सुरुका दिनहरूमा फ्लोरेन्सले क्रिमियामा सहयोग गर्ने भन्ने सोचकै थिइनन् । किनभने सबैले जस्तै उनले पनि यसरी युद्ध लम्बिएला भन्ने सोचेकी थिइनन् । तर जे भए पनि सन् १८३२ देखि आर्मीमा महिला नसहरूलाई निषेध गरिएको थियो ।

तिनीहरूलाई यातायातको सुविधा दिएर बुद्ध मैदानमा लैजान र पाल मनी बस्न लगाउनु त्यति व्यवहारिक थिएन । तर उनले यस्तो कारण जनाइन कि यदि स्कुटारी (टर्कि) मा आर्मी व्यारेकहरू र अस्पतालहरू छन् भने यस्ता नियमहरू निश्चय नै परिवर्तन हुने छन् भन्ने सोचेर उनी जान तयार भइन् ।

अब उनको पहिलो काम एकजना सक्षम नर्स भेट्टाउनु थियो। जब लेडी फोरेस्टरले यो कुरा सुनिन् उनले अरू तिन जना नर्सहरू साथमा जानका लागि २०० पाउण्ड दिइन् ।

नयाँ मिलीजुली सरकार बन्यो। जसमा अडिनका अर्ल प्रधानमन्त्री भए । न्यू क्यासलका ड्युक युद्धको लागि राज्य सचिव भए र अको सिड्नी हरबर्ट युद्ध हुने ठाउँको लागि राज्य सचिव भए ।

अक्टोबर १५ का दिन फ्लोरेन्सले लिज हरबर्टलाई आफले गर्न खोजको के हो भन्ने कुरा जनाउँदै एउटा चिठ्ठी लेखिन् । के सिड्नी हरबर्टले उनको समर्थन गर्लान्? के उनले सम्बन्धित अधिकारीहरूलाई उनको उमेर र उनको नैतिक चरित्रको बारेमा बताउलान्। उनी कति अनुभवी नर्म हुन् भन्ने बारेमा बताउलान् भनेर उनले चिठ्ठीमा सोधेकी थिइन् ।

यस्तो भयो कि उनी चिठ्ठी पठाउन जाँदा सिड्नी आफैले पठाएको चिठ्ठी उनको हात पर्‍यो । उनले चिठ्ठीमा आफ बेलायतमा असक्षमताको सामना गरिरहेका र टर्किमा पनि त्यस्तै हुन सक्ने कुरा लेखेका थिए ।

सरसामानहरू पठाउनको लागि उनले दिने प्रत्येक अर्डर विभिन्न अफिसहरू पार गर्दा धेरै दिन बितिसकेको हुन्थ्यो । धेरै सामान हराई सकेका हुन्थे । सामानहरू बोरामा प्याक गरिएका हुन्थे र ती सामानहरू बन्दरगाहमा त्यतातिर जाने पानीजहाज नआउँदासम्म पर्खि रहनु पर्दथ्यो । उनले यस्तो भनेर चिठ्ठीको अन्त गरेका थिए कि फ्लोरेन्स मात्र सबै कुरा मिलाउन सक्ने र सुपरिवेक्षण गर्न सक्ने, उनले विश्वास गरेका एक महिला हुन् । यदि जाने भए सुपरिवेक्षकको पूर्ण क्षमतामा जाने भनेर उनले लेखेका थिए ।

फ्लोरेन्सलाई थाहा भयो कि सिड्नीसित सबै खालको निर्णय गर्ने शक्ति थियो र उनले अब सबै क्षेत्रबाट सहयोग पाउने छिन् । बेलायती जनताबाट मात्र हैन । उनले तुरुन्तै अरू तीनजना नर्सहरू साथमा लान मन्जुर गरिन् ।

केही घण्टा भित्रमा उनलाई उत्तरहरू आउन थाले । जाने व्यवस्था मिलाउन थालियो । सरकारले १८ अक्टोबरका दिन स्वीकृति दियो र उनलाई टर्कीमा इंगलिस जनरल अस्पतालको महिला विभागमा सुपरिवेक्षकको पदमा नियुक्ति दिइयो । उनी डाक्टर मेन्जिज, (मेडिकल अफिसर) को सिधै अर्डरमा चल्नु पर्ने थियो। मेन्जिजले उनलाई चाहिने सबै सुविधाहरू दिन र उनको ड्युटीमा हर प्रकारले सघाउन गइरहेका थिए ।

सरकारले यो मिसनलाई १,००० पाउण्ड दियो र अरू धेरै व्यक्तिहरूबाट पनि सहयोगहरू आउन थाल्यो ।

चार्ल्स र सलिना ब्रासेब्रिजलाई युरोपको बारेमा थाहा थियो । उनीहरू नै फ्लोरेन्सको पहिलो स्वयंसेवक बने । उनीहरूले एउटा समिति बनाउन मद्दत गरे, जसमा उनीहरू पनि समावेश थिए। लेडी स्ट्राटफोर्ड क्यानिङ्ग जो कन्स्ट्यान्टिनोपलमा बेलायती राजदूतकी पत्नी थिइन् उनी पनि त्यो समितिको सदस्य भइन् । साथै मारि स्टानलि वेष्टमिन्स्टरको डिन कि बैनी पनि त्यो समितिमा समावेश भइन् ।

नर्सहरूलाई भर्ती गर्नु गाह्रो काम थियो । हार्ली स्ट्रिट संस्थाको लागि योग्य नर्सहरू पाउन कति गाह्रो भएको थियो भन्ने कुरा फ्लोरेन्सले सम्झिन् ।

उनका नर्सहरूले युनिफर्म, सित्तैमा खानेकुरा, सुत्ने खाट र दिनको २० पैसा तलब पाउने वाला थिए । उनीहरू अस्पताल कम्पाउन्डबाट बाहिर जान नपाउने, जानै परे अरू तीन जना नर्सहरूको साथमा जानु पर्ने र कुनै अनैतिक काम गरेको पाइएमा बेलायततिर जाने पहिलो पानीजहाजमा हालेर घर फिर्ता पठाइने कुरा उल्लेख थियो । कुनै गरगहना लगाउन नपाइने, रंगिचंगी रिबन लगाउन नपाइने वा अरू कुनै पनि कुराले आभूषित सिगार पटार गर्न नपाइने कुरा पनि उल्लेख थियो ।

उनीहरू एक र आधा पिन्ट आल भन्ने बियर र राती एक गिलास ब्राण्डी पिउन पाउने वाला थिए ।

हरबर्ट परिवारले लण्डनमा भएको आफ्नो दरबार जस्तो घर अन्तरवार्ताको लागि दिए । सत्तरीजना महिलाहरूले आबेदन दिएकोमा चौधजना मात्र छानिए । छानिएकाहरूमा उनीहरूको योग्यता भन्दा पनि तीव्र चाहना भएकाहरू छानिएका थिए। फ्लोरेन्सले धार्मिक अन्तरवार्ता लिएकी थिइन् । जसमा आठ जना सेलोनाइट भन्ने धार्मिक संस्थाका सिस्टरहरू छानिएका थिए । उनीहरू मिस सेलोन जो गहिरोरुपमा प्रोटेस्टेन्ट धर्ममा लागेकी थिइन् उनले स्थापना गरेको संस्थाका सदस्यहरू थिए । मिस सेलोन केन्ट भन्ने ठाउँकी थिइन्। ती महिलाहरू ठिक फ्लोरेन्सले खोजे जस्ता थिए, किनभने उनीहरूले माहामारीमा हैजा रोग लागेकाहरूलाई सहयोग गरेका थिए । अर्को कुरा ती महिलाहरूमा फोहोरदेखि घिन मान्नु हुँदैन भन्ने सिद्धान्त थियो । साथै नराम्रो दृश्यहरू जस्तै रगत वा ठूल्ठूला घाउहरू देख्दा टाउको फर्काउनु हुँदैन भन्ने सिद्धान्त पनि उनीहरूमा थियो । र उनीहरू सबै खाले अनुशासनका कुराहरू स्विकार्न तयार थिए र हरसमय कठोर परिश्रम गर्न पनि तयार थिए ।

बर्मोन्डसि भन्ने ठाउँबाट अरू पांचजना क्याथोलिक ननहरू आए। अर्को क्याथोलिक चर्चबाट अरू पाँच जना आए। उनीहरूको अनुभव अनाथालयमा बालबच्चाहरूको स्याहार सुसार गरेको मात्र थियो ।

चर्च अफ इंग्ल्याण्ड भन्ने चर्चका सिस्टरहरु पनि थिए । केर्णिलजावेथ फ्राइका नर्सहरू थिए । उनीहरूले अहिले आफ्नो पदको नाम परिवर्तन गरेका थिए। सिस्टर अफ च्यारिटि भन्ने पदको नाम परिवर्तन गरेर इन्स्टिच्युट अफ नर्सिङ सिस्टरस् भन्ने नाम गराएका थिए ।

सबै गरेर ३८ जना अधबैँसे नर्सहरूको समूह बन्यो । जसमा चौतीस जना ननहरू थिए, जो रोमन क्याथोलिक, चर्च अफ इंग्ल्याण्ड र अरू साधारण चर्चहरूका सदस्यहरू थिए ।

तिनीहरू कसैसित पनि त्यो डरलाग्दो युद्धका घाइतेहरूलाई उपचार गरेको अनुभव थिएन । त्यसो त त्यस्तो अनुभव फ्लोरेन्स आफैलाई पनि थिएन ।

यति धेरै धार्मिक लाईनका महिलाहरू त्यहाँ हुँदा एउटा अर्को समस्याको सिर्जना भयो । बेलायती सरकारले कुनै पनि नर्सले आफ्ना बिरामीहरूलाई आफ्नो धार्मिक विश्वास लाइन नपाउने भन्यो । र यो कुरा सबैलाई थाहा थियो कि केही धार्मिक संस्थाहरूले पनि त्यसै भनिरहेका थिए । तर तिनीहरू विश्वास गर्थे कि पहिलो ड्युटी भनेको मान्छेको आत्मा बचाउनु हो र उसको शारीरिक आवश्यकता र उपचार दोस्रो हो ।

क्लार्किलाई चिठी लेख्दा फ्लोरेन्सले यस बारे लेखिन् । उनले यस्ता कुराहरूमा गैरधार्मिक (Secular) नर्सहरूसित आफू चिन्तित नभएको कुरा थपिन् । तर उत्तरमा क्लार्किले ठट्टा गर्दै लेखिन् कि यदि ती गैरधार्मिक नर्सहरू उनले चिनेको अरू नर्सहरू जस्तै हुन् भने उनीहरूले पनि देवी देउतामा विश्वास गर्छन् । जस्तै बाक्कुस् भन्ने देउता जुन रक्सी खाने देउता हुन् ।

त्यति बेलासम्म अरूको दृष्टिमा नर्सहरूको इज्जत त्यति माथि नभएको हुनाले उनीहरूको इज्जत माथि उठाउन युनिफर्महरू प्रदान गरिएको थियो । केही दिनभित्रै हतारमा गर्नु परेकोले ती युनिफर्महरू नसुहाउने, नराम्रा र असजिलो खालका बनेका थिए । ती ड्रेसहरू सुन्तला रङ्गका थिए । भद्दा उनीबाट बनेका, त्योसित मिल्दो ज्याकेट, सेतो लाइनेनको टोपी, सेतो गलबन्दी, गलबन्दीमा रातो धागोले स्कूटारी अस्पताल भनेर लेखिएको थियो । ननहरू भाग्यशाली थिए । किनभने उनीहरूलाई अरू बेला लाउने जस्तै लुगा लगाउन अनुमति थियो । फ्लोरेन्सलाई यो कुराको विश्वास दिलाइएको थियो कि स्कुटारी अस्पतालमा पहिले नै सबै कुराको व्यवस्था मिलाइएको छ। एकसय जना बिरामीको लागि एउटा डाक्टर। औषधी पानी र अरू घरायसी सामानहरू प्रशस्त मात्रामा छन् । टनका टन घाउ छोप्ने कपडाका टुक्राहरू छन् । १५,००० तन्नाहरू, शुद्ध मासु, फलफूल र सागसब्जी आदि कुराहरू इंग्ल्याण्डबाट दिनदिनै गइरहेका छन् । परिस्थिति राम्रै छ भनेर भनिएको थियो ।

तैपनि सिड्नी हरबर्टले अर्डर गरेका सामानहरू त्यहाँबाट छुट्नु भन्दा धेरै दिन अगाडि कसरी चलाइएका छन् भन्ने थाहा थिएन । फ्लोरेन्सले अरू सामानहरू जत्तिकै ओढ्ने-ओछाउने, मोजाहरू, कमिजहरू, साबुन र तौलियाहरू लानुपर्ने कुरा बताइन ।

उनले आफू त्यो ग्रुप भन्दा अगाडि जाने योजना बनाइन् र उनका काका साम स्मिथ उनी सँग जाने भए पछि फ्लोरेन्स एकदमै शान्त भइन्। उनको अगाडि ठुला ठुला कामहरू खडा थिए । यसरी उनी स्कुटारी जाँदाको दिनसम्म शान्त रहिन् । त्यति नै बेला उनको लागि तीनवटा चिठी आए। पहिलो चिठी उनले पर्खिरहेकी थिइन् । यो चिठी सैनिक अस्पतालमा डाक्टर मेन्जिजसित परिचय गराउने चिठी थियो । अरू दुईवटा चिठ्ठीको लागि उनी तयारी थिइनन् । एउटा चिठीमा उनको आमाले उनलाई आशीर्वाद दिएको चिठ्ठी थियो । अन्तमा फ्यानी (उनकी आमा) ले उनको कामको महत्वको बारेमा बल्ल बुझेको कुरा लेखेकी थिइन् । फ्यानीको हृदय परिवर्तन हुनुको मुख्य कारण थियो छोरी लोकप्रिय हुँदै जानु ।

तेस्रो चिठी रिचर्ड मोङ्कटनबाट थियो । उनले पनि फ्लोरेन्सलाई आशीर्वाद दिएका थिए । यो पत्रमा उनले हँसाउने कुरा पनि लेखेका थिए । यस्तो भारी उत्तरदायित्व बोक्नेले त मसित बिहे गर्नु पर्ने थियो भनेर । चिठ्ठीमा लेखेको यो भनाइबाट स्पष्ट हुन्थ्यो कि उनले फ्लोरेन्सलाई अझै माया गर्छन् ।

फ्लोरेन्सले पनि यस्तै सोचेको हुनुपर्छ, किनभने उनले त्यो चिठ्ठी खल्तीमा घुसारिन् र सँधैको लागि त्यो चिठ्ठी राखिन् । उनले त्यसरी नै खल्तीमा राखेको एथेना भन्ने चरा जुन उनले मैनौदेखि राखेकी थिइन् त्यसलाई के गर्ने भनेर निर्णय लिन सकिनन् । तर समस्याको समाधान भयो । त्यस बिहान पिँजराभित्र त्यो चरा मरेको थियो ।

जब उनले यो चराको टिठ लाग्दो मृत शरीर देखिन्, उनको दबिएर बसेको भावना र चिन्ताहरू आँसुबाट छताछुल्ल भए ।

अब उनी अक्टोबर २१ का दिन उनका काका र मिस्टर म्याकडोनाल्डसित फ्रान्स गइन् । त्यहाँ उनलाई पानीजहाजमा यात्रा गर्दा लाग्ने बिमार (Seasick) लाग्यो । त्यसपछि त्यहाँबाट उनीहरू पेरिस गए। अरू साथीहरूलाई पर्खनको लागि उनीहरू त्यहाँ गएका थिए ।

फ्लोरेन्स जसलाई छोड्न चार्ल्स र सेलिना ब्रासेबिज गएका थिए, उनी गएको दुई दिन पछि बाँकी नाइटिङ्गेल टिमका अरू नर्सहरू लण्डनबाट रेलमा फोल्केस्टोन भन्ने ठाउँमा गए । त्यहाँ उनीहरूलाई स्वागत गर्न ठुलै भीड जम्मा भएको थियो ।

जब उनीहरूले फ्लोरेन्सलाई पेरिसमा भेटे, उनले केही नर्सहरूलाई अचम्म पारिन् । कसरी अचम्म पारिन् भने रोमन क्याथोलिक ख्रीष्टियन नर्सहरूले शुक्रवारको दिन मासु खाँदैनन् भन्ने कुरालाई मध्यनजर राखेर एक बाक्सा भरी अण्डा किनेर । उनीहरू सबैले फ्लोरेन्सलाई रिसाउने खाले होलिन् भन्ने सोचेका थिए । उनको निरीक्षण पनि अरूलाई खुसी पार्नको लागि गर्ने जस्तो मात्र होला भन्ने सोचेका थिए ।

पेरिसबाट पुरै टिम लियानसतर्फ लाग्यो । त्यहाँबाट उनीहरू समुन्द्री जहाजमा राइन भन्ने ठाउँ हुँदै भालेनस भन्ने ठाउँमा पुगे । त्यहाँबाट रेलमा चढेर मार्सेल्समा पुगे । उनीहरूले त्यहाँबाट अन्तिम यात्रा सुरु गर्नु अधि युद्ध कोषको नाममा ठुलो धनराशि लगानी गरे, जुन ३०,००० पाउण्ड पुगेको थियो । फ्लोरेन्सले केही बोकेर लान मिल्ने स्टोभहरू लगेकी थिइन् र सबैलाई मिल्ने बुटहरू, न्यानो कपडाहरू र अरू जाडोमा लगाउने लुगाहरूको तयारी गरेकी थिइन् । अरू नर्सहरू जो धार्मिक संस्थाका सदस्य थिएनन्, अर्थात् जो चर्चबाट गएका थिएनन्, उनीहरू फ्लोरेन्सको दयालुपना देखेर अचम्म परेका थिए । यस्तो राम्रो व्यवहार पहिले अरू कसैले नगरेको कुरा बताएका थिए ।

उनीहरू त्यहाँबाट हिँड्नै लाग्दा बालक्लाभामा भिषण लडाई सुरु भएको समाचार आयो । सेबास्टोपोल आठ माइल दक्षिण पश्चिममा पहाडले घेरिएको कारण बचेको थियो । यसको एउटा सानो बन्दरगाहको बेवास्ता गरिएको थियो । बालाकलाभा अरू देशबाट सहयोग गर्न आउनेहरूको लागि सामान ओसार पसार गर्ने एउटा राम्रो बन्दरगाह थियो । त्यो ठाउँलाई सुरक्षित राख्नको लागि घोडचडी सैनिकका प्रमुख लर्ड कार्डिगान पुरै समय त्यही बस्ने योजना बनाएका थिए ।

अक्टोबर २५ का दिन त्यस ठाउँमा रसियन सेनाले आक्रमण गर्ने कोसिस गर्‍यो । ती रसियन सेनालाई सर कलिन क्याम्पबेल र जेम्स स्कार्लेटको कमाण्डमा रहेको बेलायती सेनाले त्यहाँबाट पछि हट्न बाध्य पार्यो ।

६६ वर्षीय लर्ड रेगलान घोडामा चढेर सेबास्टोपोलको उचाइबाट तलतिर हेर्दा ती रसियन सेनाहरूले ठुलो मात्रामा टर्किको हातहतियार कब्जा गरेको पाए। ती रसिएन सेनाहरूले त्यहाँबाट ती हतियारहरू लगेर जान खोजी रहेको बेला लर्ड राग्लानले आफ्नो सहयोगीलाई लर्ड लुकान कहाँ पठाए । लर्ड लुकान घोडचडी सेनाका कमाण्डर थिए। लर्ड लुकानलाई मेजर जनरल लर्ड कार्डिगानको नेतृत्वमा रसियनहरूलाई बन्दुक लगेर भाग्नबाट रोक्न त्यहाँ सेना पठाउन भनिएको थियो ।

जब लर्ड लुकानले माथि पहाडतिर हेरे उनले बन्दुकहरू त रसियनहरूको मात्र देखे। कब्जामा लिइएका हतियारहरू भोरोन्टसन् हाइटस् भन्ने ठाउँमा लुकाइएका थिए ।

यसबाट आत्मघाती आक्रमण हुन सक्ने कुरा जानेर लुकानले सोचे कि उनले गलत बुझेका थिए र आफ्नो सहयोगीलाई स्पष्टीकरणका लागि पठाए । रेग्लानले उनलाई किन प्रश्न गरिँदै छ भन्ने बुझ्न सकेनन् र उनले फेरि अर्को अर्डर दिए ।

बडो साहसका साथ त्यो सानो घोडचडी सेना अगाडि बढ्यो । उनीहरूको पछाडि ठुलो ब्रिगेड थियो । उनीहरूले ती रसियन बन्दुकहरू कब्जा गर्नु पर्नेछ भन्ने सोचेर सिधै गोलाबारी भै रहेको ठाउँमा होमिए । यो आक्रमण २५ मिनेट मात्रको थियो । तर ६७३ जनामा ४७८ जनाले ज्यान गुमाए ।

जब यो समाचार बाहिर आयो । फ्रान्सका जर्नेल बोस्क्वटले भने यो अत्यन्त राम्रो थियो । तर यो खासै लडाई हैन ।

ब्रिटिस जनताहरू रिसले कराई रहेका थिए र कोर्टमार्शल गर्नु पर्ने माग गरिरहेका थिए । अल्फ्रेड लर्ड टेनिसन्ले यसै दुखान्तको बारेमा एउटा कविता लेखे ।

दुई दिन पछि अक्टोबर २७ का दिन फ्लोरेन्सले आफ्नो काकालाई बिदाइ गरिन् । उनको मनमा डर र साहस दुवैको मिसावट थियो। उनले आफ्नो ग्रुपलाई एउटा सानो पानीजहाजमा जान लगाइन् । यो जहाजले उनीहरूको दुई हप्ताको बाँकी यात्रा पूरा गर्दै थियो ।

भेक्टिस नाम गरेको यो पानीजहाज अत्यन्तै घिन लाग्दो थियो । चारैतिर साइले किराहरू देखिन्थे। मौसम पनि अति निर्दयी भएको थियो । डेकबाट क्याबिनमा पानी झरेर पानी पानी भएको थियो। तिनीहरू सबै बिरामी परेका थिए । कैयौँ दिनसम्म उनीहरू खाना नखाई बसे । पानीजहाज चलाउने मान्छे (Crew) जहाज भित्र मान्छे छन् भन्ने कुरा पनि बिर्सेको जस्तो देखिन्थ्यो। कसैले पनि त्यहाँ पिउने कुरा ल्याएन। अक्टोबर २९ का दिन त्यो सानो जहाजलाई नै डुबाउला जस्तो गरेर समुन्द्री आँधी आयो । तिनीहरूले घुँडा टेके। ईश्वरप्रति विश्वास नगर्ने नर्सहरूले समेत उद्धारको लागि प्रार्थना गर्न थाले ।

अक्टोबर ३१ सम्म परिस्थिति धेरै बिग्रियो । कप्तानले जहाज डुब्नबाट बच्न जहाजमा भएका बन्दुकहरू समुन्द्रमा फ्याँकी दिए, ताकि जहाज हलुको होस् भनेर । केही नर्सहरू यति बेलासम्म धेरै बिरामी परि सकेका थिए । उनीहरू ऐया ऐया गर्दै त्यो जहाजको क्याबिनको भुईँमा पल्टेका थिए । समुन्द्रको पानी हिँऊ जस्तै चिसो थियो ।

नोभेम्बर ४ मा दिउँसो हावा चल्न छोड्यो । फलस्वरुप जहाज अचानक रोकियो । घनघोर पानी परिरहेको भए तापनि के भयो भनेर सोच्दै डेकमा बसिरहे तिनीहरू । खुसीको कुरा आखिरमा तिनीहरू कन्स्टान्टिनोपलको बन्दरगाहमा आइपुगे । त्यहाँ पुग्दा उनीहरूले चहकिलो अग्लो मस्जिद देखे । टलक्क टल्कने गरी रङ्ग लगाएका घरहरू देखे र सुन्दर बगैचाहरु पनि ।

त्यस साँझ उनीहरू चार ग्रुपमा विभाजन भए । उनीहरू स्कुटारीतिर बग्ने पानीको छेउमा लाइन लागे । त्यहाँ एउटा सुन्दर ढुङ्गा थियो, जसमा यात्रीहरू आनन्दले बसिरहेका वा अडेस लागेर पल्टिरहेका हुन्थे । केही क्षण फ्लोरेन्सले भेनिस र उनले यात्रा गरेको ग्राण्ड टुरको बारेमा सोचिन् । त्यसपछि उनीहरू स्कुटारी आइपुगे । यो रसेलको टाइम्स पत्रिकामा छापिएको लेखको तीन हप्तापछि थियो ।

जय तिनीहरू त्यहाँ पुगे सबै ग्रुपको मन खिन्नताले छायो । ठूल्ठूला नराम्रा पर्खालहरू, पहेँलो रङ्गका घरका भित्ताहरू देखिन थाले ।

प्रत्येक कुनामा टावरहरू थिए । यसो हेर्दा मध्य युगिन जेल (कारागार) जस्ता देखिन्थे । यो नै परिवर्तित ब्यारेक थियो । अस्पतालको छेउमा पानीको किनारमा मरेको घोडा पल्टी रहेको थियो । भोका कुकुरहरू त्यो घोडाको वरिपरि झुम्मी रहेका थिए । त्यहाँ तिनीहरूलाई लिन, स्वागत गर्न कोही पनि आएको थिएन । केही स्थानीय तुर्कहरू, केही सिपाहीहरू र तिनीहरूका पत्नीहरू उभिएर ट्वाल्ल परेर हेरिरहेका थिए । ती नर्सहरू थकित र नराम्रो पहिरनमा देखिएका थिए । पूर्णरुपमा थकित भएर त्यो सानो झुण्ड उकाली चढ्दै बिस्तारै हिँड्दै अस्पतालमा पुग्यो ।