बेलायतबाट प्रकाशन हुने तथा अमेरिका र युरोपमा समेत संस्करण निस्कने फाइनान्सियल टाइम्सले बिजनेस बुक अफ दि इयर २०२० को लामो सूची जारी गरेको छ ।
लामो सूचीमध्येबाट निर्णायकहरूले आउँदो सेप्टेम्बर २३ मा छोटो सूची जारी गरिनेछ । यस सँगसँगै ‘पुस्तक, व्यापार र त्यसभन्दा परः निकट भविष्यको आँकलन’ शीर्षकमा डिजिटल छलफलसमेत आयोजना गरिने बताइएको छ ।
वर्षभरिमा फाइनान्सियल टाइम्स पत्रिकामा कार्यरत पत्रकारहरूले छनोट गरेका ४०० पुस्तकहरूमध्येबाट १५ वटाको लामो सूची जारी गरिएको हो । पुरस्कार छनोट समितिमा रहेका निर्णायक मण्डलहरूले यी १५ मध्येबाट ६ वटाको छोटो सूची छनोट गरी ती छमध्ये एकलाई पुरस्कृत गर्ने छ ।
आधुनिक व्यापारका अनेक आयाम उधिनेका र यसका अनेकन् समस्या पर्गेल्न र समस्या समाधान उन्मुख पुस्तकहरू छनोट गर्दै तीमध्ये एक पुस्तकलाई फाइनान्सियल टाइम्सले पुरस्कृत गर्ने गरेको छ । पुरस्कृत पुस्तकले ३० हजार पाउन्ड (३९ हजार डलर) प्राप्त गर्नेछ । त्यस्तै छोटो सूचीमा पर्ने प्रत्येक पुस्तकले १० हजार पाउन्ड (१३ हजार डलर) प्राप्त गर्ने बताइएको छ ।
त्यस्तै लामो सूचीमा परेकामध्ये ३० वर्षभन्दा कम उमेरका लेखकलाई प्रोत्साहनस्वरूप १५ हजार पाउन्ड (१९ हजार ६ सय डलर) प्रदान गरिनेछ । पुरस्कार आउँदो डिसेम्बर १ मा प्रदान गरिने बताइएको छ ।
यस पटक सूचीमा पर्ने पुस्तकहरू निम्न छन्ः
पुस्तकः
सामसङ राइजिङः इन्साइड द सेक्रेटिभ कम्पनी कन्क्वेरिङ टेक
लेखकः
ज्योफ्रे केन
पुस्तकः
डेथ्स अफ डिस्पेयर एन्ड फ्युचर अफ क्यापिटलिज्म
लेखकः
एनी केस र एंगस डिटन
पुस्तकः
विनिङ नाउ, विनिङ लेटरः हाउ कम्पनीज क्यान विन इन द सर्ट टर्म ह्वाइल इन्भेस्टिङ फर द लङ टर्म
लेखकः
डेभिड एम. कोटे
पुस्तकः
नो फिल्टरः द इन्साइड स्टोरी अफ हाउ इन्स्टाग्राम ट्रान्सफर्म्ड बिजनेस, सेलिब्रिटी एन्ड आवर कल्चर
लेखकः
साराह फ्रायर
पुस्तकः
नो रूल्स रूल्सः नेटफ्लिक्स एन्ड द कल्चर अफ रिइन्भेन्सन
लेखकः
रिड हास्टिङ र एरिन मेयर
पुस्तकः
अनचार्टेडः हाउ टु म्याप द फ्युचर टुगेदर
लेखकः
मार्गरेट हेफरनान
पुस्तकः
रिइम्याजिनिङ क्यापिटलिज्मः हाउ बिजनेस कयान सेभ द वर्ल्ड
लेखकः
रेबेका हेन्डरसन
पुस्तकः
ब्लड एन्ड ओयलः मोहम्मद बिन सल्मान्स रूथलेस क्वेस्ट फर ग्लोबल पावर
लेखकः
ब्राडली होप र जस्टिन चेक
पुस्तकः
रेडिकल अनसर्टेन्टीः डिसिजनमेकिङ फर एन अननोएबल फ्युचर
लेखकः
मर्भिन किङ र जोन के
पुस्तकः
ट्रेड वार्स आर क्लास वार्सः हाउ राइजिङ इनइक्वालिटी डिस्टोर्ट्स द ग्लोबल इकनमी एन्ड थ्रिटेन्स इन्टरनेसनल पिस
लेखकः
म्याथ्यु क्लेन र माइकल पेटिस
पुस्तकः
इफ देनः हाउ द सिमलमेटिक्स कर्पोरेसन इन्भेन्टेड द फ्युचर
लेखकः
जिल लेपोर
पुस्तकः
मनी फर नथिङः द साउथ सि बबल एन्ड द इन्भेन्सन अफ मोर्डन क्यापिटलिज्म
लेखकः
टमस लेभेन्सन
पुस्तकः
द डबल एक्स इकोनमीः द इपिक पोटेन्सियल अफ इम्पावरिङ वुमेन
लेखकः
लिन्डा स्कट
पुस्तकः
अ वर्ल्ड विदाउट वर्कः टेक्नलजी, अटोमेसन एन्ड हाउ वि सुड रेस्पोन्ड
लेखकः
ड्यानियल ससकाइन्ड
पुस्तकः
फ्लास क्र्यासः अ ट्रेडिङ सभेन्ट, अ ग्लोबल म्यानहन्ट एन्ड द मोस्ट मिस्ट्रियस मार्केट क्र्यास इन् हिस्ट्री
लेखकः
लियाम भअगन



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

