि के उनी एम्बलीमा गएर उनकी ९२ वर्ष पुगी सकेकी आमा फ्यानीसित बसेर जीवनका बाँकी दिनहरू त्यहीँ बिताउन चाहन्छिन् । तर माई जो अब छिट्टै ८० वर्ष पुग्दै थिइन् उनलाई त्यहाँ सर्ने कुनै मनसाय थिएन र त्यहाँ एम्बलीमा बसिरहन फ्लोरेन्स धेरै असक्त थिइन् ।
यसको समाधानको उपाय फ्यानीलाई फ्लोरेन्ससित पठाउनु थियो । फ्लोरेन्सको भारतीय चासो बढी मात्रामा तानिँदै थियो। अब फेरि फ्लोरेन्स काममा डुब्न थालिन् ।
धेरै वर्ष अघि देखि फ्लोरेन्सले लियाहर्सटमा फोहोर नालीहरू र इनारहरूको सुधार गर्ने कोसिस गर्न उनको बाबालाई भनी रहेकी थिइन् । तर उनले पुगेकै छ भनेर त्यो काम गरेका थिएनन् । जब सन् १८७८ मा टाइफस रोग गाउँमा फैलियो त्यहाँका जमिन भाडामा लिनेहरूले फ्लोरेन्सलाई दोष लगाए । किनभने उनले सुझाव दिएका कुनै पनि कामहरू भएका थिएनन् । तर त्यहाँको जमिन फ्लोरेन्सको नभएको हुँदा यो उनको दायित्व थिएन ।
त्यति बेला क्लार्की लण्डनमै थिइन् । यसैले फ्लोरेन्सले आफ्नी आमा फ्यानीलाई क्लार्कीको जिम्मामा छोडेर त्यहाँ केही कुराहरू मिलाउनको लागि डर्बिसायर गइन् । त्यो कामले सोचेभन्दा धेरै समय लियो। उनले त्यहाँ हप्तौँ बिताइन् ।
क्लार्कीले छिटो फर्केर घर आउन चिठ्ठी लेखिन् । उनकी आमा फ्यानी पूर्ण रूपमा मानसिक कमजोर अवस्थामा (Senile) मा पुगी सकेकी थिइन् । उनले कसैलाई पनि चिन्न सक्तैनथिन् । आफू कहाँ छु भन्ने पनि थाहा थिएन र जतिखेर पनि “फ्लो, फ्लो” भन्थिन् । फ्लोरेन्सले लेखेर पठाइन कि उनी अरू केही दिन आउन सक्तिनन् ।
त्यसपछि पार्थेनोपले फ्लोरेन्सलाई चिठ्ठी पठाइन् । चिठ्ठीमा अति जरुरी छ छिटो लन्डन फर्केर आऊ भनेर लेखेकी थिइन् ।
फ्लोरेन्सले रिसाउँदै उत्तर लेखिन “के म यहाँ बस्न मन लागेर बसेकी छु र? के तिमी साँच्चिकै यस्तो सोच्छ्यौ ? के मैले जीवनमा जे गर्न चाहेकी थिए त्यो गर्न पाए कि छु? जति खेर पनि मैले चाहेको काम गर्न खोज्दा अर्कै कामको लागि बोलाइन्छ मलाई”।
त्यसको दुईदिन पछि क्लार्कीबाट अर्को चिठ्ठी आयो । साँझमा उनलाई मनपर्ने सङ्गीत सुनिसकेपछि फ्यानीको शान्तिपूर्वक मृत्यु भएको थियो । आमाको लागि शोक गर्ने समय पनि उनलाई धेरै दिइएको थिएन । सधैँ इन्डियाको कुरो हुन्थ्यो । यतिबेलासम्म उनी इन्डियाको विज्ञ भनेर चिन्न थाली सकेकी थिइन् । त्यहाँको भूमि, मान्छेहरू, स्वास्थ्य सम्बन्धी कुराहरू, नियम कानुन, शिक्षा, रुख बिरुवा, जनावरहरू आदि सबै कुराहरूको ज्ञान हासिल गरिसेकेकी थिइन् उनले ।
यसरी इन्डियाको काम गरिरहेको समयमा उनलाई एकाएक अर्को काम आयो इजिप्ट (मिश्र देश) को लागि आर्मी नर्सहरू छान्ने काम । उता पार्थेनोपले उनको शारीरिक बिमारबाट धेरै दुःख पाइरहेकी थिइन् । उनी हिँड्नै सक्तैन थिन् । सर हेन्री पार्लियामेन्टबाट अवकाश भई सकेका थिए । पार्थेनोप अहिले ७२ वर्ष भई सकेकी थिइन् । उनी अहिले बकिङ्ग घामशायरमा आफ्नो घरमा बस्थिन् । उनीहरू लन्डनमा गएको बेला पार्थेनोपलाई फ्लोरेन्स कहाँ लग्थे । विशेष गरी प्रत्येक आइतबार चियाको लागि । एकदिन त्यहाँ गएको वेला पार्थेनोप बैठक कोठामा सोफामा बसेकी थिइन् । त्यसबेला उनले साँझसम्म त्यही बस्ने मनसाय गरिन् । जब जाने बेला भयो पार्थेनोपले उनलाई लन्डनको घरको सट्टा क्लेडन हाउसमा लग्न आग्रह गरिन् । फ्लोरेन्स र सर हेन्री त्यति ५० माइल लामो यात्राको विपक्षमा बोले । यो धेरै गाह्रो कुरा थियो। विशेष गरी त्यति बेला त्यति टाढा जानु गाह्रो थियो । तर पार्थेनोपले त्यहाँ जान जोड गरिरहिन् । एक हप्तापछि उनको मृत्यु भयो । उनको मृत्युपछि फ्लोरेन्स र सर हेन्री सँगै बस्न थाले र एक अर्कामा सकारात्मक भए ।
सर हेन्री अहिले ८९ वर्षका थिए। तर उनी अझै फुर्तिलो र आकर्षक थिए । फ्लोरेन्स ७० वर्ष कि थिइन् र मृत्यु उनको ढोकामा उभिएको छ भन्ने कुरामा विश्वास गर्दैनथिन् ।
उनको मोटाई बढेको थियो। उनका आँखा साना थिए, शरीरका मांसपेशीहरू झोलिएका थिए । उनको पहिलेको सुन्दरता झल्काउने केही चिन्हहरू अझै प्रमाणको रूपमा देखिन्थे । उनको स्वास्थ्यमा धेरै सुधार आएको थियो । उनी र सर हेन्री हातमा हात समातेर यताउता घुम्थे । सफा मौसम भएको बेला साँझसम्म उनीहरू बगैँचामा बस्थे। उनीहरू एक अर्कामा यति आश्रित भए कि फ्लोरेन्स सर हेन्रिसित जीवनमा सबैभन्दा नजिक भइन् ।
उनले उमेरले भर्खरका तालिमे नर्सहरूलाई स-साना बच्चाहरूसित जोडेर हेर्थिन । उनीहरूलाई फ्लोरेन्सले आफ्नै बच्चाहरूलाई जस्तोमाया गर्थिन् र तिनीहरूलाई घरमा पालेका जनावरहरूको नाम विशेष गरी उनीबाट छुटेका बिरालाहरूको नाम दिएकी थिइन् । उनले ती नर्सहरूलाई बेलाबेलामा घरमा बोलाउँथिन् । उनको आँखाको दृष्टि कमजोर हुँदै गइरहेको थियो । उनले लेख्ने काम गर्दा देख्नको लागि तन्कनु पर्थ्यो ।
विभिन्न संस्थाका अधिकारीहरूले उनको लेखाइको हस्त लिखितमा फरक देख्न थालेका थिए, र लेखाइको विषयवस्तुमा पनि फरक देख्न थालेका थिए। यो कुरा प्रस्ट थियो कि उनको सीप पनि घट्दै थियो। अब ती अधिकारीहरूको समस्या फ्लोरेन्स कहाँ लगेर उनलाई बोझ नगराउने समय आइ सकेको थियो । यस्तो लाग्न थाल्यो कि अब अन्तमा फ्लोरेन्सले शान्ति र आराम पाउने छिन् ।
सर हेन्री भर्निको फेब्रुअरी सन् १८९४मा ९३ वर्षको उमेरमा मृत्यु भयो । फ्लोरेन्स क्लेडन हाउसमा कहिल्यै फर्केर गइनन् । सर हेन्रीको परिवारले फ्लोरेन्सलाई धेरैमाया गर्दै र आन्टी फ्लोरेन्स हामीलाई भेट्न आउनुस् भन्थे ।
सन् १८९७ मा ब्रिटिस सामाज्य भरि रानी भिक्टोरियाको स्वर्ण जयन्ती मनाइँदै थियो । उहाँ ७८ वर्षकी हुनुहुन्थ्यो र फ्लोरेन्स भन्दा एक वर्षले कान्छी हुनुहुन्थ्यो । राज्यारोहण गरेको ६० वर्ष पुगेको थियो । “भिक्टोरिया युग” भनेर भिक्टोरियाको राज्यकालमा भए गरेका उपलब्धिहरूको विभिन्न फोटो, चित्रकला आदिबाट प्रदर्शनहरू गरिएको थियो । त्यसको एक भाग सुश्री नाइटिङ्गेलले नर्सिङमा गरेको उपलब्धिहरू भनेर छुट्टाइएको थियो । जुन मानिसहरूको चासोको विषय थियो । फ्लोरेन्ससित उनको आफ्नै चित्रकृक्ति, त्रिमिया युद्धका फोटोहरू र त्यहाँ त्यति बेला भएका घटना विवरण र उनको कुँदेर बनाएको मूर्ति (Bust) सापट मागिएको थियो । उनले बहुत उत्साहित हुँदै उत्तर दिइन् । “त्रिमिया युद्धका घटनाहरू त मृत्युमा, रोगमा, अज्ञानतामा र कमजोर सरसफाइमा पाइन्छन्” ।
त्रिमिया युद्धलाई झल्काउने एक चिज भेटियो । यो फ्लोरेन्स अन्तिम निरीक्षणको लागि बालाक्लाभा जाँदा चढेको घोडे बग्गी थियो। युद्धपछि फ्लोरेन्सले विश्वास गरेका सेफ आलेक्सिस सोयरले यो बग्गी पानी जहाजमा हालेर बेलायत पठाएका थिए । एम्बलीमा कसैले यो भेटाएको थियो । यसलाई फेरि जोरजाम गरेर सफा गरेर नर्सिङ फाँटमा राखिएको थियो । त्यो बग्गीले पुरै प्रदर्शनी स्थलको गर्व बढाएको थियो ।
उनले गएका वर्षहरूमा समाजबाट एकान्तबासी जीवन बिताएकी हुनाले मानिसहरूले उनलाई बिर्सेका त थिएनन् तर धेरैले उनको मृत्यु भइसक्यो होला भन्ने सोचेका थिए । त्रिमिया युद्धपछि धेरै नयाँ पुस्ता जन्मिएका, हुर्किएका र बुढो भई सकेका थिए। लालटिन बालेर सेवा गर्ने महिलाको सम्झना मानिसहरूको दिमागमा ओइलाउन थाली सकेको थियो । तर त्यस प्रदर्शनीले रातारात मानिसहरूको उनीप्रतिको चाहानालाई पुनर्ताजगि बनाएको थियो । अब फेरि एकचोटी फ्लोरेन्स नाइटिङ्गेल जीवित कथा भएकी थिइन् ।
असि वर्ष पुग्ने वेलामा उनले यति लामो आयु पाएकोमा खुसी व्यक्त गरेकी थिइन् ।
जब अरू वर्षहरू बित्दै गए, उनको आफ्नै दिमागले आफैलाई खिसी गर्न थाल्यो । उनी यो दुनियाँबाट पुरै अवकाश लिई सकेकी थिइन् । उनको वरिपरि के भई राखेको छ त्यो थाहा पाउँदिन थिन् ।
अहिले उनलाई भेट्न आउनेहरू विगतमा आएकाहरू नै हुन् भन्ने अलिअलि सपना जस्तो मात्र थाहा हुन्थ्यो। कहिलेकाहीँ उनी सायद स्कूटारिको भयावह स्थिति कल्पना गरेर होला, उनी जोडले कराएर अडरहरु दिने गर्थिन् । समय समयमा उनलाई विभिन्न प्रकारले सम्मान गरिन्थ्यो । यस्ता सम्मानहरू त्रिमियामा काम गरेका भूतपूर्व सैनिकहरू र रेडक्रसबाट पनि आउँथ्यो ।
सन् १९०७ मा उनले अर्डर अफ मेरिट भन्ने पुरस्कार पाइन । त्यति वेला उनी ८७ वर्षकी थिइन् । यो सम्मान पाउने उनी नै पहिलो महिला थिइन् । त्यति बेलासम्म उनको दिमाग रंग-मडिने र अप्रासङ्गिक कुरा गर्ने भइसकेको थियो । उनको धेरैजसो समय उनी बसेको कुर्सीमा वा बेडमा उमेर बित्थ्यो ।
यो सम्मान उनलाई उनको लन्डनको घरमा प्रदान गर्ने बेलामा सर डगलस डाउसनले फ्लोरेन्सले गरेका राम्रो कामको प्रशंसा गर्दै एउटा छोटो भाषण गरेका थिए । उनी सिरानी हालेर सुतेकी थिइन् । जब सर डगलस निहुरिएर त्यो पदक फ्लोरेन्सको हातमा राखी दिए त्यो कुरा अलिअलि मात्र थाहा पाइन् उनले । त्यसपछि उनलाई अलिकति बढी सम्झना भयो र बिस्तारै गुनगुनाएर बोलेको आवाज सुनियो। धेरै दया गर्नुभयो । सन् १९०८मा उनलाई लन्डन सहरको स्वतन्त्रता भन्ने पुरस्कार दिइयो। उनीबाट सही गराउनको लागि एउटा कागज ल्याइएको थियो । तर फ्लोरेन्सले बुझ्न सकिनन् । उनको हात समातेर लेख्न लगाउँदा उनले साधारण FN मात्र लेख्न सकिन् ।
अगस्ट १३, १९१० को दिउँसोको १२ बजे फ्लोरेन्सले परमेश्वरको अन्तिम बोलावट प्राप्त गरिन् र अन्तिम निन्द्रामा परिन् । अर्थात् अन्तिम सास फेरिन् । भव्य अन्त्येष्टिको आयोजना गरिएको थियो। उनको देहलाई अन्त्येष्टिको लागि वेस्ट मिन्सटरको आवि भन्ने ठाउँ दिइएको थियो । तर उनको मृत्यु हुनु अघि फ्लोरेन्सले आफ्नो शरीर वैज्ञानिक खोजको लागि दान गरिदिनु भनेर अनुरोध गरेकी थिइन् । यस्तो अनुरोध कसैले पनि मानेनन् ।
उनको शरीरलाई इष्टचेलो भन्ने ठाउँ जुन एम्बली पार्कको नजिक थियो र यो ठाउँ उनको पुरानो घर पनि थियो, त्यहीँ एउटा चर्चको जग्गामा अन्त्येष्टि गरियो । यो एकदमै वैयक्तिक रूपमा गरिएको थियो । उनलाई त्यहाँ पुऱ्याउने ६ जना सिपाहीहरू मात्र थिए। त्यहाँ कुनै सम्पत्ति वा ज्ञान बुद्धि आदि झल्काउने स्मारक राखिएन । एउटा साधारण चिहानमा उभ्याउने ढुङ्गामा यस्तो लेखिएको छ : FN जन्म १८२० मृत्यु १९१० ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।