यतिबेला चिनियाँ राष्ट्रपति सि जिनफिङको एउटा पुस्तक निकै चर्चित छ । संसारभर यसका अनुवाद भइरहेको छ । किताबको नाउँ हो, सि जिनफिङः द गभर्नेन्स अफ चाइना ।
गएको जनवरी ३० मा चाइना इन्टरनेनसल कम्युनिकेसन्स ग्रुप र संसारका २० अन्य विदेशी पब्लिकेसन हाउसले यस पुस्तकलाई अनुवाद गरी बिक्री वितरण गर्नेबारे सम्झौता भएको बेइजिङ रिभ्यु म्यागेजिनले जनाएको छ ।
सम्झौता गर्ने देशहरुमा अफगानिस्तान, अल्बानिया, ग्रिस, केन्या, दक्षिण कोरिया, पाकिस्तान, मंगोलिया, पोल्यान्ड, ताजाकिस्तान र भियतनाम लगायत अन्य रहेका छन् ।
चार भागमा प्रकाशित यस पुस्तकमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले लिएका निर्णय, भएका प्रगति, देशका सम्पूर्ण क्षेत्रको समुन्नति कसरी भयो र नयाँ बाटो पक्रियो भन्नेबारे पुस्तकमा पढ्न पाइन्छ ।
समाजवादका क्षेत्रमा सि जिनफिङको सोचले चिनियाँ चरित्रको नयाँ युग कसरी गढ्यो भन्नेबारे पुस्तकले प्रस्टाउँछ ।
चौथो भाग यसअघि फ्रान्सेली, रुसी, अरबी, स्पेनी, पोर्चुगेली, जर्मन र जापनी भाषामा प्रकाशित भई गएको जुनदेखि बजारमा उपलब्ध छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।