१.
स्पष्टीकरण दिनुपर्ने ठाउँमा लुकेर कहाँ जान्छ र
अर्कालाई मात्र दोष थुपार्नेले बुझेर कहाँ जान्छ र
कमजोरी आफूभित्र पनि हुन्छन्, नियाल्न चाहे पो
अनुहारमा लागेको छ दाग ऐना पुछेर कहाँ जान्छ र ?
२.
अन्न फल्ने खेतबारी कित्ता कित्ता बनाएर
दूध चुसेका आमाका काख रित्ता बनाएर
कस्तो खुसी खोज्दैछौँ हामी शहर र महलभित्र ?
रोपनी र बिघा घटाएर हात र बित्ता बनाएर ।
३.
सामाजिक परिवेश र चलन चल्तीले सिकाउँछ
जान, अञ्जानवश भएका आफ्नै गल्तीले सिकाउँछ
लिखित ज्ञानका प्रमाणपत्र विश्वविद्यालयले दिए पनि
असीमित ज्ञान त भोगाइ र रित्तो खल्तीले सिकाउँछ ।
४.
मनलाई शान्त राख्न सके शराब केका लागि
अजम्बरी छैन कोही यहाँ टकराव केका लागि
तैपनि हरेक व्यक्तिमा केही न केही स्वार्थ देखिन्छ
आफू सधैँ सर्वोत्कृष्ट अरु खराब केका लागि ?
लमजुङ, बेसीशहर
हाल: टोखा ७, काठमाडौं
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला