फर्नेन्दो पेसोआ (Fernando António Nogueira Pessoa)
सिर्जना आफैमा रमाइलो पक्ष हो।लेखक तथा साहित्यकारहरू भन्ने गर्दछन् “जहाँ सर्जक खुसी हुन सक्दैन,त्यहाँ सिर्जना राम्रो हुदैन”।कवि तथा लेखक हुनका लागि निरन्तर लगनशिलता चाहिन्छ।जति लगनशिलता चाहिन्छ, त्यति नै त्यसमा रमाएको पनि हुनु पर्दछ।कुनै व्यक्तिहरूमा चमत्कारी तरिकाले साहित्य सिर्जना गर्ने क्षमता रहेको हुन्छ। चमत्कारी तरिकाले साहित्य सिर्जना गर्ने महान साहित्यकार मध्येका साहित्यकार हुन् पोर्चुगलका Fernando António Nogueira Pessoa फर्नेन्दो पेसोआ।जव कुनै व्यक्ति चमत्कार तरिकाले अक्षर, शव्द र वाक्य खुल्न थाल्छ, तव मान्छे रचनाकार, लेखक, कवि हुदै महाकविमा परिणत हुन्छ भन्ने कुरा पेसोआको जीवनी र वहाँका कृतिहरू पढ्दा थाहा हुन आउँछ।चमत्काररूपी सिर्जनाको गति र आचरणकाबारेमा बुझ्न हामी त्यति बाहिर पनि जानु पर्दैन।सिर्जनाका जीवन्त उदाहरण हाम्रा महाकवि देवकोटालाई पनि लिन सकिन्छ भने पोर्चुगलको इतिहासमा फर्नेन्दो पेसोआलाई।
“पढ बाबु वा पढ नानी” भनेर भनिरहनु भन्दा अक्षर, शव्द र वाक्यमा लत वसाल्न सकियो भने शायद ती बाबु/नानीको पढ्नमा लत बस्ने सम्भावना रहन्छ।शायद फर्नेन्दो पेसोआमा त्यही गुण भएको भएर होला अक्षर, शव्द र वाक्यमा रमाउदा रमाउदै फर्नेन्दो पेसोआको आफैभित्र १०० काल्पनिक कविहरू उत्पादन गर्न पुगे।शरिरमा उनी एक्ला थिए।एकान्तमा उनका साथीहरू अक्षर, शव्द र वाक्यहरू हुने गर्दथे, एकान्त मै रमाउथे।अक्षर, शव्द र वाक्यसंग खेल्दै रमाउदै गर्दा पेसोआमा लेखन शैली यसरी बढ्दै गयो की उनी भित्र रहेका हरेक कवि तथा लेखकका नामबाट कविता लेखिदै र पत्रपत्रिकामा प्रकाशन हुन थाले।
सन् १८८८ मा लिस्वनमा जन्मिएर आफ्ना बाबा-आमाका साथमा दक्षिण अफ्रिकाको डर्वानमा औपचारिक अध्ययन गर्न पुगेका पेसोआ अङ्ग्रजी भाषामा पढ्नु पर्ने वाध्यतामा थिए।विश्वमा अङ्ग्रेजी भाषाको प्रभुत्व देखेर अङ्ग्रेजी भाषामा नै साहित्य रचना गर्न कोशिस गरेका पेसोआलाई अङ्ग्रेजी भाषामा शैक्षिक उपलव्धी त गर्न सके।तर मातृभाषीका रूपमा आकर्षक रचना र रचित हुन कहिले पनि सकेनन् । आमाको काख र आमाको कोखाइ-कोखाइबाट निस्कने स्पन्दन भाषाको महसुस उनले अङ्ग्रेजी भाषा मार्फत दिन सकेनन्।तर पोर्चुगिजमा भाषामा वैश्विक कवि हुन उनलाई कसैले रोक्न सकेन ।
दार्शनिक, लेखक, कवि, अनुवादक, प्रकाशक तथा साहित्य विश्लेशकका रूपमा परिचित पोर्चुगिज महान साहित्यकार पेसोआ जम्मा ४७ वर्ष मात्रै बाँचे।जति बाँचे अक्षर, शव्द र वाक्यमा नै रहे।तिनीहरू विच नाचे र रमाए।महान दार्शनिकहरू भन्ने गर्दछन् “मौका भनेको कमजोरलाई मात्र आउँछ” निरन्तर कोशिसमा रहने व्यक्तिलाई मौका चाहिदैन उ सधै सफल हुन्छ।आफूले गरेको इच्छा शक्ति, इच्छा अनुसारको काम र मिहिनेत गरेपछि सो बस्तु प्राप्त गर्न हामी पक्कै पनि सक्छौ भन्ने कुरा पेसोआको लगनशिलताबाट थाहा हुन्छ।जीवनकालमा त्यो उपलव्धी नदेखिए पनि मृत्यु पश्चात त्यो प्रसिद्धी बाहिर आउनु अनिवार्य छ।त्यो नाम, काम र प्रसिद्धी पेसोआमा थियो र आयो।महान लेखकहरू भन्ने गर्दछन्, “उपदेशले मान्छेको इच्छा अनुसारको लगाव सिर्जना गर्दछ”।पढ्दै जाँदा उनी विभिन्न महान लेखकहरू जस्तै शेक्सपियर, मिल्टन, पोप, शेली, व्यारोन, किट्स, वर्डसवर्थ, कोलरिज, टेनीसन, यिट्स, जोयस, पाउण्ड र इलियटका जीवनी तथा लेखन शैलीबाट प्रभावित हुन पुगे।सानै उमेरमा महान व्यक्तिको जीवनी अध्ययनबाट वहाँहरू कै जीवनी अनुशरण गर्न पुगेका पेसोआ लेखनीय धर्मबाट कहिले पनि पछि हटेनन्।प्रत्येक दिन उनी नयाँ सिर्जना गर्न थाले, प्रत्येक दिन उनको नयाँ जन्मका दिनहरू हुन पुगे।नमर्दा सम्म उनी कहिले बुढो भएनन्।प्रत्येक दिन अध्ययन तथा रचनाका लागि नयाँ वेहुला बने।
श्रद्धेय महान दार्शनिक तथा साहित्यकारहरूका अनुसार ”वास्तविक शैक्षिक विज्ञता भनेको चराचर जगतको अनुकुल संरक्षण-सम्वर्धन गर्दै लेखनीय र पठनीय प्रक्रियालाई जीवनभर निरन्तरता दिनु हो”।वास्तविक शैक्षिक विज्ञता तथा निरन्तर शव्द, अक्षर र वाक्यको अध्ययन-लेखन प्रक्रिया रहेन भने कुनै पनि क्षेत्रमा अराजकता उत्पन्न हुने गर्छ।महान जननेता वि.पी.को राजनैतिक जीवनी भनेको पठनीय र लेखनीय नै उल्लेख्य थियो।निरन्तर पठनीय र लेखनीय अभ्यासले नै उनी जनता विच जननेता बन्न पुगेका हुन्।वास्तविक जननेता भनेको मानवीय सुख र खुशीका लागि चिन्तनमा रहेको हुन्छ, जसलाई अक्षर, शव्द र वाक्यमा प्रदर्शन गरेको हुन्छ, जुन खुवी र शक्ति जननेता वि.पी.मा थियो।वहाँमा भएको मानवीयताको स्वतन्त्रताको तत्व तिन घुम्ती तथा सुम्निमा जस्ता साहित्यमा देखिन्छ।भिड निर्देशित राजिनितिकर्मीहरूका आफ्नै लेख हुन् वा छद्म लेखकबाट लेखिएका पुस्तकहरू त प्रशस्तै भेटिन्छन् ।
आम भनाई अनुसार समाजसेवी हुनका लागि सबै भन्दा पहिले परिवार भित्रको ज्ञाता हुन आवश्यक छ।विहान उठेर आफ्नो विस्तरा उठाउन नसक्ने, आफ्ना लागि खाना वनाउन नसक्ने, आफै बसेको ठाउँ सफा राख्न नसक्ने, आफैले लगाएको कपडा सफा गर्न नसक्ने, आफैले आफैलाई हिडाउन नसक्ने, आफूले खाएको भाँडो आफैले माझ्न नसक्ने, आफ्नै श्रीमतीलाई सम्मान गर्न नजान्ने, लागु पदार्थ सेवन-मादक पदार्थ सेवन-धुम्रपान सेवन गर्ने, अरूको बारेका कुरा गरेर समय वर्बाद गर्ने व्यक्ति कहिले पनि समाजसेवी वा राजनितिकर्मी हुन सक्दैन।
महान लेखक, विचारक तथा राजनितिज्ञ वि.पी का अनुसार साहित्यकारहरू कहिले गरीव हुदैनन्, आदर्श समाजलाई जिउन हतोत्साही वनाउने तत्व भनेको सामाजिक तथा राजनैतिक विसङ्गतीका आडमा विसङ्गत तरिकाले आर्जन भएका पैसा, आडम्वरी समाज र भिडहरू हुन्।राजनिति तथा राष्ट्र सेवामा लागेका कर्मठ, सक्षम, लगनशिल व्यक्तित्व कहिले पनि VIP हुदैन, सुरक्षाको घेरामा रहँदैन र सरकारी वेतनका नाममा भ्रष्टचारी पैसा कमाउदैन।वि.पी का अनुसार आम मान्छे तथा समाजलाई साहित्य रूचीमा अगाडि बढाउन सकियो भने शिक्षित, दिक्षित र समृद्ध समाजको निर्माण हुन्छ।साहित्यकार वि.पी. र पेसोआको व्यस्त जिन्दगी र भनाई मिल्दोजुल्दो थियो।पेसोआको निरन्तर रचनाले ४७ वर्ष भित्र नै धेरै साहित्य रचना भै सकेको थियो।उनी जिउँदो भएसम्म पोर्चुगल सरकार उनको साहित्य तथा दार्शनिक क्षमतालाई राम्रोसंग चिन्न सकेन।जव पेसोआको मृत्यु भयो तत् पश्चात उनले रचना गरेको २५,००० पानाका साहित्य तथा कविताहरू भेटियो, त्यस रचनाले पोर्चुगिज साहित्यलाई नै समृद्ध बनाउन पुग्यो।पेसोआका यी रचना दखेर पोर्चुगिज सरकारले देशको नोटमा नै पेसोआको फोटो राख्ने निर्णय गरेर सम्मान दिन पुग्यो ।
जोस सारागामो José Saramago
पोर्चुगलको एक मात्र साहित्यमा नोवेल पुरस्कार जित्न सफल जोस सारागामोको जन्म पोर्चुगलको आजिनहागामा भएको थियो।सारागामोको जन्म पश्चात राजधानी लिस्वनमा वसाइ सरेका उनका परिवारले उनलाई एक टेक्निकल विद्यालयमा भर्ना गरे।पाँच वर्ष त्यस विद्यालयमा अध्ययन पश्चात एक मोटर-गाडी मरम्मत कम्पनीको काममा लागेका सारागामो विस्तारै लेखन तथा रचनामा लाग्न थाले । फलस्वरूप पहिलो उपन्यास Land of Scene प्रकाशन गर्न पुगे।विस्तारै पत्रकार, अनुवादक, लेखक र प्रकाशन संस्थाको व्यवस्थापकको रूपमा काम गर्न पुगेका सारागामोले Tolstoy, Voltaire, Hegel, Par Learvist जस्ता प्रमुख लेखकहरूको लेखलाइ अनुबाद गर्न थाले।अनुवादकका रूपमा काम गर्दा गर्दै रचना शक्तिमा विकास हुदै जाँदा उनको प्रसिद्ध म्यानुअल पेण्टीङ एण्ड क्यालीग्राफी भन्ने उपन्यास प्रकाशन गर्न पुगे।सारागामोका कृतिहरूमा विशेष गरेर सामाजिक, राजनिति तथा धार्मिक विसङ्गतीका बारेमा र विशेष गरेर आम भूई मान्छेका बारेमा लेखिएका पुस्तकहरूले उनलाई दिनप्रतिदिन अगाडि ल्यायो।सन् १९२२ मा जन्मेका सारागामोले निरङ्कुश तथा तानाशाह हिटलर, मुसोलीनी तथा फ्रान्कोको जीवनीलाइ विशेष अध्ययन गरे।निरङ्कुश तथा तानाशाह हिटलर, मुसोलीनी तथा फ्रान्कोको दैनिकी कस्तो हुन्छ भन्ने कुरा नजिकबाट नियालेका सारागामोले उनीहरूको जीवनी जीवन्त देखिने तरिकाले लेख्न थाले।स्मरण रहोस सारागामो विशेषतः पेसोआको दर्शन, लेख, रचना तथा साहित्यबाट प्रभावित थिए।निरङ्कुश तथा तानाशाह हिटलर, मुसोलसनी तथा फ्रान्कोको जिवनीसंग मिल्दोजुल्दो The Year of death of Recardo Rice भन्ने कितावको प्रकाशनले सारागामोलाई एक महान लेखकको रूपमा परिचित बनायो।सन् १९९८ को साहित्य तर्फ नोवेल पुरस्कारका अतिरिक्त विश्वका साहित्य तर्फका विभिन्न पुरस्कार जितेका सारागामोको सन् २०१० मा स्पेनमा मृत्यु भयो ।
च.न.पा. १४, नयाँ नैकाप



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










