घुम्दै जाँदा म कहाँ कहाँ पुगेँ भनेर आज डायरीमा खोजेर भेटे पनि त्यहाँको जन-जीवन र इतिहास पाउन गाह्रो छ । खासमा एउटा बन्दुक बोकेर हिँड्ने सिपाहीले संसारमा टेकेको पाइला पाइलामा देश बोकेर हिँडेको हुन्छ । पैसा कमाउनु मात्र सिपाहीको सपना हैन, यो त मानिस भएपछि केही काम गर्नुपर्छ भन्ने उसको ध्येय हो । कसैलाई सित्तैमा मर्न र मार्न मन हुन्न । लडाइँ गर्न पनि एउटा कला चाहिन्छ जस्तैः एउटा शिक्षकले दिनभरि घाँटी नसुकि कक्षाका विद्यार्थीलाई पढाइरहेको हुन्छ । नजानेका नपढेका शिक्षकले यसरी दिनभर पढाउन सक्दैनन्, त्यस्तै सबै लडाकु सैनिक हुन्नन् ।
हामी बोज्नियाबाट दुई हप्ताका लागि क्रोएसियाको स्पिट सहरमा झयौँ । जुन यो क्रोएसियाका दक्षिणतर्फ रहेको भव्य दोस्रो आधुनिक सहरमा गनिन्छ । हामी अर्कै मिसनमा उत्रिएका गोर्खालीमध्ये दुईजना (म र दाइ टीका लिम्बु) लाई गोरा सेक्सनमा गाभेर भिस टापुमा गोर्खाली खोज्न पठाइयो ।
हेलिकप्टरको पखेटा रूखका हाँगामा ठोक्कियो । हरिया पातका कलिला हाँगा चुँडिएर उत्त सुर्काे नै धानको ब्याड राख्दा भाँगाको स्याउला बिछाए जत्ति नै भयो ।
पक्का भेटेर, लिएर आउनु है कवि । एकजना गोर्खाली कमाण्डरले खिस्टाइलो तरिकाले हाँस्दै भने ।
भेटाइएमा कविता लेखौँला नि एउटा । मैले पनि उत्तर फर्काएँ ।
हाम्रो टिमले एक अर्काको मुखमा लुकेको प्रतिविम्ब पढ्ने चेष्टा गयौँ तर सकेनौँ ।
बिना गर्डर यसो हेलीमा घुमाएर लिने होला भन्ने सम्झियौँ । तर फेरि बर्गन (फौजले बोक्ने ठूलो झोला)मा आफ्नो सामान पनि हाल्न लगाए । अर्कै पल्टनका बेलायती मित्र तीनजना पनि खोलाको दोभान जसरी मिसिए ।
यो सहरबाट छुट्टै टापुमा अवस्थित भएकाले दुईवटै टुप्पामा पखेटा जडित बेलायती शक्तिमान चिनोक नामक हेलिकप्टरमा लगियो । हेलिकप्टरको झ्यालबाट तलका सहरका घरहरू प्रस्ट रूपले देखिन्थे । घरका छानाहरू प्रायः राता रंगका थिए । अत्यन्तै आधुनिक पाराका चोसाचासी निकालेर चिरिच्याँट्ट पाराले बनाइएका । प्रत्येक घरका बगैँचामा हरियो रूख बिरुवा थिए । पिच सडक पुगेको, साना त कतै ठूला स्विमिङ पुल भएका घरको बनावटले मन लोभ्याउँथ्यो । मानौँ एक सुन्दरी युवतीले लगाएको कामुक वस्त्र जस्तै ।
आकाशबाट दृश्य अवलोकन गर्दा त अलिक रोचक त भयो नै तर झर्ने बेलामा भने हेली अवतरण गर्ने जमिनसम्म नभएकाले पछाडिको चक्का मात्र एउटा सुर्काेमा छुवाएर हामीलाई जबरजस्ती झारियो । हेलिकप्टरको पखेटा रूखका हाँगामा ठोक्कियो । हरिया पातका कलिला हाँगा चुँडिएर उत्त सुर्काे नै धानको ब्याड राख्दा भाँगाको स्याउला बिछाए जत्ति नै भयो । यति नै खेर मैले वातावरण साहित्यका अभियन्ता विजय हितानलाई पनि सम्झिएँ । त्यो बेला उहाँ त्यहाँ भएको भए पक्कै पनि पाइलटलाई एउटा चेतावनी पत्र भने पक्कै पनि दिनु हुन्थ्यो झैँ लाग्यो ।
एक हप्तासम्म पुग्ने रासन पानी पनि लगेकाले ती सबै माथिबाटै हुत्याइदिए । रासनका बोरा फुटेर गराभरी भयो । लाग्यो कि पहिलो र दोस्रो विश्वयुद्धमा कैयौँ दिनपछि आकाशबाट हवाइजहाजले रासनको डिब्बा खसाल्दै छ ।
आलुका बोरा फुटे, तेलका जर्किन फुटे, भए भरका अण्डा सबै फुटे । हामीले पाइलट र पछाडिका चालक दललाई मनग्य सराप्यौँ । गोरा मित्रका फकिङ हेल र मदर फकर भन्ने शब्द नसुनेको धेरै भएको थियो । अब सुरु भयो यो सुर्काेबाट ।
छरिएका सामान सबैले बोकेर एउटा रूखको छायाँमा पुग्यौँ । हेलीले आँखाभरि धुलो खाँदेर आकासियो ।
सानो सुर्काे । सुर्काेमुनि समुद्रको छाल बत्तिरहेको थियो हामीतिर । झल्यास्स सम्झना आयो, चीनबाट भागेर हङकङको सीमामा आएका मित्रहरूलाई समाउँदै पुलिसलाई बुझाएको । अनि एक गोर्खा सैनिकले डिसेम्बर सन् १९८० धनिराम भण्डारीले आफ्नै कमान्डर क्याफ्टन आलेलाई खुकुरीले छप्काएको । अति भएपछि रिसको अन्त्य कालमा परिणत हुँदोरहेछ जस्तो पनि लाग्छ मलाई कहिलेकाहीँ ।
हामीलाई त्यहाँ किन पठाइयो त्यहीँ ठाउँमा पुगेर मात्र थाहा भयो । त्यो सुनेर म एक छिन त नि:स्तब्ध भएँ । मलाई मेरै मावलका बाजेको नाम त भेटिँदैन भने जस्तो भयो । गोरा मित्र हिलले उमालेको फिका चिया कपमा सारेर समुद्रतिर आँखा दौडाउन थाले । अर्डरमा भन्दै थिए एकजना मित्रले । दोस्रो विश्वयुद्धमा यो भिस टापुमा हाम्रा पुर्खाहरू मारिएका थिए । आज यो हाम्रो सौभाग्य हो कि उनीहरूको चिहानका वरिपरिका झार उखेली बुट्यान फाँडेर सफा गर्नु छ । भएमा उनीहरूको नाम ढुङ्गामा उल्लेख गरिएको पाइएको खण्डमा फोटो खिचेर लिनु भन्ने आदेश पनि छ । याद गर्नुहोस्, सर्पको धेरै डर भएकाले होसियार रहनुहोला । एकजना अधबैँशे गोरा हल्दारले जानकारी दिए ।
राजा डियोनिसियस एल्डरले यस टापुको नाम (जसबाट भिज भन्ने ठाउँको नाम दिएर) स्थापना गरे भन्ने भनाइ रहेछ ।
के के न होला भनेको त फिस्स भइयो । यद्यपि पर पर देखिने पहाड, क्यासल र सानो बजारले यो टापुको सौन्दर्य बोकेको थियो ।
उनका अर्डर अनौपचारिक भएकाले ‘एनएफए’(थप काम केही छैन) भन्ने सिपाहीको आफ्नै संकेत छ, त्यो लागू हुने देखियो ।
हाम्रा टिमका क्याप्टेन टीका लिम्बुको अंग्रेजी गोर्खाली बटालियनमा नै उच्च स्तरको मानिन्थ्यो त्यो बेला । अहिले उहाँ स्कटल्याण्डमा भएको भर्खरै मात्र मैले यिनै बिर्सिएका कुरा सोध्दा थाहा भयो ।
उहाँले पनि हाम्रो टिमलाई आफ्नै तरिकाले सम्झाउनु भयो । नजिकैको पुरानो एकतले घर थियो । हामी त्यहीँ गयौँ । पछि बुझ्दा त त्यहाँ पहिला पनि बेलायती सैनिक आएर काम गरेर फर्किएका रहेछन् । घर सफा थियो । हाम्रा सामान राखेर उकालो लाग्यौँ । जहाँ भिरालो परेको पाखा झाडीले घेरेको पाखोमा चिहानघारी थियो । त्यो दिन केही चिहानका झार उखेलेर हामीले रातको खाना तयार गयौँ ।
त्यो समय सन् १९९६ तिर हो । त्यतिखेर न फोन थियो न आजको जस्तो सूचना प्रविधिको युग नै । संक्षिप्त परिचयको क्रममा भन्नुपर्दा यो भिस टापुको इतिहास अविश्वसनीय तर रमाइलो रहेछ । भिसको मुख्य कथा ईसापूर्व सन् ३९७ तिरैबाट सुरु हुन्छ ।
त्यसबेलाका यहाँका शासक, सिराकुज अर्थात् इटालीको सिसिलीका थिए । राजा डियोनिसियस एल्डरले यस टापुको नाम (जसबाट भिज भन्ने ठाउँको नाम दिएर) स्थापना गरे भन्ने भनाइ रहेछ ।
अस्ट्रियाली साम्राज्यको पतनपछि यो टापु सन् १९१८ देखि १९२० सम्म इटालीको मातहत आयो ।
दोस्रो विश्वयुद्धका वेला सन् १९४४ ताका जर्मन फौजले धेरै पटक मार्न खोजेपछि युगोस्लाभियाका आफैँ प्रधानमन्त्री भएका जोसिव ब्रज टिटो (टिलोले प्रख्यात छन्) यो भिस टापुमा लुकेर बसेर काम गरेका थिए रे । उनी त्योबेला गुफामा लुकेर बसेका थिए भन्ने तथ्य कुरा तलको फोटोले सावित गर्दछ ।
यहाँको लोकल रक्सी भने निकै कडा थियो ।
दोस्रो विश्वयुद्धपछि उनी युगोस्लाभियाका नेता बन्न पुगे । जब उनको शासनकाल समाप्त भएपछि यहाँ जातीय युुद्ध भएको थियो । पहिलाको युगोस्लाभिया आज टुक्रिएर ६ वटा (स्लोभेनिया, क्रोएशिया, बोज्निया, हर्जगोभिना, म्यासेडोनिया, सर्बिया र मन्टेनेग्रो बन्न पुगेका छन् ।
एक हप्ताको अवधिमा केही घण्टामात्र चिहानका झार खोस्रने काम भयो । दिनमा गर्मीको कारणले गर्दा हामी उक्त पाखोबाट घरतिर नै झथ्र्यौँ । कोही बजार जान्थे । कोही घाममा सेकिएर बस्थे । म र एकजना गोरे भाइ भने परको क्यासललाई एक चक्कर लगाएर आउँथ्यौँ । म प्यारा कमाण्डो कोर्स सकेर भर्खर आएकाले होला बेतोडले पछाडि छोडिदिन्थेँ ।
स्कटल्याण्डका थिए उनी । लेकालीहरू हामीसँग निकै मिल्थे ।
खाना सबैले दिनैपिच्छे पालैपालो बनाउनु पथ्र्यो । रासन सबै हेलीले थेचारेर बिग्रिएकाले केही सामान त नजिकैको बजारबाट किनेर पनि ल्यायौँ । साँझमा भने हामी प्रायः बजार झथ्र्यौँ । यहाँको लोकल रक्सी भने निकै कडा थियो ।
एक दिनभरि म र टीकादाइ भएर चिहानका वरिपरिको डाँडामा गोर्खालीको नाम छ कि भनेर हेयौँ तर कतै पनि पाइएन । कति जनाको चिहान हो भनेर किटान पनि गर्न सकिएन । सायद त्यहाँका स्थानीय बासिन्दाले उखेलेर नामेट पारेको पनि हुनसक्छ । अहिले भने पर्खाल लगाएर सुरक्षित बनाइएको छ । वर्षेनि बेलायती रोयल नेभी गएर सम्झना गरिन्छ ।
ढुङ्गाको थुप्रो देख्यो कि गोरा मित्रहरूले फोटो खिच्थे । हामीले त्यो दिन पनि केही बुट्यान फाँडेर वासस्थान झयौँ र नुवाईवरी डाउन टाउनमा छुस् भयौँ ।
पहिला बन्देज लगाइए पनि सन् १९९१ मा यो टापु पर्यटकका लागि खुला गरिएको छ । दुई हजारभन्दा कम जनसंख्या भएको यो टापु पहिला युद्धका लागि महत्वपूर्ण भएकाले सबैले आँखा गाडेका थिए । तथापि यो दोस्रो विश्वयुद्धमा स-साना युद्धका लागि यो बन्दरगाह निकै उपयुक्त सावित भयो ।
बाटामा जाँदा जाँदा एकजना स्थानीयले चिसो रातो चिया खानु भने । हामी पनि एक छिन थकाइ मायौँ घरकै बरन्डामा । उनले घरको तल्लो तल्लामा लगे ।
तर पछि उक्त मुख्य भूमिमा अन्य उपनिवेशकहरूले शासन गर्दै गए पनि दोस्रो विश्वयुद्धपछि भने क्रोएसियाअन्तर्गत पर्न गयो । दोस्रो विश्वयुद्धका बेला भिस टापुमा अलिक थोरै हिस्सामा सैनिक रहे पनि यो एक मुख्य अड्डा थियो । ब्रिटिश कमाण्डो ब्रिगेड, अमेरिकी रेन्जरको सानो फोर्स सहित त्यहाँ तैनाथ थिए ।
हाम्रो एकहप्ते भिस टापुको टूर पनि सकियो । भोलिपल्ट बिहानै हिँड्नुपर्ने भयो ।
रेडियो (फौजले चलाउने) मा भोलि भने अलिक माथिको डाँडामा आउनु भन्ने समाचार आयो । किनकि त्यहाँ अवतरण गर्न पाइलटलाई उचित लागेनछ क्यार ।
हामी बिहानको खाजा खाएर उकालोतर्फ लाग्यौँ । बाटामा जाँदा जाँदा एकजना स्थानीयले चिसो रातो चिया खानु भने । हामी पनि एक छिन थकाइ मायौँ घरकै बरन्डामा । उनले घरको तल्लो तल्लामा लगे । हामी सबै एकैचोटि नजानू(नचिनेको ठाउँ के हो के !) भनेर एकजनाले सल्लाह लिए । हामीले त्यसै गयौँ ।
तल्लो तल्ला त उसको सानोतिनो रक्सी फ्याक्ट्री नै रहेछ । घरको भित्ता पनि बडेमाको ढुंगामा नै गाभेर बनाइएको । उक्त ढुङ्गाको भित्तामा कपेर रातो रक्सीको पाइप र फिल्टर गरेर राखिएको रक्सीको ठूलो जर्किन थियो । हामीले चाख्यौँ, त्यो नेचुरल चिसो रक्सी र बाहिर निस्कियौँ । उनले पनि एक कप स्वाँट्ट पारे ।
उनले पनि छोटो कथा भनिहाले ।
दोस्रो विश्वयुद्धका वेला यो टापु बेलायती र उसका सहयोगी सैनिकका लागि प्रमुख आधारकेन्द्र थियो रे । त्यसैताका बेलायती सेना, अमेरिकी र युगोस्लाभ मूलहरू मिलेर जर्मन सेनालाई पसास्त गरेको इतिहास पढेको भने । उः त्यो ओडारमा टिटो लुकेका थिए, नत्र उनलाई नाजीका सेना जर्मनीले बेलग्रेडमा चपाउँथे । त्यो लडाइँमा मरेका बेला बेलायती सेना लड्दा केही सैनिकको चिहान त्यही गुफानेर बनाइएको रहेछ । हामीलाई लिन आउने हेली आकाशमा घुम्न थाल्यो हामी डाँडातिर उक्लन थाल्यौँ ।
मलाई आज पनि लागिरहेछ कि त्यो बेला गोर्खाली त्यहाँ गए पनि इतिहासमा पो नलेखिएको हो कि ? हैन भने टीका दाइ र म नै हौँ भिस टापुमा पुग्ने गोर्खाली पनि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।