डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित ‘नेपाल नखुलेका पाटाहरू’  साहित्य लेख सङ्ग्रह वि.सं. २०७६ सालमा बुक हिल पब्लिकेसनबाट प्रकाशन भएकाे कृति हाे । यसकाे पुनः मुद्रण २०८० असाेजमा भएकाे हाे । राजेन्द्र दाहालद्वारा सम्पादन गरिएकाे यस पुस्तकमा जम्मा तीनवटा खण्ड रहेका छन् । पहिलाे खण्डमा नेपालकाे भू प्राकृतिक स्वरूपकाे व्याख्या गरिएकाे छ भने दाेस्राे खण्डमा आधारभूत विज्ञान, व्याहारिक प्रविधि र हाम्रा संस्कृति एवं परम्परासँग जाेडिएका विषयवस्तुलाई समावेश गरिएकाे छ । त्यसै गरी तेस्राे खण्डमा जैविक विविधता एवं प्रकृति संरक्षण सम्बन्धी लेखहरूलाई समावेश गरिएकाे छ ।

यस पुस्तकमा जम्मा ५२ वटा सिर्जना समावेश गरिएका छन् । जसकाे आवरण स्केच सचिन युगाेल श्रेष्ठले गरेका छन् भने याे डा. तीर्थ बहादुर श्रेष्ठकाे सर्वाधिकार भएकाे पुस्तक हाे । यसमा जम्मा ३०४ पृष्ठ रहेकाे छ । काठमाण्डाैँकाे महाबाैद्ध टाेलमा वि.सं. १९९४ मा जन्मनुभएका वनस्पतिविज्ञ डा. श्रेष्ठले दरबार हाइस्कूल र त्रिचन्द्र कलेज हुँदै भारतकाे अलिगढ विश्वविद्यालयबाट उच्च शिक्षा र फ्रान्सकाे गृनवल विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएकाे हाे । उहाँले वनस्पति विभागकाे सरकारी सेवामा काम गर्नु भएकाे थियाे भने तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा वि.सं २०३६ देखि वि.सं. २०४७ सम्म विज्ञान विधाकाे प्रतिनिधित्व गरी सदस्य सचिवसम्मकाे जिम्मेवारी सम्हानु हुँदै आजीवन सदस्य समेत बन्नु भएकाे थियाे । उहाँले हालसम्म अब्राहम संरक्षण पुरस्कार तथा जगदम्मा श्री पुरस्कार प्राप्त गर्नु भएकाे छ । उहाँकाे याे पुस्तक अधिक बिक्री भएकाे पुस्तक मध्ये पर्न आउँछ ।

नेपाल नखुलेकाे पाटाहरू पुस्तककाे पहिलाे खण्ड विशेषतः नेपालकाे भू-प्राकृतिक संरचनाका विषयमा केन्द्रित रहेकाे छ । यस खण्डमा उल्लेख गरिएका १२ वटा सृजनाले नेपालकाे विशालता, यसमा समावेश भाैगाेलिक अवस्था, नेपाल र यसकाे क्षेत्रफल, त्यसकाे मापन, यहाँका माैलिकता, यहाँ रहेका प्राकृतिक छटाहरू, हिमाल, काली गण्डकीकाे इतिहास, त्यहाँ पाइने सालिकग्रामकाे गाथा, कञ्चनजङ्गाकाे अपभ्रंशात्मक नामाङ्कन, नेपाल देशले भारत र चिनका लागि बनाइएकाे भूसेतु, चुरे, महाभारत श्रृङ्खलाका कथाहरू बन्दिपुरकाे रमणीयता, सगरमाथाकाे महत्त्व र पातले छाँगाकाे महिमालगायत नेपालकाे भूगाेल, प्रकृति र जनसङ्ख्याका विषयलाई मुख्य केन्द्रमा राखेकाे छ ।

लेखककाअनुसार नेपालकाे काखमा हिमाल हाे, न कि हिमालकाे काखमा नेपाल हुन सक्छ भन्ने सत्यता उनकाे नेपालकाे कामा हिमाल लेखमा पाेखेका छन् । यस लेखकाे सुरूआत नेपालीले सृजना गरेकाे स्वदेश गान विश्वमा अग्लाे हिमाल, काखमा हाम्राे नेपाल भन्ने पङ्तिलाई तिखाे प्रहार गर्दै नेपाल भित्रका हिमाल विश्वमा अग्लाे भएकाे हाे, तर हिमालकाे काखमा नेपाल रहेकाे हाेइन, नेपालभित्र नै विभिन्न नामका हिम शिखरहरू भएकाे यथार्थलाई उजागर गरेका छन् । उनले यस लेखमा नेपालकाे काख भन्नाले मेचीदेखि महाकालीसम्म मात्र नभएर महाकाली पारीका चाँदनी र दाेधारालाईसमेत नेपालकाे भूमि भएकाे र कालापानी समेतलाई नेपालीलगायत सबैले नेपालकाे इतिहासमा स्मरण गरिरहनु पर्ने साथै मधेश, पहाड र हिमालका सबै नेपाली एउटै भएकाे र अहिलेकाे नयाँ नेपाल जुन लाेकतान्त्रिक गणतान्त्रिक नेपाल हुँदा पनि यी सबै नेपालकाे काेख र काख एउटै भएकाे र एकलाई दुख्दा अर्काेलाई पीडा हुने कुरालाई उजागर गरेका छन् । उनले भनेका छन् ‘नेपालकाे काखमा रहेकाे कालापानी हाेस् वा काकँरभिट्टा, कञ्चनपुर हाेस् वा कञ्चनजङ्गा, सुस्ता वा रसुवा यी सबै नेपाल आमाकाे काखमा अवस्थित छन् न कि नेपाल आमा यिनीहरूकाे पाेल्टामा । यसबाट हाम्राे देश नेपाल विशाल भएकाे र यस भित्रका विविध आयामले यसकाे विशालतालाई झल्काएकाे कुरालाई साहित्यकाे माध्यमबाट देखाउन खाेजेका छन् ।

‘कत्राे नेपाल’ भन्ने आलेखमा यस पुस्तकका लेखक डा. श्रेष्ठले नेपालकाे हालकाे क्षेत्रफल भन्दा नेपाल धेरै विशाल भएकाे र यसकाे क्षेत्रफल निर्धारणमा लम्बाइ, चाैडाइका साथै उचाइलाईसमेत समावेश गरिनु पर्ने कुरालाई उठाएका छन् । उनले यस लेखमा नेपालकाे भू-राजनैतिक अवस्थितिलाई र नेपालका हिमाल पहाड लगायत शहर बस्तीहरूका बारेमा चर्चा गर्दै नेपाललाई विश्वमा हेर्ने र परिचर्चा गर्ने दृष्टिमा परिवर्तन हुनु पर्ने कुरालाई औँल्याएका छन् ।

यस पाठमा उनले भूपि शेरचनकाे रचना हल्लैहल्लकाे देश हाे भन्ने रचनाबाट लिइएका हरफहरू अंशै बण्डा गर्ने हाे भने पनि याे देशका एक कराेड टुक्राहरूमध्ये एउटा टुक्रा माथि मेराे पनि छाप्राे हुने याे, देशका असङ्ख्य बगरहरूमध्ये एउटा बगरमाथि मेराे पनि चिता हुने भनेर नेपाललाई विशाल र नेपालमाथि सबै नेपालीकाे बाच्दा र मर्दासमेत स्वामित्व रहने कुरालाई  तथ्यगत रूपमा प्रस्तुत गरेका छन् । लेखक श्रेष्ठले हाम्राे देश नेपाल सानाे नभएकाे र यसलाई विशालताकाे हिसावबाट व्याख्या गरी विश्वभर यसकाे विविधता, यसमा भएकाे भू-प्राकृतिक विशेषतालाई प्रचार प्रसार गरिनु पर्ने कुरामा जाेड दिएका छन् । यसमा भएका नदी नाला, हरियाे बन, जडिबुटी, यहाँ रहेकाे विश्वकाे उच्च शिखर सगरमाथा र गहिराे भूभाग केचनाकलनका कुराहरूलाई हेरेर नेपाल सानाे हाेइन विशाल छ भन्दै नेपालकाे क्षेत्रफल बस्तुपरक हुनु पर्ने र यसकाे क्षेत्रफलका पुनःविचार गरिनु पर्ने लेखककाे मुल सन्देश रहेकाे छ ।

लेखकले यी लगायत नेपालका चार दिशा, कमलाे पहाड, दुर्बल बासिन्दा, मान्छे मनसुन र पहाड, हाम्रा अनाम हिम शिखर, भूपरिवेष्ठित हाेइन भूसेतु, चुरेकाे गाेष्ठीमा चुर्यै संसार, सगरमाथा हरायाे, पातले छाँगाे बिलायाे, बान्की बन्दिपुरकाे र भूगाेल, प्रकृति र जनसख्या नामक पाठहरूसमेत उल्लेख गरेका छन् ।

यी शीर्षकअन्तर्गतका उनका विचारहरूमा नेपाल भित्रकाे माैलिकपन, यसले जन्माएकाे इतिहासलाई अहिलेकाे आधुनिकताले मेटाउनु नहुने, जन्मदाकाे नामाकरणलाई हाम्रा सन्ततिसम्म हस्तान्तरण गर्नु पर्ने विचार राखेका छन्  जुन कुरा नेपालकाे सर्वाेच्च शिखर सगरमाथाकाे नाम माउण्ट एभरेष्टले संसारमा चिनिनुलाई उल्लेख गरेका छन् । यति मात्र हैन चुरेमाथिकाे राजनीतिलाईसमेत लेखकले उजागर गर्दै चुरे खण्ड असाध्यै कमलाे, छिट्टै भक्कने र छिट्टै विखण्डन हुने भएकाले र त्यहाँ मनसुनले पनि बढी क्षति पुर्याउने हुँदा अवकाे पहिलाे प्राथमिकता भनेकाे पूर्वी तराईकाे बचावट गर्नु हाे र सर्वप्रथम भत्कन लागेका चुरेकाे संरक्षणमा अहिलेकाे सङ्घीय तथा प्रादेशिक सरकार तथा स्थानीय सरकारकाे प्राथमिकतमा पर्नुपर्ने र त्यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्छ भन्दै हरियाे वन नेपालकाे धनकाे संरक्षणमा लाग्नु पर्ने कुरालाईसमेत औल्याएका छन् ।

लेखकले ‘सगरमाथा हरायाे, पातले छाँगाे बिलायाे’ भन्ने पाठमा नेपालका वन, वनस्पति, वन्यजन्तु, चराचुरूङ्गी र बालीनाली समेतलाई जनाउने हजाराैँ स्थानलाई संरक्षण गर्न सकेमा मात्र नेपालकाे पहिचान जाेगाउन सकिने र यसका लागि स्थानीय तहले र त्यसभित्र कार्य गर्ने कार्य समितिले ध्यान पुर्याउनु पर्दछ भनेका छन् । कुनै पनि ठाउँकाे नाममा त्यहाँकाे इतिहास लुकेकाे हुन्छ, त्यसमा धर्म, संस्कृति र परम्परा लुकेकाे हुन्छ, भाषा, साहित्य र कला माैलाएकाे हुन्छ । पहिचानका नाममा यस किसिमका माैलिक नामहरूलाई मेटाउनतर्फ लाग्याे भने आफ्नाे अस्तित्व नै मेटिने हुँदा त्यसकाे माैलिक नामलाई जीवन्त बनाउनु आजकाे आवश्यकता हाे भनेका छन् ।

याे पुस्तकलाई लेखकले नेपालकाे सङ्घीय गणतन्त्रपछि पुनः परिमार्जन गरेर हालकाे अवस्था अनुसार नेपालमा भएका वास्तविकतालाई औल्याउँदै नेपाल विशाल र विविधताले पूर्ण देश भएकाे र यसकाे आयामलाई बाहिरी आँखाले मात्र हेरेर वयान गर्नुभन्दा यसभित्र लुकेर रहेका यसका विशेषता र यसकाे महत्तालाई बुझी अहिलेकाे नयाँ संरचनाले यसकाे लुकेकाे पाटामा ध्यान पुर्याउन अनुराेध गरेका छन् । लामाे समयकाे खाेज, अनुसन्धान र अनुभवबाट याे पुस्तक तयार पारिएकाे हाे । नेपालप्रति माया गर्ने जाे सुकै व्यक्ति, साहित्यकार, राजनैतिक विश्लेषकले याे पुस्तकलाई अध्ययन गरी यसभित्रकाे लुकेकाे पाटाेलाई उजागर गर्न याे पुस्तक पढ्नका लागि म सिफारिस गर्दछु ।

पुस्तक परिचय

विधा –  गैरआख्यान

नाम – नेपाल नखुलेका पाटाहरू

लेखक – डा. तीर्थबहादुर श्रेष्ठ

प्रकाशक –  बुकहिल पब्लिकेसन प्रा.लि काठमाण्डाै

कक्षा सैपाल’, डियरवाक सिफल स्कुल