१.

अघि नै हो ठूलो साँझ परेको । तर पनि अगेनुमा आगो जोरिएको छैन रतेल्नी कान्छीको । चिम्सी, बाटुली र स्याउरे तानौटे भण्ट्याङ भुण्टुङहरु निदाइसकेका छन् । दैलोठेडोको सिरान हाली पल्टिएको स्याउरेको मुखमा त पछिल्लो बुजो मकै त्यसै छ । झण्डै तीन घडी पनि भयो होला रतेल्नी कान्छी बिरहलोकमा पुगेकी । आफ्नै मनको संसारमा हुँदा के थाहा यो संसारको । ऊ थर थर काम्दै हात जोड्दै कराउँथी, “ पूर्वजन्मको कर्मले आज यो गति छ मुखिनी हजुर । एउटा बाख्रोको पाठोमा बेइमानी गरेर म फेरि नर्क जाने बाटो कसरी बनाउँला त ? मारेको चिनो फेला पारेकी भए त किन यस्तो बेइमानी बन्नुपथ्र्यो नि हजुरका अगाडि स्याउरेका बाबु चोया काट्न नगएको बेला भएको भए त किन स्याउरेलाई हेर्न लगाउँन पाउँथेनी म मुर्धारनीले । बाबु आएपछि जालास् पढ्न भोलिदेखि आज एक दिन बाख्रा हेर्दै बा म लुगा धुन्छु भन्दा यस्तो पर्यो । म हजुरको जीउका जीउ बुझाउँछु । माथिल्लाघर साँहिली मुखिनीको अँधिया पठ्याङ्ग्री ब्याउने छ । दुइटा पाउने माउको पाठी हो एउटा त मेरो भयो भयो । त्यही हजुरलाई चढाउँछु । होलाकिले भनेर लगेकी हुँ हजुर । कर्मफुटा गरिबलाई के हुन दिँदो रहेछ दैवले पनि ।

बोल्दै गइथी, कति कति माझघरको आँगनमसनि सुन्तलाको बोटछेउ बसेर रुँदैरुँदै । माझघर कान्छी मुखिनीको निधारमा परेका तीनवटा गाँठा फुकाएर उठौँला भन्दैमा समय बित्दै थियो । ‘ सिनो खाने जातको बेइमान्ी नै यस्तै हो जो लाटो सुधो छ त्यस्तैको अधियाँ हराउँछ । माथिल्लाघर साहिँली दिदी जस्ताको किन हराउन पाउँथ्यो र कान्छी ’ भनी रातो मुख लगाएकी कान्छी मुखिनीको अगाडि बलीन्द्रधारा आँसु बगाउँदै थिई । इमानमा शंका गरेकोमा मुटु फुट्लाजस्तै हुन्थ्यो । अनि भक्कानिएर रुन्थी । एक दुई कसैले बेइमानी गर्यो । अरु के गर्न सक्थी ‘ त्यसो नभन्नोस् हजुर एउटा छोरो छ त्यै पनि भन्न नपाऊँ’ फेरि भक्कानिन्थी। रुन्थी ।
हिमालको मुटु कमाउने सिरेटोको झोक्काँले होशमा ल्याएछ क्यारे यसो हेरी रतेल्नी कान्छीले । झसङ्ग भई । पल्लाघर मक्राती ठूलेका घरमा भात खाने बेला भइसकेछ । ‘ हत्तेरी म मुर्धारनी त माझाघर कान्छी मुखिनीसँग पो रुन कराउन लागिछु’ भन्दै आँसु पुछ्दै उठी । स्याउरेका बाबु दिनभर काँचो चोयाको भारीले लादिएर आउँदैछ यो सम्झनाले थररर मुटु काम्यो । आउँदा आउँदै एक गाँस तातो दिने त के कुरा हातसम्म तताउन पाउने अँगेनुमा जोह छैन ।

‘कठै मेरा बाबा’ भनी दैलोठेलामा उँधोमुण्टो लगाएको स्याउरेलाई मूल ओछ्यानमा सारी । त्यसपछि बाटुलीलाई अनि चिम्सीलाई पनि । अनि अँगेनुमा छामी । खरानी तातै लाग्यो । त्यतिबेला आगो माग्न पल्लाघर मक्राती ठूलेकहाँ जान नपरोस् । भनी दैव पुकारी । खोस्नी रंतेल कान्छोले ल्याएको खस्नुको दाउराको आगो किना त्यसै निभ्थ्यो । मनमनै खुसी भई स्याउरेको बाबुको भरपर्दो काम सम्झँदा । ‘ किन माथिल्ला पातलसम्म पुग्ने दाउरा मार्न । तलकै कालिकाठकै मारे पनि हुन्छ नि । त्यसै दुःख बेसाउन लेखेको’ भन्ने आफ्नो गनगन सम्झी ।

विनोदप्रसाद धिताल

साथै ‘ एकछिनका दुःखले खस्नुको दाउरा र कालिकाठमा दाउराको छ्याप्न पैचान नहुनु । धन्नै हो स्वास्नी मान्छेको बुद्धि । थाहा पाउलिस् अर्का घराँ पालैपिच्छे आगो मागन जाँदा कति झर्कन्छन् भन्ने कुरा । के गर्नु त राँडको बुद्धि छैन भनेर म मोराको मेख मार्ने बुद्धि आउँदैन बाबै’, भनी स्याउरेको बाबुले बुद्धिको कुरा गरेको सम्झी । स्याउरेका बाबुको बुद्धि सम्झँदा जीउ नै खुसीले जिरिङ्ग भइ सनसनियो । ‘ त्यस्ता बुद्धिमन्त सार्कीकी स्वास्नी आफू यस्ती । एउटा बाख्रोसम्म एकदिन सार्की नहुँदा जोगाउन नसक्ने’ यो सम्झनाले फेरि रुँ रुँ लागेर तुरुन्त आँसु झारी । तर यो आँसुमा ‘ बुद्धिमान लोग्नेकी स्वास्नी’ बन्न पाएको कृतार्थाको खुसी नै बढी थियो । चोट त्यसैले हराएजस्तो भयो छिनभरमा नै ।

                                                                                         २
‘यो चारथरको लेकाँ हिउँ छेकिएकाले न्यानो छ भन्थे गोठालाहरु । अहँ मलाई त हाम्रै एघार गाउँकै लेक जस्तै जाडो पो लाग्यो नि मक्राती बा’, रतेल कान्छोले थरथर काम्दै भन्यो ।

‘ ठीक भन्यौ कान्छा दाइ । आफू त लोपारे भएर हो कि किन हो । यहाँभन्दा बढी जाडो कुन लेकाँ होला र भन्न पो लाग्या छ । उकालो नि पो रच चिहान । चोटे खोलाबाट ठाडै उँभो लाग्या हौँ हीँ आएर दम टेकियो लौ । मुटु नै निक्लेला जस्तो पो भो । झन् यो रगत किन पर्न परेको नि झन् आजै । हातखुट्टा त आफ्ना हुन् कि अकै हुन् पत्तै छैन’ बयलकोटी साहिँलाले भिजेको टोपी निचोर्दै भन्यो ।
‘ ठीक भन्यौ है साहिँला तिम्ले । आफू त लोपारे त होइन ध्याचोकेको लेक र आफ्नै एघार गाउँको लेकाँ गरी तीन पटक हिँडिसके चोया काट्न । तर यै चिहानजस्तो टाढा र दमै फेर्न नपाउने ठाडो उकालो त कतै लागेन है ’, कवे कामीले बासाको सुर्ती मुखमा हाल्दै भन्यो ।

‘आससे नै पार्यो है आज त मलाई पनि । धेरै लामो बाटो त छैन भन्थे हाम्रा बा पनि । गो रगत परेर हो कि किन हो चौपट्टै लामो नाकै ठेस्ने उकालो लाग्यो ’ सानीगाउँलेले नेप्टे घर्तीले आफ्नो हातले खुट्टा मोल्दै भन्यो ।

‘ ठीक भन्यौ है साहिँला तिम्ले । आफू त लोपारे त होइन ध्याचोकेको लेक र आफ्नै एघार गाउँको लेकाँ गरी तीन पटक हिँडिसके चोया काट्न । तर यै चिहानजस्तो टाढा र दमै फेर्न नपाउने ठाडो उकालो त कतै लागेन है ’,

 

‘ तिम्लाई राँडाको छोरा बाउ हो । तिमी मुर्धारहरूले बयलकोटी साहिँलालाई लोपारे नचाउन भनेर नानथरी नगरेको भए यतिबेला भातसात खाइकन एक मूठो ठाडे पनि सकिन्थ्यो । न पानीले भेट्थ्यो न यस्तो साँझै पथ्र्यो । यो ढपक्क छोपेर पानी पर्या बेला त बालाबृद्ध भइञ्जेल आइराको पानी पनेरो जस्तो यो ओडार नि मुगलानै लाग्यो मलाई पनि । रतेल कान्छाले यै गोरेटो हो भनेर ठोकेर नभन्या भए बस्थ्यौ मुर्धार हो यो ओभानो आडाराँ आएर । कुन बाझाँ रुखमुनि बाँच्नु न मर्नु हुन्थ्यो । भोट जाँदा लेक जाँदा आला काँचा ठिटालाई लिएर नजानू भन्थे उहिलेका बूढाहरू । के भन्छन् यी बूढाहरू भन्थे । तिमी मुर्धारहरूले आजै सम्झायौ बूढाहरूको कुरा मोरा हो ! अरु त भए भए तिमी के भा नि रतेल कान्छा । गैह्री गाउँको पनेरा छेउमा झण्डै घडी पाँचै पर्खे होला । आउलान भन्यो आउलान भन्यो चाइँचुइँ छैन ए । उसै त चार थरका घाम तीमाथि बादलले ड्याम्मै डाकेको बेला । म त कसैलाई केही पो भएच कि ! त्यो तल माने थुम्कीमा पहेला घामका हल्का छाया भएकालाई समात्छ भन्थे । मलाई त कुन चाहिँ ठिटो फेला पर्यो क्यारे भन्ने डर लाग्याथ्यो’, मक्राति बूढाले सरक्षंकको ओजिलो स्वरमा प्यार पोख्दै भन्यो ।

उज्यालो हुनुअघि

‘हैन बा ! अब त बालाई के ढाँट्नु । केको लापारे नचाएर त्यतिबेला जान्थ्यो । एउटी जिउँदै किचकन्ने मुखाँ परिया । अनि त थचक्कै बसे यी मोराहरू । कसो भन्छौ ए ठिटा हो ! भन्दिऊँ है मक्राती बालाई सबै कुरा के भन्छौ । जे सुकै भन । यस्तैमा नगर्या गफ कैले गर्ने । भन्छु बा सबैकुरा । यत्ति आगो बालिहालूँ । अलि झिसमिस खोज ए ठिटा हो ’ । तेल कान्छाले झूलो चकमक्क झिक्दै भन्यो ।
आगो बल्यो । निगालाका सिठा चट्चटी पड्किन लागे । सर्वत्र झलमल भयो । चोया काट्न गएका यी युवक, अधबैँसे र बृद्धका छाती मात्र होइन ओडार र रातका छाती समेत झलमल्ल भयो । । अनि तिनै सिठाको राँको लिएर रतेल कान्छा खोलाको ‘ छ्याङ छ्याङ ’ पछ्याउँदै अगाडि हिँड्यो । माना पाँचै पाक्ने पित्तले तसला र रक्सी हाल्ने काठको पुङ लिएको नेप्टे घर्ती उसको पछिपछि लाग्यो ।
यता नेप्टेका चूलोभन्दा हाती पाँचै पर बयmकोटी साहिँलाले अर्को धुनी सार्यो । सबै काठिएका थिए । यसैले आगोको रापले नताती सोझो गरी आङ चलाउनसम्म पनि कसैको हिम्मत थिएन । भोकको आगो त्यसरी नै पेटमा दन्किएको थियो । सबै नेप्टेले कति बेला खान देला भनेर औताइरहेका थिए ।

 

हैन कान्छा अघिको जिउँदो किचकन्नेको कथा भनन् अब । सप्पै परीलाएर भन् है । खाको स्वाद लागोस् ।’

पानी लिएर फर्केको नेप्टेले तसला बसायो । जान्नेसुन्ने बूढाहरूले ‘ यसो गर, यसो गर’ भनी छिन छिनमा भनेकाले भान्से भएर नेप्टे बसे तापनि सबैलाई नै सबैले मिलेर पकाएका अनुभव भयो य

विनोदप्रसाद धिताल

सले गर्दा भोकको अधैर्यलाई बढ्ने मौका अब भने कम मिल्यो । सबैलाई एकै घडीमा पाकेको अनुभव भयो । चिसो होला भन्ने डरले नेप्टेले पनि तुरुन्तै भोर्लाका पातमा चकलेटी रङका ताता ढिडाका डल्ला तिहारका गोवर्धन पर्वत जस्तै गरी थपथपी थुपार्ने थाल्यो । त्यसकै छेउमा खुर्सानीमा रातै लटपटिएका गुन्द्रुकका लामा तान्द्रा र ‘लहै एक भाग समाते हुन्छ अब’ भन्यो । उसले बोल्नु बेर न बख्खुमा बेरिएका सबै साथीका हात ‘ तँछाड् मछाड्’, गरी बाहिर निस्केर भाग आफूतिर सार्न बेर । साथै भाग सार्न बेर दुई चार डल्ला निल्न बेर, त्यो लेकै निलो भनेजस्तो भोकको ज्वाला तृप्त गर्न । छिनभरमै घल्याकघल्याक गर्दै वानीको आवाज कमैसँग चल्न थाल्यो । अनि पो बल्ल मक्राती बूढाले रतेल कान्छो–तिर फर्केर भन्यो,‘ हैन कान्छा अघिको जिउँदो किचकन्नेको कथा भनन् अब । सप्पै परीलाएर भन् है । खाको स्वाद लागोस् ।’

क्रमश..