हलिउडकी क्लासिक फिल्म मानिन्छ, वुदरिङ हाइट्स । त्यसकी अभिनेत्री मर्ले ओबेरन एंग्लो-इन्डियन मूलकी थिइन् । उनको जन्म सन् १९११ मा मुम्बईमा भएको थियो । तर हलिउडको सुनौला वर्षमा उनले आफ्नो पृष्ठभूमि भारत पनि हो भनेर कहिल्यै कतै बताइनन् । उनी आफूलाई भारतमा जन्मिएकामा उति गर्व गर्दिनथिइन् र आफूलाई बेलायती हुँ भन्थिन् ।

सन् २००९ मा अमेरिकाका लेखक मयूख सेनले मर्लेन अस्करमा नामाङ्कित हुने पहिलो दक्षिण एसियाली मूलकी अभिनेत्री भएको थाहा पाए ।

यसपछि उनले मर्लेनले खेलेका फिल्म र उनको विगतका बारेमा चासो बढ्दै जान थाल्यो । उनी भन्छन्, ‘म समलैंगिक हुँ । मैले यो कुरा खुलेर भन्न त यति डराउनु पर्छ अहिले भने त्यो बेला झन् के मात्र हुन्थेन होला ! त्यसैले उनले आफ्नो भारतीय मूल लुकाउनु ठूलो कुरा थिएन ।’

फ़िल्मनिर्माता सर अलेक्जेंडर कोर्डासँग अभिनेत्री मर्ले

मयूख सेन यतिबेला दक्षिण एसियाली दृष्टिकोणबाट मर्लेनको कथा संसारलाई भन्न जीवनी लेख्दैछन् ।

मर्लेनको जन्म एस्टेले मर्ले ओबरायन थम्सनका रूपमा मुम्बईमा सन् १९११ मा भएको थियो । उनकी आमा सिंहली (श्रीलङ्काकी) र माओरी (न्युजिल्यान्डका एक विशेष समुदाय) थिइन् । उनका बा बेलायती थिए ।

मर्लेका पिताको निधन सन् १९१४ मा भयो । त्यसपछि १९१७ मा उनीहरू कोलकाता गए । त्यहाँ एमेच्योर थिएटरिकल सोसाइटीाबट सन् १९२० मा उनले अभिनयकला सिक्न थालिन् ।

सन् १९२५ मा मर्लेले जीवनमै पहिलो पटक सिनेमा हेर्ने अवसर पाइन् । यो एउटा मूक सिनेमा थए, द डार्क एंगल । त्यसमा अभिनेत्री विल्मा बैंकीको अभिनय देखेर उनी यति मोहित भइन् कि उनी आफू पनि अभिनेत्री हुनेबारे सोच्न थालिन् ।

त्यसपछि भारतमै हुँदा उनको परिचय फ्रान्सेली निर्देशक रेक्स इन्ग्रामसँग भयो । उनले त्यतिबेलै फ्रान्स पुगिन् । सन् १९२८ ताका पेरिस पुग्दा ससाना भूमिका पाइन् ।

मर्लेकी आमा सार्लट सेलबायको रङ कालो थियो । उनले आफ्नी आमालाई नोकर्नी बनाएर फ्रान्स लगेकी थिइन् ।

सन् २०१४ मा बनेको एउटा डकुमेन्ट्री द ट्रबल विद मर्लेबाट के थाहा हुन्छ भने, सेलबाय उनकी आमा होइन बरू हजुरआमा थिइन् । उनले छोरी कन्स्टेन्सलाई किशोरावस्थामा जन्माएकी थिइन् । त्यसैले उनीहरू दुईजना हुर्कंदा दिदीबहिनीजस्तै भएका थिए ।

मर्लेको पहिलो चर्चित फिल्म सर अलेक्जेन्डर कोर्डाले दिएका थिए । कोर्डासँ उनले पछि बिहे गरिन् । सन् १९३३ मा प्रदर्शित फिल्म द प्राइभेट लाइफ अफ हेनरी एट्थमा उनले एन बोलेनका रूपमा अभिनय गरेकी थिइन् ।

मर्लेलाई हलिउडमा जम्नका लागि भारतीय पृष्ठभूमिले हानि पुर्याउन सक्थ्यो । त्यसैले उनको पृष्ठभूमिका बारेमा नयाँ कथा बनाइएको थियो । उनी तस्मानियामा जन्मिइन् । अमेरिका र युरोपबाट धेरै टाढा भए पनि यसलाई बेलायती इलाका नै मानिन्थ्यो । अस्ट्रेलियाको तस्मानियाकी उच्च कुलीन वर्गीय मर्लेको पिता शिकार खेल्दाखेल्दै बिते । त्यसपछि उनी भारत आइन् ।

मर्ले ओबरान

उनी प्रख्यात हुन थालेपछि अस्ट्रेलियाका अखबारले उनका बारेमा निकै बढाइचढाइ लेख्ने गर्थे, गर्व पनि गर्थे । उनले कोलकाताको नाउँ त बिरलै लिन्थिन् ।

तर कोलकाताले भने उनलाई सधैँ सम्झिरह्यो । सन् १९२० र १९३० को दशकमा कोलकाता बसेका कयौँ अंग्रेजहरूले लेखेको संस्मरणमा उनको नाउँ छापिइरह्यो । तिनमा उनी कोलकातामा जन्मिएकी, टेलिफोन एक्सचेन्जको अपरेटरका रूपमा काम गरेको र एउटा रेस्टुराँमा प्रतियोगिता जितेका जस्ता कुराहरू छापिइरहे ।

जब उनले हलिउडको फिल्ममा काम पाउन थालिन्, उनी अमेरिका हिँडिन् । १९३५ मा उनले द डार्क एंगल फिल्मका लागि अस्कर अवार्डमा नामाङ्कन पाइन् ।

तर उनको ख्याति भने सन् १९३९ मा प्रदर्शित विदरिङ हाइट्स फिल्मबाट बढ्यो । उनी सो फिल्ममा महान् अभिनेता लरेन्स ओलिभियरसँग देखा परिन् । न्युयोर्क टाइम्समा मर्लेको भूमिकालाई निकै सराहना गरिएको थियो । अखबारले उनले भूमिकाका साथ न्याय गरेको भनी टिप्पणीसमेत गरेको थियो ।

उनको ख्याति बढेसँग उनीसँग ख्यातिप्राप्त व्यक्तिहरू पनि वरिपरि झुम्मिन थाले । त्यस्तामध्ये कोले पोर्टर नामक संगीतकार र नोएल कोवार्डजस्ता पटकथाकार पनि पर्थे ।

कोर्डा र पछि अर्का निर्माता स्यामुअल गोल्डायनले उनलाई पाश्चात्य रङमा पोत्न भूमिका खेले । उनको उच्चारण राम्रो बनाइदिए । यी सारा मेकअपले उनमा दक्षिण एसियाली मूलको कुनै पनि कुरा देखिएन ।

त्यो बेलाका पत्रकारहरूले उनको अनुहार गोराहरूजस्तो नभएको भन्दै लेखिरहेका हुन्थे र त्यसलाई लुकाउन उनले अनेक प्रयत्न गरिरहेकी हुन्थिन् ।

सन् १९३७ मा एउटा कार दुर्घटनामा मर्लेको अनुहार आगोमा पोलियो । यसपछि छायाँकार लुसियन बालार्डले यस्तो प्रविधि विकसित गरे कि त्यसले उनको अनुहारको दोष नै विलुप्त हुन्थ्यो । पछि मर्लेले फिल्म निर्माता कोर्डासँग सन् १९४५ मा पारपाचुके गरेर बारार्डसँग बिहे गरिन् ।

निकै पछि सन् १९७९ मा जब कोर्डाका भतिजो माइकलले पारिवारिक संस्मरण लेख्दैथिए, त्यो बेला मर्लेको वास्तविकता खुलाउने आशंका गरेकी थिइन् र यदि खुलासा गरे, मुद्दा हाल्ने धम्की दिएकी थिइन् । फलस्वरूप, त्यसमा पनि मर्लेको वास्तविकता बाहिर आएन ।

मर्ले ओबरान

पछि चार्म्ड लाइभ्सका लेखक माइकल कोर्डाले भनेका थिए, ‘उनी फिल्म उद्योगबाट टाढिएको निकै समय भइसक्यो, अब त पुराना कुरा खोतल्दा हुन्छ होला भनेर लेख्न लागेको थिएँ तर त्यो बेलासम्म पनि उनी आफ्नो विगतलाई लिएर निकै संवेदनशील रहिछन् भन्ने देखिन्छ ।’

एक पटक अस्ट्रेलिया भ्रमणका बेला उनले समय निकै छोट्याउनु परेको थियो । पत्रकारहरू हात धोएर त्यहाँ उनको पछि लागिरहेका थिए । १९६५ को त्यो भ्रमण छोट्याउनुको पछाडि उनको रहस्य खोतलखातल नहोस्, तास्मेनिया उनको जन्मथलो होइन भन्ने खुलासा नहोस् भन्ने उनी चाहन्थिन् ।

सन् १९७९ मा उनको मस्तिष्कघातबाट भयो । सन् १९८३ मा मात्र उनको जीवनी प्रकाशित हुँदा उनको जन्म त भारतमा भएको रहेछ भन्ने दुनियाँले थाहा पाए ।

प्रिन्सेस मर्लेः द रोमान्टिक लाइफ अफ मर्ले ओबेरानका लेखकहरूले मुम्बईबाट उनको जन्मका बारेमा प्रमाण फेला पारे । उनको धार्मिक दीक्षा, भारतीय नातेदारहरूका पत्रहरू तथा तस्बिरहरू पनि पुस्तकमा उल्लेख गरेका छन् ।

नयाँ पुस्तकमाथि काम गरिरहेका सेन भन्छन्, ‘यस्तो के कारण थियो कि मर्लेले आफ्नो सारा कुरा गोप्य राखिन् भन्ने खुलासा गर्ने नियतका साथ यो जीवनी लेखिरहेको हुँ । त्यो बेला एउटी पिछडिएको ठाउँबाट आएकी युवतीले यत्रो ठूलो सफलताका लागि केही न केही त गुमाउनु नै पर्थ्यो । उनले पहिचान गुमाइन् ।’

यस किसिमको प्रस्तुतिले महिला प्रतिको सम्मान र सहानुभूति बढ्ने लेखक सेनको दाबी छ ।