हृदयको गहिराईमा
दन्किरहेछ यस्तो ज्वाला
जसको लप्काको रापमा
म यस्तो ज्योति देख्छु
जसको ताप नाप्न विज्ञान सक्दैन
तिम्रा नजरमा
बलिरहेछ यस्तो प्रेमदीप
जसको उज्यालोमा
म यस्तो ब्रह्माण्ड देख्छु
जसको आयतन नाप्न प्रविधि सक्दैन
तिम्रो स्पर्शको कल्पना
अँगालोको आहत
चुम्बनको मिठास
यी सबै सबै चाहले
मनभित्र बज्छ
इच्छाको मधुर संगीत
तिमीसँगै भएको कल्पनाले
ठडाउँछ प्रेमको यस्तो घर
जहाँ उदाउँछ
हर बिहान सूर्यजस्तै मुस्कान
हर साँझ, जूनजस्तै प्रेम
प्यारी, के तिमी
यो ज्वाला निभाउन
यो ज्योति जगाउन
यो दीप जलाउन
यो संसार बसाउन
कथित वाचाबाट माथि उठेर
प्रेमाहुति गर्न राजी छौ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला