दामोदर बराल युवापुस्ताका औंलामा गनिने उत्कृष्ट थोरै कलाकारमध्ये पनि अग्रपंक्तिमा नाम आउने कलाकार हुन्। रियालिस्टिक बेसमा काम गर्न रूचाउने उनका कलाहरू समकालीन कलाकारहरूका माझ अनुपम र जीवन्त देखिन्छन्।
पुर्ख्यौली कास्की,आर्वा भई चितवन बसाई सरेका बराल प्रकृति र मुहारचित्रलाई यथार्थरूपमा न्याय दिनसक्ने अब्बल कलाकार हुन्। उनका चित्रका ग्राहकहरू बढीजसो विदेशी पर्यटकहरू हुने उनी बताउँछन्।
उसो त बराल आफैँ पनि कला प्रदर्शनीको शिलशिलामा वर्षेनी विदेशयात्रामा निस्किरहने व्यस्त कलाकारहरूमा पर्दछन्। पछिल्लो समय कोरिया, जापान, इजिप्टमा आफ्नो कला प्रदर्शनी गरिसकेका बराल देश विदेशका थुप्रै पुरस्कार र अवार्डबाट सम्मानित भई सकेका छन्।
ललितकला प्रतिष्ठान चितवनका अध्यक्षसमेत रहेका चर्चित कलाकार दामोदर बराल पर्यटकीय नगरी सौराहामा हाल क्रिएटिभ आर्ट ग्यालरी संचालन गरिरहेका छन्।
आज हामी उनै अब्बल युवा कलाकार दामोदर बरालका चित्रहरू पस्केका छाैँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।