स्विडिस कवि तथा उपन्यासकार भर्नर भोन हेइदेन्स्तामको जन्म ६ जुलाई १८५९ मा स्विडेनको ओल्शाम्मरको एउटा सम्पन्न परिवारमा भएको थियो । बाल्यकालदेखि नै उनी शारीरिक रूपमा कमजोर र लज्जालु स्वभावका थिए । उनले एकेडेमी अफ स्टोकहोममा चित्रकलाको अध्ययन सुरु गरेका थिए, तर कमजोर स्वास्थ्यका कारण उनले अध्ययन छोड्नु पयो । उनलाई दमको रोग थियो । हावापानी परिवर्तन गर्न भनी उनलाई दक्षिण युरोप लगियो । आठ वर्षसम्म उनले इटाली, ग्रिस, स्विट्जरल्याण्ड आदि देशको भ्रमण गरे । दक्षिण युरोप र मध्यपूर्वमा उनले धेरै वर्ष बिताए । सन् १८८० मा एमिला उग्गाला नाउँ गरेकी एउटी स्विडिश युवतीसँग उनको प्रेम भएकोले उनले त्यसैसँग बिहे गरे । सन् १८८३ मा उग्गालाको मृत्यु भएपछि उनले अर्को विवाह गरे । सन् १८८७ मा उनका पिताको मृत्यु हुँदा उनी स्विडेन फर्के । उनले दोस्रो विवाह सम्बन्ध विच्छेद भई असफल भएपछि सन् १९०० मा उनले तेस्रो विवाह गरे। उनको यो विवाह पनि सफल हुन सकेन ।