द टाइम्स पत्रिकाले हरेक वर्ष निकाल्ने धनीहरूको सूची जति चर्चित छ, सबैभन्दा बढी कर तिर्नेहरूको सूची पनि उत्तिकै चर्चित छ ।

यस पटक बढी कर तिर्ने लेखकमा जेके रोलिङ अग्रपंक्तिमा परेकी छन् । उनी धेरै कर तिर्नेहरूको सूचीमा ३१ औँ नम्बरमा परेकी हुन् ।

उनले करिब ४ करोड पाउन्ड कर तिरेकी छन् ।

उनीभन्दा एक पाउदान तल गायक एड सिरन रहेका छन् । उनले ३ करोड ९६ लाख पाउन्ड कर तिरेका छन् । उनी बढी कर तिर्ने सम्पूर्णको सूचीमा ३२ औँ नम्बरमा परेका छन् ।

कसले बढी कर तिर्यो भन्ने सूची निकाल्न थालिएको यो छैटौँ वर्ष हो । सूचीका अनुसार अघिल्लो वर्षभन्दा लेखिका रोलिङ र गायक सिरनले बढी कर तिरेका छन् ।

गायक सिरन कर बढी तिर्ने कम उमेरका युवामा पर्छन् । उनले तिरेको रकमले ६ हजार ६ सय घुँडा बदल्न सकिने अखबारले टिप्पणी गरेको छ । पछिल्लो समय बेलायती सेनामा भर्ती हुनेहरूमा देखिएको घुँडाको समस्या समाधान निकै क्लिष्ट विषय बनेको छ र उनको यो करले यस्ता समस्या समाधान गर्न भूमिका खेल्ने अखबारको टिप्पणी छ ।

लेखिका रोलिङको गत वर्ष बजारमा आएको कम्प्युटर गेम, फेन्टास्टिक बिस्ट फिल्म लगायतका क्रियाकलापले उनको आम्दानी २०२४ मा पनि बढ्दे देखिएको छ । उनले तिरेको चार करोड इथियोपियालाई बेलायतले गर्ने वार्षिक सहयोगमध्ये आधा रकम उनको खाताबाट जान सक्ने अखबार टिप्पणी गर्छ ।