फ्लोरेन्स आफै बिरामी भएर अस्पतालमा केहि दिनको लागि मात्र भर्ना भएकी थिइन् । तर यो समयले संसारलाई उथल पुथल पार्यो । टर्की र क्रिमियामा बेलायतबाट समाचार पत्रहरू जान थाले । ती समाचार पत्रहरू त्यहाँ पुग्दा दुई हप्ता पूरानो भई सकेका हुन्थ्यो । तर सबैजना आफ्नो देशमा के भई राखेको छ भनेर पढ्न उत्सुक हुन्थे । दि टाइम्स पत्रिकाको पूरानो पत्रिका पढ्दै गर्दा फ्लोरेन्सलाई बिरामीले च्यापी रहेको भए पनि उनी बेडबाट उठ्थिन् । पहिलो पेज मै स्पष्ट देखिने गरी चार्लस ब्रासेब्रिजले दिएको भाषण छापिएको थियो । त्यसमा उनको स्कुटारीको अनुभव समावेश थियो । त्यसमा मिलिटरी अधिकारीहरूको देखावटीपना, असक्षमता, बेवास्ता गर्ने र पूर्णरुपमा बिरामी सिपाहीहरू माथि गरेको दुर्ब्यवहारका कुराहरू छापिएका थिए ।

तर मिस फ्लोरेन्स नाइटिङ्गेलको यति उच्च स्तरमा प्रशंसा गरिएको थियो कि उनले त एउटा अद्भुत चमत्कार नै गरेकी थिइन् ।

प्रभाव के परेको थियो भने उनी स्कुटारीमा रित्तो हात पुगेकी थिइन् । तर हजारौँ सिपाहीहरूलाई सञ्चो पारिन, हजारौँ मृत्यु अवस्थामा पुगेकाहरूको रेखदेख गरिन् र दि टाइम्स वार फन्डबाट अस्पतालको पुनः निर्माण गरिन् ।

धेरै उपलब्धिमूलक कामहरू मध्ये नबुझेका डाक्टरहरूले के गल्ति गर्दै छन् त्यो सच्याईन र पहिले कल्पना नै नगरिएको उपचारलाई नयाँ तरिकाले लगिन् ।

फ्लोरेन्स धेरै रिसाईन । एक जनाले गर्दा उनले गरेका सबै राम्रा कामहरू खसेका थिए ।

स्कुटारी र क्रिमियाका उनका आलोचकहरूले उनलाई हस्तक्षेप गरेको आरोप लगाएर आगोमा घ्यू थप्ने काम गरेका थिए ।

चार्लसले पनि झुट र हल्लाको सपोर्ट गरेका थिए । उनले येशू ख्रीष्ट जस्तै अनुभव गरिन् । अर्थात् विश्वास गरेको मित्रबाट धोका ।

सञ्चो भएर बालाब्लाभाबाट जानु अघि उनले जे सोचेकी थिइन् त्यो हुँदै थियो । उनी बिरोधीहरूको सामना गर्ने प्रतिक्षामा थिइन् । अधिकारीहरूले उनलाई ठाडै र अपमानित तरिकाले बोलाउँथे । कतिपयले उनले गरेका कामहरूको उपेक्षा गरेका थिए । “मदर ब्रिकब्याट” यसबाट धेरै खुशी भएकी थिइन् ।

स्कुटारीमा उनलाई स्वागत गर्न मिलिटरी र मेडिकल अफिसरहरू विशेष गरी जर्नेल सिम्पसन् छन् भनेर उनी भयभित भएकी थिइन् । उनको साथमा काकीमाई, जर्नेल स्टोर्क, केहि नर्सहरू र केहि डाक्टरहरू थिए ।

अचम्म लाग्दो के थियो भने चार्लसबाट फ्लोरेन्सले नसोचेको कुरा भएको थियो । ब्रिटिस जनताहरूले फ्लोरेन्सलाई हृदयमा राखि सकेका थिए । उनको प्रसिद्धि केहि दिन मै चारैतिर फैलिएको थियो र उनी एउटी राष्ट्रिय हिरोनी भएकी थिइन् ।

उनको बारेमा गीतहरू रचिएका थिए र सार्वजनिक घरहरूमा उनको बारेमा गीतहरू गुञ्जन्थे ।

म्युजिक हलहरूमा कलाकारहरूले दर्शकहरूको आँसु झार्थे । चर्चहरूमा भजनहरू पनि उनको सम्मानमा छानिन्थे । उनको जीवनको बारेमा एउटा किताब हतार हतार गरेर लेखियो र यसलाई बजारमा एक पेनी (पैसा) मा बेचिन थालियो । उनलाई देख्दै नदेखेकाहरूले पनि यस्ता चित्रहरू बनाउन थाले ।

साना बालिकाहरूलाई फ्लोरेन्स भन्ने नाम दिन थालियो । पानीजहाजहरूमा उनको नाम राख्न थालियो ।

फ्लोरेनस नाइटिङ्गेल सबैको ओठमा झुण्डिन थाल्यो ।

तर यो समाचार क्रिमियामा फैलनुअघि उनलाई स्कुटारीमा हैजा रोग आएको छ, छिटो आउनुहोस् भन्ने खबर आयो । फेरि पनि अस्पतालका बेडहरू भरिन थाले र प्रत्येक घण्टा मान्छेहरू मर्न थाले ।

गएका हप्ताहरूमा अस्पताल व्यवस्थापन र प्रशासनिक कामहरूमा व्यस्त भएको हुँदा नर्सिङ काम एकातिर पन्छिएको थियो । तर नर्सहरू र डाक्टरहरू त्यो रोगबाट मरि रहेका थिए । यसैले फ्लोरेन्स उनलाई सबै भन्दा बढी मनपर्ने काम नर्सिङको लागि अस्पतालको वार्डमा गइन् ।

हैजा फैलिरहेको बेला ठूल्ठूला मान्छेहरूबाट मान्यताका चिठ्ठीहरू र सिपाहीहरूका परिवारबाट धन्यवादका चिठ्ठीहरू दिनदिनै आइरहेका थिए ।

वेन, फ्यानी र पार्थेनोपका चिठ्ठीहरूले बताउँथे कि उनीहरूले पनि दिनमा दर्जनौँ चिठ्ठीहरू पाइरहेका छन् । नचिनेका मानिसहरू ढोकामा आएर सोध्ये, हामीले उनको लेख्ने डेस्क देख्न सक्छौँ कि भनेर ।

एकदिन उनले एउटा प्याकेज पाइन् । त्यो राजदरबार (Royal Cipher) बाट थियो । चार्लसको रिपोर्टबाट रानी भिक्टोरिया एकदमै प्रभावित होइबक्सेको थियो । र फ्लोरेन्सलाई एउटा बहुमुल्य गहना पठाई बक्सेको थियो । यो उनकै लागि भनेर राजकुमार अल्बर्ट आफैले डिजाइन गरेका थिए । यसमा लेखिएको थियो । (Blessed are the Merciful) अर्थात् धन्य दया गर्नेहरू, किनभने तिनीहरूले दया पाउने छन् । (मत्ति ५ः७)

यसमा लेखिएको थियो क्रिमिया । अर्को साइडमा लेखिएको थियो मिस फ्लोरेन्स नाइटिङगेलको लागि । इंग्ल्यान्डमा नोभेम्बर २९ का दिन सिड्नी हरबर्ट, रिचार्डमोङकटन, ड्युक अफ क्याम्ब्रिज र आर्गिलले ब्रिटिस जनताले फ्लोरेन्सलाई कृतज्ञता प्रकट गर्ने उपाए खोज्ने एउटा समिति बनाए । एउटा सार्वजनिक सभामा नाइटिङ्गेल फन्ड स्थापना गर्ने भन्ने प्रस्ताव सर्वसम्मपतिबाट पास भयो ।

यस्तो प्रशंसा हुँदाहुँदै फ्लोरेन्सका बिरोधीहरूले यसको खुलेर बिरोध गरे । मिस सालिसबुरी र मारि स्टान्लिले भनेको कुरामा हामी सहमत छौं । फ्लोरेन्सले सैनिक अधिकारीहरूको काममा हस्तक्षेप गरेको, डाक्टरहरूमाथि नराम्रो व्यवहार देखाएको, नर्सहरूलाई दुर्व्यवहार गरेको, बिरामीहरूको बेवास्ता गरेको भन्ने जस्ता आरोप लगाउन थाले ।

यी आरोपहरू डाहबाट उब्जिएका थिए । दोस्रो महिला भएर अरूमाथि अधिकार जमाउनु हुँदैन भन्ने मान्यताबाट उब्जिएको थियो । अर्को विशेष गरी युद्ध अफिसरबाट सिपाहिहरूलाई दया माया गर्नु हुँदैन भन्ने सोचाईबाट । सिपाहीहरू त जनावर, मुर्ख, जड्याहा, बेइमान, निर्दयी हुन्छन् भन्ने सोचाई थियो ।

फ्लोरेन्सका आलोचकहरूले भनेका अपमानित शब्दहरू आइरहेका बेला इन्क्वाइरी टिम जसलाई व्यारेक अस्पतालहरूमा पठाइएको थियो, तिनीहरूबाट रिपोर्ट आयो । यो एउटा निष्पक्ष रिपोर्ट थियो र यो रिपोर्ट र दि टाइम्स पत्रिकामा विलियम रसेलले दिएको रिपोर्ट मिल्यो । तिनीहरूले फ्लोरेन्सको बिरुद्धमा गरेका प्रत्येक सिकायतको पनि खण्डन गरेका थिए ।

यसैबीच जाडो सुरु भएसँगै स्कुटारीमा हैजा रोग साम्य भएको थियो र फ्लोरेन्स आफ्नो लेख्ने टेबलमा फर्केकी थिइन् ।

मिस सालीस्बुरी र मारि स्टान्लिले उब्जाएको यो समस्या पछि फ्लोरेन्सलाई उनी तर्फबाट के भएको थियो सो (उनको कथा) लेखेर पठाउन भनिएको थियो । यो लेख सबै गरेर २७ पेजको थियो । उनले यो लेखेर ख्रिष्टमसको बिहानसम्म सकेकी थिइन् ।

लर्ड र लेडि स्टाटफोर्डले फ्लोरेन्स र माइलाई ब्रिटिस राजदुटाबासमा खानाखान निम्तो दिइका थिए । फ्लोरेन्सले जाने मञ्जुरी दिँदा माइलाई खुशीले अचम्मै लाग्यो । उनीहरू पूरै कालो बस्त्रमा त्यहाँ पुगेका थिए । उनीहरूलाई एउटी नन कहाँ लगियो । फ्लोरेन्स यस्तो बिरामी देखिन्थिन कि कसैले उनलाई चिन्न सकेन ।

दिउँसो नाचगान र खेलहरू थियो । तर फ्लोरेन्सले त्यसमा भाग लिन सकिनन् । किनभने उनी एकदम कमजोर अवस्थामा थिइन् । उनकी माइजु उनी धेरै हाँसेको देखेर यति खुशी भईन कि खुशिका आँसु झरिरहेका थिए ।

उनको सामान्य कोठाको झ्यालनेर उभिँदा समुन्द्र सुसाएको आवाज सुनिन्थ्यो । यसले उनलाई लियाहर्सटको याद दिलायो । र नदी बगेको आवाजले डर्वेन्टको याद दिलायो । ती दिनहरू पछि उनले कति लामो यात्रा पूरा गरेकी थिइन् । कति धेरै बाटाहरू हिँडेकी थिइन् । तर उनले माइजु माइलाई भनिन् कि यसमा उनलाई कुनै पछुताऊ छैन ।

उनीहरूले हिउँ र हुरीको सामना गरिरहेका थिए । राम्ररी नमिलाएको झ्यालको सिसा फुट्यो र घाम, पानी र हिउँ भित्र आउन थाल्यो । फ्लोरेन्सको कोठामा बालेको सानो आगोले धेरै धुवाँ फालिरहेको थियो र आगो बल्दैनथ्यो । फ्लोरेन्सले ठुलो र माइले सानो टेबलमा काम गर्थे । सँधै लेख्ने, लेख्ने र अझ धेरै लेख्ने काम हुन्थ्यो ।

माइले भन्थिन्, “फ्लोरेन्स अब सुत कति लेख्छ्यौ । भोलि लेखे हुन्छ ।” तर सँधै झैँ हँसिलो मुखले फ्लोरेन्सले भन्थिन् भोलिले भोलिकै लागि काम ल्याउँछ (Tomorrow will bring its own work) ।

उनले लेख्ने काम अलि चाँडै रोक्ने भनेको मसिदानीमा भएको मसि चिसोले जम्यो भने मात्र उनले अलि चाँडो लेख्ने काम रोक्थिन् ।

अष्ट्रियाले यो युद्धको छिट्टै अन्त्य गर्न आगामी मार्च मैनामा आफु पनि यो युद्धमा समावेश हुने धम्कि दियो ।

युद्धको अन्त्यको अर्थ यो थिएन कि आज युद्ध सकियो भोली सबैजना झिटिगुन्टा कसेर घर फर्किने । अस्पतालमा अझै पनि बिरामीहरू थिए । लडाईको अन्तिम दिनमा घाइते भएका सिपाहीहरूलाई पनि त्यहाँ ल्याउनै पर्यो । हजारौँको संख्यामा सिपाहीहरू स्कुटारी र क्रिमिया दुवै ठाउँका क्याम्पहरूमा थिए ।

अप्रिल १, १८५६ मा फ्लोरेन्स बालाकालाभामा फर्केर आई पुगिन् । त्यहाँ उनले ननहरूको लागि दशवटा होस्टेल बनाउन चाहन्थिन् । र अस्पतालमा मदर ब्रिजमानसित शान्ति स्थापना गर्न पनि चाहन्थिन् । यसपाली उनले अरु थप नर्सहरू ल्याएकी थिइन् । तिनी मदरसित फ्लोरेन्सको कुनै सम्बन्ध थिएन । र जब मनमुटाब भएको थियो, ती मदर र उनका नर्सहरू अस्पतालबाट निस्केका थिए ।

फ्लोरन्स ननहरूलाई छाप्राहरूमा राख्न गईरहेकि थिइन् । ती छाप्राहरू बस्ने क्वाटरको रुपमा प्रयोग भई रहेका थिए । यी छाप्राहरू हालै मदर ब्रिजमान र उनका नर्सहरूले खाली गरेका थिए । ती छाप्राहरूमा ताला लगाइएको थियो र साँचो मिस्टर फिट्जराल्ड भन्ने स्टोर किपरसित थियो र उनी बाहिर सहरमा गएका थिए । अहिले ग्रीष्मको सुरु भएपनि क्रिमियामा अझै जाढो थियो र त्यसदिन आँधिहुरी आएको थियो । दिउँसो एकजना मान्छे मिस्टर फिट्जराल्डलाई खोज्न निस्कियो । फ्लोरेन्स छाप्राहरूको बाहिर साँझसम्म उभिई रहिन् । त्यतिबेलासम्म उनका हातखुट्टा जाडोले निदाई सकेका थिए । उनी थाकी सकेकी थिइन् । र बिरामी भए जस्तो महसुस गर्न थालेकी थिइन् ।

अर्को दिन उनी आफ्ना नर्सहरूसित उनीहरूलाई ड्युटी खटाउन अस्पताल गइन् । यो अस्पताल एकदम नराम्रो अवस्थामा भएको उनले पाइन् ।

गत नोभेम्बरमै प्रयोगमा आउनु पर्ने किचन अहिलेसम्म बनेको थिएन । आलेक्सिस् सोएर (सेफ) लाई हप्तौँ अगाडि त्यहाँ पठाईएको थियो । तर उनलाई काम गर्न दिइएको थिएन ।

बिरामीहरू भोकै र फोहोर अवस्थामा थिए । उनीहरूको बेडमा उपिया, जुम्रा आदि थिए । एउटा मुसा बिरामीको बेडमा दौडिरहेको थियो । फ्लोरेन्सले त्यसलाई लौरोले हानेर मारिन् ।

केही बिरामीहरूको यति नराम्रो बेड सोर थियो कि त्यो घाऊमा उनीहरूले लगाएको लुगा र ओछ्याएको कपडा त्यसैमा चप्टिएको थियो । कपडा छुटाउन लामो समय लाग्थ्यो । असाध्यै दुख्थ्यो । फ्लोरेन्स र दशजना ननहरूलाई पहिले बिरामीहरूलाई र पछि अस्पताल सफा गर्न पाँच दिन लाग्यो । त्यसपछि उनले अर्को टुर सुरु गरिन् । अस्पतालहरू जानु र निरिक्षण गर्नु, मिलिटरी क्याम्पमा जानु, यो टुरको उद्देश्य थियो । यिनीहरूमा प्रायः एकदेखि अर्कोको दुरी ६-७ माइल थियो ।

संसारमा भएका बिरलै देखिने युद्धको बेलाको फोटोहरूमा फ्लोरेन्स बाहिर बतासले कपडा फिरिरि पारेको पारेको र हिउँले ढाकेको पहाडबाट कालो समुन्द्रतिर हेरिरहेको जस्तो देखिन्छिन् । उनको पछाडि खरानी रंगका पालहरू देखिन्छिन् । जुन सिपाहिहरू बस्ने घर हुन् । क्रिमियामा मोटरबाटो थिएन । घोरेटो मात्र थियो । उनी दश घण्टा जति घोडामा यात्रा गर्थिन् । कहिलेकाहीँ उनी फर्किने बेलासम्म रात परिसकेको हुन्थ्यो । उज्यालो भन्ने कुरा एउटा लालटिन मात्र हुन्थ्यो । पछि खच्चरले तान्ने बग्गी प्रयोग गर्न थालिन् । त्यो कहिलेकाहीँ अल्झिन्थ्यो र उनी लोटेर निलडाम बस्थ्यो । तर उनले कसैलाई भन्दैनथिन् । एकदिन उनी त्यसबाट उछिट्टिइन् र एकजना आर्मी अफिसरले उनको लागि एउटा बग्गीको अर्डर गरे ।

उनी यात्रा गर्दा उनले युद्धको घिन लाग्दो दृष्य र यसको कुनै अर्थ नभएको कुरा बताउँदै हिँड्थिन् । ब्रिटिस, फ्रेन्च र रसियन सेना केहि हप्ता अघिसम्म एक आपसमा मारामार गर्थे । अहिले सँगै बसेर खानपिन गर्छन् र खेल खेल्छन् ।

आर्मी फौज सँगसँगै सबै डाक्टरहरू र नर्सहरूले क्रिमिया छोड्ने तयारी गर्दै थिए । मदर ब्रिजमान र उनका नर्सहरू अप्रिल ११ का दिन पानीजहाजबाट ईंग्ल्याण्ड गए । केहि समयपछि फ्लोरेन्सलाई मन पर्ने नर्स, मदर सुपेरिअर बिरामी परिन् र उनलाई पनि घर पठाइयो । जब फ्लोरेन्सले निरिक्षणको काम पूरा गरिन् उनी स्कुटारी फर्किएर ब्यारेक अस्पतालमा अन्तिम बिरामी भएसम्म त्यहि बस्ने दृढता लिइन् ।

अन्तिम बिरामी जुलाई १६ सम्म थियो । फ्लोरेन्सले त्यहाँ बीस मैना बिताइन् जसमा २००० जनाको मृत्युमा सहभागी भएकी थिइन् । आठ ब्रिटिस रेजिमेन्ट मध्ये, ७५५ नस्ट भएका वा नराम्ररी घाइते भएका थिए र २५०००० दुवैतर्फ गरेर मरेका थिए । त्यसमा धेरैजसो रोगले मरेका थिए ।

फ्रेन्च सेना बाहिरबाट हेर्दा अत्यन्तै हतियारले सुसज्जित देखिएपनि लडाई सकिए पछि मात्र यो कुरा पत्ता लाग्यो कि सबै भन्दा बढी बिमार उनीहरूलाई नै लागेको रहेछ ।

लडाई सकिएको चार मैना पछि फ्लोरेन्स र उनकी काकीलाई ईंग्ल्याण्ड फर्कन लडाईमा प्रयोग हुने पानीजहाज दिइने भयो । उता ईंग्ल्याण्डमा भब्य समारोहले पर्खिरहेको थियो ।

चारवटा गार्ड ब्याण्डले उनलाई अभिवादन गर्न गईरहेको थियो । उनी उत्रने बन्दरगाहमा नागरिक समारोह हुनेवाला थियो । त्यहाँ ठूलो बिजय जुलुस हुनेवाला थियो । उनको परिवार डर्बिसायरमा भएकाले रेलवे स्टेसनबाट उनलाई बग्गीमा चढाएर सिधै त्यहाँ पुर्याउने व्यवस्था भएको रेलवे स्टेसनबाट उनलाई बग्गीमा चढाएर सिधै त्यहाँ पुर्याउने व्यवस्था भएको थियो । हालै भएको उनको जयजयकारलाई मध्यनजर राखेर फेरि त्यस्तै गर्ने छन् भन्ने सोचेर उनले सैनिक पानीजहाजको सट्टा यात्रुबाहक पानीजहाजबाटै जाने विचार गरिन् । यसबाट जाँदा पनि उनले आफ्नो र आफ्नी माइजुको नाम मिस र मिसेज स्मिथ भनेर राखिन् ।

लण्डनमा उनलाई स्वागत गर्न एउटा ठुलो समारोहको आयोजना गरिएको थियो । उनले अनुमान गरे जस्तै त्यहा मिलिटरी व्याण्ड तयार थियो । स्वागत समिति पनि बनाइएको थियो । रेलको प्ल्याटफर्ममा रेल पुगे पछि उनी अन्तिम डिब्बाबाट झरिन् । उनलाई कसैले चिन्न सकेन । उनले कालो लुगा लगाएकी थिइन् र बिमारले गर्दा उनको रुपरंग नै फेरिएको थियो । जब मानिसहरू उनलाई नदेखेर सशंकित भए उनीहरू त्यहाँबाट निस्केर सहरमा गए र कोठामा रात बिताए । अर्को दिन बिहानै फ्लोरेन्स मदर सुपेरिअरको बारेमा बुझ्न बर्मोन्डसि गइन् ।

अरू ननहरू सँगसँगै तिनीहरूले परमेश्वरलाई धन्यवाद दिए कि यो दुई वर्ष लामो लडाई पूरा भएको थियो । फ्लोरेन्स दिउँसोसम्म बसिन् र त्यस पछि स्टेसनमा गइन् । कता गइन् भन्ने कुरा पत्ता लाग्नु अघि नै उनि डर्बिसायर जाने रेलमा चढी सकेकी थिइन् ।

स्टेसनबाट हिँड्दै जाँदा उनी बिचमा रोकिइन् । किनभने उनको प्यारो लियाहर्सट भन्ने ठाउँ त्यहाँबाट देखिन्थ्यो । केहिबेर पछि उनी हिँड्न थालिन् र घर पुगिन् ।

घर पुगेपछि उनी सिधै चित्रहरू बनाउने (Drawing Room) मा गइन् । उनलाई अचानक देखेर उनको परिवार मुर्छा परेजस्तो भए किनभने उनी एकदम फरक देखिन्थिन् । उनी पहेँली र बिरामी जस्ती देखिन्थिन् । उनी अत्यन्त दुब्लाएकी थिइन् । उनको अनुहार अत्यन्त पातलो देखिन्थ्यो । चिन्न पनि मुस्किल जस्तो देखिन्थ्यो । उनको कपाल भने अब फेरि बढ्न सुरु गरेको थियो । उनलाई स्वागत गर्न जम्मा भएको भीडको नजरबाट उनी छिप्न कसरी सफल भइन् भन्ने कुरा स्पष्ट देखिन्थ्यो । मान्छेहरूले किन यसरी छिप्न खोजेको भनेर सोध्दा उनले भनिन् “म बुझ्न सक्तिन ।”